विनासपछि अर्को विकास

  २०७७ जेठ ३१ गते १८:५४     सुस्मिता न्यौपाने

कोरोना एक सर्वपरिचित र छोटो समयमै विश्वभर बढी प्रयोग भएको रोगजन्य शब्द हो । कोरोना नामक भाइरसको कारणले मानवजातिमा लाग्ने कोभिड १९ रोगले विश्वमा महामारीको रुप धारण गरेको छ । यसको चपेटामा विश्व समूदाय निरिह बनेर बस्नु सिवाय केहि हुन सकेको छैन । विज्ञान र स्वास्थ्य क्षेत्रमा लागेका व्यक्ति व्यक्तित्वहरु रातदिन खटिएर यस विरुद्धको खोप एवम् औषधि विकासमा लागिरहेका भएतापनि हालसम्म सन्तुष्ट रहने अनि खुसी दिने कुनै निकास पत्ता लागेको छैन । यस्तो अवस्थाको बीचमा रहेका हामी आम जनसमूदाय आफ्नो भविष्य, स्वास्थ्य एवम् पुरा जीवनलाई नै लिएर चिन्तित साथै निरास बन्न पुगेका छौँ ।

कोरोना शब्दको शाब्दिक अर्थ ल्याटिन भाषामा क्राउन हो जसलाई नेपालीमा महारानीहरुले आफ्नो शिरमा धारण गर्ने ताज भनिन्छ । यस शुक्ष्म जीवाणु देख्नमा ताज आकारको हुने हुनाले यसको नामाकरण गर्दा ताज रहन गएको भन्ने भनाइ छ । नाम जे जसरी रहेपनि यो अत्यन्तै छिटो फैलने सर्वव्यापी भाइरसको कारण संसारका सम्पूर्ण मानव समूदायको अगाडी यो चुनौतिको रुपमा खडा भएको छ । यसको मुख्य कारण नै हालको मितिसम्म यकिन उपचार पद्धति, खोप तथा औषधि विकास हुन नसक्नु हो जसले समग्र जनमानसमा अझै बढि त्रास एवम् सशंंकित हुने परिवेश सृजना गरेको छ ।

चीनको वुहान भन्ने प्रान्तको पशुपन्क्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको संक्रमण देखिएको थियो । औपचारिक रुपमा सार्स–कोभ–२ नाम दिइएको कोरोना भाइरस चमेराहरुलाई संक्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ । यस भाइरस चमेरोबाट कुनै अज्ञात जनावर हुँदै मानिसमा सरेको भन्ने विश्वास गरिएको छ । अज्ञात जनावर कुन हो भन्ने प्रष्ट नभइसकेको अवस्थाले गर्दा यसले थप संक्रमण पनि निम्त्याउन सक्ने आशंका गर्ने ठाउँ बनाएको छ । कारण जुनकुनै भएपनि यसको फैलनसक्ने दर अत्यन्तै छिटो र धेरै रहेको छ जसका कारण धेरै भन्दा धेरै मानवीय जीउज्यान क्षति गराउने कुरामा दुई मत छैन ।

लेखक

इस्वी संवत २०१९ को अन्तिम महिना डिसेम्बरदेखि यस रोगले आफ्नो प्रभाव देखाउन थालेको हो । बुहान प्रान्तबाट शुरु भएको यो भाइरस संक्रमण २०२० को अप्रिल महिनाको अन्त्यतिर आइपुग्दासम्म यति ठूलो महामारीको रुप धारण गरिसकेको छ कि अब यसको संक्रमणबाट संसारको कुनै पनि देश अछुतो रहन सकेको छैन । संक्रमणलाई तथ्याङ्कबाट आँकडा गर्ने हो भने पनि यो लेख तयार गर्दासम्म मृतकको संख्या दुई लाखको हाराहारीमा पुगिसकेको छ भने रोगीहको संख्या दशौं लाख कटिसकेको छ । संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढिरहेको छ । त्यसो त निको भएर घर फर्कनेहरुको संख्या पनि लाख भन्दा बढि नै छ । यसरी हेर्दा यस भाइरसले सबै मानिसको ज्यान लिन सक्दैन । रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने व्यक्तिहरु यसको संक्रमणलाई जितेर पूनर्जीवन प्राप्त गरेका उदाहरण हामी माझ प्रस्तुत छँदैछ ।

कोरोना भाइरस बाट लाग्ने रोगको वास्तविक नाम कोराना भाइरस डिजिजेज २०१९ (कोभिड–१९) हो । यसका लक्षणहरु खोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने आदि हुन । शुरुमा सुख्खा खोकी र पछि खकार सहितको खोकी लाग्ने हुन्छ । यी लक्षणहरुलाई आराम गर्ने, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । यस्ता सामान्य लक्षण भएका विरामीहरु चाँडै निको हुन्छन् । तर जसमा धेरै गम्भिर लक्षणहरु देखिन्छन् उनीहरुको भने ज्यानै समेत जान सक्छ ।

कोभिड–१९का बारेमा जान अन्जानमा अनेक किसिमका अफवाह फैलाउने र भ्रम सिर्जना गर्ने काम समेत हुन पुगेको छ । यस रोगको निश्चित खोप एवम् औषधि नहुनुले पनि मानिसहरु विकल्प खोज्न अनेक जडिबुटि एवम् अन्य पदार्थहरुलाई औषधि लाग्ने भनेर विस्वास गर्न थालेका छन् । जसलाई अन्धविस्वासको रुपमा पनि लिन सकिन्छ किनकी यी सबै चिजहरुको सेवनबाट कोरोना संक्रमण निको हुने कुनै वैज्ञानिक आधार पुष्टी हुन सकेको छैन ।

लामखुट्टेको टोकाइबाट सर्ने, लसुन खाएर संक्रमण रोकथाम हुने, तिलको तेलले मालिस गरेमा शरिरमा कोरोना नलाग्ने, भारइरसले बृद्धबृद्धालाई मात्र बढी असर गर्ने, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायरले) कोरोना मार्न सक्ने, पुरै शरिरमा अल्कोहल वा क्लोरिन छर्नाले भाइरस प्रवेश नगर्ने, निमोनिया विरुद्धको खोपले कोरोनाबाट जोगाउने, माउथवासले मुख कुल्ला गर्ने, सलाइन पानीले नाक सफा गर्ने, रक्सी पिउनाले कोरोनाले कम आक्रमण गर्ने, धुम्रपान वा चुरोट सेवनले भाइरसलाई असर पु¥याउने र संक्रमण नहुने, नाली वा ढलवाट आउने हावा र गन्धबाट कोरोना भाइरस हुन सक्ने, बोझो, लसुन वा वेसार खाएमा संक्रमणबाट बच्न सकिने आदि भ्रामक प्रचार पनि भईरहेको पाइन्छ ।

यी भ्रमका पछाडि नलागी सहि सूचना लिने र त्यसका पालना गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिको थुक, र्याल अथवा सिँगानबाट अर्को व्यक्तिमा कोरोना सर्न सक्ने, सतहहरुमा परेको र्यालका छिटाहरु अर्को व्यक्तिको हातले चलाएमा सो जान अन्जानमा मुख वा नाकको माध्यमबाट शरिरमा संक्रमण हुन सक्ने चिकित्सक एव स्वास्थ्य संस्थाहरुले जनाउँदै आएका छन् । साबुन पानीले नियमित हात धुने, ह्याण्ड स्यानिटाइजर को प्रयोग गर्ने, मास्क लगाउने, नाक एवम् मुखलाई राम्रोसँग छोप्ने, भिडभाडमा नजाने गर्दा संक्रमणबाट जोखिन सकिन्छ ।

त्यस्तै, संक्रमित व्यक्तिबाट टाढै रहनुपर्छ । यो भाइरसले हरेक उमेर समूहलाई आक्रमण गर्न सक्नेछ । लसुन बोझो बेसार आदि स्वास्थ्यको लागि लाभदायक हुने भएकाले उचित मात्रामा सेवन गर्न सकिने सकिने छ । रक्सी सेवनले कोरोना भाइरस संक्रमण हुनबाट रोक्दैन । अल्ट्राभ्वाएलेट प्रकाशले कोरोना मार्दैन । बरु हात वा अन्य अंगहरुमा एलर्जी गराउँदछ ।

समयसमयमा साबुन पानीले हात धुने र भिजेको हात सुकाउन कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । चीनबाट आएका सामानहरुबाट भाइरस सर्दैन किनकी यो भाइरस बाहिरी वातावरणमा लामो समय बाँच्दैन भन्ने पुष्टी भइसकेको छ । घरपालुवा जनावरहरु कुकुर, विरालोबाट कोरोना सर्ने पुष्टि नभए पनि इकोली र साल्मोनेल्ला जस्ता विभिन्न जीवाणु संक्रमण हुन सक्ने भएकाले ती जनावरहरुलाई छोएपछि साबाुनपानीले हात धुनुपर्छ । यस भाइरस गर्मी जाडो सबै किसिमको तापक्रममा फैलिसकेको छ । मौसमी फ्लु जाडोमा बढी देखिने भएपनि यसमा त्यस्तो हुँदैन । त्यसकारण यसबाट बच्नका लागि नियमित साबुन पानीले हात धुने ह्याण्ड स्यानिटाइजर लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनापटीको भागले मुख छोप्ने अथवा टिस्यु पेपरले छोप्ने आदि गर्नु नै उत्तम उपाय हो ।

यस रोग लागेका व्यक्तिहरु कतिपय पूर्णरुपमा निको हुन्छन् भने कतिपय संक्रमितको ज्यानै जाने गरेको छ । संक्रमण पूर्ण रुपमा निको हुन पनि निकै लामो समय लाग्ने अहिलेको अवस्थाले देखाएको छ । एकजना व्यक्ति कतिसम्म बिरामी परेको छ भन्नेले पनि निको हुन लाग्ने समय निर्भर गर्दछ । त्यस्तैगरी व्यक्तिको प्रतिरक्षा प्रणाली कति मजबुत छ यसले पनि भाइरस संक्रमणको असरमा फरक पार्दछ । उमेर, लिङ्ग, तथा अन्य स्वास्थ्य समस्या जस्ता विषयहरुले कोभिड–१९ रोगबाट को कति हदसम्म बिरामी हुन्छन् भन्ने निक्र्यौल गर्छ । यो संक्रमण भएको सातदेखि दशदिन भित्र गम्भिर असर देखाउन थाल्दछ । यो परिवर्तन निकै तिव्र गतिमा हुन्छ । विरामीलाई सास फेर्न गाह्रो हुन थालेसँगै फोक्सो सुन्निन थाल्दछ । यस्तो हुनुको कारण शरिरको प्रतिरोधात्मक प्रणालीले भाइरससँग लड्ने क्रममा अत्याधिक प्रतिक्रिया जनाउँछ, जसले गर्दा शरिरमा अन्य जटिलताहरु देखा पर्दछन् । सास फेर्न समस्या भएकाहरुलाई निको हुन धेरै समस्या पर्दछ ।

यस किसिमको प्राणघातक रोगको महामारीबाट गुज्रिरहेको विश्व समुदायलाई शारीरिक मात्र नभइ मानशिक, आर्थिक एवम सामाजिक रुपमा पनि नराम्रोसँग गाँजेको छ । शाब्दिक रुपमा अर्थ खोज्ने हो भने पनि महामारी भनेको शार्वदेशिक अर्थात सबै ठाउमा फैलेको भन्ने हुन्छ । यसरी हेर्दा कोरोना भाइरस महामारीको रुपमा रहेर समग्र पृथ्वीका मानिसहरुलाई नै आक्रमण गरिरहेको छ । पृथ्वीका हरेक मानिस यसै रोगको बारेमा सोचिरहेका छन अनि चिन्तित बनेका छन् । विश्वका धेरै जसो देशहरुका धेरै जसो स्थानहरु लकडाउन भइरहेका छन् ।

विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन ।

कोरोना भाइरसले विश्वमा आक्रमण गरेसँगै सम्पूर्ण मानव समूदाय आफ्नो भविष्यलाई लिएर चिन्ताको अवस्थामा छ । रोग लाग्नेहरु जीवन कसरी बचाउने भन्नेमा छन् भने संक्रमण नभएकाहरुको अवस्था पनि यो भन्दा खासै फरक छैन । विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन । श्रमिकको श्रम गर्ने वातावरणमा तुषारापात गर्दै कोभिड १९ जस्तो भयानक रोगले हामी सबैलाई घरभित्रै थुनिएर रहन बाध्य पारेको छ । जुन हामी सबैको स्वास्थ्य संकटको हिसाबले उपयुक्त बच्ने उपाय पनि हो ।

कोरोना भाइरसले असर नपारेको कुनै त्यस्तो क्षेत्र छैन चाहे त्यो ठुल्ठुला व्यापारका क्षेत्र होस् या त ससाना मजदूरी, चाहे त्यो कृषि होस् या त रोजगारी । जनधनको ठूलो क्षति एकातिर भइरहेकै छ, अर्कातिर विश्व अर्थतन्त्रलाई नै धरासायी बनाउन यसले मद्दत पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघको स्थापनापछिकै गम्भिर सङ्कटका रुपमा यसलाई लिइएको छ । विश्वका शक्ति राष्ट्रहरु चीन, अमेरिका, जापान, इटाली, बेलायत जस्ता मुलुकहरुको पनि अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा तिनका आन्तरिक तथा बाह्य व्यापार असफल भएका घटनाहरुले प्रमाणित भइरहेका छन् ।

यसकारण पनि यसको प्रभाव विकशित र विकासोन्मुख दुबै खाले देशहरुमा परिरहेको छ भन्न सकिन्छ । विश्व अर्थतन्त्र दशकौँ पछाडि धकेलिइरहेको कुरा विभिन्न अनुसन्धाताहरुले खुलासा गरिरहेका छन् । विकासोन्मूख देशको आयात तथा निर्यातको अवस्था झनै विकराल परिस्थतिबाट गुज्रिरहेको हामीमाझ प्रष्टै छ । हालसम्म एक करोड भन्दा बढि मानिसहरुले आफ्नो रोजगारी गुमाइसकेका छन् । अझै यो संख्या बढ्ने पनि सोझै अनुमान लगाउन सकिन्छ । बैङ्क तथा वित्तीय क्षेत्रहरुमा यसको प्रभाव त्यत्तिकै बढि छ । उनीहरुले बचतकर्तालाई बचतफिर्ता गराँउनु पर्ने अवस्था छ भने बचत राख्नेको संख्या शुन्य जस्तै हुन पुगेको छ । आम्दानी, बचत र लगानीका बीचमा तालमेल नमिल्नुले पनि असन्तुलित अर्थव्यवस्थालाई झल्काइरहेको छ ।

हाम्रो भविष्य माथि आइपरेका केहि प्रमूख संकटहरुलाई निम्नानुसारका बुँदाहरुमा प्रस्तुत गरिएका छन्ः 

  • रोजगारी गुम्ने सम्भावना,
  • खर्चमा बृद्धि, आम्दानी शुन्य,
  • श्रम नपाइने र ज्यालादर घट्ने सम्भावना,
  • बैङ्क तथा वित्तीय क्षेत्रबाट प्राप्त हुने व्याजदर घट्ने सम्भावना,
  • औद्योगिक उत्पादकत्व घट्ने सम्भावना,
  • प्रतिव्यक्ति आय घट्ने सम्भावना,
  • जनसाङ्ख्यिकीमा प्रभाव,
  • मानव मानशिकता कमजोर हुने सम्भावना आदि ।

दिन पछि रात आउँछ, अध्यारो पछि उज्यालो । हरेक समस्या भित्र सम्भावना लुकेको हुन्छ भनिन्छ । विकासका लागि विनास भइरहेको हुन्छ भने विनासले फेरि अर्को विकासको सम्भावना बोकेकै हुन्छ । हरेक समस्याका पछाडि सकारात्मक आँखाले हेर्ने हो भने सम्भावना र अवसरहरु सँगसँगै हुन्छन् । वि.सं.२०७२ सालको भूकम्पलाई सम्झिदा पनि त्यस किसिमको विनासले गाँउगाँउमा विकासको अनेक ढोका नखुलेका होइनन् । त्यसो भन्दैमा हामीलाई विनास एवम् महामारी आवश्यक छ भन्ने त होइन । तर पनि समस्या र चुनौतिसगँ डटेर नलड्ने हो भने आर्थिक र सामाजिक रुपमा त छँदैछ मानशिक रुपमा पनि हामी विचलित हुन पुग्छौँ । जसको प्रत्यक्ष प्रभाव व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वमा नै पर्न सक्दछ ।

भोलिको दिन कसैले देखेको छैन, अनुमान लगाउने सम्म हो । हरेक घटनाहरुलाई सामान्यिकरण गरेर सोचौँ तर पाइलापाइलामा सचेतता पनि अपनाऔँ । सरकारको नियम एवम् अनुरोधको पालना गर्नु आँफैमा बुद्धिमानी हो भने रोग फैलनबाट जोगाउने सर्वोत्तम उपाय पनि यहि हो । लकडाउन सरकारको लागि नभएर हामै्र जीवन बचाउने प्रयासको परिणाम मात्रै हो । आफू पनि बाँचौँ अरुलाई पनि बाँच्ने वातावरण सृजना गरौँ ।

[email protected]

7 comments on "विनासपछि अर्को विकास"

  • Shyam Raja Timalsina says:

    So nice article. Best of luck

  • purushottam Neupane says:

    लेख राम्रो लागयो सबैले पढ़नूहोला !
    सुस्मिता बहीनी लाई सफलताको सुबकामना छ ।

  • A good article abut before reading and the best will be expected so after I read.

  • Dipendra Pokhrel says:

    It seems more useful descriptive essay providing on outcomes of COVID rather than an article as per title. Very few lines discussed at last per title. If the title is changed it will be an article per content.

  • Susmita says:

    @DipendraPokhrel sir, The main title was “कोरोना महामारी र हाम्रो भविष्य” before writing. Later, the competition organizer put the topic according to the content of the essay which they found more relevant.

  • Sita Neupane says:

    Nice article

  • Shyam Raja Timalsina says:

    Dherai ramro chha. Best of Luck

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.