आफू बचौं र अरुलाई पनि बचाऔं

  २०७७ वैशाख २० गते ११:२२     राधा फुलारा


विपत्ती कहिल्यै न बाजा बजाएर आउछ न कुनै पूर्व सूचना दिएर आउँछ । यसले नत कुनै धर्म चिन्छ, न कुनै जात, न कुनै धनीलाई चिन्छ न कुनै गरीब यो जति बेलानि आउन सक्छ । सबैभन्दा सचेत प्राणी मानिस भएकाले पनि बरु पूर्व तयारी गरी हामी बच्न सक्छौँ । यो विपत्ती पनि पहिलो पटक हो भन्न मिल्दैन । बरु यस्ता धेरै विपत्तीको सामना गदै विश्व अगाडि बढिसकेको छ ।

यति बेला बिश्व जगत नै बिषम परिस्थितिमा अर्थात संकटको घडिमा छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीले आक्रान्त छ । आमनागरिकहरु त्रसित बनेका छन । करिब डेढ अर्ब जनसङ्ख्या रहेको, आर्थिक हिसाबले दु्त गतिमा दौडिरहेको राष्ट्र चीनलाई नै पहिलो पटक यस माहामारीले आफ्नो पकट क्षेत्र बनायो । चीनको पूर्वी वुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस गत पुस (२०१९ डिसेम्बरमा) सबैभन्दा पहिला पत्ता लगाएको यस भाइरसबाट बिश्वभरी बैशाख ५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ८८ रहेका छन् । कोरोना भाइरस (कोभिड –१९) को माहामारीमा आफ्नो ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

यस माहामारीले विश्वलाई नै चुनौति दिएको छ । विश्वका शक्तिशालि मानिने राष्ट्रहरु तनाब अनि चुनौतिबाट गुज्रिरहेका छन् । कोरोना विरुद्ध लड्न हर सम्भब कसरत गरिरहेका छन् । सुरुवाति चरणमा चीनको मात्रै समस्याका रुपमा हेरिको यस माहामारी अहिले विश्वब्यापि रुपमा आतङ्क मच्चाइरहेको छ । सबै भन्दा घातक मानिएको यो रोग अझै फैलदै छ । यसले झन ठूलो माहामारी भयावह मृत्युको रुप लिइरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु देखि विकासोन्मुख सम्मका राष्ट्रहरु यस माहामारीबाट ग्रसित भएका छन । आज कुनै पनि मुलु विश्वव्यापिकरणले गर्दा कुनै न कुनै हिसाबमा हरेक मुलुकसँग जोडिएर परिपूरक बन्दै आएका छन । एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्नुको सट्टा चीनलाई ब्यङ्ग्य गर्ने राष्ट्रहरुले आफ्नो राष्ट्रमा तयारी गरेको भय यस माहामारीले भयावह संकटबाट लड्ने प्रेरणा प्रदान गरेको भए आज बिश्व जगतनै यो त्रासमा बच्नुपर्ने थिएन कि ?

लेखक

भारतमा समेत संक्रमणको दर निकै नै फैलिदै गएको देखिन्छ । २१ औँ शताब्दिको यो माहामारी कहाली लाग्दो छ । मानिसले प्रकृतिलाई जित्न सबै थोक बनायो । तर अझै पनि मानिस प्रकृतिभन्दा तलनै छ । प्रकृतिलाई जित्न अझै सकेको छैन । कोरोना भाइरस (कोभिड –१९) को माहामारी बाट बच्न अहिले मानिसहरु यस भाइरस सँग युद्ध लडिरहेका छन । यस युद्धसँग लड्न नियन्त्रण गर्न विश्व फाईटर बनिरहेको छ । तर प्नि यसलाई उत्कर्षमा पुर्याउन सकिरहेका छैनन । अहिले विश्वका शक्तिशाली भनिएका देशहरूलाई समेत आफ्नो पकडमा पार्न सफल भएको छ । यो कोरोनाभाइरस कस्तो जीव होला जो मृत्युलाई यती सस्तो अनि सहज बनाइ रहेको छ ? कोरोना भाइरसले सामान्य मानिसलाई मात्र होइन ठूला ठूला शासकहरूलाई पनि छोडेको छैन वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समेत संक्रमण पाइएको छ । विश्वलाईनै अहिले यो माहामारीले चुनौति थपेको छ । ठूला–ठूला यन्त्र र वन्दुकको आडमा आफूलाई शक्तिसालिको दम्भ देखाउने देशहरुमा समेत कोरोनाले चकनाचुर बनाईदिएको छ ।

यो भाइरसले गर्दा विश्वभरनै मानव मानवबीचको दूरीलाई टाडा बनाएको छ । संसारभरि २०० भन्दा बढि देशमा लकडाउनको कारण अरबौ जनसंख्या घरमै बस्न बाध्य भएका छन । विश्वमानव जगत कोलाहलबाट शान्त भएको छ । तर यसले गर्दा संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुरावस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जिने प्रष्टै देखिन्छ । संयुक्त राष्ट्र संघले जनाए अनुसार कोरोना भाइरस महामारीको कारण विश्वभर ५० करोड मानिसहरु गरीवीमा धकेलिने र लाखौ लाख व्यक्तिहरु बेरोजगार बन्ने आंकलन गरेको छ । इन्र्फमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता देखि अन्तरिक्ष माथिको विजयमा पनि आज उयाय बिहिन मनोेदशामा गुज्रिरहेको छ । विश्वले नै यस महामारीले लाखौंको मृत्यु र खर्बौ आर्थिक क्षति व्यहोर्नु परेको छ । लाखौले ज्यान गुमाउनु परेको छ । समस्याको तात्कालिन नियन्त्रण गर्न र दीर्घकालिन समाधानका लागि पनि विश्वलाई नै चुनौति थपिएको छ । संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुराबस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जीने प्रष्टै देखिन्छ ।

भारत र चीन नेपालका एकदम नजिकका छिमेकी राष्ट्र हुन । छिमेकी राष्ट्रमा भएका राम्रा तथा नराम्रा गुणहरु नेपालमा सर्नु स्वभाबिक नै हो । नेपाल पनि कोरोना भाइरसको अछुतोबाट बच्न सकेन । नेपाल पनि यस माहारीको उच्च जोखिममा रहेको छ । माघ १० गते नेपालमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमण तुलनात्मक रुपमा न्युन नै छ ।

विदेश तथा छिमेकी देशहरुबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुलाई परिक्षण गरी घर समेत पठाएको छ । अझै धेरै व्यक्ति क्वारेन्टाइनमा छन् । सबै सीमा नाकाहरु शिल गरेको भएता पनि अझै थुप्रै व्यक्तिहरु लुकिछिपि नेपाल भित्रिने गरेका छन । ती मानिसहरु धेरै त कोरोना संक्रमित मुलुकहरुबाट नै आएका छन । विकसित देशहरुको तुलनामा नेपालमा यो संख्या निकै कम हुनुमा नेपाल सरकारले समयमै देश पूर्णरुपमा लकडाउन, अन्र्तराष्ट्रिय विमानस्थल बन्द, सीमा नाका शिलबन्द जस्ता निकै सरहानिय प्रयासहरु हुन् । अरु देशहरुबाट नेपाली जनताले पनि धेरै ठूलो पाठहरु सिकि संक्रमण फैलिन नदिन पूर्णरुपमा जनताले इमान्दारीताका साथ लकडाउनको पनि पालना गरिरहेका छन । आम जनाताको केहि यस्तो पनि बुझाई छ कि नेपालीहरुको रोगसँग लड्ने क्षमता छ र कोरोना भाइरस फैलनका लागि नेपालको वाताबरण हावापानी पनि रोक्न मद्दत गर्छ । सरसर्ती हेर्दा विश्वास पनि लाग्दछ । सामान्यतया सरुवा रोगका भाइरसहरु मौसम परिवर्तन हुने समयमा बढी क्रियाशील हुने बैज्ञानिक आधारहरुले पुष्टि गरेको छ । मौसम परिवर्तन हुने समयमै वा गर्मियाममा यस्ता माहामाहारीहरुको जोखिम आफैमा बढि हुन्छ । कोरोना भाईरस कम तापक्रम भएका ठाउँहरुमा व्यापक फैलिएको देखिन्छ

कोरोना भाइरस माहामारीको असर नेपालमा पनि आर्थिक, सामाजिक, र सास्कृतिकमा क्षेत्रमा गम्भीर रुपमा असर पर्ने देखिन्छ । र, परिरहेको पनि छ । नेपालको प्रमुख आर्थिक स्रोत पर्यटन, कृषि र रेमिटयान्स भएको हुँदा पनि यो निकै प्रभाबित बनेको देखिन्छ । जसले गर्दा विदेशी मुद्रा आर्जनमा प्रभाव पार्ने देखिन्छ । लाखौँ नेपालीहरु वैदेशिक रोजगारका निमित्त विभिन्न देशहरमा जाने गरेका छन । यो महामारीको कारण सबै देशहरुमा रहेका नेपालीहरु ईमान्दारिपुर्वक आफनै कोठामा लकडाउनमा छन । उनिहरुले खाफ्नो दैनिकि जिबनमा समेत समस्या भोगिरहेका छन भने नेपालमा रेमिटयान्स नपठाउन पाएपछि रेमिट्यान्सले धानेको देशको अर्थतन्त्रमा घाटाको हिसाब किताब गर्न सकिने अवस्था नै छैन । देशले चौतर्फी घाटा बेहोर्दै छ । नेपालमा गम्भीर आर्थिक संकट देखिन्छ । यस्तै नेपालमा रहेका विभिन्न कम्पनी, संघ, संस्था बन्द हुने अबस्थामा पुगेका छन । धेरै व्यक्तिहरु बेरोजगारको चपेटामा पर्ने पनि देखिन्छ । अर्थतन्त्रलाई मजबुत बनाउन र बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले सरकारले निकै तामझामका साथ उद्घाटन गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको पर्यटन व्यबसाय पनि नराम्ररि प्रभावित भइरहेको छ । नेपाल बहुजाति, बहुसस्कृतिक, बहुभाषिकले धनी राष्ट भएको हुदा पनि विभिन्न ठाँउहरु भ्रमण तथा अबलोकन गर्नका निमित्त पुग्ने आन्तरिक पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा देशबासीहरू तथा बिभिन्न ठाँउबाट आएका बाह्य पर्यटक तथा आन्तिरक पर्यटकहरु आ-आफ्नो देशमा फर्किएका छन् । मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुगेका पर्यटकहरु विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग मार्ग गर्छन । यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमका कार्यहरू गर्दा धेरै जनाले रोजगारी पाएका थिए । देशमा लकडाउन भए सँगै सबै चक्नाचुर भएको छ । देशका राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेका छन । तीव्र रुपमा भईरहेका पूर्वाधार विकास निमार्णहरु एकाएक रोकिएका छन । ठूला कम्पनीहरु, उद्योग, व्यापार, उत्पादन, विद्यालय, शिक्षालयहरु बन्द छन । देशको सेयर बजार ओरालो लागिसकेको छ । हवाई उडानहरु बन्द छन् ।

गरीव, मुलुकको सूचीमा रहेको नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का परेको छ । नेपालको मुख्य पेसा कृषि भएको र धेरे कृषि पेशामा नै आश्रित रहेको हुदा पनि यतिबेला कृषकहरुले आफ्नो उत्पादित सामानलाई बजारसम् पुर्याउन नपायर ठूलो घाटा बेहोरिरहेका छन । यस माहामारीको डरले कृषकहरुले आफ्नो लगाएको अन्न बालि पनि भित्रयाउन पाएका छैनन । जसले गर्दा बैंकबाट लिएको ऋण र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भैरहेकोछ ।

डडेलधुरामा काेराेना जाँच हुँदै

कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको र यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूप समेत लिन पाउँदैन । हालसम्म उपचारको उपाय फेला नपरेको कोरोनाको संक्रमण एकबाट अर्को व्यक्तिमा द्रूत गतिमा फैलिइरहेको छ । रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने, जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने, अण्डा तथा मासु राम्रोसँग पकाएर मात्र खाने लगायतका जनचेतनालाई व्यापक बनाउनुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने, स्कुल, कलेज बन्द गर्ने, एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ । रोगको उत्तम उपचार नै अनावश्यक मानव संसर्गमा नियन्त्रण र नियमित व्यक्तिगत सरसफाई हो । यसको रोकथामका लागि भनेर अहिले विश्वभरिनै मानिसको आवागमन र जमघटमा नियन्त्रण गरिएको छ । यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्न ुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ ।

पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ ।

सरकारको प्रमुख दायित्वनै आफ्ना नागरीकको जीवन रक्षा गर्नु हो । घातक सरूवा रोगको महामारीको आपतकालिन समयमा संक्रमितलाई बचाउनु र संक्रमण फैलिन नदिनु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ । तत्काललाई कोभिड–१९ रोगीको उपचार रोगको रोकथाममा केन्द्रित हुनु स्वभाविक भएपनि दीर्घकालमा यो र यस्ता खाले रोगबाट मानव जीवनको रक्षा गर्न यस्ता रोगका मूल कारण र स्रोतहरुको बारेमा विशेष ध्यान दिनु बढी आवश्यक देखिन्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । वन जंगलको जथाभावी विनास रोक्न जनावर विषेश गरेर जंगली जनावरको मासुको उपभोग तथा ओसारपसारमा नियन्त्रण गर्न जरुरी छ । व्यवस्थित शहरको विकास गर्न सके विभिन्न किसिमका सरूवा रोगको महामारीबाट मानव समुदायलाई सजिलै बचाउन सकिने देखिन्छ । तर, हालको मानव समाजमा प्रकृति माथिको जीत नै मानवको हीत भन्ने सोच हाबी भएको पाइन्छ । मानव जीवनशैली अझ बढी अप्राकृतिक हुँदै गएको देखिन्छ । आफू प्रकृतिको एउटा अंश मात्र हो भन्ने वास्तविकतालाई भुलेर आजको मानव आफ्नै धुनमा पृथ्वीको अधिकांश क्षेत्रको सबैजसो स्रोतको अन्धाघुन्ध दोहन बढेको छ । मानव र प्रकृतिको स्वस्थ सम्बन्धबाट मात्र स्वस्थ्य, सभ्य र संबृद्ध समाजको निरन्तरता सम्बभ छ । त्यसैले मानव जाति र सभ्यताको निरन्तर प्रगतिका लागि प्रकृतिमाथिको हालको मानव सोच र व्यवहारमा परिवर्तन हुनु जरूरी छ ।

सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ ।

सर्वसाधारण नागरिकले पनि आ–आफ्नो ठाँउबाट यो कोरोना माहामारी रोकथाम र नियन्त्रणका लागि सरकारका निर्णयहरुको सहिरुपले पालना गरौं । घरमैं बसौं, स्वस्थ्य रहौं । यो महामारी बेलामा जनताको जीउधनको सुरक्षा गर्न सरकारलाई सबैको साथ र सहयोग चाहिन्छ । हालसम्म सरकारको कदमलाई जनसमुदायबाट सहयोग प्राप्त भएकोनै देखिन्छ । अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस कोभिड–१९ बाट बच्न, रोग छिटो छिटो पत्ता लगाउन र उपचार गर्न सबैले केहि संकल्प लिनुपर्ने देखिन्छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । रोगको शीघ्र रोकथामको अभियानमा सम्पूर्ण व्यक्तिहरुलाई सहभागी गराउनेछौँ । हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोनासम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनेछौँ । प्राकृति स्रोत, साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोरोनाभाइरस कोभिड–१९ले पराजित गरेको छ । तसर्थ चाइनिज भाइरस मात्र नभनी सबै शक्तिराष्ट्रका शासकहरू एकठाउँमा उभिई मानव जातिको रक्षको निम्ति यस भाइरसको भ्याक्सीन पत्ता लगाई शताब्दिकै ठूलो महामारीलाई जित्नु पर्ने देखिन्छ ।

बैशाख ५, डडेल्धुरा
radhaphulara51@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.