प्रलय

  २०७७ वैशाख २९ गते १९:५८     अशोक थापा

हे नापनक्साको मात्र आधाउधी
मानव तिमी सुकिलामुकिला
कत्रो यो दम्भ, किन कसैलाई हेला
दुई दिने जिन्दगीमा कस्तो गनाउने खेला ?

श्रृष्टि झैँ लामो बाँचेको यो धर्तीमा
जिन्दगीभन्दा अधिक छैन तिम्रो चोला
तैपनी यो छिछि, दुर्रदुर्र र हुँकार
कठै मृत्युभन्दा पर कहाँ पो पुग्छौ होला ?


हे नापनक्साको मात्र आधाउधी
मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान
तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान
तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ?
तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी ।


हे नापनक्साको मात्र आधाउधी
मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान
तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान
तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ?
तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी ।

लेखक

 

अनि तिम्रो ब्राण्डेड कपडा, अत्तर र चम्किला गहना
तिमी त केबल लासको ज्यूँदोजाग्दो नमूना
तिम्रो मिलेको ज्यान, कसिला पाखुरा, चम्किलो कपाल
तिमी देख्छौ होला आफैलाई संसारभरकै महान
तर म देख्छु तिमीमा जलिरहेको लाश, अनि
तिम्रो अस्थित्व राजाले त्यागेको दरबारको विलाश ।

बिर्सियौ तिमीले ती विश्व युद्ध, अनि प्रकृतिको अनगिन्ती क्रोध
कहिले भएन तिम्लाई आफ्नो निम्छरो अस्थित्वको बोध
थुनियौ आफ्नै घरभित्र, बन्यौ संसारिक जेलभित्रको बन्दी
आफ्नै देखि भाग्नपर्ने, मानिससँगै डराउनुपर्ने यो कस्तो पावन्दि ?
जीवन सँधै थियो हेर अनिश्चित, बुझेनौ यसको मर्म
उन्मक्त रह्यो, विश्वलाई जित्यौ अनि चलायौ प्रकृति मास्ने कर्म ।

खोल अब आँखा नत्र होला निकै अबेला
कोरोना भाइरस बिरुद्ध एक हुने आएको छ बेला ।
बुझ है अब त तिमी आफ्नै कमजोरी
एउट अदृष्य भाइरसले नाच्दैछ ताण्डव संसारभरी
खोतल आफैलाई, नगर घमण्ड
मिलेर बसौं सबैसँग, जोगाऔं भविष्यको लागि यस अमूल्य ब्रम्हाण्ड ।

*समाप्त*

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X