वसुधैव कुटुम्बकम

  २०७७ जेठ २८ गते २०:३०     कृष्णानन्द जोशी

कोरोना माहामारी विश्वव्यापी अवस्था
विभिन्न कालखण्डमा पृथ्वीमा विभिन्न समस्याहरु मानव लगायत अन्य जीवहरुलाई आईलागेका ईतिहास छन । जस्तैः प्राकृतिक प्रकोप भूकम्प,माहामारी, बाढी पहिराे, सुनामी, विश्व युद्ध, डायनोसर लोप हुनु आदि । पृथ्वीमा सर्वश्रेष्ठ कहलिएको मानवजातीले आप्नो स्वार्थपूर्ती गर्न निरन्तर प्रकृतिसँग खेलवाड गरेको परिणाम स्वरुप समय समयमा प्रकृतिले यस्ता विपत्तीहरु र्सिजना गर्दछ । आजको २१ औं शताब्दीमा विश्वव्यापीकरण फस्टाई रहेको बेला मानिसले कल्पनै नगरेको र सोच्नै बाध्य हुने गरी सन २०१९ को अन्ततिर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको वुहान प्रान्तमा जनावर (सि फुड मार्केट) बाट कोरोना भाईरसको जन्म भयो । हाल उक्त भाईरसको नाम विश्व स्वास्थ संगठनले कोभिड-१९ राखेको छ । विश्वका देशहरु एक आपसमा अन्तरनिर्भर रहेकोले तथा यो एउटा सरुवा रोग भएकोले एड्स, क्यान्सर भन्दा पनि मानव जातीका लागि ज्यादै खतरा सावित हुदै गएको छ ।

विश्वका आर्थिक रुपमा सम्पन्न, स्वास्थ सुविधा सम्पन्न भएका विकसित देशहरुको लागि कोरोना ज्यादै शक्तिशाली सावित भएको छ । धनी, गरिव, धर्म सम्प्रदाय, वर्णबीच भेदभाव नगरी विश्वलाई एकै साथ आक्रमण गरी मानिसले कल्पनै नगरेको तेस्रो विश्व युद्धको झल्को दिने गरि मानव जीवनलाई त्राहिमाम पारेको छ । विश्वका धेरै देशका सरकारले कोरोना भाइरसको संकट मोचनको लागि देशलाई बन्दाबन्दी गर्ने अवधारणा अघि सारी मानिसलाई घरभित्रको पिजडामा बस्न बाध्य बनाए । शक्ति दम्भ, अभिमान बाकेर बसेका विश्वका शासकहरु कोरोना माहामारी संग झुक्न बाध्य भएका छन्।

एकातिर मानिस आफनै कर्मले निम्त्याएको फल भोग्दैछ भने अर्कोतिर प्रकृतिमा जीवजन्तु रमाईरहेका छन । विश्वका धेरै देशहरुका शहरहरु बन्द अवस्थामा छन, खाली सडकमा जीवजन्तु हिडन थालेका छन, मानिस भित्रै बसेर भए पनि स्वच्छ स्वास फेर्दै छ, गंगा, अमेजन, नील, कोशी जस्ता नदी स्वच्छ भई वगिरहेका छन भने उद्योग, गाडी मोटर बाट निस्कने प्रदूषण कम भएर ओजन तह पनि सफा हुदै गएको छ साथै सडक, रेल,हवाई दुर्घटनामा समेत कमी आएको छ । यसबाट मानिसले धेरै कुरा सिक्न सक्छ र सिक्नु पर्दछ । विश्वका केही देश बाहेक सबै देशहरुमा कोरोना माहामारीको त्रास छ, बैज्ञानिक, स्वास्थकर्मी यस माथि विजय प्राप्त गर्न अहोरात्र लागि रहेका छन । हाल विश्वभर दैनिक औसत ५ देखि १० हजार मानिस कोभिड १९ बाट मृत्युवरण गरिरहेका छन । मानव जीवन संकटमा परि कतै लोप त हुदैन भन्ने आशंका गर्न थालिएको छ । अमेरिका, युरोप, एसिया सबैतिर कोरोनाको सन्त्रास भए पनि धेरै विरामी उपचार पछि निको भईरहेकोले आशालाग्दो अवस्था पनि छ र छिटै विश्वले यो माहामारी माथि विजय हासिल गर्ने आशा गरिएको छ ।

लेखक

विश्व समुदायमा ल्याएका चुनौतीहरु

कोभिड-१९ ले माहामारीको विश्वव्यापी रुप लिए पछि सरकारहरुले गरेको बन्दाबन्दीले विश्व अर्थव्यवस्थामा ठुलो हलचल ल्याई दिएको छ । धेरै मजदुर, किसान, साना उद्योगी, मध्यम वर्गलाई यसले प्रत्यक्ष असर पारेको छ । यसले विश्व समुदाय सामु निम्न चुनौतीहरु देखा परेका छन् ः

  • श्वव्यापी रुपमा फैलिएको माहामारीबाट हुन सक्ने मानवीय क्षती लाई रोक्न उचित कदम चाल्नुपर्ने,
  •  मजदुर वर्ग , किसान, उद्यमी लगायत श्रमजीवि वर्गको हकहितको रक्षा गर्दै रोजिरोटीको व्यवस्था गर्नु ,
  •  विश्व अर्थव्यवस्था सुर्धान कृषि, व्यापार, पर्यटन, श्रम बजार जस्ता क्षेत्रहो लागि राहत प्याकेज घोषणा गर्नु,
  •  आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकास कायम राख्नु,
  •  वित्तिय क्षेत्र सुधारका कार्यक्रम घोषणा गर्नु,
  •  बैदेशिक रोजगारी व्यवस्थित गरि देशहरुबीचको दैत्य सम्बन्ध कायम राख्नु,
  •  मानव जीवन सहज तुल्याउन, माहामारी नियन्त्रण गर्न र भरपर्दो स्वास्थ सेवा प्रदान गर्न अन्य शीर्षकको बजेट कटौती गरेर पनि विपद व्यवस्थापन कोषको व्यव्स्था गर्ने
  •  माहामार िनियन्त्रण गर्न खोप, औषधी लयागतमा खोज अनुसन्धान गर्नु,
  •  माहामारी लगायत अन्य विपद संग जुध्न अल्पकालिन, मध्यकालिन र दीर्धकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्नु पर्ने,
  •  माहामारीको कारण विश्वमा उत्पन्न हुनसक्ने भोकमरी रोक्न कदम चाल्नु पर्ने,
  •  यस्तो संकटकालिन अवस्थामा बढन सक्ने आतंकवाद, बन्यजन्तु तस्करी, लागुऔषध कारोवार, अपहरण, महिला हिंसा, घरेलु सिहंसा जस्ता अपराध नियन्त्रण गर्नु,
  •  सकारात्मक मनोविज्ञान तयार गरी बालबालिका, जेष्ठ नागरीक को संरक्षण गर्नु,
  •  कोरोना माहामारीबाट उत्पन्न हुन सक्ने र अन्य रोगहरु नियन्त्रणमा ध्यान दिनु,

तत्काल सबै पक्षको लागि उपयुक्त राहात प्याकेज ल्याउनु आदि चुनौती विश्वका सरकार सामु देखिन्छन ।

माहामारीले विश्व समुदायलाई दिएका सन्देशहरु
कोभिड १९ ले विश्व समुदायलाई धरै असर गरे पनि यसले मानव तथा विश्व जगत लाई निम्न सन्देशहरु दिएको छः

  • बसुधैव कुटुम्बकम भावना भावना जागृत गराएको छ ।
  • प्रत्येक देशलाई अप्प दिपो भवः अर्थात अत्यावशकीय कुराहरुमा आत्मनिर्भर बन्नु पर्ने पाठ सिकाएको छ ।
  • प्रकृति अनुकुल हुने गरी विकास कार्य गर्नु पर्ने र सबै जीवजन्तु, वनस्पतिको संरक्षण गदै दिगो विकास गर्नु पर्ने ।
  • विभिन्न नविनतम सोच, खोज अनुसन्धान, प्रकृति संरक्षण आदि भावनाको विकास गर्नुपर्ने ।
  • देशहरुबीच अन्तरनिर्भता रहेकोले विश्व एक भएर विश्व सरकार संचालन गरी हरेक समस्यामा हातेमालो गरी अगाडी बढनु पर्ने ।
  • विश्वमा सामाजवाद, पुँजीवाद वा अन्य वाद कुन उपयुक्त छ विश्व मन्चले बहसको विषय बनाउनु पर्ने ।
  • सामाजिक संजाल, सूचना प्रविधि, व्यवसायको सामाजिक उत्तरदायित्व, डिजिटल विश्वको महत्वको बोध गराएको छ ।
  • प्राकृतिक शक्ति सामु मानविय दम्भ,घमण्ड, हिंसा, धन, रसायनिक हतियार तथा मानवीय स्वास्थ नै धन हो भन्ने उखान चरितार्थ पुनः चरितार्थ गरि दिएको छ ।

बच्ने उपायहरुः
माहामारी कोरोना संक्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ संगठन, विश्व व्यापार संगठन, अन्य अन्तराष्ट्रिय संघ संगठन, सरकारहरु,नागरीक, सबैले सचेत हुनु जरुरी छ ।

  • सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्ने,
  • सरकारले नागरिकलाई यस बारे समयमै सावधानीका उपाय, बच्ने उपाय बारे जानकारी गराउने,
  • नागरिकले आफनो कर्तव्य सम्झी राज्यले अवलम्बन गरेको नियम पालना गर्ने,
  • स्वास्थ्य सुविधामा सुधार र स्वास्थ्य बिमा लागु गर्नु पर्ने,
  • संचार माध्यम तथा सामाजिक संजालले सुचनामुलक, मनोरञजनात्मक र सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने ।
  • प्रत्येक नागरीकले सम्यक आहार, सम्यक बिहार, सरल जीवलशैली, योग, ध्यान, आध्यात्मिक चेतनाको विकास गरि सकारात्मक सोच लिई रोग लाग्न नदिने तर्फ सचेत रहने ।
  • गरिब, मजदुर, असहाय,जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तीलाई घरमै स्वास्थ सेवा लगायत आवश्यक सेवा प्रवाह गर्ने ।
  • कोरोना नियन्त्रणको लागि विश्वमा सफल मानिएका बन्दाबन्दी विधी तथा सामाजिक दुरी कायम राख्ने र सकेसम्म सबैमा परिक्षण गर्ने विधि सरकारले अवलम्बन गरि नागरिकले पालन गर्ने ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पर्ने प्रभावहरु
कोरोना विश्वभरि फैलिरहेकोले नेपाल पनि यसबाट अछुतो रहन सकेन । विश्व तथा नेपाली अर्थतन्त्रमा निम्न प्रभावहरु पर्न सक्छनः

  • विश्वका आर्थिक शक्ति राष्ट्रहरुको आर्थिक बृद्धिमा संकुचन आउन सक्ने तथा नेपालमा आर्थिक बृद्धि २ प्रतिशत भन्दा कम हुने विश्व बैंकद्धारा प्रक्षेपण गरिएको,
  • उद्योग, कलकारखाना, खानी, निर्माण बन्द भएको तथा विकास कार्यमा संकुचन ल्याउने,
  • व्यापार, व्यवसाय, पर्यटन, होटल व्यवसायमा सुस्तता,
  • नेपालको बैदेशिक रोजगारमा कटौती आई बेरोजगारी बढन सक्ने साथै रेमिटान्समा कमी आई मध्यम वर्गलाई समस्या पर्ने,
  • बिदेशी मुद्रा संचितिमा कमी तथा शोधनान्तर अवस्थामा कमी,
  • शेयर कारोवारमा कमी,
  • बितीय क्षेत्रमा संकूचन आई वितिय स्थायित्वमा कमि आउन सक्ने,
  • कृषि, उद्यम, उत्पादन क्षेत्रमा संकुचन आई भोकमरी सिर्जना हुन सक्ने,
  • बेरोजगारी, माग र आपूर्ती बीच असन्तुलन तथा मुद्रास्फीति बढने,
  • खेलकुद, मनोरन्जन, शैक्षिक क्षेत्र, फिल्म क्षेत्र आदिमा सुस्तता आउने,
  • नेपालीको प्रति व्यक्ति आय तथा क्रयशक्तिमा कमि आउने,

नेपालको अवस्था र देखिएका चुनौतीहरु

विश्व व्यापी रुपमा फैलिएको कोरोना माहामारीबाट नेपाल पनि अछुतो रहन सकेन । आफनै छिमेकमा कोरोना संक्रमण फैलिदा समेत यसको रोकथामको पुर्व तयारी हुन सकेन यद्यपी ढिलै भए पनि नेपाल सरकारले बन्दाबन्दीको निर्णय लिई सबै अन्तराष्ट्रिय सीमा बन्द गरी स्वस्थ्य सेवा तथा परिक्षण कार्यलाई तिब्रता दिएको छ । तीनै तहको सरकार सकृय भएर लागि परेको छ । नेपालमा सर्वप्रथम माघ ९ गते चीनबाट नेपाल आएका बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा सुधार, जनशक्तीमा बृद्धि, जनचेतनामा बृद्धि, विश्व स्वास्थ्य संगठनले दिएका सुझाव तथा निर्धारण गरेका मापदण्डको पालना गरेका कारण एसियाली देशहरुमा संक्रमण बढी फैलिए पनि नेपालमा भने कोरोना संक्रमणका चार अवस्था मध्ये दोस्रो चरणमा रहेको र यसलाई यत्तीमै सिमित गर्न सके मानवीय क्षती न्युन हुने देखिन्छ । नेपाल सामु यसका निम्न चुनौतीहरु हुन सक्दछनः

  • मानवीय क्षती हुन नदिने तथा यसलाई रोकथाम गर्न स्वास्थ्य परिक्षणको दायरा बढाउने, स्वास्थ्य सामाग्री,उपकरण, सेवा बृद्धि गर्ने र बन्दाबन्दी लगायत अन्तराष्ट्रिय सीमामा विश्वभर प्रकोप नियन्त्रण नहुन्जेल सम्म सील गरि कोरोना रोकथामको लागि हरसंम्भव प्रयास गर्नु,
  • स्वास्थ्य सेवामा व्यापक सुधार गरि स्वास्थकर्मी, सुरक्षाकर्मीलाई उत्साहित गर्नु,
  • अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्र समेटिने गरि राहत प्याकेज घोषणा गर्नु,
  • बैदेशिक रोजगार तथा रेमिटान्स आय कायम राख्नु,
  • सीमा घुसपैठ, बन्यजन्तु ओसारपसार, घरेलु हिंसा नियन्त्रण लगायत अन्य अपराध नियन्त्रण गर्नु,
  • कृषि क्षेत्र नै नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकोले यसको लागि बजार व्यवस्थापन तथा अुनुदान घोषणा गर्नु,
  • विभिन्न क्षेत्रमा रोजगारी सृर्जना गरि स्वदेशी उत्पादनमा बृद्धि गर्नु,
  • बिदेशमा रहेका नेपालीको सुरक्षा गर्नु, पर्यटन प्रर्बद्धन गर्नु,
  • निर्माण कार्य अगाडी बढाउनु,सहस्राब्दी लक्ष्य हासिल गर्नु, कारागार व्यवस्थापन, मानव अधिकार संरक्षण गर्नु आदि चुनौती रहेका छन ।

मानव सभ्यता र संकृतिमा पार्ने असरहरु र मानवजातीको भविश्यमा थपिएका चुनौतीहरु

मानिस पनि प्रकृतिको एक उपहार र सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसको प्रकृति प्रतीको व्यवहारले आफनै भविश्य संकटतर्फ उन्मुख गराएको छ । यस्तै माहामारी फैलिएमा र प्रकृति माथिको दोहन नरोकिएमा निकट भविश्यमै मानव अस्थित्व संकटमा पर्ने अनुमान गर्न थालिएको छ । भूकम्प, बाढी पहिरो,सुनामी, अन्य रोगहरुले निश्चित भागको मानव सभ्यतालाई असर गरे पनि कारोना जस्ता माहामारीले सिंगो मानव सभ्यता संस्कृति, मानिसले आर्जन गरेको ज्ञान तथा सिकाई नै संकटमा पर्ने खतरा बढेको छ भने मानिस सचेत भई विवेक प्रयोग गदै अगाडी बढनु पर्ने, जनसंख्या नियन्त्रण, रसायनिक तथा बिषादी हातहतियारको सहि प्रयोग गर्नु पर्ने सकारात्मक शिक्षा पनि प्राप्त गरेका छन अर्थात विज्ञानका उपलब्धीको सहि प्रयोग गर्नुपर्ने संस्कृतिको पनि विकास हुन सक्छ ।

मानिसले चन्द्रमा, मंगल ग्रह, सगरमाथा माथि विजय देखि समुद्रमा बस्ती बसाउने कार्य गरेपनि प्रकृति अनुरुप कार्य गर्न नसकेमा बैज्ञानिक चमत्कारले पनि बिपद संग मुकावला गर्न कठिन हुने गतिलो उदाहरण बनेको छ कोरोना माहामारी । अवको विश्व एक भएर समस्या संग जुध्न नसकेमा विकास कसका लागि र किन भन्ने प्रश्न उठन सक्छ र एक ठाउँमा संकट आउदा मानिस तथा सम्पुर्ण विश्वसमुदायलाई नै चुनौती बन्न सक्छ ।

वातावरण र जीवजगतमा पर्ने असर

मानवीय क्रियाकलाप तथा प्राकृतिक विपदले वातावरण तथा जीवजगतमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्न सक्छ । कोरोना माहामारीको कारण धेरै देशहरुले गरेको बन्दा बन्दीले प्रकृतिमा जीव जन्तु स्वतन्त्रपुर्वक रमाएका, नदीमा स्वच्छ पानी बगेको, स्वच्छ हावा श्वास लिन पाएको, ओजोन तह सफा हुदै गएको, आकाशले धेरै पछि आफनो असली रुप देख्न पाएको, मानिसले पनि आफनो कारण प्रकृतिमा असर परेको सोच विचार गर्ने मौका पाएको र यो पृथ्वी अन्य जीव जगतको पनि हो र यसलाई भविश्यको लागि संचक्षण गर्नु पर्ने महसुस गरेकोले वातावरण तथा जीव जन्तुमा सकारात्मक असर पर्ने देखिन्छ भने आफनो स्वार्थपूर्ती मात्र गरे सबैको अस्थित्व संकटमा रहेको नकारात्मक असर देखिन्छ ।

यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।

 

शुक्लाफाँटा नगरपालिका, ११
कंचनपुर ।

10 comments on "वसुधैव कुटुम्बकम"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X