२०७७ वैशाख २४ गते ९:१५ सुशिल घिमिरे 'त्रैलोक्य'
चीनको वुहानबाट शुरुभई
विश्व जगतमा कोरोना भाइरसको
नामबाट लाखौलाई संक्रमित पार्दै
जब बुद्धको देश नेपालमा आयौ
मैले समयलाई टक्क अढाए
र आफैसँगको मृत्यु डरले
कंक्रिट महलभित्र लुक्दै
फुर्सदै फुर्सदमा खोज्नथाले
म र मेरो अस्तित्व……..
फगत ………….
तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि
फिक्का र शून्य रहेछ जीवन
पैसा, पद र यशको लालशामा
भौतिक दुनियाँको हतारोले
साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन्
गाउँ बेसी पाखाँहरु
वृद्ध बा आमाका बात्सल्य
अबोध छोरीका कयौ मुस्कानहरु
मानै एउटा युग छुटेछ
र,
तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि
फिक्का र शून्य रहेछ जीवन
पैसा, पद र यशको लालशामा
भौतिक दुनियाँको हतारोले
साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन्
जीवन ओझेल परेछ प्रकाशमै
जहाँ आज म खोजिरहेछु
तिम्रो संत्रासभित्रको फुर्सदमा
आफनै आँखी झ्यालबाट
बा का चाउरी परेका निधारमा
कयौं जीवन दर्शनका पुस्तकहरु ….अनि
विश्व… विश्व मानचित्रमा मेरो देश
म ……म हुनुको अस्तित्व सँगै
कोरोना तिम्रो अब बिदाइमा
कोयलीहरु गीत गाउने छन्
खेतमा लहलह धानका बालाहरु झुल्नेछ
कंक्रिट महल घरमा रुपान्तरित हुनेछन्
जहाँ अबोध नानीहरु मुस्कुराउने छन्
भडकिएको जीवनबाट
नव युग सुरुहुने छ वा भनौ …….
मेरो आत्मविश्वासले
तिमी पराजित हुनेछौ
र
बुद्ध देश घर घरबाट
बुद्धत्व जन्मिने छ ।
जामुनगाछी-५, बिराटनगर,
[email protected]
Copyright © 2022 Bikash Media Pvt. Ltd.