कमजाेर स्वास्थ्य युद्ध कवच

  २०७७ वैशाख १८ गते २१:२१     डा. उत्तम खनाल

विश्व मानव जगत लगायत आधुनिक विज्ञान प्रविधिलाई समेत धक्का लगाउँदै चीनको वुहानबाट पहिलो पटक मानव सभ्यताको विकासलाई थप चुनौति दिदै उत्पत्ति भएको कोभिड–१९ अर्थात नोभेल कोरोना भाईरसले सिङ्गो मानवलाई जति त्रसित बनाएको छ त्यतिनै मात्रामा अबका दिनमा मानव सचेतनाको पाठ पनि सिकाउँदै गएको छ । हुन त कोरोना कसैको रहर नभई यो आफैमा कहर बनेको विषम परिस्थितिमा त्यसमाथि मानव जित सहितको हित स्थापित गराउनु पर्ने अवस्था छ जुन काम आफैमा अत्यन्तै चुनौतिपूर्ण बनेको छ । यति हुँदा हँदै पनि समस्या माथि विजयका लागि मुकाबिला गर्नु र सबै मानव एक भएर लाग्नु अहिलेको ज्वलन्त आवश्यकता हो । कोरोना नियन्त्रण माथि कसरी विजय हाँसिल गर्ने भनेर विश्व जगतले महसुश गर्दै काम पनि त्यहि गतिमा स्रोत र साधनको अवस्था अनुरुप गरेको देखिन्छ । यो महामारी नियन्त्रणका लागि जे जति कृयाकलाप सम्पादन भएका छन् ती आफैमा पूर्ण भने अवस्य छैनन् । त्यसको मूल कारण भन्नु नै यस किसिमको विषम प्रकारको महामारी आउला भनेर कसैको कल्पनामा थिएन र त्यस प्रकारको पूर्व तयारीका साधनहरु बनाउने तर्फ विश्वका शक्ति सम्पन्न राष्ट्रहरु समेत चुके । निराशावादी शिद्धान्त तय गरेको आरोप लागेका माल्थश जसले माल्थसियन थेअरी अफ पपुलेसन प्रतिपादन गरेका थिए र भनेका थिए कि जब विश्वमा अधिक जनसंख्याको चाप बढ्छ त्यसलाई प्राकृतिक विपद्, महामारी वा संक्रामक रोगले नियन्त्रण गर्दछ । तर अहिले झण्डै त्यस्तै शैलिमा विश्व मानव जगतलाई कोरोनाले आतंकित बनायो । भौतिक तथा रसायन शास्त्रीहरुलाई थप चुनौति दियो र अधिकांश मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरी संक्रमण नियन्त्रण गर्न अधिकांस देश लकडाउनको अवस्थामा छ ।

कस्तो छ कोरोनाको विश्व भ्रमणशैली ?

आजको यस घडीसम्म आईपुग्दा कोरोना भाईरसले एकाद देश बाहेक विश्व भ्रमणको यात्रा अप्रत्यसित रुपमा गरेको देखिन्छ । जन्मथलो चीनको वुहान भए पनि यसले धनी गरिब, आफ्नो विरानो, सानो ठूलो, नजिक टाढा केहि भनेन । बरु एक व्यक्तिको सम्पर्कबाट अर्कोमा संक्रमण हुने हुँदा सामाजिक दुरीको पालना मानव जीवन रक्षाको सबैभन्दा बलियो सुत्र बन्न गयो । विश्व स्वास्थ्य संगठनका अनुसार पनि यो कुनै फ्लु जन्य भाईरस नभएकाले म्यान टु म्यान टच टु मोभ हुने अवस्था छ भन्ने कुरा अहिले आएर प्रमाणित भैसकेको छ । जहाँ उत्पत्ति भयो र जसरी संसर्ग हुँदै संक्रमण बढ्यो जुन विश्व भ्रमणमा सफल भयो ।

बैशाक ४ गतेको दिनसम्म विश्वको कोरोना सम्बन्धी तथ्यांक अवलोकन गर्दा २०८४७३५ मानिसमा कोरोना संक्रमण भएकोमा ५१५४६२ निको भएर घर गएको र त्यसमध्ये १३४६८५ मानिसको मृत्यु भएको तथ्यांक विश्व स्वास्थ्य संगठनले जारी गरेको छ । बाँकी संक्रमित १४३४५८८ मध्ये १३८३४५९ अर्थात ९६ प्रतिशतको अबस्था सामन्य रुपमा रहेको र ५११२९ अर्थात ४ प्रतिशतको स्वास्थ्य अवस्था जटिल रहेको कुरा रिपोर्टले देखाएको छ । विश्व राजनीतिमा सधै अग्रपंतिमा रहने देश अमेरिकाम कुल संक्रमितको संख्या ६४४३४८ मध्ये २८५५४ को मृत्यु भएको, ४८७०८ जना निको भई घर

लेखक

गएका र १३४८७ को अवस्था अत्यन्तै नाजुक रहेको तथ्यांक देखिन्छ । जब कि अर्थतन्त्रमा अग्र स्थान ओगट्दै बढेको देश चीन जहाँ कोरोना उत्पत्ति भयो सो स्थानमा केवल ८२३४१ जनामा संक्रमण देखा परेकोमा मृत्यु हुनेको संख्या ३३४२ रह्यो भने ७७८९२ जना निको भएर घर फिर्ता हुँदा केवल ९५ जनाको मात्र स्वास्थ्य अवस्था चिनताजनक रुपमा रहेको देखियो । यसै अवस्थामा नेपालमा केवल १६ जनामा मात्र संक्रमण फैलियको अवस्थामा १ जना निकोभएर घर गएको र अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा स्वास्थ्य मान्त्रालयले उल्लेख गरेको छ । त्यस्तै छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित हुनेको संख्या १२४५६ रहेको छ भने ४२३ जनाको मृत्यु भएको, १५१३ जना निको भएर घर फर्किसकेको र अन्यको अवस्था सामान्य रहेको तथ्यांकले देखाउँछ । कोरोना संक्रमणको स्थितिलाई अवलोकन गर्दा अमेरिका प्रथम स्थानमा रहेको छ त्यसपछि स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके र चाईना रहेको देखिन्छ ।

लक्ष्यण तथा बच्ने उपायहरु

कोरोना एक प्रकारको भाईरस हो जो एक व्यक्तिबाट अर्कोमा सर्ने संभावना हुन्छ । यो कुनै फ्लु टाईपको भाईरस नभएको कारण यसको संक्रमण दर पनि मानव र उसले उपनाउने साबधानीमा नै निर्भर रहने हुन्छ । यसको लक्ष्यणहरु अन्तर्गत १००.४ डिग्री सेल्सियस भन्दा बढी ज्वरो लगातार आउने, स्वासप्रश्वासमा अत्याधिक समस्या आउनु, रुघाखोकी लागिरहनु, घाँटी तथा टाउको अत्याधिक मात्रामा दुखिरहनु पर्दछ । यसका अलावा यो भाईरस जीवित रहने समय, सुरक्षाका तथा सावधानीका उपायहरु आदिका बारेमा उचित विमर्श हुनु पनि त्यति नै आवस्यक छ । अहिलेसम्म यसको उपचारमा प्रयोग हुने कुनै खास औषधी बनिसकेको अवस्था पनि छैन । ज्वरो कम गर्न विरामीलाई सिटामोल दिन सकिन्छ भने अन्य औषधीहरु प्रयोग गर्नु राम्रो मानिदैन । त्यसैले विश्व स्वास्थ्य संगठन तथा हरेक राज्यले तोकेका सुरक्षामा उपायहरु नै यस प्रकोपबाट बच्ने अचुक औषधीको रुपमा हेरिनु पर्छ । साधारण तया यो भाईरसको लक्ष्यण २ देखि १४ दिन भित्रमा देखाँ पर्ने हुन्छ भने कोही कसैमा २७/२८ दिनमा समेत यसको लक्ष्यण देखाँ पर्न सक्ने कुरा बाहिर आएको छ ।

हरेक मानिसले आफुलाई सामाजिक दुरी कायम राख्ने, नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्यौं गर्दा नाक र मुख छोप्ने, जंगली तथा घरेलु पशुपंछिसँगको सम्पर्क टाढा बनाउने, माछामासु अण्डा राम्ररी पकायर खाने, मुखमा मास्क र हातमा पन्जाको प्रयोग गर्ने, भिडभाडमा नजाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, आवागमन कार्यमा निरुत्साहन गर्ने, नयाँ संकास्पद व्यक्तिको प्रवेशमा रोक लगाउने, योग व्यायाम गर्ने, स्वस्थ र ताजा खानेकुराहरु खाने, शरीरमा पोषण तत्वको मात्रा कायम राख्ने खालका खानाहरु खाने, गितसंगित, लेखन कार्य, सृजनसिलता जस्ता काममा आफूलाई सहभागि गराउने कार्यले यस रोगलाई टाढा राख्न सकिन्छ । यसको अलावा लामो समय ज्वरो आउनु, खोकी लागिरहनु, टाउको अत्यन्तै दुख्नु, स्वासप्रश्वासमा कठिनाई हुनु जस्ता लक्ष्यणहरु देखिए उसलाई तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छ । यदि कुनै संकास्पद स्थानबाट कुनै व्यक्ति आएको खण्डमा निजलाई कम्तिमा १४ देखि २० दिन क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउनु वा कोरोनाको शंका लागेको लक्ष्यणहरु देखिने व्यक्तिलाई आईसोलेसनमा राख्नु पनि यस रोगबाट बच्ने उपायमा पर्दछ । त्यस्तै यस रोगको उपचारमा संलग्न स्वास्थ्य कर्मी लगायत व्यक्तिको स्वास्थ्य सुरक्षको लागि पिपिई को व्यवस्था मिलाउनु पनि अति आवस्यक हुन्छ ।

अतः सामाजिक दुरी कायम गराउन र आवागमनलाई निस्तेज पार्न नेपाल सरकारले बैशाख १५ सम्म लकडाउनको रणनीति लिएको छ । यस समयमा हरेक नागरिक वा व्यक्ति अत्यावस्यक अवस्थामा बाहेक जो जहाँ छ त्यहिं अर्थात घर भित्रै बस्ने र सामाजिक दुरि कायम राखी आफू पनि बच्ने र अरुलाई पनि बचाउने कार्यमा लाग्नु नै सबै भन्दा ठुलो औषधी हुने छ । हेलचेक्रयाई गर्दा स्पेनको जस्तो नकारात्मक अवस्था नआउला भन्न नसकिने हुँदा हरेक नागरिक सचेतना नै लडाई जितको आधारमा हो । यहि पाठ चीन र स्पेनले विश्व मानव जगतलाई सिकाई सकेको अवस्था छ । नेपालमा यस प्रकोपको अवस्था हाल सामान्य रहेकाले डराउनु नपर्ने तर सचेत हुनु पर्ने अवस्था रहन गएकाले जीवनयापन विस्तारै सहज हुँदै जाने नै छ ।

चुनौतिहरु

मानव स्वास्थ्यमा आई परेको यो युद्ध जित्नका लागि युद्ध कवचहरुको तयारी समेत नभएकोमा त्यसतर्फ लाग्नु आवस्यक छ । अबका दिनमा ति शक्तिसम्पन्न राष्ट्रहरुले आफ्नो बजेटको ठूलै हिस्सा मानव स्वास्थ्य संरक्षण गर्ने सामग्री उत्पादनमा खर्चनु आवस्यक छ र दक्ष व्यक्तिहरु पनि यसतर्फ केन्द्रित हुनु आवस्यक देखिन्छ ।

मानव हित अनुकुलका वातावरणहरु सिर्जना गराउनका लागि विश्व जगत एक हुने जुन वातावरण तय भएको छ यस घडीमा विश्वका नत ठूला नत साना देशहरु किन नहुन तिनीहरुले एउटै संकल्प गर्नु पर्छ कि अब भोलिका दिनमा यो भन्दा खतरनाक अर्को पनि समस्या आउन सक्छ । ती समस्यासँग सजिलै मुकाविला गर्न हरेक देशले मानव स्वास्थ्य संरक्षण गर्ने अत्यावस्यक वस्तुहरुको उत्पादन, भण्डारण र वितरण कार्यमा समेत प्रयाप्त मात्रामा ध्यान पुर्याउनु आवस्यक छ । राजनैतिक र प्रशासनिक दखल राख्न सक्षम ति शक्तिशाली राष्ट्रहरु आज यो सवालमा कसरी पछाडी परे त्यो हामी सबैलाई यस महामारीले सिकाउन सक्यो । शक्तिसम्पन्न, हतियारले पूर्णता पायको हवाला दिने ति देश आज कोरोना युद्धमा पराजित भएको समाचार सुन्ने अवसर पनि हामीले त पायौं तर ती देशका लागि यी सामान्य प्रकारका लाग्ने उत्पादन नहुँदाको पिडा बल्जिुनु आफैमा चुनौति सावित भयो । रासायनले पूर्णता पाएको वैज्ञानिकहरु हरेक युद्धमा दक्ष रहेको अहमता गर्ने देशका लागि अब हामी बचाउका दृष्टिले कमजोर रहेछौं र विनासमा मात्र ध्यान पुगेको रहेछ भन्ने चिन्तन गर्ने वातावरण तय हुनु पनि एक अर्को चुनौति हो । मानविय युद्ध लड्न जसरी जितको सुनिस्चितता पूर्व तयारीको रुपमा गरेरमा मात्र युद्ध भूमिमा होमिने गरिन्छ त्यसरी नै मानव स्वास्थ्यमा आई परेको यो युद्ध जित्नका लागि युद्ध कवचहरुको तयारी समेत नभएकोमा त्यसतर्फ लाग्नु आवस्यक छ । अबका दिनमा ति शक्तिसम्पन्न राष्ट्रहरुले आफ्नो बजेटको ठूलै हिस्सा मानव स्वास्थ्य संरक्षण गर्ने सामग्री उत्पादनमा खर्चनु आवस्यक छ र दक्ष व्यक्तिहरु पनि यसतर्फ केन्द्रित हुनु आवस्यक देखिन्छ । नत्र मानव नरहे केका लागि जित भन्ने युक्ति सावित हुन सक्छ । भोलिका दिनमा कसरी जनजीवन सहज बनाउने, उत्पादन बढाउने, अर्थतन्त्र सवल बनाउने र विश्वमा बढ्दो बेरोजगारी समस्या समाधान गर्ने भन्ने भावी दिनका चुनैतिहरु पनि हरेक सामना गर्नु पर्ने नै छ ।

विश्वअर्थतन्त्रमा पर्ने प्रभाव र नेपालको भविष्य

कोरोना कहरले कसरी मानव सभ्यताको विजयमाथि आफ्नो ब्रचस्व जमाउन सफल भयो त्यसरी नै यसको फन्दाबाट उम्किएर आफू सक्षम रहेको प्रमाणित गराउन सजिलो छैन । विश्व बैंकले भनिसकेको छ कि अब अधिकांश देशको आर्थिक वृद्धिदर कम्तिमा पनि ५ प्रतिशत तल झर्ने छ । यसले के कुराको सांकेत गर्दछ भने आगामी दिनमा व्यापक मात्रामा रोजगारी सांख्यामा कटौती हुने छ जसबाट ठूलो संख्यामा बेरोजगारी उत्पादन हुनेछन् जसको सामना गर्न विश्ववैक, अन्तराष्ट्रिय मुद्राकोष, एशियाली विकास वैक लगायत सबै संस्थाहरु एक स्थानमा खडा हुँदाको बखतमा पनि काबु रहने छैन । विकसित देशको अर्थतन्त्र विस्तारै उकालो लाग्न बामे सर्ने जमर्को गर्ने छ भने विकसिल तथा विकासन्मुख देशको अर्थ व्यवस्था नकारात्मक गतिमा उकालो लाग्ने निस्चित छ । यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने हुन्छ । राज्यले साधारण खर्चको तुलनामा विकास खर्च कटौती गर्ने बाध्यकारी कारणले गर्दा विकासको गति तुलनात्मक रुपमा पहिलेको भन्दा निकै कम हुन्छ । फलस्वरु रोजगारीका अवसरहरु घटेर जाँदा प्रतिव्यक्ति आम्दानी पनि घट्छ जसले गर्दा उत्पादन गर्ने, क्रयशक्ति, वचत तथा खर्च गर्ने शक्ति ह्रास भएर जाँदा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ ।

विश्वपरिवेशमा रोजगारीको अवसरमा कटौती पश्चात नेपालीहरुको खर्च शैलिमा कमी आउने छ । त्यसको मुल कारण भनेको जुन घरमा हिजो यथेस्टमात्रामा रेमिट्यान्स भित्रिने गरेको थियो भोलिका दिनमा त्यहि वातावरण रहँदैन ।

विश्वपरिवेशमा रोजगारीको अवसरमा कटौती पश्चात नेपालीहरुको खर्च शैलिमा कमी आउने छ । त्यसको मुल कारण भनेको जुन घरमा हिजो यथेस्टमात्रामा रेमिट्यान्स भित्रिने गरेको थियो भोलिका दिनमा त्यहि वातावरण रहँदैन । रेमिट्यान्स घटेर जाँदा नेपालीको खर्च गर्ने बानी कटौती हुन्छ । यसको प्रभाव वस्तुको उत्पादन, उपभोग र वितरणमा पर्छ । जब उपभोक्ताको क्रयशक्तिमा कमी आउँछ तब राज्यको कर प्रणलीमा गम्भिर असर पर्न गई स्वभाविक रुपमा राज्यको ढुकुटी फितलो हुन्छ । यसकारण भोलिका दिनमा नेपाली अर्थ व्यवस्थामा विश्व अर्थ व्यवस्थाको नकारात्मक प्रभावले प्रत्यक्ष असर पार्छ जुन कर प्रणाली र राष्ट्रिय उत्पादनमा गिरावट आई वैदेशिक ऋणमाथि थप चाप पर्न जान्छ । यस प्रकारको अवस्थाले अर्थ व्यवस्था निकै संकटपूर्ण घडीमा पुग्दछ जसको सामना गर्न न्यूनतम उपभोग्य वस्तुको प्रगोगमा कटौति गर्ने सम्मको दहमा ओरालो लाग्ने अवस्था बन्नसक्ने कारण बन्न सक्छ ।

मानव सभ्यता र जीवमा पर्ने प्रभाव

कोभिड–१९ ले मानव सभ्यता माथि ठूलै चूनौति थपेको छ । मानिसले विज्ञान र प्रविधिको अधिकतम प्रयोगबाट हरेक विषयमा आफू सक्षम रहेको दावी गरिरहेको परिवेशमा कोरोना भाईरससँग मुकाविला गर्न विश्वजगतलाई धावा बोलिरहेको छ यसबाट त मानिसले आफूलाई जित गराउला तर भोलिका दिनमा यो भन्दा अन्य प्रकारका भाईरसहरुसँग लड्नका लागि उसले आफूलाई तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । यस कार्यका लागि विश्व विज्ञान जगत र अनुशन्धान कार्यलाई निरन्तरता दिदै मानव हितका लागि स्वास्थ्य संरक्षणका उत्पादनमूलक अभ्यास भोलिका लागि नितान्त जरुरी छ । मानव सभ्यता माथिको प्रहारलाई निरुत्साहन गर्न र जीव माथि पर्न सक्ने संकटलाई हरेक तवरबाट सामना गर्न विश्व एक भएर लाग्नु भोलिका दिनका हितकारी हुन सक्न नकि यो देशले यो वा त्यो गर्यो भन्दै आलोचना गर्नु नै उपयुक्त हुनेछ । एक शताब्दीको समापन पश्चात कुनै न कुनै प्रकारको भयानक महामारी आउने कुरालाई स्वीकार गर्दै त्यससँग मुकाविला गर्न हरेक देशहरुले पूर्व तयारी पूर्णरुपमा गरेर बस्नुको विकल्प मानव संरक्षणमा अर्को उपाय नहुन सक्छ । अर्थात महामारी अउनु पूर्व नै निरुपणका उपाय सहित उपकरणद्धारा तयारी हालतमा रहनु पर्ने पाठ कोभिड–१९ ले सिकाएको कुरा नकार्न मिल्दैन । मानव भविष्य सुन्दर छ, हामी समस्यासँग डराएर हैन डटेर अगाडी बढ्दा जित हाम्रै हो भन्ने आधारमा सिङ्गो विश्व एक हुनु आवस्यक छ । हिजोको कुराले भोलिका दिनमा हुन सक्ने संभाव्य घटना र परिघटनालाई टार्ने उपायहरु खोज्न सहयोग गर्छ जुन कामका लाग्नका लागि प्रेरीत गरेको छ त्यो जीवन रक्षाको बलियो कवच बनेर मानव सभ्यतालाई पछाडी फर्कन दिदैन । बरु यसले द्रुत गतिमा अगाडी बढ्ने प्रेरणा दिएर गएको छ ।

निष्कर्ष

मानव जीवन रक्षाका लागि यस घडीमा जसरी विश्वजगत एक भएर अगाडी बढेको छ त्यसरी नै आफू माथि आईपर्ने हरेक समस्याको समाधान पनि सजिलैसँग हुनेछ । यसमा हरेकको संयमता आवस्यक पर्छ । विवेकको सहि मात्रामा प्रयोग गरेर धैर्यताद्धारा विषम परिस्थितको सामना गरेर मानिस अगाडी बढ्दै जानेछ । सामाजिक सद्भाव, आहार विहार, व्यक्तिगत आचरण, राष्ट्रिय र अन्तराष्ट्रिय मूल्य मान्यताको पालनाले कोभिड–१९ लाई परास्त गर्दै विकास गति पुन पहिलेको अवस्थामा आउँछ प्रतिक्षा गरौं । हामी नेपाली एक भएर आगाडी बढेका छौ जसको कारण आजका दिनसम्म कोरोनाको कारण नेपालको भूमिमा नेपालीले ज्यान गुमाउनु परेको छैन । यो भन्दा ठूलो खुसी हामी नेपालीका लागि अर्को के होलार ! एउटै कुरा के हो भने यो विषम अवस्थामा आईपरेका अन्य समस्याहरुलाई हामीले साझा समस्या मानेर आत्मसाथ गर्नै पर्छ र कोरोना माथि हामीले जित गर्ने नै छौं ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X