मजवुत आत्मविश्वास र सम्वृद्धिकाे यात्रा

  २०७७ वैशाख १२ गते १९:४६     हरिवोल काफ्ले

वाईन उत्पादन प्रयोजनका लागि काठमाण्डौको एक रिर्सोटमा गरिएको अंगुर खेती (फोटोग्राफर–लेखक आफै)

 

मानवजाति अहिले कोरोना महामारीका कारण विश्वव्यापी संकटको सामना गर्दैछ र यो हाम्रो पुस्ताले भोग्ने सम्भवत सबैभन्दा ठूलो संकट हुनसक्छ । यो महामारीले हाम्रो स्वास्थ्य सेवामा मात्र नभई समग्र विश्व अर्थव्यवस्था, राजनीतिक, भू–सामाजिक, एवं संस्कृतिक आधारहरु माथि निमर्म प्रहार गरिरहेको छ । मानवजातिको उद्भवदेखि नै पृथ्वीमा प्रकोप, महामारी वा ईभोलुसनका प्रक्रियाहरु निरन्तर देखिरहेका हुन् । तर आफ्नो अस्तित्वको रक्षाका लागि कयौ विकराल स्थितिमा पनि मानिसले आफ्नो विजय सुनिश्चित गरेको छ । आपतकालिन अवस्थाको सहि निर्णयले धेरै जनधनको सुरक्षा भएको छ भने भने त्यसको अभावमा ठूलो जोखिम बेहोरेको ईतिहास मानवजातिले भोगेको छ ।

युभल नोह हरारीले भनेका छन्, सापियन्स (आधुनिक मानिस) को अस्तित्व छिटो संकटमा पुग्नसक्छ जुन ३० हजार वर्ष पहिले मात्र उद्भव भएको थियो । तुलनात्मक रुपमा होमो ईरेक्टस (अहिले अस्तित्वमा आएको भन्दा पहिलेको प्रजाति) ले २० लाख वर्ष पृथ्वीमा राज गरेको थियो । त्यो बखत होमो सापियन्ससंगै मानिसका अनेकौं प्रजातिहरु होमो ईरेक्टस, नेएन्दरथल्स, होमोसोलोनेसिस लगायतका अस्तित्वमा थिए । तर सबैको अस्तित्वलाई नामेट पारेर सापियन्सको विकास भयो जसलाई हरारीले कग्नेटिभ रिभोलुसन (दिमागको विकास) को कारण मानेका छन् । तर लामो समय राज गरेका होमो ईरेक्टस लगायतका प्रजातिहरुले प्रकृतिको नियम र अस्तित्वलाई स्वीकार गरेकाले नै तुलनात्मक रुपमा दीर्घकालिन अस्तित्व प्राप्त गरेको हरारीले स्वीकार गरेका छन् ।

आधुनिक मानिस प्रकृति वा पर्यावरणबाट टाढा हुदै गएको छ जुन आफैमा जोखिम हो । पछिल्लो समय मानिसको जीवनशैली अस्तित्व विमुख ज्यादा भएको छ । प्रकृति र पर्यावरणबिनाको मानिसमा परिस्कृत जीबन सम्भव हुदैन त्यो अवस्थामा मानिस कृतिम जीवन जीउनका लागि प्रेरित रहन्छ । कृतिम जीवन जुनसुकै समय काँच फुटे झै झुरा–झुरा हुनु अश्वभाविक होइन । यो अर्थमा आजको मानिसभित्र प्राकृतिक मानवतत्वको अभाव देखिन थालेको छ । किनकि मानिसका प्रत्येक बाच्ने शैलीहरुले कृतिम श्वास, कृतिम खाना, कृतिम प्रकाश, कृतिम जल र कृतिम आकाशको साहारा खोजिरहेको छ । एक अर्थमा हामीले भोग्ने पञ्चतत्वहरु कृतिम भईसकेकाछन् । तिनै कृतिम अवयव र तत्वहरुको सहाराको खोजिमा हामी पनि भौतारिन थालेका छौ ।

शहरहरुको अवस्था झन् विकराल छ किनकि त्यहाँ न श्वच्छ हावा छ र न पानी प्राकृतिक गुणयुक्त छ । केमिकल राखेर शुद्ध पारिएको पानीदेखि प्याकेटमा उपलब्ध हुने खाना सबैले प्राकृतिक प्रक्रियाको जीवनलाई निर्मुल गरिरहेको छ । मानिसको जवनशैली ईकोलोजिकल सिस्टमबाट टाढा भाग्दै गएको छ ।

शहरहरुको अवस्था झन् विकराल छ किनकि त्यहाँ न श्वच्छ हावा छ र न पानी प्राकृतिक गुणयुक्त छ । केमिकल राखेर शुद्ध पारिएको पानीदेखि प्याकेटमा उपलब्ध हुने खाना सबैले प्राकृतिक प्रक्रियाको जीवनलाई निर्मुल गरिरहेको छ । मानिसको जवनशैली ईकोलोजिकल सिस्टमबाट टाढा भाग्दै गएको छ । शहरीयाहरु परिस्कृत जीवनबाट टाढिएर कृतिम जीवन जीउन बाध्य देखिन्छन् । शहर बाहिरको पनि अवस्था विकराल बन्दै छ किनकि त्यहाँ पनि मानिसको ज्यादतिले प्रकृतिको विनास भईरहेको छ । प्रकृतिको अस्तित्व माथिको हस्तक्षेपले जैविक सन्तुलन बिगारेको छ र विविधतायुक्त पर्यावरणिय चक्र खलबल्याईदिएको छ । अर्थात मानिसले पृथ्वी माथिको अन्य जीवजन्तु वा वनस्पतिको साझा हक खोसेको छ । आलोचनामुक्त नभएपनि थोमस माल्थसले भने जस्तै जैविक वा अजैविक प्रक्रियामार्फत पृथ्वीमा मानिसको भार आफै सन्तुलनमा आउने भन्ने तर्क एक अर्थमा श्वभाविक पनि लाग्दैछ ।

लेखक

विश्वव्यापी फैलिएको महामारीबाट तत्काल सिक्ने सबैभन्दा ठूलो पाठ नै अब प्रकृति माथिको ज्यादतीको बन्द गर्नु हो । कोरोनाको शुरु कुनै अमुक जीवजन्तुहरु हुन् वा होईनन भन्ने विषय पुष्टि भईरहनु आवश्यक छैन । तर भाइरस वा परावैज्ञानिक विकिरणहरु पृथ्वीको प्राकृतिक संन्तुलन बिग्रेपछि फैलिने हो भन्ने तथ्य ध्रुवसत्य छ । जनसंख्याको चापसंगै पृथ्वीमा उपलव्ध स्रोतहरुको समुचित र दिगोपना कायम गरी उपयोग गर्नु आवश्यक छ भन्ने तथ्य बोध हुनु कोरोनाको महामारीले सिकाएको ठूलो शिक्षा हुनसक्छ ।

पछिल्लो चरणमा मानिस धेरुे चरम आत्मपरक बन्दै गएको छ । आफ्नो मन वा आत्माले खोजेको बाहेक बाहिरका सबै साध्य वा साधनलाई उसले तिरस्कार गर्न थालेको छ । जसको नतिजा हाम्रा नयाँ पिंढिहरु परिवार, समाज र आफन्तबाट टाढा हुन थालेका छन् । संक्रमणपछि मानिसलाई एकअर्काको साथ चाहिन्छ भन्ने तथ्यको वोधगम्य समेत कोरोनाले गराएकोछ । मानिस सामाजिक संरचनाबाट जसरी पृथक हुन खोजेको थियो त्यसैगरी उसको पुनरागमन हुने निश्चित देखिन थालेको । भच्र्युअल संसारको उपयोग चरम सीमामा छ र जसका केहि नकारात्मक परिणामहरु अब निमिट्यान्न पार्न कोरोना बरावरको धक्का आवश्यक समेत देखिएको थियो ।

अहिले मानिस–मानिस भित्र पनि विभेद उत्कर्षमा छ । पूँजीको उपयोगले वर्गिय संरचना सिर्जना गरेपछि त्यो व्यापक बनेको हो । धनी वा गरिव बीचको विभेद मानिसका बीचमा मात्र सीमित छैन । देश, भूगोल र क्षेत्रिय हुदै यसले बहुरुपिय आकार ग्रहण गरेको छ । अमेरिकन वा युरोपिनहरु धनी र अफ्रिकन वा अन्य पिछडिएका मुलुकहरु गरिव हुन् भन्ने मानसिकता स्थापित हुनु पनि विभेद नै हो । किनकि यो आँखाले मुलुकहरुको वर्गिकरण गर्ने प्रचलन विकासका अन्तराष्ट्रिय साझेदारहरुले नै शुरु गरेका हुन् । वल्र्ड बैंक, आईएमएफ वा युएनले वर्गिकरण गरेको तिनै विभेदकारी प्रतिवेदनलाई अरुले पनि आधार लिनु अश्वभाविक होइन । तर कोरोनाले गरिव, धनी वा शक्तिसम्पन्न भनेको पाईदैन । न त यो संक्रमणले नेता वा सर्वसाधारण छुट्याएको छ ।

बितेको ५० वर्षयता संसारको जैविक र अजैविक प्रारुप पनि खलबलिएको छ । हिमाली क्षेत्रमा पाईने खाद्यान्न वा जडिबुटिको संरक्षणका लागि त्यहाँको हावा र पर्यावरण आवश्यक हुन्छ । समुन्द्र किनारमा र्यार्सागुम्बा फलाउन खोज्नु मूर्खता मात्र हुनसक्छ । अर्थात जहाँ जुन जैविक वस्तुको उपार्जन हुन्छ, त्यसको खपत वा विसर्जन पनि त्यहि पर्यावणमा हुनु आवश्यक छ । तर आजको दिनमा विश्व एउटै गाँउ पुकारीदै कथित “भूमण्डलिकरण” को अवधारणाले यो सन्तुलनलाई खल्बल्याएको छ । त्यो संगै हामीले हाम्रा शास्त्रीय मान्यतालाई समेत तिलाञ्जली दिएका छौ । जुन धरातलमा जुन उपज वा सस्कृतिको विकास भयो त्यो हजारौ वर्षौदेखि त्यहाँको प्रकृतिसंग घुलमिल भई पर्यावरणिय चक्रमा समाहित भएको थियो । तर त्यो सत्यता प्रमाणिकरण गर्न हामीले चुके पनि विस्तारै आज हाम्रो मान्यता र जैबिक आधारहरु जीवन्त सत्य र विज्ञान सम्मत पुष्टि हुन थालेका छन् ।

धनी वा गरिव बीचको विभेद मानिसका बीचमा मात्र सीमित छैन । देश, भूगोल र क्षेत्रिय हुदै यसले बहुरुपिय आकार ग्रहण गरेको छ । अमेरिकन वा युरोपिनहरु धनी र अफ्रिकन वा अन्य पिछडिएका मुलुकहरु गरिब हुन् भन्ने मानसिकता स्थापित हुनु पनि विभेद नै हो ।

नमस्कारको अभ्यास वा खानपानको पूर्विय शैलीको औचित्य आफै वैज्ञानिक पुष्टि भईसकेको छ । हाम्रा नित्य कर्महरु पानीसँग पल पल जोडिएकाछन् जसकाकारण हामीले कहिल्यै टिस्यु पेपर वा ह्याण्डरब प्रयोग गर्न जानेनौं । आजको जोखिम एक अर्थमा प्रकृति माथिको चरम हस्तक्षेप र पर्यावरणिय चक्रमा समाहित शास्त्रीय परम्परालाई विस्थापित गर्नुको नतिजा पनि हो ।

चुनौतिहरु

कोरोना भाईरसका कारण विश्वभरका मुलुकहरुमा अर्थतन्त्रको पुनरुत्थानका सन्दर्भमा यो समय शताव्दीको लागि कठिन हुनसक्ने संकेत देखिएको छ । अहिलेको अवस्था सन् २००८ को जस्तो आर्थिक संकटको बरावरको सीमित अंकमा गणना गर्न सम्भव नहुने देखिएको छ । बेरोजगारीको दर लगायत आर्थिक तथा सामाजिक सूचकहरु विश्वयुद्ध पछिको चरणमा पुगेको अनुमान छ । कोरोनापछि विश्वव्यवस्थामा समेत उथलपुथल आउने तर्कहरु गरिएको छ । यसकारण विश्व व्यवस्थासंगै अन्तराष्ट्रिय सम्बन्धलाई समेत अब परिस्कृत ढंगले अगाडि बढाउन आवश्यक देखिएको छ । विवाद वा कटुतापूर्ण सम्बन्ध मानिसको अस्तित्वका लागि धातक हुन्छ भन्ने सिद्ध भईसकेको छ । मानवताका लागि हामी एक हुनेछौ र त्यो नै मानवको अस्तित्वको रक्षाका लागि एउटै उपाय हुनेछ भन्ने तथ्यलाई सबै मुलुकले वोधगम्य गर्नु आवश्यक छ ।

खाद्यय मसला र फलफुल उत्पादन गरिएको काभ्रे जिल्लामा अवस्थित एक बगैचाबारी (फोटोग्राफर–लेखक आफै)

संकटको समयमा सबै उचित निर्णयको पर्खाइमा रहन्छन् । तसर्थ, नेतृत्वले तत्काल त्यसको केहि जिम्मेवारी लिनु आवश्यक हुन्छ । विश्वव्यापी सहकार्यको आवश्यकता झन् टड्कारो देखिएको छ र त्यो सहकार्यले नै आर्थिक व्यवस्थाको पुनरुत्थान सम्भव हुने देखिन्छ । यो समय हाम्रो आर्थिक कारोबारहरु वा व्यापारहरु सत्रौ शताव्दी जस्तो क्षेत्र विशेष वा राज्यसँग मात्र सीमित छैन् । तसर्थ, विश्वको आर्थिक मजवुतिलाई पूर्ववत रुपमा फर्काउन अन्तराष्ट्रिय वित्तीय संस्थाहरु जस्तै मुद्रा कोष वा विश्व बैंकको पहलमा विश्वव्यापी कार्ययोजनामा एकमत भई लाग्नु आवश्यक छ ।

कोरोनाभाइरस महामारी मानवीय सहायता र एकताको लागि एउटा परीक्षाको घडी हो । अबका दिनमा हामीहरुको प्रत्येक गतिविधि प्रकृतिमैत्रि, विज्ञान सम्मत र चेतनशिल हुनु आवश्यक छ । उन्नतशिल व्यक्तित्व, समुन्नत मानव समाज र प्रकृति जन्य सम्पदाहरुको संरक्षणतर्फ चासो बढाउनु आवश्यक छ । मानव प्रजातिको अस्तित्व रक्षाका लागि एकताबद्ध विश्व समुदाय हाम्रो परिकल्पना हो ।

कोरोनाभाइरस महामारी मानवीय सहायता र एकताको लागि एउटा परीक्षाको घडी हो । अबका दिनमा हामीहरुको प्रत्येक गतिविधि प्रकृतिमैत्रि, विज्ञान सम्मत र चेतनशिल हुनु आवश्यक छ । सोहि अनुरुप हामीले हाम्रो दैनिकीलाई परिस्कृत र परिमार्जन गर्न आवश्यक छ । उन्नतशिल व्यक्तित्व, समुन्नत मानव समाज र प्रकृति जन्य सम्पदाहरुको संरक्षणतर्फ चासो बढाउनु आवश्यक छ । मानव प्रजातिको अस्तित्व रक्षाका लागि एकताबद्ध विश्व समुदाय हाम्रो परिकल्पना हो । चीनको अनुभव लिन अमेरिकाले आफ्नो आडम्वर त्याग्नु आवश्यक छ भने अमेरिकालाई कसरी संक्रमित शुन्य बनाउने भन्ने विषयमा अनुभव जन्य सुझावहरू दिन चीन हिचकिचाउनु मुर्खता हुन्छ । भारतको सद्भावपूर्ण सहयोगविना नेपालमा कोरोनाशुन्य अवस्थाको कल्पना गर्न सकिन्न । तसर्थ, विश्व समुदायभर उग्र राष्ट्रवादी शैली भन्दा विश्वव्यापी एकताले कोरोना परास्त गर्न सकिन्छ भन्ने मतैक्यता बन्न अझै केहि चुनौतिपूर्ण हुने पछिल्ला घटनाक्रमले देखाएको छ ।

अंकगणितिय आधारमा मात्र नोक्सानीको गणना नहुन सक्छ किनकि असरहरु दीर्घकालसम्म पनि देखिन सक्छ । आज विश्वका सबै मुलुकहरु एकअर्काको उत्पादनमा निर्भर छन् तसर्थ असरको अन्तिम विन्दुको अनुमानका लागि समेत विश्वभर प्रतिकुल अवस्थाको पर्खाईमा पुग्नुपर्ने हुन्छ । आज सबै देशका गतिविधिहरु जोखिमयुक्त परिवेशबाट टाढा हुन खोजेका छन् फलश्वरुप बाह्य मुलुकसँगको व्यापार र आवागमन गतिविधि ठप्प भएको छ । यो अवस्था लामो समय जारी भएमा कमजोर राष्ट्रहरु झन् प्रत्यक्ष मारमा पर्ने देखिन्छ ।

क्षतिको न्यूनिकरण र क्षतिपछिको आर्थिक मजवुतिको लागि आवश्यक स्रोतहरुको व्यवस्थापनमा शक्तिशाली मुलुकहरु जति अभ्यस्त छन् तुलनात्मक रुपमा साना मुलुकहरुको क्षमता कमजोर रहन्छ । विश्वभरको आपूर्ति प्रणालीले स्फूर्त काम गर्न नपाउँदा ती मुलुकहरुमा देखिने क्षतिको अवस्था परिकल्पना भन्दा टाढा हुन्छ । तसर्थ प्रकोप निरोधका लागि परिणामुखि नतिजा नआईसकेको समयमा अविकसित मुलुकहरुले आफ्नो आपूर्ति प्रणाली, रोकथामको घनिभूत अभ्यास, जनचेतना र लकडाउन जारी राख्ने वा सामाजिक दुरी कायम गर्ने जस्ता विषयलाई निरन्तरता दिनु मात्र पनि धेरै चुनौतिपूर्ण हुने देखिन्छ ।

मुलुकभित्र पनि उत्पादनमा विशेष जोड, मौद्रिक असन्तुलनको व्यवस्थापन, अतिरिक्त रोजगारको सिर्जना अविकसित मुलुकहरुले विश्वव्यापी संकटको समयमा कुशलताका साथ व्यवस्थापन गर्नुपर्ने विषयहरु हुन् । आयात–निर्यात प्रभावित हुने, विप्रेषणको आम्दानी बन्द हुने, मौद्रिक व्यवस्थापनमा कठिनाई देखिने, आपूर्ति प्रणाली बिग्रने, कालोबजारी प्रथा मौलाउने, बेरोजगारको दर बढ्ने लगायतका समस्याहरु यो समय सामान्य हुन् । त्यो सँगै दीर्घकालमा समग्र अर्थतन्त्रको आकारमा अपेक्षाकृत प्रतिफल नदेखिने, मुद्रा कमजोर हुने, महँगी सधैका लागि बढ्ने, उत्पादनमा असर गर्ने, विकास र पूर्वाधारका कार्यहरु अलपत्र हुने र अन्तत अर्थतन्त्रमा सबै क्षेत्रको योगदान खुम्चिने निश्चित छ । तसर्थ नेपाल लगायत कमजोर मुलुकहरुले यो विषयमा विशेष चनाखो भई अपेक्षाकृत प्रतिफल हासिल गर्न धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

अहिलेको अवस्था केहि समय स्थिर हुने वा महामारीको रोकथाम तत्काल हुने हो भने पनि विश्व अर्थव्यवस्थामा पुनः आफ्नो लयमा फर्कन केहि समय लाग्नेछ । निरन्तर व्यापारमा नोक्सान, बेरोजगारी, कमजोर आत्मबल र नीतिगत सुधारमा एकरुपकताको अभावले गर्दा आर्थिक क्षेत्रका संरचनाहरुमा छिटो पुनरुत्थान हुने अवस्थामा अवरोध आउनसक्छ ।

विप्रेषण, पर्यटन वा निर्यातमार्फत प्राप्त हुने आयलाई सन्तुलन गर्न उत्पादनमार्फत जनशक्तिलाई जोडेर राष्ट्रिय आय बढाउने लगायतका कार्यहरु आफैमा चुनौतिपूर्ण छ । किनकि अबको केहि वर्ष विप्रेषण, वैदेशिक सहयोग, पर्यटन वा निर्यात व्यापारले मुलुकको आम्दानीलाई पहिले जसरी टेवा दिन सक्दैन । कोरोनाका कारण पर्यटनजन्य उद्योगहरु एयरलाईन्स, होटल, ट्राभल्स, अन्य हस्पिटालिटि लगायत लगानी बैंकहरु, शेयर बजार, निर्माण, पूर्वाधार विकास, खेलकुद, यातायात, विज्ञापन तथा अन्य उद्यमीहरुको व्यवसायले ठूलो नोक्सानी वेहोर्नुपर्ने निश्चित छ । तसर्थ यी क्षेत्रको योगदानलाई कुन विधिमार्फत स्थायीत्व गर्ने भन्ने विषय छनौट गर्नु आफैमा चुनौतिपूर्ण हुने देखिन्छ ।

अवसरहरु

केरा उत्पादन गरिएको धादिङ जिल्लामा अवस्थित एक बगैचावारी (फोटोग्राफर–लेखक आफैं)

प्रकोपले दिएको चेतना मूल्यवान हुन्छ र यस्तो चेतनाले सबैलाई अवसरहरुको सहि उपयोग गर्ने दिशामा हिड्न प्रेरित गर्दछ । प्रकोप पछिको समय सम्वेदनशिल हुन्छ । यसर्थ प्रभावकारी पुनरुत्थान र नयाँ अवसरहरुको उपयोगका लागि विपत्ति र धक्कापछिको चेतनाले ठूलो काम गर्नसक्छ । विपत्तिलाई अनुभवको रुपमा उपयोग गरेर प्राकृतिक रुपले उपलव्ध स्रोतहरुको आदर्शतम् उपयोग गर्नु अब आवश्यक छ ।

कालो बादलको बाहिर सेतो चाँदीको घेरा हुन्छ भने जस्तै संकटले धेरै अवसरहरु पनि सिर्जना गर्नसक्छ । व्यापार र उत्पादनका दृष्टिकोण केहि अवसरहरु सिर्जना पनि हुने देखिएकोछ । जनचेतनाको स्तर बढेको छ भने स्वास्थ्य सेवाको महत्व पनि बढेको छ । यो क्षेत्रको विकासमा राज्यले धेरै लगानी गर्ने अवस्था आएको छ । सो अनुरुपका पूर्वाधारहरुको विकास तिव्र स्तरमा हुने अनुमानसँगै सो क्षेत्रमा लगानी गर्ने विकल्पहरु धेरै रोज्न सकिन्छ ।

अब नेपालले आफ्नो आन्तरिक उत्पादन वृद्धिका लागि परिश्रमि जनशक्तिहरुलाई संलग्न गराई आयात विस्थापित गर्ने रणनीति अख्तियार गर्नसक्छ । उत्पादन वृद्धिका लागि घरेलु उत्पादन र विशेषत कृषिलाई जोड दिनु आवश्यक देखिन्छ । तत्कालका लागि नेपाली र नेपालको सम्वृद्धिको पुनर्चित्रणको खाका कोर्नका लागि कृषिमा प्राथमिकता दिएर कृषि उत्पादमार्फत आयात प्रतिस्थापन गर्नु आवश्यक देखिन्छ । यो सँगै दुरगामी दृष्टिकोणले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधारहरुको निमार्णको तयारीमा केहि समय सदुपयोग गर्न सकिन्छ । उत्पादन वा सो सँग सम्वन्धित क्षेत्रहरुमा सहुलियत ऋणहरु प्रवाह गर्ने, आपूर्ति प्रणाली श्वचालित बनाउने र मूल्य नियन्त्रण स्थीर कायम गराउने प्रयत्न सफल भएमा भविष्यमा प्राप्त हुने प्रतिफल गुणात्मक रहने अपेक्षा गर्न सकिन्छ । तसर्थ यो अवसरको उपयोगका लागि कार्ययोजना सक्षम नेतृत्व सहितको प्रभावकारी व्यवस्थापनले अथतन्त्र छिटो तंग्रिने निश्चित छ ।

कोरोनाको महामारीपछि केहि क्षेत्रहरुमा व्यवसायिक दृष्टिकोणले समेत नयाँ अवसरहरु सिर्जना हुनसक्ने अपेक्षा गर्न सकिन्छ । ई–कमर्श, मनोरञ्जन, टेलिफोन तथा ईन्टरनेट, डेलिभरी, डिजिटल वेभहरु, शुद्ध खाद्य वस्तुहरु, ग्रोसेरी वस्तुहरु जस्तै सावुन, कस्मेटिक, औषधिजन्य वस्तु, मेडिकल उपकरण लगायतका वस्तुहरुको माग उच्च हुनुले यो कुरा पुष्टि गरेकोछ । शिक्षा र श्वास्थ्यको क्षेत्रमा समेत नविनतम सोचको आवश्यकता महसुस भएको छ । अबको बजार प्रणालीले पनि नयाँ प्रविधि, प्रणाली र सो अनुरुप परिवर्तन आत्मसाथ गर्नुपर्ने समय आएको छ । नेपालले चीन वा भारतको जस्तो लगानीका लागि भूराजनीतिक अवसरहरुको उपयोग गर्न सक्दैन । भूराजनीतिक अवसरको अर्थ अर्को मुलुकमा अवस्थित वहुराष्ट्रिय लगानीलाई त्यहाँको भन्दा वढि प्रतिफल, सुविधा वा आकर्षण देखाई त्यहाँबाट प्रतिस्थापन गरी आफ्नो मुलुकमा ल्याउन सक्ने सामथ्र्य हुनु हो । तर केहि सीमित लगानीका लागि उचित वातावरण तयार गरेर लगानीको क्षेत्रमा केहि नयाँ संस्थाहरु आकर्षित गर्ने अवसरहरु पाउन सक्छ ।

भविष्य

कोरोनाको महामारीसँगै नेपालीहरुले अनुभूति गरेको सबल पक्ष भनेको मजवुत आत्मविश्वास हो । हामीले धेरै हण्डरहरु जस्तै भूकम्प, नाकावन्दी, लगातारको अस्थिरतासँगै बन्दाबन्दिहरु र माओवादी जनयुद्ध भोगेका छौं । यसले हामीलाई दरिलो बनाएको छ र त्यहि जगमा हामी कोरोनाको सामना गर्न तत्पर भएका छौं ।

कोरोनाको महामारीसँगै नेपालीहरुले अनुभूति गरेको सबल पक्ष भनेको मजवुत आत्मविश्वास हो । हामीले धेरै हण्डरहरु जस्तै भूकम्प, नाकावन्दी, लगातारको अस्थिरतासँगै बन्दाबन्दिहरु र माओवादी जनयुद्ध भोगेका छौं । यसले हामीलाई दरिलो बनाएको छ र त्यहि जगमा हामी कोरोनाको सामना गर्न तत्पर भएका छौं ।

कोरोनाको प्रकोपले विश्वको सामाजिक, आर्थिक र भौगोलिक विविधतासागै मानव जीवनको मूल्य र मान्यताहरुलाई पृथक ढंगले सोच्न बाध्य बनाएको छ । अब जीवनको नयाँ मूल्य र मान्यतासहित पर्यावरिणय सन्तुलनको बारेमा बहस चल्नु आवश्यक छ । किनकि मानिस र मानव निर्मित संरचनाहरुको प्रतिस्पर्धामा समग्र पृथ्वीको प्राकृतिक संरचना नै विपद्का लागि हौसिएको प्रतित भएको छ ।

अब समयको कित्ताकाट हुने निश्चित छ र मानव समुदाय अर्को युगको संघारमा आईपुगेको छ । प्रि–कोरोना र पोष्ट–कोरोना युगको नामाकरण विश्वव्यवस्थामा प्रचलित हुनसक्छ । शितयुद्ध (पोष्ट कोल्डवार) पछि अमेरिका शक्तिसाली बने झै यो पटक पनि चीनलाई सम्भावित शक्तिको रुपमा हेरिएको छ । यो समय शक्तिको होडबाजी भन्दा पनि समन्यायिक ढंगले विकसित देशहरुले विकाससिल मुलुकहरु प्रति श्वास्थ्य सेवा तथा वस्तुहरुको आपूर्ति सहज गराई मानव अस्तित्वको रक्षाका लागि उत्रनु आवश्यक छ । उदाहरणको लागि चीन वा भारतले तत्काल औषधिजन्य सामाग्री, उपकरण र किट उपलव्ध नगराउने हो भने नेपालमा त्यसले निम्त्याउने अवस्थाको परिकल्पना गर्न समेत सकिदैन । जुन अन्तत तिनै मुलुकका लागि पनि प्रतिपादक हुन सक्छ ।

कोरोनापछि विश्वव्यापी रुपमा तेलको मागमा व्यापक गिरावट आएको र त्यो केहि अबको समय यहि स्थितिमा रहने अनुमान गर्न सकिन्छ । तेल सस्तो हुने वित्तिकै नेपाल सरकारको वित्तिय घाटा कम भएको छ भने तेलका कारण हुने मुद्रास्फृति नियन्त्रणमुखि बन्दैछ । तसर्थ तेलको खपत हुनसक्ने औद्योगिक उत्पादन केहि सस्तो हुने अपेक्षा गर्न सकिन्छ । सरकारको अर्थव्यवस्थालाई टेवा दिन उपभोग बढाउनुपर्ने अवस्था छ तर आयमा आएको संकुचनका कारण उपभोग झन् तल झर्ने देखिन्छ । व्यक्तिगत आयमा कर सुविधा, खाद्यन्नमा राहत, न्यून आयस्तरका परिवारलाई राहत सुविधा मार्फत उपभोग सन्तुलनमा ल्याउनुपर्ने हुन्छ । यी उपायहरु मार्फत राज्यले सम्वेदनशिल भई काम गरेमा संकटको व्यवस्थापन केहि सहज समेत हुनसक्छ ।

भविष्य कति उज्वल छ भन्ने कुरा नेतृत्वको निर्णय क्षमतामा भर पदर्छ । आशा गरौ, हाम्रो नेतृत्व अब समय अनुसार परिमार्जित हुनेछ र नागरिकको सेवामा समर्पित हुनेछ । हाम्रो समाजको चेतनास्तर पनि सम्वृद्ध हुनेछ जसका कारण परिवर्तनलाई स्वीकार गर्न अफ्ठेरो हुनेछैन । नागरिक र समाजको उन्नत चेतनास्तरले सरकार र विभिन्न संरचनालाई पनि सहि निर्णयका लागि घच घच्याउनेछ । नागरिकका लागि पनि संकटसंगै अवसरका क्षेत्रहरु बढेकाले प्रतिफलको सम्भावना पनि बढ्न सक्छ । उद्यमशिलताको विकासलाई यो समय उत्पादनको साधनसँग जोड्ने प्रयत्न गरेमा नेपालको भविष्य उज्यालो हुने देखिन्छ । सरकार र नागरिकको हातेमालो नै कोरोनाको विरुद्धमा विजय हासिल गर्ने अस्त्र हुनसक्छ । आशा गरौं, कोरोनापछिको युगमा नेपालले सम्वृद्धिको यात्रा तय गर्नेछ ।

(लेखककाे नाेटःअबको समय श्वदेशी उत्पादन र विशेषत कृषि उद्यमलाई जोड दिनु आवश्यक देखिन्छ । तत्कालका लागि नेपाली र नेपालको सम्वृद्धिको पुनर्चित्रणको खाका कोर्नका लागि कृषिमा प्राथमिता दिएर कृषि–उत्पादनमार्फत आयात प्रतिस्थापन गर्नु आवश्यक देखिन्छ । सो सन्दर्भमा केहि नमुना कृषि उत्पादनको फिल्ड फोटो संलग्न गरिएको छ ।)  

[email protected]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X