सडक पेटिमा बसेर
“फूलको आँखामा फूलै संसार” गाउने
फुलकुमारीको दुबै आँखा छैनन्
देख्दिन कोरोनाको रङ
जान्दिन सरकारको आकार
कुनै घर नहुने, कुनै डेरा नहुनेहरू
न घरभित्र बस्नु, न बाहिर ननिस्कनु !

लेखक
कुनै घर नहुने, कुनै डेरा नहुनेहरू
न घरभित्र बस्नु, न बाहिर ननिस्कनु !
सडककै एउटा कुनामा
थोत्रिएको मेसिन राखेर
च्यात्तिएको आफ्नै भाग्य
सिलाउन नजानेको फुलकुमारीले
वर्षाैं भयो,
बटुवाहरूको उध्रिएको जुत्ता सिलाईरहेकी छे,
देशै बेच्न नडराउनेहरूले
कोरोनासँग डराएर देशलाई कैदी बनाएपछि
उध्रिन छाडेका छन् मान्छेहरूका जुत्ता
र झन् च्यात्तिएको छ फुलकुमारीको भाग्य
जन्मिएको केही वर्षमै
बाढिले सुकुम्बासी बनाएपछि
छिरेकी हुन् शहर
सडकलाई घर सम्झेर, अफिस सम्झेर
अचेल राष्ट्रलाई
कोरोनाको कहरबाट बचाउन
सडक पेटिबाटै
“साबुन पानीले हात धोउँ” गाउन थालेकी छे।
निलकण्ठ न.पा.२
सीउँडीबार,धादिङ्ग
[email protected]