केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई

  २०७७ वैशाख २२ गते २१:५६     सुमन सत्याल

(लघु कथा)

विश्वको शक्ति राष्ट्र छिमेकी देश चीनको हुवेई प्रान्तबाट एउटा चित्कार आउँछ । त्यो चित्कार भगवानको आकाशवाणी जस्तो ब्रम्हाण्ड नै गुन्जयमान बनाउँछ । त्यो आवाजले विश्व नै स्तब्ध हुन्छ । चीनले सबै राष्ट्रहरुलाई आफू यो समस्याको समाधान गर्न सक्षम छु भनेर आश्वास्त तुल्याउँछ । तर यो यति जटिल हुँदै गयो कि उसको आफ्नो देश मात्र नभएर सारा विश्व नै यसको प्रभावमा आउन थाल्यो । आफूलाई शक्तिशाली भनाउँदा देशहरु पनि महिनौ बितिसक्दा पनि यस कोरोना भाईरसबाट मुक्ति पाउन नसकेर लाखौ मानिसहरुको मृत्यु हुन्छ ।

यस जटिल समस्या समाधानको लागि सबै ठूला राष्ट्र प्रमूखहरुको बैठक डाकिन्छ । त्यो बैठकको उद्देश्य “कोरोना महामारी र हाम्रो भविश्य” भन्ने नाराका साथ बहस अगाडी बढ्छ । सबै राष्ट्रको आँखा कोरोना भाईरसको उद्गम थलो चीनको छिमेकी सानो राष्ट्र नेपालतिर जान्छ । छिमेकी भएर पनि भाईरसको प्रभाव कम भएको पाउँदा सबै शक्ति राष्ट्र प्रमुखहरु नेपाल आएर जानकारी लिने निधो गर्छन ।

केही समय पछि प्रमुखहरुको आवागमन हुन्छ । अनी उनीहरुलाई यहाँको वस्तु स्थिति, बहुमत प्राप्त सरकार, संघीयता, लोकतन्त्र तथा समस्या पर्दा सबै राजनितिक दलहरु एकजुट हुने स्वभाव, विश्वको पुरानो इतिहास बोकेको मध्धे एक नेपाली सेना, प्रहरी, प्रशासन, संघीयतामा स्थानीय तह बलियो बनेको, साथै अवसरका लागि केन्द्रमा आएर बसेका जनताहरु स्वतस्फूर्त रुपमा सामाजिक दूरी कायम राख्न आफ्नो स्थानीय थलोमा फर्कि सहयोग गरेका कारणले आज हामी अन्यत्रको तुलनामा सुरक्षित रहेका छौ । साथै हामीलाई कुनै पनि राष्ट्रिय संकटको पूर्व जानकारी हुन्छ भन्ने कुरा जानकारी गराउँदा सबै राष्ट्र प्रमूखहरु आश्चर्य चकित हुन्छन ।

त्यस पश्चात प्रस्तुतकर्ताले नेपालको प्रदेश नं ३ अन्तर्गत दोलखा जिल्लामा अवस्थित दोलखा भिमसेनको बारेमा इतिहास जानकारी गराउँदा सबै राष्ट्र प्रमुखहरु यथास्थानबाट उठी ताली बजाउछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल विज्ञानको युगमा अगाडी बढिरहेको भएता पनि आफ्नो धार्मिक मान्यता, तथा प्रकृतिलाई प्राकृतिक रुपमा ज्यूँदो राखि, विगतदेखि नै मानव कल्याणमा ध्यान दिएको स्मरण गराए ।
साथै, विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसलाई नियन्त्रणमा राख्न सकेकोमा प्रस्तुतकर्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदा तालीको गडगडाहटले ब्रम्हाण्ड नै गुन्जयमान हुँदा म एक्कासी निन्द्राबाट व्यूँजन्छु । आँखा भित्तामा झुन्डिएको क्यालेण्डरमा ठोक्किन्छ ! विक्रम सम्वत् २०७७ बैशाख ५ गते शुक्रबार ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.