विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ

  २०७७ वैशाख १५ गते १०:००     खेमकुमारी श्रेष्ठ

समयको कालखण्ड अनुसार विश्वमा विभिन्न खाले महामारीको प्रकोप फैलिएको इतिहास भेटिन्छ । हामीले मानव जातिको विकास तथा सुविधालाई मध्यनजर गर्दै प्रविधिको प्रयोग र त्यसलाई परिस्कृत पार्ने दायरालाई फराकिलो पार्दै गएका छौँ । यसरी यही ब्रह्माण्डमा रहेर यसै ब्रहमाण्डमा रहेका प्राकृतिक साधन तथा स्रोतको माध्यमबाट आफू अनुकुल उपकरण तथा आफू अनुकुलको कृतिम संसारको निर्माण गर्न मानव जाति तल्लिन छ । उसले एउटा कुरा भुतुक्कै बिर्सिएको छ कि आफू अनुकुलको वातावरणको सृजना गर्दा हुने रसायनिक तथा अनेक खालका परिमार्जनबाट नयाँ खालको आफू प्रतिकुल वातावरणको पनि सृजना भइरहेको हुनसक्छ । हो, यस कुराको अनुसन्धानमा मानिसहरुको ध्यान केन्द्रित नहुँदा नसोचेको महामारी तथा प्रकृतिक बिपत्तिको सामना गर्नु परिरहेको छ ।

धेरै रोग बिरुद्धको औषधि बनाउने प्रयोगशालामा कहिले कहीँ रोगको जीवाणु अर्थात भाइरस पनि त बन्न सक्छ । सधैं एन्टिभाइरस बनाउने सफ्टवयर कम्पनीमा जानी–नजानी कहिले कहीँ भाइरस पनि बिकास हुन सक्छ । यसको मतलव सबै सकारात्मक कुराको मात्र संकलन वा ग्रहण गर्दै जाने हो भने त्यसक्रममा फालिएका नकारात्मक कुराले पनि आफ्नो शक्ति सञ्चय गर्दै जाँदा तिनीहरु हाम्रो चुनौतिको रुपमा खाडा हुन सक्छन । हामीले आफूलाई सुरक्षित र खुसी राख्न हाम्रो वरिपरि रहेका सबै चिजको प्रयोग अनेक तरिकाबाट गरिरहेका छौँ । मानौ एक किसिमले भन्ने हो भने प्रकृतिको दोहोन गर्ने होडबाजी नै चलेको छ । यसरी उल्टो सुल्टो तरिकाबाट प्राकृतिक स्रोत र साधनको प्रयोग बढाउँदा यसका अल्पकालिन तथा दीर्घकालिन असरहरु देखा पर्न थालिसकेका छन् ।

लेखक

हामी आफूलाई जहिले सर्वश्रेष्ठ प्राणिको बिल्ला भिराएर बसिरहेका छौँ । हामी मानव जातिलाई सर्वश्रेष्ठ तथा सर्वशक्तिमान भनेर उपाधि कसले दियो ? आफूले आफैलाई मपाई भन्नुको पराकाष्ट हामीले एक दिन भोग्न तयार हुनु नै पर्छ । त्यो यही कारोनाको महामारी पनि त हुन सक्छ । आफूले आफैलाई महाराजा सावित गर्नु वा घोषित गर्नु कतिको नैतिक तथा जायज हुन सक्छ ? के संसारमा रहेका लाखौँ प्राणी तथा प्रकृतिले हामीसँग हारेको हो त ? के उनीहरुले हाम्रो चमत्कार र शक्तिलाई देखेर सर्वश्रेष्ठ घोषणा गरेका हुन ? यो संंसारमा रहेका सबै प्राणी तथा अभयवहरुले यो घोषणा गरेका हुन भने हामीले सन् १६५ देखि सन् १८९ मा देखा परेको एन्टोनाइन प्लेगबाट ५० लाख, सन् १३१४ देखि १३५१ मा फैलिएको ब्ल्याक डेथबाट २० करोड, सन् १९१८ देखि सन् १९१९ सम्म फैलिएको स्पेनिस फ्लुबाट ४ करोड १० लाख तथा एचआईभिबाट सन् १९८१ देखि हाल सम्म ३ करोड ५० लाख हाम्रा पुर्खा तथा आफन्तलाई कसरी गुमायौँ ? सबै भन्दा ठूलो नरसंहारको रुपमा लिएको प्रथम विश्व युद्धमा २ करोड र दास्रो विश्व युद्धमा ६ करोड गरी जम्मा ८ करोड मानिसको मृत्यु भएको देखिन्छ । जुन अहिले सम्म फैलिएका ठूला खालका महामारीबाट मृत्यु हुने ४५ करोड देखि ५० करोडको तुलनामा छ गुणा कम छ । साना तिना रोग र साना तिना युद्धबाट हुने मृत्यु हिसाब नगरौँ ।

अत्यन्तै विकसित प्रविधि हामीसँग छ भन्दै गर्व गर्ने हामीले सानो भाइरससँग कसरी हार्याैं ? सबै रोगको उपचार सम्भव छ भनेर विज्ञानले चमत्कार गर्यो भन्ने हामी आज पनि पुरानो क्वारेन्टीन पद्धतिकै साहारा लिन किन बाध्य भएका छौँ । बाघ, गैँडा, भालु संसारबाटै लोप गर्न सक्षम हामी सानो कोरोना भाइरसबाट डराएर घर भित्रै लुक्ने अवस्था किन आयो ? स्पेनिस फ्लुबाट १ घण्टा भित्र नर्सको मृत्यु भएको इतिहास छ । तर हामीले विकास गरेको औषधि तथा प्रविधिबाट १ घण्टामा मरेको मान्छे जिउँदो भएर घर गएको भन्दा अलि बढी नै हुन्छ होला, रुघाखोकी लागेको विरामी पनि निको पार्न सकेका छैनौँ ।

यी सबै दृष्टान्तको निचोड के हो भने विश्वमा मानव जाति सबै खाले विपद तथा महामारीको सामना गर्ने गरी सर्वश्रेष्ठ भइसकेको छैन्। महाविपदको अगाडि हामीले आविष्कार गरेका प्रविधि हवाई जहाजमा रहेका यात्रुहरुले जहाज दुर्घटना हुने निश्चित भइसकेपछि सिटमा जोडले समात्नु अर्थात आफूसँगै रहेको व्यक्तिको साहारा लिन खोज्नु जस्तै हो । जहाज नै दुर्घटना हुने भएपछि त्यो साहाराको के काम ?

कारोना भाइरसको विश्वव्यापी अवस्था

सन् २०१९ को अन्त्य तिर चीनको वुहानमा रहेका मासु पसलबाट कोरोना फैलिएको अनुमान गरिन्छ । तर अहिलेसम्म यसको आधिकारीक स्रोत भने पत्ता लागेको छैन । जे होस् यसले विश्वलाई तिब्र गतिमा आफ्नो सिकार बनाएको छ । एक किसिमले हेर्दा विश्वका सम्पन्न राष्ट्र जसले कुनै पनि रोगको उपचार आफूसँग भएको मेडिकल स्रोत र साधनको माध्यमबाट गर्न सक्छौँ भन्ने घमण्ड गरेका थिए, त्यस्ता देशलाई नराम्रसँग थला पारेको छ । तर जसले अरु देशमा पारेको असरलाई आँकलन गर्दै हामी यसको सामना गर्न सक्षम छैनाैं भन्दै आत्मस्वीकार गरेर परम्परागत लकडाउन पद्दति तथा परम्परागत क्वारेन्टीन पद्दतिको अवलम्बन गरे जसको कारण ती देशमा कोरोनाको जोखिम कम देखिएको छ ।

इटाली, फ्रान्स, रुस, जापान तथा अमेरिका जस्ता देशमा पनि मर्नेको सङ्ख्या बढ्दै जानु यसले कति र के सम्म गर्न सक्छ भन्ने सजिलो र गतिलो प्रमाण हुनजान्छ । तर पनि मानिस र सरकारले यसलाई चुनौती दिँदै मूर्खता प्रदर्शन गरेको खण्डमा यसले ठूलो नरसंहार निम्त्याउने कुरा निश्चित छ । विश्वको आधा जनसङ्ख्या अहिले घर भित्र छ । आधुनिक इताहासमा यो अवस्था पहिलो पटक आएको हो । चीनले यो भाइरससँगको युद्ध लगभग ७५ प्रतिशत जितिसकेको छ । तर २५ प्रतिशत बाँकी नै छ । अझै पनि उ ढुक्क हुने अवस्थामा छैन । नयाँ संक्रमितहरु देखिन सक्ने सम्भावना कायमै छ । उसका छिमेकी देशमा कोरोना भर्खर फैलिँदै छ । तर एउटा कुरा के सत्य हो भने उसले यसको नियन्त्रण गर्ने तरिका मजाले सिकेको छ जसको कारण फेरी पनि महामारी फैलिएको खण्डमा उसले सामना गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

विश्व अर्थतन्त्र 

विश्वले यति बेला काम गर्न सक्ने वा कामाएर पाल्ने सक्रिय जनसङ्ख्या घर भित्र थुनेर राखेको छ । तर अर्को सक्रिय जनसङ्ख्या स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई परिचालने गरे पनि ती सबै त्यही सक्रिय जनसङ्खयाको सुरक्षा तथ स्यहारमा खटिएका छन् । यसले विश्वको अर्बाै जनसङ्ख्यालाई कति दिनसम्म घर भित्र राखेर पाल्न सक्ला ? यो ठूलो चुनौतीको रुपमा खडा भएको छ ।

विश्वले यति बेला काम गर्न सक्ने वा कामाएर पाल्ने सक्रिय जनसङ्ख्या घर भित्र थुनेर राखेको छ । तर अर्को सक्रिय जनसङ्ख्या स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई परिचालने गरे पनि ती सबै त्यही सक्रिय जनसङ्खयाको सुरक्षा तथ स्यहारमा खटिएका छन् । यसले विश्वको अर्बाै जनसङ्ख्यालाई कति दिनसम्म घर भित्र राखेर पाल्न सक्ला ? यो ठूलो चुनौतीको रुपमा खडा भएको छ । यो अवस्थामा हिजो सहयोग गर्ने वा सम्पन्न देशको हालत झन बिग्रिने भएपछि गरिब देशले सहयोग पाउने आशा झन गर्न मिल्ने ठाउँ छैन । यसको मतलव सबै देशले आफ्नो व्यवस्था आफै गर्नु पर्ने दिन आउन सक्छ । यो महामारीको प्रकोप छिटो समाप्त नभएको खण्डमा विश्वमा स्वार्थी अर्थतन्त्र देखा पर्न थाल्नेछ । जसको कारण सबैले आफ्नो पेट पाल्ने कोसिश मात्रै गर्ने छन् । अरुको दुःख देख्ने क्षमतामा कमि आउने छ । हिजो निर्धारण गरिएको योजना तथा उद्देश्यहरु विश्वका सबै देशले परिवर्तन गर्नेछन् । जसको कारण विश्व अर्थतन्त्रमा क्रमभंगताको अवस्था आउनेछ । दाताहरुले सहयोगबाट हात झिक्नेछन् । यो अवस्थापछि विश्वमा स्थिर वा आफ्नो क्षमता अनुसारको विकास हुनेछ । अविकसित देशमा भोकमरी तथा अभावको अवस्था सिर्जना भएपनि परनिर्भरताको अवस्थाको अन्त्य हुने अवस्था आउने छ । यो अवस्थालाई सबै देशहरुले अवसरको रुपमा सदुपयोग गर्न सक्छन् ।

विश्वमा देखा परेको चुनौती र नयाँ आयम

यो महामारीले २१ औं शताब्दीलाई चुनौती दिदैछ । यसले विश्वलाई फरक तरिकाले सोच्न बाध्य बनाएको छ । विश्वमा निर्माण भएको अमेरिकी सर्वशक्तिवाद माथि गम्भिर धक्का पुगेको छ । उसले आफ्नो हैकम गुम्ने देखेपछि देश लकडाउन नगर्ने नीति लियो तर यसै कारण सबै भन्दा बढी मृत्यु हुने देश बन्न पुग्यो ।

यो महामारीले २१ औं शताब्दीलाई चुनौती दिदैछ । यसले विश्वलाई फरक तरिकाले सोच्न बाध्य बनाएको छ । विश्वमा निर्माण भएको अमेरिकी सर्वशक्तिवाद माथि गम्भिर धक्का पुगेको छ । उसले आफ्नो हैकम गुम्ने देखेपछि देश लकडाउन नगर्ने नीति लियो तर यसै कारण सबै भन्दा बढी मृत्यु हुने देश बन्न पुग्यो । मानाैं अहिले पनि अमेरिका कोरोनाको कारण आफ्नौ हैसियत गिर्न नदिन विभिन्न खाले चाल र जाल गरिरहेको छ । तर यसले उसलाई बलियो भन्दा कमजोर बनाउने निश्चित जस्तै छ । त्यस्तै अन्य देशले पनि यो भाइरस माथि राजनीति गरेको खण्डमा नराम्रो असर भोग्नु पर्ने हुनसक्छ । अनि मेडिकल साधन र स्रोत समेतमा घमण्ड गरेको खण्डमा यो बिना तुकको गफ साबित हुनसक्छ । किनभने मेडिकल साइन्सले भनिसक्यो, हारिसक्यो, यसको कुनै पनि औषधि छैन ।

यही मौकामा चीनले आफ्नो हैकम विश्वभर फैलाउन खोजेको पनि देखिन्छ । तर उसको यो सपनामा आफ्नै देशमा उत्पादन भएको मेडिकल समाग्रीको गुणस्तरले अगाडि बढ्न दिएन । चीनले जहिले पनि आफ्नो हैसियत गुमाउनुको कारण सामानको गुणस्तरमा हुने कमजोरीले हो । युद्ध मैदानमा लड्न तयार भएको सिपाहीको बन्दुक पड्केन भने अर्थात बिग्रयो भने के हुन्छ ? हो त्यस्तै अबस्था आयो चीनलाई पनि । तर उ फेरी अर्को बाटोबाट अगाडि बढ्ने मौका हेरिरहेको हुन सक्छ । तर अमेरिका त्यसको प्रतिकार गर्न वा रोक्न हरेक तरिकाले कदम चाल्न पछि नपर्ने मनस्थितिमा छ ।

रुस मौन छ । सायद उसले पनि आफ्नो देशको सुरक्षा र अरु देशको रणनीतिको प्रतिकार गर्न हेर र पर्खको नीति लिएको हुनसक्छ । तर भारत यति बेला त्यस्तो खेलमा लाग्ने अवस्थामा छैन । उ कोरोना नियन्त्रणलाई मात्र प्रमुख रुपमा लिइरहेको जस्तो देखिन्छ । तर उ क्षेत्रिय स्वार्थ बाहेक अन्य स्वार्थमा अमेरिकाको कुरा काट्न सक्ने अवस्थामा छैन ।

नेपालको अवस्था

हाम्रो देशले पनि परिस्थितिको मूल्याङ्कन गर्दै बन्दाबन्दीलाई अंगिकार गरेको अवस्थामा पनि धेरै नेपाली शहरबाट गाउँ फर्किए । भारतबाट नेपाल फर्किए । जसको कारण कोरोनाको महामारी गाउँमा फैलिने डर बढेर गयो । यो फैलिने बेग अत्यन्त तेज भएको कारण कुनै पनि क्षेत्रमा फैलिन त्यति बेर लाग्दैन । तर यसको असर वा मृत्यु दर भने कम छ । जसको कारण धेरै मानिस सजिलै निको हुन सक्छन् । नेपालले रोग फैलिन नदिन नै बिशेष ध्यान दिन जरुरी छ । महामारी फैलिसके पछि यसको नियन्त्रको लागि हामीसँग साधन र स्रोतको अभाव छ । बन्दाबन्दीलाई अझ कडा रुपमा लागू गर्ने तथा सरकारले अघि सारेका टि सिक्स रणनीतिलाई कडाईका साथ पालना गर्नुपर्छ । भारतसँगको सीमानामा अझ कडा निगरानी राख्नुपर्छ । परिक्षणको मात्रा बढाउनु पर्छ । अनि मात्र संक्रमणको यथार्थ अवस्था थाहा हुनुसक्छ । जनचेतना फैलाउन पर्छ । ताकी जनता आफै सजग होउन । यसको प्रभाव नेपालमा कसरी अगाडि बढ्छ भन्ने बारे नेपाली बैज्ञानिकहरुबाट नै अनुसन्धन गर्न लगाउन जरुरी छ ।

नेपाली अर्थतन्त्र

कोरोना भाइरसको महामारीको बेला करौँडा राजस्व छुट पाएको अस्पतालको गेटबाटै बिरामी फर्किए । अहिले हस्पतालले जस्तै भोलिका दिनमा निजी क्षेत्रका बैङ्क, स्कूल तथा कलेज, यातायात व्यवसायीहरुले यसै गरी सरकारलाई धोका नदेलान भन्न सकिदैन । फाइदा हुने भए मात्र काम गर्ने, नत्र काम नगर्ने । आपत पर्दा सरकारलाई सेवा नगर्नेहरुको भरमा नेपाली अर्थतन्त्र दीर्घकालिन रुपमा अगाडि बढ्छ भन्ने कुरामा ढुक्क हुन सकिदैन ।

नेपाली अर्थतन्त्र सरकारी तथा नीजि क्षेत्रको साझेदारीमा अगाडि बढ्ने गरी सरकारले नीजि क्षेत्रलाई धेरै सहयोग गरेको छ । तर यो कोरोना भाइरसको महामारीको बेला करौँडा राजस्व छुट पाएको अस्पतालको गेटबाटै बिरामी फर्किए । निजी अस्पतालले भर्ना गर्न नमान्दा कति मानिसको अकालमौ ज्यान गयो । करोडौँको मेडिकल सामाग्री ल्याउन सक्ने नेसनल मात्रै नभएर इन्टरनेसनल अस्पतालले के एक थान पाँच हजार मूल्यको पि. पि. ई. र तीन हजार मूल्यको इन्फरेड थर्मोमिटर ल्याउन सकेनन् होला र ? सरकार तथा देशलाई आवश्यक परेको बेला सहयोग गर्नु सबैको कर्तव्य हुनेछ भनेर नेपालको संविधान प्रष्टसँग उल्लेख छ । के यतिबेला ती निजी अस्पतालको कर्तव्य हुँदैन र ? हिजो सरकारी अस्पतालमा राम्रो उपचार नहुने भन्दै आफ्नो निजी अस्पतालमा आउन आग्रह गर्ने माफियाहरुको झुण्ड आज के गर्दै होला ? र, भोलि महामारी अन्त्य भएपछि फेरी निजी अस्पतालमा राम्रो उपचार हुन्छ भन्दै नेपाली जनताको अगाडि कसरी मुख देखाउलान बिचारहरु ?

भोलिका दिनमा निजी क्षेत्रका बैङ्क, स्कूल तथा कलेज, यातायात व्यवसायीहरुले यसै गरी सरकारलाई धोका नदेलान भन्न सकिदैन । फाइदा हुने भए मात्र काम गर्ने, नत्र काम नगर्ने । आपत पर्दा सरकारलाई सेवा नगर्नेहरुको भरमा नेपाली अर्थतन्त्र दीर्घकालिन रुपमा अगाडि बढ्छ भन्ने कुरामा ढुक्क हुन सकिदैन । सरकारले अघि सारेको निजी -सरकारी-साझेदारीको अवधारणाको बारेमा पनि सोच्ने बेला भएको छ । सरकारले गरेको सहयोगको बदलाको गुा नतिर्नेहरुलाई सहयोग गर्नुको अर्थ छैन ।

हरियो नम्बर प्लेटको गाडीमा बसरे दिउँसो रोडमा पाँच करोडको सामान पन्ध्र करोडमा बेच्ने अनि बेलुका बालुवाटार पुगेर एक करोड प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नेहरुको जमात पनि कम छैन । यो देशका प्रतिष्ठित व्यापारीहरुको कमाईको सानो दृष्टान्त हुनसक्छ । तालमेल मिलाउन सक्नेहरुको नाम यसरी बाहिर आउनै सक्दैन । लगाम बिनाको घोडा जस्तै दौडिएको हाम्रो अर्थतन्त्रलाई अब लगाम लगाउने बेला आएको छ ।

हाम्रो भविष्य

हामीले आज भन्दा मात्र १५ वर्ष अगाडि हाम्रो देशलाई गाउँ नै गाउँले बनेको देश भन्थ्यौं। तर आज यो अवस्था छैन । नेपाल एउटा शहरै शहरको देश बनिसकेको छ । हामीले हाम्रा सुन्दर गाउँ बस्तिलाई दुर्त गतिमा शहर बनायौँ । विकास निर्माण कार्यलाई पनि निश्चत ठाउँ केन्द्रीत बनायौँ जसका कारण विकट ठाउँका मानिसहरु बसाइ सरेर धेरै छिटो शहर बनाइ दिए । यसलाई अन्जान विकास पद्दति भन्न मिल्छ । विनायोजना भएको विकास वा अन्जानले भएको विकास जसले भोलिका दिनमा विनासको रुप लिनसक्छ । ठिक छ, कति ठाउँमा त सबै आधुनिक सुबिधा पुराउन सम्भव छैन । तर ती ठाउँभित्र पनि कति सुरक्षित ठाउँ छन् जहाँ हामी एकिकृत बस्ती विकास गर्न सकिन्छ । यो कुरालाई हामीले भुलेर हामी अव्यस्थित बस्ती विकास गरिरहेका छौँ । यसले बाढी पहिरो तथा अनेक खालको महामारीको सृजना हुने खतरा ९० प्रतिशत बढेको छ ।

नेपाली जनता कुनै पनि प्रकारको दुःख तथा बिपदको सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ आफ्नो गाउँलाई ठान्दछन् । हुनत काठमाण्डौमा एउटा घरको जगमाथि ५० परिवार बस्ने गर्छन । तर गाउँमा पचास वटा घर बन्ने ठाउँमा एउटा परिवार बस्छन् । उसले आफ्नो त्यो खेतबारी तथा घरको आँगनमा युद्धलड्न बंकर बनाउन सक्छ । लास गाड्न मसान घाट बनाउन सक्छ । भूकम्पबाट जोगिन पाल टाँगेर बस्न सक्छ । भोकमरीबाट जोगिन खेतबारी लटरम्म धान झुलाउन सक्छ, तोरी फुलाउन सक्छ । एकान्तबास बस्न परिवारका प्रत्येक सदस्यलाई छुट्टै क्वारेन्टीन बनाउन सक्छ ।

नेपाली जनताको गाउँ प्रतिको विश्वास हामीले वा शासन गर्ने शासकले बुझ्न सकेका छैनन् । यही आकांक्षालाई सम्बोधन गर्न गाउँफर्क अभियान पनि नचलेको भने होइन । तर प्रभावकारी रुपले अगाडि बढ्न भने सकेन । नेपाली जनता कुनै पनि प्रकारको दुःख तथा बिपदको सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ आफ्नो गाउँलाई ठान्दछन् । हुनत काठमाण्डौमा एउटा घरको जगमाथि ५० परिवार बस्ने गर्छन । तर गाउँमा पचास वटा घर बन्ने ठाउँमा एउटा परिवार बस्छन् । उसले आफ्नो त्यो खेतबारी तथा घरको आँगनमा युद्धलड्न बंकर बनाउन सक्छ । लास गाड्न मसान घाट बनाउन सक्छ । भूकम्पबाट जोगिन पाल टाँगेर बस्न सक्छ । भोकमरीबाट जोगिन खेतबारी लटरम्म धान झुलाउन सक्छ, तोरी फुलाउन सक्छ । एकान्तबास बस्न परिवारका प्रत्येक सदस्यलाई छुट्टै क्वारेन्टीन बनाउन सक्छ ।

उसलाई आफ्नो भूगोल प्रति विश्वास छ । आफूले टेकेको माटो प्रति गर्व छ । त्यो माटोमा उभिएर जुनसकै परिस्थितिको सामना गर्न सक्छ । उसलाई सरकारले दिन्छु भनेको राहत तथा सेवा प्रति बिस्वास छैन । सरकारले होमडेलिभरी गरेको चामल प्रति विस्वास छैन । लाग्छ उसलाई कुहिएको चामल पो पर्ने हो कि ? सरकारले दिने अन्य सेवा सुविधा आफूले पाउने आशा अब उसले मारी सकेको छ, किनकी उसलाई लाग्छ त्यो राहत ठूलाबडा तथा आसेपासेले मात्रै पाउने छन् । त्यही भएर त उ सयौँ किलोमिटरको दूरी फाटेको चप्पलमा नयाँ तुना हाली भए पनि तय गर्दछ । चिउराको भरमा सैयौँ माइलको यात्रा तय गर्छ । घरको आँगनमा पुगेर हिँड्दा हिँड्दा सुनिएको खुट्टा देखाउँदै घर आइपुगेकोमा ठूलै हर्स महसुस गर्नेको जमात कम छैन ।

आफ्नो घरको आँगन प्रति कति विश्वास ? उ गाउँ पुग्यो भने बाँचिन्छ भन्नेमा ढुक्क छ । गाउँका साथी सँगी तथा दौतरीहरुलाई भेट्दा लाग्छ संसारका सबैभन्दा ठूला डाक्टरहरुसँग भेट भइरहेको छ । गाउँघरका ढुङ्गे पँधेरो तथा कुवाको पानी घटघटी पिउँदा लाग्छ उसको आधा रोग उसै निको हुन्छ ।

आफ्नो घरको आँगन प्रति कति विश्वास ? उ गाउँ पुग्यो भने बाँचिन्छ भन्नेमा ढुक्क छ । गाउँका साथी सँगी तथा दौतरीहरुलाई भेट्दा लाग्छ संसारका सबैभन्दा ठूला डाक्टरहरुसँग भेट भइरहेको छ । गाउँघरका ढुङ्गे पँधेरो तथा कुवाको पानी घटघटी पिउँदा लाग्छ उसको आधा रोग उसै निको हुन्छ । नेपालको मात्र नभई एसियाकै चर्चित डाक्टर उपेन्द्र देवकोटा समेत अस्पतालको सैयाबाटै हेलिकप्टर चढेर गोरखामा रहेको गाउँको आफ्नो घरमा पुगेर आँगनमा बोल्न नसक्ने अवस्थामा पनि एक घुट्को पनि खाएर फर्किए । उनीमा पनि त्यो विश्वास थियो होला सबै भन्दा अमूल्य त्यो पानी छ जसले उहाँलाई उपेन्द्र देवकोटा बनायो ।

यी सबै यथार्थको आधारमा हामीले नयाँ तरिकाले सोच्न जरुरी छ । जनताको गाउँ र गाउँ प्रतिको विश्वास संंरक्षण गर्न सकेको खण्डमा देशमा सृृजित आधा-आधि समस्य त त्यसै हल भएर जानेछन् । यसले राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउन मद्दत गर्नेछ । विषम परिस्थितिको सामना गर्न पनि सजिलो हुनेछ । यसको लागि जब हाम्रा गाउँघरका चुुहिने छाना टालटुल पारिने छन् । एक्लै बेसाहार बस्नुभएको बुढा बा-आमाको लक्का जवान छोराछोरी गाउँमा आइपुग्ने छन् । आँगनमा उम्रिएका झारपात सफा पारेर छेउमै रहेको ढुङ्गाको पेटीमा बस्दै तल–तल सुसाइरहने खोला र नदी अनि माथी-माथी टल्किने सेता हिमाल, बिचमा शिरिरि बहने चिसो हावा, आँखाले देख्न सकिने जति ठाउँ ओगटेको आफ्नै लटरम्म फलेको कोदोको बारी, मगमग बास्ना हुत्ताइरहेको बासमती धानको खेत, आँगनमै घाँस खाइरहेको लैनौ भैँसी, छेउमै बाँधिएका एक हल गोरु, खोरमा रहर लाग्दा बाख्राका पाडापाडी यो भन्दा सुन्दर संसार कहाँ हुन सक्छ ? न यूरोप, न खाडी ।

हाम्रो मिठो प्राकृतिक संसार भुलेर विदेशीएका नौजवानलाई देशको माटोले फिर्ता बोलाइरहेको छ । मरुभूमिमा गगन चुम्बी महल र झुल्ने बगैँचा बनाउने पाखुरा अब झापामा धान फलाउन र मुस्ताङमा स्याउ फलाउन लगाउनु पर्ने बेला आएको छ । कोरोना भाइसको महामारीले पनि यही भनिरहेको छ । बाँच्ने र बचाउने सबै भन्दा उत्तम बिकल्प घर हो । हामीले इट्टा र बालुवा बोकेर बनाएका मलेसिया र कतारका सुविधा सम्पन्न अस्पताल साउदी र बहराइनका औषधि कारखानाहरुको ढोका हामी बिरामी परेको थाहा पाएको दिन खुल्ने छैनन् । तर पुरान विर अस्पतालको भाँच्चिन थालेको बेड र ढोका हाम्रो सेवामा हरमपल खुला र खाली रहनेछ । हाम्रो भविष्य यसैमा रहेको छ । आफ्नै आँगनको मर्मत सम्भार गर्नु । विदेश वा शहरको अरुको गगन चुम्बी महल बनाउनु भन्दा आफ्नै आँगनमा सपनाको महल बनाउनु उत्तम हुनेछ ।

भ्रष्टाचारको जरा नउखेलेसम्म बिदेशिएका चालिस लाख युवाको पसिनाको कमाइबाट लुटिएको रेमिटान्स हुने खाने र देश चलाइरहेका छाैं भन्दै भाषण ठोक्नेहरुको पेटमा मात्र गइरहने छ । यसलाई निर्मूल पार्ने सुनौलो मौका यही बन्न सक्छ । ठूला माफिया ठूला दलाल र कसले कहाँ निर भ्रष्टाचार गर्दछ भन्ने कुरा ऐना जस्तै छर्लङग छ, मात्रै हामीले भन्न नसकेको अवस्था हो । आजैबाट प्रदाफास गर्न सुरु गराैं, कसले कुन कुन ठाउँमा कति–कति भ्रष्टाचार गरेको छ ? अनि भोलि बिहानै सुकिला मुकिला भएर समाजमा बसेकाहरुलाई जुत्तको माला पैरिदै जेल पठाउँ । ७२ घण्टामा देशमा ९९ प्रशितश भ्रष्टचार समाप्त भएर जान्छ । ७३ घण्टा पछि देश विकासको गति बुलेट ट्रेनको भन्दा तिब्र हुनेछ ।

स्वामी कार्तिक खापर गाँउ पालिका, बाजुरा

8 comments on "विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ"

  • Krishna shrestha says:

    Dherai ramro lekha padna paiyo sayad sabai ko bichar ma yastai shocha huna aawashek xa good job thank you sadhai yastai ramro socha lera jindagi ko yatra agadi badaunu hola dhanyabaf

  • Tirtha Rai says:

    मलाई मन पर्यो ।यो लेख भित्रको भाव अनि शब्द बुझ्ने हो भने एकदमै राम्रो उपयोगी काम लाग्ने विचार छ अनि यो सबैले अनुनय गर्नु एकदमै खाचो छ सबैलाई अनि यस्तै लेख अरु नियमित पढ्नु पाईयोस सधै मेरो तर्फबाट उतरोउतर प्रगतिको कामना र धन्यवाद छ ।

  • रामराज श्रेष्ठ says:

    राम्रो लेख छ

  • किरण पराजुलि says:

    बिश्वका विभिन्न काल खण्डदेखिका घटनाक्रम हरुलाई एउटै लेखमा समेटेर सुनमा सुगन्ध पारिदिनु भएको छ हजुरको लेख देश,काल,परिस्थिति साथै समय सान्दर्भिक छ।आगामी दिनमा पनि यस्तै लेखहरु फेरि पढ्न पाउ धन्यवाद ।

  • उस्ताज महतारा says:

    धेरै राम्राे लेख।पढेर अानन्द महसुस भयाे

  • Dhiraj rajbanshi says:

    Ramro lekha xa de .. padera dherai ramro lagyo .. yasari nai aru pani lekhnu hola… & congratulations de

  • Deewash neupane says:

    Derai ramro cha

  • दुर्गा श्रेष्ठ says:

    राम्रो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X