विपद्, प्रकृति र संस्कृतिको अकंगणित

  २०७७ वैशाख २५ गते २२:०९     इश्वर बराल

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारिले विश्व मानव जातिकै अस्तित्व संकटमा पर्दै गहिरहेको आभाष भइरहदा हाम्रो विगत, कोरोनाको सुरुवात र त्यसको फैलाबट तथा मानवको जीवन जिउने संस्कार र अबको गन्तव्य बीचको अन्तर सम्बन्धको विवेचना गर्नु आवश्यक देखिन्छ ।

कोरोनाको सुरुवात र फैलावट
विगतका केही दिनहरुमा कोरोनाले लिएको स्वरुपको चर्चा गर्नु भन्दा पहिले त्यसको उत्पति र विस्तारका बारेमा उव्जिएका केहि मिथकका बारेमा चर्चा गराैं । चीनको हुवाइ प्रान्तको वुहान सहरबाट सुरू भएको मानिने कोभिड–१९ को सङक्रमण संक्रमितको संर्पग तथा उसले विर्सजन गरेका निस्कासनका पर्दार्थको माध्यमबाट एकबाट अर्को व्यत्ति हुदै विश्बव्यापि संकटको रुप लिइसकेको छ । आजको दिनसम्म यसको वैज्ञानिक रोकथामको औषधि पत्ता नलागिसकेको हुदा विज्ञानले औषधिको आविश्कार नस्कुन्जेलका लागि प्राकृतिक सुरक्षाका उपाय अपनाउनुनै सबैभन्दा बढि वुद्धिमानि होला । यसका लागि बारम्बार सावुन पानीले हात धुने, हात धुन नमिल्ने अवस्थामा गुणस्तरीय स्यानिट्याइजरको प्रयोग गर्ने र अत्यावश्यक अवस्थामा भन्दा बाहेक घरबाहिर ननिस्कने र निस्कनै परेमा सामाजिक दुरि कायम गर्नुपर्नेछ।

सुरक्षाका उपाय र प्रकृति
आजको दिन सम्म संक्रमित व्यक्तिको सम्पर्क भन्दा टाढा रहनुनै कोभिड–१९ को संक्रमणबाट बच्ने एक मात्र र बिकल्प बिहिन उपायको रुपमा देखिन्छ । यसका लागि संक्रमितको उचित व्वस्थापन गर्ने र थप संक्रमण फैलन नदिनुनै र्निविकल्प उपाय हुन आउछ । व्यत्तिगत रुपमा सरसफाइ र विषाणुको निर्मलिकरणमा जोड दिनु आवश्यक छ, जुन कार्यमा हाल विश्वका जुनसुकै सरकार पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर लागिरहेको देखिन्छ । अब हामी आम नागरिकले पनि सरकारको त्यो कदममा हातमा हात र काधमा काध मिलाएर सहयोग गर्नु आवश्यक छ । यसका लागि हामी सबैले “कोरोना ल्याउदैनौ र कोरोना बाडदैनौ” भन्ने संकल्प गर्नु र उक्त संकल्पको पूर्ण पालना गर्नु आवश्यक छ ।

संस्कृति र विचलन

लेखक

कोभिड १९ को संक्रमड बढेसगै हाम्रो संस्कृति र त्यसमा आएको वीचलनलाई फर्केर हेर्दा, घर अगाडि रोपिने तुलसी अब कि त रोपिदैन, रोपिहाले पनि घरका छानामा पुराना फलामका वा प्लाष्टिकका भाडामा रोपिन थालेका छन् । बाटो विस्तार र विकासका नाममा चौताराका वर पिपलहरु पहिलो सिकार भए । सर्वसाधारणको त कुरा छोडौ शिक्षित भनिएका र निर्वाचित भएको हुँ भन्नेहरुले पनि स्वस्छताका ती धरोहरहरु न त संरक्षण गर्न सके, नत मासिएका ती धरोहरको विकल्प दिन सके । खानपिनको कुरा सम्झदा त झन उदेक लाग्दो स्थिति छ । कोदो, फापर र कागुनो त काहाँ गयो गयो, यहाँ चामल समेत धानको नभइ पलास्टिकको बन्न थाल्यो, दुध दहिको महत्व कम भइरहदा रक्सी भने नयाँ ब्रान्डमा विश्वभरी आयात, निर्यात हुदैछ । त्यस्तै आधुनिकताका नाममा ठेकी, ढुङ्रा र हर्पेलाई प्लास्टिकका जग, मग र सिसाका भाडाले पूर्ण रुपमा विस्तापित गरिसके । त्यतिमात्र काहा होर सुइले बढाउने सागसब्जिले नपुगेर होकि तिर्सना नमेटिएर हो, आजको मानिष चमेरो र सर्पको मिश्रित सुप खोज्न थालेको छ । अर्कोतर्फ आधुनिकताका नाममा र सीमितताका बाहानामा हाम्रा घरहरु एक आपसमा छाना र ढोका जोडिएर बन्न थालेका छन् । खुला जमिनको त कुरै नगरौ अलिकति खालि भएका घर आगन र सडक पनि सरसफाइका नाममा जम्मै ढलान गरिएका छन् कि त टायल बिच्छाइएका छन् । फलस्वरुप आजको मानिसका लागि माटोको सुगन्ध र स्वस्छता भनेको कस्तुरीको वीणा जस्तो दुर्लभ बन्दै गैरहेको आभाष हुन्छ ।

कोरोना र त्यसको असर

विश्वव्यापी माहामारिको रुप लिइसकेको कोरोना माहामारीले विकास र जनजीवनका हरेक जसो क्षेत्रमा नकरात्मक असर परेको देखिन्छ । उद्याेग धन्दा पूर्णरुपमा बन्द गरिएका छन् भने पर्यटन क्षेत्रले अर्थतन्त्रमा कहीलेसम्म आफ्नो उपस्थिति देखाउन नस्कने हो भन्ने कुरा अझसम्म अन्योलको विषय वनेको छ । पर्यटन क्षेत्र विश्व भरिनै पहिलो पटक एकैपटक संकटमा परेको छ । विदेशमा फैलिएको कोरोनाको व्यापकताले वैदेशिक रोजगारी खुम्चिन गइ रेमिट्यान्समा कमि आएको मात्र होइन, विदेशीएका सदस्यको पिरले स्वदेशमा रहेका परिवारका सदस्यलाई रातको निन्द्रा र दिनको भोकहराएको छ जसले गर्दा परिवारका सदस्यहरुमा मानसिक चिन्ता समेत थपिएको छ । व्यापार ठप्प हुँदा एकातिर किसानको उत्पादन कुहिदै छ भने अर्कोतिर दैनिक उपभोग्य कृषि जन्य सामाग्रीको मूल्य दिन दुई गुणा र रात चौगुना बढेको छ । त्यस्तै आयतमा निर्भर हुनुपर्ने दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । अभाव र असहजताको मौका छोपी कालो बजारी र तस्करी गर्नेहरु सलबलाउन थालेका छन् । शिक्षा र सामाजिक विकासका कार्यहरु पूर्ण ठप्प भएका छन् । यसरी समग्रमा विकास र अग्रगमनको बाटो समाउन खोज्दै गर्दा विश्वव्यापी माहामारिको रुप लिइ रहेको कोरोनाका कारण आजको दिनमा विकास, विस्तार र प्रगति ठप्प हुन पुगेको छ । आजको मानवलाई अहिलेको समयमा जीवन रक्षानै एक मात्र विकल्प विहिन उद्देश्य बनेको प्रतित हुदैछ ।

यी तमाम नकरात्मक पाटाहरुका माझमा कोरोनाको माहामारिले केही झिना मसिना सकरात्मक बाटाहरु पनि देखाएको छ । उद्याेग धन्दा पूर्ण रुपमा वन्द हुदा वायुप्रदुषणको मात्रामा दसकौ यताकै कमी महसुस भएको छ । गाउँघरमा अल्पकालीननै भएपनि चहलपहल बढेको छ । आयातमा पूर्ण भर परि कृषिमा नलाग्दा सिर्जना हुनसक्ने जोखिमका बारेमा सर्बसाधारणदेखि नीति निर्माता सम्मलाई एकचोटी गहिरिएर सोच्न बाध्य बनाएको छ । त्यस्तै वायुमण्डलीय तुवालो हटेको छ, वातावरणले विश्रान्तिको अनुभव गर्न पाएको छ र मानिषले वातावरणीय स्वस्चताको अनुभूती गर्न पाएको छ । चरा चुरुङगी तथा पसुपक्षीहरुले केही दिनलाई भनेपनि स्वस्छ विचरण गर्न पाएका छन् र समग्रमा वातावरणीय सन्तुलन कायम हुनलाई ठूलो सहयोग पुगेको छ ।

नेपालको मौजुदा अवस्था र व्यवस्थामा कोरोना
कोरोना कहरले पिरोलीरहेको वर्तमान समयमा नेपालले त्यसको रोकथामका लागि चालिरहेको कदमको कुरा गर्दा नेपालले गरेको लकडाउन र अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्धलाई सकरात्मक मान्नु पर्दछ । त्यस्तै, विपतको यस घडिमा स्थानीय तहहरुले विपत नियन्त्रणमा देखाएको तदारुकताले विपत नियन्त्रणमा केही हदसम्म राहत मिलेको अनुभुति गराएको छ । त्यस्तै अर्कोतर्फ विपद् व्यवस्थापनका क्रममा राहत वितरण र संक्रमितको हुन सक्नेहरुको पहिचानमा वडा स्तरका राजनीतिक तथा प्रशासनिक संरचनाको भूमिका, व्यवस्थापनमा पालिकाहरुले देखाएको तदारुकता र नियन्त्रणका लागि प्रदेशहरुले देखाएको चासो र लगाव र समग्रमा केन्द्रको भूमिका एक दुइ प्रतिनिधि घटनालाई अपवाद मान्ने हो भने प्रसंसा गर्न लायकका छन् । ती एकाध घटना पनि नघटिदिएको भए विपद् व्यवस्थापनको कार्यमा सुनमा सुगन्ध हुने थियो ।

अबको बाटो र प्रकृति

समय क्रममा सिर्जना हुने यी खालका विपद् व्यवस्थापनका लागि व्यक्तिगत भूमिकाको चर्चा गर्दा घर बनाउदा ठूलो कम्पाउन्ड वाल लगाउन मिल्ने, प्रत्येक कोठाका लागि छुट्टै वाथरुमको व्यवस्था , घर वरिपरि तरकारि र फलफूलका बिरुवा रोप्ने पर्याप्त स्थानको व्यवस्थापन सहित सकेसम्म हिमाल पाहाड तराईका तिनै भूगोलमा प्रत्येक परिवारको घर हुनु आवश्यक देखियो । यसो गर्न सकेमा तुलसीको मठका लागि स्थानको उपलब्धता त हुने नै भयो, त्यसको अलावा पनि केही फलफूलका बोट र करेसावारीले पनि मानव जीवनको हिस्सा बन्न पाउने थियो । ठूलो क्षेत्रफलमा कम्पाउन्ड सहितको घर भएमा वाहिरि संक्रमणका मानिसबाट बच्न सहज हुने देखिन्छ । प्रत्येक कोठाका लागि छुट्टा छुठ्टै बाथरुमको व्यवस्था गर्न सकेमा परिवारका सदस्यहरु बीच पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएमा पनि व्यवस्थापन थप सहज हुने थियो । घर वरिपरि तरकारी र फलफूल का विरुवा रोप्ने व्यवस्था गर्न सके सहज स्वस्छ खानेकुराको उपल्बधता हुनुका साथै बजारमा सिर्जना हुने अभाव र बजार जान नसकिने हालको जस्तो विषम परिस्थिति सिर्जना भएमा पनि गुजारा सहज हुने भयो । त्यस्तै हिमाल, पाहाड, तराई तिनै भूगोलमा वासस्थानको व्यवस्था गर्न सके संकटको बेलामा सहजता अनुसार जुन सुकै भूगोलमा गएर बस्न सकिने भयो ।

जीवन जिउने कला र सस्कृतिको कुरा गर्दा साकाहारी र सात्विक भोजन गर्ने, योग प्राडायाम, ध्यान र सरसफाइमा ध्यान दिने, शरीरिक कसरतका लागि करेसावारी तथा फूलवारीका कामहरुमा समय बिताउने, प्राकृतिक रुपमा खान भनेर तोकिएका विज्ञान र विकासले खान भनेर योग्य ठहराएका र परापूर्व देखि खाइ आएका कुराहरु स्वच्छता र सुस्वाथ्यलाई एकिन गरेर मात्र खाने, अनावश्यक र अप्राकृतिक कुरा खान लालायित नहुनुका साथसाथै उपलब्ध खाद्यन्यबीच सकेसम्म विविधता कायम राख्नु अपरिहार्य देखिदै गएको छ । जसले गर्दा मानिसहरुमा शान्ति र सहनसिलताको भावना विकास हुनुका साथै रोग प्रतिरोधी क्षमतामा पनि अभिवृद्धि हुनेछ ।

सम्बन्धको कुरा गर्दा समान आकाक्षा र चाहाना भएका सकेसम्म भैगोलिक विविधतामा रहेका सयुक्त परिवारमा हुर्केबढेका, सानातिना मनमुटावलाई सहज व्यवस्थापन गर्न सक्ने, व्यत्तिगत जिम्मेवारी र दाहित्वबाट कहिल्यै पन्छिन नखोज्ने , सुखमा नआतिने र दुःखमा नमातिने, एक अर्कालाई सहयोग गर्न पाउनुलाई अहोभाग्य ठान्ने र जस्तो सुकै विषम परिस्थितिमा पनि धैर्य धारण गर्न सक्ने र दृढ आत्मबल भएका मानिसहरुसँग सम्बन्ध विकास गर्न सकेमा मानव जीवन जस्तो सुकै विपत् र असहज परिस्थितिमा पनि सरल, सहज, र सुखमयी हुन सक्ने देखिन्छ ।

अपेक्षित भूमिका

राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ ।

राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ । खुला सीमानाको उचित व्यवस्थापन गरिनु पर्दछ । जसले गर्दा खुला सीमानाबाट हुने जोखिम कम गर्न सकियोस् ,यसका अलावा खाद्य सुरक्षाको सुनिस्चितता र अनिवार्य आधारभूत आवश्यक्ताका वस्तुको उपलब्धता भइरहदा पनि यस विपद्को जोखिमलाई सामान्य रुपमा लिइ लकडाउनको उलङ्घन गरि अवान्चित गतिविधिमा भाग लिनेलाई नियन्त्रणमा लिन र विपद्को मौका छोपि कालोवजारी गर्ने र कृतिम अभाव सिर्जना र आफ्नो सामाजिक , पेसागत र व्यवसायगत दायित्व निर्वाह गर्नबाट पन्छिने माथि राज्यको नियन्त्रडात्मक शक्तिको प्रयोग गरि कडा भन्दा कडा दण्ड सजाय गरी पुन सामान्य अवस्थामा ल्याउनबाट राज्य चुक्नु हुदैन । त्यस्तै यस जोखिमको घडिमा जोखिम व्यवस्थापनका लागि अग्रपङ्तिमा बसेर खटिरहेका स्वाथ्यकर्मी र सुरक्षा कर्मीको सुरक्षा र जीवन रक्षामा राज्य आफ्नो सम्पूर्ण सामर्थ्यका साथ लाग्नुपर्दछ । प्राविधिक सामाग्री र सुरक्षाका सामाग्रीको यथोचित र पर्याप्त व्यवस्थापन गरिनुपर्छ र तपाई हामी सबै सर्वसाधारणले पनि स्वाथ्य कर्मी र सुरक्षाकर्मीको मनोवल गिर्ने कार्य कही कतैबाट गर्न तथा हुन दिनु हुदैन ।
विश्वव्यापी माहामारीले दीर्घकालिन योजना र नीतिहरुलाई आफ्ना योजना र नीति बनाउदा एक पटक गहिरिएर सोचि सम्झी वातावरण मैत्री र विपद् व्यवस्थापनमा सहयोग पुग्ने खालका वनाउनु पर्ने आवश्यकता देखिएको छ । अब वन्ने नीति र योजनाले हालको विपद्ले थलिएका क्षेत्रको उत्थानमा त सहयोग पुयाउनु पर्ने नै भयो । पुनः यस्ता विपद् आइलागेमा मौजुदा विकासका संरचना र कायम स्राेत कसरी बढी भन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नु आवश्यक छ । यसका साथसाथै विश्वव्यापी वीपद्का यस्ता घडीहरुमा मानव जीवन रक्षाका उपाय र त्यसको जोखिम न्यूनीकरणतर्फ पनि राज्य शक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्नु आवश्यक छ ।

यसरी सम्रगमा प्राकृतिक अनुसाशनको भंगगरि कृतिमतामा रमाउन खोज्दा सिर्जित संकटको समाधानका लागि विज्ञानको आविस्कार र चम्तकार नहुन्जेलसम्म प्राकृतिक वातावरण र मानवीय अनुसासन कायम गर्न सकेमा एवम् मानवीय इच्छाशक्तिमा विपद् विरुद्ध दृढ अठोट र सङ्कल्प कायम गर्न सक्षम भएमा विपद् व्यवस्थापन सहज र सरल हुने देखिन्छ । साथै आजका दिनमा प्राकृतिवादको मान्यताको अनुसरण गरि पृथ्वीको वहन क्षमतालाई ख्याल गर्दै मानविय गतिविधिलाई वातावरण मैत्रि बनाउन सके भोलि फेरि सिर्जना हुन सक्ने यी र यस्ता यावत विपत्को जोखिम अवश्य कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.