कारुणिक अवस्थामा मानव सभ्यता

  २०७७ वैशाख २० गते १४:०१     डि. एन. तिमल्सिना

पाटन दरवार क्षेत्र

समय आफ्नै गति अघि बढिरहेको थियो । मानिसहरु आ-आपनो काममा दौडधुप गरिरहेका थिए । सन् २०१९ लाई विदाइ गर्दै सन् २०२० को आगमनमा नयाँ वर्ष मनाउन आफ्नो विदाको योजना बनाउदै थिए मानिसहरु । त्यति नै बेला चीनको वुहान शहरका केही मानिसहरुमा रुघा, खोकी, ज्वरो आउन थाल्यो । त्यहाँका मानिसहरुले अघि पनि यस्तो भईरहने गरेकोले सामान्य रुपमा लिईरहेका थिए र उनीहरु स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर औषधी सेवन गर्न थाले तर यस पटक निको भएन । उनीहरु झन् झन् थला पर्न थाले । केही मानिसहरुमा बिस्तार बिस्तार श्वास फेर्न पनि गाहृो हुन थाल्यो र केही मानिसहरु यहि कारणले मृत्युवरण पनि गर्न थाले । यसबाट स्वास्थ्य सेवा प्रदायक निकायहरु त्रसित र चिन्तित हुन थाले र यसको बारेमा अध्ययन गर्न थाले । मानिसहरुमा नयाँ कोरोना भाइरसको कारणले त्यस्ता लक्ष्यणहरु देखा परेका र यस भाइरसलाई सखापपारी निको बनाउन रोग लागेको ब्यक्तिको रोग प्रतिरोधी क्षमतामा भर पर्ने र हालसम्म औषधी नरहेको बिषय अध्ययनले पत्ता लाग्यो । साथै यस कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिल्यै सर्न सक्ने देखियो र जीवाणु पनि वाहिरी वातावरणमा पनि धेरै समय बाच्न सक्ने र साथै संक्रमित ब्यक्तिमा भाइरस प्रवेश भई लक्षण नदेखिदा नै अरुमा सार्न सक्ने अवस्था देखियो । यिनै कारणहरुले गर्दा तीन महिना भित्र यस भाइरस विश्वभर फैलिएको छ । यस आलेख तयार पारिरहदा सम्म विश्वका २१ औं लाख मानिसहरु संक्रमित भएका छन् । एक लाख २५ हजार भन्दा बढी मानिसहरु मृत्युवरण गरिसकेका छन् । यहि अवस्था रहेमा करोडौं संक्रमित हुने र लाखौं लाख मानिसहरु मर्नु पर्ने अवस्था देखिन्छ ।

यसबाट जोगिन संक्रमित ब्यक्तिले प्रयोग गरेका चिज बस्तु नछुनु, संक्रमित ब्यक्तिसँग टाढा रहनु नै उत्तम उपाय हो । त्यसैले मानिसहरु एक अर्काको सम्पर्क तथा सम्सर्गबाट टाढा रहन थाले । यदि कहि कतै छोएको छ भने सुरक्षित रहन साबुन पानीले पटक पटक मिचिमिची राम्रोसँग हात धुन, सेनीटाइजर प्रयोग गर्न, पटक पटक तातोपानी पिउन र मास्क लगाएर मात्र बाहिर हिडडुल गर्न थाले । यतिले मात्र यसको संक्रमण रोकिएन । त्यसैले संक्रमण फैलनबाट जोगिन अहिले विश्वभरका मानिसहरु घरघरमा बन्दी भएका छन् । आज विश्वमा यस कोरोना भाइरस नसुन्ने सायदै होलान् । यसले विश्वका सबै भूगोल र त्यहाँका सबै मानिसहरुलाई एकै पटक भयभित बनाएको छ । मानव विकास क्रममा यो नै पहिलो घटना होला कि विश्वभरका मानिसहरु सबै एकै पटक त्रसित र भयभित भएको । अहिले यसबाट सुरक्षित हुनका लागि मानिसहरुले आफ्नो उद्योग, व्यवसाय, पेशा, काम रोकेर सुरक्षाका उपायहरु अपनाएर घरघरमा सुरक्षित बसिरहेका छन् । यस कोरोना भाइरस बिश्वभर भयंकर महामारीका रुपमा फैलिरहेको छ ।

आज मानव जीवन बन्दी भएको छ । यसमा मानिसका दुःखहरु पोखिन थालेका छन् । कति मानिसहरु घरपरिवारसम्म पुग्न नपाउदा लामो बन्दीले निराश र हतास भएका छन् । परिणामतः केहि मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको अवस्था छ । केही मानिसहरु खानेकुरा सकिएर आफ्नो घर पुग्न लामो पैदल यात्रा गरिरहेका छन् अनि भोक र प्यासले रोइरहेका छन् । कति त नाङ्गो खुट्टा पैदल यात्रा अनी खुल्ला आकासमुनी जंगल तथा बाटोमा जमिनलाई ओछ्यान र आफ्नो पाखुरीलाई सिरानी बनाएर निदाइ रहेका छन् स–साना आफ्ना लालाबालाहरुको साथमा । कति मानवहरु ती अप्ठ्यारामा परेकाहरुलाई सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर सहयोग गरिरहेका पनि छन् ।

लेखक

आज विश्व यस भाइरससँग त्राईमान भएको छ । विश्वका शक्तिशाली कहलिएका, स्वास्थ्य सेवा प्रणाली बजबुत भएका, मानव विकास सूचाङ्क उच्च रहेका, सम्मृद्धशाली कहलिएका देशहरुमा समेत दिनानु दिन हजारौ हजारको संख्यामा मानिसहरु मृत्यु पछ्याई रहेछन् । लाग्छ आज इटलीको रोम रोइरहेको छ, संसारको परी फ्रान्सको पेरिस उजाड देखिदै गएको छ, धेरैको सपना अमेरिकाको न्यूयोर्क शहर मशाटघाट झै भएको छ ।

यस महामारीमा सबभन्दा बढी जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मोलिरहेका छन् । यस्तो कठिन अवस्थामा स्वास्थकर्मीहरु सुरक्षा उपाय अपनाई, सचेत भई दिनरात खटिरहेछन् । कतिलाई त संक्रमणले भेटेको र मृत्युवरण समेत गरेका समाचारहरु आईरहेका छन् । सलाम गर्न मन लागिरहेछ ती हातहरुलाई, जो उच्च जोखिम मोलेर सेवा गरिरहेका छन् ।

विश्वका प्राय मानिसहरुको मन क्षतबिक्षत भएको छ यतिबेला । विश्वका मानवहरु कल्पना नै नगरेको महामारीसँग जुधिरहेका छन् । यस महामारीले मानव जीवनमा पार्ने असर तथा चुनौतीका बारेमा सोच्दा र घोत्लिदा यो अन्य महामारी तथा अरु बेलामा भएका महामारीहरुसँग तुलना गर्न नै कठिन लाग्यो । किनकी यस महामारीले प्रभाव नपारेको कुनै मानव नै छैन । कुनै न कुनै रुपमा प्रभाव परेको छ । अनि यति चाडो यसको संक्रमण/फैलावट भयो की तीन महिनाको अवधिमा संसारभर गाँज्यो । अति नै तिब्र गतिमा रहेको विकास एक्कासी टक्क रोकिदा सबैतिर एकै पटक ठूला ठूला अप्ठ्याराहरु सामाना गर्नु पर्ने देखियो । यदि यसको औषधी र खोप बन्यो भने पनि त्यो बन्नु भन्दा अगाडि नै विश्व मानव समुदायले ठूलो मूल्य चुकाउनु पर्ने भयो ।

यस महामारीले कतै मानव सभ्यता नै त सकिने होइन ? मानवका मनमा प्रश्नहरु उब्जिरहेका छन् । भाइरस संक्रमित भएका सबैले मृत्युवरण गरेका छैनन् । धेरै यस भाइरससँग जुधेर तथा भाइरसलाई जितेर बाचिरहेका छन्, त्यो संख्या पनि यस आलेख तयार पार्दासम्म पाच लाख माथि रहेको छ भने धेरै मानिसहरु सुरक्षित भई जोगिईरहेका छन् । यसरी यसले अहिले नै मानव सभ्यता सखाप बनाउदैछ भन्ने अवस्था छैन तर यसले मानव विकास, अर्थतन्त्र, मानव सभ्यता तथा संस्कृति, वातावरण र जीव जगतमा गम्भिर प्रभाव पार्ने देखिन्छ र धेरै चुनौतीहरु सामाना गर्नु पर्ने अवस्था देखिन्छ ।

अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ ।

विश्व अर्थतन्त्रमा बारेमा के सोचौ र ? यसले अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । उत्पादित सामाग्रीहरु एक ठाँउमा थन्काउनु परेको छ । यहि अवधिमा धेरै सामाग्रीहरु उपभोग मिति समाप्त भई खान अयोग्य भएका छन् । विश्व यातायात सडक भनौ,आकास भनौ, जल भनौ ठप्प छ । उद्योग ब्यावसायहरु टाट पल्टीने भएका छन् । होटल/पर्यटन सेवा क्षेत्र तथा वित्तिय सुनसान भएका छन् । जसले गर्दा प्रति घण्टा खर्वौ खर्व घाटा भई रहेको छ । यसले विश्व मानव जीवनलाई गम्भिर गरिवीतीर धकेलिएकाे छ । यस अवस्थाले विश्व अर्थतन्त्रमा गम्भिर संकट पैदा गरेको छ । समाजमा गरिवी, भोकमारी र अभाव सृजना गर्ने भएको छ । यसले विश्वका गरिव अविकसित र विकासोन्मुख देशहरु र त्यहाँका नागरिकहरु झनै जोखिममा पर्ने अवस्था रहेको छ ।

नेपालको अर्थतन्त्रमा पनि यस माहामारीले गम्भिर असर पार्ने देखिन्छ । विश्व बैंकले हालै गरेको प्रक्ष्येपणमा नेपालको आर्थिक वृद्धिदर दर १.५ देखी २.८ प्रतिशत मात्र हुने देखाएको छ र अझ यस भन्दा पनि कम हुने भनेको छ । यहाँ पनि विश्व समुदायमा झै सबै ठप्प छन् । जसका कारणले धेरै मानिसहरुले रोजगारी गुमाईरहेका छन् । आफ्ना उत्पादनहरु बजारमा बेच्न पाईरहेका छैनन् । गरीबहरु झनै गरिबीमा भासिने र मध्यम तथा उच्च वर्ग समेत गरिवीमा परिणत हुने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रका आधारहरु बैदेशिक रोजगारी उच्च जोखिममा परेको छ । त्यसै गरि पर्यटन, व्यापार व्यवसाय धरासायी भएको छ । कृषि फर्महरुको अवस्था त्यत्तिकै नाजुक छ । नेपालमा त अन्तत्वगत्वा राजश्व संकलनमा असर परि राज्य सञ्चालनमा नै कठिनाई हुने अवस्था देखिन्छ । नेपाली समाजमा भोकमारी, अभाव, बेरोजगारी बढ्ने जसले गर्दा हिंशा, अपराध बढ्ने अवस्था रहेको छ ।

पेरिसकाे कलात्मक दरवार

मानवहरुका ठाँउ, परिवेश र सोच अनुसार बिभिन्न सभ्यता र संस्कृतिहरु निर्माण भएका छन् । ती सभ्यता र संस्कृतिहरु डगमगाएका छन् यतिबेला । एक मानव अर्को मानवसँग सम्पर्कसँग भाग्नु परेको छ । जसले सभ्यता र संस्कृति धान्न कठिन भएको छ । मानिसहरुमा निरासा छाएको छ । आस्था, विश्वास र भरोसामा चोट लागेको छ । बेचैन भएका छन् मानिसहरु, आफ्नु बाबु तथा बाजे अनि परम्परा देखि गर्दै आएको कार्य गर्न नपाउँदा । उसलाई लागि रहेको छ उसको देवता रिसाउने हो कि ? कतै अर्को अनिष्ट पो हुने हो कि ? हामीलाई पनि त्यस्तै भएको छ बिस्केट अनि मछिन्द्रनाथको जात्रा गर्न नपाउदा । साच्चै बिरत्तिएका छन् मनहरु । यसले कतै हाम्रा परम्पराहरु, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु मासिने त होइनन् । चुनौती खडा भएको छ । कतै हाम्रा मौलिकता, हाम्रा आस्था/विश्वास, हाम्रा सम्पदा जससँग हाम्रो पहिचान जोडएको छ । तीनहरु कतै नासिने त होइनन् ।

मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । मन बलियो बनाएर फेरी कलम दौडाउन प्रयास गर्छु । खै के पो हुने हो ? ती दुर्घदित लासहरुले अनि समुन्द्रि तटमा बिर्सजन गरिएका मानव लास तथा कंकालहरुले वातावरण र जीव जगतको जीवन प्रकृयामा कस्तो असर पार्ने हो ? साहृै कारुणिक छन् कथाहरु । अनी मानवका व्यथाहरु ।

मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ ।

यस महामारीले विश्वभरका मानवको मन चस्काएको छ । महामारीबाट बाँचेका सबैलाई झस्काएको छ । प्रविधि र सूचना सञ्चारको विकासले सबै मानवलाई खबर सुनेर मर्माहात बनाएको छ । आफ्ना प्रियसी गुमेका कथाले मानव मन रसाएको छ । मानव जातीमा आउन सक्ने निराशाले तर्साएको छ ।

साच्चै भावविहल भएका छौ हामी विश्व मानव समुदाय यतिबेला ।

महामारी पहिला पहिला पनि भएका रहेछन् । पढ्दा थाहा भयो । तर ती महामारीहरु मानव समुदायले बिर्सिएका थिए । पढे पनि त्यस युग र अहिलेको विज्ञानले गरेको चमात्कार हेरेर केही हुन्न सब समाधान छ मानवसँग भन्ने बलियो भ्रम थियो । अहिले त्यो भ्रम चकनाचुर भएको छ । मानव सभ्यता कुनै दिन कतै बिलय भएर जाने त हैन ? शंका उब्जाएको छ मानव मनहरुमा ।

यस महामारीले मानव जातीलाई अत्यन्त ठूलो कष्ट दिएको छ । मानिसहरुले प्रियसी गुमाएका छन् । आफ्ना प्यारा अभिभावक बाबा-आमा, हजुरवावा-हजुरआमा गुमाएका छन् । आफ्ना छोरा-छोरी गुमाएका छन् । आफन्त-साथीभाई तथा असल पथ प्रदर्शक गुमाएका छन् । भावनात्मक रुपमा भन्दा साहृै कारुणीक कथा दिएको छ यस महामारीले । मानवलाई सम्हालिन कठिन बनाएको छ । मानिसहरुको मन क्षतबिक्षत बनाएको छ । केवल याद र सम्झनाहरु मात्र रहने बनाएको छ ।

यति हुदा हुदै पनि, दुख कष्ट र पिडाहरुको बीचमा पनि नयाँ आशाको किरण अनुमान गर्न सकिन्छ । म त आशावादी मान्छे । जस्तो प्रकृतिले हिलो बीचमा कमलको फुल फुल्ने गराएको छ । यसले मानव जातीमा नयाँ सकल्प, कठोर त्याग र उत्कृष्ट इच्छा शक्ति पनि निर्माण गर्दछ । हामीले संसारमा हेर्यौ भने सबैले शुन्यबाट नै उचाई बढाउदै लाने हो । हामी नेपालीहरु चालिस वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियौं । आज भन्दा तीस वर्ष अघि म विद्यालय शिक्षा लिदै गर्दा हाम्रो खेतबारीबाट हुने उत्पादनले खान पुग्थ्यो र बाबा आमाले केही अन्न बेच्ने पनि गर्नु भएको थियो । त्यस समयमा प्रायः आफ्नो उत्पादन मात्र खाने गरेका थियौ । अहिले हामीले खाने खाद्यान्न उत्पादन नै गर्न छोडेका छौं । विहान र बेलुका पाक्नको लागि सम्पूर्ण रुपमा अरुकोमा भर परेका छौं । उत्पादन गर्नेहरुले पनि ठूलो संख्यामा उत्पादन गरेका छैनन् । हामीसँग प्रसस्त जमिन छ अनी हामीले

मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ ।

चाहेमा सिंचाईको व्यवस्था पनि गर्न सक्छौ । त्यसैले यस महामारीले हामी नेपालीहरुलाई खाद्यान्न, फलफुल, तरकारी, दुध तथा दुध जन्य पदार्थ र माछामासुमा आत्मनिर्भर हुन सिकाउने भएको छ । नेपाली उत्पादन जसलाई हामी प्रयोग गर्दैनौ । अव बाहिरबाट नआउने भए पछि आफ्नो उत्पादन प्रयोग गर्ने हुनेछौ । हामी नेपाली आफ्नो घर मातृभूमी छाडेर प्रवासी हुन मरिहत्ते गरिरहेका हुन्थ्याैं । आफ्नो घर आगन बिर्सिएर पराइकोमा रमाउन थालेका थियौ । अब मातृभुमी फर्किएर यहाँ नै कर्म गर्न थाल्ने भएका छौ । यसले नविनतम, सुन्दर, सम्मृद्ध नेपाल निर्माणमा अवसर हुने देखिन्छ ।
यसले विश्व मानव जातीलाई गम्भिर सन्देश दिएर जाने भएको छ । मानवमा हुर्किरहेको अर्कमण्यता/घमण्ड घटाउने भएको छ । विज्ञानले सबै जित्न सकिन्छ भन्ने सोचाई तोडिदिएको छ । सबैलाई बिर्सिएर कुदिरहने मात्र दौडि रहने मानवलाई सोच्ने र अरुलाई हेर्ने बनाएको छ । सुविधा र सम्पन्नता हुदैमा मृत्युलाई पर सार्न नसकिने रहेछ भनिरहेको छ । मानव जातीको अन्त्य पो कुनै दिन छ कि भनेर झस्काएको छ । जती बाँचिन्छ खुशीले बाच्न, प्राप्त उपलब्धीमा रमाउन, एक आपसमा मिलिजुली रहन, एक मानवले अर्को मानवलाई सहृदय प्रेम गर्न, मिहिनेत र कर्ममा विश्वास गर्न, हिंशा अनियमितता नगर्न सन्देश दिएको छ ।

बेथानचोककाे एक दृय । तस्वीर gumante.com बाट

आशाको किरण बनेर मानवमा मानवता फर्काईदिने भएको छ । सुविधा र सम्पन्नता सबथोक हो भन्ने मानव हैन रहेछ भन्न थाल्नेछ । माया, प्रेम, मिलिजुली भाव, आत्मियता फर्कने भएको छ । जती जीवित हुन्छन् उनीहरुको लागि नयाँ सोच जन्माएको छ । यसले नयाँ, भिन्न र भाबुक विहानी दिने भएको छ । यसले आफन्त र प्याराहरुको सम्झनामा केही गर्न प्रेरित गर्ने भएको छ । कतै प्रियसीको सम्झनामा स्तम्भ बन्नेछन् , कतै राम्रा कृति, कथा अनि संस्मरण आलेखहरु निर्माण हुनेछन्, कतै शिक्षालय, कतै खुशी बाढ्ने र सम्हालिने पार्कहरु, कतै मनमोहक पोखरी तथा जलकुण्डीहरु, कतै मानव आस्थाका धरोहरहरु यस्तै यस्तै हुनेछ कोरोना महामारी पछि । मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । फेरी नयाँ विहानी हुनेछ । आशा भरोसा र खुशीका किरणहरु लाग्ने छन ।

बेथानचोक गाँउपालिका -२, काभ्रेपलाञ्चोक
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X