प्रविधिमा आधारित व्यवसायमा छलाङ

  २०७७ जेठ २९ गते २०:३९     सुशीला ढकाल

परिचय
कोरोना भाइरस रोग भर्खरै पत्ता लागेको कोरोनाभाइरसको कारण हुने एक संक्रामक रोग हो । कोभिड–१९ भाइरसले संक्रमित व्यक्तिहरूमा हल्कादेखि मध्यम श्वास रोगको अनुभव गर्दछन् । यस रोग विशेष उपचारको आवश्यकता बिना नै स्वास्थ्यलाभ हुन्छन् । पाको उमेरका व्यक्तिहरू,  हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग, क्यान्सर जस्ता मेडिकल समस्याहरू रहेका व्यक्तिहरुमा यस रोगको संक्रमण तथा असर बढी हुने सम्भावना हुन्छ । कोभिड भाइरस मुख्यतया सिंगान, र्याल तथा हाछ्युँ, आँखाको माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ । त्यसैले खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्नु पर्दछ ।

विश्वव्यापी अवस्था

चीनको वुहानबाट शुरु भएको कोरोनाको विश्वव्यापी संक्रमण दिन प्रति दिन फैलदै गईरहेको छ । अपवाद बाहेक विश्वका सवै देश र क्षेत्रमा यसको संक्रमण फैलिसकेको छ । मिति २०७७।०१।०७ गतेसम्म २३ लाख ५० हजार भन्दा व्यक्तिहरु संक्रमित भईसकेका छन् भने १ लाख ६१ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । अमेरिकामा मात्र ३९ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् । यस महामारी अमेरिका र युरोपमा तिव्र गतिमा फैलिरहेको देखिन्छ । सावधान नअपनाउने हो भने विश्वमा नै व्यापक रुपमा फैलन चेतनावनि विश्व स्वास्थ्य संगठनले दिईरहेको छ । छिमेकी देश भारतमा समेत संक्रमणको दर बढ्दो रुपमा रहेको छ ।

नेपालको अवस्था

चीनको वुहानबाट शुरु भएको कोरोना महामारीले विश्वका सवै देशहरुलाई प्रभावित पारेको यो समयमा नेपाल पनि यसबाट अछुतो रहन सकेन । पौषको २२ गते पहिचान भएको नोभल कोरोना भाईसको प्रभाव विश्वव्यापी रुपमा बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट घोषणा गरेको थियो ।

लेखकनेपालमा २०७६ माघ ९ गते एक नेपालीमा पहिलाे पटक यो रोग लागेको देखिएको भएतापनि निज निको भई सकेको अवस्थामा मिति २०७६ चैत्र ४ गते फ्रान्सबाट नेपाल र्फकेकी १९ वर्षिय युवतिमा कोरोना भएको पुष्टीे चैत्र १० गते भएको थियो । नेपाल सरकारले सम्भावित कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी चैत्र ७ गतेबाट सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायो ।

कोरोना संक्रमण फैलनबाट रोक्न त्यस लगत्तै नेपाल सरकारबाट संक्रमण रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोरोना नियन्त्रण उच्चस्तरीय समितिको शिफारिसमा कोरोना रोकथाम र निर्मुल गर्न मिति २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी को आदेश जारी गरेको छ जुन अझै जारी नै छ । नेपाल सरकारले कोरोना संक्रमण परीक्षणको दायरालाई बढाउंदै सबै जिल्लामा र्यापिड टेष्टको व्यवस्था गरेको छ भने प्रत्येक प्रदेशमा कोरोना डेडिकेटेड अस्पतालको व्यवस्था मिलाएको छ । मिति २०७७।०१।०७ गतेसम्म नेपालमा ३१ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पृष्टि भईसकेको छ । जसमध्ये हालसम्म ४ जनामा उपचारबाट निको भई घर फर्किएका छन् ।

सरकारले कोरोना सक्रमणको यकिन गर्न कोरोना परीक्षणको दायरा फराकिलो बनाउने, स्वास्थ्य सामग्रीको उचित व्यवस्था गरी संकास्पद व्यक्तिहरु, उनीहरुका परिवार र उनीहरुको सम्पर्कमा आएका व्यक्ति र समुदाय समेतलाई परीक्षणको दायरामा ल्याई समुदायस्तरमा हुनसक्ने सम्भावित संक्रमणलाई रोक्नुपर्ने देखिन्छ ।

कोरोनाबाट बच्ने उपायहरु

हाल देखिएको कोभिड १९ को महामारीबाट मानव जीवन र मानव स्वास्थ्यलाई बच्नु र बचाउनु नै मानवजातीको पहिलो कर्तव्य हो । नोभल कोरोना भाइरसबाट आफू बच्न र अरुलाई बचाउन निम्न अनुुसार गर्नुपर्ने देखिन्छ ।

  • ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।
  • खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।
  • सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीको पूर्ण रुपमा पालना गरी भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।
  • बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा सावुन पानी नभएमा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
  • कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा कोरानाका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त गई चेकजांच गर्ने ।
  • शंकास्पद व्यक्तिहरु १४ दिनसम्म छुट्टै आईसोलेसनमा बस्ने तथा कोरोना परीक्षण गराउने ।

महामारीले विश्व समुदायमा ल्याएका चुनौतीहरु

कोरोना महामारीले हाल विश्व जगत आक्रान्त छ । विश्वका शक्तिशाली, विकसित र मेडिकल विज्ञानको क्षेत्रमा अब्वल भनिएका देशहरु समेत यस महामारी विरुद्धको लडाईमा आफ्नो भएभरको शक्ति लगाएर कार्य गरिरहेको वर्तमान अवस्थामा यस महामारीले विश्व समुदायमा विविध चुनौतिहरु ल्याएको देखिन्छ । विश्व वैक तथा इन्टरनेशनल मनिटरी फण्ड लगायतका अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले विभिन्न क्षेत्र तथा देशहरुको आर्थिक वृद्धि समेत नकारात्मक हुने प्रक्षेपण गरिरहेका छन् । यो महामारी घट्नुको सट्टा अझै बढने क्रममा रहेको हुंदा यसले पार्ने प्रभाव तथा चुनौतीहरुको दायरा अझ व्यापक हुनसक्ने भएतापनि विश्व समुदायमा देहाय बमोजिमका चुनौती तथा असरहरु देखिएका छन् ।

  •  कोभिड–१९ विश्वमा हालसम्म मेडिकल साईन्समा भएको विकास तथा प्रगतिलाई ठूलो चुनौतिको रुपमा प्रस्तुत भएको छ ।
  • यस महामारीबाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले यसले मानिसको सामाजिक जिवनलाई नै ध्वस्त पारेको देखिन्छ ।
  • विश्वका कतिपय स्थानमा विकास निर्माण अवरोध गरेकोछ भने अधिकांश क्षेत्रमा विकास निर्माणको कार्यलाई विश्राम समेत दिएको छ ।
  • उत्पादन, उद्योग, व्यापार, निर्माणमा व्यापक कटौति भई सन् १९३० को भन्दा पनि ठूलो आर्थिकमन्दि आउन सक्ने विश्व अर्थविदहरुको आंकलन छ ।
  •  आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौति भई विश्वव्यापी रुपमा गरिविको संख्यामा वृद्धि हुने ।
  • पर्यटन तथा रेमिट्यान्समा व्यापक असर पार्ने भएकोले यसमा आश्रित अर्थव्यवस्था भएका देशहरुलाई व्यापक रुपमा आर्थिक संकट पर्न सक्ने देखिन्छ ।

नेपालमा देखिएका चुनौतिहरु

विकसित, शक्तिशाली, पर्याप्त श्रोत र साधन भएका देशहरु तथा विश्वका अधिकांश मानिसहरुको सपनाको देश अमेरिकामा समेत ऋइख्क्ष्म्(ज्ञढ ले गम्भिर रुपमा चुनौति दिईरहेको छ । अल्प विकसित, श्रोत तथा साधनको कमी, कमजोर स्वास्थ्य व्यवस्था, गरिवि तथा चेतनाकोस्तरमा समेत कमि भएको नेपाल जस्तो देशको लागि कोरोना भाईसको चुनौति अझ व्यापक रुपमा रहने देखिन्छ । नेपालमा देखिएका चुनौतिहरु देहाय बमोजिम रहेका छन् ।

  •  स्वास्थ्य सामाग्रीको कमी, दक्ष स्वास्थ्य चिकित्सक तथा विशेषज्ञको कमी तथा प्रयोशालाको कमिले कोरोना परीक्षणको दायरालाई व्यापक रुपमा बढाउनु मूख्य चुनौतिको रुपमा रहेको छ ।
  • संसारभर हाल देखिएको स्वास्थ्य सामाग्री तथा औषधीहरुको अभाव देखिएको अवस्थामा आफ्नै उत्पादन नभएको हाम्रो जस्तो देशलाई प्रयाप्त मात्रा स्वास्थ्य सामाग्री तथा औषधी प्राप्ती समेत चुनौतीको रुपमा रहेको छ ।
  •  रेमिट्यान्समा आधारित अर्थव्यवस्थालाई यस संकटको अवस्थामा टिकाउन तथा संकट समाधानको लागि आवश्यक श्रोत साधनको जोहो गर्नु अर्को चुनौतीको रुपमा रहेको छ ।
  • एस.ई.ई. लगायत सम्पूर्ण अध्ययन, अध्यापन र पठनपाठन प्रभावित भएको र रोकिएको छ । जसले शैक्षिक सत्रमा मात्र नभई समग्र शैक्षिक प्रणालीमा नै चुनौति खडा गरेको छ ।
  • दैनिक ज्यालादारमा श्रम गर्ने तथा अन्य श्रमिकहरुको व्यवस्थापन मात्र नभई समग्र अर्थतन्त्र जोगाउनु ।

विश्व समुदायलाई दिएको सन्देश
विज्ञान, प्रविधि र भौतिकवादमा दौडिरहेको वर्तमान विश्वलाई अहिले फैलिरहेको महामारी र यस महामारीले श्रृजना गरिरहेको अवस्थालाई मध्यनगर गर्दा यसले विश्व समुदायले देहायका सन्देशहरुलाई मनन गर्नु उपयुक्त हुने देखिन्छ ।

  • रोग र महामारीले जात, धर्म, क्षेत्र, धनी, गरिव भनेर नछुट्याउने भएकाले मानवियता र मानव धर्मलाई सधै ख्याल गर्नुपर्दछ ।
  • पूर्व चेतावनी प्रणालीको प्रभावकारी व्यवस्था र समयमै सुचना आदान प्रदान नै सम्भावित महामारी र संकट रोक्ने तथा त्यसको प्रभाव कम गर्ने एउटा महत्वपूर्ण उपाय हो ।
  • संक्रमण रोकथाममा सवैको सामुहिक प्रयास र सहयोग अपरिहार्य ।
  • प्रकृतिको अनुचित प्रयोग र दोहनले विधम्सं निम्तन सक्ने भएकाले हामीहरुले प्रकृतिलाई माया र संरक्षण गर्नुपर्दछ ।
  • हामीहरुको काम जस्तै परिवार र परिवारका सदस्यहरु समेत महत्वर्पुण भएको बास्तविकता अहिलेको बन्दाबन्दीले उजागर गरेको छ ।
  • मानव र मानव स्वास्थ्यको सुरक्षा गर्नु नै मानव धर्म हो ।
  •  सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य व्यवस्थामा जोड दिनुपर्ने देखिन्छ ।
  •  प्रविधिमा आधारि अर्थव्यवस्था नै अव युगको लागि सुरक्षित र भरपर्दो हुनेछ ।

नेपाली अर्थतन्त्रमा प्रभाव

  • लकडाउनको कारण सरकार, निजी क्षेत्र र जनताले गर्ने नियमित उत्पादन र विकास निर्माणका कार्य प्राय ठप्प छन् । जसले विकासको गति ठप्प भएको छ ।
  • बैदेशिक रोजगारीमा गएका लाखौं मानिसहरुकव् रोजगारी गुमेको छ, कति रोजगारी गुमाउने अवस्थामा पुगेका छन् भने कतिको के हुने भन्ने अझै अन्योल रहेको देखिन्छ ।
  •  किसानका तरकारीहरु बारीमै खेरजाने अवस्थामा पगुेका छन् भने बन्दाबन्दीले शहरबासीले तरकारी नपाउने अवस्थाले जनजिवन अस्तव्यस्त बनाई दिएको छ ।
  •  राज्यको ठूलो श्रोत साधन कोरोना रोकथाम तथा उपचारमा खर्च गर्नु पर्ने अवस्था आईलागेको छ ।
  • सबै आर्थिक गतिविधि थप्प हुंदा देशको अर्थतन्त्रमा गहिरो असर पर्दै गईरहेको छ ।
  •  रिमेट्यासमा आधारित देशको अर्थतन्त्रमा आउंदा दिनहरुमा गम्भिर संकट आउने लक्षणहरु देखा पर्न थालेका छन् ।
  • कोरोनाको संक्रमणको गति यहि रुपमा हुंदै जाने हो भने नेपालमा गरिवको संख्यामा अझ वृद्धि हुनसक्ने देखिन्छ ।

महामारीले नेपाली समाजमा ल्याउन सक्ने सम्भावनाहरु

आवश्यकता नै आविस्कार कि जननी हुन । कुनै पनि नयाँ संकटले नयाँ अध्ययनको ढोका खोल्छ भनेझै यस महामारीले नेपाली समाजमा चुनौतिसंग सम्भावनाका ढोकाहरु समेत खोल्न सक्ने देखिन्छ । यस कारोना महामारीले नेपाली समाजमा पार्न सक्ने सकारात्मक प्रभावहरु निम्न अनुसार रहन सक्ने देखिन्छ ।

भर्चुअल सम्बन्धको विकास अहिलेको नेपाली समाजमा मानिसहरु करिव ५० प्रतिशत दैनिकी सामाजिक संजालहरुमा बिना उपलब्धी बितिरहेका छन् । यसले मानिसहरु बीचको सम्बन्धलाई प्रश्न खडा गरीदिएको छ । प्रत्यक्ष बोल्नभन्दा अनलाइनमा कुरा गर्न रमाईरहेका देखिन्छ । कोभिड–१९ ले खडा गरेको सामाजिक दूरीसगै भर्चुअल बैठक, छलफल तथा अन्तक्रिया जस्ता कार्यक्रमहरुको सुरुआत भएको छ । अतः मनोरन्जनको साधनको रुपममा प्रयोग भएको सामाजिक संजाललाई सामाजिक विकास, व्यक्तिगत विकास र सामाजिक शिक्षाको विकासमा अगाडि बढाउन महामारीको कारण श्रृजित लकडाउनले सबैलाई प्रेरित गरिरहेको छ ।

अनलाइन व्यापारको प्रभाव नेपालमा अनलाई व्यापार केही मात्रामा सुरु भएको भएतापनि यो सेवा तथा सुविधा सिमित मानिसहरुले मात्र प्रयोग गर्दै आईरहेकोमा यस महामारीले सवै वर्ग र समुदायलाई अपरिहार्य आवश्यकताको रुपमा जर्बजस्त उभ्याएको छ । यसले आगामी दिनहरुमा अनलाइन व्यापारमा बढोत्तरी हुन सक्ने देखिन्छ ।

प्रविधिको प्रयोगमा वृद्धि अहिले बन्दाबन्दी तथा कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । प्रविधिको प्रयोग गर्न सिक्ने, प्रयोग गर्ने कार्य बढी रहेको देखिन्छ । बन्दाबन्दी लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । यसले नेपालमा प्रविधिको प्रयोगमा व्यापक वृद्धि गराई प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् ।

कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । अब प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् ।

कृषीको विकास अहिले गाउंका धेरैजसोे युवाहरु वैदेशिक रोजगारीमा रहेका छन् । तिनीहरुका परिवार विभिन्न बहानामा शहर केन्द्रित छन् भने भएका खेतबारी बांझा छन् । कारोना संकटले वैदेशिक रोजगारीमा हुनसक्ने व्यापक कटौतीबाट श्रृजना हुने वेरोजगारी समेतलाई सम्वोधन गर्न सरकारले कृषीमा प्रोत्साहनमुखी नीति अवलम्वन गर्ने हो भने अवको समय रेमिट्यान्स वेस अर्थतन्त्रलाई आधुनिक कृषी तथा कृषिजन्य व्यवसायमा आधारित अर्थतन्त्रमा रुपान्तरण गराउन सकिनेछ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र अनुभव प्रयोग गरेर आन्तरिक उत्पादन वृद्धिमा प्रयोग गर्न सकिन्छ ।

मानव जातिको भविष्यमा थपिएका चुनौतिहरु

काेभिड-१९ नियन्त्रणमा नआउन्जेल वा यसको भ्याक्सिन वा औषधी पत्ता नलागेसम्म सामाजिक दूरी कायम नै राख्नेपर्ने बाध्यता श्रृजना भएबाट यसले मानिसहरुलाई सामाजिक हुनबाट रोक्ने देखिन्छ । महामारी निन्त्रणमा आउन नसकेमा विश्वव्यापी रुपमा फैलन सक्ने गरिवी, खाद्य संकट, वेरोजगारीले आन्तरिक तथा बाह्य द्वन्द्व बढन गई मानविय संकट समेत उत्पन्न हुन सक्नेछ ।

वातावरण र जीवजगत्मा पार्ने प्रभावहरु

मानिसहरु सामाजिक नहुने र आफ्नो सुरक्षाको लागि गहिरो सम्वन्धमा रहेका जीवहरुसंग समेत अलग्न हुन सक्ने देखिन्छ । हालको छोटो समयको बन्दाबन्दीले नै शहरबस्ती, सडक, मन्दिर लगायतमा बसोवास गर्ने कुकुर, बांदल, चराचुरुगींहरु खाना तथा पानीको अभावमा भौतारिएका तथा मरेका समेत देखिन्छ । यदि बन्दाबन्दी लामो समयसम्म चल्ने हो भने ईको सिष्टममा नै असर नपु¥याउला भन्न सकिदैन ।

संक्षेप
कोभिड–१९ हाल विश्वमा एउटा खतरनाक महामारीको रूपमा फैलिएको छ । यसबाट सम्पूर्ण मानव समुदायलाई बचाउनु हामी सवैको एक मात्र उद्देश्य हो । यसको लागि हामी सबैले एक अर्काका कमिकमजोरीहरुलाई खोतल्नु भन्दा आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ । सवैको सामुहिक प्रयासले यो संकटबाट पार गर्नसक्ने भएकाले विश्व समुदायले हातेमालो गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X