भुङ्ग्राेमा हर्कमान

  २०७७ वैशाख २६ गते २१:५२     इन्द्र बहादुर गुरुङ 

विम्मात्मक तस्वीर

पिठ्युमा पुरानो च्यातिएको झोला । झोला भित्र केहि पुराना कपडा । अनि मन भरिका पिढासँग मनोवाद गरेर एक्लै बरबराउदै हिडेका हर्कमान ।लाग्छ कोहि मानसिक सन्तुलन गुमाएको मान्छे सडकमा हिडिरहेछ। चैत बैशाखको चर्को घामको मध्यदिन अनि घरि घरि  बेतोडका साथ दौडने फाट्टफुट्ट सवारी सादनको बीच आफ्नो भारि  पैताला अनि छियाछिया भएको मनलिएर हर्कमान आज घर फर्कदैछ।

आज भन्दा १५-१६ वर्ष अगाडि यसरी नै ऊ गाउँबाट सहर छिरेको थियो । उसबेला र आज समयमात्रै फरक छ । परिस्थिति झन्नै-झन्नै उस्तै छ।उसबेला एक घर एक जन भन्ने क्रान्तिकारिको आतंक उर्दीबाट ज्यान जोगाउन सहर छिरेको ऊ आज विश्वमा फैलियेको भाइरस आतंकबाट बच्न गाउ जादैछ।

हुनत गाउँमा नि उसकाे स्थायी ठेगान छैन । सरकारको तर्फबाट मुठभेटमा,अनि क्रान्तिकारीको तर्फबाट ज्ञात अज्ञात सहिद भैसकेको छ उसकाे परिवार । विचारा उ गाउँ नगएर नि गरोस के ? कन्ट्रक्सन लाइनको मजदूरी काम। काम हुँदा हाजिरा न हुदा त्यसै बित्थ्याे उसकाे दिन । लकडाउनसँगै काम नभको नि ८-१० दिन भैसकेको थियो। रासनको नाममा कुनामा १-२ मुठी चामल सहितको खाली बोरा अनि बोराकै छेउमा २-३ दाना आलु । सरकारले गरिब तथा विपन्न वर्गलाई राहात बाड्दैछ रे भनेको सुनेर राहात पाउने आशामा चौक चौक अनि टोल टोलमा नपुगेको नि

लेखक

होइन । तर, उसलाई परिचयपत्रको नाममा विभिन्न कागजपत्र मागियो । विचारा वालिक नहुदै गाउछाडेको उसँग कसरी हुनु नागरिकता  ?  कसरी हुनु अन्य कागजपत्र ? उसकै अगाडि उसकाे घरवेटी र ठेकेदारहरुले राहात लेको अनि उसले नपाएको  विभेद देखेर ऊ रनभूल्ल पर्दै आफ्नो कोठामा फर्कन्छ।

टिनको छाना अनि टिनकै टाटीबार । मधेशको चर्को घाम, मानौ कोठा होइन आगोको भुङ्ग्राे हो । तरपनि ढोका खोलि जसो तसो भित्र छिर्छ । अनि कोठाको चारैतिर हेर्छ । लाग्छ भित्तामा झुन्डाको बुबा आमाको फोटो अनि छाना भित्ता सबैले उसैलाई गिज्याइरहेछ। भनिरहेको छ कि हर्कमान ति हजारौ तिम्रा बुबाआमा जस्ता ज्ञात अज्ञात सहिदको रगत तिमी जस्ताको लागि बगेको होइन ।

ती त केहि सीमित वर्गको स्वर्थको लागि बगेको हो। तिमीहरुलाई  प्रयोग गरि उनीहरुको दूनो सोझ्याउनु थियो । तिमीहरुलाई भनिएका अनि गरिएका वाँचा सबै झूटा थिए तर तिमीहरुले पत्यायौ अनि उनीहरुको पछि लाग्यौ । आज देख्याै परिणाम। हर्कमानलाई कोठालाई चिथोरिदिउ जास्तो लाग्छ । अनि छानो उदारदिउ जस्ताे लाग्छ। अनि सोच्छ हो क्रन्तिले परिवर्तन ल्यायो तर परिवर्तन सीमित वर्गको लागि मात्रै आएछ । हामी जस्ता गरिब अनि उत्पीडित वर्गको लागि होइनरछ।

अब उसँग एउटै विकल्प थियो अस्थायी ठेगान अनि गन्तव्यहिन यात्राको ।

हर्कमान आफू मात्रै गाउँ आइपुग्यो ।

धरान -१३
gurungindra82@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.