प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज

  २०७७ वैशाख १९ गते १०:३०     प्रकाश पाण्डे

चीनको वुहानमा पहिलो पटक नोभल कोरोनाभाइरस रोगको पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि’ भन्ने गरिएको थियो। कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ।

डा. ली वेनलियाङले वुहानमा सबैभन्दा पहिला कोरोनो भाइरस पत्ता लगाएका थिए । एक सङ्क्रमित  महिलाको  उपचार गर्दा उनलाई पनि यो सर्‍यो। त्यसैबाटै उनको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  पुष्टि गर्यो । पत्रकार सम्मेलनमा डब्लुएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’ बास्तवमा हामीले उहाँलाई गुमायौ। बेलैमा उहाँको  सन्देशलाई चीन सरकारले बुझ्न सकेन अनि मृत्युमा दुःखी भयो। भनिन्थ्यो उनी कोरोना भाइरसबारे केही भन्न चाहान्थे तर भन्न पाएनन्।

कोरोना महामारीको विश्वव्यापी अवस्था

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस बेइजिङ, मकाउ, ताइवान हुँदै  अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया,इटाली ,स्पेन लगाएत बिश्वका अधिकांस देशमा फैलिएर महामारीको रुप लिएको छ। यो लेख तयार गर्दा (अप्रिल १७) सम्म गुगल कोरोनोभाइरस म्याप अनुसार कोभिड -१९ बाट बिश्वमा २,१५३,६२० जना संक्रमित छ्न् भने ५,४२,१४३ उपचार पछि निको भएका छ्न् भने १,४३,८४४ मानिसहरूको मृत्यु भएको छ। अमेरीकामा सबैभन्दा बढि ६,७५,२४३  जना संक्रमित छ्न् भने ५५,५६१  जना रोग उपचार पछि निको भएका छ्न् भने ३४,५६२ जनाको मृत्युु भएको छ। त्यस्तै इटालीमा १,६८,९४१ संक्रमित छ्न्  भने ४०,१६४ को उपचार पछि निको भएका छ्न भने २२,१७० को मृत्यु भएको छ ।त्यस्तै  स्पेनमा १८५,३०९ संक्रमित छ्न् ७४,७९७ निको भएका छ्न् भने १९,५१६ को मृत्यु भएको छ। यस महामारीले विश्वभरका सबै जसो देशहरूमा व्यापक मानवीय र आर्थिक क्षति गरेको छ।

लेखक

विश्वका एक के एक धनी राष्ट्रहरु अमेरिका, इटाली,स्पेन लगायत थुप्रै देशहरु कोरोना भाइरसको महामारी रोक्न असफल भएका छ्न। सरुवा रोगले मरिदैन भन्ने यूरोप र अमेरिका कोरोना अघि निरीह भए। अफ़्रिका र एसियाले पनि घुडा टेक्न लागेको छ। उच्च स्तरको स्वास्थ्य सेवा र सुबिधा सम्पन्न देशहरू  कोरोना भाइरस सामु शक्तिहिन भएर घूँडा टेक्न बाध्य भएका छ्न् । संसारलाई  कोरोनाले यसरी टक्‍क रोकिदिएको छ। अनि बिज्ञान र प्रविधि छ्क्क परेको छ । जुन काम अरू कसैले गर्न सक्दैन। यद्यपि थुप्रै देश र सयौं बैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको औषधि र खोपको आविष्कारको लागि लागिपरेका छ्न् । तर ठोस परिणाम आएको छैन्। विश्वको अर्थतन्त्र लगातार ओरालो लागेको छ। जसले आर्थिक मन्दी र संकट भित्रिने निश्चित भएको छ। अत्यन्तै धेरै आर्थिक, मानविय र सामाजिक क्षति भएको छ । अझै हुनेवाला छ।

कोरोना महामारीले पुँजीवादको पुरानो रूप ध्वस्त होला जस्तो  छ । आत्मनिर्भरता र ब्यक्तिगत सिर्जनशिलता अगाडि आएको छ। समाजवादको हालत पनि राम्रो छैन् । आधुनिकवाद, भौतिकवाद र वैज्ञानिक आविष्कार पनि हायल कायल अवस्थामा पुग्दै छन् । विज्ञानको यो मार्ग, हातहतियारको होडबाजी र विश्वव्यापीकरणको अन्त्यको संकेत दिदैछ । तर, इन्टरनेट र सामाजिक सञ्जालको व्यापक विकास भएको छ।प्रभावकारी सूचनाको यूग सिर्जना गरेको छ र  खास सन्देश दिएको छ।

कोरोना महामारीमा नेपालको अवस्था

नेपालमा पहिलो  कोरोना संक्रमित आजभन्दा चार महिनाअघि नै चीनबाट आएका एक  नेपाली युवामा देखिएको थियो । जो निको भएर घर फर्किएका छ्न्। चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएर  ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी युवतीलाई  चैत्र १० गते सोमबार कोरोना पोजेटिभ देखिए संगै  उनी दोस्रो कोरोना संक्रमित हुन् पुगिन्। त्यस्तै नेपालमा तेस्रो व्यक्तिका रुपमा चैत्र ६ गते दुबईबाट काठमाडौ आएका धादिङका युवकमा कोरोना संक्रमणको पुष्टि भयो। त्यस्तै दुबईबाट आएका उपत्यका बाहिरका कैलालीका  ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिए सँगै उनी चौथो संक्रमित बने।त्यस्तै बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया बाग्लुङ घर भएकी युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी नेपालको पाचौं संक्रमित भइन्।

कैलालीकी ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार  भाउजुलाई कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गर्‍यो। ड्ब्लुएचओका अनुसार यो  लोकल ट्रान्समिसन हो। यो लेख तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ उनीहरुको उपचार भइरहेको छ भने चीनबाट आएका एक युवा उपचार पछि निको भएर  घर फर्किएका छ्न्।

तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । लेख तयार गर्दासम्म नेपाल तेस्राे चरणामा पुगिसकेको छैन्। यो खुशीको कुरा हो।

काठमाडौ को शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालको सातै प्रदेशमा, कोशी अस्पताल,वीर अस्पताल र अन्यमा कोरोना भाइरसको परीक्षण हुन्छ। नेपालका तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारहरु कोरोना महामारीको रोकथामको लागि कम्मर कसेर लागेको छ्न्।  विदेशबाट आएकाहरुलाई सुरक्षाकर्मी र स्थानीय प्रतिनिधिले  ट्रेसिङ गरि खोजी खोजी निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन कक्षमा लगेर १४ दिनसम्म निगरानीमा राखिएको छ। उनीहरुको कोरोना परिक्षणको लागि रयापिड रेस्पोन्स टिमले काम गरेको छ। द्रुत परिक्षण संचालन गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाका अनुसार र्‍यापिड टेस्टबाट कोरोनाको परिक्षण  नेपालको ६९ जिल्लामा गरिएको छ।  तीनिहरुको फेरि पिसिआर टेस्ट गरि कन्फम गरिन्छ । नेपालमा अहिलेसम्म १९,४३२ जनाको कोरोना टेष्ट भएको छ भने  ४,९०१ जना क्वारेन्टाइनमा छ्न् भने १०३ जना आइसोलेसनमा छ्न् । त्यसमा २४७ जना रेड जोनमा छ्न्। कोबिड-१९ को एन्टिबडि ( आइ जी एम ) टेस्ट गर्न शुरु  गरिएको छ।

पछिल्लो समय सरकारले लकडाउन थपेर  बैशाख २५ गते(सम्पादित) सम्म पुर्‍याएको छ। अत्यावश्यक बस्तुको आपूर्ति ब्यवस्था मिलाइएको छ भने विपन्न ब्यक्तिहरु, मजदूर र गरिवहरुको विवरण संकलन गरि स्थानीय पालिकाहरुले राहत प्रदान गरिरहेका छ्न्। जसको प्रयोजननार्थ केन्द्र सरकारले हरेक पालिकालाई  आर्थिक सहयोग गरेको छ। प्रदेश र स्थानीय सरकारहरुले आफै पनि आर्थिक संकलन गरेका छ्न् र उक्त रकमबाट कोरोना भाइरस कोष स्थापना गरि राहत प्याकेज घोषणा र वितरण गरिरहेका छन्।

कोरोनाको महामारीबाट बच्ने उपयाहरु

•कोरोना नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गर्ने :

स्वास्थ्य मन्त्रालय  र ड्ब्लुएचओ मिलेर कोरोना भाइरस नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गराउनुपर्छ । त्यसको लागि राज्यका संयन्त्रहरुको परिचालन गर्ने ब्यवस्था मिलाउनु पर्छ । जो सरकारले मिलाएको पनि छ। कोरोना संक्रमित देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने काम हुनुपर्छ । संक्रमित भेटिए तत्कालै आइसोलेसनमा राखेर उपचार शुरु गर्ने गर्नुपर्छ । नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति  ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको बताएका थिए। यी रणनीतिहरुलाई वास्तविक कार्यनीति र कार्यान्वयनमा ल्याउनुपर्छ।

•श्रोत, सामग्री र जनशक्तिको तयार गरि परिचालन गर्नेः
माक्स, पिपिइ,थर्मल गन, टेस्ट किड, र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) ,पिसिआर टेस्ट  मेडिसिन्, क्वारेन्टाइन, आइसोलेसन वार्ड, भेन्टिलेसन जस्ता श्रोत र सामग्रीको तयारी गर्नुपर्छ । जसको लागि आवश्यक रकम आन्तरिक तथा बाह्य श्रोतबाट जोहो गर्नुपर्छ। स्वास्थ र विज्ञ जनशक्ति तयार गरेर राख्नुपर्छ जसको लागि तालिम,गोष्ठी संचालन गर्नुपर्छ । हाम्रो जस्तो मुलुकले चीन, भारत कोरिया, जापान जस्ता देशबाट श्रोत तथा विशेषज्ञको माग गर्नुपर्छ।

•लकडाउन,बन्दाबन्दी वा घरबन्दी  गर्नेः
यो लेख तयार गर्दा सम्म नेपाल, भारत, अमेरिका, स्पेन इटाली जस्ता थुप्रै देशहरू लकडाउनमा छ्न्। केही देशहरूले सेमी लकडाउन गरेका छ्न्।अत्यावश्यक बाहेक सबै जनताहरुलाई घर भित्रै बस्न सुझाइएको छ। विश्व स्वास्थ्य संगठनले लकडाउन नै यो महामारी रोक्ने एउटा प्रभावकारी उपाय भनेको छ । अझ हाम्रो जस्तो गरिव देशको लागि त यो रामबाड नै हुन्छ ।

•सामाजिक दूरी कायम राख्नेः
कोरोना संक्रमण रोक्ने प्रभावकारी विधि हो सामाजिक दुरी कायम राख्नु।अत्यावश्यक सामान किन्दा होस या घरमै बस्दा समेत भौगोलिक दुरी कायम गर्दा कोरोनाको संक्रमणबाट बचिन्छ।

•क्वारेन्टाइन ,आइसोलेसन र सेल्फ क्वारेन्टाइनमा नियमपूर्वक बस्नेः
संक्रमित देशबाट वा संक्रमितको सम्पर्कमा आएको ब्यक्ती कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने नियमहरु पालना गर्नुपर्छ। संक्रमणको आंशका गरिएको ब्यक्तिको स्वाव परिक्षण गरि पोजेटिभ देखिए आइसोलेसनमा राखेर तुरुन्त उपचार शुरु गर्नुपर्छ। आत्मा अनुशासनमा रहेर अरुको सम्पर्कबाट टाडा रहेर कोरोना भाइरसको संक्रमणबाट बच्न  सकिन्छ।

•धैर्य, साहास र उच्च मनोबल राख्नेः
धैर्यता,आत्मसंयम र अनुशासन नै कोरोना जित्ने अस्त्र हुन् । हो,सफलताको लागि तीन चिजको आवश्यकता पर्दछ -लगनशीलता, धैर्यता र सकारात्मक सोच। ती मध्ये धैर्यता सफलताको एउटा महत्वपूर्ण  कुञ्जी हो।  धैर्य धारण गर्ने व्यक्ति एक यस्तो ब्यक्ति हो जसले पक्कै पनि जित्नेछ।
अहिले हामीलाई कोरोना भाइरससँग लड्न धैर्यता र संयमता चहिएको छ। भनिन्छ ,मानिस परिस्थितिले होइन मनस्थितिले टुट्छ। त्यसैले मनस्थिति बलियो बनाउनु पर्छ। मनस्थिति बलियो बनाउन धैर्यवान हुनुपर्छ। आत्मविश्वास र आत्मबल उच्च हुनुपर्छ। सकारात्मक सोच राख्ने, सहनशील हुने, बिषय वा घटनालाई छुट्टै दृष्टिकोणबाट हेर्ने, आत्मबिश्वास राख्ने हो भने आत्मबल उच्च भइ  कोरोनाबाट बच्न सकिन्छ।

•संतुलित भोजन गर्नेः
कोरोनाबाट बच्न लागि शारीरिक अभ्यास र खानपानमा  ध्यान दिन जरुरी हुन्छ । खानपानमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ , प्रोटिन, खनिज, भिटामिन, पानीको संतुलित मात्रा मिलाउनु पर्छ। भिटामिन सि को लागि कागती खानुपर्छ। तातोपानी, बेसार, लसुन र अदुवाको सेवन गर्नु राम्राे मानिन्छ। यसले आन्तरिक रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्न मद्दत मिल्छ।

•विविध पक्षमा ध्यान दिने ः
घर आगन सफा राख्नुपर्छ।खासगरी ट्वाइलेट,किचेन,बेडरुममा सेनिटाइजेसन या डिसइन्फेकसन गर्नुपर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।टेवल कुर्सी,चाबी धोका फुछेर सफा गर्नुपर्छ।  बाहिर गएर आएपछि सावुनले मिचिमिची हात धुने गर्नुपर्छ।हेण्ड सेनिटाइजरले हात धुनुपर्छ। साबुन पानीले हात धुने, माक्स लगाउने, बाहिर भरसक नहिड्ने।हिड्नैपरे एन नाइन्टिफाएभ माक्स लगाएर मात्र हिड्ने।हिड्दा भौतिक दुरी कायम गर्ने। बेला बेला साबुन पानीले मिचिमिची कम्तिमा २० सेकेन्ड हात धुने गर्नुपर्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले दिएको मापदण्डलाई सकभर आधार बनाएर काम गर्नु पर्छ । संक्रमितको खोजी,उपचारको व्यवस्था  र सतर्कताका नियमहरु आत्मसात गर्नुपर्छ।

कोरोना महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु

कोरोना महामारीले ल्याउने आर्थिक चुनौती पहिलो नम्बरमा हुनेछ। आर्थिक मन्दी हुने हुँदा  जनताका आवश्यकता पूर्ती गर्न चुनौती हुनेछ । अझ एसिया र अफ्रिकाका गरिब देशहरु  भोकमरी र कुपोषणको चपेटामा पर्नेछ्न् । विकसित देशहरुले अल्पबिकसित देशहरुलाई दिने ऋण र अनुदानमा कटौती गर्नेछ्न् । जसले अल्पबिकसित देशहरूले बजेटमा कटौतीको चुनौती ब्यहोर्‍नु पर्नेछ । जसको अहिले नै लक्षण देखिसकिएको छ।

विज्ञान र प्रविधिका कारण खुम्चिदै गएको रोजगारीमा यो महामारीले गर्दा विश्व बजारमा २.५ करोड रोजगारी गुम्ने आंकलन अन्तराष्ट्रिय श्रम संगठनले गरेको छ। अल्पबिकसित देशका श्रमिकहरुले आफ्नो रोजगारी गुमाउने हुदा रेमिटेन्समा कमी हुन्छ।

विश्वले सामाजिक चुनौती पनि खप्नुपर्नेछ। विश्व भरिको शैक्षिक क्यालेन्डर प्रभावित भएको हुनेछ। रोग लागेर निको हुनेहरुको स्वास्थ्यमा खरावी आउने पुनः अर्को स्वास्प्रस्वास सम्बन्धि रोगहरुले सजिलै आक्रमण गर्दैन भन्न सक्ने अवस्था छैन । अहिले दीर्घ रोगिहरुले शारीरिक र मानसिक समस्या भोगिरहेका छ्न्। नियमित उपचार र ओपिडी सेवा बन्द हुदा इतर बिरामीहरु मर्कामा छ्न्।

राजनैतिक क्षेत्रले पनि जनताहरुको बिश्वास गुमाउने खतरा छ । व्यवस्था परिवर्तनको  चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । मार्क्सवादी र पुँजीवादी व्यवस्थाको विकल्प खोज्ने सक्ने छ्न्। त्यो पनि सहज भने हुने छैन् । वातावरण संरक्षणको चुनौती पहिल्यै देखिको चुनौती थियो, त्यो झन दोहन हुनेछ र उच्च जोखिम हुनसक्छ।

मनोबैज्ञानिक त्रासको वातावरण सिर्जना हुदैन भन्न सकिने छैन् । बालबालिका र वृद्धलाई समस्या ज्यादै भएको छ। मनोरोगीको संख्यामा पनि वृद्धि हुनेछ।

नेपालमा अगाडि देखिएका चुनौतिहरु

कोरोनाको महामारीले गर्दा नेपालको कूल ग्राहश्थ उत्पादनमा कमी आउने छ । औद्योगिक उत्पादन, कृषि जन्य उत्पादन, होटल तथा पर्यटन व्यवसाय ,यातायात व्यवसाय तथा चलचित्र उद्योगमा गम्भीर चुनौती खडा भएका छ्न्। भन्सार क्षेत्रबाट कम शुल्क संकलन हुने, कर संकलनमा कमी हुने, छुट दिनुपर्ने, ऋण मिनाहा गर्नुपर्ने, राहात प्याकेज दिनुपर्ने हुदा बित्तीय तथा आर्थिक क्षेत्रमा असंतुलन पैदा हुन सक्छ।

सामाजिक क्षेत्रमा पनि चुनौती थपिने छ। शैक्षिक क्यालेन्डर लागु हुन नसक्ने अवस्था आएको छ । कक्षा १० को एसईई र कक्षा ११ र १२ को वार्षिक परिक्षा प्रभावित भएका छ्न् । खुद्रा व्यापार तथा कृषिको बजारिकरणका समस्या छन् । अहिले अत्यावश्यक वस्तुको आपूर्तिमा चुनौती देखिएको छ।औषधि ,खाद्यान्न ,कृषिबाली भित्र्याउने तथा थन्काउने चुनौती छ।

श्रमिकहरुले श्रम गर्न नपाउँदा उत्पादन र रोजगारी गुम्ने भएको छ। गरिव तथा असाहयहरुलाई भोकमारी र कुपोषणको समस्याले पिरोलेको छ। राहत वितरणमा समेत समस्याहरु पैदा भएका छ्न्।  रेमिटेन्सले धानेको अर्थ व्यवस्थामा बिदेशबाट रोजगारी गर्ने मानिस नै नेपाल आएपछि दोहोरो चुनौती थपिएको छ।

कोरोना महामारीले विश्वलाई दिएको सन्देशहरु

अबका दिनमा विश्व सहकार्य, एकता र भाइचारा प्रगाड हुनुपर्ने देखिएको छ। विज्ञान प्रविधि र तथ्यांकहरुको वास्तविक साटासाट गर्नुपर्ने छ ।  प्रभावकारी संचारको महत्व बढेर गएको छ। अहिले सबै एकजुट भएर औषधि र भ्याक्सिन पत्ता लगाउनुको विकल्प छैन। हामीले बनाएको मेसिन, हाम्रो आर्थिक, सामाजिक, राजनीतिक व्यवस्था पुनर्विचार गर्नुपर्ने कोरोना कहरले जनाउँ दिएको छ। धनी राष्ट्रहरुको हालत देख्दा अब धनले मात्र सुख र स्वास्थ्य उपलब्ध हुने रहेनछ र त्यसको लागि मानबियता र मानव मूल्यलाई भूल्न नहुने भन्ने कुरा स्पष्ट हुन्छ। यो मात्र होइन धनी राष्ट्रले गरिव राष्ट्रलाई सघाउनु पर्ने पनि देखिन्छ ।

अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल  हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ।

अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल  हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ।

हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ। कोरोना महामारीले नयाँ भविष्यको कल्पना गर्न र बिश्व एउटा देश हो भन्ने बोध गरेको छ। सबै धर्मजाती वर्ग र पेशाकर्मी एउटै हुन्, त्यसैले मानवताको लागि एकै ठाउँ उभिन संकेत गरेको छ। हुनपनि के मन्दिर, के चर्च र के मस्जिद सबै बन्द छन् । विज्ञानको भरोसा र अपेक्षामा प्रतीक्षारत छ्न्।

यो अवस्थाले आणविक शक्तिसम्पन्न हुनुभन्दा स्वास्थ्य सेवा सुबिधा सम्पन्न, नैतिक र चरित्रबान हुनुपर्ने रहेछ भन्ने सन्देश दियो । मानिसले कुन कुन प्राणीको मासु खान हुन्छ ? वा मासु नै खानु हुन्न कि भन्ने प्रश्न खडा गरिदिएको छ। चिनियाँहरुको अनौठो मासु बजारको प्रतिबन्धको संकेत समेत गरेको हुनुपर्छ । यस महामारीले हामीलाई परनिर्भरताको सिद्धान्त अन्तर्गत  वैदेशिक सहयोगमा आधारित विकास प्रणालीको अन्त्यको र आफ्नै स्थानीय उत्पादनले समाज विकासको मार्गमा लम्कनु पर्ने सन्देश दिएको छ।

अबको राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, स्वास्थ्य र शिक्षाले परनिर्भरताको सिद्धान्तमा आधारित आधुनिकतावाद पूर्ण रूपले छोड्नुपर्दछ र आत्मनिर्भर हुनुपर्दछ । अवको भविष्यको नीति  राजनीति तथा भौगोलिक सिमा भन्दा पर पुगेको हुनुपर्ने कुरामा यसले सन्देश दिएको छ।

हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु

कोरोना भाइरसले संसारमा ‘आर्थिक मन्दी’ ल्याउने निश्चित छ । अहिले नै आर्थिक सूचकांकहरु ओरालो लागेको देखिएको छ। अन्तरास्ट्रिय मुद्रा कोषले एसियाको आर्थिक वृद्धि शुन्यमा झर्न सक्ने अनुमान गरेको छ । उत्पादन,व्यापार ,बजार,लगानी र रोजगार का क्षेत्रहरू नराम्ररी प्रभावित भएका छ्न्।तर, यसलाई कसरी डिल गर्ने ? यसबारे विश्वले एकजुट भएर सोच्नुपर्छ र रणनीति बनाउनुपर्ने छ। पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य र एकता गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ । त्यसको नेतृत्व चीन या अमेरिका कसले लिने भन्ने प्रश्न पनि उठनसक्छ तर मिलेरै त्यसको पनि निश्चित गर्नु राम्रो हुन्छ।

नेपालको अर्थव्यवस्था वैदेशिक साहयता, ऋण,अनुदान आदिमा धेरै नै भर परेको छ।कोरोनाको महामारीले बिश्वलाई नै जर्जर बनाएको बेला नेपालको बजेटमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। नेपालका वर्तमान अर्थमन्त्री युवराज खतिवडा भन्छन्, ‘कोभिड-१९ महामारीले अर्थतन्त्रमा झन्डै दुई खर्ब रुपैयाँको नोक्सानी हुन सक्छ।´ ४० लाख नेपाली वैदेशिक  कामदारहरूले पठाउने रेमिटान्सले धानेको देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पर्ने छ।किनकि उनिहरुको रोजगारीमा सिधै प्रभाव पर्छ। कतिको त रोजगारी गुमी सकेको छ। अष्ट्रेलिया र अमेरीकाले नेपाली कामदारहरू र विद्यार्थीहरुलाई घर जान आव्हान गरेको समाचार आएका छ्न् । अर्कोतिर यदि नेपाल सरकारले कृषि नीति राम्रो बनाउने हो र अहिले नेपाल भित्रेका नेपाली कामदारको उपयोग गर्ने हो भने नेपालको अर्थव्यवस्थामा मौलिकतामा आधारित भई आत्मनिर्भरताका लागि अगाडि बढ्ने अवसर समेत हुनेछ।

मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु

कोरोनाको महामारीले मानव सभ्यता र संस्कृतिमा नकारात्मक असर पारेको छ । मानव कति समय सम्म सुरक्षित रहन सक्छ भन्ने प्रश्न सतहमा आएको छ। कतै इतिहासमा त सीमित हुदैन् डाइनोसर जस्तै। अहिले हाम्रो मन्दिर, चर्च, मस्जिद पनि बन्द छ्न् । हामाले मान्दै आएका चाड पर्व, रितिरिवाज पनि घरभित्रै सीमित भएका छ्न्। कोरोनाले गर्दा लकडाउनमा भएकाले भर्खरै नेपालीहरुले नयाँ वर्ष २०७७ साल हर्षेउल्लासपूर्ण तरिकाले मनाउँन पाएनन्। कोरोनाको कहरले अन्य थुप्रै चाड्बाड मान्न पाइएन्। रमाइलो बाताबरण छैन्। त्रासमय छ। भोलि के हुने भन्ने निश्चित छैन्।

मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु

मानवजातिको भविष्य उज्ज्वल गर्न विश्व सहकार्य, एकता र भाइचारा हुनुपर्ने देखिएको छ। भविष्यमा हुने जैबिक हतियार निर्माण र प्रयोगमा प्रश्न तेर्सिएको छ। त्यस्तै बम, बारुद, गोला, फाइटर प्लेन र आणविक भट्टी निर्माण गर्न सोच्नुपर्ने छ। किनकी यिनले कुनै न कुनै दिन मानव सभ्यता नष्ट गर्नेछ भन्ने तत्व ज्ञान यो महामारीले दियो।

अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ।

अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ। कोरोना भाइरसको खोप तथा औषधिको निर्माणमा सबै देशहरू एकै ठाँउमा आउनुपर्ने छ। हरेक देशहरूले परनिर्भरतालाई कम गर्दै आत्मनिर्भर हुनुपर्ने छ।

माक्सबादमा देखिएको शंका, पूँजीवादको बिरोध,अन्तरसम्बन्ध र वर्ग संघर्षमा रुमलिएको हुनाले अर्को नयाँ बैकल्पिक राजनीतिक प्रणाली चाहिने छ, जुन सजिलो छैन् । चुनौतीपूर्ण हुनेछ । रोजगारी सिर्जना गर्ने क्षेत्रको पहिचान र रोजगारी कायम गर्न समेत चुनौतीपूर्ण हुनेछ।

वातावरण र जीव जगतमा पर्ने असर

कोरोना महामारीका कारण बिश्व लकडाउनमा छ। यतिबेला सडक, घर, भवनमा डिसइन्फेक्सन गरिएको छ। सेनिटाइज गरिएको छ। किरा मार्ने विषाधिहरु दिनहुँ छिटिएको छ, जसले गर्दा हावापानी माटो विषालु भएको छ । सबै जसो मानिसहरू कोठा मै सीमित भएकाले सडक, घर तथा जंगलका जीवजन्तुहरु खासगरी कुकुर, बिराला, चराचुरुङ्गीहरु लोप हुने अवस्था आएको छ । मानवको अस्थित्वमा र  स्वास्थ्यमा गम्भीर असर गरेको छ।यसले मानव जीनमा समेत प्रभाव पर्न सक्छ।जसले इकोसिस्टममा गम्भीर असर पर्ने निश्चित छ।

अर्कोतिर प्राकृतिक वातावरणमा स्वच्छता कायम भएको छ। जस्तै नदि तथा समुन्द्रको पानी सङ्लो भएको, आकाश खुलेको र कहिल्यै नदेखिएका हिमाल देखिएका छ्न् । यो प्राकृतिले आफ्नो अनुकुलताको लागि रचेको प्राकृतिक कुरा त हैन भन्ने समेत गरेको पाइन्छ।

कोरोना महामारी बिरुद्ध सबै देशहरु आफ्नो राष्ट्रको सिमा भन्दा माथी उठेर एकता, सहयोग र सहकार्य गर्दै मानवताको पक्षमा काम गर्ने, आत्मनिर्भरतातर्फ अघि बढ्ने, प्राकृतिक संतुलन बनाइराख्ने र बिद्यामान राजनीतिक,आर्थिक र सामाजिक व्यवस्थाको पुनः बिचार गर्दै सबै राष्ट्रहरु एकै ठाउँमा उभिने हो भने हाम्रो भविष्य सुरक्षित हुन सक्छ।नत्र भन्न सकिन्न । के थाहा ?  फेरि  यो भन्दा ठूलो महामारी आउँदैन भनेर । अब नयाँ विश्वको सिर्जना गर्ने बेला आएको छ।कोरोना भाइरसले ल्याएको चुनौती र महामारीलाई अवसरमा रुपान्तरण गर्ने बेला भएको छ। यो हाम्रै हातमा छ।

सुनपकुवा मा.बि., उर्लाबारी-२ मोरङ
curiouspandey2035@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.