प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही

  २०७७ वैशाख २५ गते १०:३१     बाबुराम अधिकारी

दिसेम्बर १७,  २०१९ का दिन चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मानिसमा देखिएको भाइरसलाई वैज्ञानिकहरुले कोरोना भाइरस कोभिड १९ नाम दिएका हुन । कोरोना भाइरसले मानिसमा १००.४ डिग्री भन्दा बढी ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, स्वास फेर्न कठिन हुने र फोक्सोमा असर गरि निमोनिया भएर मृत्यु हुने जस्ता लक्षणसहित छोटो समयमानै चीनको वुहानमा ८० हजार भन्दा बढि मानिस संक्रमित भए र ३२०० भन्दा बढीको मृत्यु भए संगै यो भाइरस दक्षिण कोरिया, जापान हुदै अमेरिका र युरोपका देशसहित आजका दिनसम्म आइपुग्दा विश्वका २१० देश र २ ठूला पानी जहाजमा समेत फैलिसकेको छ । एकै पटक विश्वका धेरै मुलुकमा तिब्र रुपमा फैलिरहेको यस भाइरसलाई ११ मार्च २०१९ मा विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरे संगै विश्वका सम्पूर्ण विज्ञान प्रविधि र औषधी विज्ञानले हरेक प्रयास गर्दा समेत यसको नियन्त्रण हुन सकेको छैन ।

चीन, दक्षिण कोरिया लगायत केही देशहरुले शुरुको चरणमै निर्ममता पूर्वक बन्दाबन्दी र अन्य उपायहरु अपनाएर नियन्त्रण पाउन सकेपनि विश्व शक्ति अमेरिका र अत्यन्तै राम्रो स्वास्थ क्षेत्र भएका युरोपियन देशहरु इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता देशहरु आज कोरोना भाइरसले सबैभन्दा बढी संक्रमित हुन पुगेका छन। याे लेख तयार गर्दासम्म विश्वमा कोरोनाबाट २२ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन भने १ लाख ५४ हजार मानिसको कोरोनाका कारण मृत्यु भइसकेका छन भने करिब ५ लाख मानिसहरु निको भएको अवस्था छ । अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ । इटाली, स्पेन, फ्रन्स, जर्मनी र वेलायतमा संक्रमितको संख्या उच्चदरमा वृद्धि भएकाे छ ।

एशियाका देशहरु पनि यस महामारीबाट मुक्त छैनन् । एशियाका प्राय सबै देशहरु यस महामारीको चपेटामा परिसकेका छन । इरान, जापान, पाकिस्तान, भारत जस्ता धेरै जनसंख्या भएका देशहरु बढी प्रभावित भएका छन । । संक्रमित र मृतकको संख्या दिन दुइ गुणा र रात चार गुणाका दरले वृद्धि भइरहेको सन्दर्भमा कहा पुगेर रोकिने हो कुनै निश्चितता रहेको छैन । कोरोनाबाट मृत्यु हुने दर करिव ५ प्रतिशत रहेता पनि यसको संक्रमण फैलिने दर र गति अत्यन्त तिब्र रहेको छ । खास गरेर रोग प्रतिरोध क्षमता कम भएका वृद्ध र अन्य दीर्घ रोगका पीडित व्यक्तिहरुलाई कोरोनाले बढी ग्रस्त बनाउने र मृत्यु हुने गरेको छ । आज विश्व त्रस्त भएर मानव अस्थित्वको लागि कोरोना विरुद्धको खोप र औषधी निर्माणमा रात दिन नभनी लागिरहेको अवस्था छ तर पनि दुर्भाग्यबस सफलता हात लागेको छैन।

रोकथाम तथा बच्ने उपाएहरु

लेखक

कोरोन भाइरसले विश्वका सबै कुनासम्म यात्रा गरिरहेको अवस्थामा यसको कुनै पनि औषधी र खोप समेत नभएको अवस्थामा यसको संक्रमणबाट बच्नुनै अहिलेको बुद्धिमानी हो । नयाँ प्रजातीको भाइरस भएकाले यसको बारेमा वैज्ञानिकहरु समेत अन्योलमा रहेका छन । दैनिक नयाँ नयाँ तथ्यहरु पत्ता लागिरहेको अवस्थामा विश्व भरिका मानिसको विश्वास र आशाको केन्द्र विश्व स्वास्थ संगठन नै बन्न पुगेको छ । आज हामिले विश्व स्वास्थ संगठनले दिएका सल्लाह र पूर्व सावधानिका उपाएहरु अपनाउनु नै एकमात्र बुद्धिमानी हो ।

विश्व स्वास्थ संगठनका अनुसार संक्रमित व्यक्तिले खोक्दा निस्किने थुकका छिटाहरुबाट, विभिन्न धातु प्लाष्टिक तथा कागजहरुमा रहेका भइरस विभिन्न माध्यमबाट स्वस्थ मानिसको हातबाट मुख नाक वा आँखामा पुग्दा, संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा कोरोन सर्ने जाेखिम बढी हुन्छ ।

यसरी कोरोना भाइरस सर्ने माध्यम भनेको संक्रमित व्यक्ति नै हो । तसर्थ हामी यस प्राणघातक भाइरसबाट बच्न संक्रमितको सम्पर्कमा नआउनु नै हो । विश्व स्वास्थ संगठनले कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने पूर्व सावधानीका लागि विभिन्न सल्लाह र सुझावहरु दिएको छ र विभिन्न देशहरुले समेत आ आफ्ना नागरिक हरुलाई शुरक्षित बनाउन जनचेतना फैलाउने उद्देश्यले सल्लाह र सुझाब हरु दिइरहेका छन । संक्रमण हुनबाट बच्न स्वस्थ व्यक्तिले सामाजिक दूरी निर्ममता पूर्वक कायम गर्ने, कुनै पनि कारणले अनावश्यक व्यक्तिको नजिकमा नजाने, बाहिर हिडडुल गर्दा मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात मिचि मिचि कम्तिमा २० सेकेण्ड समय लगाएर धुने काम गर्नुपर्छ । कोरोना भाइरस चिल्लो पदार्थले छोपिएर रहने हुँदा साबुनले बोसो पगाल्ने हुँदा साबुन पनिले हात धुदा कोरोना नष्ट हुन्छ ।

कसैसंँग भेट हुँदा हात मिलाउने वा अंकमाल गर्ने काम नगर्ने अभिवादन गर्दा नमस्तेको प्रयोग गर्ने, विना आपतकाल घरबाट बाहीर ननिस्कने, पटक पटक हातलाई आँखा नाक तथा मुखमा लैजाने कार्य नगर्ने, चिसो पदार्थ सेवन नगर्ने र तातो पानी निरन्तर पिउने, भिटामिन सि युक्त पदार्थको सेवन गर्ने, आन्तरिक रोग प्रतिरोधात्मक क्षमताको विकासमा सहयाेग पुग्ने गरी शारिरीक व्यायाम गर्ने, सन्तुलित खाना खाने, आत्मवल बलियो बनाउने, कोरोनाको बारेमा विभिन्न माध्यममा आउने अवफाहको विश्वास नगर्ने, विभिन्न बस्तु छोएपछि वा काम गरे पछि ६५ प्रतिशत अल्कोहल सहितको सेनिटाइजर प्रयोग गरी हात सफा गर्ने,  कोरोना महामारीको बारेमा आफूले जानेका कुराहरु परिवार तथा समाजका अन्य व्यक्तिहरुमा समेत फैलाउने,  आफ्नो छिमेकमा कोरोना महामारी नियन्त्रण प्रतिकुल गतिविधि भए गरेमा शुरक्षा निकायमा जानकारी गराउने कार्यले संक्रमणबाट बच्च सकिन्छ ।

संक्रमित वा सम्भावित संक्रमित व्यक्तिले पनि के गर्न हुने, के गर्न नहुने भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकाे छ । आफूलाई कोरोनाको संका लागेमा तुरुन्तै अन्य व्यक्तिबाट टाढा रहने, सेल्फ क्वारेन्टायिनमा बस्ने र अरुलाई संभावित कोरोन संक्रमणबाट बचाउने, कोरोनाका लक्षणहरु उच्च ज्वरो, खोकी, टाउको दुखाइ र स्वास फेर्न असजिलो भएमा तुरुन्त स्वास्थ संस्था जाने,  स्वास्थकर्मीले सोधेका आफ्नो ट्राभल हिष्ट्री स्वास्थकर्मीलाइ बताउने, आत्मबल उच्च बनाएर स्वास्थ संस्थामा उपचार गराउने, आफूले प्रयोग गर्ने व्यक्तिगत सामाग्रीहरु अलग्गै बनाएर प्रयोगमा ल्याउने गर्नुपर्छ । विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य दुइ हप्ता क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

विभिन्न देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने पूर्व सावधानिका लागि विश्व स्वस्थ संगठनले विभिन्न सुझाव दिएकाे छ । त्यसमा कोरोना भाइरसलाई कुनै जाती वर्ग, धर्म वा रंगसँग नजोडी मानवता विरुद्धको महामारीको रुपमा ग्रहण गरी नियन्त्रणमा इमान्दार प्रयास गर्ने, देशमा मानिसको आवत जावतलाई नियन्त्रण गर्न लक डाउन वा कर्फयुको व्यवस्था गर्ने,  विदेशबाट आएका नागरिकलाई अनिवार्य एकान्त बासको व्यवस्था गर्ने, कोरोना विरुद्धको युद्धका सिपाइहरु स्वास्थकर्मीहरुको मनोवल उच्च राख्ने र शुरक्षाको व्यवस्था गर्ने, अन्तराष्ट्रिय सीमाको पूर्णरुपमा सिल गरेर आवतजावतलाई बन्द गर्ने, मानिसको सामुहिक उपस्थिति हुने गतिविधि र कार्यमाथि निषेध गर्ने, कोरोन परिक्षणका दुई विधि पिसिआर र आरडिटि विधिबाट बढी भन्दा बढी मानिसको परिक्षण गर्ने, संक्रमितसंँग सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ्क गर्ने लगायत छन् ।

कोरोना माहामारीले विश्वमा पारेको असर

विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस आज विश्वको हरेक कुनामा पुगेको छ । विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्वनै आज महिनौदेखि अनिश्चतकालीन बन्दमा छ । विश्वका जनता सायद मानव इतिहासमा पहिलो पटक घरभित्र सीमित भइरहेका छन । बजार, उद्याेग, यातायात र मनोरञ्नजनका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । मानिसहरु मानिससँग डराउनुपर्ने अवस्था छ । विश्वमा स्थल जल र हवाइ क्षेत्रमा समेत एकलौटी राज गरिरहेका सर्वशक्तिमान राष्ट्रहरु दैनिक हजारौँको संख्यामा आफ्ना नागरिकको जीवन गुमेको निरिह बनेर हेरिरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन । विश्वका सबैजसो मुलुक एकै पटक संक्रमणमा आउदा अति आवस्यक सामाग्री र औषधीको अभाव तिव्र बनेको छ । यस महामारिले गरिव देशका झोपड पट्टी देखि बेलायती राजकुमार, प्रधानमन्त्री, विभिन्न देशका शासकहरु र कलाकार अर्वपतीहरु समेत संक्रमित रहेका छन ।

विश्वका सम्पुर्ण क्षेत्रहरु यस महामारीका कारण प्रभावित भएका छन । विज्ञान, पैसा र प्रविधिले हारमानेको अवस्था रहेको छ । जसका नाममा मानिसहरु मर्न र मार्न तयार भएर धार्मिक युद्ध लडिरहेका हुन्थे आज भगवानले समेत मन्दिर, मस्जिद, र चर्चहरुको ढोका बन्द गरेको अवस्था छ । साच्चिकै कोरोना महामारीले विश्वमा वर्गविहिनताको अवस्था सृजना गरेको छ । आज सम्पन्न होस वा विपन्न, कालामानिस होउन वा गोरा, शिक्षीत वा अशिक्षीत, सहारीया वा गाँउले सबै समान रुपमा यसको निर्दयी प्रहार सहन बाध्य छन । मानव सभ्यतानै आफ्नै अस्थित्वको अनिश्चित कालो सुरुङ भित्र पसेको छ । विस्व स्तभ्द, चिन्तित हुँदै कोरोना विरुद्धको खोप वा औषधिको आविष्कारको सुखद खबरको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ ।

नेपालमा कोरोना महामारी

विश्व मानचित्रमा एउटा सानो अल्पविकसित गरिब मुलुक नेपालमा समेत कोरोना महामारीको चपेटामा परी सकेको छ । अरू देशकाे तुलनामा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या थोरै नै छ । नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत सँगको खुला सीमाना रहेकोले भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा पनि उच्च जोखिम छ । नेपालको कमजोर स्वास्थ क्षेत्र, कम सचेत समाज र अव्यवस्थित प्रशासनिक संयन्त्रले गर्दा समेत नेपालमा संक्रमण बढेमा त्यसको क्षति अकल्पनिय हुने जाेखिम छ । संक्रमणलाई नियन्त्रण गर्न सरकारले बन्दाबन्दिको घोषणा गरी विगत करिव एक महिनादखि सम्पूर्ण देश ठप्प छ ।

नेपालका विभिन्न ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा मजदुरी गर्ने मानिसहरु सबै भन्दा ठूलो समस्यामा परेका छन् । कोठाभित्र काम विहिन तरिकाले बन्दि जिवन विताउन भन्दा हप्तौ लामो बाटोमा पैदल यात्रामा निस्केका छन । नेपालबाट रोजगारीको लागि भारत गएका १५-२० लाख मानिसहरु नेपाल फर्कन आतुर छन । केहि मानिसहरु स्वदेश फर्कने शिलशिलामा सीमामा भारत सरकारद्धारा व्यवस्थापन गरिएका क्वरेन्टाइनमा बसेका छन भने केही नेपालको सीमा भित्र बसेका छन । लाखौको संख्यामा खाडी मुलुकमा रहेका नेपालीहरु धमाधम बेरोजगार बनिरहेका छन । शिक्षा र कामको शिलशिलामा अमेरिका यूरोप र अष्ट्रेलियामा रहेका ठूलो संख्याका नेपालीहरु कोरोना महामारीको संत्रासमा बाँचिरहेका छन । विदेशमा रहेका नेपाली मध्य केहिले कोरोना सांक्रमणका कारण ज्यान समेत गुमाइसकेका छन । नेपालको भारत सँगको सीमाना खुल्ला हुँदा र धेरै नेपाली भारतमा काम गरिरहेको अवस्थाले भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै यसले नेपालमा जोखिम सिर्जना गरिरहेको छ । यस महामारीको संक्रमण समुदायमा फैलिएमा नेपलमा उपचार गर्न यहाँको स्वास्थ संरचना र जनशक्तिले कठिन छ तसर्थ विश्व स्वास्थ संगठन र नेपाल सरकारले जारी गरेका सुझावको पालना गर्दै पूर्व सावधानी अपनाउनु नै नेपाल र नेपालीको लागी सबैभन्दा बुद्धिमानी हुनेछ ।

कोरोना माहामारीले विश्वमा पर्ने असर
कोरोना माहामारी विश्व भरी फैलिरको छ । सम्पन्न देशहरु समेत निरिह बनेर जनताको मृत्युको मौन साक्षी बनिरहेका छन । दैनिक हजारौँका दरले मानिसहरु मरिरहेकाछन । यसको समाधान र नियन्त्रणको कुनै निश्चितता छैन तर विश्वमा यस महामारीले पार्ने असरको बारेमा सोच्दा समेत कहाली लाग्दो अवश्था रहेको छ ।

कोरोनाको महामारीका कारण विश्वनै महिनौ देखि बन्द रहेको अवस्थामा अब विश्वमा दोस्रो विश्वयुद्ध पछिको जस्तै आर्थिक मन्दि आउने सम्भावनाको आकलन विश्व बैङ्क, संयुक्त राष्ट्रसंघले गरिरहेका छन् । विकसित देशहरुमा रोजगारीका अवसर गुम्ने छन । विश्वमा व्यापार गरिरहेका औद्याेगिक देशहरुको बजार गुम्ने छ । बैङ्कहरु आर्थिक संकटमा पर्ने छन् । विभिन्न दातृराष्ट्रहरुले विकासशिल गरिब देशहरुलाई गर्ने सहयोग कम हुनेछ । विश्वमा बेरोजगारी र गरिबी बढ्ने छ ।

शक्ति सन्तुलनमा परिवर्तन

वर्तमानमा विश्व शक्ति बनेर एकछत्र राज गरिरहेको अमेरिका र आफूलाई तिब्र आर्थिक विकासको गतिमा अगाडी बढाउदै गरेको चीनबीच विश्व शक्तिका लागि प्रतिष्प्रधा चलिरहेको थियो । चीनले तत्कालका लागि कोरोना माहामारीमा नियन्त्रण पाउन सफल भएर आज विश्वलाई स्वास्थ सामाग्रीहरुको व्यापार गरिरहेको छ भने अमेरिकामा देनिक दुई हजार मानिस भाइरससका कारण मृत्यु भइरहेका छन । चीनले कोरोना नियन्त्रणको लागि चालेको कठोर नीति र नमूनाको आज विश्वमा प्रशंसा भइरहेको छ । कोरोना पछिको विश्वमा विश्व शक्ति र अर्थतन्त्रमा अमेरिकाको नियन्त्रण गुम्न सक्ने आकलन भइरहेको छ । विश्व अर्थतन्त्रको केन्द्र इतिहासमा पहिलो पटक एशियामा सर्ने सम्भावना देखिन्छ । चीनले आफूलाई कोरोनाबाट शुरक्षित राख्न सक्यो भने आफूलाई विश्व शक्ति सम्पन्न राष्ट्र बन्ने छ ।

कोरोना महामारिले विश्वमा सार्वजनिक विकासको सन्दर्भमा सरकारको सोँच बदल्न बाध्य हुनेछन । अहिलेसम्म महत्व कम पाएको स्वास्थ क्षेत्रलाई अबका दिनहरुमा स्वास्थलाई महत्व दिने क्रम शुरु हुनेछ । आर्थिक रुपमा कमजोर वर्गको स्वस्थ लाई समेत महत्व दिनको लागि स्वास्थमा लगानी वृद्धि हुनेछ । विकसित देशहरुले समेत शस्त्र अस्त्र हातहतियारलाइ छोडेर अस्पतालहरु स्वास्थ क्षेत्रमा आर्थिक लागानी बढाउने छन ।

नेपालमा कोरोनाको प्रभाव

नेपाल जस्तो बैदेशिक सहयोग र विप्रेषणमा भरपरेको अर्थतन्त्र भएको देशमा विश्वमा पर्ने असरले प्रत्यक्ष असर गर्दछ । नेपालमा कोरोनाको असरलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । लाखौँको संख्यामा बैदेशिक रोजगारीमा रहेका मानिसहरुले कोरोनाको कारण बेरोजगार हुँदा अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको रेमिटान्स आउन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने छ । स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको योजना बनाउने क्रम शुरु हुने छ । विश्व भरी विभिन्न देशहरुमा रहेका नेपाली युवाहरु स्वदेश फर्किने छन र रोजगारीको समस्या सृजना हुनेछ । भविष्यमा बैदेशिक रोजगारी र अध्ययन तथा बसाइका लागि बिदेश जान लालयित हुने प्रवृतिमा समेत कमी आउने देखिन्छ । नेपालमा ठूला विकासका योजना सम्पन्न आवस्यक पर्ने ठूलो मात्रामा बजेटको अभाव हुन सक्दछ । कोरोना पछीको नेपालमा गरिवी बढ्ने छ । सरकारलाई अनावश्यक खर्च कटौती गरेरै भए पनि देशको अर्थतन्त्र चलायमान गर्नुपर्ने बाध्यता रहने छ ।

कोरोना माहामारीबाट विश्वले सिकेका महत्वपूर्ण पाठहरु

अचानक विश्वमा आइपरेको अकल्पनिय माहामारीले विश्व समूदायलाई धेरै पक्षहरुमा राम्रो सबक सिकाएको छ । भौतिक विकासले प्राकृतिक रुपमा आइपर्ने समस्याहरुसँग सामना गर्न नसक्ने कुरा यो सानो अदृश्य भाइरससँग विश्वले विकास गरेको विज्ञान प्रविधि र विकास निरह बनेर प्रमाणीत गरिसकेको छ । एटोमिक हतियारको विकास गरेर सर्व शक्तिमान हुन नसकिने तथ्य अमेरिका जस्तो विश्व शक्ति सम्पन्न राष्ट्रले दैनिक हजारौँका दरले आफ्ना नागरिकको मृत्युलाई निरिह बनेर हेर्नु पर्ने वाध्यताले महशुस गराएको छ ।

यो भूमण्डलीकरणको युगमा कुनै पनि देश जतिसुकै विकसित र शक्तिशाली भए पनि एक्लै शुरक्षित रहन सक्दैन । आफ्नो शुरक्षाको लागि आफ्ना वरपर भएका विपन्न र कमजोर देशहरु समेत शुरक्षित रहनु पर्दछ भन्ने गतिलो शिक्षा यस कोरोना माहामारीले विश्वलाई सिकायो । मिसाइल प्रतिरोधी क्षमता विकास गरेर आफ्नो देशको खुविया संयन्त्रमा असीमित बजेट लगानी गर्ने धनी देशहरुले समेत कोरोना भाइरसको सामू हरेस खाएबाट विश्वलाई शुरक्षित बनाउन सामुहिक प्रयास बाटमात्र सम्भव छ भन्ने पाठ विश्वले सिकेको एउटा गतिलो पाठ हो ।

सांस्कृति र सभ्यतालाई बुझ्ने बुझाइमा परिवर्तन यो कोरोना माहामारीले ल्याएको सकारात्मक परिवर्तन हो । आजसम्म पश्चिमा समाजलाई सभ्यताको पर्याय मानिन्थ्यो र उनीहरुले गर्ने गतिविधिहरु सभ्य कहलिन्थे । युरोपियन र अमेरिकीहरुले आफूलाई शिक्षित र सभ्य अनि हामीहरुलाई अशिक्षित र असभ्य भनेर टिका टिप्पणी हुने गरेकोमा अहिले कोरोना माहामारीको विश्वव्यापी प्रकोपपछि यसबाट बच्न अपनाउन पर्ने कतिपय आनि बानिहरु हाम्रो संस्कारका अभिन्न पक्षको रुपमा परम्परा देखिनै चलिआएका चलनहरु हुन् । हामीले गर्ने नमस्कार, हातले खाना खाने बानि जसले हामिलाइ पटक पटक हात धुन बानि पारिरहेको हुन्छ । आहार विहारका कुराहरुमा हामिहरु पहिले देखिनै वैज्ञानिक थियौँ भन्ने तथ्य अहिले प्रमाणित भएको छ ।

विभिन्न धर्मका अन्ध विश्वासी जमातलाई यस महामारीले गतिलो पाठ सिकाएको छ । जुन भगवानको नाममा हजारौँ निर्दोस मानिसलाई मार्न र आफू मर्न तयार हुने धर्मका ठेकेदारहरु यो संकटमा मन्दिर, मस्जिद र चर्चको ढोका बन्द गरेर आफ्नो ज्यान बचाउन लाग्दा समेत विश्वमा कयौँ धर्म गुरुहरुको कोरोनका कारण मृत्यु भइसकेको छ । आफ्ना लाखौँ अनुयायीहरु कोरोनाका कारण मृत्यु हुँदा बचाउन नसक्ने भगवानका नाममा विभिन्न युद्धलडी आफ्नो अमूल्या ज्यान फाल्नु अघि सोच्न बाध्य हुनेछन ।

प्राकृतिक सन्तुलनको सिद्धान्तको बोध अहिले विश्व समुदायले गरेको छ । पृथ्वीको भार क्षमता हुन्छ र हामीले गर्ने विकासका क्रियाकलापहरु पृथ्वीको भार क्षमतालाई मध्यनजर गरेर सोही अनुसार गर्नुपर्दछ भन्ने पाठ यस महामारीले विश्व समुदायलाई सिकाएको छ । अठारौँ शताब्दीका विद्धान माल्थसले आफ्नो जनसंख्या सिद्धान्तमा उल्लेख गरेको कुरालाई कोरोना माहामारीले जनमाजसमा प्रमाण सहित पुनर्ताजगी बनाइदिएको छ । विश्वमा जनसंख्या वृद्धि र उत्पादन वृद्धिमा सन्तुलन कायम हुनु पर्दछ । यो सन्तुलन गर्ने कार्य मानिसले आफै गर्नु पर्दछ । जनसंख्या वृद्धि दरको नियन्त्रण नै एकमात्र उपाय हो । यदि मानिसले जनसंख्या नियन्त्रण नगरेमा प्रकृतिले नै नियन्त्रण गर्न बाध्य हुँन्छ जुन पीडादायी र भयानक हुन्छ । अहिलेको विषम अवस्था प्रकृतिले नै जनसंख्या नियन्त्रण गरेको अवस्था हो । अव विश्वले जनसंख्या नियन्त्रण र पर्यावरण संरक्षणमा चासो पूर्वक लगानी बढाउन पर्दछ ।

आपसी सहयोग र सहकार्य प्रभावकारी उपाय । यस माहामारीले विश्वलाई कुनै पनि भयावह अवस्थाको सामना गर्नको लागि पैसा, हतियार र शक्ति होइन आपसी सहयोग र सहकार्यको आवस्यकता रहेको तथ्य विश्वले महासुस गरिरहेको छ । आज चीन स्वास्थ सामाग्री र जनशक्ति लिएर युरोप पुगिरहेको छ । यस विषम परिस्थितिको सामना सामूहिक प्रयासमा मात्र गर्न सकिन्छ । विश्वलाई व्यापार र शक्तिको होड र प्रतिष्पर्धा मात्र होइन मानवताको शुरक्षाका लागि सहकार्य र सहिष्णुताको आवश्यकता महसुश गर्ने छ ।

नेपालका सम्भावना र अवसर

आज विश्व कोरोनाको माहामारीमा रुमल्लिरहेको अवश्थामा समेत विश्व कोरोना पछिका अवश्थाको बारेमा सोच विचार र छलफल समेत चलाइ रहेका छन । आशा गराैं, विश्व कोरोनाबाट मुक्ति पाउने नै छ । यसले विश्वलाई सयौँ वर्षपछि धकेल्ने र आर्थिक विकास दर न्यून र शून्य प्राय रहने प्रक्षेपण भइरहेको सन्दर्भमा नेपाल पनि यसको प्रभावबाट अलग हुन सक्दैन । हरेका समस्याले नयाँ समाधानका ढोका खोल्दछ भने जस्तै कोरोना माहामारीको अन्त्य पछि नेपालले कही नयाँ सम्भावनाको ढोका खोल्न सक्दछ ।

कृषिको आधुनिकीकरण

विश्वका विभिन्न विकसित मुलुक र अन्य मुलुकमा कामका लागी गएका लाखौँ नेपालीहरु आफ्नो अनभवसहित नेपाल आउने छन । नेपालमा वर्षौदेखि जनशक्तिको अभावमा बन्जर भएका भूमिलाई हराभरा बनाउने कार्यमा अग्रसर भइ नेपालमा वैज्ञानिक कृषि क्रान्तिको शुरु हुनेछ । यसले नेपालमा आयातमुखी अर्थतन्त्रमा सुधार भइ देशको आर्थिक विकासमा नयाँ आयाम शुरु हुनेछ ।

बौद्धिक पलायनमा नयाँ सोँच

आज विभिन्न कारणले नेपाल छोडेर अमेरिका, युरोप र अष्ट्रेलियामा बसोबास, रोजगारी र अध्ययनको लागि जानको लागि मरिहत्ते गर्ने प्रवृतिमा कमी आउने छ । आज कोरोनाको कहरले मानिसहरुलाई पैसा सम्पन्नता र यसको तुलनामा सन्तुष्टि र मातृभूमी नै महत्वपूर्ण भएको बास्तबिकता महसुस भइरहेको छ । नेपालबाट ठूलो संख्यामा खाडी मुलुक गएका युवाहरु स्वदेश फर्केर नेपालका विकास आयोजनामा आवश्यक योगदान गर्ने छन ।

विकासमा नयाँ अवधारणा

नेपालमा विकासको प्राथमिकताममा स्वस्थ क्षोत्रले बढी महन्व पाउने छ । अव आगामी वर्षहरुमा प्रत्येक स्थानीय तहहरुमा अस्पतालहरु निर्माण हुने छन् । पैसामोह समेत कम हुने र जनचेतनामा वृद्धि हुनेछ । विश्वका विभिन्न देशमा गएका युवाहरु स्वदेश फिर्ता भएपछि उनीहरुको सचेतना युक्त खबरदारीले सुशासन कायम गर्न सजिलो हुने छ । आशा गराैं,  विश्वले यस महामारीबाट छिट्टै मुक्ति पाउने छ । वैज्ञानिकहरु कोरोना विरुद्धको खोप आविष्कार गर्न सफल हुनेछन। कोरोना मुक्त विश्वमा नयाँ सोँचका साथ विश्व आफ्नो पथमा अगाडी बढ्ने छ ।

baburamadhikari057@gmail.com