आणविक हतियार, ठूला अस्पताल र धर्मगुरुको के काम ?

  २०७७ वैशाख ११ गते २०:१७     साजन थापा

टर्कीस्थित यूराेपका सबैभन्दा ठूलाे अस्पताल दी अंकरा सिटी अस्पताल

नोवेल कोरोना भाइरस (कोभिड–१९) सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक देखा पर्यो । सुरुमा चीनको वुहान सहरमा मात्र असर गरेको थियो यो भाइरसले विस्तारै तीव्र रुपले लियो । छोटो समयमा नै महामारीको संज्ञा लिएको यो भाइरसले अहिले विश्वका २ सयभन्दा बढी देश यसको सिकार बनिसकेका छन् । अचानक उत्पन्न भएको कारणले पनि भाइरसका यकिन लक्ष्यणहरु के–के कुन ? यसको औषधी के हो ? यसलाई कसरी नियन्त्रण गर्ने ? भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले पत्ता लगाउन सकिरहेको अवस्था छैन ।

कोभिड–१९ एक नयाँ प्रजातीको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यो भाइरसले मानिस र पशुमा संक्रमण गरिरहेको छ । तर, पशुमा यसको संक्रमण निकै कम मात्रामा पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रस्वास सम्बन्धि रोग समेत निम्त्याउन सक्ने चिकित्सक तथा वैज्ञानिकहरुले बताउँदै आएका छन् । सुरुमा कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको भनिए पनि यो सम्बन्धि कुनै पनि बैज्ञानिकको आधार हालसम्म पत्ता लाग्न सकेको छैन ।

सन् २००३ मा देखिएको SARS (Severe Acute Respiratory Syndrome) र हालको कोभिड–१९ एकै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् । कोरोना भाइरस कसरी र कहाँबाट उत्पत्ति भएर मानिसमा संक्रमण देखा पर्यो भन्ने विषयमा हालसम्म पनि पुस्टि हुन सकेको अवस्था छैन । एकै परिवारका दुई वा दुईभन्दा बढी सदस्यहरु पनि बिरामी परेकाले कोरोना भाइरस मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना देखिएको छ । तर, प्रमाणित भने भएको छैन ।

लेखक

विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । याे लेख तयार गर्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु र १७  लाख मानिस यसको संक्रमणमा छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको भएतापनि सफल उपचार पश्चात यो भाइरसबाट मुक्ति पाउनेको संख्या पनि धेरै छ । विश्वको तथ्यांकलाई हेर्दा ३ लाखभन्दा बढी मानिसहरु उपचार पश्चात घर फर्किएका छन् ।

चीनबाट सुरु भएको यस विश्वब्यापी महामारीले वर्तमान अवस्थासम्म आइपुग्दा सबभन्दा बढी असर अमेरिकामा गरेको देखिन्छ । हालसम्म साढे ५ लाखको हाराहारीमा संक्रमित रहेका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । केहि समय अगाडी सम्म कोरोना भाइरसलाई नियन्त्रणमा राख्न नसकेको इटालीमा १ लाख ५० हजारभन्दा बढी संक्रमित छन् साढे १८ हजारको मृत्यु भइसकेको अवस्था छ । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनमा भने नयाँ संक्रमितको संख्या घट्दो क्रममा छ । हाल चीनमा ८२ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने ३ हजारको हाराहारीमा मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वब्यापी महामारी घोषणा गरे पश्चात यस भाइरसबाट बच्नका निमित्त सम्पूर्ण देशले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । तर पनि दिन प्रतिदिन नयाँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । औषधी पत्ता लागि नसकेको अहिलेको अवस्थामा यसलाई रोकथाम गर्ने एक मात्र उपायको रुपमा लकडाउन रहेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको यो भाइरसको संक्रमण नेपालमा पनि देखिइसकेको छ । हालसम्म अन्य देशको दाँजोमा नेपालमा कमै मात्रामा कोरोना संक्रमित भए पनि थपिने क्रम भने बढ्दै गएको छ ।

समयमा नै सुरक्षाका कदमहरु चालिएको भए नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नै पाउने थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण सर्वप्रथम कतार एअरवेजबाट नेपाल आएको जहाजमा सवार युवतीमा देखिएको थियो । सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरेको भए र विमानस्थलमा समयमा नै कोरोना जाँच गर्ने मेशिनको व्यवस्था गरेको भए नेपालमा कोरोना भाइरस नभित्रन केही सहयोग पुग्थ्यो ।

नेपालमा यो भाइरसको संक्रमण बढ्न सक्ने अर्को आधार भनेको खुल्ला सिमाना र अव्यवस्थित रुपमा नेपाल प्रवेश पनि प्रमुख समस्याको रुपमा रहेको छ । संक्रमण नियन्त्रणका निमित्त रास्ट्रिय तथा अन्तर्रास्ट्रिय हवाई उडान बन्द गरेतापनि खुल्ला सिमानाको फाइदा उठाउँदै ससुराली र माइतीको साइनो देखाउँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई सरकारले बेवास्था गरेको छ ।

केहि समय अगाडि इटालीको अवस्था पनि नेपालको जस्तै थियो । इटालीले सरकारले भनेकोे बेवास्ता गर्दा धेरै नराम्रो परिणाम भोग्नु परेको थियो । अहिले हाम्रो देशमा पनि संक्रमितको संख्या औंलाले गन्न मिल्ने अवस्थामा मात्र रहेको छ । सरकारले कोरोना रोकथामका निमित्त चैत्र ११ गते देखि देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । लकडाउनले गर्दा पनि कोरोना भाइरसको संक्रमण फैलनबाट रोकिन्छ ।

यो सरकारको राम्रो कदम हो, जुन प्रशंसायोग्य छ । तर, सरकारको यो काम जब राती तब बुढी ताती भन्ने उखानसंग मिल्दोजुल्दो रहेको छ । कोरोना भाइरसको महामारी चीनबाट विश्वव्यापी रुपमा फैलदा पनि छिमेकि राष्ट्र नेपालमा नफैलनु हाम्रो लागि रोकथामको उपायहरु अवलम्बन गर्नका निमित्त धेरै राम्रो अवसर थियो । तर, हामीले त्यसको सदुपयोग गर्न सकेनाैं र अन्तिम आएर बचाउका उपायहरु अवलम्बन गरिरहेका छौ ।

ढिलै भएपनि यी कार्यहरु देश र जनताको हितमा भयो भनिएको छ । अहिलेको लकडाउनले धेरै नेपालीको दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । नेता मन्त्रीहरुले सहर बजार हेरेर निर्णय गरिरहेका छन् तर ग्रामिण परिवेश र मजदुरलाई कसले हेर्ने ? यो सबैले एकपटक सोच्नुपर्ने बिषय हो । दिन प्रतिदिन कोरोना संक्रमित बिरामीमा नयाँ–नयाँ प्रकारका लक्षणहरु देखिन थालेका छन् भने अहिले केही बिरामीमा बिना कुनै लक्षण पनि कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको होम क्वारेन्टाइन नै हो । यस भाइरस हामीलाई खोज्दै हाम्रो घरमा आउँदैन हामीहरु नै कोरोनालाई लिन बाहिर जान्छौं ।

तर पनि बैज्ञानिक र डाक्टरहरुले अधिकांश बिरामीहरुमा पाइएको समान लक्षणकै आधारमा कोरोना भाइरसका मुख्य लक्षणहरु उल्लेख गरेका छन् । १०४ डिग्रीभन्दा बढी ज्वरो आउने, स्वासप्रस्वासमा अत्यधिक समस्या देखिने, रुघाखोकी लाग्ने, घाँटी र टाउको दुख्ने जस्ता लक्षणहरु कोरोना संक्रमितमा देखिने चिकित्सकहरु बताउँदै आएका छन् । यी लक्षणहरु देखिएमा समयमा नै अस्पताल गई कोरोना परीक्षण गर्ने र आइसोलेसन वार्डमा उपचार गराएमा कोरोना निको हुन सक्ने सम्भावना प्रबल रहेको बैज्ञानिकहरुको भनाई छ । यस भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको होम क्वारेन्टाइन नै हो । कोरोना भाइरस हामीलाई खोज्दै हाम्रो घरमा आउँदैन हामीहरु नै कोरोनालाई लिन बाहिर जान्छौं ।

यो भाइरसबाट बच्नको लागि हामीले बिशेषतः सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा वा हाछ्युँ गर्दा नाक मुख छोप्ने, कोही कसैमा ज्वरो वा फ्लुजन्य लक्षण देखिएमा समयमा नै स्वास्थ्य संस्थामा गई डाक्टरसंग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपन्छीबाट टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रो संग पकाएर मात्र खाने, अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कने, काम बिशेषले बाहिर जानुपर्ने स्थिति आएमा पनि सामाजिक दुरी कायम गर्ने, मुखमा मास्क र हातमा पन्जा लगाएर मात्र बाहिर निस्कने, कुनैपनि सामान छोए पश्चात सेनिटाइजरले हात सफा गर्ने गर्नुपर्छ ।

यस्तै, बढी प्रयोगमा आउने हातले अनुहारमा नछुने, सरसफाइमा बिशेष ध्यान दिने, रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नबस्ने, पौष्टिक आहारको सेवन गर्ने,वृद्दवृद्दा बालबच्चा र दिर्घ रोगीलाई बिशेष ध्यान दिने, अन्जान मान्छे संग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सत्ता नमस्कार गर्ने, हातले नाक मुख आँखा नछुने, फ्लुजन्य लक्षन देखिएमा अस्पतालमा सम्पर्क गर्ने जस्ता कार्यले हामीहरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट बचाउँछ ।

हामी स्वस्थ हुनु भनेको नै हाम्रो परिवार स्वस्थ हुनु हो । त्यसैले सरसफाइमा ध्यान दिऊँ र कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाऔं । कोरोना महामारीले सिंगो विश्व नै यतिबेला पीडामा छ । हरेक दिन हजारौंकोे संख्यामा मानिसहरुको मृत्यु भैरहेको छ । यसले मानव जगतमा नै ठूलो संकटको अवस्था खडा गरेको छ । हामीहरु सधैं पैसाको पछाडि लाग्छौं तर त्यो पैसाले हामीलाई मृत्युबाट बचाउन सक्दैन रहेछ भन्ने कुरा संसारका सम्पूर्ण मानिसले बुझ्नुपर्ने अवस्था आएको छ । आजकलका मानिसलाई मोबाइल र इन्टरनेट चलाउन बाहेक केहि नआउने रहेछ भन्ने कुराको ज्ञान पनि यस महामारीले दिएको छ । हरेक देशमा लडाइँको लागि पूर्व तयारी रहेको तर अकस्मात आउने महामारीबाट बच्ने पूर्व तयारी संसारका बिकसित देशहरुमा पनि रहेनछ भन्ने कुराको जानकारी यो कोरोना भाइरसले दिएको छ ।

आजकलका मानिसलाई मोबाइल र इन्टरनेट चलाउन बाहेक केहि नआउने रहेछ भन्ने कुराको ज्ञान पनि यस महामारीले दिएको छ । हरेक देशमा लडाइँको लागि पूर्व तयारी रहेको तर अकस्मात आउने महामारीबाट बच्ने पूर्व तयारी संसारका बिकसित देशहरुमा पनि रहेनछ भन्ने कुराको जानकारी यो कोरोना भाइरसले दिएको छ ।

मानिसहरु जतिसुकै धनी भएतापनि आफूसंग भएको पैसाले भैपरी आउँदा आफू र आफ्नो परिवारको ज्यान बचाउन सक्दैन रहेछ । विश्वमा अहिले मुख्य चुनौतीको रुपमा स्वास्थ्य समस्या रहेको देखिएको छ । कुनैपनि देशले स्वास्थ्यजन्य समस्यासँग लड्नका निमित्त कुनैपनि पूर्व तयारी गरेका छैनन् भन्ने कुराको पुष्टि वर्तमान यस महामारीले गरेको छ । हरेक राष्ट्रले आणविक शस्त्रास्त्रकै होडबाजीमा अगाडी बढेको, अरु देश भन्दा आफुलाई शक्तिसम्पन्न साबित गर्न हर सम्भव कोशिस गरेको तर भइपरी आउने समस्याको सामना गर्न नसक्ने रहेछन् ।

जतिसुकै ठूला अस्पताल निर्माण गरेतापनि तिनले मानव स्वास्थ्यको रक्षा गर्न नसक्ने, कुनै पनि धार्मिक गुरुले कसैको ज्यान बचाउन नसक्ने रहेछन् । दिन प्रतिदिन आधुनिकतातर्फ लम्कदै गएको हालको विश्व परिवेश मानव समुदायका लागि कत्तिको सुरक्षित छ ? शक्ति सम्पन्न राष्ट्रहरुले निर्माण गरेक आणविक हतियारबाट आफ्ना जनताको रक्षा गर्न सक्छन् ? धार्मिक गुरुसँग इश्वरीय शक्ति हुन्छ ? यस्ता अनेक प्रश्नहरु कोरोनाको महामारीले अगाडी सरेको छ । अहिलेको वर्तमान विश्वमा मानिसको आयु दिन प्रतिदिन घट्दै गइरहेको छ ।

यसको प्रमुख कारण अव्यवस्थित जीवनशैली र खानपान हो । प्राचीन कालमा मानिसहरु कसरी लामो समयसम्म स्वस्थ जीवनयापन गर्दथे भन्ने बारेमा खोज गर्नुपर्ने देखिएको छ । वर्तमान विश्वमा देखिएको प्रमुख चुनौती स्वास्थ्य समस्या नै हो । यसबाहेक देखिएका अन्य चुनौतीहरूमा बेरोजगारी, अर्थ र प्राकृतिक खनिज पदार्थको प्रयोग देखिएको छ । यो महामारीले नेपालमा पनि प्रमुख चुनौतीको रुपमा स्वास्थ्य समस्यालाई नै अगाडि ल्याएको छ । हरेक सहरमा दुई तीनवटा महंगा सुबिधा सम्पन्न निजी अस्पतालका साथै सरकारी स्वामित्वको अस्पताल पनि रहेका छन् तर कुनैपनि अस्पतालले महामारीको समयमा साथ नदिने पाइएको छ ।

वार्षिक रुपमा करोडौंको अनुदान प्राप्त गर्ने स्वास्थ्य सम्बन्धि क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिएका एनजीओ, आइएनजीओले पनि विपतको बेला साथ नदिने भएकाले तिनको अस्तित्व नै एक चुनौतीको बिषय हो । बिपतमा साथ नदिने कुनैपनि संस्था चलाउनुको औचित्य रहेको छैन । नेपालमा स्वास्थ्य पश्चात देखिएको अर्को समस्या यातायात र रोजगारी रहेको छ । सहर बजारमा करौडौंको आलिशान महलमा बस्ने नागरिक भन्दा गाउँ घरमा झुपडीमा बस्ने मानिसलाई दिन प्रतिदिन खाद्यान्नको समस्याले पिरोल्न थालेको छ । विपतको बेला पनि भ्रस्टाचार गर्न नछोड्ने मन्त्री र कर्मचारी तथा एक किलो चामल बोकेर दश जनाले फोटो खिच्नेहरु यस देशका कोरोना भन्दा पनि ठूला भाइरस रहेका छन् ।

देशका नागरिकहरु हरेक दिन रोग र भोकसँग लडिरहेका छन् । तर, ठूला दर्जाका कर्मचारीहरु आफ्नो बारेमा मात्र सोचेर बसिरहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा इटालीकोभन्दा पनि भयावह अवस्था आउन सक्ने भनेर खबरदारी गरिसकेको छ । हाम्रो देश पनि अहिले लकडाउनको अवस्थामा रहेको छ । यसले जतिलाई फाइदा पुगेको छ त्यो भन्दा दश गुणा बढीलाई बेफाइदा पुगिरहेको छ । विश्वभर कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलाे समस्या निम्त्याइरहेको छ । यसबाहेक यसको महामारीले विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाब पारिरहेको छ । हरेक दिन घट्दो क्रममा रहेको शेयर बजारले ठूला – ठूला कम्पनीहरु पनि घाटामा गई बन्द हुने अवस्थासम्म पुगिसकेका छन् । धेरै मानिसहरुले आफ्नो करोडौंको सम्पत्ति गुमाइरहेका छन् ।

शेयर मूल्य लाखौंमा रहेको कम्पनीको मूल्यमा भारी गिरावट आइरहेको छ । अधिकांश वित्तीय संस्थाहरु घाटामा गइरहेका छन् । बिशेषगरी यसको असर पेट्रोलियम पदार्थमा परेको छ । दिन प्रतिदिन पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आइरहेको छ । यस्तै क्रम चलिराखेको खण्डमा सम्पूर्ण विश्वमा आर्थिक संकट आउनसक्ने अनुमान गरिएको छ । नेपालमा पनि कोरोनाको कारण आर्थिक संकट उत्पन्न हुनसक्ने देखिन्छ । शेयर बजारमा आएको मूल्यह्रास नेपालको प्रमुख समस्या रहेको छ । निरन्तर रुपमा ठूला – साना कम्पनीहरुको शेयर मूल्य घट्दो क्रममा छ । यसले कम्पनीहरु घाटामा गई बन्द हुनसक्ने स्थिति पनि आउन सक्छ ।

ठूला कम्पनीहरुले दैनिक रुपमा लाखौंको घाटा व्यहोरेका छन् । फलस्वरूप बेरोजगारीको समस्या बढ्न सक्ने सम्भावना प्रबल छ । उद्योग कलकारखानाहरु बन्द रहेका कारणले मानिसहरु अहिले कामविहीन भएका छन् जसले गर्दा दैनिक मजदुरी गर्नेको जीवनयापन कष्टकर बन्दै गइरहेको छ ।

ठूला कम्पनीहरुले दैनिक रुपमा लाखौंको घाटा व्यहोरेका छन् । फलस्वरूप बेरोजगारीको समस्या बढ्न सक्ने सम्भावना प्रबल छ । उद्योग कलकारखानाहरु बन्द रहेका कारणले मानिसहरु अहिले कामविहीन भएका छन् जसले गर्दा दैनिक मजदुरी गर्नेको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फलस्वरूप आर्थिक तरलताको अभाव भई सिंगो देशको अर्थप्रणालीमा प्रतिकूल असर पर्न सक्ने देखिन्छ । कोरोना महामारीले विश्वको अर्थतन्त्रमा मात्र नभई सिंगो मानव जगतमा पनि गम्भीर असर गरिरहेको छ ।

यो महामारीले गर्दा मानव सभ्यताको कुनै न कुनै समुदाय नै लोप हुनसक्ने अवस्था पनि सृजना हुनसक्छ । विश्व समुदायमा अझ पनि आदिबासीको रुपमा जीवनयापन गर्ने समुदाय रहेको छ । उनीहरु आधुनिक विश्व परिवेशबाट पूर्ण रुपमा बाहिर अझ पनि प्राचिन शैलीमा जंगलमा जीवनयापन गरिरहेका छन् । यदि त्यो समुदायमा महामारी फैलिएमा पुरा समुदाय नै सखाप पार्नसक्ने सम्भावना राख्दछ । प्राकृतिक उपचारमा विश्वास राख्ने त्यो पुरा समुदाय नै महामारीले गर्दा लोप हुन सक्छ । यसका अलावा हाम्रो संस्कृतिमा पनि यसले असर परेको छ । अहिले नेपाल लकडाउनको अवस्थामा छ । यो समय धेरै संस्कृति र चाडपर्व मनाउने समय पनि हो ।

नवबर्ष संगै भक्तपुर र साँगामा बिस्केट जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा जस्ता पौराणिक महत्व बोकेका जात्राहरु चलाउने समय परेको छ । धार्मिक मान्यता अनुरुप यी जात्राहरु रोकिएमा अनिष्ट हुने किन्बदन्तिहरु प्राचीन कालदेखि चलिआएका छन् । अहिलेको यो स्थितिमा जात्रा संचालन गर्न असम्भब छ, जसको प्रत्यक्ष असर हाम्रो संस्कृतिमा पर्छ । स्वास्थ्य क्षेत्रमा यसले नयाँ चुनौती थपिदिएको छ । अहिले उद्योगधन्दा र पैसाको पछाडि मात्र दौडने हाम्रो विश्व समुदायलाई केहि कूरा आफ्नो स्वास्थ्यको लागि पनि सोच्न बाध्य बनाएको छ । हाल विश्वमा चलिरहेको आणविक होडबाजी र प्रकृतिको नियमलाई बदल्ने प्रयास स्वरूप स्थापना गरिएका अनुसन्धान केन्द्रहरु भबिस्यमा मानव समुदायको लागि कतिसम्म सुरक्षित छ भन्ने बारेमा एकपटक पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

विश्वका हरेक राष्ट्रले के हतियारले मात्र आफ्नो देशलाई सुरक्षित राख्न सक्छ त भन्ने बारेमा एकपटक सोच्नुपर्ने बेला आएको छ । नेपालमा वर्तमान अवस्थासम्म कोरोना भाइरस संक्रमितको संख्या औंलाको गन्तीमा मात्र सीमित हुनु धेरै राम्रो कुरा हो तर के नेपालमा कोरोना भाइरसले आक्रमण गर्न नसकेकै हो त भन्ने कुरापनि आएको छ भने अर्कातर्फ धेरै नराम्रा कुरापनि आइरहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या कम देखिनुमा स्वास्थ्य क्षेत्रको लापरबाहीलाई पनि लिने गरिएको छ । जुन प्रमुख समस्या हो । राम्रोसंग ज्वरो जाँच नहुनु, गुणस्तरीय परिक्षण मेशिनको अभाबले गर्दा पनि कोरोना संक्रमितको संख्या कम भएको हुनसक्ने अनुमान पनि गरिंदै आएको छ ।

कामना गरौँ नेपालमा कोरोनाको असर छिट्टै समाप्त हुनेछ र सरकारले स्वास्थ्य क्षेत्रको बारेमा केहि सोचोस् र पुर्व तयारी पनि गरोस् । विश्वमा हालसम्म दश भन्दा बढी प्राणघातक महामारीहरु फैलिइसकेका छन् । हरेक महामारीले केहि न केहि सन्देश दिएर जाने गरेका छन् । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले पनि विश्वलाई केही सन्देश दिएको छ । हरेक देशले युद्ध भन्दा पहिला स्वास्थ्यको बारेमा सोच्नुपर्ने सन्देश प्रमुख रुपमा दिएको छ । हामीहरुले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्ने देखिएको छ ।

आजका मानिसहरु पैसाको पछाडि मात्र लागि आफ्नो स्वास्थ्यमा हेलचक्र्याइँ गरिरहेका छन् । हामी छोटो समयमा तयार हुने ड्राई फुड खान्छौ जसले दिर्घकालिन रुपमा हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ जसलाई हामी बेवास्ता गरिरहन्छौ र दीर्घकालमा जटिल स्वास्थ्य समस्यामा पर्दछौं । के हाम्रो आजको जीवनशैली आफ्नो स्वास्थ्यको लागि सहि रहेको छ त ? यदि छ भने किन मृत्युदर बढ्दो क्रममा रहेको छ ? किन औषत आयु घट्दो क्रममा रहेको छ ? यसबारेमा एकपटक सोच्नुपर्ने सन्देश यस कोरोना महामारीले दिएको छ ।

स्वास्थ्य क्षेत्रमा हुने लापरबाही, भ्रष्टाचार जस्ता कामहरु रोकी नेपाल सरकारले पुनर्विचार गर्नुपर्छ । स्वास्थ्य क्षेत्रलाई साधारण क्षेत्र नमानी संबेदनशील क्षेत्रको रुपमा सुचिकृत गरी नयाँ नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्छ । महामारीको बेला बन्द गर्ने अस्पताल, बिदामा बस्ने डाक्टर सबैलाई बन्द तथा राकेर सरकारी स्वामित्वको नयाँ र सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने तथा आधुनिक स्वास्थ्य सामग्री जडान गर्दै जानुपर्ने देखिन्छ । हामीले अहिले गर्ने सानो प्रयासले पनि भबिस्यमा ठुलो महामारीबाट हामीलाई बचाउन सक्छ ।

बनेपा -९, काभ्रे
sjt.samar95@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.