हतियार र सम्पत्ति भन्दा एक मुठ्ठी सास ठूलाे

  २०७७ जेठ २२ गते ८:५९     अर्चना अधिकारी

जनवरीको सुरुवाती आवस्थामा सुनिएको कोरोना भाइरस चीनमा रहुन्जेल खासै त्रासको विषय थिएन । खाना खाने बेलामा साथीहरु माझ एउटा नयाँ शीर्षक भने थपिएको थियो । अमेरिकी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साथीहरुसंग अध्ययनरत भएको हुदाँ घरमा बसेको भन्दा अलि छिट्टै समाचार चाहिँ पुग्दो नै रहेछ, अनि बढी चासोको विषय पनि बन्न पुग्दो रहेछ । विस्तारै चीनको वुहानमा निस्किएको भाइरसले चीनलाई हल्लाउन थालेपछि चिनियाँ साथीहरु केही बिचलित हुन थाले । आफूसँगै बसेर खान खाएको चिनियाँ साथीले आफ्नो आमा बुबा घरबाट ननिस्किएको एक महिना भएको बताउँदा भने आफ्नै मान्छेलाई गाह्रो भए झैँ महशुस भयो र अनि बल्ल महामारीले आफ्नो वरपर छोएको अनुभव भयो ।

आजको मितिमा यो भाइरसले संसार भरि तहल्का नै मच्चाएको छ । हाम्रो मुलुकमा संक्रमण विस्तारसँगै भयावह वातवरण सिर्जना भएको छ । विश्वभर संक्रमित र मृतककाे संख्याबारे समाचार सुन्दा  जिउ नै सिरिङ्ग भएर आउछ । कसैले आफ्नो घरपरिवारका सदस्य गुमएका छन्, कसैले छरछिमेक गुमाएका छन् त कसैले राष्ट्रका प्रमुख व्यक्तित्वहरु गुमाएका छन् । सारा संसारलाई नै अहिले सोकाकुल परेको यो भाइरसले फेब्रुअरीको आधाआधीसम्म भने हाम्रो विश्वविद्यालयलाई खासै प्रभाव पारेको थिएन । तर फेब्रुअरीको अन्त्यसंगै इटालीको रोममा केहि समाएको लागि पढ्न गएका हाम्रो विश्वविद्यालयका विद्यार्थीहरु तत्कालको शैक्षिक सत्र नै पुरा नगरी अमेरिका फर्कनु पर्यो र हाम्रो विद्यालयले प्रवेश निषेध गर्दा घर गएर थन्किनु परेको समाचार सुन्नमा आयो । आफूले चीनेको साथीहरुलाई महामारीले प्रभाव पारेको थाहा पाएपछि त यो मनलाई त्रसित हुन कति नै बेर लाग्दो रहेछ र ?  चार पाँच दिन अघिसम्म चीनको समस्या लागेको यो भाइरस अभ बिस्तारै साउथ कोरिया, इटाली, इरान, जर्मनी हुदै अमेरिका सम्मै पुगेको थियो ।

अमेरिकामा निकै चर्चा बढेपछि चीनको छिमेक मै रहेको हाम्रो नेपालमा झन् यसले के कस्तो दुविधा ल्याएको छ त जान्न मन लग्यो । घरमा फोन गरेर बाबा आमालाई यस्ले दैनिकी जीबनमा पारेको कठिनाई बारे सोधे । सामन्य दिनचर्यालाई रोगले त्यति बेलासम्म खासै नछोएको भए तापनि वुहानमा रहेका नेपाली बिद्यार्थीलाई नेपाल सरकारले उद्दार गरेसंगै यो रोग नेपाली जनसमुदायमा चर्चा को बिषय चाहिँ बनेको थाहा पाएँ । नेपाल सरकारको सो व्वस्थित उद्दार कार्य, चौधौ दिनसम्मको क्वारेन्टिन निरीक्षण र विद्यार्थीहरुलाई गरिएको सहज व्यवस्था बारे सुन्न पाहुँदा निकै गर्व पनि लगेर आयो ।

लेखक

फेब्रुअरीको अन्त्यसंगै विश्वभर कोभिड १९ नामक भाइरसको संक्रमण र मृत्युदर घातिय रुपमा बढ्न थाल्यो । एघार मार्चको दिन विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई विश्व महामारी घोषणा गरेसंगै सारा वातावरणमा डर र त्रासको माहोल छायो । विश्वविद्यालयमा भने ठ्याक्कै सधै चलिआएको शैक्षिक सत्रको बीचमा दिइने एक हप्ते बिदा चलिरहेको थियो । अब अमेरिकाको विभिन्न राज्यमा छरिएका विद्यार्थीहरुलाई एकै ठाउँमा बोलाएर आध्यापन पुनर्संचालन गर्ने स्थिति नै रहेन । यस्तो स्थितिमा अन्तर्राष्ट्रिय विद्यार्थी हुँदा र आफ्नो क्याम्पस बाहेक अन्त खासै जाने ठाउँ नहुँदा चाहिँ अलिक बढी नै तानव महशुस हुँदोरहेछ । चटक्क घर जाऊ, फेरी क्याम्पस पुनर्संचालन हुने हो कि भन्ने डर, घर नजाउ त कतै यो अनिश्चिततामा अलपत्र परिने हो कि भन्ने डर । त्यतिकैको अलमल, अन्योल, अनिश्चितता र प्रशासनिक निर्णयको पर्खाईमा २/४ दिनहरु बिते ।

तत्कालीन परिस्थितिलाई मूल्यांकन गर्दै विश्वविद्यालयले बाँकिको शैक्षिक सत्र अनलाइन गर्ने निर्णय लियो । सो समाचारका साथै दिमागमा अनेकौ तरङ्गहरुका कुस्ती सुरु भए, अनेकौ विचारहरु तराजुमा जोखिए । घर जाने भन्ने बित्तिकै हवाई टिकट सस्तो छैन, सारा संसारमा रोग फैलिएको बेला बाहिर हिड्न डर नै छ, २४ घण्टा भन्दा कम समाए लाग्ने जहाज पाइदैन र बाटोमा कतै रोग समातेर घर पो लाने होकि भन्ने जोखिम पनि विचार गर्नै पर्यो । त्यस्ता त्यस्ता विचारहरुले मन गरुङ्गो भएको अवस्थामा नेपालले मार्च २० देखि अन्तराष्ट्रिय विमानमाथि रोक लगाउने खबर पाए । अनेकौ विचारहरुको कुस्तिले थाकिसकेको हुँदा धेरै नसोची अमेरिकामा अलपत्र पर्नुभन्दा घरै जान ठिक लाग्यो र सोहि दिन टिकट काटी चार घण्टामै कोठामा रहेको सबै समान प्याक गरि म एरपोर्ट तर्फ लागे ।

कोठामा बस्दा धरी मन आत्तिएर छिनछिनमा साबुन पानीले हात धुन मन लाग्ने मलाई अब २६ घण्टाको लामो यात्रा गर्नु थियो । एयरपोर्टमा पुगेपछि कोहि मानिसको नजिक नपर्न र कोहिसँग बोल्न परिहाले कम्तिमा पनि एक मिटरको दूरी कायम गरेर मात्र बोल्न बडो सतर्कता अपनाएँ । विमान चडेपछि पनि आफ्नो सिट, सिट अगाडी रहेको तक्ता लगायत अरु आवश्यकमा आउने सामग्रीलाई आफूसँग भएको स्यानिटाइजर लगाएर सफा गरे । मेरो छेउमा मास्क लगाएर बसेकी यात्रीले पनि आफ्नो रुमालमा स्यानिटाइजर हालेर पुछ्दै थिइन् र हामी दुवैले एक अर्कालाई हेरेर यात्रामा आएको असहजताको भाव साटासाट गर्यौ । पहिलो विमानबाट झरेपछि इस्तानबुलमा आठ घण्टा कुर्नुपर्ने थियो । त्यो आठ घण्टा पनि कसैको सम्पर्कमा नआउन अति नै चनाखो भई बसे । करिब ६ घण्टा पछि नेपाल आउने विमानको गेटतर्फ लागे । गेटतिर जाँदा फ्याट्ट फुट्ट नेपाली आवाज सुनिन थाल्यो । त्यहाँ विमानको टर्मिनलमा पुग्दा त नेपाल नै पुगे झैँ भयो । विभिन्न देशबाट आएका नेपालीहरुको जमात नै भेटियो । त्यो विमानमा सायदै नेपाली बाहेक अरु कोही थिए होला जस्तो लाग्यो । नेपालीहरु कोही हाँसो ठट्टा गर्दै बसेका, कोही आफ्ना छोराछोरी सँगको बसोबासका कथा सुनाइरहेका, कोही भाइरस कै महामारीका विषयमा टिकाटिप्पणी गरिहहेका त कोहि घर फर्कदाको उत्साहले आनन्दित बसेका नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई देख्दा निकै आत्मियता पलाएर आयो ।

आत्मियता छँदाछँदै पनि विभिन्न देशबाट आएका त्यी यात्रुहरुसँग बोल्नु त्यति उचित लागेन । बरु अलिकत पर गएर बसे ।
त्यहाँ नेपालीका त्यतिका हुल देखेर विमान भरी विभिन्न विचारहरु उठ्न थाले । अधिकांश नेपालीहरु पढाई, रोजगारी तथा भेटघाटको शिलशिलामा विदेशिएका छन् । महामारीका कारण ती विदेशिएका नेपालीहरुको नेपाल आउने क्रम बढ्दो छ । यतिका सङ्ख्यामा हामी नेपालीहरु हरेक दिन नेपाल ओहिरो लागेकै होलाऊ । यी नेपालीहरु पुनः देशको विभिन्न भागमा फैलने नै छन् । त्यस्तो अवस्थामा नेपालमा यो भाइरस फैलने सम्भावना चरम शिखरमा पुगेको देखे । विमानबाट ओर्लेपछि नेपाल सरकारद्वारा जारी गरिएको एउटा फारम बुझाउन पर्ने थियो, जसमा आफूलाई रोगको लक्षण नदेखिएको र आफू १४ दिन क्वारेन्टिनमा बस्ने कुरा उल्लेख गर्नुपर्ने थियो । तर कतिले त्यो फारम नै ल्याउन छुटाए त कतिले फारम भरेर पनि पेश गर्ने ठाउँ पत्तो लाएनन् । त्यस्तो फितलो कार्यले के यो रोग फैलन नदेला त भन्ने शंका लामो समयसम्म मनमा गडिरह्यो ।

आत्मियता छँदाछँदै पनि विभिन्न देशबाट आएका त्यी यात्रुहरुसँग बोल्नु त्यति उचित लागेन । बरु अलिकत पर गएर बसे । त्यहाँ नेपालीका त्यतिका हुल देखेर विमान भरी विभिन्न विचारहरु उठ्न थाले । अधिकांश नेपालीहरु पढाई, रोजगारी तथा भेटघाटको शिलशिलामा विदेशिएका छन् । महामारीका कारण ती विदेशिएका नेपालीहरुको नेपाल आउने क्रम बढ्दो छ । यी नेपालीहरु पुनः देशको विभिन्न भागमा फैलने नै छन् । त्यस्तो अवस्थामा नेपालमा यो भाइरस फैलने सम्भावना चरम शिखरमा पुगेको देखे ।

निकै जोगिने प्रयास गर्दै आएको म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान क्षेत्रको दृश्यले एकै छिन सातो नै लियो । नेपालमा केबल एक व्यक्तिमा मात्र लागेको र त्यो पनि निको भैसकेको अवस्थामा यस महामारीलाई हामी नेपालीहरुले त्यति गम्भीर रुपमा लिएको मानिन । बहिरबाट आएको म केही लिएर आएको छु भने अरुलाई सर्न सक्ने डरले सकेको दुरी बनाउने कोशिस गरे तर विमानस्थलको घन्चमंचले मलाई धकल्यो नै । जसोतसो जोगिँदै जोगाउँदै म आफ्नो घर चितवन पुगे ।

घर पुगेर मात्र मनमा शान्ति नहुँदो रहेछ । झन् आफूले घर परिवारलाई रोग सार्ने होकी भन्ने डरले सतायो । आफ्नो कोठामा नै बसिराख्ने, आफ्नो समान आफै सफा गर्ने र घर परिवारका सदस्यसँग घुलमिल पनि नहुने गरेँ। म आएको केही दिनपछि नै नेपालमा लकडाउन सुरु भयो । तर अधिकांश नेपाली जनता अशिक्षित भएको र कोरोनालाई गम्भिरताका साथ नलिएको कारण लकडाउन पनि खासै राम्ररी पालना भएको समाचार सुन्न पाइएन । एकातिर अशिक्षित वर्गलाई लकडाउनको महत्तो बुझाउन गाह्रो भएको र अर्कोतिर दिनहुँ ज्याला मजदुरी गरेर खाने निम्नवर्गीय नेपालीलाई राहत पुर्याउन नसकेको स्थितिमा यो महामारी रोक्न सरकारलाई हम्मे हम्मे नै पर्ने देखिन्छ । अझ यसमाथि पनि स्वास्थ्य सुविधाको कमी, अस्पतालमा जाँचपड्ताल र सामग्रीको कमी, अनि निजी अस्पतालहरुले हात उठाएको अवस्थामा यदि यो सङ्क्रमणले उग्ररुप लिएको खण्डमा यसलाई व्यवस्थित गर्न नेपाललाई चुनौतिपूर्ण नै देख्दछु । १४ दिनसम्म कुनै पनि लक्षण बिना बस्न सक्ने यो भाइरसलाई रोक्ने एक मुख्य उपाय नै जतिसक्दो धेरै मात्रमा जाँचपड्ताल गर्नु हो तर विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र हुनाले परिक्षणले गति लिन सकेको छैन । यति मात्रै नभएर अहिले मुख्य रुपमा भारतमा सङ्क्रमित सङ्ख्या बढ्दो छ र खुला सीमाना भएको हुँदा लकडाउनलाई अटेर गरी भारतीय सीमानाबाट जबर्जस्ती छिर्ने, क्वारेन्टिनमा राखिएकाहरु क्वारेन्टिन छाडेर भाग्ने जस्ता स्वभावले अझ त्रासको वातावरण सिर्जना गरेको छ । यस्तो प्रवृत्ति पछि बिस्फोटको रुपमा नदेखिएला भन्न सकिन्न ।

अरु जे जस्तो भएपनि पछिल्लो समयमा स्थानीय तहमा गरिएका कार्यहरु मलाई प्रशंसनीय नै लगे । म १४ दिन स्वतः क्वारेन्टिनमा रहुन्जेल वडा कार्यालयका अध्यक्ष र स्थानीय प्रहरी दिनहुँ निरीक्षण गर्न आउने, कुनै लक्षणहरु देखापरेको छ छैन सोध्ने, परीक्षण गर्ने जस्ता कार्य देख्दा चाहिँ यसतर्फ केही प्रयास भइराखेको छ है जस्तो लायो । विदेशबाट आएकाहरुको खोजी र निरीक्षण भएको थाहा पाउँदा मात्र पनि कताकता ढुक्क भए झैँ लाग्यो । सबै नागरिकहरु आफै सचेत भइ लकडाउनको राम्रो पालना गरी घरभित्रै बसेको समाचार सुन्न पाए अझै कति ढुक्क हुने थियो होला ।

वडाध्यक्ष, प्रहरी इन्चार्ज र स्वस्थ्यकर्मीद्वारा निरीक्षण हुँदै

तर लकडाउनको नाम मात्रै जपेर बस्न सक्ने स्थिति पनि हाम्रो छैन । नेपाल एक गरिब विकासोन्मुख राष्ट्र हो । आफ्नो आन्तरिक आम्दानीले प्रसासनिक खर्च धानिन हम्मे पर्ने हाम्रो मुलुकमा निर्माणका कार्य योजनाका लागि वैदेशिक लगानीको आवश्यकता त पर्छ नै । सस्तो व्याज दरमा लगानी गर्दै आएका मुलुकहरुको आर्थिक वृद्धि दर घट्नाले त्यसको असर नेपालको निर्माण कार्यहरुमा पर्न जान्छ । अन्य राष्ट्रहरुको सहयोग घट्नुका साथै रेमिटान्सबाट चल्दै आएको हाम्रो देशमा अधिकांश विदेशीएका नेपालीहरु घर आएर थन्किएपछि त्यसतर्फको आम्दानी पनि खस्किन्छ नै । यसले नेपालमा आर्थिक मन्दी ल्याउने कुरामा कुनै दुई मत नै छैन । नेपालमा मात्र नभईकन यी समस्याहरु नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरु सबैले भोग्ने नै छन् ।

नेपाल र गरिब राष्ट्रहरुमा मात्र नभएर आर्थिक मन्दीले पुरा संसारलाई नै हल्लाउने छ । विश्व बैंकले गरेको आकलन अनुसार दक्षिण एसियामा मात्र ४० वर्षमा सबभन्दा बडी आर्थिक वृद्धिदर घट्ने सम्भावना देखाएको छ । साथै अन्तराष्ट्रिय मुद्रा कोष बमोजिम “सन् १९३० पछि को सबैभन्दा ठूलो आर्थिक मन्दी यो महामारी ले निम्त्याउने देखिन्छ” । धनी राष्ट्रहरुमा पनि आफ्नै मुलुकमा बेरोजगारी र गरिबका संख्या बढ्ने हुँदा अरुलाई सहयोग गर्न गाह्रै पर्छ । धनी राष्ट्रहरुमा पनि ठप्प परेका ठूला ठूला कल कारखानाले खरबौं नोक्सान गरि आर्थिक वृद्धिदर घट्ने छ । साथै ठप्प व्यापार व्यवसायले पनि त्यसमा प्रतिकूल असर थप्ने नै छ । सारा विश्वको अर्थतन्त्रलाई हल्लाएर तहसनहस पार्ने काम यो महामारीले गर्नेछ ।

तर गहिराइमा पुगेर सोच्दा यो महामारीले हामीलाई दिएको सन्देश पैसामात्र सबथोक नभई मानवताको महत्त्व बुझाउनु पनि हो । आज धनी गरिब सबैलाई यो रोगले समातेको छ । पैसा हुनेहरु पनि उपचार अभावमा मर्न बाध्य छन् । हातहतियार र पैसा भन्दा प्रकृति नै बलियो पो रहेछ । खै त ठूला ठूला बम बारुदले यसलाई मार्न सकेको ? साँच्चै यो त मानव सव्यतालाई नै प्रकृतितर्फ फर्क भनेर दिएको संकेत त होइन ? यस्ता महामारीको बेलामा एक राष्ट्रले अपनाएको असल नीतिको अबलम्बन अर्को राष्ट्रले गर्ने, जाँच किट लगायत स्वास्थ्य सामग्रीको सहयोग आदानप्रदान गर्ने, राहत अनुदान उपलव्ध गराउने जस्ता कार्यमा भएको थोरै प्रगतिले चाँहि मानवीयता केहि हदसम्म बचेकै रहेछ भन्ने लाग्यो । आखिर मानिसको एक मुट्ठी सास भन्दा ठूलो के नै रहेछ र ? हातहतियार र सम्पतिको लागि होडबाजी होइन, मानव कल्याणका लागि केही गर्नुपर्ने समय हो यो ।

गहिराइमा पुगेर सोच्दा यो महामारीले हामीलाई दिएको सन्देश पैसामात्र सबथोक नभई मानवताको महत्त्व बुझाउनु पनि हो । आज धनी गरिब सबैलाई यो रोगले समातेको छ । पैसा हुनेहरु पनि उपचार अभावमा मर्न बाध्य छन् । हातहतियार र पैसा भन्दा प्रकृति नै बलियो पो रहेछ । खै त ठूला ठूला बम बारुदले यसलाई मार्न सकेको ? साँच्चै यो त मानव सव्यतालाई नै प्रकृतितर्फ फर्क भनेर दिएको संकेत त होइन ?

यो महामारीबाट विश्व समुदायले लिनुपर्ने ती सन्देश सँगसँगै नेपाली सभ्यता र संस्कृतिप्रति मेरो विश्वास अझ दरिलो भएको छ । साँच्चै ‘अतिथि देवो भव’ भन्ने पूर्वीय संस्कृति, दुई हात जोडी गरिने नमस्कार, प्राणी र वनस्पतिको संरक्षण, दान दिने चलन, योग र ध्यान आदिजस्ता हाम्रो परम्परा साँच्चै वैज्ञानिक रहेछ । यी सबै अब पश्चिमाहरुका लागि पनि चाखका विषय बनेका छन् । अन्तर्राष्ट्रिय जगत र पश्चिमा सस्कृतिप्रति आकर्षित हाम्रै नेपालीहरुलाई पनि अब आफ्नै प्यारो सस्कृति र परम्पराको प्रशंसा गरी फर्कने मौका आएको छ । यसले समस्त पूर्वीय सस्कृतिका सारा अनुयायी त्यसमा पनि हामी नेपालीहरुको शिरगर्वले ठाडो भएको छ ।

कोभिड १९ नामक महामारीले मानव जीवनप्रति राक्षसी रुप प्रदर्शन गरे पनि वातावरणका लागि भने वरदान नै सावित भएको छ । सारा विश्वमा ठप्प भएका कलकारखाना, यातायातका साधनहरु, अनावश्यक भिडभाड र कोलाहलबाट पृथ्वी मुक्त भएकी छिन् । धुलो र धुवाबाट वातावरण सङ्लिने अवसर मिलेको छ । हावा, पानी र माटोमा प्रदूषणको मात्रा घटेको छ । यी सबैका बावजुद दिनदिनै बढ्दो क्रममा रहेको मृत्युको चित्कार, दाहसस्कार गर्न नपाएका लासका चाङ र मलिन मानव अनुहारले भने पक्कै पनि वातावरणलाई पनि सही शान्ति मिलेको छैन होला । वातावरणमा देखिएको जतिसुकै अनुकुलता मूल्यांकन गर्न खोजे पनि यो महामारीले मानव जगतमा भित्राएको त्रास, पीडा र व्याकुलतालाई कसै गरे पनि मेटाउन सकिदैन । भोलिका दिनमा यसको भ्याक्सिन पत्ता लगाए पनि यसले मानव जीवनका विभिन्न क्षेत्रमा पुर्याएको अपुरणीय क्षति भविष्यको लामो समयसम्म रहिरहने छ । प्रथमतः मानिसलाई त्रास मुक्त भै सामान्य जीवनमा फर्कन नै कति समय लाग्ने हो पत्तो छैन । सामान्य जीवनमा फर्केपछि पनि बन्द भएका उद्योग खोल्न, बेरोजगारलाई रोजगार दिन, बन्द व्यवसाय सुचारु गर्न र जनजीवनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बन्दोबस्ती मिलाउने काम कम चुनौतिपूर्ण हुने छैन । यी सारा कुरा समेटेर देशलाई पहिलेको अवस्थामा पुर्याउन पनि अनेकौं महिना र वर्ष लाग्न सक्छ । कतिले आफ्ना छिमेकी र घर परिवार गुमाएका छन् त्यो घाउ भरिन सारा जीवन पनि लाग्न सक्छ । तसर्थ विभिन्न देश र वैज्ञानिकले यस महामारीको उपचार जति चाँडो पत्ता लगाएता पनि यसको असर लामो समय रहिरहने छ ।

नेपाली सभ्यता र संस्कृतिप्रति मेरो विश्वास अझ दरिलो भएको छ । साँच्चै ‘अतिथि देवो भव’ भन्ने पूर्वीय संस्कृति, दुई हात जोडी गरिने नमस्कार, प्राणी र वनस्पतिको संरक्षण, दान दिने चलन, योग र ध्यान आदिजस्ता हाम्रो परम्परा साँच्चै वैज्ञानिक रहेछ । यी सबै अब पश्चिमाहरुका लागि पनि चाखका विषय बनेका छन् ।

अन्त्यमा जे होस् अब हामीले विगतको र भविष्यको चिन्ता मात्र नलिई वर्तमान अवस्थामा गर्नुपर्ने कामप्रति सजगता अपनाउनु पर्छ । सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्ने, सामाजिक दूरी कायम राख्ने, घरपरिवार छरछिमेकमा चेतना फैलाउने अनि आवश्यक काम बाहेक घर बाहिर ननिस्किने जस्ता एउटा नागरिकको स्तरबाट गर्न सकिने सरसहयोग पुर्याउने गर्नुपर्दछ । त्यसैगरी सरकारले पनि तत्काल राहत व्यवस्थित गर्ने, संचारसाधनका पहुच आम नागरिकसम्म पुर्याउने, तथा क्वारेन्टिन, आइसोलेशन र रोग पुष्टि भई उपचाररत व्यक्तिहरुलाई आवश्यक सहयोग र निगरानी गर्नु पर्ने देखिन्छ । भावी दिनहरुमा यसबाट पाठ सिकेर पूर्व तयारीमा ध्यान दिने, स्वस्थ्य र शिक्षा क्षेत्रमा प्रशस्त बजेट विनियोजन गरि पूर्वाधार, सामग्री, जनशक्ति जस्ता कुराको पूर्व तयारी गर्ने कुराहरुमा ध्यान पुराउनु अति आवश्यक छ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीका अवसरहरु पहिल्याई देशको खस्किदो आर्थिक अवस्थालाई उकास्न ठोस कदम चाल्नु पर्ने देखिन्छ । हरेक नागिरकले पनि यो कठिन परिस्थितिमा संयमतापूर्वक आफू बाच्ने र अरुलाई बचाउने कार्यमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्न सबैसँग अनुरोध छ ।