मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता

  २०७७ वैशाख ३० गते १०:३२     कृष्ण ढुङ्गेल

भेनेजुएलामा सुनसान सडक

कोरोनाले देखाइदिएको एउटा परिदृष्यबाट सुरु गरौँ । अमेरिकाको मिसिगन राज्यका गभर्नरले राज्यवासीलाई घरमा बस्ने आदेश लम्बाएपछि मानिसहरू काममा जान पाइएन भन्दै सडकमा उत्रिए । आफ्नै गाडीको हर्न बजाएर विरोध गरे । यस परिदृष्यलाई भिडियोको माध्यमबाट हेर्ने मौका पाएँ । बीबीसीले अपलोड गरेको उक्त भिडियोमा एक महिला आफ्नो जीवनकालमा पहिलोपटक बेरोजगार भएको र बिल तिर्न नसकेको बताउँदै थिइन् । कपाल मिलाउन हेयर ड्रेसरकोमा जान नपाएको र आफ्नो रूप बिग्रेकोमा उनलाई ठूलो चिन्ता छ । त्यसैले उनी आन्दोलन गर्न निस्केकी रहिछन् ।

अमेरिकी नागरिक भनेका विश्वमै हाइफाइ जीवन बिताउने अनुहारहरूका बिम्ब हुन् । यो परिदृश्य हेरिरहँदा लाग्छ, अमेरिकाजस्ता देशमात्र नभएर त्यहाँका जनता पनि केवल भौतिक रूपमा मात्र अब्बल बने । अन्य कुराहरूमा नेपालजस्ता देश र जनताभन्दा निकै तल रहेछन् । अमेरिकीहरूभन्दा हामी धेरै धनी रहेछौं। संक्रमण नियन्त्रणमै रहँदा पनि छिटफुट घटनाबाहेक हामीले लकडाउनको निर्णयमा घरमै बसेर समर्थन गरिरहेकाछौँ, सरकारलाई । खासमा सरकारलाई हैन, हामी जीवनलाई समर्थन गरिरहेका छौँ ।

हामीमध्ये धेरै जसोले महँगो गाडी र घरको लागि हामीले महिनैपिच्छे लाखौँको किस्ता तिर्नुपर्दैन । गरिब मुलुकमा बस्नेका आवश्यकता न्यूनतम छन् । केही हजार रूपैयाँमा हाम्रो महिना कट्छ ।

सन् २०१९ लाई बिदाइको हात हल्लाउँदै २०२० को स्वागतका लागि तयार थियो विश्व । तर सन् २०२० ले विश्वको दिशा, शक्ति र सामर्थ्यमाथि नै यसरी प्रश्न उठाइदिने छ भन्ने सायदैलाई मात्र थाहा थियो । यदि थाहा हुन्थ्यो त अमेरिका तथा युरोपले अहिलेको अवस्थामा पुग्नुपर्ने थिएन ।

गएको वर्षको नोभेम्बर १७ का दिन पहिलो कोरोना संक्रमणको केस चीनमा भेटिएको थियो, हुवेही प्रान्तको वुहान सहरमा । आजको दिनसम्म आइपुग्दा यस भाइरस नपुगेको र नछोएको सीमना सायदै छ । र, चीनबाट फैलिदै गएको भए पनि अमेरिकाको साथै युरोपियन देशहरूमा यसको प्रभाव इपिसेन्टरमा भन्दा बढी भएको छ । यस कुराबाट के भन्न सकिन्छ भने, कोरोना भाइरस जति फैलिँदैगएको छ, त्यति नै शक्तिशाली बन्दै गएको छ ।

लेखक

कोरोनापछिको विश्व र नेपाल

विश्व राजनीतिलाई हेर्ने हो भने अहिले विश्व दुई धुव्रमा धुव्रिकृत छ । डेमोक्रेट र कम्युनिष्ट । डेमोक्रेटहरूले डेमोक्रेसीलाई मात्र नभएर विश्वलाई नै अहिलेसम्म नेतृत्व गरे । प्रमुख मुलुकको रूपमा अमेरिका रहँदैआएको छ । अर्काेतर्फ कोरोनाको उद्गम स्थल चीनले कम्युनिजमलाई अहिलेको विश्वमा नेतृत्व गरेको जिकिर गर्दा अनुचित पक्कै हुँदैन । र, यी दुई राजनैतिक धारको बीचमा अहिले बहसको विषय बन्दै गरेको तथा विश्व राजनीतिमा महत्वपूर्ण स्थान राख्ने धार भनेको समाजवाद पनि हो । म यहाँ त्यो समाजवादको कुरा गर्दैछु जसले समाज कल्याणलाई आफ्नो प्रमुख मुद्दा बनाएर अघि बढ्छ । चाहे त्यो प्रजातान्त्रिक समाजवाद होस् वा लोकतान्त्रिका समाजवाद नै । चाहे त्यसले पुँजीवादी नीतिलाई अंगिकार गरोस् या कार्लमाक्स वा माओत्सेको साम्यवादलाई नै । तर अबको विश्वको राजनैतिक दिशा भनेको समाज कल्याण उन्मुख हुन जरुरी छ । कोरोना कहरको अन्त्यसँगै विश्व राजनीतिमा समाज कल्याणको मुद्दा बोकेर तेस्रो विश्वको देश उदाउन सक्छ ।

अमेरिका तथा युरोपका देशहरू हामी नेपालीहरूका लागि सपनाका देश हुन् । हामीलाई मात्र होइन, यो हाम्रोजस्तै हैसियत भएका तमाम देशहरूमा यही मानक स्थापित थियो । यी देशहरूलाई अहिलेसम्म स्वाथ्य, शिक्षा तथा गुणस्तरीय जीवनका लागि जानिन्थ्यो । शिक्षाको विगत लामो भएको कारणले पनि उनीहरू हामीभन्दा चेतनाको स्तरमा धेरैमाथि थिए । तर यस किसिमका मान्यतामाथि कोरोना संक्रमणले धावा बोलेको छ । उनीहरूको चेतना र दशकौँ लामो विरासतलाई कोरोनाले एकपटक छताछुल्ल बनाइदिएको छ । यसको अर्थ के भने तेस्रो विश्वका मानिसमा अब यी देशप्रतिको मोह घटेर जानेछ । जसको प्रभाव विश्व राजनीतिमा देखिने पक्का छ ।

अमेरिका तथा युरोपका देशहरू त्यतिका समृद्ध भएर पनि, अन्तरिक्षको यात्रामा निक्लने हैसियतमा भएर पनि, आखिर महामारीका बेला भने समाजको प्रतिरक्षासम्म गर्नसक्ने हैसियतमा रहेनछन् भन्ने कुराको प्रमाण फेरि एकपटक कोरोनाले पेश गरिदिएको छ । अबको विश्वले आफ्नो शक्तिका रूपमा आणविक हतियार, सेना तथा अन्तरिक्षको खोजअनुसन्धानलाई भन्दा पनि समाज कल्याणको अवधारणालाई पहिलो प्रथमिकतामा राख्न जरुरी छ ।

अमेरिका तथा युरोपका देशहरू त्यतिका समृद्ध भएर पनि, अन्तरिक्षको यात्रामा निक्लने हैसियतमा भएर पनि, आखिर महामारीका बेला भने समाजको प्रतिरक्षासम्म गर्नसक्ने हैसियतमा रहेनछन् भन्ने कुराको प्रमाण फेरि एकपटक कोरोनाले पेश गरिदिएको छ । अबको विश्वले आफ्नो शक्तिका रूपमा आणविक हतियार, सेना तथा अन्तरिक्षको खोजअनुसन्धानलाई भन्दा पनि समाज कल्याणको अवधारणालाई पहिलो प्रथमिकतामा राख्न जरुरी छ । चाहे त्यो अमेरिका होस् या चीन ।

विकसित भनिएका देशहरूमा जन्मदर अहिले न्युन रहेको अवस्था छ । तर कोरोनापछिको बेरोजगारी तथा आर्थिक मन्दीले मानिसलाई घरमा थन्काउने छ । मान्छेहरू फुर्सदिला बन्ने छन् । जसको कारण केही हदसम्म विश्वको जनसंख्या बनाउनमा भूमिका खेल्ने छ । आर्थिक गतिविधिमा ह्रास आउने कारणले गर्दा वातावरण सन्तुलनको अवस्था आउँछन नै, सँगै अबको विकासले वातावरणमैत्री निर्माणको मुद्धालाई प्रमुख बनाउने छ भन्नेमा मेरो विश्वास रहेको छ । ज्ञानको हिसावले पूर्वतयारी कार्यक्रम तथा सचेतना बढ्ने देखिन्छ । शक्तिशाली देशका सरकारहरूलाई विपद् न्यूनिकरण तथा समाजिक कल्याणको मुद्दामा केन्द्रित हुन पनि कोरोनाले बाध्य तुल्याउने छ ।

कोरोनाको समयपछि अल्पविकशित देशबाट विकशित देश, विशेष गरेर पश्चिमतिरको आप्रवासन घट्ने छ । कृषि र पारम्परिक उत्पादन प्रविधिमा बढी आधारित भएका अर्थतन्त्र बढी स्थिर हुने छन । उद्योग र प्रविधिमा आधारित अर्थतन्त्र खस्किने छन् । फलस्वरूप, एउटा लामो र नराम्रो आर्थिक मन्दीले विश्व आक्रान्त हुनसक्छ । विश्वको बौद्धिक नेतृत्व युरोप, चीन वा अमेरिकाभन्दा तेस्रो विश्वका देशतिरबाट हुने सम्भावन देखिन्छ ।

अर्काे मुख्य कुरो के पनि छ भने, विश्वको ठूलो युवा जमाथ बेरोजगारीको अर्काे महामारीमा फस्ने छन् । यसको सीधा असर विश्व अर्थतन्त्रमा देखिने छ । दशकभन्दा लामो समय मुद्रास्फिति र बेरोजगारीको दौर अतिशय उच्च हुने देखिन्छ । यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष पर्ने पक्का छ ।
बेरोजगारीको दौर अतिशय उच्च हुनाले युवा जमात देशको राजनैतिक,  आर्थिक लगायत विविध सामाजिक अवस्थाको बहसमा हुनेछ । यसले प्रत्येक देशमा सरकारविरोधि आन्दोलन तथा समाज कल्याणको मुद्दामा क्रान्तिहरू हुनेछन् । यसले गर्दा नेतृत्वमा दबाव सिर्जन हुने छ ।

यस्तो अवस्थामा सरकारसँग तीन विकल्प हुनेछन् । जनताको भावना अनुरूप काम गर्ने, नयाँ विचार तथा अवधारणा बोकेका युवाका लागि मार्ग प्रसस्त गर्ने वा तानशाह बन्ने । जुन शासकले जनताको आवाजलाई सम्बोधन गर्छ, त्यो समृद्धिको बाटोमा अघि बढ्ने छ । तर जसले जनतालाई दबाउने नीति लिनेछन्, तिनको अर्थतन्त्र चरम संकटमा फस्नेछ ।

यस्तो अवस्थामा सरकारसँग तीन विकल्प हुनेछन् । जनताको भावना अनुरूप काम गर्ने, नयाँ विचार तथा अवधारणा बोकेका युवाका लागि मार्ग प्रसस्त गर्ने वा तानशाह बन्ने । जुन शासकले जनताको आवाजलाई सम्बोधन गर्छ, त्यो समृद्धिको बाटोमा अघि बढ्ने छ । तर जसले जनतालाई दबाउने नीति लिनेछन्, तिनको अर्थतन्त्र चरम संकटमा फस्नेछ ।

कोरोनापछिको विश्वमा अर्थतन्त्रका महारथीहरूको अवस्था परिवर्तन हुन सक्छ । अहिलेसम्म राजनीतिले अर्थतन्त्रलाई निर्देशन गर्दैआएको विश्वमा अब अर्थतन्त्रले राजनीतिलाई निर्देश गर्छ । सेयर बजार र व्यापारका कुराहरूमा ह्रास आउँछ । सीधा अर्थमा हेर्दा अनलाइनमाध्यमका व्यवसाय बढ्ने देखिए पनि व्यक्तिको आम्दानीमा ह्रास आउने भएकाले डिजिटल क्षेत्रले पनि घाटा बेहोर्नु पर्ने छ । तर अबको विश्व बजारमा डिजिटल मार्केटिङ्ले आफ्नो उचाई अझ उच्चो बनाउने भने पक्का छ ।

कोरोनाले कामको प्रकृतिमा पनि परिर्वन ल्याउने पक्का देखाइसकेको छ । अबको विश्वले कामको मापन अफिस टाइम वा घण्टामा नभएर परिणम उन्मुख भएर गर्नेछ । अब कुनै पनि अफिसमा वा कुनै पनि क्षेत्रमा धेरै समय अफिसमा रहनेभन्दा पनि धेरै रिजल्ट दिन सक्नेलाई असल कर्मचारी मानिनेछ । घरमा बसेर अफिसको काम गर्ने नजिरलाई विकास गरिनेछ । अतिआवश्यकबाहेक धेरै काम अब विश्वले मात्र होइन नेपालले पनि घरमै बसेर गर्नेछ ।

काेराेना महामारीसँगै सहरबाट गाउँ फर्केका पैदल यात्रीहरू

अब विश्वले व्यक्तिको स्वास्थ्यलाई दोस्रो वा तेस्रो प्राथमिकतामा राख्नेछैन । प्रत्येक देशको पहिलो प्राथमिकता व्यक्तिको स्वास्थ्य सुरक्षा नै हुनेछ । भारत र नेपालजस्ता देश, जहाँ आमनागरिकको स्वास्थ्य जुन रूपमा हेरिदैआएको थियो, त्यसमा परिर्वतन आउनेछ । गोबिन्द केसीका मुद्धाहरूले थप बल पाउनेछन् , उचाई लिने छन् । सम्बोधन गर्नका लागि सरकारलाई युवा जमातले दवाब सिर्जना गर्नेछन् ।

अब आममानिसलाई रोग लागे खास मानिस पनि सुरक्षित रहने छैन भन्ने चेतनाको नजिर विकास हुने छ । रोग तथा महामारीलाई अब भूगोल र देशसँग मात्र जोडेर हेरिने छैन । जसरी कोरोनाको सुरुवाती दिनमा अमेरिकाले हेर्याे । कोरोनालाई मात्र चीनको समस्या मान्यो । अब यस मानकमा पनि परिवर्तन आउनेछ । कुनै पनि महामारी संसारको कुनै एक गाउँमा देखिए त्यसको समाधानतर्फ पूरा विश्वको ध्यान केन्द्रित हुनेछ । विश्व स्वास्थ्य संगठनको औचित्य तथा संक्रियता अझ् बढ्ने छ । नबढे यसलाई विस्थापन गर्न अर्काे संस्थाको जन्म हुनेछ । यसरी हेर्दा विश्वको अबको पहिलो लगानी भनेको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा हुनेछ ।

मानव सभ्यता, संस्कृति र कोरोना भाइरस

पश्चिमा सभ्याताप्रतिको मोह अचम्मको छ, पूर्वीय विश्वमा । त्यसको मुख्य कारण भनेकै स्वतन्त्रता हो । उदारपन हो । र, मनमौजी जीवनयापन हो । पूर्वीय सभ्यतामा कसैलाई चोक, सडक, घर, पार्टी आदिमा भेट्दा अंकमाल गरिहाल्ने वा चुम्बन गरिहाल्ने परम्परा बर्जित छ । तर यस्ता सभ्यतामा पश्चिमाहरू अभ्यस्त छन् । र, यस किसिमका पश्चिमा सभ्यताले पूर्वी विश्वमा गतिलो हस्तक्षेप राख्दैआएको छ । तर अब यसको अन्त्य नै त नहोला, तर पूर्वी विश्व आफ्नो सभ्यतामा फर्किनेछ । स्वतन्त्रता र अनुशासन फरक कुरा रहेछन्, यिनीहरूलाई मिश्रण गर्दाको परिमाण घातक हुनेरहेछ भन्ने कुरा विश्वले बुझ्ने छ । पश्चिमा समाजले पनि समाजिक दूरी सम्बन्धि व्यवहारिक पूर्वीय सभ्यतालाई अपनाउने छ ।

पूर्वी विश्व आफ्नो सभ्यतामा फर्किनेछ । स्वतन्त्रता र अनुशासन फरक कुरा रहेछन्, यिनीहरूलाई मिश्रण गर्दाको परिमाण घातक हुनेरहेछ भन्ने कुरा विश्वले बुझ्ने छ । पश्चिमा समाजले पनि समाजिक दूरी सम्बन्धि व्यवहारिक पूर्वीय सभ्यतालाई अपनाउने छ ।

कोरोनापछिको विश्व खानपानमा अनुशासित बन्ने छ । खानापानमा पूर्वीय सभ्यता अनुशासित रहेर पनि पश्चिमा तथा आयातीत सभ्यताकै शिकार हुँदैआएको छ । तर अब खानपानलाई स्वास्थ्यसँग अझ् नजिकबाट जोडेर हेरिनेछ । सहाकारी हुनेको एक किसिमको लहरै पनि उठ्ने देखिन्छ ।
मान्छेलाई साबुनपानीले हात धुनुपर्ने कुरो थाहा नभएको होइन । तर अब व्यवहारमा देखिने छ । समय समयमा हात धुने, कतैबाट घर फकिएपछि शुद्ध भएरमात्र गृह प्रवेश गर्ने, जमघट तथा भीडभाडमा सकेसम्म कम सहभागी हुने, भए पनि अनुशासित हुनेजस्ता सभ्यताको विकास हुनेछ ।
अबको विश्वमा मानवतावादी नारी चर्काे हुनेछ । मानिसमा गैरसामाजिकबाट समाजिक भावना फिर्ती हुनेछन् । पारिवारिक भावना तथा संवेदनालाई अहिलेको लक डाउन र लक डाउन खुलेपछिको बेरोजगारीले बुझ्न सघाउने छ । विश्वले अब धेरैभन्दा धेरै समय आफूमा खर्च गर्नेछ । आफूलाई बुझ्नमा लगाउने छ । आफूलाई कतै छोडी भौतिक संसारका लागि गरिने दौडमा धेरैहदसम्म अंकुस लगाउने छ ।

विज्ञानले स्वाथ्यलाई पहिले प्राथमिकतामा त राख्ने नै छ । तर अबको विश्व विज्ञानमा मात्र भने निर्भर रहने छैन । तेस्रो विश्व अध्यात्मिक विज्ञानलाई बोकेर उदाउने छ । जसको नेतृत्व धेरैहदसम्म भारतले गर्ने सम्भावना छ । पूर्वीय सभ्यताले बिर्सिएको अध्यात्मवाद तथा पूर्वीय औषधि विज्ञानको उत्खन्न हुनेछ । र, मानिसको सम्पन्नताको मानकको रूपमा भौतिक सम्पतिलाई मात्र लिइने छैन । अध्यात्म र भौतिकवादको टकरावबाट अध्यात्मवादको क्षेत्र अबको विश्वमा विशाल भएर जानेछ ।

प्रकृति, पर्यावरण र कोरोना भाइरस

हामीले पटक पटक प्रकृतिसँग जोहोरी खोज्यौँ । उसलाई चोट पुर्याएर आफ्नो आवश्यकता पूर्तिमा मात्र ध्यान केन्द्रित राख्यौँ । प्रकृतिको नियम उल्लघंन नगर्न मानवजातिलाई महामारीले पटक–पटक पाठ पढाउँदै पनि आएको देखिन्छ । तर, मानवजातिले ती महामारीबाट सिकेको कुरा महामारीको अन्त्यसँगै बिर्सिएका छन् । उदाहरणका लागि असुरक्षित यौनसम्पर्क र रगतबाट एचआइभी एड्सको संक्रमण हुने सबैलाई थाहा छ । एड्स एक मानिसबाट अर्काे मानिसमा संक्रमण हुनुको मुख्य कारण अनुशासनहीन यौन सम्पर्क हो । तर पनि यो संक्रमणले हालसम्म संसारभर ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ । यति धेरै महाविपत्तिका शृंखला हुँदा पनि मानवले किन शिक्षा लिएन ? किन आफूलाई अनुशासनमा राख्न आवश्यक ठानेन ? किन पटक पटक मानिसले विगतबाट पाठ सिक्दैन, र उही अनुशासनहीन जीवनयापनलाई पुनरावृत्त गर्छ ? अब पनि समीक्षा नगरे भोलिका दिनमा विश्वले अझ ठूलो मूल्य चुकाउनुपर्ने पक्का छ ।

एड्स एक मानिसबाट अर्काे मानिसमा संक्रमण हुनुको मुख्य कारण अनुशासनहीन यौन सम्पर्क हो । तर पनि यो संक्रमणले हालसम्म संसारभर ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ । यति धेरै महाविपत्तिका शृंखला हुँदा पनि मानवले किन शिक्षा लिएन ? किन आफूलाई अनुशासनमा राख्न आवश्यक ठानेन ?

पर्यावरणको हामीले सुरक्षा गरे यसले हाम्रो पनि सुरक्षा गर्ने हो । तर हामीले यसको असावधानीका साथ विनाश गरिरहेका छौँ । वायुमण्डलको ओजन तह हामीले ध्वस्त पार्दैआएका छौँ । यसलाई सुधार्नु जरुरी छ । यदि अब पनि हिजोजस्तै पर्यावरणलाई जिस्काइरहने हो भने भोलिका दिनमा थप खराब परिणाम भोग्न तयार हुनुपर्छ ।

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू

प्रकृतिको क्षतिले गर्दा यस्ता महामारी फैलिनु राष्ट्रिय सरोकारका विषय मात्रै होइन  । यो विश्वको मुद्धा हो । भौतिक विकासका महारथीको असावधानी पूर्ण पर्यावरणको प्रयोगले गर्दा माल्दिभ्स समुद्रमुनि विलय हुनेक्रममा छ । सगरमाथाले आफूलाई होचो बनाउँदैछ । सगरमाथा होचिनु भनेको विश्वको शिर घट्नु हो । माल्दिभ्स पानीमुनि दबिनु भनेको विश्वशक्तिका लागि पनि खतराको घण्टी हो । कोरोनाजस्ता महामारीका भाइरस ग्लोबल ट्राभलको माध्यमबाट संसारका कुनाकाप्चा पुग्न आकाशको एउटा सूर्य काफी हुन्छ । समस्या विश्वको भएकोले समाधान पनि विश्वले एक भएर खोज्नुपर्छ ।

अहिले डाइनासोर प्रजाति संसारमा छैन । प्रकृतिले नै त्यसलाई विलय गराइदियो । कोरोनापछि चिम्पान्जी लोप हुने अनुमान जैविक वैज्ञानिकहरूले लगाएका छन् । यसकारण प्रकृतिको विनाशले कुनै दिन मानवजातिकै विनाश निम्त्याउँछ भनेर बुझ्न ढिला गर्नु हुँदैन  । त्यसैले कोरोना महामारीलाई हामीले मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धसँग जोडेर हेर्नुपर्छ । विश्वका असंख्य इकोसिस्टमबीचको अन्तरसम्बन्धको फराकिलो मानचित्रभित्र हेर्नु र बुझ्नुपर्छ । जनस्वास्थ्यकोे विषयलाई पनि मानव तथा प्रकृतिको अन्तरसम्बन्धको फराकिलो दायरामा राखेर सोचिनुपर्छ ।

भौतिक विकासका महारथीको असावधानी पूर्ण पर्यावरणको प्रयोगले गर्दा माल्दिभ्स समुद्रमुनि विलय हुनेक्रममा छ । सगरमाथाले आफूलाई होचो बनाउँदैछ । सगरमाथा होचिनु भनेको विश्वको शिर घट्नु हो । माल्दिभ्स पानीमुनि दबिनु भनेको विश्वशक्तिका लागि पनि खतराको घण्टी हो ।

कोरोनाले देखाएको बाटो

कुनै पनि विषयबारे वर्तमानमा बोल्नुअघि विगतको जानकारी जरुरी हुन्छ । कोरोना भाइरसजस्ता महामारीहरू विश्वमा समयअन्तरालसँगै देखिने गरेका छन् । भलै त्यस्ता माहामारीहरूले भूगोल, क्षेत्र र आयतन फरक होला । क्षति र उपचार पनि फरक होला । तर यस्ता महामारीमध्ये ठूला महामारीहरूमा एउटा कुरा भने समान पाइन्छ । सर्ने माध्यम अथवा रोगको मान्छेमा पहिलो संक्रमण कसरी हुन्छ ?

विगतलाई हेरौँ, सन् १९८० मा पहिलोपटक एचआइभी एड्स लागेको वैज्ञानिकहरूले पत्ता लगाए । र, रोगको बारेमा अनुसन्धान गर्दा पत्ता लाग्यो कि एचआइभी बाँदरबाट मान्छेमा सरेको थियो । सन् २००९ मा माहामारीकै रूप लिएर विश्वलाई नै आतंकित पार्दै स्वाइनफ्लु फैलियो । जसको कारण सुँगुर थियो । त्यस्तै अफ्रिकामा फैलिएको इबोलाको कारण पनि चमेरो थियो भन्ने वैज्ञानिकहरूले बताएका छन् ।

माथि उल्लेखित ३ महामारीलाई हेर्ने हो भने ४० वर्ष पहिलो रोग पत्ता लागेर पनि अहिलसम्म एचआइभीको खोप बन्न सकेको छैन । चालीस वर्षको लामो समयमा पनि किन भ्याक्सिन बन्न सकेन ? त्यो प्रश्न हाम्रो लागि होइन ? तर यस रोगको खोप नबनिएकाले मान्छेको व्यावहारमा यसले व्यापक परिवर्तन ल्याइदियो । मान्छेहरू सुरक्षित यौन सम्पर्कका खातिर कण्डमको प्रयोग गर्न लागे । केवल गर्भ नबसोस् भनेरमात्र प्रयोग गरिने कण्डमको उदेश्य अब रोगबाट बच्नु हो भन्ने पनि मानक स्थापित भयो । यतिमात्र होइन, यसले यौन व्यवहारमा नै परिवर्तन ल्याइदियो । यौनक्रिडालाई केही हदसम्म भए नि सुसंस्कृत र सोचनीय विषयको रूपमा स्थापित गरिदियो ।

मैले एचआइभीको कुरामा यतिका जोड किन दिँदैछु भने, यदि हामी हरेक मानिसलाई यौन सम्पर्कलाई पहिलेबाटै सुसंस्कृत र सफा राख्न सकेको भए अहिले संसारले एचआइभी सुन्नुपर्ने नै थिएन कि ? यदि मान्छेले सेक्सलाई व्यवहारिक र अनुसासित भएर प्रयोग गरेको भए यो चालीस वर्ष लामो महामारी विश्वले देख्नैपर्दैन थियो कि ?

खैर, हामीले कोरोनाको बारेमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो यो । वर्तमान अवस्थामा जस्तो उपाय लाएर पनि सके नियन्त्रण नसके रोकथाम गर्नुपर्ने चुनौति विश्वको अघि छ । अहिलेको विश्वमा पछिल्लो समय विशेष दुई कुराले पनि बहस पाउँदै आएका छन् । अठार महिनाको डाउन लक र विश्वको आधाभन्दा बढी जनसंख्यामा यसको संक्रमण फैलिन सक्ने अनुमान । कोरोनामा मात्र होइन, कुनै पनि महामारी फैलिएपछि त्यसको नियन्त्रणका तीन उपाय रहन्छन् । पहिलो, खोपको अविष्कार । दोस्रो, मानिसमा रोग प्रतिरोधात्मक क्षमताको विकास । र तेस्रो, मानिसको व्यवहारमा स्थायी परिर्वतन ।

रोग देखिइसकेपछि त्यसको अन्तिम तथा वैज्ञानिक उपचार भनेको भ्याक्सिन नै हो । तर भ्याक्सिनलाई तयार हुन एचआइभीलाई झैँ चालीसौँ वर्ष पनि लाग्न सक्छ । पूरा विश्वका शक्ति राष्ट्रहरू अहिले कोरोनाको भ्याक्सिनको दौडमा छन् । यदि कसैले सफलता हाँसिल गरे पनि त्यो सफलताको खुसी विश्वलाई मँहगो परिसकेको हुनेछ । विश्वको ठूलो जनसंख्यामा कोरोना देखिएको अवस्थामा भ्याक्सिनको पूर्ति पनि प्रयाप्त नहुन सक्छ । भ्याक्सिनले कोरोनालाई त रोक्ला, तर फेरि भोलि अर्काे महामारी फैलदा हाम्रो स्थान जहीँको तहीँ नै हुनेछ ।

जस्तो हाम्रो शरीरले फरक ठाउँको हावापानीलाई ग्रहण गर्छ, ठीक त्यसैगरी रोगसँग पनि घुलमिल हुने अवस्था आउन सक्छ । जस्तो कि हाम्रो लागि रुघाखोकी भनेको सामान्य हो । रुघाखोकीकै कारण कसैको ज्यान जाँदैन । यसको मतलब हाम्रो शरीरसँग त्यो प्रतिरोधक क्षमता छ, जसले रुघाखोकीलाई परास्त पारिदिन्छ । तर कोरोना भाइरसप्रति मानव शरीरको प्रतिरोधक क्षमता बढ्न पहिले यो रोग फैलन जरुरी हुन्छ । यसो हुँदा हाम्रो शरीरले कोरोनाविरुद्धको प्रतिरोधक क्षमता निमार्ण गर्ने बेलासम्ममा धेरै नै ठूलो क्षति बेहोरिसकेको हुनेछ ।

महामारी तथा कोरोनाजस्ता रोगहरूले विश्वलाई समाउनुभन्दा हामी नै त्यसबाट टाढा रहनु राम्रो हो । मानिसको व्यवहारमा ल्याइने स्थायी परिर्वन भनेको चाहिँ रोग विरुद्धको उपचारभन्दा पनि रोग विरुद्धको पूर्व तयारीचाहिँ हो । यदि हामीले हाम्रो व्यवहारलाई प्रकृति अनुकुल बनाउनसक्यौँ भने विश्वले न त कोरोना तथा एचआइभी जस्ता महामारी बेहोर्नु पर्छ न त खोपको नै कुरो आउँछ ।

अन्त्यमा,

कोरोनाको कहरले सामाजिक दूरी बढेकाे छ । यसबाट पाठ सिक्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने नै छ । तर मान्छेमा सामुदायिक भावनाको विकास गराउनेछ । भेलाहरूमा कमी अवश्य ल्याउने छ । निजीकरणका कुराहरू कम हुने र सरकारको भूमिका बढ्ने देखिन्छ । बसाइँसराइ घट्ने छ भने वैदेशिक यात्रा कम हुनुका साथै स्वदेशको माया बढ्ने देखिन्छ । पारिवारिक आत्मीयताले प्रश्रय पाउने देखिन्छ । गाउँ र सहरको दूरी कम हुने देखिन्छ । भैपरीमा कोष चाहिने रहेछ भन्ने कुराहरूमा पनि सरकारहरूले सोच्ने छन् ।

कोरोनाको रोकथाम र देशको अर्थतन्त्र एकअर्कासित जोडिएका छन् । एकलाई छोडेर अर्काेलाई मात्र सम्बोधन गर्दा जीवन झन् कष्टकर बन्नेछ । कोरोना महामारीको विश्वव्यापी संकटले केही नयाँ बाटा खोल्नेछन् ।

थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स_ङ्ख्या घटेको छ

निजीकरणका कुराहरू कम हुने र सरकारको भूमिका बढ्ने देखिन्छ । बसाइँसराइ घट्ने छ भने वैदेशिक यात्रा कम हुनुका साथै स्वदेशको माया बढ्ने देखिन्छ । पारिवारिक आत्मीयताले प्रश्रय पाउने देखिन्छ । गाउँ र सहरको दूरी कम हुने देखिन्छ । भैपरीमा कोष चाहिने रहेछ भन्ने कुराहरूमा पनि सरकारहरूले सोच्ने छन् ।

नेपालजस्तो देशका ठूलो युवाशक्ति विदेशमा छ । तीमध्ये धेरै स्वदेश फर्कनेछन् । यसले गर्दा रेमिट्यान्स त घट्छ नै, बेरोजगारी पनि बढेर जाने छ  । तर, फर्किएका कामदारलाई देश विकासमा लगाउने उपयुक्त समय यस घडीलाई बनाउन सकिन्छ । नेपालमै गरिखाने अवसर सिर्जना गर्नसके यस विपत्ति हाम्रोजस्तो अर्थतन्त्रलाई अवसर बन्नेछ । विदेशबाट फर्किएका जनशक्तिलाई नेपालमै राखेर उत्पादनशील क्षेत्रमा लगाउन सके हाम्रा लागि ठूलो अवसर हुनेछ । युवाशक्तिमा देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउँदै त्यसलाई पैसामा रूपान्तरण गर्ने उत्तम मौका योभन्दा अर्काे हुनेछैन ।

यो समय संसारभर कल्याणकारी राज्यको सिद्धान्तले बहस छेडेको बेला नेपालमा पनि यसबारे चर्चा हुनु जरुरी छ । तर, नेपाललाई त्यहाँ पुर्याउन उत्पादनमुखी अनि आत्मनिर्भर अर्थतन्त्रबारे बहस हरेक स्तरबाट हुन जरुरी छ । अबका सरकारका योजनाहरू रेल र पानीजहाजउन्मुख नभएर धरातलमा टेकेर तर्जुमा गरिनुपर्दछ । विदेशबाट फर्किएकाहरूले केही न केही सीप लिएर नै फर्किने छन् । यसको पहिचान गरेर सरकारले माटो सुहाउदो योजनामार्फत् फर्किएका सीपहरूलाई देश विकासमा लगाउनु पर्छ । यसका लागि तयारी थाल्ने उपयुक्त समय यही हो । यदि अहिले हामीले अवसर सिर्जना गर्नसक्यौँ भने कोरोनाजस्तो महामारी सम्झेर पनि धेरै देशमै केही गर्न अग्रसर हुनेछन् । यस मोडेलमा काम सुरु गरिहाल्नुपर्छ ।

कानूनी नामः दुर्गा ढुङगेल
हल्दीबारी, झापा

One comment on "मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.