मानव भविष्य

  २०७७ जेठ २५ गते ९:३८     दिवस राई

कोरोना भाईरस नोभेम्बर १७ मा नेपालको छिमेकी राष्ट्र चीको खुपेइ प्रन्तको वुखान शहरबाट फैलिएको एक भाइरस हो । उक्त भाइरस खुपेइ प्रन्तका एक ५५ वर्षीय नागरिकमा देखा परेको थियो । जसलाई कोभिड १९ नामले चिनिन्छ । वुखान सेन्ट्रल हस्पिटलमा कार्यरत एक ओप्थालमोजिष्ट ३४ वर्षिय डाक्टर ली वनल्याङले झेलेको २००३ मा पैmलिएको सार्स (सर्भ एक्युट रेस्पिरेटरी सिन्ड्रम) सँग जेनेटिकल रुपमा मेल खाने भाइरसे हो । हाल यो भाइरसले विश्व महामारीको रुप लिइसकेको छ । जसको कारण आजको मिति २०७७ बैशाख १ सम्म आइपुग्दा विश्वभरी २१० देश गरी १८५३६०४ संक्रमित जस मध्ये ११४२७० को मृत्यु भेैसकेको छ भने ४२७८०६ पूर्ण निको भैसकेका छन । १३११५३३ जना उपचारको क्रम चलिरहेको छ । यस भाइरसको कारण हुने मृत्युदर ३.४ प्रतिसत रहेको डब्लु यच ओ ले जनाएको छ । डब्लु एच ओ ले सन २०२० फेब्ब्रुअरी ११ मा कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) भनी यस भाइरसको नामकरण ग¥यो । यसको मुख्य लक्ष्यण भनेको एक्कासी १०४º भन्दा माथि ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु हो ।

यो भाइरस बाट नेपाल पनि अछुतो रहन सकेको छैन । चीनमा अध्ययनरत विद्यार्थी स्वदेशमा फर्के पछि बिरामी भएर अस्पतालमा भर्ना भए पछि जनवरी २४ बाट कोभिड १९ नेपालमा देखिएको हो । त्यस पछि नेपाल सरकारले पनि बि. सं. २०७६ साल चैत्र ११ बाट लक्डाउनको घोषण गर्यो । लक्डाउन (बन्दाबन्दि) को समयमा नै मार्च १७ मा फ्रन्सबाट नेपाल आएकी एक १९ वर्षीय किसोरीकी भिएतनामी साथीलाई कोभिड १९को संक्रमिण भएको खवरले आफ्नो स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिए पछि मार्च २३ मा दोश्रो संक्रमित पनि भेटिए । हुदा हुदै अप्रिल १३ सम्ममा १२ संक्रमित पुष्टि भैसकेका थिए र अप्रिल १७ सम्ममा ३१ संक्रमित पुष्टि भैसकेका छन । हाम्रो जस्तो गरीब मुलुकमा यो भाइरको संक्रमण युरोपेली मुलुकमा जस्तै फैलिए निकैनै भयवाह स्थिति आउने सम्भावन देखिन्छ । बिज्ञहरुले अझै परीक्षणको सङख्या बृद्धि गर्नु पर्ने बताईरहेका छन । किन कि नेपालमा यो भाइरसको लक्षण फरक भैसकेको छ । यो भाइरस नेपालमा म्युटेसनको अवस्थामा पुगिसकेको जस्तो देखिन्नछ । यस्को लक्षण देखा नै नपर्ने तर स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि हुने र त्यस ब्यक्तिले अरुलाइ भने सारीराख्ने अवस्था रहकोे छ । यस्तो सुसुप्त अवस्थामा रहने यो भाइरसले नेपाललाई कता डोर्याउने हो एकिन गर्न सकिएको छैन । यदि नेपालीहरुम यो भाइरस यसतै अवस्थामा रह्यो भने भविष्यमा नेपालीले छुवाछुतको सिकार बन्नु पर्ने स्थिति नआउला भन्न सकिदैन ।

चीनबाट एक जना नेपाली नागरिक सकुसल स्वदेश अस्पतालको कोरोना नेगेटिभ कागज बोकेर आउदा पनि गाउलेहरु कोरोनाको डरले बाघ, भालु आए जतिकै भागे भन्ने समाचार पनि सामाजिक सञ्जालमा नआएको होइन । यसले नेपाली नागरिकहरुको मनोविज्ञानमा नकरात्मक असर पार्ने पक्क देखिन्छ । हामी यो पृथ्वीका चेतनशील प्राणी भन्न कता कता लाज लागेर पनि आउछ । सानो तिनो बिपत पर्दा कमाउ धन्दा गर्नेहरुको झुण्डाहरु यस्तो बिपतको घडीमा पनि अलिकति पनि नहिच्कीच्याई कालो बजारी गर्न भ्याए । फार्मेसीमा गएर मास्क सोध्यो भने रु.४५० भन्छन । सस्तो ख्योज्यो भने छैन सस्तो त । भए पनि रु. १० को मास्क रु. ४० पर्छ रे । यो एउटा अति सामान्य उदाहरण मात्र हो । अरु त कुरै नगरौ । सब्जीको भाउ उस्तै आकासियो । मानब जीवन भने कोठा भित्रै बाकासियो । टाढा टाढाबाट आएर मज्दुरी गर्नेहरुको रोजगारी खोसियो । अब समस्य माथि समस्य थुप्रियो । बाहिर गयो रोगको डर, भित्र आयो भोकको डर अब सुरु हुन्छ सोको डर । घर भाडा कसरी तिर्ने ? भोक कसरी टार्ने ?

सबै नाकाहरु शील गरिएका छन । धेरै दिन लगाएर घर हिडेका मज्दुरहरुको कथा उस्तै पिडादायी छ । धर्मको नाममा अन्धविश्वासले उत्तिकै भाइरस पैmलाउन सघाईरहेको छ । दिनानु दिन त्रासदिपूर्ण वतावरण हुदै छ । समाजिक सञ्जाल र युट्युवरहरुबाट भ्यू कमाउने निहुमा अपवाह पैmलाउने र त्रास पैmलाउने काम उत्तिकै भैरह्यो । यसो गर्नले यस्तो भयवाह अवस्थामा मानसिक स्थिति बिग्रेर भाइरसले भन्दा त्रासले मानिसहरुलाई सताउने निस्चित देखिन्छ । हाम्रो समाजको एउर्टा वनको बाघले भन्दा मनको बाघले खाया’े भन्ने उखान चरितार्थ हुनेछ ।

लेखक

यो सङकटको घडीमा सबै मिलेर भाइरस सग लड्नुको कुनै विकल्पनै छैन । सरकारको लक्डाउनलाई सबैले आफ्नो कर्तब्य सम्झेर पालन गर्नु पर्दछ । यो बेला कुनै भाबनामा बग्नेबेला भने पटाक्कै होइन । तर पनि वर्गीय हिसाबबाट हेर्दा रोग भन्दा भोक ठुलो देखिए पछि भने भावनामा बग्न पनि बाध्य बनायो । सामाजिक सञ्जालका माहोल हे¥यो भने विभिन्न परिकार बनाएर पोष्ट गरिएको त कतै भोकै गन्तव्य चुम्न हिडेकाहरुको कथा । कतै समानता छैन । एउटै मानिस हामी किन फरक जीवन हुन्छ यो सन्सारमा ? समान क्षमाता भएका मानिसहरु आफ्नो बाटोमा हिडीरहँदा एउटाले गाडी चढ्ने अवसर पाए ऊ अवश्यै गन्तब्यमा साथि भन्दा पहिला पुग्दछ र उसले विर्सन्छ की अवसरले आफु पहिलो भएको अनि छोडिएको साथिको अपमानमा रमाउन थाल्दछ । यसरी अनगिन्ती कारणले कोही अगाडी कोही पछाडी परेका हामी उस्तै मानिसहरुको समस्य कोरोना भाइरस बनेको बेला भने सरक्षित थात थलो पुख्र्यौली थलो गाउँ घर बन्न थालेको छ । बिदेशलाई अंगालेर गएकाहरु पनि स्वदेश फर्कन थाले । कोरोनाकै कारण खाडी मुलुकमा रोजगारीको निम्ती गएका लाखौ कामदारहरु रोजगार विहिन बनेकै कारण युवाका श्रम बेचेर रेमिटेसबाट चलेको देशमा आर्थिक मन्दि आएको छ । यवा शक्ति बिदेसिएकाले स्वदेशको जमीन बाँझिएको । पैसा रेमिटेन्सबाट आए पनि भारत सँगको ब्यापार घाटाले बाहिरिएको छ । यसरी दिनानु दिन हाम्रो देश पर निर्भर बन्दै गएको छ । गाउ घरमा मर्दा पर्दा धर्म गर्दा सघाउ पघाउमा जनशक्ति छैन । सबै उर्बर युवा शक्ति बिदेसिएकोले देशमा बिकासका लहरहरु मौलिन सकेको छैन ।

वर्तमान अवस्थामा यस विश्वब्यापी समस्याको बेला हामी नेपालीले यस बिपतको घडीलाई एक सुनौलो अवसरको रुपमा बदलन जरुरी छ । कुनै फलामलाई सुहाउदो आकार दिन आगोमा पोलेर घनले हिर्काउनै पर्छ । त्यसैले यस दुःख र पिडाबाट कत्ति पनि नहडबडाई अवसरमा परिणत गर्नु पर्छ । यो नै हाम्रो देश बनाउने, काठमाण्डौमा थुप्रिएका मानिसहरुलाई गाँउ गाँउमा फर्काउने, बिदेसिएका युव शक्तिलाई स्वदेश फिर्ता ल्याउने, बाँझिएका जमीन उर्बर बनाउने, कृषीमा कायापलट ल्याउने , अर्थलाई चलयमान बनाउने । औद्योगिक व्रmन्ति ल्याई स्वदेसी उत्पादन गर्ने र स्वदेशमै प्रसस्तै रोजगरीको सृजना गर्ने, भारत सँगको सिमा सील गरी ब्यापार घाटामा सन्तुलन ल्याउने सुनौलो अवसको रुपमा बदल्ने उपयुक्त समय हो । त्यस्तै गरी देशको सबै स्थानिय तह सम्म यातायातको राम्रो व्याबस्था गरी उद्योगलाई आवस्यक पर्ने कच्चा पदार्थहरुको लागी पहाडी भेगहरुमा कृषीको अवसरहरु र जंगलका पात देखी जरा सम्म बिव्रmी वितरणको वातावरण बनाउने । मठ मन्दिरमा भन्दा पनि आविश्कारमा लगानी गर्ने, सबै भन्दा मर्यादित पेशाको रुपमा शिक्षकलाई बनाई देशमा विशिष्ट जनशक्तिको उत्पादन गर्ने । उत्खननमा जोड दिने, बिद्युतमा लगानी बढाउने गर्नु पर्दछ ।

यसरी कोभिड १९ ले विश्व आक्रान्त वनेको वेला यो लाडाईलाई जितन र भविष्यामा फेरी आई पर्ने यसतै भवितब्यबाट सुरक्षित बन्न पनि हामिले यास समयालाइ अवसरको रुपमा लिई अघि बड्नु पर्दछ ।  बिशेष गरी हाम्रो देशमा अर्थले चलयमान रुप लिन सकेको छैन । प्रमुख कुरा त के भने गरीबी र त्यसले बानाई दिएको गरीब मानसिक्ता र कमाउँ र जमाउँले गर्दा अर्थ अचल भएको छ । नेपालमा सर्बप्रथमत जसरी हुन्छ रोजगारीको सृजना गर्नु पर्दछ र बिस्तारै कमाउँ र जमाउँ भन्ने गरीब मानसिक्त परिवर्तन हुदै जानेछ । त्यस्तै गरी शिक्षा र स्वास्थ्यामा पनि ग्यारेन्टी हुन जरुरी छ । जस्ले गर्दा भविष्याको सुनिश्चितता देखिन गई मानिसहरुको तनाब कम भएर मानासिक स्वास्थ्यामा पनि सकरात्मक प्रभाब बढ्दै जनेछ ।

छिमेकी मुलुक चीनमा कोरोना भाइरसले मानिसहरुलाई सताईरहेको बेला बिभिन्न देशहरुले चीनलाई मजाकको रुपमा उडाए । यसले हामी पृथ्विकेै चेतनशील प्राणी भन्ने परिभाषाले दिल्लगी गरीरहेको देखिन्छ । यो कोरोना भाइरस रोग विस्तारै विश्वमा पैmलिएर माहामारीको रुप लिएर युरोपेली मुलुकहरुलाई थिल्थिलाृे बनाईदियाृे । इटाली, स्पेन, जस्ता युरोपेली मुलुकमा मानब सम्हार गरेको भाइरसले हाल सम्म आईपुग्दा अमेरिकामा सङव्रmमितको सङख्या लगायत मृतकको सङख्या पनि सबै भन्दा उच्च बनायो । सामाजिक सञ्जालमा भने सबैमा पहिलो हुने राष्ट्र भाइरसमा पनि पहिला भएरै छाडे आखिर अमेरिका हो नी भन्दै खिल्ली उडाए । तर बिगतमा जजस्ले मजाक गरे पनि यो बेला मजाक गर्ने बेला भने बिल्कुल होईन ।

अर्थत्रन्त्रमा एक नम्बरमा पुगेको चीनले कोभिड १९ को लडाई जितेर आपैmलाई मजाक उडाउने राष्ट्रहरुलाई पनि भरपुर सहयोग गरेर मानबता देखाए । अव यहि तथ्यले बुझिन्छ की चीन विश्वमा हरेक कुराले अगाडी आई आफुलाई विश्वकै नम्बर एक राष्ट्रको रुपमा उभ्याइनै सके । चीनले कुनै मजाक नउडाई अरुकौ मजाकलाई पनि सामना गरी सबै पक्षमा विश्वकै एक नम्बर राष्ट्रको रुपमा उभ्याउने अवसर बनाए । त्यसैले हामी नेपालीले पनि यसलाई अवसरकै रुपमा बदल्न जरुरी छ ।

द्यर इज नो सर्टकट वे टु एचिभ सम्थिङ (कुनै कुराको प्रप्ती गर्ने कुनै छोटो तरीका हुदैन) त्यसमा समय अनि समय माथिको मेहनतले अवश्यै महत्व राख्दछ । कुनै कुरालाई तपाईको दिमागको डेस्क्टपमा ल्याउन वा त्यसलाई धाराप्रबाह बनाउन कम्तिमा एक हजार पटक आबृति हुन जरुरी हुन्छ । त्यसेले पनि समयको महत्व सिकाईमा रहेको हुन्छ । यहि सिद्घान्तमा रही समयको महत्व बुझी मेहनतले आजैबाट काममा आवश्यक आबृति पुर्याउन मेहनतले अघि बढौँ अवश्यै हाम्रो देश सबै कुरामा आत्म निभर हुनेछ र भबिष्यामा बिदेशमा रोएर बस्नु पर्ने स्थितिबाट जोगिन सक्छौँ । सुखी, सम्पन्न र सम्मृद्घिले हाम्रो देश फुल्नेछ ।

एक ठाँउमा घाम लाग्दा अर्को ठाँउमा छाँया भनेझै राहत बितरणमा पनि अनियमितता छाएको बेला कहिले पत्रकारहरुको दादागिरी कहिले नेपल प्रहरीको दादागिरी त कहिले जनप्रतिनिधिकै दादागिरी र कहिले जनताकै दादागिरी पनि देखियो । जहा जस्को बढी पहुँच उसैको दादागिरी बढी देखिन स्वाभाबिक पनि हो । तर पनि यसतो बिपतको बेला आआफ्नै ठाँउबाट आफ्नै लागि हो भनी बुझेर अनुसासित र सम्यम रहनु नै बुद्घिमत्त ठहरिएला । ठग्नेहरुको भिड भित्र सहयोग गर्नेहरु पनि त प्रसस्तै भेटिएका छन । यस्ता उदाहरणीय काम गर्नेहरुलाई सबैले साधुबाद टक्य्राउन बिर्सन हुन्न । हामी एउटै देशमा भएर पनि कसै कसैमा सहयोगी भावना त कसैमा लुटको भावना चै कसरी भयो होला त ?

आजको मिति २०७७ साल बैशाख ६ गतेका दिन फ्रान्सबाट आएकी १९ बर्षीय नेपाली नारीले कोभिड १९ लाई जितेर टेकु अस्पतालबाट डिस्चार्ज हुनुभएको छ भने सुगर र दमको बिरामी एक महिलाले पनि उक्त भाइरसलाई परजय गरी घर फर्कीसक्नुभएको छ । यस्ले दिर्गरोगीहरुले पनि कोभिड १९ भाइरसलाई जीतन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिएको छ । यसबाट के सिक्न जरुरी छ भने हामी सबै स्वदेशमै सुरक्षित छौँ त्यसैले नेपालमै बसेर देशकै विकास गर्यौ भने अवश्यै यो विपतको घडीलाई एक सुनौलो अवसरको रुपमा बदल्न सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.