विनाश विनाको विकास उत्तम विकल्प

  २०७७ वैशाख १७ गते २२:४५     कृष्णप्रसाद भण्डारी

विम्मात्मक तस्वीर, स्राेतःविकिपिडिया

नोेवेल कोरोना भाईरस र उत्पत्ति

विश्व स्वास्थ्य संङगठनका अनुसार कोरोनाभाईरस रुघाखोकीदेखि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम र सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोमजस्ता गम्भिर रोग निम्त्याउने ठूलो भाइरसहरुको एउटा समूह हो । नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिसबीच सर्ने भाइरस हो । यो भाइरस सर्वप्रथम चीनको वुहान क्षेत्रमा सन् २०१९ डिसेम्बर ३१ तारिखमा होलसेल सिफुड मार्केटबाट मानिसमा सरेको हो भनी पुष्टि भएको छ । यो भाईरस जनावरबाट मानिसमा सर्ने भनिएता पनि हालसम्म यो कुन जनावरबाट मानिसमा सरेको भनि पुष्टि भैसकेको छैन तथापी यी सालक, चमेरा, सर्प, सुङगुर, कुखुरा आदि जनावरहरु शंकाको घेरामा परेको भएता पनि यकिन हुन सकेको छैन । चिनिया अधिकारीहरुले सन् २०२० जनवरी २१ मा कोरोना भाईरस मानिसबाट मानिसमा सर्ने भनी पुष्टि गरेका थिए । शुरुमा चीनमा मात्र देखा परेको यो भाइरस अहिले विश्व परिक्रममा छ । हालसम्म २०६ भन्दा बढि देशमा आफ्नो पकड जमाएको छ । नोबेल कोरोनाको रुपमा रहेको भाइरसको न्वारान भने वैज्ञानिकहरुले सन् २०२० फेब्रुअरी ११ मा कोभिड–१९ अर्थात जसको पुरा नाम भने कोरोना भाइरस डिजिज २०१९ राखेका छन् ।

कोरोना र विश्व

सन् २०१९ को अन्त्य संगैसंगै नयाँ वर्षको शुरुवात हुनु अघिलो दिन अर्थात सन् २०१९ डिसेम्बर ३१ तारिखमा चीनको वुहान क्षेत्रमा रहेको होलसेल सिफुड मार्केटबाट मानिसमा सरेसंगै यसले विश्वमा तहलका मच्चाउन शुरु गर्यो । रोचक र दुःख लाग्दो प्रशङ्ग त के छ भने चीनमा कोरोना आउँछ भनेर भविष्यवाणि गर्ने चिनियाँ डाक्टर लि तेनलिगले ३० डिसेम्बरमा घोषणा गरेकोमा गलत सूचना प्रवाह गरेको भनी पुलिसले पक्रेर जेल चलान गरिएकोमा पछि उनको जेलमै सन २०२० फब्रुअरी ७ मा कोरोनाकै कारणबाट मृत्यु भयो भने पछि उनलाई नायकको रुपमा चिनिएको छ । चीनपछि यो भाइरस चीनपछि कोरिया, फिलिपिन्स, हङकङ्ग हुदै विश्व जगतमा आतंकको रुपमा फैलिएको छ । चीनमा तीन हजार भन्दा बढि मानिसको ज्यान लिइसकेकोे छ भने इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत जस्ता विकसित मुलुकहरुमा बढि क्षति पुर्याएको छ । हालसम्म यस भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघिसकेको छ भने संक्रमितको संख्या २० लाख पुगेको छ । विश्व्यापी भ्रमणमा रहेको यो भाईरसबाट नेपाल पनि अक्षुतो रहन सकेन चीनबाट नेपाल फर्केका एकजना व्यक्तिमा कोरोना भाइरस रहेको भनी २०७६ माघ १० मा पुष्टि भएको र उनलाई क्यारेनटाइनमा राखेर उपचार पश्चात निको भएका छन् । त्यसपछि हालसम्म विभिन्न मुलुकबाट नेपाल फिरेका १६ जनालाई यो भाइरस देखिएको छ भने उनीहरुको उपचार भैरहेको छ । विश्का धेरै मुलुकहरु कोरोना भाइरसको चुनौतिको सामना गर्न दिनरात लागि परेका छन । भाइरस फैलने क्रम नरोकिएमा विश्वमा ठूलो संकट निम्तने निस्चित छ । मानवीय, आर्थिक, वातावरणीय आदि क्षेत्रमा भयाभह स्थिति सिजना हुनसक्छ ।

लेखक

‘चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधि र खोपको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आकलन गर्न सकिने स्थिति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन घरमै सेल्फ क्यारेनटाइनमा बस्नु बाहेकको अरु कुनै विकल्प छैन ।’

कोरोना भाईरसका लक्ष्ण हरु
 १०४ डिग्रि सेल्सीयससम्म ज्वरो आउनु,
 रुघाखोकि लाग्नु
 सुख्खा खोकी लगातार लाग्नु
 छिटोछिटो शास फर्नु,शास फेर्न गाहे हुनु,
 जटिल हुदै गएमा निमोनिया हुनु,
 सिभियर एक्युट रेस्पिेरिटोरी सिन्ड्रोम हुनु,
 मृगौलाले काम गर्न छाडनु र मृत्युसमेत ह्न सक्ने

नोवल भाइरस सर्ने तरिका

नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिस बीच सर्ने भाइरस हो । जनावरबाट मानिसमा सर्दछ कुनै एउटा सदस्यमा भाइरसको संक्रमण भएमा सो मानिससँग सम्पर्कमा आउने अन्य मानिसमा यसले सहजै संक्रमण हुने संभावना प्रवल रहन्छ । जनावरबाट मानिसमा सरेको यो भाइरस पछिल्लो समयमा जनावरबाट जनावरमा सरेको पनि छ । सर्वप्रथम सन् २०२० अप्रिल ६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स चिडियाखानामा एउटा बघिनीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
नोवल कोरोना भाइरसबाट बाट बच्ने उपायहरु

 नियमित रुपमा साबुन पानीले मिचिमिचि हात सफा गर्ने,
 संक्रमित व्याक्तिबाट टाढा रहने,
 अनावश्यक भिडभाडमा नजाने,
 खोक्दा हाच्यिउ गर्दा मुख छोप्ने,
 घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउने,
 मासु र अन्डा राम्रोसँग पकाएर खाने,
 कोरोना भाइरस सम्बन्धी तत्काल कुनै लक्ष्यण देखिएमा सम्बन्धित नजिकैको स्वास्थ्य संस्थामा खबर गर्ने÷जाने
 जंगली तथा घरेलु पशुपंक्षीको नजिक नजाने संपर्कमा नआउने,
 आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने,
 कुनैकार्य गरेपश्चात स्यानीटाइजर, ह्यान्ड वासको प्रयोग गर्ने अथवा साबुन पानीले मिचिमिचि हात सफा गर्ने

नोवल कोरोना र मानव जीवन

पृथ्वीको सबैभन्दा बुद्धिमानी र सर्वश्रेष्ठ प्राणी मानीस यतिबेला एउटा सूक्ष्म जीवाणु भाइरसबाट त्रसित छ । एक्दमै सानो सूक्ष्म जीवाणुले मानिसलाई एउटा बन्दकोठामा जेल जस्तै बनाईदिएको छ । विश्वका अधिकांश नागरिक बन्द कोठाभित्र कुन्ठित भएका छन । दैनिकी जीवन कष्ठकर हुदैँ गएको छ । आफ्नो परिवार, इष्टमित्र, साथीभाईसँग समेत टाढा बनाइदिएको छ । प्राय सबै मुलुकले अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय तथा राष्ट्रिय हवाई यातायात, जल तथा स्थल यातायात, राष्ट्रिय तथा अन्तराष्ट्रिय सीमा नाकामा मानवीय आवत जावतलाई ठप्प पारिएको, भेटघाट, सभासम्मेलन लगायतका सम्पूर्ण कार्यहरु पुरै बन्देज गरेका छन् । मानिसको दैनिकी कष्ठकर हुदैँ गएको छ भने करिव १ लाख २८ हजार भन्दा बढिको ज्यान गैसकेको छ २० लाख भन्दा बढि मानिस यो भाइरसबाट संक्रमित छन् । यो भाइरसले धनी, गरिव, जात, रुप रङ्ग, लिङ्ग, सानो ठूलो, कसैलाई भेदभाव गरेको छैन् । युरोपियन र अमेरिका जस्ता अर्थतन्त्रका बादशाह मानिने यी मुलुकमा सबैभन्दा बढि प्रकोप फैलिएको र ठूलो जनधनको क्षति तीब्र रुपमा बढ्दै गएको छ । हालसम्म विश्वका २०६ भन्दा बढि मुलुकमा यसको महामारी आगोको मुस्लो जसरी फैलिएको छ । मानवीय संकट निम्तत्याउन सक्ने भन्दै विश्व स्वास्थय संगठनले सन् २०२० जनवरी ३० मा आपतकालीन बैठकले यस प्राणघातक भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको छ । नेपालमा पनि यस भाइरसको प्रकोप नफैलियोस र मानवीय क्षति कम होस भन्ने हेतुले नेपाल सरकारले विस २०७६ चैत ११ देखि लकडाउन (स्वकफ्र्यु) घोषणा गरेको छ । मानवीय आवतजावत पूर्णरुपमा ठप्प छ । अत्यावश्यक बाहेकका सबै सेवामा बन्देज लगाइएको छ । मानव जीवन नै सबै थोकको सबै चीज भएकोले नेपालले चालेको यो कदम सहनिय छ । यसैको फलस्वरुप थप क्षति हुन पाएको छैन भने सबै आ–आफ्नो ठाउँबाट सबै सचेत भएका छन् ।

नोवल कोरोना भाइरस र अर्थतन्त्र

कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाईदिएको छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका आदि संघसस्था र अर्थशास्त्रीहरुले सन् १९३० को विश्व आर्थिक मन्दी भन्दा जटिल अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिसकेका छन । यहिँ अवस्था रहिरहेमा अर्थतन्त्रमा चौपट हुने निश्चित नै छ । उद्योग, कलकारखाना, पर्यटन, उद्यम, रोजगारी, व्यापार व्यावसाय, कृषि, हवाई यातयात, होटल रेष्टुरा आदि क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । लाखौ मानिस रोजगार बिहीन भएका छन अत्यावश्यक बाहेकका सबै बस्तु तथा सेवाको आयात निर्यातमा समस्या सिर्जित भएको छ । कृषि उपजहरुले बजार नपाउँदा उत्पादन स्थलमै सडेर गएको छ भने अर्कोतर्फ उपभोक्ता वर्ग कष्ठकर जीवन यापन गर्न विवस छन् । वस्तु तथा सेवाको मूल्य छोईनसक्नु भएको छ सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । अर्थतन्त्रका बादशाह ठानिने विकसित मुलुकहरुसमेत अहिले ओरालो लागेका छन आर्थिक वृद्धिमा संकुचन आउने क्रम तिब्र छ यो विश्वव्यापी समस्याको रुपमा देखा पर्न थालिसकेको छ । केहि देशहरुले आन्तरिक, अन्तराष्ट्यि तथा बहुपक्षिय आयात निर्यातलाई पूर्ण रोक लगाईसकेका छन् । यहि भाइरसको कारण उत्पादनमा कमि, मागमा सुस्तता र पुँजी बजारमा भारी गिरावट आउन थालेको छ । आर्थिक स्थायीत्व र आर्थिक बृद्धिको लागि व्यापार व्यावसाय संचालन हुनुपर्ने हुन्छ तर अहिले न त व्यापार व्यावसाय संचालन न त लगानी नै भएको छ । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न गएको छ । अर्थतन्त्रका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालमा पनि प्रत्यक्ष असर परेको छ । ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने मानिसको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ, राजश्व संकलनमा भारी गिरावट आएको छ, पर्यटन, उद्योग, कषि, व्यापार, व्यावसाय पुरै सुनसान छन्, बैंक तथा वित्तीय संस्थाले पनि अपेक्षित गति लिने कुरै भएन कर्जा असुलीमा प्रत्यक्ष असर पारिरहेको छ, घरेलु तथा साना उद्योगको अवस्था झन् जरझर भएको छ । विकास आयोजना ठप्प नै छन् । विकास आयोजना समयमै सम्पन्न नहुँदा थप आर्थिक भार पर्ने कुरा निश्चित नै छ । रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ वैदेशिक रोजगारीमा गएका ४५ लाख भन्दा युवाको भविष्य के हुन्छ भनेर आंकलन गर्न सकिने स्थिति छैन । आशा राखौ यस भाइरसको आतंकबाट छिट्टै राहात मिल्ने छ र विश्व अर्थतन्त्रका साथै नेपालको अर्थतन्त्र पुरानै अवस्थामा जाने छ ।

कोरोना भाइरस र वातावरण

यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो ।

अन्य क्षेत्रमा जस्तो वातावरणमा नकरात्मक असर परेको छैन । सम्पूर्ण विश्व जगत नै लकडाउनमा रहेको अवस्थामा वातावरण प्रदुषणमा कमी आएको छ । खनिज पदार्थको उत्खनन्, हवाई इन्धन, कलकारखाना, आणविक भट्टी आदि पूर्णरुपमा संचालन नहुँदा वातावरण स्वच्छ भएको छ । कतिपयले कोरोना भाइरसलाई मानिसले वातावरण माथि गरेको अव्यवस्थित दोहनले सिर्जित समस्या भनेका छन् । जनसंख्याशास्त्री मालथसले भनेझै ूपृथ्वीले धान्न नसक्ने भन्दा बढि जनसंख्या भयो भने पृथ्वीले आफै सन्तुलन कायम गर्न विभिन्न विपद, महामारी आउछ भनेका थिए । कतै त्यही सिद्धान्त सिर्जित भएको त होईनू ? यदि त्यसो हो भने यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो । कोरोना भाइरसले वातावरणमा धेरै जसो सकरात्मक परिवर्तन ल्याएको छ तर यहिँ मौका छोपि वन्यजन्तु र वनस्पतीको अवैध चोरिशिकारी हुने संम्भावना पनि उत्तिकै छ । खुला पशु चौपायकलाई आहार विहारमा समस्या भई तिनीहरुलाई जोगाउन समेत हम्मे पर्न सक्छ । समग्रमा यस भाइरसले वातावरणमा राम्रो प्रभाव पारेको छ भन्नु नै उत्तम होला । अब सबैले यो बुझ्न जरुरी छ कि पारिस्थितिक प्रणालीको संरक्षण र सम्बद्र्धन भयो भने सम्पूर्ण जगत नै सुरक्षित र व्यवस्थित रुपले संचालन हुन्छ । प्राकृतिक स्वरुपलाई नै कुरुप र खलबलिने तवरले मानवीय गतिविधि चलायमा प्रकृतिले त्यसको जवाफ दिन्छ भन्ने गतिले उदाहरण कोरोना भाइरसले प्रकट गरिसकेको छ । त्यसैले बुद्धिजिवी प्राणी मानवको मनमष्तिकमा वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गनुपर्छ भन्ने चेतना भर्नुपर्ने आवश्यक देखिन्छ ।

अन्ततः चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधिको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आँकलन गर्न सकिने स्थीति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्यसंग सम्बन्धित सरोकार राख्ने निकायहरु, संचार माध्यमहरु आदिले जारी गरेका सुरक्षाका उपाय अपनाई क्वारेन्टाईनमा बस्नु पर्ने कुरा चीनले प्रमाणित गरिसकेकोले सबैले आ–आफ्नो ठाउँबाट सरकारले घोषणा गरेका नियम पालना गरी मानवीय धर्म निभाइ असल नागरिक भएको परिचय दिनु नै सम्पूर्ण मानव जगत र विश्वको लागि हित हुनेछ । सकारात्मक सोच राखौं । विश्वले कोरोनाबाट उन्मुक्ति पाई पुरानै अवस्थामा पुग्न सक्नेछौ । बेलैमा होस पुर्याउ, स्वास्थ्य जीवनशैलीमा परिवर्तन गरौँ, दीर्घजीवि बनौँ । मानव इतिहास रच्न आफ्नो व्यावहारलाई परिवर्तन गर्यौ भने यस्ता संकटको सहजै पार लगाउन सकिने छ र जगतकै भलो हुने निश्चित छ ।

krishna7285bhandari@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.