विचलित हैन, धैर्यवान बनौँ

  २०७७ वैशाख ३१ गते २२:४४     बिपना कुँवर

कोरोना माहामारीको विश्वब्यापी अवस्था
हाल विश्वमा माहामारीको रुप लिई फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस सर्वप्रथम चीनको वुहानमा सन् २०१९ को डिसेम्बरको अन्तिमतिर देखा परेको थियो । सुरुवाती दिनहरुमा यस भाइरसले आफ्नो उद्य्गम स्थल वरपर नै ज्यादा संक्रमण गर्यो र चीनलाई नै आक्रान्त बनायो । तर यस माहामारी भाइरसको प्रभाव त्यतिमा मात्र सिमित रहेन । यस कोरोना भाइरसले द्रुत गतिमा विश्वब्यापी यात्रा प्रारम्भ गरि युरोप र अमेरिकामा मुख्य अखडा जमाउँदै याे लेख तयार गर्दै गर्दा विश्वका दुई सय भन्दा बढि मुलुकका बाईस लाख भन्दा बढि मानिसहरुलाई संक्रमित गरेको छ । साथै एक लाख पचास हजार भन्दा बढि मानिसहरुको ज्यान गईसकेको छ । वल्र्डमिटर्स डट इन्फोकाे तथ्यांकअनुसार कोरोना भाइरसबाट हालसम्म अमेरिकामा मात्र सात लाख भन्दा बढि संक्रमित भई लगभग चालिस हजार ब्यक्तिको मृत्यु भैसकेको छ । त्यस्तै प्रमुख युरोपेली मुलुकहरु स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायतमा मात्र आठ लाख भन्दा बढिको संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन् । यी देशहरुमा मात्र असी हजारभन्दा बढि ब्यक्तिले ज्यान गुमाईसकेका छन् । त्यसो त यस भाइरसको संक्रमण भएर पुनः स्वस्थ हुनेको संख्या पनि उल्लेख्य रहेको छ । पछिल्लो तथ्यांक अनुसार कुल सात लाख पन्ध्र हजार संक्रमित मध्ये पाँच लाख पैँसठ्ठी हजार स्वस्थ भएको र एक लाख पचास हजारको मृत्यु भएको पाइएको छ । यसर्थ २१ प्रतिशत ब्यक्तिको मृत्यु हुँदा ७९ प्रतिशत मानिसलाई निको भएको तथ्यांकले देखाएको छ । अतः कोरोना भाइरसको संक्रमण हुँदैमा ज्यान नै जान्छ भनि आत्तिहाल्नु पर्दैन । तथापि बृद्धबृद्धाहरु, मुटुरोगीहरु, मधुमेह, क्यान्सर तथा दिर्घकालिन स्वासप्रश्वासका रोगीलाई यस भाइरस बढि जोखिम रहेको तंथ्याकले देखाएको छ ।

नेपालको अवस्था

विश्वब्यापी माहामारीका रुपमा लिइएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा सर्वप्रथम २०७६ माघ १० गते काठमाडौँमा एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि स्वस्थ भई घर फर्किसकेका छन् । त्यस्तै दोश्रो संक्रमण २०७६ चैत्र १० मा देखिएको थियो । पछिल्लो समयमा मिति २०७७ बैशाख ५ मा उदयपुर जिल्लाको एक मस्जिदमा १२ जना र चितवनमा २ जना गरि एकसाथ १४ जनामा संक्रमण देखिएको छ । यसपछि जम्मा ३० जना नेपालीमा संक्रमण पुष्टी भएकोेमा २ जना निको भै सकेको र १४ जनाको अवस्था सामान्य रहेको र नयाँ १४ जना संक्रमितको उपचारको सुरुवात भएको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ । नेपालमा हालसम्म भएका संक्रमणहरु बिदेशबाट फर्किएको ब्यक्तिमा पाईएको छ । ति मध्ये कैलाली जिल्लाकी ३४ बर्षिय महिला भने संक्रमित एक आफन्तलाई भेटेपछी संक्रमण भएको पुष्टि भएको हो । यो संक्रमण २०७६ चैत्र २२ गते देखा परेसंगै एकबाट अर्को ब्यक्तिमा संक्रमण भएपछि नेपाल पनि कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गरिसकेको मान्न सकिन्छ ।

नेपालमा कोरोना संक्रमण देखिए संगसंगै नेपाल सरसकारले माहामारी नियन्त्रणका लागी विभिन्न उपायहरु अबलम्बन गरेको छ । यसअन्र्तगत विभिन्न स्थानमा कोरोना हेल्प डेस्क स्थापना गर्ने, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरि परिक्षण गर्ने, संक्रमित भेटिएको स्थान वरपरका मानिसहरुको र्यापिड टेस्ट (तिब्र परिक्षण) गर्ने, अन्र्तराष्ट्रिय उडान स्थगित गर्ने, सिमानाकाहरु बन्द गर्ने, लकडाउन गर्ने, विदेशबाट पिपिई तथा औषधी आयात गर्ने र डाक्टर नर्स तथा कर्मचारीलाई तालिम प्रदान गर्ने प्रमुख रहेका छन् । कोरोना संक्रमणको जोखिम न्युनिकरणका नेपालमा २०७६ चैत्र ११ देखि लकडाउन लागु गरिएको हो । विभिन्न अवधिमा लकडाउनको मिति थप गर्दै २०७७ बैशाख १५ गतेसम्मका लागि सरकारले लकडाउन लागु गरेको छ ।

कोरोना माहामारीले विश्व समुदायमा ल्याएका चुनौतिहरु

लेखक

यस माहामारीले विश्वमा केहि गम्भिर प्रश्न तथा चुनौतिहरु खडा गरिदिएको छ । यस भाइरसलाई संसारबाट अन्त्य गर्नु विश्व समुदायका लागि पहिलो र तत्कालिन चुनौति हो । हालसम्म पनि यो भाइरसको उत्पत्ति कसरी भयो भनि ठोस प्रमाण र एकिनका साथ भन्न सकिएको छैन । शक्तिसम्पन्न देशहरुले समेत यस भाइरसलाई मानव निर्मित जैविक अस्त्रका रुपमा शंका गरेका छन् । कोरोना भाइरसले विश्वसामु ल्याएको प्रमुख चुनौतिहरु निम्नानुसार छन् ।

आर्थिक चुनौति

हाल विश्वमा कयौँ देशहरु लकडाउनको अवस्थामा छन् । अधिकांश ब्यापार ब्यवसाय ठप्प छन् । मानिसहरुले रोजगारी गुमाएका छन् । उपभोक्ताहरु बस्तु तथा सेवा उपभोग गर्न डराईरहेका छन् । विश्वका अधिकांश देशका सरकार तथा तिनका जनताहरु उत्पादनमुलक र विकासमुलक भन्दा पनि उपभोग्य तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेका छन् । यसरी सम्पुर्ण विश्व नै उत्पादन भन्दा उपभोगमुखी भएकोले गर्दा समग्र रुपमा ठुलो आर्थिक क्षति भएको छ । यसकारण दीर्घकालिन रुपमा विश्वब्यापी आर्थिक चुनौति अगाडी आउने निश्चितप्रायः छ ।

सामाजिक चुनौति

आर्थिक चुनौतिले अर्को सामाजिक चुनौति तथा समस्याहरु निम्त्याउँदछ । कोरोना संक्रमणको प्रभाव अझ फैलदैँ र यसको प्रभाव लामो समयसम्म रहिरहेमा समाजमा थप गरिवीको सृजना हुन्छ । साथै धनि र गरिबबिचको खाडल बढ्ने सम्भावना रहन्छ । समाजमा यस्ता संक्रमितलाई गर्ने ब्यवहार पक्षपातपुर्ण हुन सक्दछ । लकडाउन तथा गरिबिले खाना खान नपाउँदा समाजमा चोरी, डकैती बढ्ने सम्भावना पनि रहन्छ । हालै मात्र भारत सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गर्दा हजारौँ मजदुरहरु सडकमा आन्दोलनका लागि निस्किए र प्रहरीसंग झडप भयो । यो एक उदाहरण हो । मानिस रोगसंग एउटा अनि भोकसंग अर्को लडाँई गर्नुपर्ने अवस्था आउन सक्छ । यसका लागि प्रत्येक नागरिक र प्रत्येक देशका सरकारले अहिल्यैदेखि सोच्नु जरुरी छ ।

प्राविधिक तथा खोज, अनुसन्धानमा चुनौति

विज्ञानले धेरै कुरा पत्ता लगायो । विज्ञानको प्रयोगले आविष्कार भएका विभिन्न उपलब्धीले हाम्रो जिवन धन्य छ । सायद मानिसहरुलाई अब पत्ता लगाउन केहि बाँकी नै छैन जस्तो भान पनि हुन्थ्यो कि ! तर खोज र अनुसन्धानको दुनियाँमा कोरोना नियन्त्रणको खोप पत्ता लगाउनु एउटा मात्र पनि ठूलो चुनौति भएको छ । हजारौँ वैज्ञानिक तथा अन्य ब्यक्तिहरु कोरोना भाइरसविरुद्धको खोप र औषधीको अनुसन्धानमा अहोरात्र लागिइरहेका छन् ।

चार महिना बित्न लाग्दा पनि कोरोना संक्रमणको समाधान गर्ने औषधी तथा खोप पत्ता लाग्न सकेको छैन । अतः मानव जगतलाई खोज तथा अनुसन्धानमा पनि अर्को चुनौति आएको छ । अनि के थाहा भविष्यमा के कस्ता रोगको सामना गर्न तयार भएर बस्नुपर्ने हो ।
विश्वसमुदायले यि र यसकै वरपर रहेर अन्य धेरै चुनौतिहरुको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।

नेपालमा अगाडी देखिएका चुनौतिहरु

नेपालको लागि प्रथम चुनौति भन्नु नै यस माहामारीबाट बाहिर निस्कनु हो । संक्रमणलाई फैलन नदिनु हो । अहिले सरकारको सम्पुर्ण ध्यान कोरोना नियन्त्रणमा लागेको छ । विकास तथा निर्माणका कार्यहरु लगभग ठप्प छन् । नेपाल यसै पनि विकासोन्मुख मुलुक त्यसमाथि पनि फैलदोँ माहामारीलाइ पन्छाएर पुनः अर्थतन्त्रलाई माथि उकास्नु नेपालको लागि पक्कै पनि चुनौतिपूर्ण कार्य हुनेछ । सरकारले कर तथा राजस्व संकलनबाट आय प्राप्त गरि प्रशासनिक तथा विकासमा खर्च गर्दछ । यसरी ब्यापार ब्यवसाय लकडाउनले ठप्प हुने भएकाले सरकारले लक्ष्य अनुरुप आम्दानी गर्न नसक्ने सम्भावना छ । अर्कातर्फ कोरोना नियन्त्रणका लागि मात्र पनि सरकारलाई ठूलो धनराशी आवश्यक्ता पर्ने देखिन्छ । यसरी खर्च र आम्दानीको ब्यवस्थापन पनि नेपालका लागि अर्को चुनौतिको विषय हो ।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारी र त्यहाँबाट प्राप्त रेमिटेन्सले धानेको छ । लाखौँ नेपाली जनता विदेशमा कार्यरत छन् । अहिले विश्वका हरेक राष्ट्र कोरोना माहामारीको संकटमा परेका बेला यदि ति रोजगारदाता देशहरुले नेपाली कामदारलाई रोजगारी दिन नसकेमा नेपाल र नेपालीले ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्नेछ । यस माहामारीका कारण विदेशमा रहेका लाखौँ नेपालीहरु नेपाल फर्कन चाहेको कुरा अध्ययन तथा रिपोर्टहरुले देखाएको छ । यदि यस्तो कारणले वा बेरोजगारीका कारणले लाखौँ नेपाली एकसाथ नेपाल भित्रने हो भने त्यो नेपालका लागि अर्को ठूलो चुनौति हुन सक्दछ । ति नागरिकलाई कहाँ, कसरी रोकेर राख्ने, रोगको परिक्षण, क्वारेन्टाइनको ब्यवस्था, भविष्यमा दिनुपर्ने रोजगारीको ब्यवस्थापन आदिले नेपाललाई ठूलो चुनौति प्रदान गर्नेछ ।

देश लकडाउन भएका कारण मानिसहरुको आम्दानी लगभग ठ्याक्कै रोकिएको छ । यसले गर्दा बैंकबाट विभिन्न किसिमका कर्जा लिएका ब्यक्ति तथा ब्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । त्यसरी समस्यामा पर्ने ऋणी तथा ऋणदातालाई मिलाएर सम्बोधन गर्नु सरकार र नेपालका लागि अर्को चुनौति हो ।

विश्वलाई दिएको सन्देशहरु

मानव जातिमा कोरोना भाइरसको संक्रमणलाई बिभिन्न प्रकारका विश्लेषणहरु गरिएको छ । कतिपयले यसलाई प्रकृत्तिले मानिसलाई लिएको बदला भनेका छन् । अर्थात मानिसद्धारा पृथ्वी र प्रकृतिमाथि भएको बढ्दो अतिक्रमण र प्रदुषणले मानिसमा यो भाइरस आएको भन्ने तर्क हो । कसै कसैको तर्कअनुसार, मानिसहरुको घर भित्रैको बसोबासले गर्दा मानविय क्रियाकलाप कम हुँदा पृथ्वीमा प्रकृतिले आराम गर्ने मौका पाएको निष्कर्श निकालेका छन् । त्यस्तै कत्तिपयले भने मानवले पशुपंक्षीलाई गर्ने गरेको क्रुरताका कारण मानिसमा पनि प्रकृत्तिद्धारा यो भाइरस हावी भएको हो भनेका छन् । मानिसको आफ्रनै कारणले आफ्नै हानी भएको हो भन्ने तर्क तथा विश्लेषणहरु आएका छन् ।

जे होस्, यिनै तर्क विश्लेषणहरुलाई आधार मान्ने हो भने पनि हामीले प्राणी र प्रकृत्तिमाथिको अतिक्रमण न्युनिकरण गर्दै लैजानुपर्छ भन्ने एक महत्वपुर्ण सन्देश यस भाइरसले गराएको छ । भविष्यमा कुनैपनि बेला जे पनि हुन सक्दो रहेछ । रोग, संक्रमण वा अन्य कुनै पनि आपत वा संकट आउन सक्दो रहेछ । यसका लागि हामी हरबखत तयारी अवस्थामा बस्नुपर्ने रहेछ । अतः खाद्य सामाग्री भण्डारण, भुमी वा जग्गाजमिनको उचित (कृषी उत्पादनमुखी) उपयोग, नगद तथा सम्पत्तिको जगेडा वा बचत राख्नु, रोग प्रतिरोधी शक्ति बनाउनका लागि उचित खानपान र जिवनशैली अपनाउनु पर्ने महत्वपुर्ण सन्देशहरु कोरोना भाइरस संक्रमणको प्रभावले मानिस जातिलाई दिएको छ ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु

केहि समय अगाडी चीन यस भाइरसको माहामारीले थलिएको थियो तर हाल चीनले उक्त माहामारीलाई लगभग शुन्यमा झारीसकेको छ भने उसले विश्वका धेरै देशहरुलाई अरबौँ डलर बराबरको स्वास्थ्य सामाग्री बिक्री गरिसकेको छ । यहि स्थिति दीर्घकालिन रह्यो भने चीनियाँ अर्थतन्त्रका लागि यो माहामारी वरदान सावित हुनेछ ।

कोरोना भाइरस माहामारीकोले विश्व तथा नेपाली अर्थतन्त्रलाई हलचल गराउने गरि प्रभावित गरेको छ । भविष्यमा यो प्रभाव अझ बढ्नेछ । अर्थतन्त्रमा पर्ने प्रभाव भन्नाले चुनौति मात्र नभई सम्भावनाहरु प्नि हुन सक्द्छन । विश्व अर्थतन्त्रमा उलटपुलट हुँदा धेरैले गुमाउने छन् अनि थोरैले कमाउने पनि छन् । हालको अवस्थालाई मध्येनजर गरि भन्ने हो भने स्वास्थ्य सामाग्री तथा औषधीजन्य उत्पादन र दैनिक उपभोग्य खाद्यबस्तुको ब्यापार गर्ने राष्ट्र तथा ब्यवसायीहरुका लागि कोरोना माहामारीले सुनौलो बिहानी ल्याउने छ । उदाहरणका लागि केहि समय अगाडी चीन यस भाइरसको माहामारीले थलिएको थियो तर हाल चीनले उक्त माहामारीलाई लगभग शुन्यमा झारीसकेको छ भने उसले विश्वका धेरै देशहरुलाई अरबौँ डलर बराबरको स्वास्थ्य सामाग्री बिक्री गरिसकेको छ । यहि स्थिति दीर्घकालिन रह्यो भने चीनियाँ अर्थतन्त्रका लागि यो माहामारी वरदान सावित हुनेछ । यो एक सम्भावना हो र यस प्रसंगलाई उदाहरणका रुपमा मात्र बुझौँ । विश्वमा आर्थिक रुपमा शक्तिशाली मानिएको संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई कोरोना भाईरसले नराम्रोसंग चोट पुर्याएको छ । कोरोनाको प्रभाव बढ्दै र लम्बीदैँ जाने हो भने दर्जनौँ युरोपेली राष्ट्रहरुको अर्थतन्त्र पनि नाजुक अवस्थामा पुग्ने सम्भावना रहेको छ । यसर्थ विश्व अर्थतन्त्रमा कोरोना भाइरसका कारण ठूलो हलचल ल्याउने सम्भावना रहेको छ । माथि उल्लेख भए झैँ यसले विश्वमा गरिबी बढाउने, धनि र गरिब बिचको खाडल बढाउने, शक्तिशाली मानिएका राष्ट्रहरु शक्तिहिन वा कम शक्तिशाली हुने सम्भावना रहन्छ ।

नेपाली अर्थतन्त्र पनि यस माहामारीको प्रभावबाट अछुतो रहनै सक्दैन । नेपालले आफ्नो बजेटको ठुलो हिस्सा स्वास्थ्य सामाग्री र स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने हुँदा विकास तथा लगानीतर्फ ठोस प्रगति हुन सक्दैन । नेपाली अर्थतन्त्रको एक प्रमुख खम्बा भनेको पर्यटन ब्यवसाय हो । तर कोरोना भाइरस तिब्र गतिमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकोले मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न डराएका छन् । एउटै समाजमा पनि दुरि कायम गर्नुपर्ने आवश्यक्ता छ । यसले गर्दा मानिसहरुको अन्र्तराष्ट्रिय तथा राष्ट्रिय यात्रामा संकुचन आउँदछ । अतः कोरोना भाइरसका कारण ट्राभल तथा ट्रेकिङ, होटल आदि पर्यटनमुखी ब्यवसायलाई पनि ऋणात्मक प्रभाव पार्ने देखिएको छ ।

त्यस्तै नेपाली अर्थतन्त्रको अर्को प्रमुख खम्बा वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्स हो । कोरोना संक्रमणको माहामारीले विश्वब्यापी संकट पैदा गरेको छ । अतः माथि उल्लेख गरे झैँ यदि रोजगारदाता मुलुकले रोजगारी दिन नसकेमा विभिन्न मुलुकमा रहेका नेपालीहरु तत्काल वा भविष्यमा नेपाल फर्कनु पर्नेछ । विदेशमा रहेका विभिन्न नेपाली संघ संगठनहरुका अनुसार लाखौँ नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् । यदि बेरोजगारी वा आफ्नो इच्छाले लाखौँ नेपाली स्वदेश फर्कने हो भने नेपालले प्राप्त गर्दै आएको रेमिटेन्सको ठुलो हिस्सा गुम्नेछ । नेपाल सरकारले ति स्वदेश फर्कनेको तत्कालिन सुरक्षित ब्यवस्थापन गर्नुपर्नेछ । यसले नेपालको अर्थतन्त्रलाई नराम्रोसंग प्रभावित बनाउने छ ।

वातावरण र जीवजगत्मा पर्ने असर

कोरोना भाइरसको नकारात्मक पक्ष मात्र छैनन् । भलै कोरोना भाइरस मानव जातिका लागि भयावह र डरलाग्दो छ तर समग्र प्रकृति र वातावरणमा मानवमा कोरोना संक्रमण देखिएकै कारण निकै सकारात्मक पारेको छ । कोरोना संक्रमण फैलन नदिन संसारमा दर्जनौँ देशहरु लकडाउनमा छन् । मानविय क्रियाकलापहरु एकदमै न्युन छन् । विश्वमा निरन्तर चलिरहेको प्रकृत्ति विनाश गर्ने कार्य एकदमै न्युन छ । रासायिनिक प्रशोधन गर्ने भट्टीहरु लगभग बन्द नै छन् । पेट्रोलियम पदार्थको प्रयोगमा उल्लेख्य मात्रामा कमि आएको छ । यस प्रकार विभिन्न कलकारखाना तथा अटोमोबाईल्स संचालनमा आएको कमिले नाइट्रस अक्साईड, मिथेन, कार्वन आदि हरितगृह ग्याँस (ग्रिनहाउस ग्याँस) को उत्पादन कमि भएको छ । यसले गर्दा प्रकृत्ति र वातावरण निकै स्वच्छ र सफा भएको छ । मानिसहरु लकडाउनमा रहँदा वातावरणमा मानविय क्रियाकलाप घटेको छ । त्यसैले त वातावरणले आफुलाई पुनर्निमाण र पुनर्ताजगी गरेको छ । वन्यजन्तु तथा समुन्द्री जिवहरु पहिले भन्दा स्वतन्त्र रुपमा विचरण गर्न थालेका समाचारहरु पनि अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाउने गरेका छन् । माछामासुको उपभोगमा कमि आएको कारण मानिसले पाल्ने गरेका जिवजन्तुको मृत्युदरमा पनि कमि आएकोले सायद ति जिवजन्तुले पनि केहि राहत महसुस गरेको हुनुपर्दछ । यसर्थ कोरोना भाइरसको प्रभावले वातावरण र जिवजगत्मा सुक्ष्म वा देखिने गरि सकारात्मक प्रभाव पनि पारेको छ । कोरोना भाइरसको माहामारी अहिले हामीलाई नकारात्मक लागे तापनि दिर्घकालिन रुपमा यो हाम्रै राम्रो अनि भलाईका लागि पनि हुन सक्दछ ।

मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु

कोरोना भाइरसले हामीलाई धेरै कुरा सिकाएको छ र अझै सिकाउँदै नै छ । ब्यस्त अनि भागदौडको जिवनशैली अपनाउने गर्दा हामीले जिवनका आधारभुत अनि महत्वपुर्ण कुराहरु गुमाउँदै आएका रहेछौँ । जिवनका कयौँ पाटो अनि आयामहरु हामीले बिर्सिएका रहेछौँ । घरमा बच्चाहरुलाई समय दिन हामीलाई निकै कठिन कार्य जस्तो लाग्दथ्यो । घरायसी कामकाज, सरसफाईमा गर्न हाम्रो मन रमाउँदैनथ्यो । नियालेर आकाश हेर्नु हामीलाई महत्वपूर्ण लाग्दैनथ्यो । यि लगायत विभिन्न सिर्जनशिल कार्यमा मन जादैँनथ्यो । अपवाद केहि ब्यक्ति होलान् तर वर्तमान समयको ब्यस्त जीवनशैलीका बीच मानिसहरुको धन कमाउने प्रतिस्पर्धा ब्याप्त थियो । संघर्षका बीच जीवन चलिरहेको थियो । तर कोरोना भाइरसले विश्वको लगभग आधा जनसंंख्यालाई घरभित्र राख्दा जीवनका विभिन्न आयामहरुको बारेमा जान्ने अवसर मिलेको छ । मानिसहरुले आफूलाई सुधार्नु पर्ने, रचनात्मक बनाउनुपर्ने जस्ता पाठ सिकेका छन् ।

त्यस्तै नेपाल लगायत विभिन्न मुलुकमा खेतियोग्य जमिनलाई आवासका लागि योजना (प्लानिङ, हाउजिङ) गरि बेच्ने संस्कृतिम मौलाउँदै गइरहेको थियो । अहिले घरभित्रै बसिरहँदा मानिसहरुले सायद खाद्यान्न र खाद्यान्न उत्पादनका लागि जमिनको महत्व पनि बुझेको हुनुपर्दछ । पैसा र धन महत्वपुर्ण छ तर त्यो भन्दा बढि महत्वपुर्ण हाम्रो स्वास्थ्य, खानका लागि अन्न रहेछ भन्ने बुझेको हुनुपर्दछ । जिवनमा घर परिवार अनि मानविय सम्बन्ध र माया प्रेमको महत्वलाई अझ बढि बुझेको हुनुपर्दछ । धेरै लामो समयको लकडाउन र कोरोना माहामारीले अर्को विकराल समस्या निम्त्याउन सक्दछ । नत्र भने मानविय सभ्यता र संस्कृतिमा पनि कोरोना भाइरसले सकारात्मक परिवर्तन ल्याउन सक्दछ । मानिसले जिवन र जगत्लाई हेर्ने दृष्टीकोणमा ब्यापक परिवर्तन आउन सक्दछ ।

मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु

भविष्य अनिश्चित छ । जे हुन्छ भनेर ठोकुवा गरेका कुरा पनि नहुन सक्छन् भने हामीले कल्पना पनि नगरेका कयौँ चुनौति एवं समस्याहरु हामीले भोग्नुपर्ने हुनसक्छ । यसर्थ हामी सिंगो मानवजातिले भविष्यमा विभिन्न रोग, माहामारी, प्राकृतिक प्रकोप आदि समस्या भोग्नुपर्ने हुनसक्छ । त्यसका लागि हामी तयार रहनुपर्दछ ।

प्रख्यात जर्मन वैज्ञानिक वर्नर हेसेनवर्गले सन् १९२७ मा अनिश्चितताको सिद्धान्तमा प्रकृत्तिमा जे कुरा पक्का हुने निश्चित हुन्छ त्यो नहुन सक्छ भन्ने कुरालाई ब्याख्या एवं प्रमाणित गरेका छन् । अतः भविष्य अनिश्चित छ । जे हुन्छ भनेर ठोकुवा गरेका कुरा पनि नहुन सक्छन् भने हामीले कल्पना पनि नगरेका कयौँ चुनौति एवं समस्याहरु हामीले भोग्नुपर्ने हुनसक्छ । यसर्थ हामी सिंगो मानवजातिले भविष्यमा विभिन्न रोग, माहामारी, प्राकृतिक प्रकोप आदि समस्या भोग्नुपर्ने हुनसक्छ । त्यसका लागि हामी तयार रहनुपर्दछ । अब आउने पुस्तालाई यस बारेमा सचेत बनाउने संयन्त्र र शिक्षा प्रणालीको विकास गर्नुपर्दछ । विभिन्न रोग तथा माहामारीबाट शिघ्र उन्मुक्त हुने उपचार तथा खोपहरुको अनुसन्धान गर्नुपर्दछ । कोरोना भाइरसको माहामारीले मानव समुदायलाई महत्वपूर्ण सन्देश पनि दिएको छ । पाठ सिकाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु

कोरोना भाइरस एक सरुवा भाइरस भएकाले यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा श्वासप्रश्वास तथा छुवाईबाट सर्न सक्दछ । भाइरस आफैँमा एक जिवित जिवाणु होइन । भाइरस एक प्रोटिन अणु हो । मानिसको शरिरभित्र प्रवेश पाएपछि भाइरस सक्रिय रहन्छ । नजिकै बसेको संक्रमित ब्यक्तिको श्वासप्रश्वासबाट, संक्रमितले प्रयोग गरेका तथा छोएका बस्तुहरुमा बस्तुको प्रकृतिअनुसार यो भाइरस केहि दिन वा घण्टासम्म सक्रिय रहन सक्दछ । यसको संक्रमण भएपछि एक्कासी १००.४ फरेनहाइट ज्वरो आउने, रुघा लाग्ने, रातको समयमा लहरे खोकी लाग्ने, शरिरका मांसपेशीहरुमा थकान महसुस हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने प्रमुख लक्षणहरु देखा पर्दछन् ।

कोरोना भाइरसको औषधी तथा खास उपचार नभएकोले संक्रमित ब्यक्तिलाई विषेश हेरचाह गरेर निको बनाउने गरिएको पाईएको छ । साथै संक्रमण हुनुभन्दा पनि यस भाइरसको संक्रमण हुन नदिनका लागि सावधानी अपनाउनु तथा सचेत रहनु जरुरी छ । यसको संक्रमणबाट बच्नका लागि कोरोना संक्रमित वा संक्रमणको शंका लागेको ब्यक्तिको नजिक नजाने, खोक्दा तथा हाच्छँ्यु गर्दा संक्रमित तथा वरिपरि रहेको ब्यक्तिले नाकमुख ढाक्ने, मास्कको प्रयोग गर्ने, अनावश्यक रुपमा भिडभाडमा नजाने, पटक पटक साबुन पानीले हात धुने, अल्कोहलयुक्त स्यानीटाइजरको प्रयोग गर्ने, जथाभावी स्पर्श गरेको हात नधोईकन नाक, मुख, आँखा तथा कानमा नछुने गर्नुपर्दछ । यो विश्वब्यापी संकटको घडिमा विचलित हैन धैर्यवान बनौँ । रोगप्रति सजग बनौँ । सजगताले रोगबाट बच्न सकिन्छ, अतः आफू पनि सचेत बनौँ अरुलाई पनि सचेत गराऔँ । आशा अनि प्रार्थना गरौँ कि हामी सम्पूर्ण मानवजाति यस माहामारीबाट चाँडै उन्मुक्ति पाउनेछौँ अनि भविष्यमा आउन सक्ने चुनौतिहरुका लागि तयारी गर्नेछौँ । हामी अझ बलियो भएर उभिने छौँ । हामी चाडैँ नै नयाँ अनि सुनौलो बहानीसंग साक्षातकार गर्ने छौँ ।

दक्षिणकाली नगरपालिका, वडा नं. ३
काठमाडौँ, नेपाल

5 comments on "विचलित हैन, धैर्यवान बनौँ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X