पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै

  २०७७ वैशाख ९ गते १६:५१     रुपा काफ्ले

द्रुत गतिमा विकास, विस्तार, विभिन्न आविस्कार तथा आणविक हतियार आदिद्वारा विश्वका शक्तिशाली राष्ट्रहरुबीच शक्ति प्रदर्शन भईरहेको बेला अकस्मात विश्व संकटमा परेको छ र आज पुरै विश्वको लडाई कोरोना (कोभिड १९) संगै भईरहेको छ । विश्वका हर कुना कुना यो संकटबाट अछुतो छैन । त्यसैले यसलाई २१ औं शताब्दिको विश्वव्यापी महासंकट भन्दा पनि फरक नपर्ला । पृथ्वी एउटा साझा थलो भन्ने भनाईलाई सार्थकता दिंदै प्रकृतिले पूरै पृथ्वी वासीलाई एउटा साझा समस्यामा पारेको छ, त्यो हो कोरोना महामारी ।

गत डिसेम्बर २०१९ देखि चीनको वुहान शहरबाट सुरु भएको कोभिड १९ भाइरसले विश्वका २१० राष्ट्रहरुलाई प्रभाव पारिसकेको छ । चीनबाट फैलिएको यो भाइरस ईटाली, अमेरिका, फ्रान्स, स्पेन, अष्ट्रेलिया हुदै सम्पूर्ण देशहरुमा तिव्र रुपमा महामारीको रुप लिइरहेको छ । चीनमात्र नभई विश्वका गुणस्तरीय चिकित्सा पद्दति कहलिने राष्ट्रलाई समेत कोरोेना भाइरसले चुनौती दिएको छ । अमेरिका जस्तो विज्ञान प्रविधि, स्रोत साधन, चिकित्सा,आविस्कार सबै कुरामा अब्बल, आर्थिक रुपमा शक्तिशाली कहलिएको राष्ट्रमा चीनमा धेरै गुणा बढी महामारी फैलिएको अवस्था छ । यस्तै आपतकालिन स्थिति अन्य ठूला तथा साना राष्ट्रहरुले पनि सामना गरिरहेका छन्, जसका कारण पूरा विश्व नै आज बन्दाबन्दी अर्थात लक डाउनको स्थितिमा छ । यस चुनौतीसंगै शक्तिशाली राष्ट्रको परिभाषा भने कोरोना महामारीले बदलि दिएको छ ।

२०७२ सालको भूकम्पको कारणले एक वर्ष पुरै आर्थिक संकटको सामना गर्नुपरे लगत्तै भारतबाट लगाइएको नाकाबन्दी र कोरोना महामारीलाई हेर्दा नेपालले २०७० को दशकमा नै ३ वटा संकट भोग्नु परेको छ । कोरोना संक्रमण फैलिरहंदा विश्वमान चित्रमा २४ जनवरी २०२० सम्म नेपालमा कोही पनि कोरोना संक्रमित देखिएका थिएनन् तर विश्वव्यापिकरणको युगमा पर्यटनको आकर्षक गन्तव्य रहेको नेपालमा संसारभरका मानिसहरुको आवातजावत हुने, साथै विश्वका सबै मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किन थाल्ने प्रकृयाले यस रोगको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । फलस्वरुप २०७६ साल माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित फेला पर्यो । त्यससंगै नेपालमा कोरोना फैलिने आशंकाले नेपाल सरकार र नेपाली जनतालाई सतर्कताको सन्देश पुगिसकेको थियो । चैत्र १० गते फेरि पनि दोश्रो कोरोना संक्रमित फेला परेसंगै नेपाल सरकारले आफ्नो तर्फबाट सतर्कताका योजनाहरु तुरुन्त कार्यन्वयनमा ल्याउँदै सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडानहरु २०७६ साल चैत्र ११ गतेबाट अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गर्यो । चैत्र ११ बाट सिंगो देशलाई नै लक डाउन गर्ने नेपाल सरकारको निर्णयले महामारी तिव्र रुपमा फैलन भने पाएको छैन । सरकारले जनताप्रतिको जिम्मेवारी तथा उत्तरदायित्वलाई शिरोपर गरी देशमा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धता, खाद्यान्न, ग्यास, औषधि उपचारका सामग्रीहरुको आपूर्तीलाई सहज बनाउन स्थानीय निकायहरुलाई निर्देशन समेत दिएको छ । साथै लक डाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुले पनि ए टि एम, समय मिलाएर शाखाहरु खोली जनतालाई नगद झिक्न सहज बनाईरहेका छन् भने नगदरहति कारोबारलाई प्राथमिकता दिंदै मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्ट आई पि एस जस्ता सुविधाहरु निःशुल्क उपलब्ध गराई प्रविधिको अधिकतम् उपयोग गराउन सफल भएका छन् ।

लेखक

लक डाउनको घोषणासंगै नेपाल सरकारले विमानस्थल बन्द गर्ने, सीमा नाकाहरु बन्द गर्ने, सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने, ठाउँ ठाउँमा अस्थाई स्वास्थ्य उपचार केन्द्रहरु स्थापना गरी साधारण ज्वरो जाँची कोरोनाको लक्षण देखिएका बिरामीलाई आ-आफनो जिल्लाहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । सरकारले महामारी फैलिनु अगाडि नै चालेका कोरोना संक्रमण रोकथामका कदमहरु एवं प्रयासहरुलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्राउने योजनालाई स्थगित गरेकाे छ । नेपालमा हालसम्म कोरोना संक्रमण तिब्र रुपमा फैलिन नपाए तापनि ३० चैत्रसम्म प्राप्त तथ्याँक अनुसार कोराना संक्रमितको संख्या १३ पुगेको छ भने एक व्यक्ति उपचार पछि निको भई घर फर्किएका छन् र हालसम्म यस संक्रमणबाट मृत्यू हुनेको संख्या शुन्य छ ।

विश्व स्वास्थ्य संगठनले महासंकटको स्थिति घोषणा गरेसँगै विभिन्न संचार माध्यमबाट मानिसलाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने कार्य हरेक क्षेत्रबाट यथासम्भव प्रयासहरु भईरहेका छन् । श्वासप्रश्वासबाट सर्ने रोग भएकाले कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युंँ गर्दा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । कोरोनाको प्रारम्भिक लक्षणहरुमा सुख्खा खोकी लाग्ने, ज्वरो आउने, घांटी दुख्ने, मांशपेशी दुख्ने, सास फेर्न समस्या हुने आदी हुन् । साथै विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका बिरामीबाट पुष्टि भए अनुसार कोरोना संक्रमितमा खानाको स्वाद र गन्ध थाहा पाउने क्षमता ह्रास भएर जान्छ । विश्वमा हालसम्म यसको कुनै पनि औषधि पत्ता नलागे तापनि साधारण स्वास्थ्य सम्बन्धि कुराहरुमा सचेत भई अनुशासित भएमा यो संक्रमणले सजिलै प्रभावित बनाउन सक्दैन ।

कोरोना संक्रमणबाट बच्न निरन्तर मास्क लगाएर हिंड्ने, साबुन पानीले बारम्बार हात धुने, स्यानटिाईजरको प्रयोग गर्ने, रुघाखोकी लागेका मानिसको छेउछाउ नजाने, हाच्छ्युं गर्दा मुख छोप्ने साथै भिडभाड हुने ठाउमा नजाने जस्ता साधरण कुराहरुमा ध्यान पुर्याएमा कोरोनाबाट बच्न सकिन्छ । कोरोना संक्रमणले बढी मात्रामा बृद्धबृद्धा तथा साना बालबालिकाहरुलाई चाँडै प्रभाव पार्ने भएकाले आ-आफ्नो घर परिवारका सदस्यहरुलाई सुरक्षित राख्न घर बाहिर ननिस्की स्वास्थ्यप्रति सचेत रहन सबैमा आग्रह गरिएको छ ।

कोरोना संक्रमणले विश्वलाई स्वास्थ्य सम्बन्धी चुनौति मात्र होईन प्रविधिमा पनि चुनौति दिएको छ । सन् २०२० अप्रिल १२ सम्मको डब्लुएचओको तथ्याङ्क अनुसार विश्वमा १७,९६,२९८ जना कोरोना संक्रमित रहेका छन् भने विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०,०२६ पुगेको छ , जसमा ४१२,०७० जना सफल उपचार पछि घर फर्किएका छन् । कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशहरुमा गरेको लक डाउन र कर्फ्यूको कारणले उत्पादन तथा व्यापार ठप्प रहेको छ । जसको प्रत्यक्ष असर विश्वको अर्थतन्त्रमा परी विश्वको अर्थतन्त्र १० वर्ष पछि धकेलिन पुगेको छ । आईएमएफले सन् २००८ को विश्वव्यापी आर्थिक संकटभन्दा पनि ठूलो संकटको सामना हाल विश्वले गरिरहेको अनुमान लगाएको छ । विश्व बजार ठप्प भएसँगै धेरै राष्ट्रहरुले तरलता अभावको समस्या भोगिरहेका छन् जसका लागि आईएमएफले आवश्यक तरलता पूर्ति गर्ने तयारी पनि गरिरहेको छ । विश्व नै एउटा घर भन्ने भनाईसँगै विश्वव्यापीकरणले आफ्नै गति लिईरहेको बेला अचानक लक डाउनको स्थितिले देशको पर्यटन व्यवसाय मारमा परेको छ । राष्ट्रको ठूलाे हिस्सा पर्यटन व्यवसायबाट आर्जन हुने भएकाले सम्पूर्ण देशहरुको राष्ट्रिय आयमा असर परेको छ । एक अध्ययन अनुसार इतिहासकै उच्च विन्दुको बेरोजगारि समस्या आज विश्वको शक्तिशालि राष्ट्र अमेरिकाले भोग्ने बताइएको छ । यसरी कोरोना महामारीले बेरोजगारि, गरिवी , पर्यटन व्यवसायमा चुनौती, स्वास्थ्य सम्बन्धि चुनौती जस्ता धेरै चुनौतीहरु विश्वलाई दिएको छ ।

नेपालको लागि भने २०७२ सालको भूकम्प थिलथिलो बनाएको अर्थतन्त्र मज्जाले तङ्ग्रिन नपाउँदै भारतले नाकाबन्दी लगाएपछि झनै कष्टकर भईरहेको अवस्था थियो । ती दुई संकटबाट माथि उठ्न नपाउँदै विश्वव्यापी रुपमा फैलिएको माहामारीको सामना गर्नु नेपाल जस्तो सानो अर्थतन्त्र भएको विकासोन्मुख राष्ट्रका लागि धेरै ठूलो चुनौती भएको छ । नेपाल एक पर्यटकीय स्थल भएकोले सरकारले पर्यटन व्यवसायलाई प्राथमिकता दिई पर्यटन व्यवसायबाट अर्थतन्त्र माथि उठाउन सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० लागू गरेको थियो तर यो कोरेना महामारीले लक डाउनको स्थिति सिर्जना भएसँगै पर्यटन व्यवसाय पनि प्रभावित बनेको छ । २०७२ सालको महाभुकम्प पछि विश्वसामु नेपाल भ्रमण गर्न सुरक्षित छैन भन्ने सोचलाई चिर्दै नेपाल पर्यटन प्रवर्धनमा योजनाबद्ध तरिकाले अघि बढेको थियो । विश्वका अन्य राष्ट्रको तुलनामा कोरोना संक्रमितको संख्या नेपालमा हालसम्म कम मात्र देखिएको र नेपाल सरकारबाट समयमा नै चालेका कदमले नेपाल आजसम्म पनि सुरक्षित राष्ट्रकै रुपमा परिचित छ ।

नेपाल एक विकासोन्मुख राष्ट्र हो जहां धेरै जनसंख्या गरिवीको रेखामुनि छन् । कोरोना महामारीले सिर्जना गरेको लक डाउनले नेपालमा बेरोजगारीको सिर्जना हुनुका साथै गरिवी बढ्ने देखिएको छ । किसानहरुबाट उत्पादित सामानहरु बजार अभावका कारण त्यसै नष्ट भएर जाने , निर्यात ठप्प हुने साथै कलकारखाना, व्यापार व्यवसाय ठप्प हुने भएकाले राजस्व संकलन नहुने एवं विकासका परियोजनाहरु पनि धेरै वर्षपछि धकेलिने भएका छन् । अतः देशले ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ ।

महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ ।

चीन र अमेरकिाको व्यापार युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव पारिरहेको बेला शुरुवातमा चीन एक्लैले यो महामारी बिरुद्ध लडाई गरी संक्रमणको संख्या कम गर्दै कोरोना महामारीलाई आफ्नो अर्थतन्त्र उकास्ने अवसर बनाएको छ । उता अमेरिकामा भने चीनमा भन्दा ४ गुणा बढि महामारी फैलिंदै अर्थतन्त्र थिलथिलो बनेको छ । महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ । आणविक आक्रमणका लागि तयार भईरहेका तथा हात–हतियार र गोलि–बारुदको आडमा शक्ति प्रदर्शन गर्ने विश्वका शक्तिशाली राष्ट्रहरुलाई प्रकृतिले घरभित्र बन्धन बनाएर शक्तिहीनताको बोध गराएको छ । विश्व स्वास्थ्य संगठनका लागि पनि निकै ठूलो चुनौती बनेको कोरोना संक्रमणले विश्वलाई नै एकताको सन्देश, भातृत्वको भाव साथै अनुशासनको पाठ पढाएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको महामारीले सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाई आर्थिक संकट निम्त्याएको छ । आईएमएफले २००८ को आर्थिक संकटभन्दा ठूलो आर्थिक संकटको संज्ञा दिएको कोरोना महामारीले विश्वको कुल ग्राहस्थ उत्पादन घटाउने जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को सुरुमा विश्वको कुल ग्राहस्थ उत्पादन ३.४५ प्रतिशतले वृद्धि भएको थियो तर विश्वका दुई शक्तिशाली राष्ट्रहरु चीन र अमेरिकाको व्यापार युद्धका कारण सन् २०१९ मा विश्वको कुल उत्पादन २.९५ मै सिमित रह्यो । व्यापार युद्धपछिको कोरोना आतंकले विश्वको कुल ग्राहस्थ उत्पादन स्वभाविक रुपमा नै तल झर्ने अनुमान लगाउन सकिन्छ ।

पूर्वीय दर्शनकाे महत्व

भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ ।

नेपाल लगायत दक्षिण एसियाका धेरै राष्ट्रहरुमा मानिसको सभ्यता, संस्कृति र ईतिहास मिल्दोजुल्दो पाईन्छ । विश्वको मानचित्रमा पूर्वीय संस्कृति परम्परा अनि सभ्यताले आफ्नो एउटा छुट्टै महत्व राख्दछ । पश्चिमी मुलूकहरु भने विज्ञान, प्रविधि तथा आविस्कारहरुमा नै अब्बल देखिन्छन्। तसर्थ यी मानव सभ्यतालाई नियाल्ने हो भने हाल फैलिएको महामारीले पूर्विय धर्म, संस्कृति, वैदीक सत्य आदीलाई फेरी ब्यूंझाएको आभास भएको छ । भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ । कोरोना संक्रमितसँग हात मिलाउँदा पनि कोरोना संक्रमण फैलिने डरले विश्वभरि नै पूर्विय अभिवादनको पद्धती नमस्कार लाई प्रयोगमा ल्याएइएको छ । हिन्दु धर्मग्रन्थ अनुसार पूजापाठ, हवन मन्त्र उच्चारणबाट प्रकृतिमा भएका जिवाणु, किटाणुहरु नष्ट भई वातावरण पवित्र बनाउने धार्मिक मान्यतालाई अपनाउंदै विश्वका कुना कुनामा यज्ञ हवन अनि मन्त्र जप गरेको पाइयो । पौराणिक कालमा हाम्रा पूर्खाहरुले आफैंले उब्जाएका खानेकुरा खाने, आफैँले बनाएको लुगा लगाउने, आफ्ना धर्म संस्कार संस्कृतिमा रमाउने, आयूर्वेदिक औषधिहरुको प्रयोग गरि ठूला भन्दा ठूला रोगहरु निको पार्ने साथै घर बाहिर निक्लिए पश्चात शारिरिक शुद्धि, आचरण र दैनिकीका यस्ता अनेकन

पाठहरु सिकाएका थिए । मानव सभ्यताको विकास आधुनिकीकरणसँगै मानिसहरुले आफ्ना सभ्यता बिर्सिंदै गएको अवस्था थियो । नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । पेट्रोलियम पदार्थ र ग्याँसको अभावसँगै गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् । अहिलेको समायमा मानसिको हरेक आहार विषदिले भरिएको कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता नष्ट हुँदै गईरहेको कारण कोरोना संक्रमण देखिएका व्यक्तिहरु चाँडै मृत्यु वरण गर्न पुगेका छन् । त्यसैले मानव जातिको खानपिन शूद्ध बनाई शारिरिक स्वस्थ्यमा ध्यान पुर्याउनुपर्ने देखिएको छ ।

 

नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् ।

कोरोना संक्रमणले पारेको सकारात्मक प्रभावमा एउटा क्षेत्र भनेको वातावरण मात्र हो । बढ्दो जनसंख्या, सडकमा सवारी साधनको बढ्दो चाप, उद्योगधन्दा, कलकारखाना आदि कारणले निम्त्याएको वायू प्रदुषण, जल प्रदूषण आदि विश्वभरि नै चलेको लक डाउनको कारणले नियन्त्रण भएको छ । करिब साढे सात अर्बको मानिसको जनघनत्व थामिरहेको पृथ्वी प्रदूषण र रोगको थलो बनिरहेको थियो । सम्पूर्ण पशुपंक्षी तथा प्राणीको साझा बासस्थान रहेको पृथ्विमा मानिसको मात्र राज चलिरहेको थियो । कोरोना महासंकटले विश्वको अर्थतन्त्रमा ठूलो आर्थिक चुनौती दिए तापनि यसको कारणले ओजन लेयर खिइने क्रम नियन्त्रणमा आएको छ भने मानिसलाई अनुशासनको पाठ समेत सिकाएको छ । त्यसैले कोरोना महामारी विश्वका लागि अभिशाप बने पनि वातावरण र प्रकृति संरक्षणका लागि भने बरदानको स्वरुप प्रस्तुत भएको छ ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X