ढुङ्गामा पीपल र महामारीमा मानिस

  २०७७ जेठ ८ गते २२:०९     धनकुमार राई

काेराेना महामारीसँग चीनले १२ दिनमा निर्माण गरेकाे अस्पताल

विश्व आज आधुनिक प्राविधिको विकासको चरम सीमामा पुगेर विज्ञान र प्राविधिको युगको रुपमा स्थापित भएको छ । तर हरेक विकास सँगसँगै नयाँ विनाश र समस्या पनि जोडिएर आईरहेका छन् । वर्तमान मानव समुदाय बढी महत्वकांक्षी भईरहेका कारण प्राकृतिक वातावरणलाई कृत्रिम वातावरणले प्रातिस्थापन गर्ने प्रवृति बढिरहेको छ । जसले गर्दा प्राकृतिक वातावरण असन्तुलन भई मानवजाति र प्राणी जगतको अस्तित्व र भविष्य दुवै धरापमा पर्ने अवस्थाहरु सिर्जना भईरहेका छन् । सम्पूर्ण मानवजाति तथा प्राणी जगतको भविष्य वर्तमानमा निर्भर रहन्छ । यदि वर्तमानमा भईरहेका विकास वा उपयोगितालाई मात्र पहिलो प्राथमिकतामा राख्ने तर सम्भावित समस्या वा विनाशलाई नजरअन्दाज नगर्ने हो भने यसबाट पछि विश्वमा धेरै नरसंहारकारी समस्या तथा चुनौतिहरुले जन्म लिन सक्दछन् । यसको ज्वलन्त उदाहरण हो, कोभिड–१९ कोरोना भाइरस । यो भाइरस २०१९ को अन्तिम सातातिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको थियो । क्राउनको जस्तो आकार भएकाले यसलाई कोरोना भाइरस भनिएको हो ।

यसका कयौँ प्रजातिका भाइरसहरु रहेका छन् । यो संक्रामण एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमित व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा निस्किने थुकको छिटा तथा संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सर्र्ने गर्दछ । वैज्ञानिकहरुका अनुसार यो भाइरस विगत लामो समयदेखि जनवारको प्रजतिमा रहेको थियो । केही चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यो चीनको एउटा मासु बिक्रीवितरण केन्द्रबाट फैलिएको हो । जहाँ विभिन्न प्रजतिका जनावरहरुको किनमेल गरिन्थ्यो । यो भाइरस विशेषगरी श्वासनली तथा फोक्सोमा बस्दछ । खासगरी यो भाइरस बिरालो, सर्प, भ्यागुता तथा चमेरामा पाईन्छ । चिनियाँहरुले दैनिकरुपमा यिनीहरुको मासु सेवन गर्दछन् । मासु बजारमा ल्याइएका यिनै जङ्गली जनावरको मासु खाँदा यो खतरनाक भाइरस एकआपसमा सर्न पुगेको अनुमान गरिएको छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै एक महामारीको रुप लिन पुगेको छ । यस प्रकोपबाट सबैभन्दा बढी पिडित चीनको वुहान शहरबासी हुन पुगेका छन् । तीव्रताका साथ फैलिरहेको यस भाइरसले चीन लगायत विश्वभरि एउटा महामारीको रुप लिएको छ । यसभन्दा पहिले पनि बिरालोको मासु खाँदा यस्तै भाइरसका कारण सन् २००९ देखि २०१० सम्मको एक वर्षको अवधिमा विश्वभरिको करिब ५ लाख भन्दा बढीले ज्यान गुमाउनु परेको थियो । त्यस समयदेखि चीन सरकारले विरालोको मासु खान रोक लगाएको थियो । त्यसपछि चिनियाँहरुले जङ्गली जनावरहरुको मासु खान थाले । जसको परिणामस्वरुप भयनाक कोरोना भाइरस फैलन पुगेको हो । अहिलेको भाइरस पहिलेको भन्दा पृथक भएकाले यसलाई नोबेल कोरोना भाइरस नाम दिइएको छ । यसलाई रोकथाम गर्ने निश्चित साधन र औषधी नभए पनि न्युनिकारण गर्ने प्रयासहरु भने भइरहेका छन् । त्यसैले विगतका स्वाइनफ्लु, इबोला भाइरससँग जसरी हामी डटेर नियन्त्रण गर्न सफल भएजस्तै कोरोना भाइरसको संक्रामणलाई रोकथाम गर्न सम्पूर्ण विश्वसमुदाय एकजुट भई लागि पर्नु नितान्त आवश्यक छ ।

सर्वप्रथम कोभिड–१९ कोरोना भाइरस २०१९ डिसेम्बरको अन्तिम सालतिर चीनको वुहान शहरमा देखिएको थियो । अप्रिल १५, २०२० सम्म आइपुग्दा चीन, अमेरिका, नेपाल लगायत विश्वका २१० भन्दा बढी राष्ट्रहरुमा यो महामारीको रुपमा फैलिन पुगेको छ । अहिलेसम्मको विश्वतथ्याङ्क अनुसार विश्वभरि संक्रमितको सङ्ख्या २० लाख ७७ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १ लाख ३४ हजार भन्दा बढी रहेको छ । त्यस्तै ५ लाखको हाराहारीमा बिरामीहरु निको भइसकेका छन् भने १४ लाख भन्दा बढी संक्रमितहरु उपचाररत रहेका छन् । काभिड–१९ बाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ संक्रमितको सङ्ख्या ६ लाख भन्दा १३ हजार भन्दा बढी रहेको छ भने २८ हजार भन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । भाइरसको उद्गमस्थल चीनमा संक्रमितको सङ्ख्या ८२ हजार भन्दा बढी रहेको छ भने संक्रामणका कारण ३ हजार १ सय ४१ जनाले ज्यान गुमाएका छन् । यहाँ निको हुने बिरमीको सङ्ख्या ७७ हजार भन्दा बढी रहेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा अमेरिकापछि

लेखक

स्पेन, इटाली, बेलायत, फ्रान्स, जापान जस्ता देशहरु बढी प्रभावित भएका छन् । पछिल्लो समय यो संकामण भारतमा तीव्रगतिमा बढिरहेको छ । एकैदिनमा १३०० जनामा कोरोना संकामण पुष्टि भएसँगै भारत पनि यस महामारीको उच्च जोखिममा रहेको देखिन्छ । यसबीचमा सीमाना जोडिएको सबैभन्दा नजिकको छिमेकी मुलुक चीन भएकाले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा सबैभन्दा पहिले माघ १० गते वुहान क्षेत्रबाट स्वादेश फर्केका युवकमा कोरोना संकामण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अप्रिल १५ सम्मको तथ्याङ्कमा नेपालमा १६ जनामा संकामण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । १५ हजार भन्दा बढीको परिक्षण गरिएको छ भने सम्भावित लक्षण देखिएका बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा जतिपनि कोरोना भाइरसबाट संक्रमित छन्, उनीहरु प्राय वैदेशिक रोजगरीका लागि भारत, चीन, लगायत अन्य खाडी मुलुकमा गई फर्केका मानिसहरु र उनीहरुका परिवारका सदस्यहरु मात्र रहेका छन् । यस महामारीको झन्डै ४ महिनाको अवधिमा विदेशबाट करिब २ लाख भन्दा बढी नेपालीहरु स्वदेश आएका छन् । तसर्थ नेपालमा पनि कोरोना भाइरस संकामणको दृष्टिले उच्च जोखिमको सम्भावना रहेको छ । त्यस्तै विदेशस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघका अनुुसार विदेशमा भएका करिब ६ सय ९७ जना नेपालीमा कोरोना पुष्टि भएकोमा १५ जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । यसरी कोरोना भाइरसको संकामण विश्वभरि फैलिरहँदा यस्तो महामारीबाट सम्पूर्ण मानवजातिको अस्तित्व बचाउन विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । जसबाट कोरोना महामारीको नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको भूमिका कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

वर्तमान अवस्थामा संसार कोरोना भाइरसको महामारीबाट आताङ्कित भएको छ । यसले अनेकौँ समस्याहरु खडा गरिदिएको छ । अनेकौँ सवाल तथा शङ्काहरु पैदा भएका छन् । यो भाइरस आफैँ फैलिएको नभई चीनमा रहेको एउटा भुमिगत गिरोहको हात रहेको शङ्का गरिएको छ । उक्त भुमिगत गिरोहले ल्याबको माध्यमबाट कोरोना भाइरस उत्पादन गरि नरसंहारकारी महामारी फैलाएर विश्वसमुदायलाई त्रासित बनाउँन खोजेको शङ्का गरिए पनि अहिलेसम्म आधिकारिक रुपमा पुष्टि भएको छैन । नोबेल कोरोना भाइरस एउटा अनुसन्धानको विषय बनेको छ । कोरोनाको प्रभावले गर्दा विश्वभरिका उद्योग, वाणिज्य, पर्यटन, आयात निर्यात जस्ता सबै प्रकारका आर्थिक क्रियाकलाप ठप्प भएका छन् । जसबाट आपेक्षित अनुपातमा आर्थिक वृद्धिदर वृद्धि हुन सकेको छैन । अहिले सुस्ताएको अर्थव्यवस्थालाई पुनरुत्थान गर्नु चुनौतिको विषय बनेको छ । तत्काल कोरोना भाइरसको संकामण व्यवस्थापन हुन नसक्ने अवस्था भएमा आर्थिक वृद्धिदरमा धेरै दरले गिरावट आई अर्थव्यवस्था अस्त व्यस्त हुने आर्थिक विज्ञहरुले विश्लेषण गरिरहेका छन् । विश्व अर्थतन्त्रमा मात्र नभएर नेपालको अर्थव्यवस्थामा पनि कोरोनाले प्रभाव पारेको छ । हाम्रो अर्थतन्त्रको प्रमुख मेरुदण्ड पर्यटन व्यावसाय हो। यही पर्यटन व्यावसायको प्रावद्र्धनको माध्यमबाट अर्थतन्त्रको सुधार र गर्नका लागि आर्थिक वृद्धिदर अधिकतम बनाउने उद्देश्य लिएर २०२० लाइ ”भिजिट नेपाल २०२०’’ घोषणा गरिएको थियो । जसअन्तर्गत लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राएर पर्यटन प्रावद्र्धन आर्थिक विकासमा सुधार गर्ने महत्वकांक्षी कार्यक्रमहरु समावेश गरिएको थियो । जुन अहिलेको कोरोना महामारीको कारण खारेज भएको छ । तर अन्य देशमा जस्तो कोरोना वृहतस्तरमा संकामण फैलिन नपाए अर्थात तत्काल उक्त समस्याको व्यवस्थापन हुन सकेको अवस्थामा नेपालका् अर्थव्यवस्थ केही सुस्ताए पनि पुनरुत्थान गर्न सकिने नेपाली आर्थिक विज्ञहरुको ठम्याइ रहेको छ ।

त्यस्तै कोरोना महामारीको विषयलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यपी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । यो घोषणा गर्नुको कारण चीनमा के भइरहेको छ भन्दापनि संकामण फैलिएका सबै देशमा के भइरहेको छ भन्ने कुरामा बढी केन्द्रित रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यसले यो भन्दा पहिले सन् २००९ मा स्वाइनफ्लु, २०१४मा पोलियो, २०१६मा जिका र २०१९मा इबोला संकामणको समयमा ५ पटक विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । यसलाई अनुसरण गर्दै नेपाल लगायत संकामण फैलिएको देशका सरकारले बन्दाबन्दीको व्यवस्था गरेका छन् । जसबाट सर्वसाधारण जनतामा सकारात्मक र नकारात्मक दुबै प्रभाव परेको छ । एकातिर उनीहरु केही हदसम्म संकामणबाट सुरक्षित हुने सम्भावना रहन्छ भने अर्कोतिर दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गहरुलाई खाद्यान्न, लगायत अन्य आधारभुत आवश्यकताका वस्तुहरुको अभाव भइरहेको छ । जसले गर्दा उनीहरु सडकमा उत्रिन थालेका छन् । भारतमा यस्तै समस्या सिर्जना हुँदा हजारौँको सङ्ख्यामा मजदुरहरु सडकमा उत्रेर अन्दोलन गरेका छन् । यसबाट समस्या समाधान गर्न खोज्दा झन् समस्या थपिनसक्ने सम्भावना देखिएको छ । यस्तो अवस्थामा सरकार लगायत सम्बन्धित सबै पक्षहरुले उचित ढङ्गबाट समस्या समाधान गर्ने प्रयास गर्नुपर्दछ । हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रको लागि यस्तो परिस्थितिको सामना गर्नु चुनौतिको विषय बनेको छ । हामीसँग थोरै स्रोत र साधन छ, अर्थव्यवस्था बलियो छैन । तरपनि केही नहुनु भन्दा केही भएको राम्रो भनेझैँ हामीसँग जेजति साधन छ त्यसबाट चुनौतिलाई सामना गर्नु जरुरी छ ।

विश्व समुदायका मानवजातिको लागि तत्काल कोरोना महामारीबाट आफ्नो र प्राणीजगतको अस्तित्वलाई बचाउनु सबैभन्दा ठूलो चुनौतिको विषय बनेको छ । त्यस्तै भविष्यमा नयाँ प्रविधिको अविष्कार तथा विकाससँगै प्राकृतिक वातावरणको स्थायी सन्तुलन कायम गर्नु मानव समुदायको लागि अर्को ठूलो चुनौति थपिएको छ ।

विश्व समुदायका मानवजातिको लागि तत्काल कोरोना महामारीबाट आफ्नो र प्राणीजगतको अस्तित्वलाई बचाउनु सबैभन्दा ठूलो चुनौतिको विषय बनेको छ । त्यस्तै भविष्यमा नयाँ प्रविधिको अविष्कार तथा विकाससँगै प्राकृतिक वातावरणको स्थायी सन्तुलन कायम गर्नु मानव समुदायको लागि अर्को ठूलो चुनौति थपिएको छ । नेपालमा कोरोना भाइरसको संकामण वैदेशिक रोजगरीको विदेश गइ फर्केका नेपालीबाट भित्रिएको हो । त्यसैले वैदेशिक रोजगरीका लागि विदेशिने युवाहरुलाई स्वादेशमा नै स्वरोजगार बनाउनु आवश्यक छ । जसको लागि धेरै स्रोत, साधनका साथै उचित व्यवस्थापनको आवश्यकता पर्दछ । जुन हाम्रो देशको जटिल र चुनौतिको विषय हुन आउँछ । कोरोना भाइरसले चुनौति सिर्जना गर्नुका साथै समग्र मानवसभ्यता र संस्कृतिलाई पनि प्रभाव पारेको छ । मानिसहरु मृत्यु भएका आफन्तहरुलाई छुने मन भएपनि आँट गर्न सकिरहेका छैनन, कोरोना भाइरसले मानव सभ्यता माथि नै प्रश्न खडा गरेको छ की  यस्तो महामारीको प्रमुख दोषी को हो त ? मानव वा प्रकृति ? जसरी
प्राकृतिक वातावरणमा भएको असन्तुलनले गर्दा सयौँ बर्ष पहिले डाइनोसरको अस्तित्व अन्त भएका थियो, त्यसरी नै कोरोनाको महामारीले पनि मानवसभ्यता र संस्कृतिमा असन्तुलन बनाउन खोजेको छ । जसको परिणाम स्वरुप पृथ्वीमा भएको पारिस्थितिक प्रणालीमा पनि असन्तुलनको अवस्था सिर्जना हुने अनुमान गर्न सकिन्छ । यसबाट सम्पूर्ण मानवजाति, उसले गर्ने हरेक साँस्कृतिक क्रियाकलापका साथै प्राणीजगतको भविष्यलाई अनिश्चित बनाएको छ ।

राहातकाे सामान ल्याइदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

कोरोना भाइरस एउटा महामारी हो, यसको अहिले सम्म कुनै पनि औषधी पत्ता लागभको छैन । यसलाई न्युनीकरण र नियन्त्रणमा विश्व समुदायका सबै वैज्ञानिकहरु, अनुसन्धनकर्ताहरु लागि परेका छन् । किनकी गर्न सक्दिन भनेर पछि हट्नु भन्दा प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा हो । अहिलेसम्म जति पनि संक्रमितको उपचार गरिएको छ, ती सबै प्रयोगात्मक र परिक्षणका क्रममा नै गरिएका छन् । आर.डी.टी. अर्थात र्यापिड डाइगोनोस्टिक टेस्ट तथा पी.सी.आर. परिक्षणको प्रयोग गरि संक्रमितको पुष्टि गर्ने र उपाचार गर्ने कार्य भइरहेको छ । यस महामारीको दौरानमा चीनले संक्रमितको उपाचार गर्न ८ दिन लगाएर १ हजार शैयाको अस्पाताल निर्माण गरेको छ भने अर्को १० हजार शैयाको अस्पाताल निर्माण गर्ने भएको छ । नेपालको सन्दर्भमा चीनबाट परिक्षणका लागि आवश्यक किट लगायत अन्य स्वास्थ्य सामाग्रीहरु ल्याइएको छ । परिक्षण तथा उपाचारलाई केन्द्रमा मात्र सीमित नराखी सातवटै प्रदेशमा विस्तार गरी सबै जिल्लाहरुमा पनि स्वास्थ्य सामाग्रीहरु पु¥याउने काम भइरहेको छ । यसको लागि कोभिड–१९ नियनत्रण तथा उच्चस्तरिय समन्वय समितिको समन्वयमा चीनबाट नै थप स्वास्थ्य सामाग्रीहरु जी.टु.जी. माध्यमबाट खरिद गरिने भएको छ । त्यस्तै संक्रमित व्यक्तिको उपाचार तथा यसबाट दैनिक जीवनयापनमा असर परेका जनतालाई राहात प्रदान गर्ने उद्देश्यर्ले कोरोना महामारी कोष’ स्थापना गरिएको छ । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बेलामा सर्वसाधारण जनताले पनि आफ्नो तर्फबाट एउटा सचेत नागरिकको भूमिका निर्वाह गर्नु आवश्यक छ । सामाजिक सञ्जालहरुमा यस महामारीको विषयलाई लिएर आवश्यक र अनावश्यक दुबै हल्ला भइरहेको छ । तर हामीले यस्तो हल्लाको पछि नलागी यसबाट बच्नका लागि सुरक्षाका ’उपायहरु अपनाउनतिर ध्यान दिनु पर्दछ । एउटा भनाई नै छ ‘‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो ।’’ त्यसैले हामीले यसबाट बच्नका लागि संक्रमणको सम्भावित लक्षण देखिनेबित्तिकै परीक्षणका लागि अस्पाताल जाने, साबुनपानीले हात धुने, खोक्दा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मास्क लगाउने, भीडभाडमा नजाने, उपलब्ध भएमा सेनिटाईजरको प्रयोग गर्ने जस्ता आधारभूत सुरक्षाका उपायहरु अपनाउन सकिन्छ । जसबाट केही हदसम्म भएपनि संकामण फैलिन पाउँदैन ।

कोरोना भाइरस विनाशक मात्र नभएर एउटा सन्देशवाहकको रुपमा पनि लिइएको छ । अहिलेको मानवजाति प्राकृतिक वातावरण भन्दा कृत्रिम वातावरणमा रमाउन थालेको छ । प्राकृतिक सम्पदाको संरक्षण गर्नेभन्दा विनाश गर्नेतर्फ बढी अग्रसर भइरहेको छ । अहिलेको मानवजातिमा भातृत्व, मानवता, सामाजिक सद्भाव, आपसी मेलमिलाप भन्ने चिज हराउँदै गएको छ । समनताको व्यवहार भन्ने चिज वास्तविक जीवनमा लागु हुन सकेको छैन । ‘‘देखाउने दाँत’’ को रुपमा बाह्य समाजमा देखाउन मात्र खोजिएको छ । ‘‘चपाउने दाँत ’’ झैँ असमनता अहिले पनि हरेक देश, क्षेत्र र समाजमा विद्यामान रहेको छ । तर कोरोना भाइरसले न त निम्नवर्गलाई छोडेको छ न त उच्च वर्गलाई, न त विकाशोन्मुख देशलाई छोडेको छ न त विकसित देशलाई । विकासमा फड्को मारेका अमेरिका, चीन, जापान जस्ता विकसित राष्ट्रदेखि नेपाल, भारत, कतारजस्ता विकाशोन्मुख राष्ट्रहरु पनि यो भाइरसबाट अछुतो हुन सकेका छैनन् । यसले लिङ्गविशेष वा धर्मविशेष अर्थात न त महिला र पुरुष छुट्याएको छ न त हिन्दु धर्म, बौद्ध धर्म, क्रिश्चियन कुनै पनि धर्मका मानिसलाई विभेद गरेको छैन । यसले एकातिर सम्पूर्ण मानव तथा प्राणीजगतको अस्तित्वलाई संकटमा पारेको छ भने अर्कोतिर सबै जात, धर्म, वर्ग र देशका मानिसहरुबीच समनता कायम गर्न खोजेको छ । ‘कुनै कुरा पढेर जानिन्छ, कुनै कुरा परेर जानिन्छ’ भने झैँ अध्ययन, अविष्कार, प्राविधिक विकासबाट मात्र होइन, परिस्थिति र घटनाले पनि अवश्य केही न केही सिकाउँदछ । तसर्थ प्राकृतिक सन्तुलनलाई ध्यानमा राखी आर्थिक र प्राविधिक विकासको पछाडि दौडिरहेको मानव समुदायलाई विकास सँगसँगै त्यसबाट आउन सक्ने समस्याको पूर्वानुमान तथा रोकथामको लागि पूर्वसर्तकता अपनाउँदै अगाडि बढ्न सक्नुपर्छ भन्ने महत्वपूर्ण पाठ मिलेको छ । त्यस्तै वैदेशिक रोजगरीका सिलसिलामा विदेशमा हुँदा कोरोना भाइरसको सिकार बन्न पुगेका नेपालीहरुलाई ‘जननी जन्मभूमिश्च, स्बर्गदापी, गरीयसी’ अर्थात आफूलाई जन्म दिने आमा र आफू जन्मेको मातृभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने कुरालाई मनन गर्दै आफ्नै देशमा फर्केर आफ्नो बाँझो बारीमा पसिना बगाउन सन्देश दिएको छ । त्यस्तै गाउँबाट शहरकेन्द्रित भइ कृत्रिम वातावरणको प्रदुषणमा रमाईरहेका मानिसहरुलाई गाउँको प्राकृतिक स्वच्छ वातावरणमा फर्केर रमाउन सन्देश दिएको छ ।

‘‘देखाउने दाँत’’ को रुपमा बाह्य समाजमा देखाउन मात्र खोजिएको छ । ‘‘चपाउने दाँत ’’ झैँ असमनता अहिले पनि हरेक देश, क्षेत्र र समाजमा विद्यामान रहेको छ । तर कोरोना भाइरसले न त निम्नवर्गलाई छोडेको छ न त उच्च वर्गलाई, न त विकाशोन्मुख देशलाई छोडेको छ न त विकसित देशलाई । विकासमा फड्को मारेका अमेरिका, चीन, जापान जस्ता विकसित राष्ट्रदेखि नेपाल, भारत, कतारजस्ता विकाशोन्मुख राष्ट्रहरु पनि यो भाइरसबाट अछुतो हुन सकेका छैनन् ।

कोरोना भाइरस एउटा महामारीको प्रतिरुप हो । विपत्ति बाजा बजाएर आउँदैन भने झैँ यो भाइरस पनि अचानक देखिएर महामारीको रुप लिएको छ । यसबाट लाखौँको सङ्ख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । कति मानिसहरुले आफ्नो आफन्त गुमाउनुको पिडा एकातिर छ भने अर्कोेतिर उनीहरुको मृत्युसंस्कार गर्न पाउनु त परको कुरा, चाहेर पनि छुन नपाउने कहालीलाग्दो अवस्था सिर्जना भएको छ । त्यस्तै कतिपय मानिसहरु भोकमरीको सिकार हुनुपर्ने अवस्थामा पुगेका छन् । यो अवस्थामा विश्व स्वास्थ्य संगठन एक्लैले सबै समस्याको समाधान गर्न सम्भव हुँदैन । ‘एक थुकी सुकी हजार थुकी नदी’ भने झैँ व्यक्ति, समाज, संकामणबाट प्रभावित देशका सरकार जस्ता सबै पक्षहरु एकजुट भइ समस्याको समाधान खोज्न आवश्यक छ । यस्तो अवस्थामा फुटेर होइन जुटेर विपत्तिको सामना गर्नुपर्ने हुन्छ । हुनेले नहुनेलाई मद्दत गर्नुपर्दछ । मानवताको नाताले सबैलाई मानवीय व्यवहार गर्नुपर्दछ । कसैलाई काख, कसैलाई पाखा गर्ने प्रवृत्तिलाई त्याग्नुपर्दछ । निष्पक्षरुपमा सबैलाई उचित व्यवस्थापन गर्नुपर्दछ । अहिलेको विषम परिस्थितिमा हामी कति पनि विचलित हुनुहुँदैन ।

खासगरी यस्तो अवस्थामा सबैभन्दा बढी बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्न सक्दछ । त्यसैले उनीहरुको मनोविज्ञानलाई स्थिर राख्नको लागि उनीहरुलाई बिरुवा रोप्ने, परम्परा र संस्कृतिका कुराहरु सिकाउने, कथा,कविता, चित्र बनाउने जस्ता सिर्जनात्मक कार्यमा सारिक गराउनु पर्दछ । जसले गर्दा थोरै भएपनि उनीहरुको मनोविज्ञानलाई नकारात्मक प्रभावबाट बचाउन मद्दत मिल्दछ । हरेक नकारात्मक कुरा भित्र नकारात्मकता मात्र हुँदैन, खोज्दै जाँदा त्यसमा केही न केही सकारात्मक पक्षहरु पनि भेटिन्छन् । त्यसैले आजको दिनमा कोरोना भाइरसको त्रासमा बाँच्नु भन्दा अगाडि के गर्न सकिन्छ, त्यतातिर ध्यान दिन जरुरी छ । आफू बाँचियो भने अरुलाई पनि बचाउन सकिने हुँदा आफैँ समस्यासँग भाग्नु हुँदैन । यस्तो अवस्थामा धैर्य गरेर संयमता अपनाउनु पर्दछ । हचुवाको भरमा परेर अत्तिनु हुँदैन । म गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्दछ । समस्यासँग जुध्न सिक्नुपर्दछ । जसबाट भविष्यमा आइपर्ने कोरोना भाइरसजस्तै अन्य संकटसँग जुध्न र प्रतिकार गर्न सक्षम र तत्पर बन्न सक्दछौँ ।

वर्तमान र भविष्यबीच घर र जगको जस्तो सम्बन्ध हुन्छ । जसरी एउटा घर बलियो हुनको लागि बलियो जगको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रो भविष्य निश्चित हुनको लागि हाम्रो वर्तमान पनि निश्चित हुनुपर्दछ । यदि वर्तमान क्रियाकलाप अव्यवस्थित, अनियन्त्रित भएमा भविष्यकोे पनि कुनै टुङ्गो हुँदैन । वर्तमान अवस्थामा हरेक कठिनाईसँग जुध्न सक्नु पर्दछ । जसले गर्दा हरेक समस्यासँग जुध्न सक्ने क्षमताको विकास हुन्छ । तसर्थ ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल भने झैँ कोरोना भाइरसजस्ता भविष्यमा आईपर्ने हरेक कठिन परिस्थितिसँग जुधेर हाम्रो सुनिश्चित सुनौलो भविष्य कोर्न सक्नेछौँ भन्ने कुरामा कसैको दुई मत रहँदैन ।

 धनकुटा नगरपालिका वार्ड नम्बर सात(७) धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.