विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता दोस्रो चरणमा

  २०७७ असार १ गते १५:४५     विकासन्युज

काठमाडौं । विकासन्युजको स्वतन्त्र लेखन प्रतियोगिता ‘प्रतिस्पर्धी’ लेख/रचनाहरुको प्रकाशन पूरा भएर दोस्रो चरणमा प्रवेश गरेको छ । लेख/रचना प्रकाशनको पहिलो चरण पूरा भएसँगै मूल्याङकनको दोस्रो चरणमा प्रवेश गरेको छ ।

केही ‘अप्रतिस्पर्धी’ रचनाहरु प्रकाशनको क्रममा रहेका छन् । बैशाख ७ गते राति १२ बजेपछि प्राप्त रचनाहरु, एउटै लेखकले पठाएको एकभन्दा बढी लेख/रचनालाई अप्रतिस्पर्धी लेखनको रुपमा प्रकाशन गर्ने निर्णय भएको आयोजक विकास मिडिया प्रालिले जनाएको छ ।

विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख/रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ ।

निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेख/रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख/रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको छ ।

प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेख/रचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका छन् । सकेसम्म प्राप्त सबै लेखनहरुलाई प्रकाशित गर्ने र लेखकहरुलाई प्रोत्साहित गर्ने हाम्रो प्रयास रह्यो । तर, कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने खालका लेख/रचनालाई प्रतिस्पर्धामा सहभागी गराइएन ।

यस्तै, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख/रचनाहरु प्रकाशन गरिएन । धेरै अंग्रेजी शब्दहरु प्रयोग भएका, तथ्यगत रुपमा गलत भेटिएको एवं स्वतन्त्र लेखन प्रतियोगिताबारे प्रकाशित सूचनामा उल्लेखि शर्तहरु पूरा नभएका लेख/रचनाहरु प्रकाशित हुन सकेनन् ।

विकासन्युज डटकमको विशेष अनुरोधमा ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेखिएका लेखन, लेखकको स्वेच्छामा वा समय नाघेपछि प्राप्त सोही विषयका लेखनहरु, एउटै लेखकको दोस्रो वा तेस्रो लेखनहरु स्वतन्त्र लेखन प्रतियोगिता पेजमा अप्रतिस्पर्धीको रुपमा प्रकाशित गर्ने नियम बनाइएको छ । यस्ता लेखनको अन्त्यमा अप्रतिस्पर्धी लेखन भनी उल्लेख गरिएको छ ।

‘पहिलो चरणको मूल्याङ्कनमा छनौट भई प्रकाशित ९६ लेख/रचनाका लेखक/सर्जकहरुलाई हामी बधाई दिनु चाहन्छौं, दोस्रो र तेस्रो चरणको मूल्याङ्कनमा उहाँहरुलाई सफलताको शुभकामना,’ विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले भने ।

‘प्राप्त लेख/रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका छौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख/रचनाको गुणस्तर मूल्याङ्कन हुनेछ, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेर्नेछौं,’ विकासन्युजडटकमका सम्पादक शिव सत्यालले भने ।

प्रथम, द्वितीय र तृतीय हुने लेख/रचनाका अतिरिक्त आलेख, निबन्ध, कथा र कविता विधाका उत्कृष्ट लेख/रचनालाई पुरस्कृत गरिनेछ । त्यस्तै, सर्वाधिक सेयर भएको र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको आयोजक विकास मिडिया प्रालिले जनाएको छ ।

असार १६ गतेपछि तेस्रो चरणको मूल्याङकन शुरु हुने र उत्कृष्ट लेखनको अन्तिम छनौट असार २९ गते भानुजयन्तीको दिन हुने कार्यतालिका रहेको छ ।

यस्ता छन् लेख/रचनाहरु

नजन्मदैको युद्ध

विनासपछि अर्को विकास

कोरोना र विश्व : हिजो, आज र भोलि

भोक सबैभन्दा ठूलो शत्रु

प्रविधिमा आधारित व्यवसायमा छलाङ

वसुधैव कुटुम्बकम

नेतृत्वको दृढ इच्छा शक्तिकाे खाँचाे

देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ

त्रासोन्मुख कोरोना र अर्थतन्त्र

अत्याचारी कीट कस्ले पठायो ? (भिडियाेसहित)

पाचौँ  युग

अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका

मानव भविष्य

हजुरबा, म र छाेरी

अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति

ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता

मान्छेमा अन्तर्निहित जिजीविषा र प्रकृतिकाे नियम

हतियार र सम्पत्ति भन्दा एक मुठ्ठी सास ठूलाे

डामाडोल अर्थतन्त्र र हाम्रो कार्यशैली

साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू

रानी माहुरीहरु

मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे

नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे

आत्मनिर्भरताको बाटोमा

कोरोना भाईरस

कोरोना एक अवसर

कोरोना भाइरसले हजूर

कोरोना भगाऔं

एकताले बन्छ सुन्दर संसार

सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय

भात खाने अवसर र छाेराकाे खुशी

नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन

भय अनि उपाय

विपद्को पीडा र बन्दाबन्दीको उपचार

मानव जातिमा थपिएका चुनौति

चुक्चुकाउँदै मनहरू

कोभिड उन्नाईस भाइरस

लामाे प्रतिक्षा, ठूलाे क्षति

जीवित भगवानहरू

जीवात्मा

धर्तीका सेता फूलहरु

ढुङ्गामा पीपल र महामारीमा मानिस

कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश

सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ

भविष्यको चिन्ताले वर्तमान खेर नफालौं

आध्यात्मिक चेतना र स्थानीय स्रोतसाधनको प्रयोग

खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई

स्वार्थको अन्त्य

सडकमा रुमल्लिएको देश

हामी मर्दैनौं, बलियो भएरै छोड्छौं

आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला

उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै

सन्त्रास

लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज

पर्यावरण सरंक्षण, प्राथमिकतामा रुपान्तरण, परिस्कृत जीवनशैली

प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा

२०४०

विचलित हैन, धैर्यवान बनौँ

बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं

मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता

प्रलय

सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं

‘सकारात्मक’सँग त्रसित मान्छे

कोरोना भाईरस विरूद्ध डटेर लडौं

सुन्दर बिहानी

आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर

भुङ्ग्राेमा हर्कमान

जैविक युद्धमा गुज्रिएको विश्व

विपद्, प्रकृति र संस्कृतिको अकंगणित

प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही

पैसा, पद र यशको लालशामा

आशावादी मनुष्य

निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा

केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई

विश्वबन्धुत्वको भावनामा आगामी यात्रा

युद्ध हारेर कोठाभित्र थुनिएकाे मान्छे

मानव जातिको घमण्ड र अभिमान माथि प्रहार

कारुणिक अवस्थामा मानव सभ्यता

आफू बचौं र अरुलाई पनि बचाऔं

प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज

कमजाेर स्वास्थ्य युद्ध कवच

अबको प्रमुख एजेन्डा ‘सार्वजनिक स्वास्थ्य’

विनाश विनाको विकास उत्तम विकल्प

काेराेना कहर र मान्छेकाे धरातल

अनाथ

गरिबी र कोरोना

मानवलाई संकट, धर्तीलाई लाभ

विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ

पृथक तरिकाले उदाउँदै विश्व

मजवुत आत्मविश्वास र सम्वृद्धिकाे यात्रा

शहर केन्द्रित संस्कृतिमा धक्का, गाँउ नै सुरक्षित

आणविक हतियार, ठूला अस्पताल र धर्मगुरुको के काम ?

लाल–सलाम …

समृद्धि र वर्वादीकाे दोबाटोमा उभिएकाे नेपाल

पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै

आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै

प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.