लामाे प्रतिक्षा, ठूलाे क्षति

  २०७७ जेठ ११ गते १३:०९     रामप्रसाद गैरे

चीनकाे वुहानबाट शुरु भएकाे काेभिड-१९, अर्थात् काेराेना भाईरसले चीन मात्र नभएर सारा विश्व नै प्रभावित बनाएकाे छ । यस राेगलाई बितेका १०० वर्ष काेराेना सबै भन्दा ठूलाे महामारीकाे रुपमा लिईएकाे  छ । काेराेनाकाे निदानका निम्ति वैज्ञानिकहरुकाे अनुसंघान जारी भएतापनि हालसम्म यसकाे औषाधी वा भ्याक्सीनकाे अविष्कार भएककाे छैन । विज्ञका अनुसार काेराेना भाईरसकाे औषाधि तत्काल बनेपनि विभिन्न चरणका सफल परिक्षण पश्चात यसकाे प्रयाेग गर्न कम्तीमा एक वर्ष लाग्नेछ । काेराेना महामारीकाे प्रभावलाई कुनै एक पाटोबाट हेरेर मात्र हुदैन यसले आगामी दिनमा मानवजातिकाे सम्पूर्ण क्रियाकलापमा प्रभाव पार्दैछ । काेराेना महामारीको प्रभाव र मानवजातिककाे भविष्यबारे यहा चर्चा गरौं।

काेराेना महामारीको विश्वब्यापी अवस्था र नेपाल

चीनकाे वुहानमा गत डिसम्बरमा देखापरेको काेराेना भाईरस त्यहाँको ठूलो मासुबजारमा चमेरोबाट मानिस, मानिसबाट मानिसमा संक्रमण भई बढेको रोगले उत्पत्ति स्थल चीनमा भन्दा बाकी बिश्वमा ठूलो संकट उत्पन्न गरेको छ, खासगरी यूरोपमा र अमेरिकामा । यदि समयमा सतर्कता अपनाईएन भने अबको इपीसेन्टर अफ्रिका हुने र त्यहाँ लाखौले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोनाका कारण चीनमा भन्दा बढि अमेरिका, ईटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी, बल्जियम, नेदरल्याण्ड, इरानमा मृतक र संक्रमितको संख्या बढि छ । संसारमा सबैभन्दा बढि मृत्यु र संक्रमितकाे संख्या अमेरिकामा देखिएकाे छ । विश्वका २१२ भन्दा बढि देशमा कोरोना संक्रमित भेटिएका छन भने संसारका अधिकांश देशका नागरिक लकडाउनमा घरभित्र बस्न बाध्य छन । चीनले वुहानको लकडाउन ७६ दिनपछि हटाएको छ भने नेपाल, भारत, स्पेन, ईटली, क्यानडा, बेलायत लगायतका देशमा लकडाउनको समय बढेको छ ।विश्व स्वास्थ्य संगठनद्वारा महामारी घोषित कोरोनाको प्रभाव हाम्रो मुलुकमा पनि परेको छ । सरकारले चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउन पटक पटक समय थप गरेकाे छ । नेपालमा देखिएका संक्रमित विदेशबाट आएका र विदेशी बढी छन । चीनको वुहानमा धेरै नेपाली नहुनु ,नेपाली ब्यपारीको गन्तब्य उक्त क्षेत्र नहुनु पनि संक्रमण कम हुनु एउटा प्रमुख कारण हो । हाम्रो जस्तो स्वास्थ्य सेवा, उपकरण आदिको अभाव , जनमानसमा रोग संक्रमण भएमा समयमा आवश्यक उपकरणको अभावमा उपचार पाईदैन र अकालमा मृत्युवरण गर्नुपर्छ अर्थात सरकारी संयन्त्र प्रतिको अविशवासले गर्दा पिडा सहेर भएपनि जनताले देखाएको जिम्मेवारीले कोरोना संक्रमितको संख्या कम देखिएको छ ।

कोरोनाबाट कसरी बच्ने

कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै घरभित्र बस्नु , सामाजिक दूरी कायम गर्नु, तातोपानीको नियमित सेवन, सेनेटाईजरको प्रयोग सुरक्षित मानिएको छ । अत्यावश्यक काममा बाहिर निसक्नु परेमा सुरक्षाकर्मीको स्वीकृतिमा सामाजिक दूरी कायम गरी मास्क लगाई बाहिर निस्कनु पर्दछ र साबुन पानीले नियमित हात धुनु पर्दछ । नमस्ते संस्कारको विकास जुन हिन्दु संस्कारमा आदर र सम्मानको प्रतिक हो, यसलाई अंगिकार गर्ने, हग नगर्ने, हात नमिलाउने बानी गर्नुपर्छ । अनावश्यक काममा आफन्त वा अरु को घरमा नजानु पनि कोरोनाबाट बच्ने उपाए हो । अमेरिकी वैज्ञानिकले कोरोना संक्रमित ब्यक्ति हाच्छयु गर्दा ३ फिट टाढासम्म अरुलाई सर्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन ।

विश्व समुदायमा कोरोनाले ल्याएको चुनौतिहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन ।

यतिबेला विश्वनै कोरोना महामारीको संत्रासले थलिएको छ । विश्व भरिका सरकारको ध्यान कोरोनाको नियन्त्रण र आफना नागरिकको जीवन रक्षामा केन्द्रित छ । यति बेलाको प्रमुख चुनौती स्वास्थ्यकर्मी र उपकरणको अभाव हो । नेपाल, अमेरिका, स्पेन, भारत, ईटली, बेलायत, लगायतका देशमा स्वास्थ्य सामाग्री अभावका समाचारहरु आईरहेका छन । स्वास्थ्य सामाग्री र औषधीको उचित र समयमा व्यवस्थापन, घरभित्र बन्द नागरिकको रोजगारी, पीडितलाई राहत , आपूर्तिको चेन टुटनबाट रोक्नु ,अर्थतन्त्र जोगाउन गरिने प्रयत्न आदि प्रमुख चुनाैतिकाे रूपमा देखिएका छन् । विभिन्न अन्तराष्ट्रिय संगठनको प्रक्षेपण अनुसार गरिबी को संख्या बढने बताईएको छ । त्यसमा पनि खाशगरी एशियामा बढी समस्या हुने भनिएकाे छ । प्रभावितको निम्ति राहतको कार्यक्रम ल्याउनु सरकारको प्रमुख कर्तब्य हुनेछ । अहिले लकडाउनको समयमा बाच्नु नै ठूलो भनिएको भएतापनि लकडाउन पश्चात पनि कायम रहने कोरोनाबाट सुरक्षित रहदै नागरिकको जीवनयापन सहज तुल्याउन गरिने प्रयत्न प्रमुख चुनौतीको रुपमा देखा पर्नेछ । अहिलेको संसारको स्वास्थ्य संरचनाले अचानक आइपर्ने महामारी बाट जुधन सक्ने त्यारी कम रहेछ भन्नेत हाम्रो जस्तो पछाडी परेको देशको के कुरा गर्नु विकसित भनिएका देशले पनि देखाएका छन । यस्ता खाले महामारीसँग जुध्न पूर्व तयारी अपनाउन आवश्यक देखिएको छ ।

नेपालमा देखिएका चुनौतिहरु

विश्वब्यापी रुपमा कोरोनाको कहर जति बढिरहेको छ त्यति चुनौती पनि थपिरहेकोछ । नेपालमा काेराेना भाइरस संक्रमण बढ्दै गएकाे छ । सम्पूर्ण देश लकडाउन भईरहदा गरिब दुःखीलाई समयमा राहत उपलब्ध गराउनु पर्नेमा ढिलो गरी राहत दिने काम अगाडी बढाईयो,  अझै राहतमा पनि कुहिएका, म्याद सिद्धिएका सामाग्री बाढिएका छन् । कतै त जनप्रतिनिधिले चामलका बोरा घरमा लगेका छन । यस विसम परिस्थितिमा सरकार गर्नुपर्ने काममा भन्दा नगर्ने काममा बढी सक्रिय भएको भान आम सर्वसाधारणमा छ । औषधी उपकरण खरिदमा व्यापक भ्रष्टचारको विषय, संयन्त्रभित्र कै मन्त्रीमा कार्यगत एकताको कमी, स्वास्थ्य मन्त्रिकाे विवादित भनाई, सबै भन्दा ठूलो कुरा त प्रधानमन्त्रीबाट भए गरेका गल्ती कमजोरीलाई ढाक छोप गर्न गरिने बयानले नागरिकमा नैराश्यता छाएको छ । कोरोनाको कहरले असर गरेका क्षेत्र उद्याेग कलकारखाना, मजदुर वर्ग, पर्यटन, मासिक पारिश्रमिकमा काम गर्ने व्यक्ति, गरीब दुःखी, राजस्व संकलनमा आएको कमी, लकडाउनपछि विदेशबाट आउने नेपालीको उचित ब्यवस्थापन अहिलेको प्रमुख चुनौती हो । कुनै पनि नराम्रो घटनालाई सही शिक्षाको रुपमा ग्रहण गर्न सकियो भने यसले पक्कै पनि केही सकारात्मक आयामहरु ल्याउन मद्दत पुर्याउछ ।

विश्वलाई दिएको संदेश

कुनै पनि माहामारी आउनु भन्दा अगाडी वा आईसकेपछि चनाखो हुनुपर्दछ । महामारीले भयावह रुप लिई सकेपछि नियन्त्रण गर्न गाह्रो मात्र होईन, असम्भव हुन्छ भन्ने पाठ त यस घटनाले देखाएको छ । शुरुवाती चरणमा यसको निदानको उपाय चीनबाटै खोजिएको वा कोरोना देखिने बित्तिकै सम्पूर्ण क्षेत्र लकडाउन गरि अन्तराष्ट्रिय उडान समेत बन्द गरेको भए यस्तो अवस्था आउने थिएन भन्ने मत त विभिन्न विज्ञहरुबाट सुनिदै आएका छौ । अमेरिका, ईटली, स्पेन जस्ता देशले हेल्चेक्राई नगरेको भए ,नागरिकले सरकारबाट घोषणा गरिएको नियम पूर्ण रुपमा पालना गरेको भए आज संसारमा यस्तो भयावह अवस्था आउने थिएन । धर्म रोगसगं लडदैन भन्ने धर्म गुरूले बुझेको भए भारतमा जमातीको यसरी मृत्यु र संक्रमित भई भयावह अवस्था आउने थिएन । अमेरिकामा केहि हुदैन भन्ने धर्मगुरुको निधन नहुदो हो । यदि समयमै सचेत भएको भए । कुनै महामारीले धर्म, जात, लिंग, उमेर भन्दैन भन्ने पाठ सिक्नु आवश्यक छ हामीले । महामारीको प्रकोप देखा पर्न साथ सावधानी अपनाउनु, सतर्क गराउनु/रहनु , औषधीको उचित प्रयोग गर्नु बुद्धिमानी हुन्छ । अहिले अमेरिका र विश्व स्वस्थ्य संगठन देखापरेको विवद अहमको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वाराविश्व स्वस्थ्य संगठनलाई दिने सहयोग रोक्ने घोषण गर्नु, विश्व स्वस्थ्य संगठन चीको पछि लागेको जस्ता आरोप लगाउने समय उपयुक्त होईन । यो समय जनताको जीवनको रक्षा गर्नु हो । विश्व समुदायबाट यसको विरोध भएको छ ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु
कोरोना महामरीले १९३० पछिको ठूलो समस्या निम्त्याएको छ । संसारका लाखौ उद्योग बन्द छन् । करोडौ जनता घरमा लकडाउनमा छन्, मानव जीवनका प्रत्यक गतिविधि प्राय ठप्प छन् । विज्ञ भन्छन-भ्याक्सीन यदि बन्न सकेन भने यसको प्रभाव २०२४ सम्म रहने छ । यसरी वर्षौसम्म संसारनै ठप्प भएर बस्ने त कुरा भएन  । क्रमिक रुपमा सुरक्षाका उपायहरु अपनाउदै निर्माण तथा उत्पादनका काम शुरु हुन थालेका छन । कोरोना प्रभावका कारण अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थव्यवस्था ऋणात्मक भई –३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अमेरिका, बेलायत, जर्मनी, स्पेन, इटलीको अर्थव्यवस्था त ७/८ प्रतिशतले ऋणात्मक रहने उल्लेख छ । खाशगरी पर्यटनमा भर पर्ने देशलाई बढी असर पर्ने देखिन्छ । त्यस्तै नेपालको आर्थिक वृद्धि गत माघमा अ.मु.कोष ले ६ प्रतिशत  हुने बताएकोमा कोरोना कहर पछि वृद्धि दर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि ठूलो संख्यामा विदेशमा रहेका नेपाली एकै पटक स्वदेश फर्किए भने बेरोजगारको संख्या त बढछ नै हाम्रो अर्थतन्त्रको प्रमुख श्रोत रेमिटयान्समा कमी आई नकारात्मक असर पर्न जान्छ । त्यस निम्ति सरकार सजग भई विदेशमा रहेका नेपालीको निम्ति त्यहाँको सरकारसँग सकारात्मक पहल गर्नु जरुरी छ । विदेशबाट आएको रकमले घर खर्च चलाउने, शिक्षा दिक्षा दिने, परिवार पाल्ने व्यक्ति स्वयं घर फर्कदा पर्ने प्रभाव सकारात्मक हुन सक्दैन । लकडाउनको कारण सुसुप्त प्राय रहेको अर्थतन्त्र र घरभित्र रहेका जनताको राहतको लागि अमेरिका, क्यानडा, भारत , स्पेन ,इटली लगायतका देशले करोडौ डलरको राहत घोषणा गरेका छन् । विडम्बना हाम्रो देशमा राहतको नाममा दिने ५/ १० किलो चामल पनि कुहिएको बाडेको समाचार आएका छन । यो भन्दा लाजमर्दो अरु के हुन सक्छ ? विश्व अर्थतन्त्रमा पार्ने प्रभावको कारण रोजगारी गुम्दा विश्वमा हिंसक घटनामा वृद्धि हुन सक्छ । हाम्रो जस्तो अविकसित देश जहाँ अधिकाशं जनता जीवन निर्वाह मुखी कृषि कर्ममा छन तिनको जीवन स्तर उकास्नको निम्ति राज्यले उचित अनुदान र सहयोग गर्नु पर्दछ । विदेशबाट आएका नेपालीलाई सीप अनुसारको काम गर्नको निम्ति प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ । किसानलाई सहयोग गर्ने नाममा पार्टीका कार्यकर्तालाई सहयोग गरिनु हुदैन प्रदेश ५ सरकारले गरे जस्तो ।

मानव सभ्यता र संस्कृतिमा पार्ने प्रभावहरु

आदिम कालदेखि क्रमिक रुपमा विकास हुदै आएको मानव सभ्यतालाई समाप्तै पार्ने अवस्थासम्म त यो महामारी नपुग्ला, काँही कतै अल्पसंख्यक,लोपन्मुख जाती आदीमा यसको संक्रमण देखिएमा केहि समस्या उत्पन्न हुन सक्दछ र कोरोनाले मानवको सास्ंकतिक गतिविधिमा भने यसले प्रभाव पार्ने निश्चित छ । हात मिलाउने, हग गर्ने, चुम्वन गर्ने, परिपटिको केहि हदसम्म अन्त्य हुन सक्दछ । नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ । नमस्ते अब हिन्दु संस्कारमा मात्र नभएर सम्पूर्ण मानव जाति कै संस्कार बन्न सक्दछ । जन्म, विवाह र मृत्यु संस्कारमा कम मान्छे निम्ता गर्ने परिपाटीको विकास हुन सक्दछ । अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ ,पर्यटकीय स्थल अवलोकन घुमघाम आदी रोगको कारण प्रभाव पर्न सक्दछ ।

नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ ।अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ ।

मानवजाति को भविष्यमा थपिएका चुनौती महामारी पूर्व को अवस्थामा जसरी मानवजाति एक ठाउँबाट अर्को ठाउमा सहज रुपमा आवतजावत गर्न सक्थ्यो, घुम्न सक्थ्यो, विभिन्न आफना धार्मिक क्रियाकलापमा सामेल हुन सक्थ्याे । त्यस्तो परिपाटीमा परिवर्तन आउन सक्छ । मानविय जीवनको ठूलो क्षति,अर्थतन्त्र धरासायी, बेरोजगारको संख्यामा अत्याधिक वृद्धि भएपनि विकसित देशबाट सम्पूर्ण मानवको कल्याणको निम्ति उदार भई सहयोगका कार्यक्रम अगाडि बढाएमा यस महामारीबाट परेको असरलाई केही वर्षमा पूर्ति गर्न सकिन्छ ।कोरोना महमारीले विश्व नै घर/देश भन्ने मान्यतालाई तोडदै देश/परिवारको अवस्था आउने देखिन्छ ।

वातावरण र जीवजगतमा पर्ने असर

केहि नकारात्मक घटनाले पनि कहि न कहि सकारात्मक सन्देश प्रभाह गरेको हुन्छ । अहिले केरोना महामारीले वातावारणमा सकारात्मक सूचक ल्याएको छ । संसारका अधिकाशं मानिस घरभित्र छन, उद्योग धन्दा बन्द छ, सवारीसाधन आवश्यक बाहेक ठप्प छन, यसले पर्यावरणीय क्षेत्रमा अदभूत परिवर्तन ल्यएको छ । तापक्रम कम छ , प्रदूषण शुन्य बराबर छ । नदिको पानी सफा भएर बगेका छन । ध्वनि प्रदुषणले जीवजन्तुलाई हुने हानी कम भएको छ । चोरी सिकारी कम छ । यसैबीच विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा बिक्री प्रतिबन्ध लगाउने सम्बन्धी कडा कानुन बनाउन विश्व समुदायसँग आग्रह गरेको छ । समग्रमा कोरोनाले मानवजातीलाई घरभित्र खुम्चाएपनि पर्यावरणीय र जीवजन्तुको हिसाबले सकारात्मक संदेश दिएको छ । अन्तयमा यस बिषम परिस्थितीमा अहोरात्र काममा खटिने प्रहरी, सफाईकर्मी, डाक्टर, नर्स, चालक लगायत सम्पूर्णमा नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.