गरिबी र कोरोना

  २०७७ वैशाख १६ गते ६:१५     राजकुमार अधिकारी

लेखक

के मार्छस कोरोना तँ मलाई,
जो हरेक पल सामान्य स्वास्थ्य समस्याले छट्फटाइरहेको छ ।
के तड्पाउँछस् कोरोना तँ मलाई,
जो हरेक दिन विविध पिडा र अभावले तड्पिरहेको छ ।
जहाँ तेरो भन्दा डर भोकमरीको छ,
आफ्नो भन्दा पिर भोको छोरा छोरीको छ ।

तेरो त के डर हुनु र मलाई, तेरो त के डर हुनु र मलाई,
डर त हरेक वर्ष मेरा आसपासमा रहेकालाई मार्ने हैजा र झाडापखलाको छ ।
सुन्दैछु तँ सँग विश्व नै आतंकित छ अरे, सुन्दैछु तँ सँग विश्व नै आतन्कित छ अरे,
ठूला ठूला पुँजीपति र धनाड्य पनि तेरै कारण मरे ।
मै विश्व कै शक्ति हु भन्नेहरु पनि तेरो सामु घुडा टेके अरे।

तर मलाई प्रवाह छैन, तर मलाई प्रवाह छैन,
म त केबल सोच्दैछु विहान त खाँए तर के खाने भरे ,
विहान त खाँए तर के खाने भरे ।
डर त मलाइ त्यस्ता सँग लाग्छ, डर त मलाइ त्यस्तासँग लाग्छ ।
जो आसेपासे सञ्चार माध्यमलाई अपवाह फैलाउ भन्दैछन,
अगाडिको सटर बन्द गरि पछाडिको ढोकाबाट कालोबजारी गरि धनि बन्दैछन ।

हो डर त मलाई त्यस्तासँग लाग्छ,
जो गत वर्ष करोड होइन अर्बौ भन्सार छुट लिएर पनि
ज्वरो र रुघाखोकीको बिरामीलाई आफ्ना अस्पतालमा प्रवेश निषेध भन्दैछन् ।
जटिल परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिदमा भित्रभित्रै नीतिगत भष्ट्राचार गरि
बाहिर सरिप बन्दैछन,
हो डर त मलाई त्यस्तासँग लाग्छ , जो गत वर्ष करोड होइन अर्बौ भन्सार छुट लिएर पनि
ज्वरो र रुघाखोकीको बिरामीलाई आफ्ना अस्पतालमा प्रवेश निषेध भन्दैछन् ।
जटिल परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिदमा भित्रभित्रै नीतिगत भष्ट्राचार गरि
बाहिर सरिप बन्दैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.