उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै

  २०७७ जेठ ३ गते १०:३५     सन्देश लिम्बु

विश्वभरी फैलिएको कोरोना महामारीका करण आजकल मेरो हरेक दिन घरमै बसेर बित्छ। हरदिन हरसाँझ एउटा कोठामा सीमित हुनुपर्दा मन त्यसै त्यसै आलस तालस भएर आउँछ। तर जतिसुकै आलस तालस भएतापनि बस्नुपर्ने त्यहीँ कोठामै छ। किनकि अहिलेको यो अवस्थामा घरमा बस्नु बाहेक हामीसंग अर्को कुनै राम्रो विकल्प छैन।

समय कटाउने बाहानासगैं मेरी एक इटालियन साथी इभानालाई मैले केही हप्ता अघि पठाएको म्यासेजको जवाफ आयो कि भनेर म फेसबुक खोल्छुँ। तर उनको केही जवाफ आएको हुदैन। `कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या यति लाख कट्यो। थप संक्रमितको संख्या यति पुग्यो, उति पुग्यो।´ सामाजिक संन्जालभरी व्याप्त यस्ता समाचारहरु सुन्दैपिच्छे उदेक लागेर आउँछ। तर यो कुनै नयाँ घटना होईन। विगत केही महिनादेखि हामी हरेक दिन, हरेक रात यस्तै समाचारहरु सुन्दै र पढदै आईरहेका छौँ।

कोरोना भाइरसको पहिचान सन् २०१९ को मध्य डिसेम्बरमा मध्य चीनको वुहान सहरमा भएको थियो। जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरस एक मान्छेबाट अर्को मान्छे हुँदै आज विश्वभरी एक विनासकारी महामारीको रुपमा फैलिरहेको छ।

कोरोना भाइरसकै कारण आज पुरै संसार बन्द भएको छ। लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छन भने लाखौं लाख मानिसहरू यस भाइरसबाट संक्रमित भईरहेका छ्न। विश्वभरी भयावहको स्थितिको छ। मृत्यु र संक्रमित हुनेको संख्या अस्थिर छ। विषेशगरी संयुक्त राज्य अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, ईरान, बेलजियम, चीन लगायतका देशमा कोरोनाले गरेको मानवक्षति कहालीलाग्दो छ।

नेपालमा पनि कोरोना भाइरसको महामारी सन् २०२० जनवरी २४ मा पहिलो पटक एक महिलामा देखा परेको थियो। त्यसपछि नेपाल सरकारले बिश्व स्वास्थ संगठनको आज्ञा पालना गर्दै देशभर लकडाउन घोषणा गरेको थियो। संक्रमितकाे संख्या बढ्दै गएकाे छ । यसले कुन रूप लिन्छ त्यसको कुनै टुंगो छैन।

कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिन थालेपछि मैले मेरी इटालियन साथी इभानालाई उसको र त्यहाको स्थितिको बरेमा सोधेको थिएँ।

“केही ठिक छैन आनस,”  उसले जवाफमा भनेकी थिई “सबथोक यति अचानक भईरहेको छ कि मानौँ एउटा ठूलो हुरी चलेको छ। सुरुमा यसलाई कसैले गम्भीर रूपमा लिएनन्। तर जब स्थिति खराब बन्दै गयो तब सबैजना आतिन्न थाल्यो। अहिले सबै त्रासित छन।”

उनको कुरा सुनेर मलाई लाग्यो, संसारकै बिवेकी प्राणी भनिएको हामी मान्छे पनि कहिलेकाही यति अटेरी बनिदिन्छौ कि साँच्चिकै महत्त्वपूर्ण कुरालाई पनि हलुका रुपमा लोन्छौं। कोरोना भाइरस फैलिएको केही दिनमै यसको बारेमा पत्ता लागेको थियो। यसका लक्ष्ण र यसबाट बच्ने उपायहरु सार्वजनिक गरिएको थियो। बेलाबेलामा साबुनपानीले हात धुईरहे। भिड्भाडबात टाढा रहे। कतै जानूपरे मास्कको प्रयोग गरे। हातमा  स्यानीटाईजरको प्रयोग गरे। नाक, मुख, आँखा हातले नछुने जस्ता सामान्य सावधानी अपनाएको भए सायद आज यस्तो विकारल अवस्था आउने थिएन होला।

कोरोना महामारीका कारण आज संसार प्राय बन्द सरह भएको छ। सरकारी कार्यलय, विद्यालय तथा विश्वविद्यालय, हवाई उडान, यातायात, खुद्रा बजार, पर्यटकीय स्थल, सिनेमा घर, खेलकुद मैदान, होटल रेस्टुराँ, पुस्तकालय, संग्रहालय, सरकारी कार्यलय, भौतिक विकास निर्माण कार्य, धार्मिक क्षेत्र लगायत जे जति छ ती सबै बन्द भएको छ।

उद्योग कलकारखानासँगै दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने कम्पनी बन्द भएको छ। निर्माणधीन विकास कार्य रोकिएको छ। धेरै क्षेत्रमा आतंक किनमेल देखिएको छ र फलस्वरूप खाद्यान्न र अन्य किराना बस्तुहरुको अभाव देखिएको छ। अत्यावश्यक बस्तु आपूर्ति अभावका कारण बजार मूल्य बढेको छ भने ब्यक्तिगत सुरक्षा सामानको माग बढेको छ।

कोरोनाको यस महामारीका कारण पेट्रोलियम पदार्थको खपत दर घटेको छ। यस महामारीले होटल रेस्टुराँ व्यावसायमा ठूलो प्रभाव पारेको छ। सिट डाउन अर्डर बन्द भएर टेक आउट अर्डर र वितरणमा सीमित भएका छन्। ठूल-ठूला रिटेल स्टोरहरु बन्द भएकाले खुद्रा क्षेत्रलाई प्रत्यक्ष असर परेको छ। यसका साथै सिनेमा घरहरु बन्द भएकाले प्रदर्शनका क्रममा रहेका चलचित्रहरु रोकिएका छन्। जसको असर बक्स अफिसमा परेको छ।

कोरोना महामारीको कारण आर्थिक उथलपुथलको स्टक, ब्राँन्ड, कमोडिटी (कँच्चा तेल र सुनचाँदी) लगायतका वित्तीय बजारमा व्यापक र गम्भीर प्रभाव परेको छ। यसका साथै पर्यटकीय व्यावसाय पनि यसको मार्कामा परेका छन।

कोरोना भाइरसका कारण अर्बौं मानिसहरुले आफ्नो रोजगार गुमाएका छन्। जसले गर्दा उनीहरुको जीवनस्तरमा प्रत्यक्ष असर परेको छ। अन्तत यी सम्पूर्ण क्षेत्रको प्रभावले विश्वको अर्थतन्त्रमा नै प्रतिकुल असर पार्दछ। यस महामारीका कारण विभिन्न विकसित राष्ट्रहरुको मात्रै नभई पुरै विश्वकै अर्थतन्त्रमा गिरावट आउने प्राय निश्चित जस्तै छ।

विश्वका प्राय जसो सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरु बन्द गरिएको छ। जसले गर्दा करोडौं विद्यार्थीहरु शिक्षाबाट बन्चित भएका छन्। मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका सम्पूर्ण धार्मिक स्थलहरु बन्द भएकाले धार्मिक अनुयायीहरु मार्कामा परेका छन्। सिनेमा हल, खेलकुद, फेसन सो, नाटक घर लगायतका क्षेत्रहरु बन्द भएकाले मानिसहरूका मनोरञ्जन खोसिएको छ। यी सबै कुराहरु मानव अधिकारसंग जोडिन आउँछ।

विद्यालय गई शिक्षा लिन पाउने, धार्मिक स्थलमा सहभागी हुन पाउने, खेलकुद लगायत सिनेमा जस्ता मनोरञ्जनात्मक क्षेत्रमा सहभागी हुन पाउने कुरा मानवअधिकारको विषय हो। तर अहिले यी सबै अधिकारहरु हामीबाट खोसिएको छ। तर यो अधिकार कुनै व्यक्ति, राजनैतिक दल, वा कुनै राष्ट्रले खोसेको होइन। प्रकृतिमा आएको एउटा विपत्तिले खोसेको हो। प्रकृतिलाई कसैले जित्न सक्दैन। त्यसैले धैर्यता नै हाम्रो अहिलेको सबैभन्दा उत्तम विकल्प हो।

एकदिन साझँ खाना खाईसकेपछी फेसबुक खोल्न बसेँ। इटालियन साथी इभानाले एउटा लामो म्यासेज पठाइएकि रहिछे। खोलेर हेरें। लेखेकी थिई “धेरै दिन भयो तिमीसँग नबोलेको। मलाई आशा छ तिमी सन्चैँ छौ। तर यहाँ केही ठिक छैन आनस। बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छु आनस। म कति मिस्ड गरिरहेकी छु मेरो बालाई। कोरोना भाइरस पोजेटिभ देखिएपछि बा तीन दिनदेखि आइसोलेसनमा हुनुहुन्थ्यो। हिजो बित्नुभो। मैले सोचेकै पनि थिईनँ। यस्तो दिन पनि आउँछ भनेर। म मेरो बासँग सधैँ झगडा गरिरहन्थेँ । स-सानो कुरामा पनि झर्किन्थेँ। तर बाले मलाई कहिल्यै केही भन्नुहुन्थ्यो। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले  बालाई बर्थ डे विस पनि गरिनँ। अहिले बाले हामीलाई सधैं सधैंका लागि छोडेर जानुभो। म उहाँलाई कति माया गर्थें, त्यो मैले उहाँलाई कहिल्यै भन्न पाईनँ। उहाँलाई सम्झनैपिच्छे भक्कानो फुटेर आउँछ। आजकल हरेक पल म उहाँलाई सम्झिन्दै रोएर बिताउँने गर्छु।

बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छुँ आनस। म कति मिस्ड गरिरहेकी छुँ मेरो बालाई। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले  बालाई बर्थ डे विस पनि गरिनँ।

उसको म्यासेज पढिरहँदा मेरो आँखा रसायो। आँशुले गहँ भरियो। आफ्नो गुमाउनुको पिडा कस्तो हुन्छ, त्यो मलाई राम्रोसँग थाँहा छ। कोरोना महामारीले लाखौं मानिस मरेका छन। कतिले आफ्ना बाआमा गुँमाएका छन। कतिले आफ्नो छोराछोरी गुँमाएका छन। मर्ने त मरेर जान्छ तर जिउँदो रहनेलाई के बित्यो होला। उनीहरूका त्यो रोदन, उनीहरूको त्यो वेदना, त्यो पिडा केवल म महसुस गर्न सक्छुँ।

कमसेकम नेपालमा त्यो अवस्था छैन। यो सम्झेर म सान्त्वनाको सास फेर्छुँ। तर सास घाटीभित्रै कतै अड्के जस्तो लाग्छ। के थाँहा कतै त्यो अवस्था भोलि नेपालमा पनि आउँन सँक्छ।

नेपालमा पनि अहिले अरु देश जस्तै सबैथोक बन्द गरिएको छ। खुद्रा बजार देखि लिएर होटल रेस्टुरेन्ट। स्कुल कलेजका पठ्नपाठन। सरकारी कार्यालय, सिनेमा घर, यातायात लगायत भौतिक निर्माण कार्य सम्पूर्ण बन्द गरिएको छ।

यो एउटा बाध्यता हो। हाम्रो आफ्नै स्वास्थ्यको लागि यो विनासकरी महामारीसंग हामीले गरेको एउटा सम्झौता हो। एउटा युद्ध हो। यति जन्दा जान्दै पनि कहिलेकाँही कति ब्यक्तिहरुले यसको अवज्ञा गरेको समाचारहरु सुन्दा दुःख लागेर आउँछ। किन यति अटेरी बन्दैछ मान्छेहरु ? ती विकसित देशहरूले समेत नियन्त्रण गर्न नसकेको त्यो विकारल अवस्था भोलि हाम्रो देशमा पनि आयो भने के होला ? त्यो कल्पना भन्दा धेरै बाहिरको कुरा हुनेँछ।

कोरोना भाइरसको महामारीले पुरै नेपाल ठप्प भएपछि यसबाट सबैभन्दा बढी मार्कामा परेका छन–गरीब मजदुरहरु। जो दिनमा कमाउँछन र साझँमा त्यसैबाट परिवारका छाक टार्छन। अहिले उनीहरुको रोजिरोटी खोसिएको छ। घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन।

सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ?

सरकारले दिएको राहत उनीहरुकै कार्यकर्ताले बाँड्छ्न। आफैँ आफैँ राँख्छन्। राहत पाउनको लागि यहाँ ठाउँमा आफ्नो मान्छे चाहिँन्छ। उनीहरुको न कुनै पहुँच छ। न कुनै शक्ति। उनीहरूसंग त केवल भोक छ। अव्यक्त पिण्डा छ। कसैले बुझ्न् नसक्ने वेदना छ।

घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन। सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ?`मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला।

`मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला। त्यसैले त आज जादैछ्न उनीहरू यो शहर छोडेर। हजारौं किलोमिटरका दूरीहरु पार गरेर। पानीको घुट्टकोले भोकको प्यास मेट्दै। दुधे बच्चालाई काखमा च्यापेर, जादैछन उनीहरू यो निर्जन शहर छोडेर। किनकि यो सहरमा उनीहरुको आवाज सुन्ने कुनै कान छैन। उनीहरुको आँशु पुछ्ने कुनै हात छैन। उनीहरूको दुख देख्ने कुनै आँखा छैन। उनीहरुको ब्यथा बुझ्ने कुनै हृदय छैन। छ्न् त ठूलो छ यो शहर तर उनीहरू अटाउने कुनै सानो ठाउँ छैन। केहि नहुनेहरुका लागि उजाड छ यो शहर, हुनेहरुको लागि त स्वर्ग।

कोरोना महामारीको कारण विद्यालय विश्वविद्यालयका परिक्षा रोकिएको छ। विभिन्न खेलकुद समारोह, सभा सन्मेलन, धार्मिक तीर्थयात्रा लगायत भौतिक विकास निमार्णका कार्यहरू रोकिएको छ। ती रोकिएका कार्यहरु बेलैमा नसके अर्को वर्षको कार्ययोजनामा असर पर्न सक्छ। विकशित मुलुकहरूमा विज्ञान प्राविधिको प्रयोग गरेर कतिपय कामहरू अघि बढाउन थालिसकेको छ। तर नेपाल जस्तो आर्थिक स्थिति कमजाे भएको देशको लागि भने यो एक चुनाैति बनेको छ।

मनसुनको समय सुरु हुनै लागेको छ। सडक तथा अन्य भौतिक निर्माणका कार्य वर्षा याममा त्यति उचित र सहज हुदैन। त्यसैले भौतिक विकास निर्माणको काम पछि पर्नसक्ने चुनौती छ।

यो जटिल कोरोना महामारी पूर्ण रूपमा समाप्त हुन कति समय लाग्छ, त्यसको कुनै ठेस पूर्वानुमान गर्न सक्ने अवस्था छैन। त्यस अवधिसम्मको लागि दैनिक उपभोग्य सामान, स्वास्थ्य सामग्री लगायतका मागको आपूर्ति गर्न नेपाल जस्ता गरीब राष्ट्रका लागि चुनौति हुन सक्छ। समग्रमा भन्ने हो भने, कोरोना महामारीले निम्त्याएको यस खाड्ल पुरेर पुरानो अवस्थामा फर्किनु विश्वका सबै राष्ट्रहरुको लागि एक चुनौती बनेको छ।

लकडाउनका कारण काठमाडौंका अस्तब्यस्त सडकहरु सुनसान भएका छन। यस फुर्सदमा म केही लेख्न खोज्छुँ। तर शब्दहरूले साथ दिदैँन।

इभानाको म्यासेज नआएको धेरै दिन भयो। के गर्दै होली उ ? म उसलाई सम्झन्छुँ। र सम्झन्छुँ, उसँग चिनजान भएका सुरुवाती दिनहरू। उसको र मेरो चिनजान एउटा अनौठो संयोगले भएको थियो। त्यो चिनजान पछि बिस्तारै एउटा सम्बन्धमा परिणत भयो। र एउटा बृक्ष झै फुल्दै, फल्दै, झ्यांगिन्दै गयो।

रोममा इभानाको एउटा लाईब्रेरी थियो। दिउसोभर उ आफ्नो लाईब्रेरीमा बस्थी। र, साँझ मलाई दिनमा भएका प्रत्येक घटनाहरु म्यासेजमा पठाउँथी। उसलाई पुस्तक पढ्न र घुम्नमा शौख थियो।

“म संसारको कुना कुना चिहार्न चाहान्छुँ आनस।” कहिलेकाँही उ मलाई भन्ने गर्थी।

धेरै दिनसम्म इभानाको कुनै म्यासेज नआएपछि एकसाझँ मैले फेरि उसलाई अर्को एउटा म्यासेज पठाएँ। त्यसको रिप्लाई भोलिपल्ट आयो। रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो। म कसरी भन्नु तिमीलाई, म कति धेरै दुखी छुँ। जिन्दगी सधैं एकनासले बगिरहने नदी जस्तो होइन रहेछ आनस। तिमी आफ्नो ख्याल गर। म कामना गर्छुं तिमीलाई केहि नहोस्। यहाँ फोन चलाउनु मिल्दैन। त्यसैले रिप्लाई आएन भनेर दुखी नहुनु। तिमीलाई भन्न मन लगेको कुरा म्यासेजमा पठाई राँख्नु। भोलि के हुन्छ, त्यो मलाई थाहा छैन। बाचेँ भने म तिम्रो म्यासेजको जवाफ दिनेछुँ। म्यासेजको जवाफ कहिल्यै आएन भने सम्झँनु – म तिमीले कहिल्यै नसम्झिने तिम्रो यादहरुमा बसेको छुँ। तिमीले कहिल्यै नदेख्ने दृश्यहरुमा बसेको छुँ। अहिले म जान्छुँ। आफ्नो ख्याल राख्नु। आई मिस्ड यु आनस। धेरै धेरै।”

रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो।

उसको म्यासेज मैले मुस्किलले पढि सिध्याएँ। मेरो हिक्का छुट्यो। मलाई डाको छोडेर रुन मन लाग्यो। आफैँमा च्यातिन मन लाग्यो। आफैँमा चिथोरिन मन लाग्यो।

म कल्पन्छु, यी दिनहरु केवल एउटा भ्रम मात्रै भईदिउँन। एउटा सपना मात्रै भईदिउँन। बिउँझन्दा हराई जाने सपना। बिलाई जाने सपना। तर यथार्थमा त्यस्तो कुनै चमत्कारी हुनेवाला छैन। भ्रम जस्तै लाग्ने यो तितो यथार्थलाई टाउँकोले टेकेर हिड्नु नै छ।

कोरोना भाइरसको महामारीमा आज हामीले जुन कठिन समय बिताईरहेका छौँ , त्यो भोलिका दिनमा एउटा इतिहास बनेर सुरक्षित रहनेछ्न इतिहासका पानाहरुमा। आज जसरी हामी विगतका इतिहास पढेर कहालिन्छौँ। त्यसरी नै भोलिका हाम्रा सन्ततीहरु पनि आजका यी दिनहरू पढेर कहालिनेछ्न।

यो कोरोना भाइरसले निम्त्याएको एक महामारी मात्रै होइन। यस्तो संकटको समयमा एउटा मानवताको  हिसाबले  कसले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराको परिक्षा पनि हो। राजनैतिक कर्मी र देशका नेतृत्वकर्ताहरुका लागि आफ्नो देशको जनताप्रति कति बफादार छ भन्ने कुराको परीक्षा हो। विपद्को घडीमा एक राष्ट्रले अर्को राष्ट्रसंग कस्तो सम्बन्ध राख्छ भन्ने कुराको परीक्षा हो। र पृथ्वीका सम्पूर्ण मानव जगतका निम्ति  मानिसको जीवनमा सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने प्रश्नको परीक्षा हो।

आज पन्ध्र दिन बित्यो इभानाको कुनै म्यासेज आएको छैन। आजकल मेरो हरेक दिनहरु उसको म्यासेज कुर्नुमा बित्छ। प्रत्येक एक-एक घण्टामा फेसबुक र इमेल चेक गर्छुँ। तर त्यँहा इभानाको कुनै म्यासेज आएको हुँदैन। म उसले अन्तिम म्यासेजमा भनेका कुराहरु सम्झन्छुँ। र कता कता आफैँमा फाटिन्छुँ। आफैँमा चुडिन्छुँ। आफैँमा विरक्त्तिन्छु। मनमा एकाएक चिसो भएर आउँछ। कतै उनि पनि….? तर त्यस्तो नहोला। म आशा राख्छु, किनकी निराशा समस्याको समाधान होइन।

हरेक घटना र समस्याहरुले केहि न केहि सन्देशहरु दिएर जाने  गर्छन। तर त्यसलाई कस्ले कति सकरात्मक रूपमा लिन्छ भन्ने कुराले महत्त्व राँख्छ। कतिपय व्यक्तिहरु यस कोरोना भाइरसलाई कुनै अमूक मुलुकको राजनैतिक षड्यन्त्र हो भनी अफवा फैलाउँदै हिँडिरहेका छन्। भलै उसलाई भाइरस के हो र यसले कसरी रोग निम्त्याउँछ भन्ने कुराको सामान्य जानकारी समेत थाहा हुदैन। कुनैपनि विषयको ज्ञान पाउँनको लागि त्यसमा विशेषज्ञता हासिल गरेको हुनैपर्छ भन्ने छैन। तर भाइरस, सरुवा रोग र जीव विज्ञानको आधारभूत ज्ञान थाहा पाउनै पर्छ। हरेक व्यक्तिले विज्ञानलाई विस्वास गर्नुपर्छ भन्ने सन्देश यस महामारीले दिन्छँ।

विगतका महामारीमा मानिसहरू चर्च, मठ मन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक स्थलमा गई पूजाआजा तथा झारफुक गर्थे। तर अहिले सबै धार्मिक स्थलहरु बन्द भएका छन। धार्मिक अनुयायीहरुलाई पनि विज्ञानमा विश्वास गर्नुपर्छ भन्ने सन्देश यो महामारिले दिएको छ।

यस विपद्काे घडीमा पनि विश्वका धनी राष्ट्रहरु आफ्नो अहमता, घमण्ड र शक्त्तिको प्रदर्शन गरिरहेका छन। अहिले  कोरोना भाइरसको औषधी र भ्याक्सिम कसले पहिले बनाउने भनेर दौडधुप चलिरहेको छ। अन्य राष्ट्रहरुसंग सहकार्य गर्नुलाई परनिर्भरताको बर्दी दिएर भूल गरिरहेका छन। त्यसैको नतिजा स्वरुप कतिपय विकसित राष्ट्रहरुले ठूलो मानव क्षति गुमाइरहेका छन। मानिस एक परनिर्भर प्राणी हो। मानिसले बनाएको राष्ट्र त के  संसारमा अन्य कुनै कुरा पनि पूर्ण रुपमा आफैमा आत्मनिर्भर हुदैँन। त्यसैले एक अर्काबीचको सहकार्य, वैज्ञानिक सूचनाको आदनप्रदान, धनी मुलुकले गरीब मुलुकलाई सहयोग जस्ता विश्वब्यापी सहकार्यले नै यस महामारी सँगै भविष्यमा आउने विपद् माथि जित हासिल गर्न सकिन्छ भन्ने अत्यन्तै महत्त्वपूर्ण सन्देश यस महामारीले दिएको छ।

जो बाहिर देखि हेर्दा अत्यन्तै शक्तिशाली देखिन्छ त्यो वास्तविक रूपमा त्यति नै शक्तिशाली नहुन पनि सक्छ भन्ने सन्देश यो महामारीले दिन्छ। त्यसका साथै आर्थिक रूपमा विकशित राष्ट्रहरु मात्रै शक्तिशाली राष्ट्र हो भन्ने मान्यता केवल एक भ्रम मात्रै हो भन्ने प्रष्ट भएको छ। आज विश्वका गरिब राष्ट्रहरु नै आफ्नो गरिबीपनको डरका करणले यस महामारी रोकथामका सावधानीहरु इमानदारीतासाथ  पालना गरेर आफ्नो मुलुकमा यो महामारी फैलन नदिई रोक्न सफल भएका छन। धनी र शक्तिशाली मानिएका राष्ट्रहरु यो मामिलामा नराम्रोसँग पराजित भएका छ्न।

सबै युद्धहरु जित्नका लागि युद्धभूमिमा उत्रेर युद्ध लड्नै पर्छ भन्ने हुँदैन। कतिपय युद्धहरु केहि कदम पछि हटेर, आत्मा विश्वास र धौर्यताकासाथ बसेर पनि जितिन्छ। यसको लडाइ गर्ने नियम नै यहीँ हो भन्ने सन्देश यस महामारीले दिन्छ।

दिन प्रतिदिन कोरोना महामारी झन जटिल बन्दै गईरहेको छ। लाखौंले ज्यान गुमाईसकेका छ्न भने लाखौं लाख संक्रमित भएका छ्न। विश्वको अर्थतन्त्र मात्रै नभई हरेक क्षेत्रलाई गम्भीर प्रभाव परेको छ। कोरोना भाइरसको विरुद्ध बिज्ञहरु खोज अनुसन्धान गरिरहेका छन। तर कुनै ठूलो जित हात परेको छैन। यो महामारीको अन्त्य  हुन अझै कति समय लग्ने हो। त्यसको कुनै यकिन छैन। पूर्णरुपमा यसको अन्त्य हुनजेल कति जनधनको क्षति हुने हो, त्यो अनुमान गर्न सकिन्दैन।

तीन हप्ता बित्यो। इभानाको कुनै अत्तोपत्तो छैन। म हरेक दिनझै उसको म्यासेजको पर्खाइमा बस्छु। मेरो पर्खाइलाई भेट्न सदाझै आउँछ दिनहरू। आउँछ अन्ध्यारा रातहरु।  आउँछ आकाशमा केही चराहरु। तर उसको खबर कहिल्यै  आउँदैन। तैपनि म अझै झिँनो आशा राख्छुँ, आखिर किन ? मलाई वास्तवमै थाहा छैन, म किन अझै आशावादी छु।

अनेकन कुरा सोचेर टोलाउछुँ म। भित्ताको घडीको आवाजले मलाई झस्काईदिन्छ। घडी हेर्छ, घडीको सुई घुमिरहेको छ। झयाल खोलेर बाहिर हेर्छु, लाग्छ – समय जँहीको त्यहीँ अडिएको छ।

साँझतिर मन भुलाउन  छतमा निस्कन्छु। घाम आकाशको दक्खिन किनारै किनार हिडिरहेको छ। काठमाडौंका सडकहरु शान्त देखिन्छ। कहिँ कतैबाट पनि कुनै आवाज आउँदैन। वातावरणको त्यो मौनता देख्दा यस्तो लाग्छ मानौं, पुरै संसारमै सन्नाटा छाएको छ। फिक्का निलो आकाशमा केही बादलका टुत्राहरु उडिरहेका छन। बादलका टुत्रा संगै केही चराहरु पनि उडिरहेका छन। ती चराहरुलाई पनि लाग्दो हो, यी शहरहरु किन चुपचाप छ ? यी सडकहरु किन निँदाएका छन ?

एउटा चरा फुर्र उडेर मेरो छेउमा आएर बस्छ। चिरबिर चिरबिर गर्दै दायाँबायाँ उफ्रिन्छ। मलाई उ कतै टाढाबाट मेरो खबर लिन आएको छ झै प्रतित हुन्छ। म पनि ती चरालाई उसको खबर सोधी पठाउछुँ। उ फुर्र उडेर जान्छ, आकाशको पश्चिम दिशातिर । उ उडदा उसको पखेँटाको हावाले नजिकै रहेको गमलाको फुल हल्लिँन्छ। म त्यो गमलामा हेर्छुँ, सेतो फुल हल्लिरहेको छ। एकैछिन पछि अध्यारो छाउँछ। र साँझ हुन्छ। म विश्वास गर्छु – यो अध्यारो संगै रात सकिएपछि फेरि उज्यालो दिन आउने छ। अवस्य आउने छ।

* * *

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.