आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै

  २०७७ वैशाख ८ गते १७:१६     ज्ञानुराजा महर्जन

कोरोना महामारीको विश्वव्यापी अवस्था

विश्व नै स्तब्ध भएको छ, सेकेण्ड सेकेण्डमै लाखौ मानिसहरुको आवतजावत, लाखौं संख्यामा उडिरहने हवाईजहाजहरु आज ठप्प रहेको अवस्था छ जसको कारण हो एक सुष्म भाइरसको उत्पत्ति । जुन हालसालै मात्र प्रकट भएको भाइरस जसलाई नामांकरण गरिएको छ नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ । सन् २०१९ डिसेम्बरको अन्तिम सातामा चीनको वुहान सहरमा सर्वप्रथम एक महिलामा संक्रमण देखिए संगै उनको मृत्यु भए पश्चात पत्ता लागेको त्यो भाईरस जनवरीको पहिलो हप्तासम्म पुग्दा धेरै मानिसहरुमा संक्रमण भईसकेको थियो । त्यही क्रममा झनझन बढ्दै गएपछि सो भाइरसको अनुसन्धान हुँदा उक्त भाइरस कोरोना भएको प्रष्ट पारे र विश्वलाई जानकारी दिईयो । हुँदा हुँदै दिन प्रतिदिन यस भाइरसको संक्रमण बढ्दै गई मृत्यु हुने क्रम बढ्न थाल्यो र जनवरीको तेस्रो हप्तातिर पुग्दा उक्त भाइरसबाट धेरै मानिसहरुमा संक्रमण हुनबाट बचाउन चीनको संरकारले वुहान सहरलाई लकडाउन गर्यो ।

त्यो समयमा चीनको नयाँ वर्षको समय थियो जुन बेलासम्म बुहानबाट धेरै संख्यामा मानिसहरुले वुहान सहर छाडिसकेको थियो । ती मानिसहरुलाई पनि जहाँ जहाँ गएको हो त्यही त्यही नै स्वयं आईसोलेसनमा बस्नको लागि आह्वान गरिएको थियो । जुन बेलासम्म चीनको सवै प्रान्तमा सो भाइरसको संक्रमण भईसकेको थियो । त्यही समयमा अन्य देशहरुले यसलाई सामान्य र चीनमा मात्र संक्रमण हुने अन्दाज लगाईरहेका थियो भने फेब्रेवरीको १५ सम्म पुग्दा चीनमा ७५ हजार मानिसहरुमा संक्रमण भई हजारौं मानिसहरुको मृत्यु भईसकेको थियो भने विश्वको अन्य मुलुकहरुमा पनि फैलिसकेको थियो र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई महामारीको रुपम घोषणा पनि गरिसकेको थियो । यसैबेला चीनमा विभिन्न प्रान्तमा लकडाउन गरी थप संक्रमित हुनबाट रोक्न सक्यो भने विश्वका अन्य मुलुकहरुले त्यसलाई सामान्य ठानी बेवास्ता गरिरह्यो र हाल संक्रमितको संख्या र मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै गुणा भईसक्यो । यो लेख तयार गर्दै गर्दा २०७७ बैशाख १ गते सोमवारसम्म विश्वमा २१० राष्ट्रहरुमा गरी १८,५३,१५५ जनामा यो भाइरसले संक्रमण गरिसकेको छ भने १,१४,२४७ जनाको मृत्यु भईसकेको छ ।

वल्र्डमिटर्स डट इन्फो/कोरोनाभाइरसको वेवसाइटको तथ्यांक अनुसार प्रमुख संक्रमण भएका र बढी मृत्यु भएका १० राष्ट्रहरु को तथ्यांक निम्नानुसार रहेको पाइन्छ ।

उल्लेखित तथ्यांक अनुसार हालसम्म सबभन्दा बढी संक्रमित र मृत्यु भएको देशमा अमेरिका भएको छ जहाँ छ,टण्,द्धघघ जनाको मानिसहरु संक्रमित र द्दद्द,ज्ञज्ञछ जना मानिसहरुका मृत्यु भईसकेको छ भने कोरोना भाइरसको संक्रमण शुरु भएको देश चीन बढी मृत्युको हिसावले सातौ स्थानमा रहेको छ । यसबाट चीनले यस संक्रमणलाई नियन्त्रण धेरै सफलता हासिल गरेको देख्न सकिन्छ ।

नेपालको अवस्था
विश्वमा मै महामारीको रुप लिईसकेको कोरोना भाइरस संक्रमण शुरुभएको देश चीनको देक्षिणतिरको सिमानमा रहेको हाम्रो देश नेपालमा धेरै समय पछि अर्थात चीनमा देखा परेको ३ महिना पछि मात्र मार्च २२ (चैत्र ९) मा देखापरेको थियो । जुन संक्रमण सर्वप्रथम चीनवाट फर्केका व्यक्तिमा देखापरेको थियो र पछि उपचार पश्चात घर फर्किसकेको छ भने त्यसै गरी अप्रिल ४ (चैत्र २२) गतेसम्म जम्मा ९ जना व्यक्तिमा संक्रमण भईसकेको छ भने हालसम्म पनि कोही व्यक्ति पनि कोरोनाको संक्रमणले मृत्यु भएको छैन । जो ९ जना व्यक्ति मध्ये ८ जना विदेशवाट फर्केका मानिसहरु विदेशवाटै संक्रमण भई आएको छ भने १ जना सोही व्यक्तिको परिवार रहेको कारणले स्थानिय संक्रमण भएको छ । विश्वका विकसित मुलुकहरुले गरेको हेलचक्राईवाट संक्रमितको संख्या दिनप्रतिदिन गुणात्मक रुपमा वृद्धि भईरहेको कुरालाई मध्यनजर गरी नेपालमा चैत्र ११ गते ३ चोटी गरी ३ हप्ताको लकडाउन गरिसकेको छ । साथै अन्तराष्ट्रिय हवाई उडानहरु वन्द गरेको विदेशवाट आउने मानिसहरुको रोकावत गर्नुका साथै आन्तरिक हवाई तथा सडक आवगमन पनि वन्द गरि एक ठाउँको मानिस अर्को ठाउँमा जान नपाउने बनाएको छ किनकी नेपालमा संक्रमण भईसकेपछि त्यसलाई रोकथाम गर्न प्रयाप्त मात्रामा स्वास्थ्य सुविधा नभएको कारणले धेरै समस्या हुने देखिएकोले संक्रमणवाट बच्न र बचाउन सवैभन्दा राम्रा उपाय भनेको स्वयं सुरक्षित हुने हो । यसको लागि घरमै वसी स्वास्थ्यको ख्याल गरी सावुनपानीले हात राम्ररी धुने, स्यानिटाइजर प्रयोग गर्ने, वाहिर निस्कनु पर्यो भने मास्क प्रयोग गर्ने, हात नमिलाउने, कहि कतै नांगो हातले नछुने, पन्जा लगाउने जस्ता सामान्य स्वास्थ्यका कुराहरुको जानकारी प्रत्येक घर, समाजमा जनचेतनाको रुपमा पु¥याएको देखिन्छ । जसले गर्दा मानिसहरु सो को पालना गरिरहेको छ । जसले गर्दा कोरोनाको संक्रमण हुनवाट जोगिरहेको छ । नेपालमा कोरोना संक्रमण हुनवाट बच्नको लागि गरिएको प्रयास विश्वले नियालिरहेको छ जुन अत्यन्तै उपयुक्त भएको देखिन्छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कोही पनि संकालागेका, क्वारेन्टाइनमा, आइसोलेशनमा वसेको मानिसहरुको कोरोना संक्रमण जाँच गर्ने काम शुरु गरिसकेको छ र सो जाँचलाई वढिभन्दा वढि मात्रामा गरेको खण्डमा यसको संक्रमणको जोखिमवाट मुक्त हुनुका साथै कोही व्यक्तिमा कोरोना संक्रमण भएको शंका उपशंका गर्नु पर्ने छैन । आज सम्मको सही प्रयास र संयमितले नेपालमा थप कोरोना संक्रमण हुन नसक्ने आशा गर्न सकिन्छ तर नेपाल भारतको सीमा लकडाउन सकेर पनि केही समयसम्म पूर्ण बन्द गरिरहनु पर्ने देखिन्छ ।

लेखक

बच्ने उपायहरु

कोरोना भाइरसको संक्रमणवाट बच्न या रोक्नको लागि हालसम्म पनि कुनै औषधि या सूई बनिसकेको छैन । विभिन्न राष्ट्रहरुले औषधीको लागि धेरै अनुसन्धानहरु गरिरहेका छन् तर पनि सफल पाउन सकिरहेका छैनन् फलत यसको संक्रमण हुनवाट वच्ने सवैभन्दा राम्रो उपाय भनकै सामाजिक दुरीको पालना गर्ने, घरवाट निस्कदा वजार जाँदा कहिकतै खुल्ला हातले नछुने र घरमा फर्केपछि नियमित रुपमा सावुनपानीले हात धुने, मुख, नाक, आँखामा नछुने, व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, प्राकृतिक खानपानमा ध्यान दिने, नियमित शारीरिक व्यायाम गर्ने, तातो पानी खाने, भिटामिन सी जन्य फलफूल, तरकारी खाने, मासु, अण्डा खाँदा राम्ररी पकाएर खाने, चिल्लो बोसोयुक्त खानेकुराहरु नखाने, बजारवाट किनेर ल्याएको फलफूल, तरकारी राम्ररी पखाल्ने र घरमै मात्र बसिरहने जसले गर्दा कुनै पनि चिरपरिचित व्यक्तिहरुसंग भेटघाट हुन पाउँदैन र कोरोनाको संक्रमणको जोखिमवाट बच्न सकिन्छ ।

विश्व समुदायमा ल्याएका चुनौतिहरु

भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ ।

विज्ञानको चरमा विकास हुँदा हुँदै पनि आज मानिसहरु प्रकृतिवाट टाढा हुँदै अप्राकृतिक खानपान, रहनसहन लगायत कृयाकलापले गर्दा वेलावेलामा ठूलासाना संकटहरुको सामना गर्नु परिरहेको छ । यसैको एउटा उदाहरण हो हालैको कोरोना भाईरसको संक्रमण । जुन आज विश्वको एउटा चुनौतीको रुपमा मानव सभ्यता नै संकटमा पर्ने अवस्था सृजना भई आज विश्वलाई नै स्तव्ध बनाईदिएको छ । आज विश्वमा जतिसुकै भौतिक बस्तु या सुविधाको विकास भए पनि उक्त संक्रमणलाई रोक्न वा निर्मुल पार्न सफल हुन सकेको छैन । जसले सम्पूर्ण मानवजगतलाई भयवित पारेको छ । यस संक्रमणले विश्वका मानिसहरुबीच सामाजिक भयत्रास ल्याइदिएको छ । भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ ।

नेपालमा अगाडि देखिएका चुनौतिहरु

विश्वका विकसित देशको तुलनामा नेपालको स्वास्थ्य सेवा तथा सुविधाको त्यति राम्रो र सुविधा सम्पन्न भएको छैन । जसले गर्दा कुनै पनि संक्रमणहरु फैलिएको खण्डमा देशले धान्न पनि गाह्राे हुन्छ । नेपालमा पर्याप्त मात्रामा अस्पताल, औषधि, उपकरण, ल्याव, डाक्टर, नर्स, प्राविधिक नभएकोले गर्दा देशको सवै ठाउँमा सम्मान रुपमा राम्ररी स्वास्थ्य सुविधा दिन सम्भव छैन । आज कोरोना संक्रमण नेपालमा फैलिएको भए त्यसलाई रोकथाम गर्न कुनै पनि हालतमा सकिंदैन । यसबाट सम्वन्धित पक्षलाई यस महामारीले ठूलो पाठ सिकाएको छ । देशमा रहेका अस्पतालहरुलाई आधुनिकरण गरि व्यवस्थित बनाउने, प्रयोगशालाहरुलाई आवश्यक उपकरणहरुको व्यवस्था गर्ने, औषधि लगायत स्वास्थ्य सुविधालाई आवश्यक उपकरण, साधनहरुको आवश्यक रुपमा भण्डार गर्ने, आपतकालिन अवस्थामा कुनै पनि स्वास्थ्य सेवाको आवश्यक हुँदा त्यसको पूर्वकालिन व्यवस्थापन गरिराख्ने र त्यसको नेटवर्किङ गरिराख्ने हाम्रा देशको चुनौतीको रुपमा रहेका छन् भने त्यसबाट शिक्षा लिनु पर्ने देखिन्छ ।

नेपालले विश्वलाई दिएको सन्देशहरु

विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेका छन् । जसबाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् ।

आज विश्वका विकसित मुलुकहरुलाई नेपालले ठूलो पाठ सिकाएकाे छ भने समयमै लकडाउन गरेर देशका नागरिकलाई कोरोना संक्रमण हुनबाट बचाएका छ, जुन विश्वलाई दिएको ठूलो तथा महत्वपूर्ण संदेशको रुपमा लिन सकिन्छ । विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेको छ । जसवाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् । यसको असर धेरै समयसम्म भईरहने देखिन्छ । सामाजिक दुरीको कायम गर्न नसक्नु, संक्रमण भईसक्दा पनि आफ्नो स्वास्थ्यमा ख्याल नराख्नु, कुनै सावधानी नगर्नु नै विश्वमा कोरोना संक्रमणको व्यापक रुपमा फैलिरहेको देखिन्छ ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु

विश्वभरि नै महामारीको रुपमा फैलिएको यो कोरोना भाइरस संक्रमणले नेपाल या कुनै देशको अर्थतन्त्रलाई मात्र प्रभाव नपारिकन सारा विश्वकै अर्थतन्त्रलाई नराम्रोसंग प्रभाव पार्ने देखिन्छ । सारा विश्व नै ठप्प पारेको अवस्थामा सम्पूर्ण मानिसको क्रियाकलाप नै बन्द भईसकेपछि त्यसबाट हुने आर्थिक गतिविधिहरु पनि स्वतः नै ठप्प हुने स्वभाविकै छ । विश्वभरिको कलकारखाना, उद्योगधन्दा, उत्पादन लगायत होटल, यातायात, हवाई व्यवसायहरु सबै बन्द भए पछि त्यसबाट हुने आयआर्जनहरु पनि सबै शुन्यमा जाने स्वभाविकै छ । यसबाट हरेक व्यक्ति, संस्था, समाज, देश र सारा विश्वमा नै नकारात्मक असर पर्ने देखिने छ । नेपालको सन्दर्भमा प्रायः जसो सबै सामानहरुको विदेशी देशहरुमा आयातमा भर पर्ने देशमा त धेरै भन्दा धेरै आर्थिक समस्या हुने देखिन्छ । यो भाइरसको संक्रमण सकिए पछि यसले प्रत्येक व्यक्तिहरुको आर्थिक क्षेत्रमा नराम्रोसंग असर पर्ने त छदैछ भने समाज, संस्थाहरु, राष्ट्रहरुमा पर्नाले विश्वकै अर्थतन्त्रमा नराम्रो गरी असर पार्ने देखिन्छ । विश्वमा भएका ससाना उद्योग, कलकारखाना देखि सम्पूर्ण व्यवसायहरुमा आर्थिक मन्दि आउनुका साथै प्रत्येकको आयस्रोतमा कमि हुने देखिन्छ जसले गर्दा आगामी दिनहरुमा आर्थिक कारोवारको गिरावट आउनुका साथै विभिन्न सामानहरुको प्रयोगमा कमि हुनुका साथै उत्पादनमा समेत ह्रास आउने छ । यो संक्रमणको प्रभाव भविष्यमा धेरै समयसम्म हुने देखिन्छ जसले गर्दा प्रत्येक मानिसहरुको आयस्रोतमा समेत कमि हुन गई क्रयशक्तिमा कमिआई उत्पादन हुने सामानहरुको प्रयोगमा समेत कमि भई आर्थिक कारोवारमै ठूलो समस्या हुने देखिन्छ जसले गर्दा विश्व अर्थतन्त्रमा नराम्रो असर हुने देखिन्छ ।

मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु

विश्वमा महामारी रुपमा संक्रमण भईरहेको कोरोना भाइरसले गर्दा हरेक क्षेत्रमा असर पर्ने यथावत छदैछ । यस महामारीवाट वच्न सामाजिक दुरी कायम गर्ने सिलसिलामा एक व्यक्तिले अर्को व्यक्तिको सम्पर्कमा दुरी कायम गर्नु पर्ने हुन्छ । जसको फलस्वरुप यो संक्रमण धेरै अवधिसम्म हुने सक्ने भएकोले गर्दा मानिसहरु एक आपसमा सम्पर्कमा रहने लगायत समूहमा वस्ने, एक ठाउँवाट अर्को ठाउँमा जाने, जात्रापर्व, चाडवाड गर्ने कामहरुमा पनि अवरोध हुने देखिन्छ । जसले गर्दा नेपाल जस्तो विविध संस्कृती, चाडवाड, रहनसहन, खानपान भएको देशमा यी कृयाकलापहरु पूर्ण रुपमा वन्देज हुने जस्तो देखिन्छ । कुनै पनि समुदायहरुको जमघट, भेला, नजिक जाने गर्दा संक्रमण हुने या एकआपसमा संक्रमणको शंकाउपशंका गर्ने वानी पर्न जाने देखिन्छ भने सो कारणले कुनै पनि जमघट, भेला, जात्रा, पर्व नै नहुन सक्ने देखिन्छ । जसले गर्दा हजारौं वर्ष देखि मानि आएको संस्कृती, संस्कारहरुमा नै असर पर्ने देखिन्छ भने हजारौं वर्ष देखिको मानव सभ्यता मै प्रश्न चिन्ह खडा गरिदिने सम्भावना देखिन्छ । मानिसहरुको जन्म देखि मृत्युसम्म गरिने संस्कार तथा भोजभतेरहरुमा उपस्थित हुन पनि मानिसलाई हिचकिचाहत हुने देखिन्छ । यी सवै प्रकारका नकारात्मक क्रियाकलापहरुले गर्दा मानव सभ्यता र संस्कृतिहरुमा यो महामारीले नराम्रोसित असर पार्ने देखिन्छ ।

मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु

कोरोना भाइरसको संक्रमण विश्वलाई स्तब्ध पारेको अवस्थामा हरेक क्षेत्रमा नकारात्मक असर तथा थप चुनौति हुन स्वभाविकै हो । जसको कारणले अबका दिनहरुमा मानवजातिले भविष्यको लागि नौलो किसिमले सोच्नु पर्ने बाध्यता बनाई दिएको छ । यस संक्रमण पछिका दिनहरुलाई सकारात्मक साेचबाट अगाडि बढाउनु पर्ने पाठ सिकाएको छ । आफ्नो स्वास्थ्य, प्राकृतिक खानपान, रहनसहन लगायत सरसफाईलाई प्राथमिकता साथ समाज, समुदाय, राष्ट्रमा सकारात्मक रुपले प्रत्येकले साेचमा परिवर्तन गर्नु पर्ने अनुभुति हुने देखिन्छ । मानवजातिले स्वास्थ्य क्षेत्रमा प्रतिकुल व्यवस्थापन तथा हरदम तयारीको अवस्थामा हुनु पर्ने, आवश्यक पर्ने स्वास्थ्य साधन, प्रयोगशाला, औषधी, उपकरण लगायत यावत सामानहरुको भण्डारण गरिराख्नु पर्ने साथै व्यवस्थापन पक्षमा पनि यसको तयारी अवस्थामा हुनु पर्ने शिक्षा लिनु पर्नेछ । त्यसका साथै नागरिकहरुको सम्पूर्ण तथ्याङ्गहरुको विवरण सम्वन्धित निकायहरुमा हुनु पर्ने, एक ठाउँवाट अर्को ठाउँमा वसाई सरेको तथा भ्रमण लगायत कामको सिलसिलामा आएका व्यक्तिहरुको विवरण पनि सम्वन्धित निकायहरुमा हुनु पर्ने देखिन्छ । जसले गर्दा कुनै पनि आपतकालिन अवस्थामा कुनै व्यवस्थापन गर्न सजिलो हुने देखिन्छ । त्यसैले अबका दिनहरुमा सो कामहरुमा पनि ध्यान दिन सकेको खण्डमा हामी कुनै पनि महामारीलाई सजिलैसित जित्न सक्ने छ । भविष्यमा मानवजातिमा विभिन्न प्रकारका चुनौतिहरु हुने सम्भावना आउने देखिन्छ जस्तै स्वास्थ्य सेवा सुविधा, खानपान समस्या, प्राकृतिक दृश्यालोकनमा समस्य, घुमफिर, भेटघाट आदि ।

वातावरण र जीवजगतमा पर्ने असर

कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ ।

मानव जीवजगत र वातावरण वीच एकआपसमा राम्रो सम्वन्ध हुनु अत्यन्तै जरुरी छ । हामीले वातावरणलाई सँधै अनुकुल हुने क्रियाकलाप मात्र गर्नु पर्दछ । आज विश्वमा वातावरण प्रतिकुल क्रियाकलापले गर्दा कोरोना संक्रमणको महामारी फैलिएको देखिन्छ । यसरी मानवले प्रकृतिलाई भुलेर अप्राकृतिक रहनसहनका साथै विभिन्न क्रियाकलाप गर्दा नै वेलावेलामा विभिन्न किसिमका महामारीको अवस्था सृजना भईरहन्छ । हामी सवैले सँधै सकेसम्म वातावरण अनुकुलमा रही विभिन्न क्रियाकलापहरु गर्नु पर्दछ । आज फैलिरहेको कोरोना महामारीले अवका दिनमा मानवजीवनमा यसवाट ठूलो असर पर्नुका साथै वातावरणमा पनि नकारात्मक असर पर्ने देखिन्छ । कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ । यदि कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा विरामीहरुलाई अत्यधिक मात्रामा उपचारमा प्रयोग गरिने साधनहरुको फोहोर व्यवस्थापन राम्रो संग गर्न सकिएन भने पनि यसले वातावरणमा नराम्रो संग असर गर्ने देखिन्छ । यस्ता प्रकारका क्रियाकलापवाट धेरैभन्दा धेरै वातावरणलाई प्रत्येक्ष रुपमा प्रतिकुल असर हुने देखिन्छ । हाल विश्वमा सम्पूर्ण क्रियाकलाप र आवतजावत पनि वन्द भएको अवस्थामा वातावरणमा दूषित धुलो धुवाको प्रदुर्शन धेरै कम भई आकास नै निलो देखिएको छ भने भविष्यमा संक्रमणको जोखिम कम हुँदै गएपनि पछि सवै क्रियाकलापहरु संचालनमा आउँदा फेरी वातावरणमा एकैचोटी नराम्रो प्रर्दुशनले फेरी मावनजातिमा ठूलो असर पर्ने देखिन्छ । त्यसैले अवका दिनमा मानवजातिले वातावरणलाई ध्यानमा राखि हरेक क्रियाकलाप गर्नु पर्ने देखिन्छ । यस कोरोना महामारीलाई जित्नको लागि एउटै मात्र उपाय छ सुरक्षित तरिकाले घरमा बस्ने हो ।

भूगोल केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
rmgyanu@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.