आशावादी मनुष्य

  २०७७ वैशाख २३ गते २२:५६     लक्ष्मीकान्त पाैडेल

आत्मा, मन, दृष्टिकोण
सबै तिम्रा
गलत रहेछन् ।
निर्दयी रहेछन् ।
कठोर रहेछन् ।
पापी रहेछन् ।

मुटु नभएको दिल बोकेर,
कुरुता साम्राज्यमा शासन गरेको तिमी,
मानवीय साम्राज्यमा पाइला सार्दा,
तिम्रा खुट्टा कत्ति पनि कामेनन्,
तिम्रा भावनाले कुनै प्रश्न खडा गरेनन्,
गरुन पनि कसरी,


हजारौँ माइल परसम्म वनचर्ने
सोचाइका माहुरीहरु,
आजकाल काठेघारको सानो दुलो मै,
अनीकाल र भोकमरीका कहानी
बाचन गरिरहेका छन् ।


हिजो
रुदै बिहानीको सत्कार गर्ने बालक,
आज
खोकीले बिहानीको स्वागत
सत्कार गरिरहेको छ ।
सधैँ मायाले चुम्बन गर्ने बुढी आम्मैका ओठ,
निधारको तातोपन हिजो भन्दा
अली बेसी महसुस गरिरहेका छन् ।

हजारौँ माइल परसम्म वनचर्ने
सोचाइका माहुरीहरु,
आजकाल काठेघारको सानो दुलो मै,
अनीकाल र भोकमरीका कहानी
बाचन गरिरहेका छन् ।
महामारीको मन्त्र उच्चारण गरिरहेका छन् ।

हाइड्रोजन वम, एट्मवम,
मौंन छन् भन्ने थाहा पाएर,
तिमी कतै रमाइरहेका त,
छैनौ नि ?

तिमीलाई के थाहा ?
खतराका राता बत्तिले तिम्रो साम्राज्यमा
दिपावली मनाउन थालीसकेको ।
अमेरिका, इटली, रुस, स्पेन
तहसनहस गरेको,
तिम्रो शत्रुको प्रतिउत्तर,
स्यानिटाइजर, माक्स र लकडाउनले दिएको ।

सौर्यमण्डलको बगैंचामा डुलेर मह
बटुल्ने गरेको माहुरी
तिमीमाथि हाबी हुनलाई
कति समय लाग्ला र ?

तिमीले ह्वात्तै गिराएको अर्थतन्त्र
महले पुरा गर्न सक्दैन,
भन्ठानेछौं ?

मानिसको छापो हालेर,
अस्पतालमा धान उत्पादन गर्ने
सार्स(१ को सपना
तिमीलाई
फलामका चिउरा चपाएजस्तो हुनेछ ।
तिमी कहिल्यै
अरिङगाल, माकुरो या कमिला
कुनै पनि बन्न सक्दैनौ ।

दुलोमा बसेर
तिम्रो भबिष्यको
जिम्मेवारी बहन गरेका
रानी माहुरीहरु (डाक्टर, नर्स, बैज्ञानिक,राज्य….),
आफ्ना सन्तानलाई सम्झाउछन्,
हामी
सम्झौतामा बन्धित कैदी हौँ ।
प्रयासमा प्रेरित आशावादी हौँ ।
विजयको पर्खाइमा बसेका बिजेता हौँ ।