आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर

  २०७७ वैशाख २७ गते १३:३४     पवित्रा कार्की

चीनको वुहान शहरमा विशालु, जीवाणु उत्पत्ति भयो ।
सर्प सामुन्द्रिक परिकार खानु, कारण पर्न गयो ।।

आयो राक्षस सरी महामारी, संसार भजाएर ।
आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर ।।


सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति ।
दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।।

शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी ।
सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।।


युद्ध-युद्धकाे कुरा गर्थ्यौ मनुष्य, युद्ध रुपी विष पिलायो ।।
हतियार किन चाहियो र अब, युद्धकै झझल्को दिलायो ।।

आँधी हुरी जस्तै रहेछ कोरोना, रुवायो सारा संसार ।
भनेन सानो-ठूलो, धनी गरिब, त्यागौं अब अहंकार ।।

भर्खरै विदेशबाट आएकाहरु, स्वास्थ्य जाँच गराऊ ।
उपहार रुपी सुन्दर यो जीवन, आफू बाँच अरु बचाऊ ।।

तितो सत्य स्वीकार आजको, वियोगका तृष्णा मेटौंला ।
फोन म्यासेन्जर मै कुरा गर, बाँचे भोलि भेटौला ।।

यस्तै छ हालत नेपालको, चुनौती थपिए अरु ।
धैर्य गरि घरमै बसौँ आज,पछि घुमौला बरु ।।

लेखक

रोकिएका छन्, थुनिएका छन् नागरिक, खै के गर्यो गर्यो ।
आफ्नै नागरिक रोक्नु पर्ने सीमानामा कस्तो बाध्यता पर्यो ।।

नबोलाऔँ आफन्त नातागोता ,साथी सङ्गती मित्र ।
मान्छे देख्दा मान्छे भाग्नु पर्ने, के भयो यो विचित्र ।।

बनौँ आशावादी गरौ नित्य कर्म,राखौँ सोच नविन ।
साँच्चै उज्जवल छ भविष्य हाम्रो, बचाउ पहिला जीवन ।।

लापरबाही हेलच्याक्राई गरे सिधै, मृत्युको पाशामा ।
आतंकीत होइन सावधानी अपनाउ, भोलि आउने आशामा ।।

बन्दाबन्दी छ गाउँ शहर देश, परदेश संसार सारा ।
पाल्नुपर्छ नागरिक राज्यले, राज्यकै हो अभिभारा ।।

बन्दाबन्दी भएको धेरै भयो, भोकले कोहि नमरोस् ।
झुपडीमा चुलो बाल्नेलाई पनि, मेरो सरकार भन्ने परोस् ।।

ठप्प छन् सवारी साधन, उद्याेव व्यापार पनि ।
धनीले गरिबलाई सहयोग गर, पुण्य कमाउँछु भनि ।।

सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति ।
दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।।

शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी ।
सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।।

चलाएमान विश्व अर्थतन्त्र ठप्प छ, ठप्प छन् कारोबार ।
भन्छन् महाशक्तिहरुले मैदानमा, मानेका हुन् कि हार ।।

कैदी जस्तै बनेको छ जीवन, निर्णय गर बुद्धिले ।
बाठो तीन बल्ढ्याङ लढे झै लढे,आफ्नै घमण्ड जिद्दिले ।।

मान्छे थाक्दैन यहाँ लडिरहन्छ, कोरोना विरुद्ध भनि ।
जित्नेछ मनुष्य एक दिन अवस्य, खोप बनाएर पनि ।।

अछुतो छैन नेपाल पनि, सरकारले भनेको मान ।
अस्तित्व धरापमा पर्यो सभ्यताको, ओखती खोज्दैछ विज्ञान ।।

पक्ष-प्रतिपक्ष पछि जुधौला, एकजुट भएर आऊ ।
संकटको घडीमा मूल्याङ्कन हुन्छ तिम्रो, साझा मुद्धा बनाऊ ।।

स्वास्थ्यकर्मी शुरक्षाकर्मी तिम्रो, योगदानको सानो बयान ।
यद्ध लड्दैछौ अवस्य जित्नेछौ, गौरवगाथा कति महान ।।

कोभिड-१९ उद्दण्ड, उग्र-चण्ड, नरसंहारी तेरो रुप ।
हार्छ नरसंहारीले जित्नेछ मानवले, बाल्नेछ विजयको दीप ।।

 

जुधौं खटेर लडौ डटेर आज,उत्सवमा भोलि हासौंला ।
जितौं महामारी आज जसरीनी, खुशीले भोलि नाचौंला ।।

हिजो अन्न बेच्ने हामीलाई, भोकले मरिने डर ।
कृषि प्रधान देशमा आलु किन्न विदेशीकै भर ।।

पाखो जमिन भनियो, छाडियो कौडिको भाउमा ।
फल्छ साना-साना मोतिका दाना, आफ्नै घर गाउँमा ।।

खेतबारी बाँझो राखियो-लागियो विदेश, खासै भएन चासो ।
स्थायी सम्पत्ति हो बुझिराख, पुर्खाले छाडेको नाशो ।।

गन्छौ नगद-बन्छौ स्वावलम्बी, कर्म गर निरन्तर ।
आफ्नै भूमिमा पसिना बगाउँ, बन्नेछौ आत्मनिर्भर ।।

सर्भेक्षक
नापी विभाग, काठमाण्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.