देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ

  २०७७ जेठ २७ गते २१:४९     सुशीला मानन्धर

प्रकृति अहिले बिरामी परेको छ । उसलाई केहि समय आराम अनि शान्तले श्वास फेर्न स्वच्छ हावा चाहेको अवस्था छ ।अर्थात मानव स्वार्थी क्रियाकलापबाट पृथ्वी दुषित बनेको छ । गहिरिएर बुझ्नु पर्दा प्रकृतिले वास्तविक भाइरसलाई संशोधन गरेको अवस्था भनेर बुझ्न सकिन्छ । जब पृथ्वीमा विकासको नाममा विनाश हुँदै जान्छ, जसले विश्वकै अस्थित्वलाई धरापमा पार्दछ । यस्तो कठिन परिस्थितिमा प्रकृतिले आफुलाई रिचार्ज गर्न अर्थात स्वस्थ रहन र सम्पुर्ण मानव जातिलाई भयानक घट्नाबाट बचाउन यस्ता विभिन्न कदमहरु चाल्नु पर्ने अवस्था आउछ । जसलाई प्राकृतिक प्रकोप भनेर चिनिन्छ । भुकम्प, आगलागी, सुनामी, रोगब्याधी जस्ता प्राकृतिक प्रकोपबाट बेला बेलामा मानव जातिले ठुलो  परिमाणमा धन जनको क्षति ब्यहोर्नु पर्दछ ।

मानव सभ्यताको इतिहास हेर्दा महामारीको संक्रमणबाट पनि करोडौ मानवीय क्षति भएको पाइन्छ । मानव जातिले यो भन्दा पहिले धेरै वटा महामारीको सामना गर्नु परेको थियो । ब्ल्याक डेथ नामक महामारीबाट सबै भन्दा बढी १३ करोड माथिले ज्यान गुमाउनु परेको थियो । यस रोगको संक्रमणले सन १४४७ देखि १३५३ सम्म तान्डब मच्चाए, करिब छ बर्षको अन्तरालमा यसबाट युरोपको एक तिहाइ जनसंख्या बिनाश भएको थियो । सन १५२० मा फैलिएको बिफरले पटक पटक गरि हालसम्म ५ करोड भन्दा माथिको ज्यान लिइसकेको छ ।

त्यस्तै, हैजाले १० लाख भन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ। सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो । सन २०१४ देखि २०१६ सम्म फैलिएको इबोला भाइरसलाई सबैभन्दा अन्तिम महामारीको रुपमा लिन सकिन्छ । महामारीको तथ्यांक अनुसार उच्च मानवीय क्षति भएको महामारीहरुमा ब्लाक डेथ, बिफर, स्पेनिस फ्लु, एचआईभी एड्स, एशियन फ्लुलाई मानिएको छ । विगतका धेरै जसो महामारीहरु जनावरबाट सरेको देखिन्छ । विश्व मानव सभ्यताको इतिहास केलाउदा जस्तोसुकै महाबिपत्तिमा पनि मानव जातिले लडेर जीत हासिल गरेको देखिन्छ तसर्थ एकाइसौं शताब्दीको खोज प्रविधिको युगलाई प्रयोग गरि ढिलो चाडो  प्रकृतिको नियम, प्रक्रिया अनुसार मानव जातिले यस महामारीलाई पार गरि पुनः सामान्य जीवनमा फर्कनेछ ।

लेखक

जुनसुकै घट्नाको पछाडी राम्रा नराम्रा दुबैपक्षबाट हाम्रो भविष्य जोडिएको हुन्छ। चाहे त्यो सानो होस् या कोरोना संक्रमण जस्तो  बिकराल परिस्थिती जसले विश्वलाई नै हल्लाइ दिएको छ। आजको चुनौतीलाई अबका दिनहरुमा नयाँ सोच, खोज र बिकल्पका साथ लाग्ने हो भने हाम्रो भविष्यमा नयाँ पालुवा पलाउने छ।

सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस महामारीलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएका छन् र यसलाई विश्व महामारीको रुपमा घोषणा गरेको छ। यो कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन यो भन्दा पहिले मानव जातिमा भेटिएको थिएन । यस किसिमको भाइरस मानवीय सम्पर्कबाट सजिलै सर्दछ । यो रोग हावाबाट सर्ने नभएता पनि संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युं गर्दा निस्कने छिटाबाट यसको भाइरस  नजिकको व्यक्तिमा सर्दछ। यस संक्रमणको विरुद्धमा हालसम्म भ्याक्सिन वा औषधि पत्ता लागेको छैन । सुरुमा सामान्य रुघाखोकी जस्तै लक्षण देखिने, लगातार सुख्खा खोकी लाग्ने, १०४ डिग्रीफरेनहाइट वा सो भन्दा बढी ज्वरो आउने जस्ता लक्षणहरु देखापर्छ, रोग गहिरिएर श्वास फेर्न गार्हो हुने र यसले मृगौलामा समेत नराम्रो असर पार्दछ । यसबाट बच्न बेला बेलामा राम्रोसँग साबुन पानीले हात धुने र भौतिक दुरि कायम राख्नु नै यसको प्राथमिक उपाय हो ।

आज कोरोना भाइरसको संक्रमणबाट विश्वमा नै हाहाकार मच्चिएको छ। यसले विज्ञानलाई नै चुनौती दिएको छ । विश्वका कतिपय देशहरु लकडाउनमा छन् । यति धेरै मानिसहरुलाई एकै चोटी लकडाउनमा पारेको पहिलो पल्ट हो । यो लेख तयार पार्दासम्म विश्वका करिब २०९ देशहरुमा यो संक्रमण फैलिसकेको छ। विश्वमा १९ लाख २६ हजार भन्दा बढी संक्रमित एक लाख १९ हजार भन्दा बढिको मृत्यु निको भएका ४ लाख ५२ हजार भन्दा माथी आजसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा भएक छन जहाँ ५ लाख ८७ हजार भन्दा माथि संक्रमित २३ हजार भन्दा बढीको मृत्यु भै सकेको छ। छिमेकी देश भारतमा समेत यो रोगको संक्रमण १० हजार नाघिसकेको छ भने ३ सय ३९ भन्दा बढीको मृत्यु भै सकेको छ। यो मृत्यु हुने र संक्रमणको प्रकृया दिनानुदिन बढ्दै छ ।

सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो ।

युरोपेली देशहरुमा यसको संक्रमण फैलने गति तीब्र छ। यस महामारीको उच्च चपेटामा परेका देशहरुमा अमेरिका, इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत आदि छन् । यसको संक्रमणको प्रकृति हेर्दा विश्वमा ठूलै संख्यामा मानव क्षति हुने आशंका गर्न सकिन्छ। आफन्त गुमाउनु पर्ने पिडा संगसंगै एकाइसौं शताब्दीको मानव स्वतन्त्रताको परिवेशमा लामो समयसम्म लकडाउनको अवस्थाले विश्व नै अस्तब्यस्त अनि जनजीवन कष्टकर बनेको छ । संक्रमणको अवस्था हेर्दा विश्व कतिसम्म थुनेर बस्नु पर्ने हो यसको आँकलन गर्न सकिने अवस्था छैन । शुरुको संक्रमणको अवस्थामा चीनमा मात्र हुँदा विश्व स्वास्थ्य संगठन लगायत अन्य मुलुकहरुले त्यति गम्भीरतापूर्वक लिएका थिएनन् । जसले पुर्व तयारीको जोहो गर्न नसक्दा अमेरिका, इटाली जस्ता सम्पन्न योग्य देशहरुले ठूलो संख्यामा मानव क्षति सहनु परेको छ। कति देशहरुले यस  महामारीलाई सरकार एवम् जनताले गम्भीरतापूर्वक नलिदा ती देशहरुले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। सम्बन्धित विशेषज्ञहरुले यसलाई तेस्रो विश्व युद्धको संज्ञा समेत दिएका छन् ।

यस संक्रमणको अवस्थाको छाप कहिलेसम्म भन्ने अनुमान गर्न सकिने अवस्था छैन . त्यसैले विश्वले ठूलो संकट झेल्नु पर्ने देखिन्छ। इटाली, अमेरिका जस्ता पर्याप्त स्रोत, साधन, जनशक्ति भएका देशहरु पनि कोरोना भाइरसको अगाडी झुक्नु परेको अवस्थाले विकाशोन्मुख देशहरुमा संक्रमण फैलियो भने समस्या भयावह हुनसक्ने संकेत देखिन्छ । संक्रमणले प्रत्यक्ष रुपमा मानवीय क्षतिका साथसाथै अबको विश्वमा आर्थिक, राजनैतिक, सामाजिक, शारीरिक, मानसिक, नैतिक क्षेत्रमा नराम्रो धक्का लाग्नेछ। विश्वमा उधोग कलकारखाना व्यापार ठप्प भएको अवस्था छ । लकडाउनको अवस्था लामो समयसम्म रहेमा संसारभरि आवश्यक सामाग्रीको बिस्तारै कमि  हुँदै जानेछ । सामानको मुल्य आकाशिने छ । मानिसमा पुंजीको कमि भइ आवश्यकता जोहो गर्न गाह्रो  हुनेछ जसले भविष्यमा गरीबी, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक कलह बढ्ने छ। आवश्यकता परिपुर्तिका लागी चोरी, डकैती जस्ता अपराधिक कृयाहरु बढ्नेछन् । नैतिकताको  हनन् हुनेछ यसरी लामो समयसम्म संक्रमणको तनावमा रहनु पर्दा रोग प्रतिरोधात्मक शक्ति कमी भै विभिन्न रोगका शिकार हुनु पर्नेछ । मानिसहरुमा आत्मबल घटेर पहिलेको जस्तो काम गर्न सक्ने सामर्थ्य हुने छैन । यस्तो परिस्थितिमा मानसिक रोगी बन्ने धेरै संभावना छ जसले स्वास्थ्यमा नकारात्मक असर परि अर्थतन्त्रमा नराम्रो झट्का लाग्नुका साथै अन्य क्षेत्रमा पनि यसको छाप पर्नेछ ।

विश्व नै त्रसित भैरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ भनिरहँदा शुरुमा सरकार एवम् आम मानिसहरु कति पनि चिन्तित थिएनन् । हाम्रो भौगोलिक अवस्था, खानपान, दैनिक जीवन चर्याको कारण नेपालीलाई संक्रमण हुँदैन, हामी त वीर गोर्खाली पो हो त भन्ने टिका टिप्पणी, व्यंग्य गरिरहँदा नेपाल पनि यस संक्रमणको दायरामा पर्यो । फ्रान्सबाट नेपाल फर्किएकी एक महिलामा कोरोना संक्रमित भन्ने समाचारबाट सरकार बिउँझियो अनि तत्कालै चैत ११ गतेबाट एक हप्ता लकडाउनको घोषणा गरियो।यो भन्दा पनि पहिले चीनबाट नेपाल आएको एक पुरुषमा पनि संक्रमण देखिएको थियो ।

यो लेख तयार गरुन्जेल नेपालमा संक्रमित संख्या १६ पुगेको छ जसमा एक जना निको भै सकेको अन्य पन्ध्र जना उपचारको क्रममा छन् । खुशीको कुरा अहिलेसम्म महामारी नेपालमा नियन्त्रण भन्दा बाहिर गएको छैन यसो भन्दैमा भाइरस विरुद्धको पर्याप्त स्रोत, साधन,पद्दती, जनशक्ति नभएको हाम्रो जस्तो मुलुक ढुक्क भएर बस्ने अवस्था छैन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा प्रशासनिक स्तरमा रहेका नीति, निर्माताहरुको योग्यता, कुशलताको कमी, पूर्वतयारी वा अति आवश्यक सामाग्री जोहो गर्न नसकिनु, छिमेकी मुलुक भारतसँगको खुल्ला सिमानाबाट आफ्नो देश फर्केकाहरुलाई संक्रमणको उचित व्यवस्था नहुनु, चोर बाटो अपनाएर नेपाल भित्रिनु जस्ता कारणहरुबाट नेपाल उच्च जोखिममा रहेको संभावना भएकोले देशले ठूलो चुनौतीका साथ सतर्कता अपनाउनु पर्ने देखिन्छ । यदि महामारी  फैलियो भने यहाँ नियन्त्रण गर्न सक्ने अवस्था छैन स्थिति भयावह हुनसक्छ । कतिपय विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने सो ठाउंबाट भाग्ने नमुना जाँच नगरी घरैमा लुकेर बस्ने जस्ता कृयाकलापबाट पनि समस्याले डरलाग्दो रुप लिने होकि भन्ने आशंका गर्न सकिन्छ । यसका लागि सरकारले क्वरेन्टाइनमा बस्नेहरुलाई उचित बन्दोवस्त, व्यवहार, सरकारको नीति नियमको सहि जानकारी, सरकारका हरेक काम कुराको पारदर्शीता आदि कुराहरूमा ध्यान दिन सके चुनौती केहि हदसम्म कम गर्न सकिन्छ । भारतबाट भित्रिएका नेपालीहरुलाई साथै लामो दुरिमा आफ्नो गाउँ फर्केकालाई उचित व्यवस्थापन, व्यवहार गर्न नसक्दा यसले अझ बढी संक्रमणको त्रास र देशमा आक्रोशको स्थिति देखा पर्न सकिन्छ ।

विश्व नै आर्थिक मन्दीमा परेको बेला नेपाल अछुतो रहन सक्दैन । नेपाल कृषि प्रधान देश, अहिलेको समय बाली रोप्ने, भित्र्याउने बेला हो। आजको परिस्थितिमा किसानले बीउ,मल पाउन सकिने अवस्था छैन । त्यस्तै बारीमा  उत्पादित वस्तु खेतमै कुहिएको अवस्था छ भने अर्कोतिर बजारमा सामान नपाउँदा काला बजारी, महंगाई बढेको छ । त्यस्तै अर्को पक्षबाट यो वर्षमा बाली लगाउन पाएनन् भने आउदो सालको लागि खाद्यन्नको अभावका साथै यो कर्ममा लागेका सम्बन्धीत सम्पूर्ण कृषक, व्यापारी, ढुवानीकर्ता, उद्याेग चलाउने मालिक अनि यस भित्र काम गर्ने मजदुरहरुको जागिर गुम्दछ। प्रत्यक्ष रुपमा कृषि ,व्यापार, खाद्यान्न, उद्योग, बैंक, जागीर, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा धक्का पुग्दछ । जस्तै, एक किसानको उखु उत्पादनमा समस्या आउने बितिक्कै चिनी उधोग बन्द गर्नुपर्ने स्थितीसंगै त्यहाँ भित्रका मजदुरहरुले काम पाउँदैनन् । यसरी मानिसहरु रोजगार बिहिन र गरिबीमा धकेल्ने छ । लामो समयसम्म काम नगरे आफुमा सञ्चित मुद्रा सकिँदै जाने तर आवश्यक बढेको हुन्छ । यो अवस्थामा आम जनता गरिब  हुनु भनेको देश नै गरिब हुनु हो ।

दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन निकै कष्टकर बनेको स्थितिमा लामो समयसम्म यो अवस्था रहेमा सरकार एवम् आम जनताले कहिलेसम्म खानपानको व्यवस्था गर्न सकिने भन्ने विषयमा पनि सोच्नु पर्ने देखिन्छ । त्रासयुक्त परिस्थितिमा बस्नु पर्दा नेपालीहरुमा शारीरिक, मानसिक अस्वस्थ भै पहिलेको जस्तो अवस्थामा काम गर्न नसकी आम्दानीमा-हास आउने छ । जसले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा धक्का लाग्ने छ । भिजिट नेपाल २०२० को तयारीका साथ जुटेका ठूल ठुला होटल, होमस्टे, रिसोर्टका संचालकका लगानी कामदारहरु लगायत पथ प्रर्दशकहरुले रोजगारी गुमाउनु परेको छ । अबका दिनहरुमा विदेशिएका युवाहरु देशमै फर्किदा बेरोजगारीको समस्या झन उत्पन्न हुनेछ । आर्थिक स्थिती कमजोर हुने वितिक्कै सामाजिक, शारीरिक, शैक्षिक, नैतिक स्तरमा स्वतः गिरावट आउने छ । लामो समयसम्म हाम्रा बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्दा बालबालिकाको सिकाइमा न्युनतम असर आउनेछन् । जस्तै, बालकहरु सिकाईमा अलमलिनु, ढिला सुस्ती आउनु, पढ्ने बानी हट्नु आदि, यो परिस्थिती कहिलेसम्म हुने कुनै यकिन गर्न नसकिने अवस्थामा विद्यार्थीहरु झन पछिल्तिर धकेलिने छन् । भविष्यका जनशक्तिलाई घाटा हुनु भनेको सिंगो राष्ट्रकै अर्थतन्त्रमा नकारात्मक असर पर्नु हो ।

सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ ।

नेपालमा सरकारी स्तरबाट कोरोना  नियन्त्रणका कामहरु निकै कछुवा गतिमा भैरहँदा संक्रमणका लागि चाहिने अति आवश्यकीय सामान सरकारले जोहो गर्न सकेको अवस्था छैन । देशमा संक्रमण एक महिना हुन लाग्दा पनि आवश्यक सामाग्रीहरु ल्याउने कुराहरुमा विवादमै सरकार अल्झिएको देखिन्छ । राष्ट्रलाई संकट परेकोबेला यस्ता नीति, नियम बनाउने सरकारी पक्षका व्यक्तिहरु बढी संवेदनशील हुनुपर्नेमा आजसम्म त्यस्ता प्रभावकारी कामहरु सरकारी स्तरबाट भएको  देखिएको छैन ।

जहाँ समस्या त्यहाँ समाधान अवश्य छ । कुनै पनि घट्नाको जन्मसँगै पतनको निश्चित छ । संसारमा थिर केही पनि छैन यो यथार्थ बिगतका महामारीको इतिहासले पनि देखाउँछ। हामी यो बिपत्तिमा एक अर्काको मुख ताक्नु भन्दा पनि आफै नै सतर्क हुनुपर्दछ । आजको विषम परिस्थितिमा हामी माथि आइपरेका साझा समस्यालाई पार गर्न सर्वप्रथम त संक्रमण नहुनका सजकताहरु अपनाएर अनुशासित भएर घरैमा बस्नु सिवाय अर्को विकल्प छैन । त्यस्तै आफू बाचौं र अरुलाई बचाउको धारणालाई मनन गरि यो स्थितिमा अरुको पीडा बुझेर सक्दो सेवा, सहयोग गर्ने हो भने हामीले यस महामारीलाई नियन्त्रणका साथै अन्य समस्यामा परेका आम जनतालाई उन्मुक्त गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरणमा महाबीर पुन एक हुन उहाँले आफ्नै प्रयासबाट पी.पी.ई. बनाई  बितरण गरिरहेका छन् ।

हाल महामारी सन्दर्भमा संकटमा परेका विभिन्न समस्याहरुलाई सरकार एवम् व्यक्तिगत तवरका कामहरुमा अझ बढी संवेदनशील, मानवताका साथ लागि परे देशले साझा रुपमा संकटलाई पार गर्न सकिने देखिन्छ । ज्याला मजदुरी गरेर खानेलाई सरकारको तहबाट र स्थानिय प्रयासबाट राहत वितरण भैरहेको छ । यस सर्हानीय काममा जनताले ठूलो सहयोग गरिरहेका छन् । कहिँ लामो दूरिमा गाउँ जानेहरुको लागि खानेकुरा, पानी पूर्ति गरेर होस् या मनकारी नेपालीहरुले कोरोना संक्रमण कोषमा पैसाबाट सहयोग गरेर त कहिँ  भारतबाट आफ्नै देश भित्रिने क्रममा सिमानामा रोकिएका नेपालीलाई खानपिन, बस्ने सुबिधा दिई नेपालीले आफ्नो वास्तविक परिचय दिएका छन् । आजको परिस्थितिमा सरकारी पहलबाट अति संवेदनशील भएर यसका लागि  पर्याप्त गुणस्तरीय सामाग्री, उचित व्यवस्थापन, योग्य जनशक्तीलाई प्रभावकारी ढंगमा लान सक्नु पर्दछ । त्यस्तै, आम जनताले पनि यसरी नै अरुको पिडामा मानवताको दायित्व निभाउँदै जाने हो भने यो महामारीको रोग र यसबाट निम्त्याएको भोगबाट हामी उम्कन सक्छौं ।

सरकारी निकायले संक्रमण प्रभावित देशहरुबाट आएकालाई अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्ने कुरामा बेलैमा ध्यान पुर्याउन नसकेता पनि हाल उनका परिवार उनीहरुसँग सम्पर्कका ब्यक्तिहरुमा कोरोना जांच अगाडि बढाइ रहेको पाइन्छ। सरकारले लक्षण देखिए पश्चात् भन्दा पनि शंकाको दायरामा परेकाहरुलाई नमुना जांच गर्दा अझ बढी प्रभावकारी हुनेछ। सरकारको तर्फबाट बेलैमा लकडाउनको घोषणा साथै जनताहरुले पनि यसमा सहयोग,समर्थन गरेको हुंदा आजसम्मको तथ्यांक हेर्दा सशंकित  हुनुपर्ने देखिदैन ।

अहिलेको परिस्थितिमा तत्कालीन संकटको सामनासंगै लामो समयसम्म यो परिस्थिति रहेमा आगामी दिनमा यसले नराम्रो छाप छोड्ने अवस्थालाई पनि त्यति नै ध्यान दिनु पर्ने हुन्छ । तसर्थ सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ ।

यो कोरोनाको सम्बन्ध मानव सभ्यतासँग जोडिएको हुँदा यसले मानवसभ्यता, संस्कृतिमा सिधै प्रभाव पार्दछ । मानिसको जीवन प्रतिको  सोच, शैली संस्कार लगायत जीवनलाई हेर्ने कोण नै बदल्ने छ जस्तै युरोपेली संस्कार अंकमाल गर्ने, हात मिलाउने संस्कारबाट नमस्कारको प्रचलन अपनाउने छन् । स्वार्थी, लोभ, बिलासिताले बिनाश ल्याउछ भन्ने सत्यतालाई आत्मबोध गरि सामान्य जीवनयापन गरी सुखको अनुभुति गर्नेछन् । यान्त्रिक मानव प्राकृतिक युगमा बदल्ने छ । सभ्यताले नै कांचुली फेर्ने कुरामा दुई मत छैन । विश्वकै राजनितिक, आर्थिक, सामाजिक,आदि इत्यादि क्षेत्रमा उथलपुथल हुनेछ। केही समय जीवन अकाल्पनिक भएपनि विस्तारै नैतिक, प्राकृतिक, भावानात्मकताको बिकाश भै एउटा स्वच्छ आदर्श  समाजको रुपमा सम्वृद्ध विश्वको निर्वाण हुनेछ ।

लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् ।

अँध्यारो रात पछि सुनौलो बिहानी आउँछ भने झै यस महामारीले पनि मानव जातिलाई उद्दार गर्नेछ । प्रकृतिले मानव सभ्यताको अस्थित्वलाई बचाउन चालिरहने यस्ता कदमहरुले वास्तवमा विभिन्न पक्षबाट राम्रो भएको स्वीकार्नु पर्दछ । लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् । जस्तोसुकै शक्तिशाली योग्य सम्पन्न देशले पनि झुक्नु परेको उदाहरणले मृत्यु सबैको लागि समान भन्ने महसुस मानव जातिले गरेको छ । यान्त्रिक रुपमा प्रवेश गरेका मानिसलाई संवेदनशील भइ पारिवारिक, सामाजिक, प्राकृतिक सुखमा फर्किन प्रकृतिले आग्रह गरेको बुझिन्छ ।

साथै, अब पछिका जीवनलाई नयाँ सोच, सुधारका रुपमा शुरूवात गर्ने अवसरको रुपमा अगाडी बढ्नु पर्ने बोध गराइएको छ । कर्म गर्ने सक्षम युवाहरुलाई आत्मियता, राष्ट्रियताको आत्मबोध गराई भौतिक सुखलाई बिर्सेर आफ्नै देशमा  कर्म गरेर खुशी पाउन्छ भन्ने महसुस गराइएको छ । आउँदा दिनहरुमा हाम्रो देश नेपालले कृषि प्रधान देश उपनामको सार्थकता पाउनेछ। देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ । खेतीयोग्य जमिनले पुनः न्याय पाउने छ । घरेलु उत्पादन साथै उपभोगमा प्राथमिकता दिइने छ । अति आवश्यक औषधि अन्य सामानमा देशकै जडिबुटी, कच्चापदार्थको सदुपयोग हुनेछ। जसले नेपाली मुद्रा बाहिर जाने छैन । कोरोनाले हामीलाई एक किसिमबाट करुणा थपिदिएको छ । युरोपेली देशको संक्रमणको तीब्र गतिलाई बुझ्दा स्वार्थी, बिलासिता जीवनको लागी घाटक रहेछ भन्ने कुरा बिदेशिएका, शहर पसेका युवाहरुले मनन गरि आफ्नै गाउँ-ठाउँमा फर्कि खेतीपातीमा लागेर आफुलाई एवम् कृषि कार्यलाई मजबुत गरि सिंगो देशलाई नै मजबुत बनाउने छ । सम्पूर्ण विश्व लगायत हाम्रो देश नेपालले पनि एउटा स्वच्छ, आदर्शको समाज निर्माण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X