कोरोना भाईरस

  २०७७ जेठ १८ गते २१:२७     मित्रप्रसाद भण्डारी

यहि रहेछ जवानी तिम्रो,
उन्मत्त छायौ संसार घुम्यौ,
तिम्रो जवानी देखेर हामी त्रसित भयौ,
थाहा थिएन कि यति डरलाग्दो छौ ।
रोकियो रथ जब तिमी आयौ,
तर पाङ्ग्राहरु घुमिरहे,
केवल घर्षण भईरहेछ,
तर गन्तव्यमा अल्पविराम लागेको छ ।

थाहा छैन तिम्रो यात्रा लामो छ कि मेरो,
तर सगै यात्रामा छौ ।
शिशिर आउदै थियो बसन्तलाई पालुवा फेराउन,
विचैमा तिमीलाई देखे,
तब कान्तीले क्रान्तीको रुप लियो ।

कति लामो छ तिम्रो अधुरो यात्रा,
२०५ पाईला त चालीसकेउ,
मलाई तिम्रो गन्तव्य बताउन सक्छौ ?
डक्टर ससंकित छन, वैज्ञानिक भयवित,
बहादुरले बाटो भत्काउदैछ ,
तर म के नै गर्न सक्छु र तिम्रो यात्रा सोध्न बाहेक ।
नत गरिब धनीमा भेदभाव छ,
नत काला गोरामा नै,
समानताको शिद्धान्तमा रुमलियौ,
मट्टितेलमा आगो रुमल्लिएझै ।
कोचिइरहेका छन सारा हतकडी बिनाको जेलमा,
मच्चाइरहेछौ तहल्का तिमी जननी टुडिखेलमा,
उन्मत्त रक्तसराव लागेको सिंहझै ।
बहादुर छोरो लागीरहेछ,
औषधि र औजार बाेकी,
मत्ता हात्ती जस्तो तिम्रो विध्वंश रोक्न ।

आमा रोइरहेछिन् रुवासरी केश समाएर,
पुत्र खोसिन्छ कि काखबाट भनेर ,
छोरो लडिरहेछ आमाको रक्षा गर्न,
अप्रत्यासित लास वोकी भुईमा घुडा टेक्नु नपरोस् ,
नेपालआमा आँसुसरी भएको देख्न नपरोस्,
हे कोरोना भाईरस ।।।

 

विराटनगर, ९८१२३३९४६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X