नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे

  २०७७ जेठ १९ गते २२:४९     मधुकरमणि आचार्य

भन्दा, लेख्दा र भोग्दा पनि सपना लाग्न थालेको छ–यर्थाथता । कसले अनुमान गरेको थियो होला र विद्यालय, कलेज महिनौंदेखि बन्द हुनेछन । कर्मचारीलाई घरमै बसेर सेवा दिन अनुरोध हुनेछ । सरकारी कार्यालयका काम महिनौंदेखि ठप्प हुनेछन् । प्रवेशिका, लोकसेवा लगायत परीक्षा अनिश्चितकालीन बन्द हुनेछन् । सरकारले मुलुकमा बन्दाबन्दीको घोषणा गर्नेछ र अवज्ञा गर्नेलाई कारबाही गर्नेछ । परिवारको सुनौलो सपना पासपोर्टमा देखि विदेश उड्नेहरू स्वदेश फर्किन चाहे पनि पाउने छैनन । महामारी रोक्न गरिएका अवलम्बनले सीमामा अलपत्र पर्दा घर फर्किन नपाई विदेशी भूमिमा अलपत्र पर्दा महाकाली नदी तरेर घर फिर्ने गैरकानूनी बाटो रोज्न बाध्य हुनेछन । वर्षौदेखि श्रीमान कुरी बसेकी एक नवविवाहित महिला श्रीमान परदेशबाट घरदेश आउँदा समेत नजिक नआउनु रोग सर्न सक्छ, एक्लै दुई हप्ता पल्लो कोठामा सुत्नु भन्ने छे । ठूला अस्पतालमा समेत बहिरङ्ग कक्ष बन्द हुनेछन । बिरामी देख्दा डाक्टर तर्सिनेछन र भन्नेछन पिपिइ नभइ स्वास्थ्य सेवा दिन सकिन्न । नेपाल सरकारको प्राथमिकता १ मा परेको खोप कार्यक्रम समेत भीडभाडबाट संक्रमण रोक्न भन्दै बन्द हुनेछ । फ्लाेरेन्स बन्ने सपनाका साथ अघि बढेकी इटालीकी एक नर्स रोग लागेपछि अरुलाई नसरोस् भनेर सुसाइडल नोट लेखी देह त्याग गर्नेछिन । लोकतान्त्रिक मुलुकको सरकारले समेत विश्व महामारीबाट बच्न भन्दै नागरिकको स्वतन्त्रताको हकमा बन्देज लगाउन बाध्य हुनेछ र प्रतिपक्षको समेत पूर्ण समर्थन प्राप्त गर्ने छ । यहाँ न त वैज्ञानिकको अविष्कारले काम गरेको छ न त ज्योतिषको भविष्यवाणी । विश्व महामारीसँग जुध्न विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार गर्नुपरेको छ लकडाउन । लकडाउन ।। लकडाउन ।।। मानिसको रहरले नभै कोरोनाको कहरले ।

तपाई मेरो नजिक कोही व्यक्ति भएमा झट्ठ हेर्दा नचिनिने कतिपयमा रोग भएपनि लक्षण नदेखाउने त कतिलाई सामान्य असर त कतिलाई सिकिस्त बनाईदिने मानिस र पशुमा संक्रमण गराउन सक्ने मौसमी रुघाखोकी, स्वाईन फ्लु आदिसँग मिल्दोजुल्दो लक्षण देखाउने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट भन्दा बढी ), सास फेर्न निकै गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षण देखाउने एक भाइरस चीनको वुहान प्रान्तमा उत्पत्ति भएको मानिने नोभेम्बर १९ मा कोभिड १९ न्वारन भएको कोरोना नामले सुपरिचित भाइरसले विश्वमा सन्त्रास सिर्जना गरेको छ । यसले संक्रमण गराउन बालक, वृद्ध भन्दैन । अनि युवा, युवती कसैलाई छोड्दैन तर जेष्ठ नागरिक, प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्ति, दम, मधुमेह, मुटु रोगीलाई निकै असर पुर्याउँछ । हाच्छ्यु गर्दा थुक र छिटाको माध्यम सर्ने, हावाबाट संक्रमण फैलने यो रोगको विशेषता रहेको छ । धातु कपडा, पैसा, मानिसको शरिरमा आदिमा केही घण्टादेखि केही दिन बाँच्न सक्ने वैज्ञानिक अनुसन्धान बताउँछ ।

हात मिलाउँदा र शरीर स्पर्श गर्दा पनि यो रोग सर्ने गरेको पुष्टि भएको छ । याे लेख तयार गर्दासम्म काेराेनाबाट नेपालमा कसैको मृत्युको दुुखद् खबर सुन्नु नपरेको भएतापनि विश्वमा मुलुक हेरि संक्रमित मध्ये २.६ प्रतिशत देखि १४ प्रतिशतसम्म मृत्यु भएको भएको तथ्यांक बताउँछ ।

लेखक

यो पंक्ति लेख्दासम्म कोरोना संक्रमित विश्वभर २३ लाख ३२ हजार ७२७ छन् भने कूल मृत्यु १ लाख ६० हजार ७९१ भएको छ भने ६ लाख १२९ निको भैसकेका छन । संक्रमित मध्ये सामान्य अवस्थामा ९६ प्रतिशत छन् भने जोखिमपूर्ण अवस्थामा ४ प्रतिशत छन । वर्ड मिटरका अनुसार  अमेरिका, स्पेट, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन लगायत देशमा  उच्च संक्रमण र मृत्यु भएकाे देखिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बैशाख ७ गतेसम्म आरडिटी र पिसिआर गरी ८०१७ को परीक्षण गरिएकोमा ७९८७ मा संक्रमण देखिएको छैन । ११७ जना आइसोलेसनमा छन । ३१ मा संक्रमण देखिएकोमा २ जना निको भैसकेका छन भने २९ जना उपचारत छन ।  वैदेशिक रोजगारमा गएकामध्ये युएइमा १८ नेपाली संक्रमित छन भने ४ जना निको भए र १ को मृत्यु भैसकेको छ । त्यसैगरी साउदी अरबमा ४ संक्रमित भएकोमा ३ जना निको भैसकेका छन । कुवेतमा १५ जना संक्रमित छन । मलेसियामा १ संक्रमित भएकोमा १ जना निको भैसकेका छन ।

कोरोनासँग जुध्न जनस्वास्थ्य र प्रशासनिक विधि अवलम्वन गर्नु जरुरी छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको विधिको प्रयोगले कोरोना संक्रमण कम गर्न सहयोग पुर्याउँछ । जसअनुसार बेलाबेलामा कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने, हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्दछ । सरकारले तोकेको लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक काममा ननिस्कने गरेर रोगको संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।

विदेशबाट फर्केका, रोगको संक्रमणको सम्भावना भएका, रोगीसँग सम्पर्कमा रहेका व्यक्ति, उपचार गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनु जरुरी छ । विदेशबाट फर्केका ब्यक्ति कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दछ । कुनै शंका लागेमा सरकारले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गर्ने वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिन्छ ।

युद्धमा कमाण्डरको आदेश पालना नगरेमा जतिसुकै शक्तिशाली फौज भएपनि पराजय भोग्नु पर्ने हुन जान्छ । कारण कमाण्डर र लडाकुको रणनीतिको तादाम्यता मिल्दैन । ठीक त्यस्तै यो महामारीमा विश्व स्वास्थ्य संगठन, सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको आदेश पालना नगरेमा रोग फैलने तीव्र सम्भावना भएकाले उनीहरुको आदेश पालना गर्दै स्व स्फूर्त अनुशासनमा बसेमा रोगको संक्रमण फैलन रोकिन सक्छ । राज्यले प्रशासनिक विधिमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० को पूर्ण कार्यानयन गर्नुपर्छ ।

रोगको संक्रमणबाट रोक्न सरकारले लकडाउन गरेतापनि अत्यावश्यक खाद्य पदार्थ पाइने ठाउँमा देखिने भीड, स्थानीय तहबाट वितरण गरिने राहत कक्षमा देखिने भीड, छोटो समयका लागि भएपनि खुलेका बैंकमा एकै जनाले सयौँलाई सेवा दिनुपर्ने बाध्यता, कोरोनाका शंकास्पदलाई उपचार गरेको चिकित्सक र स्वास्थ्यकर्मीले अन्यलाई समेत उपचार गर्नुपर्ने बाध्यता, लुकीछिपी चोरबाटोबाट खुला सीमानाका कारण छिमेकी मुलुकबाट प्रवेश गरेका संख्या अनि मुल सडकमा मानिस नदेखेपनि शाखा सडकको संख्याले लकडाउन कार्यान्वायनमा समस्या तेर्सिएको छ भने महामारी फैलिन्छ भने डर सबैमा छाएको छ । महामारीमा आहातका लागि राहत वितरण भन्दा नामवीर र दानवीर कहलिन सामाजिक संजालमा फोटो पोस्टिन आउनेको जमात अनि भोकले उर्लेको सडकको भीड देख्दा पनि महामारी फैलाउलान कि भनेर सबैलाई सशंकित पारेको छ ।

विश्व परिदृश्य हेर्दा तथ्यांक केलाउँदा विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार लकडाउनको पूर्णपालन गरेको मूलुकमा संक्रमण दर न्युन रहेको छ भने लकडाउन नगरेको मूलुकमा संक्रमण दर र मृत्युदर उच्च रहेको छ । लकडाउन नगरिएको चिकित्साशास्त्र र विज्ञान प्रविधिमा फड्को मारेको मूलुक अमेरिकामा मृत्युदर र संक्रमण दर हालसम्मकै उच्च रहेको पाइएको छ । संक्रमण र मृत्युदर उच्च भएका मुलुकमा अमेरिका , इटाली , स्पेन , फ्रान्स ,बेलायत, बेल्जियम , इरान , चीन भएको उदाहरणबाट पनि शक्ति सम्पन्न मुलुकलाई समेत कोरोनासँग जुध्न फलामका च्युरा चपाउनु ुसरह सिद्ध भैसकेको छ । प्राकृतिक नियन्त्रण ,खोपको विकास वा नयाँ केश विश्वबाट शुन्यमा नझरेसम्म लकडाउनको अन्य विकल्प देखिएको छैन भने विश्व स्वास्थ्य संगठले समेत लकडाउन हटाउन नहतारिन विभिन्न मुलुकलाई सुझाव दिएको छ ।

कोरोनाले महामारी लिन थालेको चार महिना भयो । चीनमा लकडाउन भएको तीन महिना हुन आँटिसक्यो । नेपालमा पनि चैत्र ११ देखि सुरु भएर मिति थप भैरहेको छ । दैनिक ज्यालादारी गर्ने र हुँदा खानेको अवस्था बारे सोच्नुपर्ने कुरा उठ्न थालिसकेको छ । सात दिन हिंडेर घर फर्किनुपरेको मजदूरको कारुणिक समाचार दैनिक सुन्न विवश छौँ । अब यसको समाधानका दीर्घकालीन उपायबारेमा समालोचना गर्नु जरुरी देखिएको छ । यसले विश्वमा आर्थिक मन्दिको खतरा देखिएको छ । धेरैको रोजगारी गुम्ने डरले सताइरहेको छ । ठूला अस्पतालमा बहिरङ्ग सेवा समेत बन्द हुँदा अन्य रोगको संक्रमणको सम्भावना आँकलन गर्न थालिएको छ । अब यसको ब्यबस्थापन नयाँ शीराबाट सोच्नु जरुरी छ । विश्वको आर्थिक वृद्धि घट्ने देखिन्छ भने मुद्रास्फितिले आकाश चुम्ने आँकलन अर्थविद्ले गरेका छन् ।

मुख्य आयस्रोत विप्रेषण भएको मुलुकमा अन्य मुलुकले रोजगारी कटौति गरेमा के हुने भन्नेमा समेत सबैमा चासो र चिन्ता बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ११६ श्रम गन्तब्य मुलुकमा ४१ लख कामदार रहेका छन । अनौपचारिक बाटो र अवैध रुपमा गएकालाई समेत जोड्दा करिब ६५ लाख हुन आउँछ । जसमध्ये ८६ प्रतिशत कामदार मलेसिया र खाडीका ८ देशमा रहेका छन ।यी मुलुक कोरोनाको उच्च जोखिममा भएकाले त्यहाँ रोजगारी कटौति भए श्रमिक र आश्रितको भविष्यमा प्रश्न चिह्न खडा हुनेछ । खाडी मुलुकमा तेलको मूल्यको गिरावटले थप आर्थिक संकट झेल्नु परेको छ ।

नेपाल राष्ट बैंकको आ व २०७५।७६ प्रतिवेदन अनुसार कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५.४ प्रतिशत रहेको छ । मासिक रुपमा ७३ अर्ब भित्रिने गरेकोमा मुहान सुक्दा के हुने भन्ने प्रश्न पनि अनुत्तरित छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशतसम्म ऋणात्मक (अघिल्लो वर्षभन्दा कम) हुने तथा नेपालको साढे दुई प्रतिशतसम्म वृद्धि हुने आँकलन गरेको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षमा सबैभन्दा कमजोर हुनका साथै नेपालको आर्थिक वृद्धि पनि दुई दशमलव आठ ननाघ्ने प्रक्षेपण गरेको छ । लकडाउन जति नै लम्बिन्छ समस्या झन टड्कारो पर्ने देखिन्छ ।

दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ ।

दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ । कार्वन ब्यापारबाट मनग्य लाभ लिन सक्ने अवस्था सिर्जना गरेको छ । विभिन्न अध्ययन अनुसन्धानको अवसर मिलेको छ । लामो समयसम्म विछोडिएको परिवारको मिलनको आभास भएको छ । प्रतिद्धन्दी मुलुक मिलेका छन । सरकार पक्ष र प्रतिपक्ष एकजुट भएकाछन । सबै जनतालाई समान स्वास्थ्यको आवश्यकता पर्ने आभास भएको छ । धनि उपचारमा विदेश जाने गरीब उपचार नपाई विचल्ली पर्ने अवस्था कोरोनाले सिर्जना गरेन सबैलाई समान आवश्यकता सिर्जना गरी सरकारी अस्पतालमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गर्यो । मिसाइल अस्त्र शस्त्रमा लगानी गर्ने मात्र हैन स्वास्थ्य क्षेत्रमा लगानी बढाउनपर्ने कुरामा आवश्यकता महसुस भयो । सार्वजनिक निजी साझेदारीमा वास्तविक आवश्यकता जोड दियो । विदेशमा श्रम गर्नुमा इज्जत सम्झिनेलाई देशमा केही गर्नुपर्छ भन्ने आवश्यकता बोध भयो । मातृभूमि प्रतिको स्नेह बढेर गयो । देशको कूल बजेटको १० प्रतिशत स्वास्थ्य छुट्याउनु पर्ने मापदण्ड हुँदा पनि वर्षेनी बजेटमा ३–४ प्रतिशत मात्र छुट्याउने गरेकोमा स्वास्थ्यमा लगानी गर्नुपर्ने आवश्यकता बोध भयो । अख्तियार, राजस्व, अदालत, संसद सेवा आदिमा उत्प्रेरणा भत्ता दिन तयार तर स्वास्थ्यमा जोखिम र उत्प्रेरणा भत्ता दिन हात कमाउनेहरू स्वास्थ्य क्षेत्रको आवश्यकता बोध गरी उत्प्रेरणा भत्ता दिन सहमत भए तर कार्यान्वायन यो पंक्ति लेख्दासम्म बाँकी छ । विद्युतीय माध्यमबाट सार्वजनिक सेवा दिनुपर्ने आवश्यकता बोध भयो । कृषि क्रान्तिमा जोड दिनुपर्ने बहस सुरु भयो । लामो समयसम्म गतिरोध विहिन बनेको सार्कमा सबै मुलुक एक जुट भए । सार्क स्तरीय कोभिड १९ कोष स्थापना हुने भएको छ, जसमा भारतले १० मिलियन , श्रींलंका ५ मिलियन, पाकिस्तान ३ मिलियन, माल्दिभ्स, बंगलादेश साढे एक मिलियन, नेपाल १ मिलियन, अफगानिस्तान १ मिलियन र भुटान शुन्य दशमलव १ मिलियन जम्मा गर्न प्रतिवद्धता जनाएका छन ।

लामो समयसम्म लकडाउन रहदा मुलुक कुनै पनि कार्य नगरी बन्दि अवस्थामा रहन सक्तैन । यस अवस्थामा विभिन्न जनशक्तिलाई उत्पादनमूलक कार्य आर्थिक उपार्जन र आर्थिक वृद्धिका कार्यको योजना बनाउन, शासकीय सुधारका अवधारणा पेश गर्न, अध्ययन अनुसन्धानमा समय खर्चिन सकिन्छ । जुन कार्य कोठामै बसी लकडाउनको पालना गरेर गर्न सकिन्छ ।

सार्वजनिक निकायका अभिलेख ब्यबस्थित र डिजिटाइजेसन गर्ने, विद्युतीय शासनको कार्यान्वयन हरेक कार्यालयमा लागू गर्न फ्रेमवर्क तयार गर्ने, हरेक कार्यालयको संगठन संरचनाको रणनीतिक दस्तावेज तयार गर्ने लगायत गरेर घरबन्दी अवस्थामा राखेर पनि काममा लगाउन सकिन्छ । सरकारी कर्मचारीलाई यी लगायत यावत काममा लगाइ लकडाउन अवस्थामा समेत फाइदा लिन सकिन्छ ।

हिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन ।

लोकसेवा आयोग, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत सबैजसो सरकारी र गैरसरकारी निकायले विद्युतीय सेवा मार्फत सेवा प्रदान गरेको अनुभव संगाल्दै विद्युतीय कारोबार ऐन २०६३ ,सूचना प्रविधि नीति २०५७ को कार्यान्वयन गर्दै अगाडि बढ्नु जरुरी छ । अब यही मौकालाई सदुपयोग गर्दै कागजविहिन सरकारको परिकल्पना साकार पार्ने अवसरको रूपमा लिन सकिन्छ । विद्यालय र कलेजका पाठ्यक्रम अनलाइन मार्फत विकास गरेर सुरुवात गर्नुपर्ने हुन्छ र लामो समय विद्यार्थी कक्षाकोठा बाहिर भएमा विग्रने सक्ने अवस्थालाई नजरअन्दाज गरी खुला विश्वविद्यालयले थालनी गरेको जस्तो दूर शिक्षा कार्यक्रम सबैले प्रयोग गर्नुपर्दछ । विद्युत प्राधिकरणको अनुसार दैनिक ११०० मेगावट विद्युत खपत हुनेमा हाल ८०० मेगावट मात्र खपत हुने गरेको छ । वृहत जलविद्युत आयोजना निर्माणका चरणमा समेत रहेकाले विद्युतीय उपकरणमा जोड दिनुपर्ने जसले गर्दा उर्जा संकटको सामना गर्नुपर्ने छैन । वातावरण प्रदुषण कम गर्न मद्दत गर्नेछ । हामीले रेमिट्यान्सको आधारमा मुलुकको आर्थिक वृद्धि गर्नु अस्थायी ब्यवस्थापन मात्र हो । गाउका जमिन श्रम शक्तिको अभावमा गाउका जमिन परिवार नियोजन गर्न विवश भै अनुत्पादक बनेका छन भने अर्को तर्फ गरीबी र भोकमरी हाम्रो सामू रहेको यथार्थतालाई विश्लेषण गर्दै अघि बढ्र्नु जरुरी देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, मत्स्यपालन, खानी, उद्योग विजुलीको योगदान करिब ३५ प्रतिशत रहेकोमा यसको योगदान बढाएर ४५ देखि ५५ प्रतिशत सम्म गराउन सकिन्छ । अहिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन । निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लगानीमैत्री वातावरण सरकारले सिर्जना गर्नुपर्छ । एनआरएनलाई लगानीको लागि प्रोत्साहन गर्नुपर्नेछ ।

यसले पारिवारिक सम्बन्धमा विचल्ली ल्याएको र पैसा कमाउन जाँदा पैसा आउने बाकसमा थुप्रै लास आएको घटनाबाट सिक्दै कोरोनाको कारण श्रम बजारमा कामदार कटौति भएपछि पनि समस्या नहोस भनी संघ, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्छ । यस अवधिमा तथ्यांक संकलन गरी कार्ययोजना बनाएर उद्योग, पर्यटन, औषधि उत्पादनमा लगानी गरी रोजगारीको अवसर सिर्जना गरेर आफ्नै माटोमा श्रम र सीपको प्रयोग गर्ने कार्य गर्नुपर्छ । मुलुक आत्मनिर्भर बन्नेछ । यस अवधिमा श्रम र सीप यस्ता कुरामा खर्च गरेर कोरोनाको कहर सँगै नयाँ युगको सुरुवात गर्ने अवसरको रुपमा लिनुपर्नेछ ।

नेपालगन्ज ४, बाँके
हालः ललितपुर नेपाल

 

28 comments on "नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.