२०७७ जेठ ११ गते २०:४१ क्याराभान
छिमेकी राष्ट्र चीनको वुहानबाट एक भाइरसको उत्पत्ति भयो ।
विश्व भरी फैलिएर महामारीको रुप लिँदै सन्सार खायो ।।
डब्लु एच ओले फेब्रुअरी एघारमा कोेभिड उन्नाईस नाम दियो ।
उक्त नाम धारी भाईरसले विश्वभरीका मानिसको रगत पियो ।।
कोभिड उन्नाईस भाइरसबाट नेपाल रहन लौ सकेन अछुतो ।
यो समाचारले स्तब्ध बनायो नेपालीलाई, पार्यो पछुतो ।।
कोभिड उन्नाईससँग बडे लडाई गर्न भयो लक्डाउनको घोषणा ।
ती ठग्न पल्केकाले गरे ज्यालादारी मजदूरीको शाेषण ।।
खाद्यन्न, औषधी देखि तरकारी सम्मको मूल्या आकासियो ।
तर यसैबेलामा मनब जीवन बन्दाबन्दीले बाकासियो ।।
सावधानी नअपनाएमा कोभिडले हाम्रो सत्यनास गर्छ ।
तर कत्ति पनि नहड्बडाई यो अवसरमा बदल्नु पर्छ ।।
Copyright © 2025 Bikash Media Pvt. Ltd.