पृथक तरिकाले उदाउँदै विश्व

  २०७७ वैशाख १४ गते १८:०६     अविन ओझा

सांकेतिक तस्वीर लाइभसाइन्सबाट लिइएकाे हाे ।

प्रसँग
कोरोना भाइरसले मानव शरिरमा आफ्नो स्वामित्व खोजेको पहिलो घटना (१७ नोभोम्बर, २०१९) चीनको वुहानमा सार्वजानिक भएसँगै यसको भय विश्वभर महशुस गरिएको भए सायद आजको स्थीति नआउन पनि सक्दथ्यो । शुरुवाती दिनहरुमा अमेरीकाका राष्ट्रपति देखि नेपाली मन्त्रीसम्मले आ-आफ्नो तर्क प्रस्तुत गर्दै यो चीनको मात्र समस्या ठाने । हामी कहाँ कोरोनाको प्रभाव आउदैनसम्म भन्न भ्याए । तर वास्तविकता त्यसको ठिक विपरीत हुन गयो । हिजोको उपेक्षा भनौं या असावधानीको मूल्य आज विश्वले तिर्दैछ । आज विश्वकै सर्वशक्ति मान्य राष्ट्र अमेरिका कोरोनाबाट सबै भन्दा आक्रान्त बन्न पुगेको छ । कोरोनाले आफ्नो प्रभाव विश्वभर नै देखाइसकेको छ । यसले आम मानिसको दैनिकीमा त प्रत्यक्ष प्रभाव पार्यो/पार्यो; विश्व व्यवस्था प्रणालीनै परिर्वत गर्छ की भन्ने सम्मका वहसहरु हुने अवस्थाको सृजना गर्यो ।

पछिल्लो एक शताब्दी यताकै ठूलो चुनौतिको रुपमा विश्व सामु आज कोरोना भाइरस उभिएको छ । यस आलेखमा आजको अत्याधुनिक प्रविधिको दुनिया कोरोना भाइरससँग विश्व किन यसरी निरीह भयो ? यसको रोकथाममा अबको बाटो के हुन्छ ? कोरोनाले विश्व अर्थतन्त्र सन्तुलनमा परिर्वतन गर्ला ? विश्व व्यावस्था प्रणालीमा उथलपुथल होला ? भन्ने जस्ता प्राविधिक, आर्थिक, एवम् राजनीतिक विषयहरुको बारेमा “प्रौद्योगिक चर्चा” गरिएको छैन । यस सामाग्रीमा कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रकोपका कारण आम मानिसको आर्थिक, सामाजिक, र राजनीतिक जीवनमा देखिएका स्थितिहरुको “व्यावहारिक पक्षको समीक्षा” गर्ने कोसिश गरिएको छ ।

फेरियो सबैको दैनिकी

हिजोसम्म सबै मानिसको आ-आफ्नै दैनिकी थियो । सबैले एउटा ट्रयाकमा काम गर्दै आएका थिए । तर अकास्मात कोरोनाको विश्वव्यापी प्रकोपका कारण अधिकांश मानिसको नियमित रुटिन “पज्ड” मात्रै भएको छैन कि नयाँ ट्रयाकबाट अगाडी बढ्नु पर्ने चुनौति पूर्ण अवसर पनि प्राप्त भएको छ । अल जजिरा न्यूज (मार्च २०२०) को एक आँकडा अनुसार कोरोनाका कारण विश्वको कुल जनसंख्याको करिव एक चौथाई हिस्सा घरभित्रै बसेको छ । उनीहरुको समाजिक गति ठप्प छ । असाधारण अवस्थाले सबैको दैनिक कृयाकलापमा परिर्वतन भएको छ । यस अवधिमा मनिसहरुले के गरेर समय बिताएका छन् । त्यो सबैको चासोको विषय हो । इन्टरनेट सुविधा उपलब्ध भएका अधिकांश मानिसहरु अहिले सामाजिक सञ्जालमा निकै सकृय रहेका छन् ।

लेखक

न्यू योर्क टाइम्स (अप्रिल ७, २०२०) अनुसार कोराना प्रकोप भएयता अमेरिकमा इण्टरनेट एपको प्रयोगमा उल्लेख्य बृद्धि भएको छ । जस अनुसार साविक भन्दा फेसबुक प्रयोग २७ प्रतिशत, नेटफिल्कस् १६ प्रतिशत र युवट्युव १५ दशमलव ३ प्रतिशले बढेको छ । समाजिक सञ्जालमा मानिसहरुको सकृयाता बढेसँगै “र्भच्युअल सोसल इन्टरएक्सन” बढेको छ । “जुम मिटिङ्ग” एप वा सफ्टवेर मार्फत मानिसहरुको अन्तरक्रिया झन बढेको सामाजिक सञ्जालमा देखिन्छ । यसले प्रत्यक्ष साक्षात्कार एवम भेटघाटको विकल्पको रुपमा “आभाषी अन्तरक्रिया” (र्भच्युल इन्टरएक्सन) को सम्भावनालाई पनि उजागर गरेको छ । यसले अन्तर्राष्ट्रिय समाजिक सम्बन्ध तथा अन्तरक्रियाको प्रवद्धन गरेको छ ।

यसका अतिरिक्त कतिपयले धेरै अगाडीदेखि थाति रहदै आएको कार्यहरु लेखाई पढाईलाई तिव्रता दिएका छन् भने कोही भने मनपसन्द खानाको परिकार बनाएर परिवारसँग रमाएका छन् । विकसित मुलुकहरु जहाँ मानिसको दिन कामको स्कयाजुलबाट शुरु भई कामकै स्कयाजुअलमा रात बित्दछ, उनीहरु भने परिवारसँग समय बिताउन पाइने विरलै अवसरको रुपमा सदुपयोग गरेका छन् ।

हुने खानेका निम्ति अवसर

अत्यावश्यकका क्षेत्रहरु मुलत स्वास्थ्य र खाद्यान्न बहेक अन्य क्षेत्रमा काम गर्ने प्राय सबै मानिसहरु काम विहिन भएका छन् भने केही टेलिकम्युनिकेशन मार्फत कामलाई निरन्तरता दिइरहेका छन् । वर्तमानको व्यावसायिक युगमा विकसित राष्ट्र होस या अल्पविकसित, मानिसहरु घर परिवारलाई भन्दा बढि समय पेशा वा व्यावसायलाई नै दिदै आइरहेका थिए ।

समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने यसले “सोसल डिस्अर्गनिजेशन” अर्थात सामाजिक विघटनलाई प्रोत्सहान गरिरहेको हुन्छ । फलत, परिवारिक एवं सामाजिक सम्बन्धहरु भन्दा पेशागत सम्बन्धहरू मनिसहरुको प्रिय हुदै जान्छन् । कोरोनाको कारण अहिले जनजीवन ठप्प छ । देश अनुसार “लकडाउन,” “सेल्टर एट प्लेस,” “सेल्फ क्वारिनटिन,” या “सामाजीक दूरी” आदीका नामबाट मानिसहरुको आवतजावत तथा भेटघाटलाई निरुत्साहन गरिएको छ । परिणामत, मानिसहरु आफ्नै घरमा बसेका छन् । पूर्ण समय परिवारसँग बिताएका छन् । विभिन्न समस्याका बावजुत पनि आजको व्यस्त व्यावसायिक जीवन शैलीबाट मानिसहरुलाई फुर्सद मिलेको छ ।

मुलत, ब्याक्तिगत एवम् एकल जीवन जीउन मन पराउने पश्चिमाहरुमा पारिवारिक जीवनको महत्व बुझ्ने अवसर जुरेको छ । आजको व्यस्त व्यावसायिक जीवनमा हुने खाने वर्गका सबै मानिसलाई केही समय नै सही, परिवारसँग पूरा समय बिताउने दुर्लभ अवसर जुटेको छ ।

हुदाँ खानेका निम्ति चुनौति ।

दैनिक ज्यालादारीमा जीवन चलाउने अर्थात हुदाँ खाने श्रमिक वर्गका निम्ति भने जीवाणु संक्रमाणको जोखिम जति उच्च छ त्यो भन्दा भयानक परिणाम संक्रमणको नियन्त्रण पश्चात देखिने प्राय निश्चित छ । कोरोना प्रकोपले विश्व अर्थतन्त्रमा प्रतिकुल असर पारेको छ । अगामी दिनमा रोजगारीको अवसरमा भारी गिरावट आउने अनुमान गर्न सकिन्छ ।

अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ) को पछिल्लो तथ्याङ्क अनुसार विश्व बजारबाट २ करोड ५० लाख रोजागार मानिसहरु कोरोनाको बढ्दो प्रकोपका कारण बेरोजगार हुन सक्ने जनाएको छ । त्यसो त २००८ को विश्व मन्दी पश्चात ज्यालदरमा पनि भारी कटौति भएको दृष्टान्त हामी माझ ताजै छ । विकसित देशमा रहेका अधिकांश श्रमिक वर्गमा उच्च बेरोजगारी तथा घट्दो ज्यालाका कारण जनजीवनमा दीर्घकालसम्म प्रतिकूल असर पर्ने सम्भावना देखिन्छ ।

त्यसो त अल्पविकसित मुलुकहरुका श्रमिकहरु (र्वकिङ्ग पोर), जो आज दिउसो कमाएर साझ छाक टार्ने गर्दछन् । यस्ता समुदायको निम्ति भने यस्तो महामारीको प्रभाव डे-वान अर्थात पहिलो दिनदेखि नै देखिन्छ । उनीहरुमा दैनिक दुई छाक पेट भर्ने समस्या लकडाउनको पहिलो दिनदेखि नै परेको छ । यो वर्ग जीवाणु संक्रमणको उच्च जोखिमा हुन्छन् नै साथै यस्तो शुन्य समयमा यिनहरुको दैनिकी निकै चुनौति पूर्ण हुन्छ ।

यस्ता महामारीले हुने खाने र हुदाँ खानेको बीचको खाडल झन फराकिलो बनाउने छ । विश्व र नै धनी र गरिव बीचको दुरी झन फारकिलो हुने छ । ओक्सफाम इण्टरनेशनल (अप्रिल २०२०) को अनुसार कम्तिमा ५० करोड मान्छेहरु कोरोनाको कारण गरिवीमा धकेलिदै छन् । यसको प्रत्यक्ष प्रभाव अल्पविकसित मुलुकहरुमा पर्ने छ । अल्पविकसित मुलुकहरुमा ९० प्रतिशत रोजगारीको अवसरहरु असंगठित क्षेत्रहरुमा छन् जबकी विकसित मुलुकमा केवल १५ प्रतिशत मानिसहरु असंगठित क्षेत्रमा निर्भर छन् । विपत्तिको असर असंगठित क्षेत्रहरुमा अधिक रहन्छ ।

सुस्तायो विश्व अर्थतन्त्र

कारोना भाइरसका कारण आज विश्व अर्थ व्यावस्था अघोषित रुपमा बन्द छ । उत्पादनका कल कारखाना/उद्योगदेखि आयत/निर्यात एवं सेवाका वित्तीय कारोवारदेखि नोडल सर्भिसेज प्राय सबै ठप्प छ ।

अक्सफोर्ड इकानामिक्स (ओई) ले गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्व कुल ग्राह्रस्थ उत्पादन (जीडीपी) मा २ दशमलव ८ प्रतिशतले कमी आउनुका साथै विश्वव्यापी आर्थिक बृद्धिमा ८ प्रतिशत सम्मले कमी आउन सक्ने छ । स्मरण रहोस, सन् २००८-०९ को मन्दीमा विश्व जीडीपी १ दशमलव १ प्रतिशतले घटेको थियो ।

अक्सफोर्ड इकानामिक्सले गरेको अध्ययन अनुसार लकडाउन जति लम्बियो स्थानीय अर्थतन्त्रलाई त्यति बढी क्षति हुने तथ्य सार्वजानिक गरेको छ । कोरोना भाइरसका कारण जनवरी-फेब्रुवरी महिनाको लकडाउनमा चीनमा औद्योगिक उत्पादन १३ प्रतिशतले तथा खुद्रा  व्यापार १७ प्रतिशतले घटेको थियो । ओईको अनुमान अनुसार हेर्दा ३ हप्ताको लकडाउनमा उपभोक्तको उपभोग ९ देखि १६ प्रतिशत तथा १२ हप्ताको लकडाउमा १८ देखि ३२ प्रतिशतसम्म कम आउने छ । यस्तो लक डाउने ५० देखि ९० प्रतिशत उपभोक्तामा प्रत्यक्ष असर पर्ने छ । विश्व जीडीपी र रोजगारमा हुने गिरावटले सबै अर्थ व्यावस्थामा प्रत्यक्ष असर देखिने प्राय निश्चित छ ।

नेपाल जस्तो देश जहाँ विप्रेषण आप्रवाहामा केही वर्षयता देखि देखिएको क्रमिक बृद्धिका कारण गरिवीको दर क्रमिक घटेको थियो । विश्व अर्थतन्त्रको उत्पादनमा कमी एवम् विश्व बजारमा घट्दो रोजगारीको अवस्थाले आगमी दिनमा भने विप्रेषण आप्रवाहामा भने निकै कमि सक्दछ । त्यसो त वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि रोजागरी गुमाउन सक्ने सम्भावना पनि देखिन्छ । जुन नेपाली अर्थतन्त्रको निम्ति निकै प्रतिउत्पादक हुन सक्छ ।

पीउ रिर्सच—२०१६ को एक आँकडा अनुसार नेपालले प्रतिवर्ष ६ दशलव ६ विलियन डलर रेमिट्यान्स भित्रयाउँदछ । जुन देशको कुल ग्राह्रस्थ उत्पानको ३१ दशमलव ३ प्रतिशत हुन आउछ । त्यसो त लकडाउनको प्रत्यक्ष मारमा उत्पादन तथा सेवा क्षेत्र पूर्ण रुपमा बन्द रहेको वर्तमान परिपेक्ष्यमा ७ प्रतिशतको आर्थिक बृद्धिको उपलब्धी हासिल निकै जटिल देखिन्छ ।

ब्युतियो “पोर्क ब्यारल” राजनीति

१९ औं शताब्दी ताका अमेरिकी राजनीतिमा “पोर्क-ब्यारल पलिटिक्स्” प्रचलनमा आएको थियो । अहिले प्राय सबै मुलुकमा यो पलिटिक्स् प्रचलनमा रहेको पाइन्छ । “पोर्क-ब्यारल पलिटिक्स” ले कुनै पनि राजनीतिक पार्टी, विधायक, या नेताले आफनो राजनीतिक पकड कायम राख्न वा मतदाताहरुलाई आफ्नो प्रभावमा राखी रहन आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि सरकारी बजेट या कार्यक्रमको प्रपञ्च गर्ने पद्दतिलाई जनाउँदछ । वितरणमूखी कार्यक्रम मार्फत सत्ता पक्षीय राजनीतिक पार्टीको लोकप्रियता बढाउने महत्वपूर्ण नीतिगत औजारको रुपमा लिइन्छ यो पोर्क ब्यारल रणनीति । अहिले फेरी एक पटक यो पोर्क ब्यारल रणनीतिले विश्व राजनीतिमा स्थान पाएको छ।

आज राहात वितरणको जस्तो दृष्य देखिएको छ त्यसमा जनकल्याण भन्दा बढी राजनीतिक उद्देश्य रहेको प्रष्ट देखिन्छ । केन्द्रीय देखि स्थानीय प्राय सबै राजनीति कर्मी तथा संस्थाले राहात कार्यक्रम मार्फत अफ्ना मतदाता या कार्यकर्तालाई प्रभावमा राख्ने उद्देश्य अनुरुप राहात वितराण गरेको आभाष हुन्छ ।

उदाहरणको लागि आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको लागि निर्वाचन हुदैछ। कोरोना भाइरसको बढ्दो प्रकोप तथा रोजगारीमा आएको गिरावटका कारण जनतालाई प्रोत्सहान प्याकेजका लागि राष्ट्रपति ट्रम्पले २ ट्रिलियन डलरको कार्यक्रम ल्याएका छन् । यस कार्यक्रम अनुसार एकलको हकमा ७५ हजार डलर भन्दा कम आम्दानी भएका र विवाहितको हकमा १ लाख ५० हजार डलर भन्दा कम वार्षिक आय भएका परिवरमा बयस्कलाई जनही १ हजार २ सय र बच्चाको हकमा जनही ५ सय डलरको क्यास सहायता गर्ने योजना छ । झट्ट हेर्दा, यो विषम परिस्थितिमा यो कार्यक्रम राम्रो एवं प्रभावकारी देखिएता पनि यसको उद्देश्य कल्याणकारी कम राजनीतिक बढी देखिन्छ ।

त्यसो त नेपालमा पनि राहात वितरणका विभिन्न प्रयोगहरु भईरहेका छन् । जुन आवश्यक पनि छ । तर आज राहात वितरणको जस्तो दृष्य देखिएको छ त्यसमा जनकल्याण भन्दा बढी राजनीतिक उद्देश्य रहेको प्रष्ट देखिन्छ । केन्द्रीय देखि स्थानीय प्राय सबै राजनीति कर्मी तथा संस्थाले राहात कार्यक्रम मार्फत अफ्ना मतदाता या कार्यकर्तालाई प्रभावमा राख्ने उद्देश्य अनुरुप राहात वितराण गरेको आभाष हुन्छ ।

बदलियो समाजिक सद्भाव एवम् संस्कारको प्रचलन

प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भने झै “समाजिक सम्वद्धता” या “सामाजिक एकता” नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो । सामान्य अवस्थामा बलियो एवं दिगो समाज तथा सामाजिक जीवन निर्माणमा वेबरको मान्यता सहि सावित हुन्छ । तर यस्तो असाधारण परिस्थीतिमा यो सिद्धान्त मान्य नहुँदो रहेछ ।

प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भने झै “समाजिक सम्वद्धता” या “सामाजिक एकता” नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो । सामान्य अवस्थामा बलियो एवं दिगो समाज तथा सामाजिक जीवन निर्माणमा वेबरको मान्यता सहि सावित हुन्छ । तर यस्तो असाधारण परिस्थीतिमा यो सिद्धान्त मान्य नहुँदो रहेछ । मुलतः खोप र ओखतीको विकास नभएको अवस्थामा यस्तो संक्रामक जीवणुबाट आफू र आफ्नो समुदायलाई सुरक्षीत राख्न एक्लिनुको विकल्प देखिदैन । आज यस्तो अवस्था सृजना भएको छ कि एक मानिसले अर्कोलाई समिपमा पाउद असुरक्षित महशुस गरेको छ । प्रत्येक ब्याक्तिले हरेक अर्कोलाई शत्रु सम्झेको छ । एक अर्कोसँग त्रसित बनेको छ । स्वस्थ्य समाज र बलियो समाजिक जीवनको लागिआज सामाजिक सम्वद्धता वा एकता होइन, सामाजिक दुरी या सामाजिक अलगीकरण आवश्यक भएको छ । सामाजिक दूरी एवं ब्याक्तिगत पृथकिकरणले बलियो समाज निर्माण आज अहम भूमिका खेलेको छ । जुन स्थिति सामाजिक सिद्धान्त भन्दा ठिक विपरीत छ ।

भनिन्छ नि, मान्छेले जीवनभर गरेको सतकर्म एवम् उपलब्धीको मूल्याङ्कन उसको मृत्युको बखत जाने मलामीको संख्याले दर्शाउदछ । तर विडम्वना कोरोना भाइरसले यसलाई पनि असत्य सावित गरिदिएको छ । आज कोरोनाको कारण मृत्युवरण गर्नेले मलामी पाउने त परको कुरा मृतकका परिवारलेसम्म अन्तिम पटक मुख हेर्न नपाउने अवस्थाको सृजना भएको छ । जुन निकै दुःखद छ ।

त्यसो त, एउटा प्रसँग जोड्न सान्दभिक देखियो । चीनको वुहानपछि कोरोना भाइरसको नयाँ केन्द्रका रुपमा देखिएको अमेरिकाको न्यू योर्क राज्यमा पहिलो पटक भाइरसको संक्रमण महानगरमा भन्दा ग्रामिण क्षेत्रमा देखिएको हो । ग्रामीण काउण्टी “न्यू रोसेल” र “वेष्टचेष्टर” बाट भएको थियो । न्यू योर्क राज्यका गर्भनरको भनाई उदृत गर्ने हो भने विदेश भ्रमणबाट आएका एक जना व्याक्तिले एउटा समाजिक-साँस्कृतिक कार्यक्रममा भाग लिदाँ सयौं व्याक्तिहरुमा संक्रमण फैलाएकाे थियाे । यस दृष्टिबाट हेर्दा जनघनत्व भन्दा पनि जनघनत्वात्मक वातावरण यस्ता जीवाणुको संक्रमण फैलाउन बढि जिम्मेवार हुने रहेछन् । तसर्थ, आवश्यक भन्दा बढी गरिने भेला, मेला, महोत्सव, उत्सव, धार्मिक सभाहरु सधै जोखिम पूर्ण हुन्छन भन्ने सन्देश कोरानाले दिएको छ । यस्ता किसिमका जैविक किटाणु कहिले र कहाँबाट उत्पत्ति हुन्छ? यकिन हुदैन, तर जोखिम सम्भावना रहन्छ तसर्थ सदैव सावधानी रहनु पर्दछ । कोरोनाको महामारीले यो पाठ पनि सिकाएको छ ।

फर्कायो मानिसलाई महानगरबाट ग्रामिण क्षेत्रतर्फ
सन् १९५० देखि मानिसहरु ग्रामिण परिवेशलाई त्याग्दै नगरीय जीवनशैली अपनाउन शहरतर्फ स्थानान्तरण हुने प्रकृयाले व्यापकता पाएको देखिन्छ । त्यसो त मानिसहरु ग्रामीण जीवन भन्दा शहरी जीवन बढि सहज हुने, सुविधा जनक हुने भन्दै महानगरतर्फ आर्कषित हुने क्रम तिव्र नै छ । फलत महानगर क्षेत्रमा उपलब्ध जमिनको तुलनामा जनधनत्व अधिक हुदै गयो । शहरी आवास योजनाहरु क्षीतिज तल (हरिजेण्टल प्लानिङ्ग), एकल परिवार घर भन्दा गगन तल (भर्टिकल प्लानिङ्ग), गगन चुम्बि अपार्टमेण्टल हाउजिङ्गतर्फ आर्कषण बढ्यो । वैज्ञानिक दृष्टिकोणले हेर्दा समित भू-भागमा बढ्दो जनसंख्यालाई व्यावस्थापन गर्न भर्टिकल प्लानिङ्ग नै सर्वौत्तम विकल्प बन्न पुग्यो । विश्वका अधिकांश महानगरमा यसै योजना अनुसार आवासहरु निर्माण हुँदै गए । गगन तल भवनहरुमा भूकम्पीय जोखिम, आगोलागी समास्या तथा सामाजिक अपराधका जस्ता सामाजिक समस्याहरु त छदै थिए । कोरोना भाइरसको संक्रामणले यस्ता संक्रामक जीवाणुको जोखिम यस्ता अवासहरुमा अत्याधिक हुन्छ भन्ने कुरा वुहान, रोम, न्यू योर्क लगायता विश्वका ठूला महानगरको पछिल्लो अवस्था एवम् तथ्याङ्कहरुले पुष्टि गरिसकेका छन् ।

नेपाल जस्ता मुलुक जहाँ भर्खर-भर्खरै भर्टिकल प्लानिङ्गका आवासहरु निर्माण हुदै थिए, एउटा सन्देश पक्क मिलेको छ । उपमहानगरी क्षेत्र वा ग्रामीण क्षेत्रमा क्षतिज तल योजना अनुसार घर तथा आवास निर्माण भएको हुन्छ । जहाँ बस्ने मानिसहरु प्राय सधैं स्वयं अलगिकरणमा हुन्छ भन्दा फरक नपर्ला । एक परिवारको आवास अर्को परिवारको भन्दा केही दूरीमा रहन्छ भने घरभित्र या बाहिर गर्दा प्रत्यक्ष अरु मान्छेको सम्पर्कमा रहनु पर्ने स्थिति प्राय हुदैन । ठिक यसको विपरीत, महानगरीय अपार्टमेण्टमा एलिभिएटर, भर्याङ्ग, हल वे, पब्लिक स्पेश जता त्यतै मानिसको भिड रहन्छ । फलस्वरुप जीवाणु संक्रमण सम्भावना पनि धेरै हुन्छ । अग्ला गगनचुम्बी अपार्टमेण्ट भन्दा एक परिवार घर आवास बढि सुरक्षीत छन् ।

आगामी दिनहरुमा, शहरी विकास योजन ल्याउदा “गगनतल आवास योजना” भन्दा “एक परिवार घर” अवधारण अनुसार “क्षीतिजतल आवास योजना” लाई प्रथामिकता दिनु दीर्घकालिन रुपले राम्रो देखिन्छ । यसले एकातिर बस्तिको विस्तार हुन्छ, भने अर्को तिर ग्रामीण विकासमा पनि टेवा पुर्याउन सक्छ ।

आगामी दिनहरुमा, शहरी विकास योजन ल्याउदा “गगनतल आवास योजना” भन्दा “एक परिवार घर” अवधारण अनुसार “क्षीतिजतल आवास योजना” लाई प्रथामिकता दिनु दीर्घकालिन रुपले राम्रो देखिन्छ । यसले एकातिर बस्तिको विस्तार हुन्छ, भने अर्को तिर ग्रामीण विकासमा पनि टेवा पुर्याउन सक्छ ।

व्याक्तिगत स्वास्थ्य एवम् स्वच्छतामा निकै सजग हुन सिकायो 

कोरोनाको प्रकोपले मानिसलाई स्वास्थ्य एवम् स्वच्छताको बारेमा निकै सचेत बनाएको छ । स्वस्थ्य जीवनचर्याको औचित्य, व्याक्तिगत सरफाइको आवश्यकता, स्वस्थ्य खानापानको महत्व र नियमित व्यायमको अपरिहार्यता आदिका बारेमा मानिसहरुलाई निकै समवेदनशील बनाएको छ । कोरोनाको जीवाणु आफै कुनै पनि ब्याक्तिको शरिरमा प्रवेश नगर्ने तर कुनै एजेण्ट, मानाैं आफ्नै हात मार्फत मुख, नाक, र आँखा हुदै यो मानव शरिरमा प्रवेश गर्ने सम्भावना निकै बढि हुने हुनाले नियमित रुपमा हात धुनु अनिवार्य मानिएको छ ।

डेली मेल पत्रिका यूके (अगष्ट २०१४), मा प्रकासित एक समाचार अनुसार केवल १२ प्रतिशत मानिसले मात्र खानेकुरा खानुअघि हात धुने गर्दछन । सोही समाचारमा भनिएको छ कि हात धुने बानीलाई प्रोत्सहान गर्ने हो भने ३० देखि ५० प्रतिशत विमारीमा कमी ल्याउन सकिन्छ ।
त्यसो त एक ब्याक्ति अर्को ब्याक्तिको समिपमा जाँदा पनि संक्रमण फैलिने जोखिम उच्च छ। यसले पनि अनावश्यक रुपमा अर्को मानिससँग आँकमाल गर्ने, हात मिलाउने, चुम्बन गर्ने जस्ता कुराहरुमा पनि अब कमि आउने देखिन्छ । मुलत, पश्चिमा संस्कृतिमा अकंमाल गर्ने, चुम्बन गर्ने तथा हात मिलाउने प्रचलन अत्याधिक हुन्छ । यी देशहरुमा कोरोनाको संक्रमण बढि देखिनुमा यस्ता किसिकमा संस्कृतिको पनि केही भूमिका छ । यो महमारी पश्चात यस्ता संस्कृति पूर्ण रुपले बन्द नभए पनि धेरै हदसम्म कमि आउने देखिन्छ । “नमस्कार” गरि अभिबादन गर्ने प्रचलनले विश्वब्यापकता पाउने सम्भावनालाई पनि नर्कान सकिदैन ।

अगामी नेपाली बजेटका प्राथामिक क्षेत्र


अहिले नेपाल सरकार आ.व. २०७७/७८ को बजेटको तयारीमा छ । बजेटमा सरकारले मुख्य तीन क्षेत्रहरु “लक्षित वर्ग रहात कार्यक्रम,” “स्वास्थ्य सेवामा सक्षम प्रदेश” र “डिजिटल शिक्षण सिकाईको प्रारम्भ” लाई प्राथमिकतामा राख्नु सान्दर्भिक देखिन्छ ।

पहिलो, श्रमिक वर्गहरु जो दैनिक ज्यालामा जीवन निवार्हा गरि रहेका छन् तिनीहरुको न्यूनतम आवश्यकता पुरा गर्ने गरि तत्काल “प्रोत्सहान कार्यक्रम” मार्फत राहात वितरण गर्नुपर्दछ । यसमा आफ्नो कार्यकर्तालाई भरण गर्ने भन्दा पनि वास्तविक गरिवको पहिचान गरि सर्वदलिय सहमतिमा स्थानीय सरकार मार्फत वितरण गर्नु पर्दछ ।

दाेश्रो, स्वास्थ्य सेवामा निकै ठूलो लगानीको आवश्यकता छ । विभिन्न स्रोतमा आए अनुसार नेपालमा जम्मा जम्मी १ हजारको हाराहरीमा भ्याण्टिलेटर छन्, जस मध्ये काठमाण्डौं मा ७ सय र बाँकी मोफसलमा । ३ करोड जनसंख्याको लागि यो संख्या निकै नै कम हो । आगमी बजेटले कम्तिमा पनि हरेक प्रदेशमा भेण्टिटलेटर सहितका ५ सय स्वास्थ्य शैया सुविधा विस्तार गर्नु पर्ने देखिन्छ । कोरोनाको संक्रमण नेपलमा फैलियो भने अहिलेको स्वास्थ्य व्यावस्थाको लागि निकै चुनौति पूर्ण देखिन्छ । यसर्थ आगामी दिनमा आई पर्न सक्ने यस्ता स्वास्थ्य चुनौतिहरुका लागि अब तयारी रहनु पर्ने देखिन्छ ।

तेश्रो, विश्वको बदलिदो परिवेश अनुसार नेपाली शैक्षिक प्रणालीलाई प्रतिस्पर्धी बनाउनका लागि “डिजिटल लर्निङ्ग” को सुरुवात नेपाली शिक्षामा अब अनिवार्य छ । तसर्थ, आधारभूत पूर्वाधारको तयारी अविलम्व गर्नुपर्ने देखिन्छ । कम्तिामा पनि प्रत्येक विद्यालयमा इण्टरनेट सुविधा सहित “डिजिटल लर्निङ्ग” प्रयोगको थालनीको आधारहरु अब तयार पार्दै कम्तिामा पनि अबको ५ वर्षभित्र आवश्यक पर्दा पठनपाठन पूर्ण रुपमा अनलाइन गर्न सक्ने अवस्था तयार पर्ने गरि ठोस योजना ल्याइनु पर्दछ ।

यी कार्यक्रम मार्फत सुरक्षित स्वास्थ्य सुविधा र आधुनिक एवम् दिगो शिक्षा प्रणाली मार्फत स्वस्थ्य र दक्ष जनशक्तिको जग मजबुत बनाउन सकिन्छ । जसले देशको दीर्घकालीन विकासमा महत्व पूर्ण भूमिका खेल्न सक्छ ।

अन्त्यमा

हुनत यस्ता प्रकोप या महामारी एक युगमा एक पटक आउने गर्दछन् । तसर्थ, यस्तो विषम परिस्थितिका कारण सृजित अल्पकालिन अवस्थालाई आधार मानेर सर्वव्यापीकरण गर्नु सान्दर्भिक हुदैन । तथापी, यस्ता असाधारण अवस्थाले धेरै साधारण कुराहरुको सन्देश दिएर गएको हुन्छ । यस्ता परिस्थितबाट हामीले पाठ सिकेर आगाडी बढ्नुको विकल्प रहदैन । उदहारणको लागि हामीले कम क्षति आँकलन गरेको या खासै चासो नराखेको क्षेत्र हो, शिक्षा । आज देशभरका शैक्षिक सस्था बन्द छन् । अन्य कुराहरु कुनै-कुनै माध्यामबाट आशिंक रुपमा चलेकै छन् । शैक्षिक गतिविधि भने शुन्य छ । यो अवस्था कहिले सुध्रने हो ? कहिलेदेखि अवस्था सामान्य हुने हो ? यसको कुनै टुङ्गो छैन । विद्यालय ठप्प हुन भनेको निकै भयावह अवस्था हो । नेपाल जस्तो मुलुकले हिजोसम्म कहिल्यै शिक्षण शिकाईको वैकल्पिक उपायको बारेमा सोचेन । फलतः आज नेपाली शिक्षा क्षेत्रले सबै भन्दा ठूलो मार खेपेको छ । लाखौं विद्याथीको भविष्य अन्योल भएको छ । यसलाई एउटा पाठको रुपमा लिएर आगमी दिनमा कक्षा कोठा सिकाईको विकल्पका लागि निश्चित योजना सहित सम्बन्धि निकाय अगाडि बढ्नु पर्ने देखिन्छ । स्मरण होस, विकसित मुलुकमा अन्य कुरा ठप्प भएता पनि पठनपाठन भने दूरशिक्षा मार्फत नियमित सञ्चालनमा छन् ।

कोरोनाले धेरै जनधनको क्षति बनायो । विश्व प्रणाली नै ठप्प पार्यो । सबैको दैनिकी फेरियो । धेरै कुरा असाधारण बन्दै गए । कोरोनाको जीवाणुले धेरै कुरा खोसे पनि थोरै सिकाएको छ । यो प्रकोपबाट विश्व छिट्टै मुक्त हुनेछ । भोली, नव-सामान्य अर्थात हिजो जुन स्थानमा थियो त्यो भन्दा पृथक तरिकाले विश्व उदाउने छ । कोरोना प्रकोपबाट खोसिएका मानव जीवन बाहेका सबै कुरा विश्वले नयाँ प्याराडाइम मार्फत पुन हाँसिल गर्ने छ ।

(लेखक सीटि युनिर्भसीटि अफ न्यू योर्क, योर्क कलेजका प्राध्यापक हुन ।)
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X