मानवलाई संकट, धर्तीलाई लाभ

  २०७७ वैशाख १५ गते २०:२६     सेविका सुवेदी

इतिहासलाई फर्केर हेर्दा मानव विकासको क्रमसँगै मानव समाजले प्लेग, बिफर, स्पेनिस फ्लु, ईबोला , एचआईभी/एड्स जस्ता विभिन्न प्रकारका प्राकृतिक विपत्तीहरुको सामना गर्दै आएको छ । विश्वमा समय समयमा बिभिन्न प्रकारका महामारीहरुले लाखौ मानिसहरुको ज्यान लिएको देखिन्छ । त्यस्तै गत सन २०१९ डिसेम्वर अन्त्यमा चिनको वुहान प्रान्त बाट फैलिएको कोभिड— १९को संक्रमण हाल सम्मबिश्वका २ सय भन्दा बढी देशमा पुगिसकेको छ । यो लेख तयार पार्दा सम्म मृत्युहुनेको संख्या १ लाख १९ हजार भन्दा बढी पुगिसकेको र १९ लाख भन्दा बढी संक्रमित रहेको पुष्टि बिश्व स्वास्थ्य संगठनले गरिसकेको छ । संक्रमित मध्ये ४ लाख ५० हजार निको भईसकेका छन् जसमा सबै भन्दा बढी चीनमा रहेका छन् । हाल सम्मको स्थितिलाई हेर्दा सबै भन्दा बढी संक्रमीत र मृत्यू हुनेको संख्या अमेरिकामा देखिएको छ । उच्च दरमा संक्रमित र मृत्य हुनेमा अमेरिका, ईटली,स्पेन, फ्रान्स, जर्मनी, चीन, ईरान, बेलायत, बेल्जियम र स्वीजरल्याण्ड रहेका छन् भने पछिल्लो समय भारतमा पनि संक्रमितको संख्या बढ्दो छ ।

विश्वका शक्तिशाली राष्ट्रहरुमा समेत भयावह बनिरहेको अवस्थामा नेपालमा पनि संक्रमितकाे संख्या बढ्दै गएकाे छ । भलै अहिलेसम्म कोरोनाको कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । समयमा नै राज्यले लकडाउनको नीति अवलम्बन गरेको कारण संक्रमण फैलन पाएन । साथै, उपचारको लागि औषधि नभएको अवस्थामा संक्रमण हुन नदिने उपाय अवलम्वन गर्नुको बिकल्प पनि छैन । व्यक्ति व्यक्ति बीचको दूरी कायम गर्ने, शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने, स्वस्थ्य र पोषिलो भोजन गर्ने, भोजनमा भिटामिन सि र डी को प्रयोग बढी गर्ने, शरीरको तापक्रम बृद्धि गर्ने खानेकुरा खाने, साबुन पानीले हात धुने, सफा रहने, बारम्बार तातो पानी पिउने, बाहिरबाट घर आउँदा लगाएको कपडा तुरुन्त फेर्ने साथै कपडा सफा गर्ने, घरबाट बाहिर निस्कदा माक्स र सेनीटाईजरको प्रयोग अनिवार्य रुपमा गर्ने कोरोना संक्रमणबाट बच्ने उपाय हुन् ।

यदि संक्रमण भएमा संक्रमित व्यक्तिले पनि माथि भनिएका सबै उपायहरुको पालन गरि चिकित्सकको नियमित निगरानीमा रहेर पूर्ण आत्माबिश्वासको साथ सकारात्मक सोच राखेमा यो रोग निको हुन्छ । धेरै विरामीहरु निको भईसकेका छन् । तसर्थ, यो रोगसँग लड्नका निमित्त संयम, धैर्यता र उच्च मनोवलको खाँचो रहन्छ । कोभिड-१९ को संक्रमण दिन प्रतिदिन बढिरहेको छ । कहिलेसम्म र कहाँसम्म हो कुनै निश्चित छैन र निःसन्देह सामना गर्नुको अर्को विकल्प पनि छैन । यहि क्रमले संक्रमण बढिरहने हो भने यसले विश्वमा भयावह रुप लिने र मानव समुदाय नै संकटमा पर्ने देखिन्छ ।

लेखक

लामो समय सम्मको लकडाउनको कारण कलकारखाना,उद्योगधन्दा ,व्यापार व्यवसाय लगायत आर्थिक र गैर आर्थिक क्षेत्रमा ठूलो क्षति भईसकेको छ । जसका कारण धेरैले रोजगारी गुमाउदै गइरहेका छन् । यो बिषम परिस्थितिमा दिनभर श्रम गरेर विहान बेलुका छाक टार्ने श्रमिकहरुको चुलोमा आगो बल्न छोडिसकेको छ । सरकारले कति समय राहात र सहयोग गर्न सक्छ त्यो पनि अनिश्चित छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पनि एक निश्चित समयसम्म मात्र अहोरात्र खट्न सक्छन् । यसरी कहिलेसम्म संक्रमणसँग लड्ने ? समयसँगै सबैले हार खाने समय आउन पनि सक्छ । भाईरस जो अदृष्य छ तर शक्तिशाली छ । औषधि पत्ता लागेको छैन,छिट्टै पत्ता लाग्ने सम्भावना पनि कम देखिन्छ। किनकी यसभन्दा अघिका विभिन्न महामारीमा पनि औषधि उपचारको अभावमा वर्षौसम्म रहेर धेरैले ज्यान गुमाएको उदाहरण छन् ।

विश्वका शक्तिशाली राष्ट्रहरु जो विज्ञान, प्रविधि र आर्थिक रुपमा सर्वशक्तिमान छन्, ग्रह उपग्रहमा आ-आफ्नो अधिपत्य कायम गर्नेदेखि लिएर शक्तिशालि हतियार निर्माण गरेर विश्वलाई आफ्नो नियन्त्रणमा राख्दै आफूलाई शक्तिशाली राष्ट्रको रुपमा सावित गर्ने प्रयत्न गदै गर्दा, आज हजारौ नागरिकको दैनिक मृत्यु भईरहँदा निरिह बनेर टुलुटुलु हेर्न विवश छन् । यो सम्पूर्ण परिवेसलाई नियाल्दा आज विज्ञानले हार खाएको महशुस भएको छ । विकसित राष्ट्रहरु जाे केवल पुँजीवादी अर्थ व्यवस्थामा नाफा र पैसालाई मात्र सर्वोपरि ठान्छन्, तिनमा दया माया र मानवताको अभाव देखिएको छ । यसरी नै यो विषम परिस्थितिमा पनि पैसा पहुँच र प्रविधिको घमण्डमा स्वार्थी बनेर बस्ने हो भने एक दिन मान्छेले मान्छे माथि ह्रिंसक जनवारले झै ब्यवहार गर्ने छ । मान्छे, मान्छे कै शिकार बन्ने दिन नआउला भन्न सकिन्न । एकतिर भाईरसको संक्रमण त अर्कोतिर खानाकै लागि मान्छे मान्छेबीच हिंसा, हत्या, अत्याचार बढ्ने छ ।

विकसित राष्ट्रहरु जाे केवल पुँजीवादी अर्थ व्यवस्थामा नाफा र पैसालाई मात्र सर्वोपरि ठान्छन्, तिनमा दया माया र मानवताको अभाव देखिएको छ । यसरी नै यो विषम परिस्थितिमा पनि पैसा पहुँच र प्रविधिको घमण्डमा स्वार्थी बनेर बस्ने हो भने एक दिन मान्छेले मान्छे माथि ह्रिंसक जनवारले झै ब्यवहार गर्ने छ । मान्छे, मान्छे कै शिकार बन्ने दिन नआउला भन्न सकिन्न । एकतिर भाईरसको संक्रमण त अर्कोतिर खानाकै लागि मान्छे मान्छेबीच हिंसा, हत्या, अत्याचार बढ्ने छ ।

कोरोना भाईरसले सबै भन्दा बढी आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको छ । आज विश्वको शक्तिशालि राष्ट्रहरुमा सेवामा आधारित व्यवसायिक क्षेत्र तहसनहस भै सकेको छ,अन्य उद्योग धन्दा प्राय ठप्प रहेका छन् भने नेपाल समेत यसको प्रभावबाट अछुतो रहन सकेको छैन । जसको प्रत्यक्ष नकरात्मक प्रभाव लगानीकर्ता,कामदार कर्मचारी साथै वित्तिय क्षेत्रमा देखिन थालिसकेको छ । विश्वमा सन् १९३० को दशकको आर्थिक मन्दी भन्दा भयाबह मन्दीको आंकलन अर्थशास्त्रीहरुले गर्न थालिसकेका छन् । अमेरिका, युरोप जापान चीन र भारत जस्तादेशहरुले अर्थतन्त्रमा नकरात्मक असरलाई कम गर्नका निमित्त अरबौ डलर खर्च गर्नुका साथै आर्थिक राहत प्याकेजको घोषणा गरिरहेका छन् । यही अवस्था रहेमा विश्वको अर्थतन्त्र वर्षौसम्म उठ्न नसक्ने गरी भासिन पुग्दा हरेक राष्ट्रले आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ । जसका कारण गरिब राष्ट्रहरू अझ ठूलो आर्थिक संकटको भारमा पर्नेछन् । वैदेशिक रोजगार, रेमिट्यान्स, वैदेशिक सहायताको भरमा चलेका नेपाल जस्तो देशका अधिकांश मानिस गरिवी र बेरोजगारीको चपेटामा पर्ने निश्चित छ । प्रतिफल स्वरुप खानकै लागि झै-झगडा, हत्या, हिंसा बढ्ने देखिन्छ ।

यो महामारीले मानव अस्तित्व र सभ्यता माथि नै चुनौति दिईरहेको छ । अकालमा धेरै मानिसले ज्यान गुमाईसकेका छन् । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण विश्वलाई सचेत र सुरक्षित रहन पटक पटक निर्देशन दिईरहँदा पनि विश्वका विज्ञान र प्रविधिमा सर्बशक्ति सम्पन्न राष्ट्रहरुले निर्देशनको अवज्ञा गरी विवेकहिन बनिरहेका छन । कोरोना भाईरसले न त कुनै राष्ट्र, धर्म, जाति, भाषा सम्प्रदाय छुट्याउछ, न त कसैको पक्ष र विपक्षमा बढि र कम क्षति पुर्याउछ । जसले समयमा नै सावधानी अपनाए साथै विश्व स्वास्थ्य संगठन र चिकित्सकहरुको मार्गनिर्देशनलाई पूर्ण रुपमा पालना गरे ती राष्ट्रहरुमा कम क्षति हुनुको साथै नियन्त्रण गर्न सफल भएका छन् भने जसले जानेर बुझेर पनि लापरबाही गरेका छन् ती राष्ट्रहरुले धेरै क्षति बेहोरिरहेका छन् । यस्तो विषम परिस्थितिमा विभिन्न राष्ट्र र समुदायबीच वैरभाव नराखी समभाव र सम्मान भावका साथ जहाँबाट जसले जसरी जे सहयोग गर्न सकिन्छ त्यही अनुरुप काम गर्नु नै अहिलेको आवश्यकता हो । नेपालको परिवेशमा हेर्ने हो भने साधन श्रोतको अभावमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको योगदान उदाहरणीय रहेको छ । नेपाल जस्तो देश जहाँ उपचारमा खटिनेका निमित्त चाहिने सुरक्षाका उपकरण तथा सामाग्रीको अभाव रहेको छ भने अर्को तिर बिरामीका निमित्त चाहिने औषधि तथा अत्याबश्यक सामाग्रीको उचित प्रबन्ध गरिएको छैन यस्तो कटु यर्थाथको बीचमा घुस,कमिसनका समाचार सुन्दा साच्चै मान्छे भित्र दानव वृत्ति हुर्केको महसुुस हुन्छ ।  यो नै मानव सभ्यता संकटमा पर्नुको संकेत हुन सक्छ ।

नेपाल जस्तो देश जहाँ उपचारमा खटिनेका निमित्त चाहिने सुरक्षाका उपकरण तथा सामाग्रीको अभाव रहेको छ भने अर्को तिर बिरामीका निमित्त चाहिने औषधि तथा अत्याबश्यक सामाग्रीको उचित प्रबन्ध गरिएको छैन यस्तो कटु यर्थाथको बीचमा घुस,कमिसनका समाचार सुन्दा साच्चै मान्छे भित्र दानव वृत्ति हुर्केको महसुुस हुन्छ ।  यो नै मानव सभ्यता संकटमा पर्नुको संकेत हुन सक्छ ।

प्रकृति माथिको दोहन नै मानवको लागि खतरा हो भन्ने सोच मानवजातीलाई कहिल्यै भएन । क्षणिक सुख सुविधाका लागि जे पनि कर्म गर्दै गयो फलस्वरुप आज मान्छे आफूले खनेको खाडलमा आफै फसिरहेको छ । हरेक प्राणी जीवजन्तु, वनस्पती र सारा प्रकृतिको संरक्षण गर्नु आफ्नो मूल कर्तव्यलाई बिर्सेदै गएको देखिन्छ । यसरी क्षणिक व्यक्तिगत स्वार्थ र भोग विलासका निमित्त मानिसले प्राणी जगत र प्रकृति माथि राज गदै जानुको परिणाम एक दिन मानव सभ्यतामा नै संकट आउने देखिन्छ । मान्छेले आफ्नो संस्कार, संस्कृति, रितिरिवाज र मानविय कर्तब्य सबै भूलेर गरेका अमानविय क्रियाकलापको परिणाम केही हदसम्म कोरोना भाईरस हुन सक्छ ।

विगतका विभिन्न महामारीहरुलाई हेर्दा पनि पशुपंक्षीबाट नै संक्रमण फैलिएको पाईएको छ र हालको कोरोना पनि जनवारबाट नै आएको पुष्टि भएको छ । मान्छे यति ह्रिंसक भैसकेको छ कि आफूले सकेसम्मका प्राणीको हत्या गरि खाने गर्दछ, जसरी यस धर्तीमा मानव जातीलाई स्वतन्त्र रुपमा जीवनयापन गर्ने प्रकृतिप्रदत्त अधिकार छ त्यसैगरि अन्य प्राणीलाई पनि यस संसारमा स्वतन्त्र पूर्वक बाँच्ने अधिकार छ । तर, आज उनीहरु सबै मान्छेको शिकार भएका छन् । यी नै प्राणीको प्रतिशोध भावको प्रतिफल पनि हुन सक्छ कोरोना भाईरस । सृष्टिमा प्राणी मध्येको सर्वश्रेष्ठ र चेतनशील प्राणी मानव हो । सबै प्राणीको संरक्षण र सम्वर्द्धन गर्नु र अविभावकत्व निर्वाह गर्नु उसको कर्तव्य हो । प्रकृतिको संरक्षण गर्नु र प्राकृतिक नियम अनुरुप जीवनयापन गर्नु सच्चा मानव धर्म हो । तर आज मान्छेले बिपरीत कार्य गरिरहेको छ। शक्ति र सम्पति हुनेले सकेसम्म आफ्नो स्वार्थ पूर्तिको निमित्त निमुखा माथि दमन, दवाव र थिचोमिचो गरिरहेका छन् । धनी र गरिव बीचको दूरी बढ्दो छ। दया, माया, प्रेम, करुणा मान्छेबाट हराँउदै गएको छ । पारिवारिक प्रेम सद्भावको कमी छ । हरेक परिवारमा आमा बाबु सन्तानबाट अपहेलित हुदै बृद्धाआश्रमको सहारा लिन विवश छन् । बालबालिकाहरु बाबु आमाको प्रेमबाट ठाढिएका छन् भने कति आमाहरु पैसाको लागि दुधे बच्चालाई छाडेर बैदेशिक रोजगारमा जान बाध्य छन् । बात्सल्य प्रेमको कमिका कारण आजका बालबालिकाले एक्लोपनको महशुस गरी कलिलो उमेरमा नै कुलत दुर्वेसनमा फसेका छन् जसका कारण व्यक्ति घर परिवार जहाँ कही सुख शान्ति छैन । जहाँ कहि हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार, दुराचार बढिरहेको छ ।

शक्ति र सम्पति हुनेले सकेसम्म आफ्नो स्वार्थ पूर्तिको निमित्त निमुखा माथि दमन, दवाव र थिचोमिचो गरिरहेका छन् । धनी र गरिव बीचको दूरी बढ्दो छ। दया, माया, प्रेम, करुणा मान्छेबाट हराँउदै गएको छ । पारिवारिक प्रेम सद्भावको कमी छ ।

प्राकृतिक तथा दैविक शक्तिले सम्पन्न, विभिन्न कालखण्डमा ऋषिमुनिहरुको तपस्याको तपले सिञ्चित,भगवान् बुद्धको जन्मभूमि, माँ सिताको जन्मस्थान, अनेकौ दिब्य आत्माहरुको जन्म भएको एक अध्यात्मिक र पबित्र तपोभूमि हो नेपाल । छुटै मौलिक धर्म संस्कृति रितिरिवाजले भरिएको यो देश आज पाश्चात्य संस्कार र संस्कृतिले नराम्रोसँग प्रभाव पारिसकेको छ । हामीले हाम्रो संस्कार रितिरिवाज परम्परालाई भूलेर विदेशीको नक्कल गरिरहेका छौ । खान, लाउन देखिलिएर बोली चालीमा समेत आफ्नो पन हराउँदै गएको छ । देखावटी र देखासिखीमा हामीले आफूलाई भूलेर जस्तोसुकै अमानविय कर्म गर्नपछि परेका छैनौ । आज हामीलाई आफ्नो संस्कार अनुरुप कर्म गर्न लाज लाग्दछ तर अरुको नक्कल गर्न हामी निर्धक्क छौ । हामीले चाहेको भए हाम्रो मौलिकतालाई नै विश्वव्यापिकरण गर्न सक्थ्यौ । प्रविधि, सञ्चार र विश्वव्यापीकरणको सकारात्मक पक्षलाई मात्र अनुशरण गर्न चुक्याै ।अरुबाट राम्रा कुराहरु सिकेर आफ्नै देशमा प्रयोग गर्न सकिन्थ्यो तर देश नै बिर्सिएर हामी बिदेश पलाएन भयौ अर्कौ देशको नागरिक बन्नलाई वर्षौ गुलामी गर्यौ । सायद त्यति मेहनत आफ्नै देशमा गर्न सकेको भए आज खेत बारी बाँझो हुने थिएन । कयौ बा-आमा सन्तानको प्रतिक्षामा रोएर बस्नु पर्ने थिएन । र, आजका सन्तानले बात्सल्य प्रेम, पारिवारीक स्नेहको अभावमा हुर्कदै कुलतमा फस्नु पर्ने थिएन ।

आज कोरोनाको संक्रमणले सबैलाई एक पटक यी सबै कुरालाई सोच्न बाध्य बनाएको छ । महामारीकै कारण भए पनि सयौ परिवार एक भएका छन् वर्षौपछि पारिवारिक खुशीको अनुभुति भएको छ । संगै बसेर खाने, खेल्ने, रमाउने दु.ख सुख साटने मौका जुटेको छ । प्रविधिको विकास संगै मान्छे विस्तारै कृतिम जीवन शैलीमा भुलेको छ तर विपतको बेला थोरै भए पनि मान्छे बेहोसिबाट ब्यूझिएका छन् । हाम्रा ऋषिमुनिहरुले सिकाएका हरेक संस्कार आज कोरोनाको कारण विश्वले अनुसरण गरिरहेको छ । तर विडम्वना हामी नेपाली यति असल कर्म, संस्कार भूलेर क्षणिक सुख भोगका लागि पश्चिमा संस्कृतिमा रमाईरहेका छौ । जति जति हामी प्रकृतिको नियम विपरित चल्न खोज्छौ त्यति नै अनेक प्रकारका प्राकृतिक प्रकोपको शिकार भईरहेका छौ । सृष्टिलाई जीवन्त राख्न हरेकले आ-आफ्नो धर्म पालना गर्नु पर्दछ । सूर्य, चन्द्रले मात्र पनि आफ्नो धर्म छाडने हो भने हामी हाम्रो अस्तितवको कल्पना गर्न सक्दैनौ, हरेक पशुपंक्षीले पनि प्रकृतिको नियमलाई पालना गरेका छन तर मानव चेतनशील प्राणी भएर पनि चेतनहिन कर्म गरिरहेको छ । स्वार्थ, अहंकार ,घमण्डले मानवलाई दिन प्रतिदिन संकट तर्फ धकेलिरहेको छ । हाम्रा संस्कारहरु जस्तै बिहान सबेरै उठनु,सफा रहनु,नित्य भगवानको जप तप पुजा आराधना गर्नु, नियमित स्वस्थ सफा र सात्विक भोजन गर्नु, बेलुकाको भोजन सूर्यास्त अगाडि हल्का मात्र गर्नु, चाडो सुत्नु, चाडो उठनु, हातले खानु, बाहिरबाट घर फर्कदा, खाना बनाउँदा र खाना खाँदा कपडा फेरेर मात्र खानु, भोजन गर्ने स्थान सफा, शुद्ध र चोखो राख्नु, बाहिरबाट आएका व्यक्तिसँग तुरुन्त नभेटनु, आगो छोएर, नुवाई धुवाई गरेर मात्र घर भित्र छिर्नु, नमस्कार गर्नु, अनियन्त्रित शारीरिक सम्पर्कबाट टाढा रहनु आदि आदि । आज कोरोनाले सिकाएका सारा कुरा हाम्रा परापूर्व कालदेखि चलिआएका संस्कार हुन तर हामीले छोडदै गएका थियौ ।आज कसैलाई भेट्यो कि अंकमाल गर्ने, चुम्बन गर्ने, चम्चा काटाले खाने, फ्रिजमा राखेका हप्ता, महिनाको बासी खाना खाने, मांसाहार भोजन, सफा पानीले नुहाउनुको सट्टा पेपर, टावेलको प्रयोग गर्नु, जनावरसँगको बढि सम्पर्क आदि व्यवहार मानव शरीरका लागि घातक सिद्ध भएका छन् । हरेक प्राणी आफ्नै बासस्थानमा स्वतन्त्र पूर्वक रमाएर बाच्न चाहन्छन तर मान्छेले आफ्नो मनोरञ्जनको साधन बनाएका छन्, स्वादको लागि भोजन बनाएका छन् । मानवका यी नै निर्दयी र क्रुर व्यवहारका कारण प्रकृतिमाथि बारम्बार अत्याचार भईरहेको छ । आधुनिकताको नाममा भएको प्राकृतिक विनासको कारण असह्य भएर विभिन्न वहानामा प्रकृतिले चेतावनी दिईरहेकी हुन्छिन । सायद त्यसकै एउटा रुप कोरोना हुन सक्छ ।

आजको यस परिवेसलाई हेर्दा जति पनि कोरोनाका कारण मृत शरिरहरु छन्, तीनको राम्रो व्यवस्थापन गरिएको छैन ।शरिर मरे पनि भाईरस जीवित हुन्छ । गाडिएका मृत शरीरबाट अझ खतरनाक भाईरस उत्पन्न हुने सम्भावना रहन्छ त्यसैले मृत शरीरलाई जलाउनु उपयुक्त हुन्छ । मान्छे जति सुकै जड र भौतिकवादी बनेता पनि दु.ख, कष्ट र अप्ठ्यारो परिस्थितिमा भने जानी नजानी भए पनि आध्यात्म, ईश्वरको चिन्तन स्मरण गर्दछन । आजको यो विषम परिस्थिति, लकडाउनको समयमा तनाव कम गर्ने बहानामा भए पनि ध्यान योगको बाटो अनुसरण गरेको पाईन्छ । नियमित योग ध्यानले मानवको आन्तरिक दिव्य शक्तिको उजागर हुन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।मष्तिस्क तेज हुन्छ, तनाव मुक्त भई सृजनात्मक शक्तिको विकास हुन्छ, आफूभित्र बाटै हिलिङ पावर जागृत हुन्छ । अहिलेको अवस्थामा तनावका कारण धेरै मानिसहरुलाई विभिन्न समस्याहरु आउन सक्छ यस्तो अवस्थामा स्वस्थ, स्वच्छ, सात्विक भोजनका साथमा भगवानको जप तप र योग ध्यानको अत्यावश्यक छ । हामी नेपालीको लागि यी सबै कुनै नयाँ कुरा होईन, यसको महत्व बुझेर आजको दिनमा पश्चिमा देशहरुले पनि यी कुराहरुको अनुसरण गरिरहेका छन् ।

कोरोना संक्रमणले मानव जातिमा ठूलो संकट ल्याए पनि धर्तीमा भने सकारात्मक परिवर्तन आएको छ। संक्रमणका कारण विश्वभर लागेको लकडाउनले कल कारखाना, उद्याेग, बजार सबै बन्द भएको कारण प्रदुषण कम भएको छ ।हावा स्वच्छ भएको छ, जसका कारण यहाँका अनेकौ जीवजन्तु वनस्पति चराचुरुङ्गि स्वच्छ वातावरणमा रम्दै स्वच्छ हावाको स्वास फेरिरहेका छन ।

कोरोना संक्रमणले मानव जातिमा ठूलो संकट ल्याए पनि धर्तीमा भने सकारात्मक परिवर्तन आएको छ। संक्रमणका कारण विश्वभर लागेको लकडाउनले कल कारखाना, उद्याेग, बजार सबै बन्द भएको कारण प्रदुषण कम भएको छ ।हावा स्वच्छ भएको छ, जसका कारण यहाँका अनेकौ जीवजन्तु वनस्पति चराचुरुङ्गि स्वच्छ वातावरणमा रम्दै स्वच्छ हावाको स्वास फेरिरहेका छन । तर मानिस भने कोरोना संक्रमणका कारण स्वास फेर्न गाह्रो भएर छटपटाई रहेका छन् । साथै, लकडाउनका कारण घर भित्रै निसास्सिएर बस्न बाध्य छन । अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफाहावा देखिएको हो । कार्वन उत्सर्जनमा आएको गिरावटका कारण पर्यावरणमा राम्रो प्रभाव देखिएको छ । उद्योग यातायात, बजार बन्दका कारण हावामा प्रदुषणको स्तर घटेको छ, ओजन लेयरमा हिल भएको र सकारात्मक सुधार देखिएको नासाले पनि पुष्टि गरिसकेको छ । फलस्वरुप ग्लोवल वार्मिङ घटेको छ । यी सबै संकेतलाई हेर्दा यस्ता महामारीबाट मान्छेले प्रकृति संरक्षणमा जोड दिनु पर्ने देखिन्छ । वातावरणमा देखिएको यो सकारात्मक सुधारलाई निरन्तर कायम गर्न सके मानव लगायत हरेक प्राणीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्ने छन्।

कोरोना संक्रमण कहिलेसम्ममा अन्त्य हुन्छ भन्ने निश्चित छैन औषधि पत्ता नलागे सम्मवर्षौ लम्बिने संकेत देखिन्छ । एक पटक पूर्ण रुपमा नियन्त्रण भईसकेको चीनमा फेरि संक्रमण देखिनुले अवस्था अझ भयावह हुन सक्छ । यस्तो अवस्थामा आफूलाई सुरक्षित राख्नु, संयम र धैर्यताका साथ परिस्थितिको सामना गर्न तयार हुनुको विकल्प छैन । साथै व्यक्ति, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमा सबैले सबैलाई सहयोग गर्नु अत्यावश्यक छ । हरेक राष्ट्रका सरोकारवाला पक्षले आफ्ना जनताको लागि गाँस, बास र स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्नु पर्दछ । मानविय भावनाका साथ एकबद्ध भई समभाव र सम्मान भावका साथ एक आपसमा सहयोग गर्दै सुरक्षित जीवन जीउनुमा नै आज मानव जातिको सुन्दर भविष्य तय हुनेछ । तब मात्र मानव सभ्यताको जर्गेना गर्न सकिन्छ ।

देउमाई नगरपालिका, ईलाम
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X