त्रासोन्मुख कोरोना र अर्थतन्त्र

  २०७७ जेठ २७ गते १२:२७     रमा दाहाल

स्राेतः र्वल्ड इकोनोमिक्स फोरम र विश्व स्वास्थय संगठन


बीबीसीका अनुसार जुन अल्मिडाले आफ्नो सेन्ट थोमस हस्पिटलको प्रयोगशालामा १९६४ मा पत्ता लगाएको कोरोना भाइरस ५५ वर्ष पछि कोभिड १९ ले संसारलाई आक्रन्त पार्न चीनमा देखा पर्यो ।

वैश्विक महामारीसँग जुध्न विश्वका सबै देशहरुलाई पहिले पनि ठूलै चुनौती थियो वर्तमान अवस्थामा पनि उस्तै छ । स्पानिस फ्लुबाट मृत्युवरण गर्ने आधिकारिक तथ्याङ्क ५ करोड भएपनि यो भन्दा धेरैको मृत्यु भएको विश्वास गर्नेको संख्या पनि ठूलै छ । अहिलेको वैश्विक महामारी कोरोना (कोभिड –१९) ले विश्वको आर्थिक स्थितिलाई धेरै पछाडि धकेलेको अर्थशास्त्रीहरु बताउछन् । के विकसित र के विकाससील, सबै देशको अर्थतन्त्र र सामाजिक जीवन स्थिर भएको छ । हरेक देशका सरकार दुई धारे तरवारमा हिड्नु परेको महसुस गरिराखेका छन् ।अर्थतन्त्र चल्न दिँदा महामारी विकराल रुप लिने र रोक्दा सरकार नै असफल हुने त्रास । ह्रासन्मुख अर्थतन्त्रलाई थाम्न सरकारी प्रयास अपर्याप्त हुने स्पष्ट छ । देशहरुको केन्द्रिय बैंकहरुले आर्थिक कारोवार संचालन गर्न कर्जामा व्याजदर घटाउने जस्ता अनेकौ सुविधाको घोषणा गरेपनि महामारी कायम रहेसम्म यस्ता प्रावधानले केही नतिजा देला भनि आस गर्ने आधार देखिदैन । सहुलियत व्याजदरमा ऋण पाउदैमा उद्योगीले ऋण लिएर धन्दामा लगाउलान र आर्थिक चक्र चलायमान होला, व्यक्ति खर्च गर्न सक्लान, अर्थतन्त्र उभोलाग्ला भन्ने धारणा महामारीको प्रकोप रहेसम्म गति लेला भन्न सकिन्न । भइदिएहुन्थ्यो भन्ने मात्र रहन्छ । उद्योग कलकारखाना बन्द भएबाट उत्पादनमा कटौति भएर वा भोलि नपाइएला भनि त्रसित खरिददारले गर्दा होस विकसित देशका बजारमा खरिददार सामान पर्खेर बसेका छन् । पहिले सामानले ग्राहक पर्खन्थे, खाने पिउने चिज हुन वा दबाई सबैमा आपुर्तिको कमी देखिन्छ ।

लकडाउनले गर्दा उत्पादन मुलक उद्योगहरु पूर्णरुपमा बन्द भएका छन् । माग र आपूर्तिको तराजु असन्तुलित छ । दक्ष, अर्धदक्ष वा अदक्ष सबै किसिमका जनशक्ति/श्रमिक पहिलेको मौज्दात केही भए त्यसबाट नभए राहतको भरमा जीवनयापन गरिरहेका छन् । उद्योग धन्दा कल कारखाना बन्द भएबाट त्यसमा काम गर्ने श्रमिकले अवकास पाएर जीवनयापनका लागि सरकारी राहतको लागि पर्खेर बसेका छन् । हाल यस्ता बेरोजगार अमेरिकी श्रमिकको संख्या २ करोड  नाघेकाे खवर सार्वजनिक भएका छन् । शैक्षिक क्षेत्र पनि उत्तिकै अस्तव्यवस्त छ । पठनपाठन संस्था बन्द छन् । युनेस्कोको अनुसार १५६ देशका विद्यालय र क्याम्पसमा भर्ना भएका विद्यार्थीको संख्या जोड्दा १ं अर्व ५० करोड भन्दा देखिन्छन । विश्व अर्थतन्त्रको बृहतरुपमा अध्ययन गर्ने विद्धानहरुको अनुसार आर्थिक संकूचन अपरिहार्य छ । झण्डै शताब्दी अघिको मन्दी दोहोरिने अवस्थाको सृजना भइसकेको छ । विश्व आर्थिक बजारमा महामारीको प्रभाव केलाउदै जाँदा स्टक मार्केट, बन्ड, बस्तुबजार, सबै अधाेगतिमा लागिसकेका छन् । रुस र साउदी अरबिया बीचको मूल्य युद्धले कच्चा तेलको मूल्यमा आएको कमीले चौतर्फी प्रभाव पारिरहेको छ । युनडिपिको प्रक्षेपन अनुसार विकाससील देशको राजश्व २२० अर्व डलर कम हुन सक्ने छ, कोभिड–१९ को असर वर्षौसम्म रहनेछ ।

सम्पर्कबाट महामारी फैलन नदिनको लागि धेरै देशले यातायातमा प्रतिबन्ध लगाएका छन् फलस्वरुप पर्यटन व्यवसाय चौपट भएको छ । वायुसेवा, होटल, ट्रेकिङ र त्यसमा निर्भर जनशक्ति र उत्पादनमा परेको असर चाडै सुधार हुने देखिदैन । विकाससील देशका पर्यटक वर्षौ पहिले भ्रमणको योजना बनाउने हुनाले विकाससील देशले पर्यटनबाट पाउने लाभका लागि महामारी साम्य भएको छिटोमा पनि २ देखि ३ वर्ष कुर्नु पर्नेछ । विदेशी मुद्रा आर्जनको स्रोत पर्यटन भएका देशहरुको मुद्रा संचिती सुन्य तिर झर्न समय लाग्ने छैन । कोभिड–१९ पहिले देखापरेको देश चिन जो संसारको उत्पादक देशमा तेस्रो स्थानमा छ र जसले धेरै बस्तु निर्यात गर्छ उसको औधोगिक उत्पादन विगत वर्षको तुलनामा २ वर्षमा १३.५ प्रतिशतले घटेको छ । ठुलाठुला कम्पनीहरुको आपुर्ति श्रृखंला यसरी छिन्नभिन्न भयो कि चिनको कारको बिक्री दर ८६ प्रतिशतले कम भएको छ । माग घट्यो, उत्पादन घटाउन बाध्यता – अर्थतन्त्र रासोन्मुख गोलचक्करमा फस्छ । महामारीको एउटा सुखद पक्ष यातायातका साधन चलाउन प्रतिबन्धले कार्बन उत्र्सगको कमी फलस्वरुप वातावरण स्वच्छतामा वृद्धि महसुस हुन्छ ।

कोभिड–१९ को नेपालमा असर

नेपालको सिमाना जोडिएका उत्तर चिन कोभिड–१९ को उदगम स्थल दक्षिण भारत धेरै आवगमन हुने र पारिवारिक सम्बन्ध भएको देश जनसंख्यामा झण्डै विश्को ४० प्रतिशत यी देशमा भएका कुनै पनि घटनाले असर परिहाल्छ । भण्डै एक तिहाइ नागरिक अरुदेशमा काम गरेर पठाएको विप्रेषण (रेमिटेन्स) ले  आर्जेको  अर्थतन्त्रमा ती सबै देश महामारीको चपेटामा परेपछि आर्थिक कारोवार घटेर बेरोजगार भई विप्रेषणमा हुने कमीले चौतर्फी असर पर्न सक्छ ।

नेपाल भ्रमण वर्ष २०२० भनेर घोाषणा गरेको सरुमै कोभिड–१९ ले तुषारापत गरिदियो । अतिरिक्त उडान हुने नयाँ वायुसेवा आउने नयाँ हवाई अड्डा संचालनमा आउने भौतिक पुर्वाधारको विकास गर्ने आदि काम प्रारम्भ मै पुर्णविराम लाग्यो । वसन्त ऋतुमा हुने पवर्तारोहण कुना काप्चामा हुने पदयात्री लकडाउनले हुन सकेन । कमाउने भन्दा महामारीबाट बचाउने प्राथमिकताले आर्थिक कारोवार पर्ख र हेरमा सीमित भयो ।

सबै सिनेमा हल, व्यायामशाला, संग्रहालय र सांस्कृतिक केन्द्रहरू बन्द भएपछि, र कुनै सार्वजनिक स्थानहरूमा पूजा स्थलहरूमा मानिसहरूलाई जम्मा गर्न प्रतिबन्ध लगाएपछि व्यवसायीहरू र व्यापारिक इकाईहरू र राजस्व पुर्णरुपमा घाटामा छन ।

विकाससील देशमा निर्यातले अर्थतन्त्रमा योगदान गर्छ, हाम्रो देश नेपालमा सरकारी बजेटको स्रोत पैठारी शुल्क हुनु बिडम्बना त्यही पनि लकडाउनले केही हुनै पाएन । देशमा भएका उत्पादनमुलक कलकारखाना कच्चा पदार्थको अभावले बन्द छन ।

एसियन विकास बैंकको विश्लेषणमा कोभिड–१९ को असरले गर्दा ग्राहस्थ उत्पादनमा कमी आउनेछ । कृषि क्षेत्रमा ६० को दशकामा आत्मनिर्भर देश स्वउत्पादनले वर्षका तीन महिनामा सीमित हुनुपरेको परिपेक्षमा यकिनका साथ भन्न नसकेपनि पलायन भएको युवा श्रम शक्ति फर्केर आएपछि कृषि उत्पादनमा ल्याउन सके स्वाबलम्बनको एक पाइला अगाडि बढ्नेछ ।

कोभिड–१९ को बारेमा धेरै अनिश्चितताहरु छन, यसको आर्थिक प्रभाव सहित यसका लागि सम्भावित घाटाको स्पष्ट चित्र प्रदान गर्न धेरै परिदृश्यहरूको प्रयोग गर्नु आवश्यक छ, ”एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सवाडाले भने ।

अस्पष्टता बढ्दै जाँदा, नेपाललाई अझ नराम्रो आर्थिक अवरोधको सामना गर्नुपर्नेछ, हालको स्थितिलाई ध्यानमा राख्दै, कोरोनाभायरस हराउने बित्तिकै चाँडै सुधार आउने सम्भावना छैन। यस अवस्थामा आर्थिक घाटाको मात्रा अनुमान गर्न गाह्रो छ, किनकि देश कोरोनाभाइरसको दोस्रो चरणको फैलावटबाट गुजरिरहेको छ ।

थोक र खुद्रा क्षेत्र कृषि पछि अर्थव्यवस्था मा दोस्रो ठूलो योगदानकर्ता हो । केन्द्रीय तथ्यांक विभागका अनुसार यस क्षेत्रले अर्थतन्त्रमा १४.३७ प्रतिशत योगदान पुर्याएको छ । निर्माण क्षेत्र जो चीनबाट यसको अधिकांश निर्माण सामग्री आयात गर्दछ अहिले सुस्त छ । चिनियाँ ठेकेदार र कामदारहरू जो चिनियाँ नयाँ वर्षको लागि घर फर्केका थिए फर्कन नसकेकाले सार्वजनिक निर्माण परियोजनाहरू पनि प्रभावित भएका छन्। नेपालको आयातमा निर्भर अर्थतन्त्र पनि भारतीय मुद्राको अवमूल्यनको जोखिममा छ जसको लागि यसको मुद्रा स्थायी रूपमा सम्बन्धित छ, किनकि भारतीय अर्थतन्त्रले महामारीको प्रभाव भोग्दछ ।

एडीबीको विश्लेषणका अनुसार कोरोनाभाइरसको प्रकोपले कूल घरेलु उत्पादनमा ठूलो गिरावट आएको छ । एडीबीले कोभिड महामारीको कारण आर्थिक प्रभावमा विभिन्न परिदृश्यहरूको अन्वेषण गरेको छ किनकि यसको प्रकोप अझै विकसित हुँदै गएको छ र तर्कसंगत भविष्यवाणी गर्न गाह्रो छ ।

यदि प्रकोपको प्रभाव नेपाली अर्थतन्त्रमा न्यूनतम छ भने, देशको कुल ग्राहस्थ उत्पादन ०.०४ प्रतिशत वा १२.१२ करोड डलरले संकुचित हुनेछ, २०१८ सम्म नेपालको अर्थतन्त्रको आकार २९ अर्ब डलर हो । यसै गरी, नेपालको कुल ग्राहस्थ उत्पादन ०.०६ प्रतिशत वा १८.३५ करोड डलरले संकुचित हुनेछ यदि एडीबीका अनुसार प्रकोपको प्रभाव मध्यम छ भने । यद्यपि एडीबीको अनुसार सबैभन्दा खराब अवस्थामा ०.१३ प्रतिशत वा देशको अर्थतन्त्रबाट ३६.७८ करोड डलर सम्म कमी हुन सक्छ ।
यसैबीच एडीबीले खोजी गरेको परिदृश्यको दायराले विश्वव्यापी जीडीपीको ७७ अर्ब डलर देखि ३४७ अर्ब डलर वा ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतको विश्वव्यापी प्रभावको सुझाव दिन्छ, मध्यम अवस्थामा १५६ अर्ब डलर वा विश्वव्यापी अर्थतन्त्रको ०.२ प्रतिशतको अनुमान छ ।

यद्यपि अहिलेसम्मको स्थितिमा नेपाल भाग्यमानी नै मान्नुपर्छ युरोप अमेरिका जस्ता धेरै विकसित देशहरुले लाखौंको संख्यामा आफ्नो नागरिक गुमाएका छन् र आर्थिक क्षति पनि ।

स्वास्थ्य क्षेत्रमा कोभिड–१९ को असर
यो महामारीले चारैतिर बाट असर गरेको पाइन्छ,
शारीरिक स्वास्थ्य–पहिलो असर–फोक्सोमा आक्रमण गरेपछि त्यस बाट थलिने, निको हुन नसके त्यसैमा समर्पण हुने
मानसिक असर–हिन भावनाको वृद्धि, हरेस खाई आत्महत्यासम्म का खबर सुनिन्छन् ।
दीर्घरोगीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारि आयु घटाउने, अनिद्रा, चिन्ता हरेस खाने तनाव, हिन भावनाको वृद्धि, झेल्दा झेल्दै व्यक्ति उत्साहहीन हुन्छन् ।

स्वास्थ्यमा–महामारीको असर कम गर्ने केही उपाए

१. महामारीको असर कम गर्ने केही उपाए अस्पतालमा विशेष हेरचाहको व्यवस्था
२. भौतिक दुरी कायम राख्नु हात निर्मलीकरण गरिरहनु, बाहिरी सम्पर्क बाट बच्नु
३. व्यक्तिले आफु र आफ्नालाई लकडाउनको कडाइ साथ पालना गरी गराउने ।
४. मनोवैज्ञानिक त्रास कम गर्न गर्नका विशेषज्ञहरुले विभिन्न कार्यक्रम हरु प्रस्तुत गर्ने ।

शिक्षाक्षेत्रमा–महामारीको असर कम गर्ने केही उपाए

१. विद्यार्थीलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने ।
२. लकडाउनको एकाकिपन हटाउन, सामाग्री प्रस्तुत गर्ने ।
३. खाली दिमाग सैतानको घर भन्ने मानसिकता पैदा हुन नदिने ।

सरकारको तर्फबाट गर्न पर्ने कार्यहरु

१. उद्योगलाई चाहिने कच्चापदार्थ आदिमा सहुलियत दिने
२. बैंकको ऋण साँवा ब्याज तिर्न समय दिने
३. सहुलियत दरमा कर्जा प्रवाह गर्ने
४. विपन्न वर्गलाई भौतिक सहयोग गर्ने
५ उत्पादनमुलक संस्थाको संचालनमा अनुदान÷सहयोग÷प्रोत्साहन गर्ने
६. महामारी मृत्यु प्रायः भएको पर्यटनका पुर्वाधारलाई चाडै महामारीको प्रकोप शान्त भएपछि पर्यटन आवगमन शुल्कमा राहत दिने ।
७. गुणस्तर हिन अनावश्यक वस्तुको आयात रोक्ने
८. देश र देश वासी प्रति उत्तरदायी भएर ईमान्दारीकासाथ जिम्मेदारी पुरा गर्ने ।
९. आफ्ना नभई विषयका योग्य व्यक्ति (जसले निति निमार्ण उपयोगी सुझाव दिन सक्छन्) लाई आमन्त्रित गरी समुह बनाएर सल्लाह लिने ।

ती विज्ञहरुको कार्य क्षेत्र

१. घट््दो राजश्व, नाफा र चालु खर्च को सन्तुलन मिलाई अर्थतन्त्रमा सुधार ल्याउने
२.आर्थिक गतिविधिलाई पुर्न ताजिकी दिई पुर्ववत स्थितीमा पु¥याउने ।
३. आकस्मिक कार्ययोजना तर्जुमा गर्ने
४. सुरक्षाकोषको अभिवृद्धि गर्ने
५. विमा विस्तार गरी भरोसा दिने
६.शेयर भाउलाई तल झर्न नदिने
७. आपुर्ति श्रृखंला कायम गर्ने
८. श्रमिक को क्षमता वृद्धि गरि काम प्रति बढी उत्ततरदायी बनाउने
९. उत्पदानमा वृद्धि गर्ने
१०. पुर्वाधारमा लगानी बढाउने र व्यवस्थापनलाई भर दिने

महामारी, प्राकृतिक विपत्तिले त्रास फैलाउने नोक्सान गर्ने विचल्ली बनाउने सँगसँगै केही राम्रा पक्षपनि हुन्छन कि भनी केलाउदा केही सकरात्मक किरण पनि देख्न पाइन्छ, जस्तै

१. व्यवापार व्यवसायको नयाँ बाटो खुल्ने
२. अनुसन्धान र अन्वेषणको आवश्यक्ताले खोप आदि दबाई को विकास
३. औषधीको विकासले लामो आरोग्य जिवन प्राप्त हुने
४. घरमै बसेर काम गर्न सक्ने वातावरणको बिकासले मानसिक तनावमा कमी
५. डिजिटल कार्य प्रणालीको विकास,

कोभिड–१९ को प्रभाव बारे उपसंहारमा पुग्दा बहुसंख्यक पश्चिमि देशले चीनसँगको व्यवापारिक कारोवारमा परिवर्तन ल्याउने संकेत दिइसकेका छन् । जापानले सबै कारोवार रोक्ने घोषणा गरिसकेको छ । विकसिल देशले बाध्य श्रोतबाट लिने सेवा र बस्तुहरु चीनको सट्टा अरु देश बाट लिने लक्षण देखिन्छ । बुझेअनुसार दक्षिण कोरिया, भारत, जापान, अष्ट्रलिया, न्युजिल्याण्ड मुख्य आपुर्तिकर्ता हुनेछ र केहि लाभ नेपालले पनि लिन सक्नेछ । कोभिड–१९ को असर र मृतकको तथ्याङ्क कम्युनिष्ट देशमा तुलनात्मक रुपमा कम देखिन्छ । चीनको अग्रिम भुमिका एसिया, अफ्रिका मा कटौति हुने र व्यापारिक युद्ध त्चबमभ ध्बच ले चीनको अर्थतन्त्रमा दुरगामी असर पर्न सक्ने अडकल गर्न सकिन्छ । समयमा यो भाइरसको बारेमा जानकारी नदिएर चीनले कपटपुर्ण व्यवहार गरेको आक्षेप लगाउने देश पनि छन् । प्रतिरोध स्वरुप आर्थिक र राजनैतिक हिसावले एक्लाउने लक्षण बुझ्न सकिन्छ ।

हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशलाई पुनरुत्थानमा धेरै समय नलाग्ला तर यसको लागि दृढ ईच्छाशक्ति भएको सरकारले इमान्दारीताका साथ सहि कार्ययोजना र व्यवहारमा उतारि नागरिकलाई प्रेरणा गर्न पर्ने हुन्छ ।

(लेखक चार्टड इन्स्योरर हुन)

2 comments on "त्रासोन्मुख कोरोना र अर्थतन्त्र"

  • Sahil Talib says:

    Rama Dahal is amazing at her work and research on the effects of Covid onto the economy …..hats off to her

  • Samira says:

    Good write up, covering different aspects and with data most importantly, keep it up Rama Di!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.