अबको प्रमुख एजेन्डा ‘सार्वजनिक स्वास्थ्य’

  २०७७ वैशाख १८ गते १०:०५     दिलिपकुमार श्रीवास्तव

कोरोना भाइरसबाट जोगिन रणनीति बनाउने छलफलमा उच्च अधिकारीहरू

कोरोना भाइरसको संक्रमण आज विश्वका सबै देशमा महामारीको रुपमा फैलिएको छ । जसले गर्दा विश्वको अर्थब्यवस्था तहसनहसको भईसकेको छ । हाम्रो देश नेपालमा पनि यो भाइरसले आक्रमण गरि सकेको आवस्था रहेको छ । हाल नेपालमा २०७७ बैशाख ४ गतेसम्म जम्मा परिक्षण करीब ६,८७१ ग्रिएकोमा करीब १६ जनामा कोरोना भाइरसको संक्रमण विभिन्न ५ वटा जिल्लामा पाइएको छ र नेपाल यसको उच्च जोखिममा रहेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो तर यो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ । यो भाइरस मानिसमा सर्नका लागि प्रत्यक्ष रूपमा यस रोगबाट संक्रमित मानिस वा पशुपक्षीको र्रयाल, सिँगान, थुक, जुठो खानेकुरा आदिबाट मात्र सर्ने गरेको देखिएको पाइन्छ । यो रोगको लक्षण कुनै पनि मानिसको शरीरमा यसको जीवाणु प्रवेश गरेको २ देखि १४ दिनभित्र देखा पर्दछन । यसको लक्ष्यण देखापर्ने समय अवधि मानिसको उमेर, उसको शरीरमा रहेको रोग प्रतिरक्षात्मक क्षमता, उसको शरीरमा रहेका दीर्घरोगको अवस्था, खानपान आदिका कारणले फरक फरक हुनसक्छ । यो रोगको लक्षण देखा परको मध्येमा पनि करिब ८० प्रतिशत मानिसमा सामान्य प्रभाव परेको हुन्छ र सजिलै उपचार हुन्छ । यो रोगबाट जटिल अवस्थामा पुगेका बिरामीको शरीरका बहुअङ्ग फेल हुने सम्भावना उच्च रहेको र करीब ६ प्रतिशतको समूहमा पर्ने बिरामीको मृत्युदर पनि उच्च रहेको पाइएको छ ।

पृष्ठभूमि

छिमेकी देश चीनको उहान प्रान्तमा पहिलो पटक देखापरेको यो रोग के बाट र को बाट शुरु भयो र अन्य मानिसमा कसरी फैलियो भन्ने आजको दिनसम्म स्पष्ट हुन सकिएको छैन । संसारभरका वैज्ञानिक यस बारेमा अनेक कोणबाट अनुसन्धान गरिरहेका छन । तर निचोडमा पुग्न सकिरहेका छैनन । कुनै पनि भाइरसबाट संक्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोग पत्ता लगाउन सकिन्छ । तर उहानमा फैलिएको यो भाइरसको पहिलो बिरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । त्यहाँका चिकित्सक वैज्ञानिकले आजसम्म पत्ता लगाउन सकेका छैनन । संसारमा आजसम्म देखा परेका अधिकांश भाइरस जङ्गली जनावरबाट आएको पाइएको देखिन्छ । यो कोरोना भाइरस पनि जङ्गली जनावरबाटै उत्पत्ति भएको हो भन्ने बारेमा दुई मत नभए पनि कुन जङ्गली जनावरबाट आएको हो भन्ने बारेमा भने वैज्ञानिक एकमत हुन सकेका छैनन । अहिलेसम्म विभिन्न मुलुकमा फैलिएका भाइरस प्रायः चमेरो र ऊटबाट फैलिएको पाइएको छ । यो कोरोना भाइरस पनि चमेरोबाट फैलिएको हो भन्ने धेरैको अनुमान छ तर प्रमाणित भने हुन सकेको छैन । केही समय अगाडी इबोला पनि चमेराबाट फैलिएको थियो । त्यसै गरि अस्ट्रेलियामा हेन्ड्रा भाइरस र बङ्गलादेशमा फैलिएको भाइरस पनि चमेरोबाट नै फैलिएको थियो । त्यसैले नोभल कोरोना पनि चमेरोबाट फैलिएको हुनसक्ने आशंका वैज्ञानिकहरूले गरेका हुन तर वास्तविक तथ्य भने हालसम्म पत्ता लागेको छैन । यो भाइरसको संक्रमणबाट अहिले विश्वका सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मक रूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा यो रोगका कारण ज्यान गुमाउनेको संख्या चीनमा भन्दा बढी भइसकेको छ । इटली र स्पेनको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति भएको छ । अमेरिका त्यस्तै अप्ठेरो हालतमा पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चीनले गरेको अथक र योजनाबद्ध प्रयासको विश्वभरि नै प्रशंसा भएको छ ।

कोरोनाको विश्वमा परेको प्रभाव

लेखक

चीनमा पहिलोपटक कोरोना भाइरस देखिएको करिब चार महिना पुग्यो । यी चार महिनायता मानव समुदाय कोरोनासँग संघर्षरत छ । तर, कोरोनाको कहर भने बढेको बढयै छ । संक्रमणको जोखिमबाट बच्न, संक्रमण फैलिन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन गरेका छन । लकडाउनका कारण मानिस आफ्नै घरभित्रका कैदी जस्तै जीवन बिताउन बाध्य भएका छन । विश्व स्वास्थ्य संगठनले महामारी घोषित गरेको कोरोनाले अहिले विश्वभरको स्वास्थ्य व्यवस्था गम्भीर संकटमा पारेको छ र विश्वको अर्थप्रणाली भने गम्भीर संकटमा पर्ने आकलन गरिएको छ । यो महामारीबाट विश्वका मानव समुदायले भोग्ने सबैभन्दा ठूलो असर अर्थतन्त्रमाथि पर्ने निश्चित छ । अर्थ-व्यवस्था ठप्प भएपछि विश्व अर्थ-व्यवस्था अनिश्चित कालका लागि मन्दीको चपेटामा परेको अन्तर्रािष्ट्रय मुद्रा कोषले घोषणा गरिसकेको छ । लकडाउनले माग र आपूर्ति तथा उत्पादन रोकिएको छ जसले गर्दा अर्थ–व्यवस्थामा नकारात्मक असर पुगेको देखिन्छ । अर्थ–व्यवस्थामा देखापर्ने यो संकटको पहिलो सिकार कमजोर आर्थिक अवस्था भएका मानिस र मुलुक हुनेछन । भारतीय लेखक तथा राजनीतिक विश्लेषक काँचा इलैया सेपहर्डको भनाई अनुसार ‘जब कुनै महामारी वा संकट सिर्जना हुन्छ, तब आर्थिक र सामाजिक रूपमा प्रतिरक्षा शक्ति कमजोर भएका गरिब नै यसको अधिक सिकार हुन्छन’ । अहिले नै विशवभरिका करोडो मानिस भोकमरीको चपेटामा छन । युएनसिटिएडीका अनुसार कोरोनापछि कम्तीमा पनि ११.३ करोड मानिसलाई बाँच्न बाह्य सहयोग आवश्यक पर्नेछ । अर्थात एक छाक खाना पनि जुटाउन नसक्ने मानिसको संख्या बढेर जान्छ ।

कोरोना भाइरसको नेपालमा प्रभाव

कोरोना संक्रमणको महामारीले हाम्रो अत्यन्त कमजोर स्वास्थ्य प्रणाली, दैनिक उपभोगका वस्तुमा समेत अति परनिर्भरता, भ्रष्टाचार, उत्तरदायी राजनीतिको अभाव सबैथोक एकैचोटि उदांगिएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र मै नराम्रो असर परेको छ । दसौं लाख नेपाली रोजगारीका लागि विदेशमा छन । ती मुलुकको अर्थतन्त्र खुम्चिएर नेपाल फर्कनु पर्ने स्थिति बन्यो भने त्यसले नेपाललाई ठूलाे असर पार्ने छ । नेपालको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनका आधारमा झन्डै एकतिहाइ र विदेशी मुद्रा सञ्चितिमा झन्डै दुईतिहाइ योगदान दिने हाम्रो अर्थतन्त्रको मुख्य आधार रेमिट्यान्स कमजोर हुने र विदेशबाट फर्किएकालाई रोजगारी पनि दिनु पर्ने त्यस्तो अवस्थामा नेपालको अर्थतन्त्रलाई व्यवस्थापन गर्ने र युवालाई रोजगारी दिने जिम्मेवारी हुनजान्छ ।

कोरोना भाइरस महामारीले हाम्रो अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित छ । खाडी मुलुकबाट नेपालीलाई फर्काउन थालिएको छ । होटेलहरु खाली छ, हवाई जहाज एयरपोर्टमा थन्किएका छन, साना उद्योग बन्द छन। साना व्यापारी र निम्न आय भएका यसको चपेटामा परेका छन । यही कारणले उनीहरूको स्वास्थ्य, शिक्षा लगायत विषयमा थप जटिलता थपिने छन ।

हालसम्म करिब विश्वको हरेक मुलुकमा यो रोगको प्रभाव फैलिएको छ । यो रोगबाट सबभन्दा पहिला प्रभावित हने मुलुक चीन हो तर चीनले यसको उचित व्यवस्थापन गरिसकेको छ भने अन्य सबै मुलुकले भरमग्दुर कोसिस गरिरहेका छन । नेपालमा पनि यो रोगको प्रत्यक्ष प्रभाव देखिसकेको छ । यो रोगको त्रासका कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र मारमा परिसकेका छन् । यही रोगको त्रासका कारण नेपालको पर्यटन क्षेत्र कोमामा पुगिसकेको छ भने वैदेशिक रोजगार ठप्प भएको छ । नेपालका भन्सार नाकाहरू सुनसान छन, जसको कारण दैनिक करिब एक अर्ब रूपैयाँभन्दा बढी राजस्व गुमिरहेको छ । त्यस्तै नेपालको आन्तरिक बजार अस्तव्यस्ततर्फ उन्मुख भइरहेको छ । त्यस्तै पर्यटन सेवा लगायत उद्योग धराशयी बनेको छ । हजारौँ मानिस बेरोजगार बन्दै छन । खाडी तथा भारतबाट फर्कने लाखौँले रोजगारी गुमाएका छन । यो नेपालको लागी ठूलो चुनौती हो । कोरोना भाइरस महामारीले हाम्रो अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित छ । खाडी मुलुकबाट नेपालीलाई फर्काउन थालिएको छ । होटेलहरु खाली छ, हवाई जहाज एयरपोर्टमा थन्किएका छन, साना उद्योग बन्द छन । साना व्यापारी र निम्न आय भएका यसको चपेटामा परेका छन । यही कारणले उनीहरूको स्वास्थ्य, शिक्षा लगायत विषयमा थप जटिलता थपिने छन ।

कोरोना रोकथामको लागि नेपालमा भएका प्रयासहरु

विश्वमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रण गर्न प्रधानमन्त्रीको उपस्थितिमा पटक पटक बैठक बसी विशेष नीतिगत निर्णय गरी साधन स्रोत लगायत अन्य आवश्यक बन्दोबस्तीका कार्य गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा समन्वय समिति र मुख्य सचिवको अध्यक्षतामा उच्च स्तरीय कार्यदल गठन गरी नीतिगत कार्य भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको संयोजकत्वमा मन्त्रालय स्तरको कार्यदल गठन भएको छ भने प्राविधिक पाटो हेर्न प्रमुख विशेषज्ञको संयोजकत्वमा प्राविधिक टोली गठन गरी कार्यरत रहेको छ । अति जोखिमयुक्त मुलुकबाट आउने यात्रुलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा स्क्रिनिङ गरी शकास्पद बिरामी भेटिएमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । सरकारी र निजी अस्पतामा आइसोलेसन बेडको स्थापना गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई शंकास्पद बिरामीको नमुना परीक्षण गर्ने व्यवस्था गरिएको छ । चीन तथा भारतसँगका मुख्य नाकाबाट नेपाल प्रवेश गर्ने मानिसको शरीरको तापक्रम मापन गर्ने व्यवस्था गरिएको छ । यसका साथै यो भाइरसका बारेमा जनचेतनाका लागि सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रवाह गर्ने कार्य गरिरहेको पाइएको छ भने विभिन्न सरोकारवालासँग सहकार्य, सहयोग र संयुक्त पहलमा कार्य गरिएको देखिन्छ । यसका साथै देशको ७ बटै प्रदेशमा नमूना परिक्षणको व्यवस्था मिलाई उच्च सर्तकताका साथ कार्यहरु अघि बढाइएको छ । सरकारले गरेको काम सरहनीय र स्वागत योग्य छ ।

हाम्रो दायित्य र यसबाट बच्ने उपायहरु

कोरोना रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको व्यक्तिगत सचेतना हो । जब व्यक्ति सचेत, जागरूक र सक्षम हुन्छन धेरै समस्या र जोखिम स्वतः न्यूनीकरण हुन्छन र समाधान पनि तुरुन्तै हात लाग्छन । कोरोना रोग मानिसको श्वसप्रश्वासका क्रममा निस्कने थुक, सिगान, र्याल, जुठो खानेकुरा आदिबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सामान्यतया एक मिटरको दूरीका बीचमा यो सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले मानिसको भीडभाड लाग्ने बजारमा जाँदा, पसलमा जाँदा, सपिङ मल, सार्वजनिक स्थलमा हुने जात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुने क्षेत्रमा नै कोरोना चाँडै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोबाइल, लिपिस्टिक, कलम, ल्यापटप, रुमाल, अरूको प्रयोग गर्ने गरेमा भाइरस सर्ने ठूलो जोखिम हुन्छ र यो लाग्ने र सर्ने जोखिम सम्भावना सबैभन्दा बढी हुन्छ । पहिलो सचेतता भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो र रूघा लागेको मानिससँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्छ ।

त्यसैगरी आफूलाई रूघाखोकी लागेको छ भने मास्क लगाउनु पर्दछ । सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ । मास्क छैन भने कुइनोले छेकेर हाछ्युँ गर्नु उपयूक्त हुन्छ । त्यस्तो गर्न सम्भव नभए हातले छेक्नु पर्दछ । तर हाछ्युँ गरिसकेपछि सकभर साबुनपानीले हात धोइ हाल्नुपर्छ । सामान्य अवस्थामा पनि हामीले बेलाबेलामा साबुन पानीले हात धुने गर्नुपर्दछ । यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ । हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ । यस्तो बेलामा सबैभन्दा बढी वृद्धवृद्धा, मुटु, मधुमेह, उच्च रक्तचाप, अर्वुध, दमका रोगीलाई जोगाउनु पर्दछ ।

अब के गर्ने

कल्याणकारी राज्यले संसारभर बहस छेडेको वेला नेपालमा पनि कल्याणकारी राज्यबारे चर्चा हुनु जरुरी छ ।सन १९१८ को फ्लुपछि धेरै युरोपका देशले आफ्नो स्वास्थ्य सेवामा व्यापक लगानी गरेका थिए । हामीले पनि स्थानीयस्तरमा आवश्यक स्वास्थ्य सेवा पुर्याउन जरुरी छ ।

हाल बेरोजगार बन्दै विदेशबाट फर्किएका जनशक्तिलाई नेपालमै राखेर उत्पादनशील क्षेत्रमा लगाउन सके हाम्रा लागि ठूलो अवसर हुनेछ । देशमै केही गर्नुपर्छ भन्ने भावनालाई क्यास गर्ने यो सबैभन्दा उत्तम मौका हो । कल्याणकारी राज्यले संसारभर बहस छेडेको वेला नेपालमा पनि कल्याणकारी राज्यबारे चर्चा हुनु जरुरी छ । तर, नेपाललाई त्यहाँ पुरयाउन उत्पादनमुखी अनि आत्मनिर्भर अर्थतन्त्रबारे भने थप काम गर्न जरुरी छ । सन १९१८ को फ्लुपछि धेरै युरोपका देशले आफ्नो स्वास्थ्य सेवामा व्यापक लगानी गरेका थिए । हामीले पनि स्थानीयस्तरमा आवश्यक स्वास्थ्य सेवा पुर्याउन जरुरी छ । निजी अस्पताललाई नियमन गर्ने अनि आवश्यक परे राष्ट्रियकरण गर्ने साहस नेतृत्वले देखाउन सक्नुपर्दछ । हाम्रो ल्याब, विश्वविद्यालय, अनुसन्धान केन्द्रको महत्व बुझ्न अब ढिला गर्नुहुन्न र सरकारी अस्पतालका बेड अनि भेन्टिलेटर लगायत अन्य सुधारको आवश्यकता रहेको छ ।

निष्कर्ष

हरेक घटनाका सकारात्मक तथा नकारात्मक दुई पाटा हुन्छन । त्यसैले यस कोभिड—१९ बाट विश्व मानव समुदायले भविष्यलाई केही सकारात्मक सन्देश वा शिक्षा पनि पाउन सक्छ । मानवीय सोच एवं धारणामा आउने आमूल परिवर्तनले अन्तर्रा्ष्ट्रिय सम्बन्ध र मुलुकहरूबीचका अन्तर सम्बन्ध एवं सहयोगका क्षेत्रमा नयाँ र सकारात्मक आयाम थप हुन सक्छन । आपसी सदभाव र समझदारीमा बढोत्तरी हुन सक्दछ । सरकार र नागरिक सहकार्यको संस्कृतिले अनुकरणीय असल अभ्यास स्थापित हुन सक्छ । संकटकालका बेला मुलुकले उपयुक्त्त र शीघ्र नीति निर्माण गर्नसक्ने क्षमता, अनलाइन कारोबारको बढोत्तरी, स्वरोजगार वा स्वदेशमै रोजगारीलाई प्राथमिकता, नियन्त्रित विकास निर्माणलाई निरन्तरता, वातावरण संरक्षणमा थप सचेतना, प्राकृतिक स्रोतको दोहनमा विवेकशील बन्न प्रेरित गर्दछ । कोरोनाले नागरिकलाई अनुशासन सिकाउनको साथै ग्लोबल हेल्थ सिस्टमको बहस संसारभरि चलाएको छ । लकडाउनले ध्वस्त पारेको अर्थतन्त्र र सार्वजनिक स्वास्थ्य अबको संसारको प्रमुख एजेन्डा हुने छ । तर, हाम्रो जस्तो मुलुकका लागि भने त्यहाँसम्म पुग्न पनि कठिन छ । त्यसैले अब सबै नागिरकलाई सचेत गराएर, नागरिक सुरक्षाका प्रबन्ध गरेर, नागरिकको आत्मबल बढाएर, सरकारी, निजी, गैरसरकारी लगायतका क्षेत्रको सहकार्यबाट व्यवस्थापन गर्न सकिन्छ ।

dilip.shrivastav71@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.