साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू

  २०७७ जेठ २१ गते १२:१४     चोपकान्त सुवेदी

पृष्ठभूमि
सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भाइरल निमोनियाको रुपमा देखा परेको कारोना भाइरस रोग (कोभिड–१९) आज विश्वभर महामारीको रुपमा फैलिएको छ । शुरुमा यो रोग के हो भन्नेमा बिज्ञहरु र विश्व स्वास्थ्य संगठन नै अनविज्ञ रहेको अवस्थामा जनवरी ७, २०२० मा चीनियाँ बैज्ञानिकहरुले यो रोग पहिले नै पत्ता लागेको कोरोना भाइरस को नयाँ रुप भएको पत्ता लगाए । कोरोना भाइरसको नयाँ रुप भएकोले चीनिया बैज्ञानिकहरुले यसलाई नोबेल कोरोना भाइरस नामाकरण गरे जुन समयमा चीनमा भाइरसबाट संक्रमित हुनेको संख्या ४४ पुगिसकेको थियो ।

यस भाइरसको बारेमा विस्तृत अध्ययन गरिरहेको चीनले १२ जनवरी, २०२० मा कोरोना भाइरसको जेनेटिक सिक्वेन्स सार्वजनिक गर्दै सो रोग पहिचानको लागि विशिष्ट किटको आविस्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्यो । लगतै यस रोगले अन्तर्राष्ट्रिय रुप लिन पुग्यो फलस्वरुप २० जनवरी २०२० सम्म चीनसहित थाइलैण्ड, जापान र दक्षिण कोरिया गरी चार देशमा भाइरसबाट संक्रमित व्यक्ति फेला परेपछि विश्व स्वास्थ्य संगठनले २१ जनवरी २०२० देखि अवस्था प्रतिवेदन (सिचुएसन रिपोर्ट) सार्वजनिक गर्न थाल्यो । भाइरसको संक्रमण देश–महादेश हुँदै नेपाल सहित २६ देशका ४३ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका र विभिन्न देशहरुले यस भाइरसलाई चिनियाँ भाइरस भनि टिका टिप्पणी गरिरहेको सन्दर्भमा ११ फेब्रुअरी, २०२० मा विश्व स्वास्थ्य संगठनले यो भाइरसको नाम कोभिड–१९ भनि औपचारिक रुपमा नामाकरण गर्यो ।

कोरोना महामारीको विश्वव्यापी अवस्था

कोरोना भाइरसको तिब्र विस्तारसँगै समग्र विश्व नै भाइरसको उच्च जोखिममा रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनले १० जनवरी २०२० मा ट्राभल एडभाइजरी जारी ग¥यो । त्यस पछि विभिन्न देशहरुले पनि यस्तो ट्राभल एडभाइजरी जारी गरी कतिपय स्थानमा आवागमन प्रतिबन्ध लगाउन शुरु गरे । हाल केही अपवाद र अत्यावश्यक वस्तुको उत्पादन, वितरण तथा सेवाको सञ्चालन बाहेक विश्वभरका सबै व्यपार व्यवसाय बन्द गरिएका छन् । रेल्वे, जल यातायात, सार्बजनिक सवारी लगायत गैर–सैनिक हवाई उडानहरु बन्द गरिएका छन् भने धेरै देशले लकडाउन घोषणा गरी सर्वसाधारणलाई घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरस विरुद्ध हालसम्म कुनै खोप तथा औषधिको आविष्कार नभएको सन्दर्भमा यस भाइरसबाट बच्ने मूख्य उपायको रुपमा व्यक्ति–व्यक्तिबीचको सामाजिक दुरी कायम गर्न कतिपय सरकारी र गैर–सरकारी सेवाहरु समेत सम्भव भएसम्म घरबाटै गर्न मिल्ने गरी वर्क फ्रम होमको व्यवस्था गरिएको छ । विश्वका २१० देशमा फैलिसकेको यो भाइरसबाट भौगोलिक रुपमा सबैभन्दा बढी अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी लगायतका देशहरु प्रभावित भएका छन् भने अधिकांश युरोपियन राष्ट्रहरु अस्त व्यस्त भएका छन् । यो आलेख तयार पार्दासम्म विश्वभर २३ लाख ५१ हजार व्यक्तिहरु संक्रमित भएका छन् जसमध्ये १ लाख ६१ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने ६ लाख ६ हजार व्यक्तिहरु उपचार पछि निको भइसकेका छन् ।

नेपालमा कोरोना महामारीको अवस्था

लेखक

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण २५ जनवरी, २०२० मा चीनबाट आएका व्यक्तिमा देखिएको थियो । विश्वभर फैलिएको महामारी नेपालमा समेत भित्रिन सक्ने देखिएकोले नेपाल सरकारबाट गठित “कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति” को २०७६ चैत्र ५ गतेको निर्णयानुसार सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन तथा डान्स बार, विश्वविद्यालय तथा कलेजहरु, सामुदयिक तथा संस्थागत विद्यालय र बालविकास केन्द्रहरु २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरियो । यसको साथै, सञ्चालनको क्रममा रहेका सबै निकाय तथा तहका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरियो भने सामाजिक साँस्कृतिक कार्यहरु लगायत सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन प्रतिबन्ध लगाइयो ।

विदेशबाट आउने व्यक्तिहरुबाट भाइरस संक्रमणको जोखिम उच्च देखिएकोले २०७६ चैत्र ७ गते (२० मार्च, २०२०) रातको १२ बजेबाट लागू हुने गरी २०७६ चैत्र ३० गते (१२ अप्रिल, २०२०) सम्म युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरु एवम् टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट आउने र ती देशहरुमा ट्रान्जिट गरी आउने यात्रुहरुलाई आगमन प्रतिबन्ध लगाउने सम्बन्धमा ट्राभल एडभाइजरी जारी गरियो । यस लगतै २०७६ चैत्र ९ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०७६ चैत्र ११ गतेदेखि १ हप्ताको लागि अत्यावश्यक वस्तुको उत्पादन, वितरण र ढुवानी तथा सेवा सञ्चालन बाहेक नेपाल भर लकडाउन घोषणा गरी नेपालको अन्तर्राष्ट्रिय सीमानाकाहरुबाट हुने आवागमन समेत स्थगन गरियो ।

पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको करिब २ महिनापछि अर्थात २४ मार्च, २०२० मा नेपालमा दोस्रो संक्रमित व्यक्ति फेला परे । लकडाउनको अवधिमा क्वारेन्टाइन र आइसोलेसनमा राखिएका व्यक्तिहरुको परीक्षणको क्रममा २०७६ चैत्र २३ (५ अप्रिल, २०२०) मा स्थानिय रुपमा संक्रमित व्यक्ति भेटिएसँगै नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गर्यो । त्यसपछि पटक पटक गरी देशभर लागू गरिएको लकडाउनकाे अवधि लम्ब्याइएकाे छ । यसका साथै, सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडानहरुलाई  पनि स्थगन गरिएको छ भने विश्वविद्यालय, कलेज तथा विद्यालयहरु र विभिन्न निकायका परीक्षा कार्यक्रमहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

संक्रमितको संख्या बढेसँगै आवागमनमा थप कडाई गरिएको छ भने परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ । पहिले पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट मात्र परीक्षण गर्ने गरिएकोमा हाल द्रुत गतिको र्यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटि) विधिबाट समेत परीक्षण गरिएको छ । त्यस्तै, पिसिआर विधिबाट गरिने परीक्षण केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र भइरहेकोमा त्यसको दायरा विस्तार गरी देशभर हाल १३ वटा प्रयोगशाला मार्फत पिसिआर विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने संक्रमित व्यक्तिको उपचारको लागि २५ वटा अस्पताललाई कोरोना विशेष हब अस्पतालको रुपमा तोकिएको छ । यसको साथै, कोरोनाको शंकास्पद व्यक्ति भेटिएमा तुरुन्त अस्पताल पुर्याउन सबै जिल्ला, प्रदेश र केन्द्रमा एम्बुलेन्स, चिकित्सक र सुरक्षाकर्मी सहितको डेडिकेटेड टिम चौबिसै घण्टा तैनाथ गरिएको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्रोत जुटाउने उद्देश्यले नेपाल सरकारले रु. ५० करोड जम्मा गरी स्थापना गरेको केन्द्रीय राहत कोषमा २०७७ बैशाख ५ गतेसम्म रु. २ अर्ब ७ करोड ४६ लाख रकम जम्मा भइसकेको छ भने राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । त्यस्तै विभिन्न प्रदेश र स्थानीय तहहरुले पनि आ–आफ्नो स्तरमा यस्तो कोष स्थापना गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८ हजार ८१ व्यक्तिको पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गरिएकोमा ३१ जना संक्रमित भएको पाइएको छ । जसमध्ये ४ जना उपचारपछि निको भइसकेका छन्, २७ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने कुनै पनि व्यक्तिको यो रोगका कारण मृत्यू भएको छैन । आरडिटि परीक्षणलाई समेत समावेश गर्दा नेपालमा हालसम्म कुल २८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

कोरोना महामारीबाट बच्ने उपायहरु

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले संक्रमित व्यक्ति र यसको लक्षण देखिएका शंकास्पद व्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने मूख्य उपाय हो । विज्ञहरुका अनुसार यो रोग चमेरो, बिरालो, कुकुर लगायतबाट समेत सर्ने सम्भावना देखिएकोले यो रोगबाट बच्न यस्ता पशुपंक्षीबाट समेत टाढा रहनु पर्दछ । यो रोग विरुद्ध हालसम्म कुनै खोप वा औषधिको विकास भैसकेको छैन । तसर्थ, यस विषम परिस्थितिमा महामारीबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न र व्यक्ति व्यक्ति बिचको सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

विश्व स्वस्थ्य संगठनको मापदण्ड बमोजिम एक देश वा स्थान बाट अर्को देश वा स्थानमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु यो रोग फैलिनबाट रोक्ने महत्वपूर्ण उपाय हो । शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्नु पनि रोगबाट बच्ने उपाय भएकोले नियमित रुपमा स्वच्छ तथा पौष्टिक आहार सेवन गर्ने र नियमित योग तथा व्यायम गर्न आवश्यक हुन्छ । यसको साथै, संक्रमण हुनबाट बच्नको लागि सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी निर्देशनको पालना गर्ने, लकडाउनको समयमा अनावश्यक रुपमा घरबाहिर ननिस्कने, अत्यावश्यक कामको लागि घरबाहिर जानु परेमा मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै सामाजिक दुरी कायम गर्नुपर्दछ ।

कोरोना महामारीले विश्व समुदायमा ल्याएका चुनौतिहरु

विज्ञान र प्रविधिको विकासले संतृप्त भएको र जस्तोसुकै परिकल्पनालाई पनि वास्तविकतामा बदल्न सफल भएको विश्व मानव समुदाय आज कोरोना महामारीको अगाडि निरिह सावित भएको छ । कोरोना विरुद्धको औषधि तथा खोप विकासको लागि ६० भन्दा बढी देशका वैज्ञानिकहरु रात दिन अनुसन्धानमा लागि परेका छन् तर अहिलेसम्मको प्रयास जंगलको रुवाई मात्र भएको छ । तथापि, यसमा केहि प्रगति नभएको भने होइन । केही देशले खोपको विकास गरिएको र मानवीय परीक्षण भइरहेको बताइरहेता पनि पूर्ण सफल भने भइसकेका छैनन् । तसर्थ, महामारीको तिब्र विस्तार भइरहेको र औषधिको विकास नभएको यस्तो संक्रमणकालीन समयमा कोरोना भाइरसले विश्व समुदायमा सिर्जना गरेका चुनौतिहरुलाई निम्न दुई पक्षमा विश्लेषण गर्नु उपयुक्त हुने देखिन्छ ।

(क) मानवीय चुनौतिहरु

कोरोना महामारीले गर्दा आज विश्व मानव समुदाय इतिहाँसकै सकटपूर्ण अवस्थामा बाँचिरहेको  छ । संक्रमणको जोखिम उच्च हुने हुनाले संक्रमित व्यक्तिले समयमै उपचार नपाउने सम्भावना पनि उत्तिकै छ । अझ संक्रमित व्यक्तिलाई छुट्टै आइसोलेसनमा राख्नुपर्ने हुनाले संक्रमित व्यक्ति रोगसँगै मानसिक तनावले बढी पीडित भएका छन् । रोगको संक्रमण रोक्नको लागि विश्वभर नै लकडाउन लागू गरिएका छ जसले गर्दा कतिपय मानिसहरु बीचबाटोमै अलपत्र परेका छन् भने कतिपय अर्को मुलुकमा रोकिन बाध्य भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने सर्वहारा मजदुर वर्गको रोजीरोटी खोसिएको छ जसले गर्दा गरीब तथा मजदूर वर्ग रोगले भन्दा पनि भोकले मर्ने सम्भावना देखिएको छ ।

महामारीका कारण गरिएको लकडाउनले उत्पादन र वितरणमा समस्या आएको छ भने विश्वभर आपूर्ति श्रृखला अवरुद्ध भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको व्यवस्थापन समेत चिन्ताको विषय बनेको छ । महामारीबाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा विश्वभरका अस्पतालका बेडहरु भरिन गई थप संक्रमितले उपचार पाउने सम्भावना समेत न्यून हुँदै गएको छ । विश्वभर नै महामारीको उस्तै अवस्था रहेकोले औषधि लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमणको उच्च जोखिम देखिएको छ । विज्ञहरुका अनुसार यो रोगबाट बृद्ध–बृद्धा, दीर्घरोगीहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, दम आदिका बिरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले यस्ता बिरामीहरुको जीवन रक्षा थप चुनौतिपूर्ण बन्दै गएको छ ।

(ख) आर्थिक चुनौतिहरु

कोरोना महामारीको तिब्र विस्तार रोक्न लागू गरिएको लकडाउनको कारण विश्वभरका कलकारखाना, व्यापार व्यवसाय लगायत सम्पूर्ण आर्थिक गतिविधिहरु बन्द प्रायः भएका छन् । विश्वभरका शेयर बजारमा उच्च अंकले गिरावट आएको छ भने कच्चा तेलको मूल्य दुई दशक यताकै न्यून बिन्दुमा झरेको छ । विश्व अर्थतन्त्रको आपूर्ति श्रृखला अवरुद्ध भएको छ भने समग्र माग (एग्रिगेट डिमाण्ड) तथा आपूर्तिमा समेत आकस्मिक झट्का लागेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा सन् २०२० अप्रिलमा प्रकाशित वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारण विश्व अर्थतन्त्र सन् १९०८ को आर्थिक मन्दी भन्दा पनि खराब अवस्थामा पुगेको छ भने सन् २०२० मा ३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ । कोषका अनुसार सन् २०२० मा विकसित अर्थतन्त्र ६.१ प्रतिशतले र विकासशील तथा उदाउँदा अर्थतन्त्र १.० प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । त्यस्तै, विश्वको सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र ५.९ प्रतिशतले र समग्र युरो क्षेत्रको अर्थतन्त्र ७.५ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिएको छ । यद्यपि, एशियाका दुई ठूला भारत र चीनको अर्थतन्त्र भने क्रमशः १.२ र १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ ।

विश्व खाद्य संगठनका अनुसार सन् २०१४ मा अफ्रिकी राष्ट्रहरुमा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण अफ्रिकी राष्ट्रहरुमा ४७ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहन गई खाद्य संकट देखिएको थियो । तसर्थ, कोरोना महामारी अझै बढ्दै गएमा सन् २०२० मा समत विश्वभर खाद्य संकट आउन सक्ने, खाद्यान्नको मूल्यमा वृद्धि हुने र गरीबीको रेखामुनि रहेका जनसंख्यामा खाद्य पहुँचमा समेत गम्भिर असर पर्ने संगठनले जनाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ ।

राष्ट्र संघीय विश्व पर्यटन संगठनका अनुसार कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटन आगमन २० देखि ३० प्रतिशतले कमि आउने र पर्यटन आय ३०० देखि ४५० अर्ब डलरले संकुचन हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको संख्यामा ५० देखि ६० करोडले कमि आउने र एयरलाइन्स कम्पनीहरुलाई ११२ देखि १३५ अर्ब डलर सञ्चालन नोक्सानी हुने अनुमान गरिएको छ ।

कोरोना महामारीले नेपालमा ल्याएका चुनौतिहरु

(क) मानवीय चुनौतिहरु
कोरोना महामारीका कारण नेपालमा हालसम्म कुनै मानवीय क्षति त भएको छैन तर यसले अन्तर्राष्ट्रिय समुदायमा पुर्याएको क्षतिलाई विश्लेशण गर्दा नेपाल पनि त्यस्तो जोखिमबाट मुक्त भने छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बैशाख ७ गतेसम्म नेपालमा ३१ जना संक्रमित भएकोमा ४ जना निको भइसकेका छन् भने अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेकाले मानवीय क्षति हुने सम्भावना न्यून छ । लकडाउन जारी रहेको र परीक्षणलाई तिब्रता दिइएका कारण सम्भावित महामारी निम्तिन सक्ने सम्भावना पनि न्यून छ । यद्यपि, लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र गरीब परिवारको दैनिकी भने कष्टकर बन्दै गएको छ । विशेष गरी शहरी क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको रोजगारी गुमेको र खर्चको अभाव भई खान समेत नपाउने अवस्था सिर्जना भएकोले शहरी क्षेत्रका कतिपय मजदुरहरु लकडाउनको बाबजुत पनि पैदल हिडेर गाँउ फर्कन बाध्य भएका छन् ।

(ख) आर्थिक चुनौतिहरु
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसँगै होटल तथा पर्यटन सम्बद्ध क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरेका थिए । तर २०२० को पूवाद्र्धसँगै छिमेकी चीनमा कोरोनाको संक्रमण देखिएपछि विश्वव्यापी रुपमा पर्यटकको आगमनमा कमि आयो भने नेपालमा पनि त्यसको असर प¥यो । जसका कारण नेपालको होटल तथा पर्यटन क्षेत्र सन् २०२० को शुरुदेखि नै व्यवसाय विहिन बन्न पुगेको छ भने पर्यटन वर्षलाई लक्षित गरी गरिएको होटल तथा पर्यटन क्षेत्रको अर्बौको लगानी खेर जाने निश्चित प्रायः भएको छ ।

सम्भावित महामारीबाट बचाउन नेपाल सरकारले देशभर लागू गरेको लकडाउनका कारण अत्यावश्यक बाहेक सबै व्यापार व्यवसाय, कलकारखाना, उद्योगधन्दा बन्द भएका छन् । यसरी दैनिक आर्थिक गतिविधि बन्द हुँदा व्यवसायी तथा मजदुरको अर्बौंको आम्दानी गुमेको छ । यसबाट अर्थतन्त्रमा करिब ३ प्रतिशतको योगदान गर्ने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने १४.४ प्रतिशतको योगदान गर्ने थोक तथा खुद्रा व्यापार क्षेत्र बढी प्रभावित भएको दोस्रो क्षेत्र हो । त्यस्तै, निर्माण क्षेत्र ७.८ प्रतिशत, रियल स्टेट क्षेत्र ११.५ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्र ७.२ प्रतिशत समेत प्रभावित हुने देखिएको छ भने यी सबैको असर ६.३ प्रतिशत योगदान रहेको वित्तीय क्षेत्रमा पर्नेछ ।

लकडाउनको कारण कतिपय नष्ट हुने खालका कृषियोग्य उत्पादनको बजारीकारण गर्न नसकिएको र मागमा समेत कमि आएका कारण अर्थतन्त्रमा २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्र समेत प्रभावित हुने देखिन्छ । आर्थिक शिथिलतासँगै सरकारको राजस्व आम्दानी तथा विकास निर्माण लगायतमा हुने खर्चमा समेत उल्लेख्य कमि आई आर्थिक मन्दी हुने देखिन्छ । विश्व बैंकका अनुसार सन् २०२० मा नेपालको अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्राकोषले आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने जनाएको छ ।

कोरोना महामारीका कारण वातावरण र जीवजगतमा पर्ने असर

विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ ।

(क) वातावरणमा पर्ने असरहरु
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । कार्बन ब्रिफका अनुसार चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ । त्यस्तै इटली, स्पेन र बेलायतमा पनि हानिकारक ग्याँस नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा उल्लेख्य कमि आएको छ । बैज्ञानिकहरुका अनुसार खिइदै गएको वायुमण्डलको ओजोन तह विश्वभर गरिएको लकडाउनको कारण पुरिदै गएको छ । यसको साथै, मानवीय आवागमन बन्द भएका कारण बाटो, मन्दिर, खेलमैदान लगायतका सार्वजनिक स्थलहरु प्राकृतिक रुपमा निर्मलीकरण भएका छन् ।

(ख) जीवजगतमा पर्ने असरहरु
कोरोना महामारी रोक्न गरिएको लकडाउनका कारण मानव वस्तीसँग समिप्य रहने कतिपय जीवजन्तुमा नकरात्मक असर परेको छ । मानिसले फालेको फोहोर खानेकुराहरु खाएर हुर्कने कुकुर, बिरालो, बाँदर र चराचुरुङ्गीहरु मानिस घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण प्रतिकुल असर पर्ने देखिन्छ भने यसको विपरित जंगली जीवजन्तु तथा जनावरहरुको अनावश्यक गैरकानूनी शीकार तथा मानवीय हस्तक्षेपमा कमि आई समग्र पर्यावरणीय सन्तुलनमा मिश्रित प्रभाव पर्ने
देखन्छ ।

कोरोना महामारीका कारण मानव सभ्यता र संस्कृतिमा पर्ने असर

(क) सभ्यता
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस जंगली जनावरबाट मानिसमा सरेको आशंका गरिएको गर्दै जंगली जनावरको मासु सेवन गर्न प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ । चीनमा गरिएको परीक्षणमा कुकुर, बिरालो, चमेरो, सर्प लगायतमा कोरोना भाइरस भेटिएकोले पनि यो तर्कमा बल पुगेको छ । त्यस्तै कोरोना महामारीको समयमा मासु तथा मासुजन्य पदार्थको सेवन नगर्न पनि विश्व स्वास्थ्य संगठनले सुझाव दिएको कारण विश्व समुदायले आफ्नो खाद्य व्यवहार तथा सभ्यतामा परिवर्तन गरी शाकाहारी हुने बलियो सम्भावना देखिन्छ । हाल विश्वको कुल जनसंख्यामा करिब १० प्रतिशत शाकाहारी भएको अनुमान छ ।

(ख) सँस्कृति
कोरोना महामारीका कारण सम्पूर्ण मानव समुदाय घरभित्र नै सीमित हुनु परेको कारण साँस्कृतिक रुपमा मनाउनुपर्ने चाडपर्वहरु पनि ओजेलमा परेका छन् । समयमा चाडपर्वहरु मनाउन नपाउने तथा आवश्यक संख्यामा मानिसहरु भेला हुन नहुने कारण भोलिका दिनहरुमा चाडपर्वहरुको महत्व र औचित्य पनि न्यून हुने सम्भावना रहेको छ । त्यस्तै, विवाह, मृत्यूसंस्कार, भोजभतेर, उत्सव लगायतका सामाजिक कार्यहरु समेतमा धेरै मानिसहरु भेला हुन प्रतिबन्ध लगाइएकोले अबका दिनहरुमा यसले स्वभाविक रुपमा यस्तो भिडभाड कम गरी अनावश्यक तडक–भडक देखाउने व्यवहारमा कमि आउने देखिन्छ ।

कोरोना महामारीले विश्वलाई दिएको सन्देश
२१ औ शताब्दीमा विश्व मानव समुदायको अगाडि आएको सबैभन्दा ठूलो कुनै चुनौति छ भने त्यो कोरोना महामारी नै हो । शक्ति, स्रोत र प्रविधिले सम्पन्न राष्ट्रहरु पनि कोरोना महामारीमा निरीह बनेका छन् । अनुसन्धानबाट लाखौं करोडौं अन्वेषण गरिसकेका विश्वका बैज्ञानिकहरुलाई कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । सबै विज्ञानलाई छोडेर परम्परागत छोइछिटोमा फर्कनु परेको छ भने विश्वको सबैभन्दा उत्कृष्ट र शुन्य त्रुटि रहेको चिकित्सा विज्ञान जनस्वास्थ्यको सामान्य स्वास्थ्य विधि साबुन पानीले हात धुनेमा सीमित बनेको छ । समय परिवर्तनशील छ, हिजोको उपलब्धीले आजको आवश्यकता पूरा भएन भने आजको उपलब्धीले पनि भोलिको आवश्यकता पूरा गर्न सक्दैन । त्यसैले भोलिका दिनहरुमा आउन सक्ने मानवीय विपत्तीसँग जुध्न अझै धेरै गर्नु छ । हाम्रो बिचार, व्यवहार र काममा परिवर्तन गर्नु छ । अझै धेरै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । आजका बैज्ञानिक उपलब्धी संतृप्त होइन त्यसैले यसमा अझै नयाँ ज्ञान र उपलब्धी घोल्नु छ । आजका बैज्ञानिक उपलब्धी र विकासमा असन्तुष्ट हुनुपर्दछ किनकी विकासको निमित्त असन्तुष्ट हुनु नै विकास हो ।

(लेखक नेपाल राष्ट्र बैंकमा  सहायक निर्देशक हुन् र लेखका व्यक्त विचार व्यक्तिगत हुन् )
chopkantasubedi@gmail.com

56 comments on "साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू"

  • kamala pathak says:

    समय सान्दर्भिक ,बिश्लेषणत्मक र ज्ञानवर्दक लेख।

  • Khem Bhatta says:

    Timely and analytic article. Congratulations sir.

  • Bishal Poudel says:

    आदरणीय सर नमस्कार,
    अनुभव, अध्ययन र अधावधिक तथ्यांक बाट गतिसिल लेखकिय कोण भेटिएको महसुस हुन्छ। आहिलेको विद्यमान परिस्थिति छर्लङ्ग हुने गरि यथार्थलाई तथ्यांकले थप ससक्त बनाएर;आपतकालीन वस्था र दीर्घकालीन रुपमा कसरि अगाडी बढ्ने भन्ने कुरा यो लेखामा भेटिएको छ। लेख पढ्दा आनन्द आयो सर।।म अर्को लेखको बेग्र प्रतीक्षामा छु।।।अब अर्को लेखमा सबै सुरक्षीत अनि सतर्क रहेर आर्थिक जोखिमलाई (वित्तय जोखिम) कसरी न्यूनीकरण गर्दै लैजान सकिन्छ भन्ने लेख पढ्न पाए म खुसी हुने थिए सर।।

  • Sunita khanal says:

    Timly and relevant article mama.

  • Sunita khanal says:

    Relevant information and great article sir..

  • Chop Kanta Subedi says:

    Thank you so much every one.

  • Pradip Rai says:

    A great article concerning about the facts of Corona…loving it

  • Pradip Rai says:

    A great article concerning about the facts of Corona….loving it

  • Pradip Rai says:

    A great article concerning about the facts of Corona….loving it

  • Pradip Rai says:

    A great article concerning about the facts of Corona… loving it

  • Pradip Rai says:

    A great article concerning about the facts of Corona…. loving it

  • Shuvechhya Aryal says:

    सरल लेखाई। एस्तै अरु लेख को असामा।

  • A great article concerning about the facts of Corona…..

  • Hema Tamang says:

    Nice

  • Radhika subedi says:

    Great article…

  • Kiran Lamsal says:

    Great, very nice

  • Pradip Paudel says:

    खोजमुलक

  • Suraj Paudel says:

    निकै उत्कृष्ट लेख,जानकारीमूलक अनि समय सानदर्भिक आलेख को लागी लेखकलाई धेरै धेरै धन्यवाद।

  • Ramchandra Regmi says:

    I had pleasure from your article.
    This article will be aware for all
    About covid19. And all things are included in good way. So I hope you may write other article in this way. Thank you uncle.

  • Ramchandra Regmi says:

    I have had pleasure from your article. I hope and I wish you all the best for up coming article.
    Thank you so much uncle.

  • Ramchandra Regmi says:

    I had pleasure from your article.
    This article will be aware for all
    About covid19. And all things are included in good way. So I hope you may write other article in this way. Thank you uncle.

  • I had pleasure from your article . This article will be aware to all about covid19. And all things are included in the good way as well.
    Thank you so much uncle.

  • गाेपाल पाठक says:

    समय सान्दर्भिक एवं जानकारी मुलक लेख ।भविष्यमा पनि यस्तै लेखकाे आशा गर्दछु ।

  • Sabitri Pandey says:

    धेरै राम्रो लेख |समय सान्दर्भिक एवं जानकारी मुलक |

  • Sabitra pathak says:

    धेरै राम्रो लेख |समय सान्दर्भिक एवं जानकारी मुलक |

  • Karuna shrestha says:

    Awesome article sir…

  • prakash subedi says:

    आहैलेको सन्दर्भलाई अतिनै सान्दर्भिक तरिकाले प्रस्तुत गर्नु भएकोमा दाजुलाई बधाई आजै येस्तै लेखहरु पढ्न पाइयोस

  • निरन्तरताको आशा।

  • Santosh says:

    Great informative article

  • Roshan Dahal says:

    worth reading

  • Pooja shah says:

    Great artical sir

  • Lokesh says:

    Stay safe everybody.

  • Narayan subedi says:

    Sandarvik ra chetanamulak ani aagami din ma pani astai sundar bichar haru leknu hola padera kehi kura sikna paiyos badai x uncle..

  • Narayan subedi says:

    Great informativ artical .
    Thanku you uncle for great information.

  • Nabin subedi says:

    Very informative

  • Mahesh says:

    Informative article sir

  • Karuna kafle says:

    Worth reading it!
    #stay home

    #stay safe

  • घनश्याम पाठक says:

    निकै सन्देशमुलक लेख!

  • Prem karki says:

    Good analysis and worth reading with some ways of suggestions thank you sir

  • Nita nepal says:

    Great informative article sir.. ❤️

  • Great article sirworth reading it!!

  • Kishor bhattarai says:

    Great informative sir, worth reading

  • Anupam subedi says:

    समयसापेक्ष लेख येस्तै येस्तै लेखको अपेक्षा

  • Babita Pathak says:

    Such an informative one. Worth reading.

  • Raju Paudel says:

    उत्कृष्ट लेख ।

  • NEPAL says:

    Great article

  • NEPAL says:

    Great article

  • Sagar khadka says:

    Such a resourceful article. Thanks sir for sharing information

  • Srijana Sharma says:

    Nice Article

  • Himal Gaire says:

    Worth reading it!

  • Aarush Subedi says:

    Innovative, informative and time related article.

  • Sajita says:

    Great article sir

  • Aarambha says:

    Great article

  • Menuka timalsina says:

    धेरै राम्रो लेख |समय सान्दर्भिक एवं जानकारी मुलक
    उत्कृष्ट लेख ।
    सरले लेखाई। एस्तै अरु लेख को असामा।

  • menuka timalsina says:

    Such an informative one. Worth reading.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.