सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं

  २०७७ वैशाख २९ गते ९:२८     सुन्दर तिवारी

नोभल कोरोना भाइरस एक नयाँ किसिमको कोरोना भाइरस हो जुन मानव जातिमा यसअघि पहिचान भएको थिएन । यस भाइसरले मुलतः मानिस स्तनधारी जनावर तथा चराचुरुङ्गीहरुमा सङ्क्रमण गर्ने र रोग निम्त्याउने गर्दछ । यस भाइरसले ज्वरो, रुघा, सुख्खा खोकी देखी निमोनिया, तिब्र स्वासप्रस्वास सम्बन्धी समस्या, आन्तरिक रक्तस्राव र मृत्यु समेत निम्त्याउन सक्दछ ।

चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा केहि व्यक्तिहरुमा निमोनियाको संक्रमण देखा परेको थियो जसको कारणबारे त्यस समयको सबै चिकित्सक अनभिज्ञ थिए । या भनौँ त्यो निमोनिया असाधारण कारणबाट उत्पन्न भएको थियो । कोरोना भाइरसको संक्रमणबाट ५ जनावरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो । कोरोनाको यस प्रकोपलाई मनन गर्दै ३० जनावरी २०२० का दिन विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरेको थियो । यस नयाँ किसिमको कोरोना भाइरसलाई ११ फेब्रुवरी २०२० मा विश्व स्वास्थ्य संगठनले काेभिड-१९ को नाम दियो जसको विस्तारीत रुप काेराेना भाइरस डिजिज-२०१९ रहेको छ । कोभिड–१९ को केन्द्रविन्दु मानिने चीनको वुहान प्रान्तमा सर्वप्रथम सर्प र चमेराबाट यो भाइरस मानिसमा प्रवेश गरेको भनिएकाे छ तर आजको दिनसम्म यसको कुनै वैज्ञानिक तथ्य फेला पार्न सकिएको छैन । संक्रमित व्यक्तिको संसर्गमा आएमा, निजले प्रयोग गरेको व्यक्तिगत चिजवस्तु प्रयोग गरेको खण्डमा र संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट मानिसमा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्ने गर्दछ ।

विश्व स्वस्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरे लगतै यस भाइरसले चीन लगायत चीनको छिमेकी राष्ट्रहरु, अमेरिका र युरोपका अधिकांश राष्ट्रहरुमा मानवजातिको अस्तित्व नै निष्कृय पार्न तम्सिएको छ । सुरुको अवस्थामा यस भाइरस निकै तिब्र गतिमा फैलिएको चीनको अवस्था अहिले सामान्यउन्मुख बनेको छ । २०७७ वैशाख ५ गते सम्म आइपुग्दा चीनको संक्रमितको संख्या ८२,६९२ रहेको छ भने ज्यान गुमाउनेको संख्या ४६३२ रहेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै पुगेको छ । जान गुमाउनेकाे संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । याे लेख तयार गर्दासम्म विश्वमा संक्रमण देखिएका २१० राष्ट्रहरु, क्षेत्रहरुमा संक्रमितको संख्या २,२१९,१६४ पुगेको छ जसमध्ये मृत्यु हुनेको संख्या १४९,८८४ रहेको छ भने ५६०,९१२ जना उपचार पछि निको भएका छन् ।

कोरोना प्रकोप नेपालमा पनि फैलदै गएकाे छ । याे लेख तयार गर्दासम्म संक्रमित संख्या ३० पुगको छ जसमध्ये दुई जना उपचार भइकन घर फर्किसकेका छन् । नेपालमा हालसम्म १५,८०० जनामा कोरोनाको नमूना परीक्षण गरिएको छ । नेपालमा कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा कोरोनाको संक्रमण देखिएका क्षेत्रहरुमा बाग्लुङ, काठमाण्डौँ, कैलाली, कञ्चनपुर, उदयपुर, पर्सा र चितवन रहेका छन् । विश्वभर कोरोनाको प्रकोपले अत्याधिक प्रभाव पारेको देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान आदि रहेका छन् भने चीनसँग सीमा जोडिएको मुलुक उत्तरकोरियाले हालसम्म कुनै कोरोना संक्रमित नभएको दावी गरेको छ । कोरोनाको प्रकोपबाट दुइवटा अन्तर्राष्ट्रिय पानीजहाज पनि संक्रमणको चपेटामा परेका छन् ।

कोरोना भाइरस गम्भीर प्रकारको संक्रमण भएतापनि यसबाट जोगिन जनस्तरबाट उपायहरु र आवश्यक पूर्वसावधानी अपनाउनु जरुरी छ । यसका लागि सबैले अनिवार्य रुपमा साबुनपानीले कम्तीमा २० सेकेण्ड मिचिमिचि हात धुनुपर्छ र सम्भव भएसम्म अल्कोहलको सम्मिश्रण भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख छोप्ने गर्नुपर्छ । कोरोना भाइरसको लक्षण धेरै हदसम्म फ्लुसँग मिल्ने हुँदा फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहनुपर्दछ र यदि आफूमा फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्दछ । कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन सम्म छुट्टै एकान्तबासमा बस्नु पर्दछ र यदि ती व्यक्तिहरुमा कोरोना भाइरससँग मेल खाने लक्षणहरु देखा परेमा तुरुन्तै स्वास्थ्य केन्द्रहरुमा गईकन चिकित्सकको निगरानीमा आइसोलेसनमा बस्नुपर्दछ । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ । चीनले कोरोना भाइरसको उक्त चक्रलाई मानव हस्तक्षेपको प्रयोग गरेर तोड्न सफल भएको छ । यसको लागि चीनले आक्रामक रुपमा लकडाउनको कार्यान्वयन गरेको थियो । संक्रमित व्यक्तिबाट अरुमा भाइरस फैलन नदिन र आफूमा पनि संक्रमण नभएको सुनिश्चित गर्न लकडाउन नै एकमात्र प्रभावकारी उपाय हुनसक्दछ । अमेरिका, युरोपी मुलुकलगायत नेपालले पनि यसको प्रभावकारी रुपमा पालना गर्नु जरुरी छ ।

विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ ।

कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलनु तर संक्रमणलाई निर्मुल पार्ने औषधी पत्ता लगाउन नसक्नु विश्व समुदायका सामुन्ने प्रमुख चुनौतीको रुपमा रहेको छ । कोरोना भाइरसको महापरीक्षणको निमित्त वैज्ञानिक, चिकित्सक, विशेषज्ञ, अनुसन्धानकर्ताको टोली अहोरात्र लागिपरे पनि हालसम्म कुनै ठोस नतिजामा पुग्न असफल विश्वव्यापी महामारीको यस घडिमा विश्व समुदाय सबै आतंकित बनेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन विश्व समुदायले लकडाउनको अभ्यास गरिरहेकोमा यसबाट व्यक्तिमा मानसिक स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने मनोविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको महामारीले विश्व समुदायका करोडौं मानिसको दैनिकी नाट्कीय रुपमा बन्द कोठामा सीमित हुन पुगेको छ । नयाँ–नयाँ कुरा सिक्नमा सधैँ इच्छुक रहने बालबालिका र आफ्नो स्वतन्त्रतामा रमाउन चाहने युवाहरुमा लकडाउनको कारणबाट मानसिक चिन्ता, पागलपन र आत्मबलमा गिरावट आउन सक्ने भनी चौतर्फी आशंका गरिएको छ । कोरोना प्रकोपको यस समयमा विश्व समुदायले विश्व स्वास्थ्य संगठन र सरकारको निर्देशन पालना गर्दै बालबालिका, किशोर–किसोरीहरु र युवाको मानसिक स्वास्थ्यमा आघात आउन नदिई लकडाउनको जिम्मेवारी बोध गर्न जरुरी छ । कोभिड–१९ नामक यस भाइरसले कुनै राष्ट्रिय सीमाना, सामाजिक सीमा, राजनैतिक प्रणाली, सांस्कृतिक मूल्य–मान्यता विशेषलाई उदारता देखाएको पाइँदैन । यसले विश्वलाई समान स्तरमा आफ्नो महामारीमा च्यापेको छ ।

कोरोना भाइरसको इतिहासलाई नजर लगाउँदा सन् २००२ र २००४ मा ग्वाङडोङ, चीनबाट प्रकोपको रुपमा लिएको सार्स जुन हवाइ सार्स कोरोना भाइरसको संक्रमणबाट विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट ८०९८ संक्रमितमध्ये कुल ७७४ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१२ मा साउदी अरबबाट प्रकोपको रुपमा लिएको मर्स विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट २४९४ संक्रमितमध्ये कुल ८५८ जनाको मृत्यु भएको थियो । मानव सभ्यतामै आघात पार्ने गरी फैलिएको समान लक्षण देखाउने कोरोना भाइरसकै प्रजाति नोभेल कोरोना भाइरस २०७७ वैशाख ५ गते सम्म विश्वका २१० राष्ट्रहरु, क्षेत्रहरुमा फैलदा संक्रमितको संख्या २२ लाख नाघेको छ । जसमध्ये झण्डै १ लाख ५० हजार जनाको मृत्यु भएको छ । समान प्रजातिको भाइरस भएपनि यसको महामारीलाई नियन्त्रण गर्न नसक्नु अहिले विश्व समुदायको सामु चुनौतिको विषय रहेको छ । अहिले विश्व भूगोलमा छरिएर रहेका सबै विश्व समुदायले कोरोना भाइरसविरुद्ध एक्यवद्धता जनाउनु अपरिहार्य रहेको छ ।

पैदल हिडेर घर फर्कदै नेपाली

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेकोमा यसलाई दोस्रो चरणबाट फैलन नदिनु हाल नेपालको सामु प्रमुख चुनौतीको रुपमा रहेको छ । व्यक्तिमा संक्रमण देखापर्नुलाई पहिलो चरणको रुपमा लिइन्छ भने संक्रमित व्यक्तिबाट निजको परिवारका सदस्यहरुमा संक्रमण फैलनुलाई दोस्रो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमै यस भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले सर्वसाधारण समक्ष लकडाउनको निर्देशन दिएपनि मानिसहरुले यसको पालना गरेको देखिदैन । राजधानीबाट मानिसहरु पैदल हिडेर सिराहा, सप्तरी सम्म पुगेका छन् ।

सिराहा सप्तरी घर भई राजधानीमा मजदुरी गर्न आएका मजदुरहरु सरकारबाट लकडाउनको निर्देशन जारी भए यता राजधानीमै अलपत्र परेका थिए । अहिले उनीहरु कोरोनाको संक्रमण र सरकारको निर्देशनलाई पनि परवाह नगरी परिवारलाई भेट्नु नै उनीहरुको अन्तिम इच्छा रहेको बताउँदै हिँडेर नै घर पुग्ने साहस जुटाएर लामो यात्रा तय गरेका छन् । गाउँगाउँमा पनि कतै सयौँको संख्यामा घाँस दाउरा काट्न राष्ट्रिय निकुञ्ज पसेको खबर सुनिन्छ त कतै माक्स लगाएर समूहमा जुवातास खेलेको पनि देखिन्छ । जनचेतनाको कमि र मानिसको अटेरीपनाले गर्दा राष्ट्रले नै ठूलो क्षति व्योहोर्न पर्ने खतरा देखिएको छ ।

विश्वमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरेको र नेपालमा पनि जोखिम रहेको अहिलेको अवस्थाको माझमा पनि सरकारको निर्देशनको अपहेलना गर्दै बझाङ जिल्लामा चैतली मेलाको आयोजना भएको छ । संक्रमणलाई फैलन नदिन सरकारले यस्ता क्रियाकलापमाथी निगरानी राख्नु जरुरी देखिएको छ ।

बझाङ जिल्लामा सम्मन्न चैतली मेला

कोरोनाको संक्रमणलाई फैलन नदिन भारतमा कर्फ्यूको अवलम्वन गरिएको र नेपाल सरकारबाट पनि लकडाउनको निर्देशन जारी भए यता भारतमा ठूलो संख्यामा नेपालीहरु र नेपालमा ठूलो संख्यामा भारतीय नागरिक बन्दाबन्दीमा परेका छन् । नेपाल सरकार र भारत सरकारबीच कोरोना प्रकोपको यस समयमा भारतमा रहेका नेपालीहरुलाई भारतमा नै सुरक्षित स्थानमा राख्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित राख्नुपर्ने कुरामा सम्झौता भएको छ । दुई सरकारको सम्झौतालाई बेवास्ता गरी खुला सीमानाको फाइदा उठाउँदै सीमाक्षेत्रका नागरिक खुलारुपमा आवतजावत गरिरहेका छन् । नेपाल सरकार सामु खुला सीमानाको व्यवस्थापन चुनौतीको रुपमा रहेको छ ।

विशेषज्ञहरुको सीमितता, विश्व स्वास्थ्य संगठनको मान्यता अनुसारका क्वारेन्टाइन र आइसोलेसन केन्द्रको सीमितता, सीमित मेडिकल उपकरण र त्यसमा पनि कालोबजारीले गर्दा यसको व्यवस्थापन गर्नु नेपाल सरकारको चुनौतीको विषय रहेको छ । पुर्खाहरुले भन्ने गर्दथे, “कालोबजारी अन्याय हो” तर बुझ्नेहरुले कालोबजारीलाई अन्य आयको रुपमा लिई विपद्को यस घडीमा पनि कालोबजारी गरेको उदाहरणहरु प्रशस्तै छन् । सरकारले यस सम्बन्धमा गम्भीर भई निर्णय गर्नु जरुरी छ ।

कोरोना प्रकोपको कारणको नेपाल सरकारले विभिन्न चरणामा मिति ताेकेर अत्यावश्यक बाहेक अरु सबै खाले सेवाको लागि आफ्ना हवाई उडान रद्द गर्ने निर्णय गरेको छ ।  सरकारको यस निर्णयबाट कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएर उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने हुनाले यसको व्यवस्थापनमा सरकारले कार्य गर्नुपर्ने देखिन्छ ।

कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ ।

कोरोना संक्रमण चार महिनादेखि तिब्र गतिमा फैलदा यसको असर विश्व अर्थतन्त्रमा देखा परेको छ । उत्पादनको दर घटिरहेको छ । बेरोजगारीको स्तर बढिरहेको छ । निर्माण कार्यहरु कम भएका छन् । अर्थतन्त्रको हरेक क्षेत्र यसबाट प्रभावित हुने देखिएको छ । विश्व व्यापार संगठनले कोरोनाको संक्रमणले विश्वलाई नयाँ महामन्दीसम्म पुर्याउन सक्ने भनि चेतावनी दिएको छ । धेरै व्यापारिक फर्महरु असफल हुने वा ठूलो घाटाको मार सहने देखिएको छ । उत्पादित वस्तुहरुको माग घट्ने अवस्था देखिएको छ । माग घटेको कारणले मूल्य र लागत पनि घट्ने तर लागत भने मूल्य जस्तो तिव्र दरमा नघट्ने हुँदा उद्यमीहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । विश्वलाई महामन्दीको चपेटामा पर्न नदिन हरसम्भव प्रयास भैराखेतापनी कोरोनाको प्रकोपले निकै भयावह अवस्था सिर्जना गरेको कारणले विश्व अर्थव्यवस्थामा सुधार आउन लामो समय लाग्ने देखिएको छ । विश्वभर लकडाउनको कारणले कतिपय कम्पनी बन्द भएका छन् भने कतिपयले अस्थायी र स्थायी रुपमा कर्मचारी कटौती गरेका छन् । विश्व श्रम संगठनले सन् २०२० को अप्रिल महिनासम्म आइपुग्दा विश्वभर १९ करोडभन्दा बढी रोजगार विहिन हुनसक्ने भनी प्रक्षेपण गरेको छ । खाडीका मुलुकहरुमा पनि ५० लाखको संख्याले पूर्णरुपमा जागिर गुमाउन सक्ने प्रक्षेपण विश्व श्रम संगठनको रहेको छ । यसको सबैभन्दा बढी प्रभाव अमेरिका, मध्य एसिया र यूरोपमा पर्न सक्ने भनी विश्व श्रम संगठनले जानकारी गराएको छ । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख नाघेकाे छ । अमेरिकी सरकारले अप्रिल ९ विहिबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताको लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअधि नै १ करोड भन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना मध्ये १ जनाले रोजगारी गुमाएका छन् । त्यस्तै अप्रिल १६ सम्म आइपुग्दा थप ५० लाखले रोजगारी गुमाउन पुगेका छन् । यससँगै अमेरिकामा बेरोजगारी प्रोत्साहन भत्ताको लागि आवेदन दिने कामदारको संख्या दुई करोड नाघेको छ । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारीको दर १५ प्रतिशत पुग्नेछ र यो अवस्था विश्वव्यापी महामन्दीको अवस्थापछि पहिलो पटक देखिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संभावित जोखिम कम गर्न नेपाल सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । शुरूमा चैत्र २५ गतेसम्मका लागि लागू गरिएकाे लकडाउनकाे अवधि सरकारले पटक पटक  थप्दै लगेकाे छ ।  कोरोनाको प्रकोप र लकडाउनको कारणले नेपाली अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव देखापरेको छ । कृषिप्रधान देश नेपालमा लकडाउनको कारणले कृषि वस्तु तथा कच्चा पदार्थको मागमा कमि आउनुको साथै मूल्यमा पनि कमि आएको कारणले कृषकहरुले समस्या झेल्नुपरेको छ । देशका विभिन्न ठाउँहरुमा वस्तुको मागमा आएको कमीका कारण कतै खाडल खनेर कुखुरा पुरेको खबर सुनिन्छ त कतै दुध नष्ट गरेको खबर सुनिन्छ । देशको माग धान्न सक्षम सिमेन्ट उद्योगहरुले पनि लकडाउनको कारण उत्पादन बन्द हुँदा घाटा व्यहोरिरहेका छन् । उपभोग्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरु त्यति प्रभावित नभए पनि आधारभूत पूँजीगत वस्तु उत्पादन गर्ने उद्योगहरु प्रभावित देखिएका छन् । विश्व श्रम संगठनले खाडीका राष्ट्रहरुमा ५० लाखको संख्याले जागिर गुमाउन सक्ने प्रक्षेपण गरेकोमा यसबाट नेपाल पनि प्रभावित हुने देखिन्छ । लाखौँको संख्यामा नेपालीहरु खाडी मुलुकहरुमा रोजगारीको लागि पलायन भएको हुँदा खाडीमा रोजगाररत नेपालीहरुको पनि रोजगार खोसिने देखिएको छ । नेपालको अर्थतन्त्रको मुख्य स्रोत विप्रेषण आम्दानी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको प्रकोपको कारणले घट्ने देखिएको छ । नेपालमा लकडाउनले गर्दा निर्माण उद्योग, पर्यटन उद्योग, वैदेशिक रोजगारी, साना तथा मझौला उद्योग, बैंक तथा वित्तीय संस्थामा बढी प्रभाव पर्ने देखिन्छ । नेपालमा अत्यावश्यक बाहेकका सबै उद्योगहरु बन्द भएका कारणले नेपालले कम्तीमा पनि दुई खर्बको घाटा व्यहोर्नु पर्न सक्ने भनी अर्थमन्त्री खतिवडाले जानकारी गरिएका छन् ।

कोरोना संक्रमणले विश्वलाई मानवताको पाठ सिकाएको छ । ‘मानवता नै सबभन्दा ठूलो धर्म हो’ भन्ने उक्तिले आज सार्थकता प्राप्त गरेको छ । विश्वभरी कोरोनाको कहर फैलिरहेको समयमा एक देशले अर्को देशलाई सहयोग गरिरहँदा त्यस्तै एक देशको पीडाले अर्को देशको पीडालाई सहानुभूति दिँदै गर्दा मानवता शब्दले अर्थ प्राप्त गरेको छ । प्रकोपको यस घडीमा कोरोनाको कारण हुन सक्ने दुष्परिमाणबाट विश्वलाई बचाउन आज सबैले हातेमालो गर्दै यस परिस्थितिसँग जुधिरहेका छन् । सेवानिवृत्त डाक्टर, नर्स, सुँडेनी, सामाजिक कार्यकर्ता, स्वास्थ्य पेशेवरहरु आज फेरि कोरोनाको प्रकोपसँग लड्नको निम्ति लागिपरेका छन् ।

कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ ।

कोरोनाको प्रकोपले पारिवारिक सामिप्यता बढाएको छ । आज विश्व समुदाय घरमा बसी लकडाउनको पालना गरिरहँदा परिवार शब्दको वास्तविक अर्थ बुझ्न समक्ष भएको छ । लकडाउनको जिम्मेवारी बोध गरी घरमै परिवारजनसँग भलाकुसारी गर्दा पारिवारिक सम्बन्धको गाँठो झन झन् कसिएको छ । घरबाटै कार्यालयको काम सम्पन्न गर्न पाउँदा कार्यबोझ हराएको छ । परिवारको साथ पाउँदा जतिसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिन्छ भन्ने सन्देश विश्वले प्राप्त गरेको छ ।

कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका कतिपय राष्ट्रहरुमा चिकित्सक, नर्स, स्वास्थ्य बुद्धिजिविहरु आदिको कमी भएका कारणले ती राष्ट्रहरुले सम्बन्धित पेशेवरहरुको उत्पादनमा लगानी गर्नुपर्ने देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ ।

मासांहारको अत्याधिक प्रयोगबाट यस भाइरसको उत्पत्ति भएको हुनसक्ने चौतर्फी आशंका भइराखेको बेलामा अहिले विश्व जनसमुदायलाई मासांहार छोड्न र साकाहारतर्फ उत्मुख हुन प्रेरित गरेको छ । कोरोना भाइरसको प्रकोप सुरु भए यता विभिन्न देशहरुमा मांसाहारको लागि पशुहत्या र मासांहारको प्रयोगमा गिरावट आएको कुरा तथ्यांकले देखाएको छ । चीनलगायतका कतिपय राष्ट्रहरुले मासुको प्रयोगमा अस्थायी रुपमा निषेध गरेका छन् । हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे  जोड रहेकाे छ । माथिका तथ्य र तथ्यांकलाई नजिकबाट चिहाउँदा भविष्यमा विश्व समुदायले मासांहरको उपभोग गर्नुको सट्टा साकाहारलाई प्राथमिकता दिने कुरा अहिले धेरै हदसम्म भविष्यवाणी गर्न सकिन्छ । पारिस्थितिक पद्धतिमा असन्तुलन देखिएको वर्तमान परिपेक्ष्यमा विश्व जनसमुदायको यस्ता कदमले निकट भविष्यमा पारिस्थितिक पद्धतिमा सन्तुलन आउने आशा पलाएको छ ।

हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे  जोड रहेकाे छ ।

विश्वव्यापी रुपमा कोरोनाको महामारी बढेसँगै ओजन तहमा असर पुर्याउने क्लोरोफ्लोरोकार्वन उत्पादन गर्ने खालका उद्योगहरु लगायत वातावरणलाई नकारात्मक प्रभाव पर्ने अन्य उद्योगहरु ठप्प भएका छन् । वायुप्रदुषण र ध्वनि प्रदुषण पैदा गर्ने सवारी साधनहरु पनि हाल लकडाउनले गर्दा ठप्प छन् । विभिन्न देशहरुमा सञ्चालनमा रहेका ग्लोबल वार्मिङ र मौसम परिवर्तन गर्ने खालका उद्योगहरु हाल बन्द हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको छ ।

विगतका दशकहरुमा वातावरणमा नकारात्मक प्रभाव पार्ने उद्योगहरु ठूलो मात्रामा सञ्चालन हुँदा हाल विश्वमा असाधारण रुपले मौसम परिवर्तन भएको छ । गर्मीयाममा तापत्रम वर्षैपिच्छे बढिरहेको छ भने जाडोयाममा तापक्रम न्यानो हुँदै गएको छ । वर्षयाममा पनि समयमा पानि परिराखेको अवस्था छैन । कहिले अत्याधिक रुपमा पानि पर्दा बाढी, पहिरो जस्ता प्रकोपहरु झेल्नुपरेको छ भने कहिले कम वर्षाको कारण खडेरीको समस्या भोग्नुपरेको छ । ग्लोबल वार्मिङ र मौसम परिवर्तनको कारण हिमालहरुमा हिँउको स्तर घटिरहेको छ । कृषि उत्पादकत्व घटिरहेको छ । जनावर र चराचुरुङ्गीका अमूल्य प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । आगामी दिनहरुमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने विलासीताका सवारी साधनको प्रयोगमा कमी आएमा र ग्लोबल वार्मिङ र जलवायु परिवर्तन गराउने खालका उद्योगहरु बन्द गरिएमा हाम्रो पृथ्वि साँच्चिकै मानवको लागि उपयुक्त बन्दछ र हाम्रो भविष्य पनि सुनिश्चित हुन्छ ।

13 comments on "सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X