सन्त्रास

  २०७७ जेठ ३ गते ८:२३     लक्ष्मी कार्की

ब्रह्माण्डको धैर्यता डगमगायो क्यारे
मृत्युको सङ्खनाद गुञ्जियो जगमा
प्रकृतिको सृजनाले नै बिनासको बिज छर्यो कि
आफनै प्रगति र प्रविधिको मस्तमगनमा

सम्स्त धर्तीलाई खुमच्याएर कल्पनाको कृतिम सहर
धेरै बन्यो कि गगनदेखि माथि चन्द्र अनि मङ्गलमा
शिखरमा पुग्दै गरेका सपनाहरु धकेलिएर पछारिए
विवसता र बाध्यता बनेर आफ्नै आँगनमा

 


विकासको वेगलाई पछि सारेरै भएपनि
समयको छाल लहरहरुसँगै बगिरहेको छ
आफ्नो जीवन हत्केलामा राखेर भएपनि
मानव मानवकै निम्ति भगवान बनिरहेको छ


व्यस्त भयो दुनियाँ जीवन अस्तित्वको भिख माँग्नमा
नविनतम् सोच र नयाँ आविप्कारले बुनेको झिनो
पच्छयौरी समातेर आत्तियो संसारको सर्वश्रेष्ठ प्राणी
अनकन्टार अध्याँरो सुनशान एक्लो जीवनतर्फ भाग्नमा

भासियो सारा विश्वलाई उन्नतीसम्म हाक्ने सबारी
थेग्न नसक्ने गरि बढ्यो अर्थतन्त्रको गह्राैं भारी
प्रकृतिले जीवन रक्षाको चुनौतीहरु थपिरहेको छ
जीवन मरणको अनयौलताले भित्रभित्रै कपिरहेको छ

विकासको वेगलाई पछि सारेरै भएपनि
समयको छाल लहरहरुसँगै बगिरहेको छ
आफ्नो जीवन हत्केलामा राखेर भएपनि
मानव मानवकै निम्ति भगवान बनिरहेको छ

सन्त्रास छाएको छ जीवनको हरेक प्रहरमा
अनुशासन र आत्मविश्वासको नै साथ छ
कोरोना भाईरसले निमत्याएको बिनासकारी
कोभिड १९ को कहरमा हरेक गाउँ अनि शहरमा

सद्भाव र सदविचारले मनको भयलाई बाहिर झिकौँ
खुशीमा साथ हुनेहरुले दुःखमा एकजुट हुन सिकौँ
प्रकोपको यो माहामारीमा अपनाउनुपर्छ सावधानी खास
संयम्ता र धैर्यताले नै हटाउनसक्छ कोरोना भाईरसको सन्त्रास

 बेलबारी १, मोरङ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.