कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश 

  २०७७ जेठ ८ गते १२:३४     अशोक टन्डन

कोरोना महामारीको विश्वव्यापी अवस्था   

चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड-१९) भाइरसको प्रभाव विश्वभर फैलिसकेको छ । बैशाख ७ गते दिउँसोको १२ बजेसम्ममा यस रोगबाट करिब २३ लाख १० हजार ५ सय १७ जना  मानिस संक्रमित छन् भने करिब १ लाख ५८ हजार ६ सय ९१ जना  मानिसले यही रोगका कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यद्यपि ५ लाख ९० हजार ६सय ८२जना  मानिसहरु निको पनि भएका छन् । एकातिर संक्रमित र मृत्यु हुनेहरुको आंकडा दिनप्रतिदिन बढ्दै गएको छ भने अर्काेतिर प्रायजसो देशहरु लकडाउनमा गएकाले मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । अमेरिका, इटली, फ्रान्स, जर्मन, चाइना लगायतका देशहरुमा यसको ठूलो असर देखिएको छ भने यसको प्रभाव सबैजसो मुलुकमा देखिन थालेको छ । कोरोना महामारीलाई विश्व स्वास्थ्य संगठनले ग्लोबल इमरजेन्सीको रुपमा घोषणा  गरिसकेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुने चेतावनी दिएकी छन् । भर्खरै मात्र संघीय संरचनाहरु अभ्यासरत हुंदै गएको र विकासको एजेन्डालाई प्रमुख रुपमा लिन थालेको नेपाल जस्तो देश पनि विश्व अर्थतन्त्रमा देखापर्ने संकटबाट अछुतो रहन नसक्ने प्रष्ट छ ।

नेपालको अवस्था 

चीनको वुहान शहरदेखि सुरु भएको कोरोना महामारी (कोभिड-१९)ले विश्व आम जगतलाई प्रभाव पार्दा छिमेकी मुलुक नेपाल पनि अछुतो हुन सकेन । पहिला केही दिनमा चीनमा कोरोना  प्रभाव बढोत्तरी हुँदा नेपाल आफ्नो घोषित कार्यक्रम अन्तर्गत भ्रमण वर्ष (२०२०)मनाउने सुरुवाती चरणमा थियो । जब छिमेकी मुलुक चीन लगायत विश्व अरु राष्ट्रमा यसकाे प्रभाव स्वरुप आमनागरिकमा संकट देखा पर्न थाल्यो, नेपालका पर्यटन मन्त्री याेगेश भट्टराई नेपाल कोरोना (मुक्त ) सुरक्षित राष्ट्र हो, भ्रमण गर्न आउनुहोस् भनी आह्वान गर्दै थिए । जब विश्वका अधिकांश देशमा यो महामारी प्रभावबाट मानवीय क्षति, संक्रमित संख्या वृद्धि हुन थाल्यो, यस्तो भयावह अवस्थामा  सावधानी रहन सरकारले पहल कदमी स्वरूप सबै कार्यक्रम स्थगित गरि नेपाल सरकार  सचेतना  नयाँ कार्यक्रमसहित रोकथामका लागि  प्राथमिक चरण अपनाउन थाल्यो । विश्व स्वास्थ्य सङ्गठन नेपाल अत्यन्तै जोमिख राष्ट्रकाे रुपमा  घोषणा गर्यो, जसकाे पहलकदमी स्वरुप भयावह स्थितिबाट बच्न अहिले बन्दाबन्दी लगाएको अवस्था छ । नेपालमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति नै यसकाे केन्द्रबिन्दु चीनको वुहान प्रान्तमा अध्यनरत विद्यार्थी रहेका छन्, जुन विद्यार्थी अहिले निको भइ घर फर्केको अवस्था छ । जहाँ अध्ययरत  १७५ जना विद्यार्थीलाई उद्वार गरि नेपाल ल्याइ क्वारेनटाइन राखिएको थियो, उनीहरु संक्रमित नरहेको हुँदा घर फर्किसकेका छन्।

विश्व अर्थतन्त्रमा कस्तो  प्रभाव

लेखक

कोभिड-१९ संक्रमणको फैलावटको अनिश्चित प्रवृत्तिका कारण विश्व अर्थतन्त्रबारे गरिएका प्रक्षेपण पटक-पटक संशोधन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। सारा विश्व नै लकडाउन अवस्था रहेको हुँदा वस्तु तथा सेवाको माग र आपूर्ति दुबैमा भएको अवरोधकाे कारण कारोबार न्युन हुँदा विश्व इतिहासमै नराम्रो मन्दीको सामाना गर्नु परेको छ । रोजगारी  र आयमा भारी गिरावट हुँदा आम नागरिकको दैनिकी कष्ट कर बन्दै गएको कुरा संयुक्त राष्ट्र संघले बताउँदै आएको छ । हालसम्म विश्वमा २ करोड बढी मानिस रोजगार बिहिन भएको र याे महामारीका कारण ६ कराेड भन्दा बढी मानिस बेराेजगार हुने विभिन्न संस्थाहरूले अनुमान गरिररहेका छन् । उत्पादन  र व्यापारमा वैदेशिक लगानी पनि गिरावट हुने देखिन्छ । अवस्थामा वैदेशिक सहयोग गर्न नसक्ने शक्तिशाली राष्ट्रहरुले घोषणा गर्दैछन् । पर्यटन क्षेत्रमा प्रभावले कुल ग्राह्रस्थ उत्पादन योगदान गर्न नसक्ने हुँदा, जसकाे प्रभाव स्वरूप आर्थिक वृद्धि गिरावट हुने देखिन्छ ।मुल्य र वित्तीय क्षेत्रमा प्रभाव हुँदा मुल्य वृद्धि भइ एकातिर बस्तु मुल्य अवमूल्यन हुने अर्कोतिर तरलता व्यवस्थापन गर्न कठिनाइ पर्ने देखिन्छ । उल्लेखित क्षेत्र प्रभाव हुँदा बस्तु तथा सेवाको उत्पादन र वितरण गतिविधि ठप्प प्रायः हुँदा आर्थिक वृद्धि उल्लेखनीय गिरावट हुनेछन् । केहि  यसै परिप्रेक्षमा एस एन्ड पी ग्लोबल रेटिङ्गले आफ्नो १४ मार्चको अपडेटलाई संशोधन गरी सन् २०२० मा विश्व आर्थिक वृद्धिदर ज्यादै न्यून भई ०.४ प्रतिशतमा झर्ने र सन् २०२१ मा फेरि सुधार भई ४.९ प्रतिशतमा उक्लने प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा संक्रमण द्रुतगतिमा बढ्दै गएकाले शक्तिशाली मुलुक अमेरिका र युरोपको आर्थिक वृद्धिदर १ प्रतिशत र चीनको ३ प्रतिशतभन्दा कम रहने अनुमान छ । अर्थतन्त्रमा आउने यस्तो गिरावटले चीन निकट जापान, कोरिया, पूर्वी र दक्षिण-पूर्वी एसियालगायत केही अर्थतन्त्र, वस्तु निर्यातकर्ता मुलुक र युरोपियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ । अर्थशास्त्रीहरूको विश्लेषणमा विश्व अर्थतन्त्र सन् २०२१ मा भने क्रमशः सुधारोन्मुख हुनेछ । तर, यस्तो सुधारको स्वरूप र मात्रा भने महामारीले कहाँसम्म, कहिलेसम्म, कतिसम्म र कस्तो प्रभाव पार्छ ? त्यसको नियन्त्रणका लागि लिइएका नीति कति प्रभावकारी र उपलब्धिमूलक हुन्छन् भन्नेमा भर पर्छ ।

नेपालमा आर्थिक प्रभाव

कोरोना महासङ्कटबाट सिङ्गो विश्व नै आक्रान्त भइरहेको बेला हाम्रो देशसमेत त्यसको प्रभावबाट अक्षुतो हुन सकेन । यसकाे प्रभाव र मानवीय क्षती न्यूनीकरण गर्न देश अहिले(बन्दाबन्दी) लकडाउनको अवस्थामा छ । यसले आमनागरिकको आर्थिक सामाजिक, मनोबैज्ञानिक असर त पुगेकै छ त्योभन्दा ज्यादा असर अर्थतन्त्र हुने देखिएको छ।हाम्रो जस्तो अल्पविकसित मुलुक विकासको गति समाउँदै  गरेको अवस्थामा ब्रेक लागेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक बुद्धिदर ८.५ अब कागजमै सीमित हुने यहि अवस्थामा कोरोना रोकथाम हुन सके मात्र ३ प्रतिशत आर्थिक वृद्धि हुने कुरा जानकार बताउँछ । उद्याेग, व्यवसाय, उत्पादन, रोजगार, निर्माण, पर्यटन, सेवा पुरै ठप्प  अवस्थामा छन्, कुल ग्राह्रस्थ उत्पादनमा योगदान गर्ने कृषि, पर्यटन, रेमिट्यान्स प्रभावित हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिन्छ । रेमिट्यान्स प्रभावका कारण हुने आर्थिक चलखेल शुन्य प्रायः हुँदा त्यो सँग जोडिएका सेवाका क्षेत्र प्रभावित छन् भने अर्कोतिर वैदेशिक रोजगारी कटौतीले गर्दा युवाहरुको नेपाल आउने संख्या वृद्धि हुन जाने स्थिति छ जसले गर्दा नेपालमा रोजगारी तत्काल उपलब्ध नहुँदा सामाजिक बिचलन हुने खतरापूर्ण स्थिति छ । निर्माण काम प्रायः ठप्प हुँदा लागत बढने चिन्ता छ । समयमै आयोजना नसिद्धिने अवस्था आएको छ । पर्यटन व्यवसाय संकुचित हुँदा प्रत्यक्ष, अप्रत्यक्ष १० लाख रोजगारी गुम्ने खतरा आएको छ, अर्कोतिर बैंक वित्तीय संस्थाको लगानी रहेको  पर्यटन क्षेत्र  बन्द हुँदा बैंकिङ्ग समस्या देखापर्ने स्थिति सिर्जना भएको छ । कृषि लागि आवश्यक मल, बीउ बिजन औजार व्यवस्थापन गर्न असहजता आउँदा पुरानो कृषि प्रणालीले काम नगर्दा कृषिले योगदान गरेको आर्थिक वृद्धिदर घट्ने सकेत देखिएको छ । निजी क्षेत्र निराश हुने अवस्था आएको छ । यो बेला सरकारले जुन प्रकारको आर्थिक क्षति न्यूनीकरण गर्न सुरक्षात्मक पहलकदमी लिनुपर्ने हो त्यसको बिल्कुल अभाव भइरहेको छ । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् ।

लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् ।

विदेशबाट आउने रेमिट्यान्सले चलेको अर्थतन्त्र अब कसरी टिक्छ त ? राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता तमाम जनताले त महसुस गर्ने नै छन्, बरु हाम्रा बौद्धिक मित्रहरू र राजनेताहरूले भने गर्ने हुन् वा होइन त्यो चाहिँ हेर्न बाँकी नै छ । तर पनि यस्तै चुनौती सामाना गर्दै  उच्च मनोबल साथ अवसर बदल्ने समय आएको छ ।

विश्व सामु यसकाे चुनौती

कोरोना प्रभावको कारण  संसारभरका आम मानिसहरूको जीवनचर्या नै जबर्जस्ती फेरिएको छ । कोरोनाको प्रभाव रोक्न विविध रक्षात्मक उपायहरू लगाइए पनि कोरोनाको भयानक फैलावट निरन्तर जारी छ । मानिसले मानिसमाथि युद्ध गर्न निर्मित महाशक्तिशाली आणविक अस्त्रहरू यतिबेला कोरोनाविरुद्ध निष्काम भएका छन् । हालसम्म मेडिकल साइन्स समेत यो भाइरस रोकथाम लागि भ्याक्सिन पत्ता लगाउन सकेको छैन । प्राविधिक चमत्कारको प्रयोगले  निकै ठूलो उचाइमा पुगेको मानव जीवन उसको श्रेष्ठतामाथि नराम्ररी धक्का लागेको छ । सिङ्गो मानव जातिका रोग निवारणका लागि प्रयोग लागि गरिएको प्रबिधियुत्त विकासले आज काम गरेको छैन, विज्ञानलाई समेत चुनौती दिएको छ । ‘बन्दाबन्दी अर्थात् आफूले आँफैलाई गरिएको तालाबन्दीको तरिकाले मानिसहरू कोरोनाविरुद्ध प्रतिरक्षाको युद्ध लडिरहेका छन् । यो लकडाउन कति दिनसम्म टिकाउन हो, यसकाे प्रभाव कति जेल रहने हो निक्र्योल हुन सकेको छैन । अर्कोतिर आर्थिक, सामाजिक, मनोवैज्ञानिक कस्तो भयावह स्थिति आउने हो आकलन गर्न सकिएको छैन । यस्तो चुनौतीपूर्ण अवस्था कसरी पार लगाउने हो, पर्ख र हेर सिवाय तत्काल अचुक औषधि छैन ।

मानव जातीमा भविष्यकाे चुनौती

मानवजातिको उत्पत्तिपूर्वदेखि नै प्राणीजगतका विरुद्ध यसखाले महाविनाशका घटनाहरू बेलाबखत हुँदै आइरहेका देखिन्छन् । कुनै बेला त्यो अतिवृष्टि, अनावृष्टि, महाहिमपात, महाभूकम्प, सुनामी तथा बेलाबखतमा प्रकट हुने ज्यानमारा भाइरस र ब्याक्टेरियाहरूको महामारी बनेर प्रकट हुने गरेका तथ्यहरू आजको मानवका लागि अनौठा घटना भने होइनन् । यो तमाम कुराको जानकारी हुँदाहुँदै पनि वर्तमान विश्वका लागि चुनौतीपूर्ण कुरा के हो भने आफूलाई प्रविधि र चेतनाका दृष्टिले सर्वोच्च प्राणी ठान्ने मानवजाति र त्यसको पनि ठूलो ठेक्का लिएका महाशक्तिहरू कोरोना समक्ष अति कमजोर र निरीह बनेका छन् । उनीहरूको घमण्ड चुरचुर भएको छ । यो निरीहताले उनीहरूको चिन्तन दृष्टि र शासन प्रणालीको समेत ठिटलाग्दो र उदेकलाग्दो अवस्थालाई उर्जागर गरिदिएको छ ।

कोरोना आक्रमणले विश्वभरिकै अर्थतन्त्र तहसनहस हुने स्थितिमा छ । संसारभरको राजनीतिले यतिबेला जाम खाएको छ । सैनिक प्रभुत्वहरू तेजोबध भएका छन् । आखिर प्रकृतिसामू मानवीय क्रियाकलाप अझ भनौं अनावश्यक चुरीफुरी लाखको एक अंश पनि होइन भन्ने प्रमाणित भयो । यो महासङ्कटको बेला कुनै पनि व्यक्ति वा राष्ट्रले अरूमाथि दोष थोपरेर आफू उन्मुक्त हुने प्रयास आकाशतिर मुख फर्काएर थुक्नुजस्तै हो, बरु यो महासङ्कटले मानवजातिलाई आगामी दिनमा हुनसक्ने यस्तै अरू सङ्कटसँग जुध्न ठूलो शिक्षा प्रदान गरेको छ । अहिले अवस्थासम्म आउँदा देखिएका असरले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ, तर आत्मबलका साथ यो कुरालाई गम्भीरताका साथ आत्मसात गर्दै कोरोनाविरुद्धको युद्धमा आफूलाई होम्नु प्रत्येक राष्ट्र र हरेक मानवको कर्तव्य हो ।

वातावरण र जीवन जगतमा प्रार्ने प्रभाव

बढ्दो जनसंख्या वृद्धि र प्रविधिको उच्चतम प्रयोग  कारण  जलवायु परिवर्तनले पृथ्वीको तापमानमा निरन्तर भइरहेको फेरबदलले यसको वातावरण र भौगोलिक संरचनामा समेत केही लाख र हजार वर्षहरूमा ठूला उथलपुथलहरू आउने तथ्यांक हेर्दै आएको हो । ती उथलपुथलहरू प्राणीजगत्का लागि प्राकृतिक प्रकोप तथा जैविक र वातावरणीय चुनौतीका रूपमा समेत व्यक्त हुने गर्दछन् । त्यसलाई झेल्दै आउने क्रममा आजका समस्त प्राणीहरू र त्यसको सर्वोच्च प्रतिनिधि मानवको अस्तित्व कायम रहेको हो । मानिसले प्रकृतिको यो आन्तरिक संरचनामा हुने फेरबदल र त्यसबाट पैदा हुनसक्ने दुर्घटनाहरूलाई रोक्न कदापि सक्दैन, बरु आजको मानवका लागि सम्भव र आवश्यक कुरा भनेको त्यसखाले महासङ्कटको पूर्वानुमान गर्दै त्यसको प्रतिरक्षाको शक्तिशाली तयारी गर्नु हो । विडम्बना, आजको मानव यो जिम्मेवारीभन्दा निकै टाढा छ, बरु उल्टो मानव-क्रियाकलापकै कारण पृथ्वीको तापमानमा अनपेक्षित वृद्धि हुनुले वातावरणीय र जैविक प्रतिकूलताहरू झन् बढिरहेको विज्ञहरूले बेलाबखत बताउँदै आएका छन् । चेतावनी दिइरहेका छन् । विज्ञहरूबाट पर्यावरणीय चुनौतीको जोखिमबारे सचेत गराउँदा गराउँदै पनि सबैजसो राष्ट्रहरूले यसलाई कम आँकिरहेका छन् वा बेवास्ता गरिरहेका छन् । आजको कोरोना मात्र होइन, केही समयअघि देखापरेका इबोला, स्वाइन फ्लु, सार्सजस्ता भाइरस र ब्याक्टेरियाहरूको उत्पत्ति यही पर्यावरणीय चुनौतीकै एउटा परिणाम हो भन्नेमा कुनै बिमति हुँदैन । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् ।

 

मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् ।

मानव सभ्यता

जबजब मानवजाति विकसित हुँदै अघि बढ्यो मानवीय मूल्यमाथि चुनौतीहरू त्यत्तिकै बढ्दै गएका तथ्यहरू सबैका सामु छर्लङ्ग छन् । हुनत आजको मानव हिजोको झैँ फलामका साङ्लाहरूले बाँधिएको प्रत्यक्ष दास त छैन तर जुन प्रकारको उत्पादनप्रणाली आज संसारमा व्याप्त छ यसले मानवीय मूल्यलाई निरन्तर क्षयीकरणतिर धकेलिरहेको छ । मानिसको निकै ठूलो सङ्ख्या निश्चित पहुँचवाला व्यक्ति र समूहको अप्रत्यक्ष दास बनिरहेको छ । जुन व्यक्ति र समूहसँग उत्पादनका साधनहरूमाथिको ठूलो पहुँच कायम छ उनीहरू स्वतन्त्र र निर्भिक छन् । उत्पादनका साधनहरूबाट वञ्चित निकै ठूलो सङ्ख्या भने अभाव र अपमानबाट पैदा हुने विकार र सन्त्रासको ‘स्वतन्त्रता’ झेलिरहेको छ । आजको मानवीय मूल्य व्यक्ति-सर्वोच्चताको पुँजीवादी सिद्धान्तमा चलिरहेको छ । सक्नेले बाँच्ने, नसक्ने मर्ने यही सिद्धान्तले संसारमा राज गरिरहेको छ । यो सिद्धान्तको केन्द्रस्थलमा रहेको छ-निजत्व । आफ्ना सम्पूर्ण भौतिक र बौद्धिक सम्पत्तिलाई अँठ्याएर राख्नु र तिनको रक्षाका लागि अरूको सम्पत्ति हडप गर्नु, त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार हुनु र उस्तै परे विश्वयुद्धसमेत थोपर्नु यो सिद्धान्तको अनिवार्य विशेषता हो । संसारमा ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई निषेध गर्नु र समाजमा हुनेखानेहरूले गरिब श्रमजीवीहरूलाई निचोर्नु त्यसकै परिणाम हो । यो मानवीय मूल्य समग्र मानवजातिको उन्मुक्त भविष्यका लागि विनाशक सावित भइरहेको छ । संसारभरका मानिसहरू कोरोना महासङ्कटमाथि विजय प्राप्त गर्न एक ढिक्का भएर लड्नुपर्ने आजको आवश्यकता त हुँदै हो भोलिको आवश्यकतालाई समेत ध्यानमा राखेर उच्च मानवीय एकता कायम राख्न जरुरी छ । तर त्यो एकताको मुख्य बाधक तत्व त्यही ‘व्यक्ति सर्वोच्चता’ को भाइरस रहेको छ, जसकाे प्रभाव स्वरुप मानव सभ्यता पहिचान नरहने  होकि भन्ने चिन्ता पनि देखिन्छ । त्यसले समग्र मानव एकतालाई भताभुङ्ग पारिरहेको छ । देश-देशका बीच, जाति-जातिका बीच, क्षेत्र-क्षेत्रका बीच, धर्म-सम्प्रदाय र लिङ्गका बीचको एकता र सहअस्तित्वलाई ध्वस्त बनाइरहेको छ । आदिम दासत्वको नकारात्मक विरासतका रूपमा बाँचिरहेको आधुनिक दासत्वको यो मूल्य प्रणालीलाई ध्वस्त पारेर नयाँ मानवीय मूल्यको विकास कोरोना महासङ्कटको शिक्षा हो ।

विश्वलाई दिएको सन्देश

जसरी आजको मानवीय मूल्यको नेतृत्वदायी स्थानमा व्यक्ति सर्वोच्चताको सिद्धान्त कायम रहेको छ ठीक त्यसैगरी आजको दुनियाँको राजनीतिक प्रणाली निजी पुँजी थुपार्ने होडबाजीमा केन्द्रित रहेको छ । आजको राजनीतिक प्रणालीले पुँजीवादी मुनाफाको अर्थनीतिलाई बलियोसँग समातेको छ । प्रत्येक वस्तुलाई ‘माल’ मा परिणत गर्नु र हरसङ्कटमा नाफाको व्यापार गर्नु उसको नीतिशास्त्र हो । आज एकातिर कोरोनाको आक्रमणले दैनिक हजारौं मानिसको ज्यान गइरहेको छ भने अर्कोतिर पुँजीवादी व्यापारीहरू सत्ता-राजनीतिको आडमा ठूलाठूला कमिसनको योजना बुनिरहेका छन् । बजारमा सामान्यभन्दा सामान्य वस्तु मास्क र हातमा लगाउने पन्जाको समेत अभाव छ । यही बेला औषधीमुलोको अभाव उत्पन्न गराइएको छ । दैनिक उपभोगका वस्तुहरूको निरन्तर अभाव बढिरहेको छ । उता यही मौकामा निकै नाफा कमाउने उद्देश्यका साथ गुणस्तरहीन सामानको उत्पादन र बिक्री वितरण भइरहेको छ । बजारमा बढिरहेको कृत्रिम अभाव, मूल्यवृद्धि र अराजकता त्यसकै परिणामहरू हुन् ।

भनिन्छ- जनताका हकहित र अधिकारको रक्षा राजनीतिक प्रणालीको आधारभूत दायित्व हो तर दुनियाँमा व्याप्त पुँजीवादी राजनीतिक प्रणालीले जनताको हकहित र अधिकारलाई व्यापारको वस्तु बनाइरहेको छ । बाहिर सडकमा जनहित र अधिकारको चर्को नारा लगाइन्छ तर अन्तर्यमा भने मुनाफा आर्जनको घटिया व्यवहार रहेको हुन्छ । कोरोना भाइरसका विरुद्ध पत्तो लाग्ने एन्टीभाइरस पनि प्रतिव्यक्ति हजारौँ डलरका दरले व्यापार हुनसक्ने सम्भावनालाई नकार गर्न सकिँदैन ।

आजको पुँजीवादी राजनीतिक प्रणालीले बाँच्ने अवसर पनि बलिया राष्ट्र र सम्पन्न व्यक्तिहरूलाई मात्र प्रदान गरेको छ । हुनत यतिबेलासम्म बलिया मात्र होइन, अति महाशक्ति राष्ट्रहरूसमेत कोरोनाको उच्च जोखिममा रहेका छन् । त्यहाँ हजारौँ जनताको मृत्यु भइसकेका समाचारहरू प्रसारण भइरहेका छन् तर यत्रो क्षति हुँदाहुँदै पनि कोरोना भाइरसका विरुद्ध प्रयोग गर्न उत्पादन हुनसक्ने एन्टीभाइरस वा कुनै पनि औषधी उनीहरूले नै पत्तो लगाउनेछन् किनकि उनीहरूसँग उच्च प्रविधि र संसारभरका मानिसहरूको पसिना चुसेर थुपारिएको पुँजीको अथाह केन्द्रीकरण रहेको छ । कमजोर मुलुकहरूमा यसखाले पुँजीवादी अझ त दलाल पुँजीवादी राजनीतिक प्रणाली रहँदासम्म आमजनतामाथि पर्ने दर्जनौँ र सयौँ सङ्कटहरू कैयौँ ठूलो सङ्ख्यामा जीवनको बलिदानीबाट मात्र भुक्तानी हुने सर्वविदितै छ तर यिनै कमजोर भनिने देशका प्रधानमन्त्री र मन्त्रीहरू भने कुनै रोगको जोखिममा पर्दा उनीहरू राज्यको लाखौँ ढुकुटी रित्याएर बाँच्न सक्छन् । तर त्योभन्दा कम जोखिमका रोगहरूबाट पीडित उनीहरूकै देशका लाखौँ जनता मरिरहँदा राज्य बेखबर रहन्छ । यसप्रकारको असमान व्यवहार प्रदान गर्ने राजनीतिक प्रणालीको अन्त्य गरेर सम्पूर्ण जनतालाई समान अवसर प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीको रचना गर्नु कोरोना महासङ्कट दिएको सन्देश हो।

कोरोनाबाट बच्ने उपायहरु

कोरोना प्रभावबाट बच्न दुनियाँभर अवलम्बन गरिएको सबैभन्दा व्यावहारिक विधि भनेको एकान्तबास अर्थात् सेल्फ क्वारेन्टाइन रहन गयो भने प्राथमिक रुपमा स्यानेटाइजर लगाउने, मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता प्राथमिक उपाय हुन् । एकान्तवास सबैभन्दा राम्रो आत्मरक्षाको रणनीति सावित हुन गएको छ । साना सहर र गाउँको तुलनामा ठूला सहरहरू बढी जोखिमयुक्त सावित भए । यो कुरा ठूला अन्य प्राकृतिक प्रकोपको हकमा पनि त्यत्तिकै लागू हुने यथार्थ हो । प्रकृतिका विरुद्धको युद्धमा मात्र होइन, मानिसहरू स्वयमले लड्नसक्ने आमविनाशकारी आणविक युद्धबाट समेत क्षति कम गर्न साना सहरको बस्तीप्रणाली लागू गर्नु भविष्यको एक अत्यावश्यक सर्त बन्न गएको छ । यद्यपि एक-अर्को सहरबीचको अन्तरसम्बन्धलाई निरन्तरता दिन र सुव्यवस्थित गर्न थप अध्ययन-अनुसन्धान हुनु आवश्यक छ तसर्थ मेडिकल साइन्स भ्याक्सिन पत्ता नलगाउन्जेल अपनाउनु पर्ने सावधानी यी हुन् ।

संस्कृतिमा पार्ने प्रभाव

यस्को प्रभावले बन्दै आएको एकखाले संस्कृतिक आधारस्तभ फेरबदल हुने देखिन्छ ,वास्तवमा कोरोना महासङ्कट प्रकृति र मानवबीचको एक अप्रत्यासित तर एक अपरिहार्य महायुद्ध हो । जस्ले  सस्कृतिक आधार भत्काउने देखिन्छ ।मानव अस्तित्वका लागि यो लडाइँमा मानवजातिको विजय अत्यावश्क छ र यो सम्भव पनि छ किनकि संसारभरका वैज्ञानिकहरू यो युद्धको अग्रमोर्चामा डटिरहेका छन् तर यो महासङ्कट केवल प्राकृतिक मात्र होइन । यो मानव सिर्जित प्रकृतिको परिणाम पनि हो भन्नेमा आजको मानवले बोध गर्नैपर्छ । यसको महामारी जसरी विश्वभर व्यापक भइरहेको छ त्यो आजको उत्पादनप्रणाली र राजनीतिक व्यवस्थाको परिणाम पनि हो । आजको विश्वमा व्याप्त सामाजिक मूल्य र राजनीतिक प्रणाली रहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा भुक्तानी त्यति सामान्य हुने देखिँदैन । कोरोना महासङ्कटको अति महत्वपूर्ण शिक्षा भनेको नयाँ विश्व, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव हो । त्यसका लागि पुँजीवादसँगको सम्बन्धविच्छेद तथा साम्यवादको यात्राबाहेक अर्को कुनै पनि विकल्प छैन जुन साम्यवाद वास्तवमा मानव-मानवबीच युद्धको अन्त्य हो र सास्कृतिक आधार स्तम्भ को बचावट पनि हो !

यस्तो संघिन मोडमा  पुगेको विश्वलाई  पुरानै अवस्थामा ल्याउन अबका दिनमा प्रकृति र मानवबीच सन्तुलन ल्याउन प्रकृति उपर हुने मानवीय क्रियाकलाप रोक्नु पर्ने देखिन्छ । सन्तुलन मिलाउँदै गरिने कार्यले मानव जीवनको अस्तित्व टिकाइ राख्न सकिन्छ, अब पाठ सिक्दै उच्च मनोबलका साथ बाच्नु नै अहिलेको प्रमुख उद्देश्य हो । एकपटक विभिन्न चुनौतीको सामाना गर्दै यो क्षतिलाई अवसरमा बदल्ने जिम्मेवारी मानव जातिमा आएको छ ।

(लेखक अर्थशास्त्र विद्यार्थी हुन्)

tandanashok123@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.