सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय

  २०७७ जेठ १५ गते १०:४०     कृतिमा ढकाल

हाल विश्वका सारा मानिस त्रसित देखिन्छन् । कारण अदृष्य किटाणु (कोभिड-१९) अर्थात नोबेल कोरोना भाइरस । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड – १९ नयॉ प्रकरको कोरोना भाइरसको प्रजाति हो । यसको प्रकोप विश्वको २१० वटा  देशमा देख्न सकिन्छ । जसमा करिब २० लाख मानिस यस भाइरसले पीडित छन् भने मैले यो निबन्ध लेख्ने समय सम्ममा करिब १ लख २० हजार मनिसले ज्यान गुमाएका छन । यहि कारण्ले गर्दा त होला विज्ञहरुले कोरोनाको प्रकोपलाई दोस्रो विश्व युद्ध पछिको मानव इतिहासको महत्वपूर्ण र ठूलो घटनाका रुपमा लिएका छन् । त्यसैले कोरोनाको बुझ वा अबुझ बीच उल्टै चेपुवामा परेका मानिसहरु संङकित हुन भने छाडेका छैनन् । यसले खुला रुपमा हरेक देश्को समाजिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, रोजगार, अर्थतन्त्रसँग जाेडिका पद्धतिहरुलाई समेत अदलबदल पार्न सक्ने देख्न सकिन्छ  । त्यसैले हरेक देशले आफ्नो सीमना भित्र लकडाउनको घोषणा गरेका छन् ।

यसको असर नेपालमा समेत परेको छ । सुरुसुरुमा विश्वभर कोरोनाको प्रकोप फैलदा त नेपालमा कुनै पनि असर देखिदैनथ्यो । भन्नुको अर्थ नेपाल सरकारले र जनताले नेपालमा कोरोना नलागेकाले होला केही ख्याल नै दिएको थिएन । तर जब एसईई परीक्षा स्थगित भयो तब सबै जना सतर्क हुन थाले । मैले पनि एसईई परिक्षा हुनुभन्दा एक दिन अगाडि मेरो परीक्षा स्थगित हुन्छ भनेर ठाने कि थिइन । किनभने कोरोनालाई मैले पनि गम्भीरतापूर्वक लिएकी थिइन तर पछि भने आफू पनि सतर्क हुन थाले । गाउँ घरतिर पनि हल्ला चलेको थिएन तर दुई दिन पछि देशभर जब सरकारले लकडाउन गरेकाे समाचार प्रकाशति भए तब दशैंको बेला बाहेक अरु बेला कहिल्यै खाली नदेखिने काठमाण्डौं सहर खाली देखियो । सायद मैले यो पहिलो पटक देखेकी थिए।

कोरोनाको प्रकोप कम गर्ने काम एक दिन मै हुने होइन । तर हरेक नागरिक आफू सचेत  भइ यसबाट बच्नुपर्दछ । भनिन्छ कि केही कामको थालनी पनि आफैले आजैबाट अहिलेबाट नै गर्नुपर्छ । घरपरिवारमा सकेसम्म बाहिरि मानिस आउन नदिने, बहिर अति आवश्यक बेला मात्र जाने, सबैसँग विश्व स्वाथ्य संगठनले तोकेको दूरी कायम गर्ने गर्नुपर्दछ । साथै, राष्ट्रले पनि यस्तो बेला नयाँ नीति ल्‍याइ त्यसलाई पालना नगर्नेलाई उचित सजायको पनि व्यवस्था मिलाउनु पर्दछ । यसका साथसाथै जनताले पनि इमान्दारितापूर्वक आफ्नो स्वास्थ्य स्थितिको सूचना दिनुपर्दछ ।

माथि भने जस्तै हरेक दशैको विभिन्न प्रणाली जस्तै अर्थतन्त्र, रोजगार, शिक्षा, राजनीति, संस्कृतिमा कोरोनाले ठूलो प्रभाव परेको छ । जसका करण धेरै चुनौतिहरु देखापर्न थालिसकेका छन् । अहिले विश्वको लागि सबैभन्दा ठूलो चुनौति त कोरोनाको औषधी वा खोप निकल्नु हो । यसका साथ साथै यस्तो बेलमा इन्टरनेटको माध्यमबाट शैक्षिक प्रणाली चल्यो भने वा घरमै बसेर काम गर्न थलियो भने मानव सभ्यता कस्तो होला भन्ने कुरा पनि सोच्न जरुरी देखिन्छ । नेपालको राजनीतिक दलहरुमा ठूलो चुनौति वा खतरा थपिएको छ । कयौं समयदेखि तोडिएको विश्वास कहाँ एक दिन मै पुनर्निर्माण गर्न सकिन्छ र ? तर यहिं चुनौति उनीहरुका लागि ठूलो अवसर हो । यदि यो समयमा जनताकालागि केही नगरिकन बसे भने जनताहरुको मनमा कहिल्यै राजनीतिक दलहरु प्रति विश्वास पलाउने छैन । यतिमात्रै कहाँ हो र ? नेपाल रेमिट्यान्सले धानिएको देश । नेपालको अर्थव्यवस्थाको करिब करिव २५ प्रतिशत  रेमिट्यान्सले  ओगटेको रेकर्ड नै रहेको छ । तर जब कोरोनाको प्रकोप विश्वभर फैलियो तब विदेशिएका लाखौं नेपाली नागरिकहरु नेपाल फर्कन बाध्य भएका छन् । यसले के देखउन सक्छ त  भन्दा जुन पैसाले  (रेमिट्यान्सले) नेपालको आर्थतन्त्रमा धानेकाे थियाे अब तेसले त्यति नओगट्न पनि सक्छ ।  सरकारले नेपालका साना व्यवसायलाई फस्टाउन मद्दत गर्नुपर्दछ।  कृषिमा बढी ध्यान दिनुपर्दछ ।

लेखक

केही मानिसले त कोरोनाले निम्त्यउने अभावलाई २००८ को आर्थिक अभावसँग तुलना गर्न थालेका छन् । यदि विश्वभर आर्थिक अभाव हुन थाल्यो भने हामीले आहिले १०० रुपैयामा किन्ने आलुलाई पछि हजारौ पर्न सक्छ । महँगाई धेरै बढ्ने छ । यस्तो अवस्थमा नेपालले आफू विकासित हुने ठूलो अवसर पाएको छ । जब विश्वमा अभाव बढ्दै जान्छ तब भोकमरीको आवस्था सिर्जना हुन्छ, तर नेपाल कृषि प्रधान देश भएकै कारणले गर्दा यो समयमा कृषिलाई राम्ररी उपयोग गर्यौ भने हाम्रो देश नेपालको नाम विश्वभरफैलने छ । साथै, आम जनताले पनि कृषकहरुको केही गर्न मनोबल बढाउन सक्नुपर्छ । यसो गर्दा नेपालमा भोमरीको अवस्था कहिल्यै आउदैन । यसका साथै नेपालका लागि सबैभन्दा ठूलो चुनौती त नेपालमा कसरी हुन नदिने हो । नेपालभित्र लकडाउनको घोषणा भएपछि पनि महाकाली नदी पारगरि भारतमा बसोबस गर्दै आएका नेपाली नागरिक आफ्नो जन्मथलो नेपाल आएको समाचार त सबैले नसुन्नुभएको त पक्कै पनि छैन होला । यस्तो समयमा खुला सीमानाको समस्याापनि प्रमुख हो । यो महामारीका करण हाम्रो देश्को स्वस्थ्य प्रणलीमा परिवर्तन हुन सक्छ । देश्मा औषधीको अभाव पनि देखापर्न सक्छ । सस्ता पर्ने औषधीको दामले आकाश छुन सक्छ । यो लकडाउनको मुख्य असर त दैनिक ज्याला मजदूर गरी आफ्नो छाक टार्नेहरुलाई परेको छ। अब यो समस्यालाई राज्यले कुन रुपमा लिन्छ त्यो पनि हेर्नु पर्ने कुरा हो । मैले यो निबन्ध लेख्ने समय सम्ममा नेपालमा १६ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ । जुन अरु देश्को तुलनामा निकै नै कम हो । यदि हामी नेपालमा सङ्क्रमण नबढियोस् भन्ने चहन्छौं भने आजैबाट रोक्न लाग्नुपर्छ । सरकारले  ट्रेसिङ,  ट्राकिङ, ट्रेसिङ विधि अपनउनु पर्ने आवश्यक छ । यसको नियन्त्रणका लागि सबै क्षेत्र र निकायको अग्रसरता जरुरी छ । केन्द्र सरकारले मात्र नभएर प्रदेश सरकारले पनि आआफ्नो प्रदेशमा उपयुक्त सेवा सञ्चालन गर्नुपर्दछ ।नेपालमा अरु देशको तुलनामा मोबइल तथा इन्टरनेटको प्रयोग व्यापक छ । जसको प्रयोग राष्ट्रिय स्तरमै परिक्षण गरि हुनसक्दछ ।

हामीले कोरोनाको प्रकोप रोक्न नेपालमा मात्रै नभएर विश्वमा पनि उचित कदम चाल्न जरुरी देखिन्छ । साथै यदि हामी यो भाइरस माथि विजय प्राप्त गर्न चाहान्छौँ भने विश्वव्यापीरुपमा सूचना प्रवह गर्नु आवश्यक छ ।  यो महामारीका करण विश्व त्रसित भएको खण्डमा सबै मानवजाती एक हुनुपर्ने अवस्था देखिन्छ । विज्ञहरु भन्छन् एक आत्मप्रेरित र आत्मसूचित जनसङ्ख्या  अज्ञानी जनसङ्ख्या  भन्दा कयौं गुना प्रभावी हुन्छन् । भविश्यमा कोरोना जस्ता महामारी रोक्न एकता नै आवश्यक हो । मानौं, कोरोना रोकियो रे तर के कोरोना जस्ता अरु महामारी नआउला त ? यो निश्चित छैन । हामी निश्चित छैनौं ।  हामीले सार्स, इबोला र स्वाइन फ्लु जस्ता व्यापक फैलेका महामारी  पछि कोरोना फैलन्छ भनेर सोचेका थिएनौं । यो एउटा ठूलो समस्या हो । महामारी आफैंमा र त्यसले निम्त्याएको आर्थिक अभाव ठूलो समस्या हो ।अब अहिले सबैले मानवताको बारेमा सोच्ने बेला आएको छ । संसारका कैयौ  राष्ट्रवादहरुलाई कोरोनाले चुनौती दिएको छ । कोरोना भाइरसलाई एक समय चिनियाँ भाइरसको नाम दिएका ती मानिसहरु आफ्नै देशमा यस्तो खतर्नाक भाइरस फैलिएपछि हारगुहारको स्थितिमा छन् । विश्वका सबै मानिस बीच एकता हुनुपर्छ । तिनीहरुले एकअर्कालाई विश्वस गर्नुपर्छ । चीनमा बनेको औषधी र उसले कोरोनाको नियन्त्रणमा अपनाएको विधि उसले कुनै स्वर्थ बिना अमेरिका, इटली र स्पेनलगायतका देशलाई भन्न सक्नुपर्दछ । साथै अमेरिका, इटली र स्पेन जस्ता राष्ट्रले पनि चीनमा विश्वस गर्नुपर्ने छ। यो हो एकता, यो हो मेलमिलप ।

यति मात्रै कहाँ हो र । कोरोनाले मानव सभ्यतालाई नयाँ मोडमा लैजने कुरा खुला रुपमा देख्न सकिन्छ । मैले सुनेको थिए कि कुनै कुरको बानी बसाल्नु छ भने २१ दिनसम्म लगातार त्यो काम गरियो भने बानी बस्छ भनेर । अनि हेर्नुस् त यो कुरा हाम्रो जीवनमा अहिलेको समयमा लागु हुन सक्छ नि । यो लकडाउन भएको २१ दिन भन्दा बढि भएको छ। यो त २१ हप्तासम्म पनि त लम्बिन सक्छ । यतिमा हामी घरमै फलेका सागसब्जी खाने, कसरत गर्ने गर्दा हामीहरु तन्दरुस्त हुन्छौँ । यसले हामीलाई सभ्य बनाउँछ र स्वस्थ पनि । साथै कोरोनाका कारण मानिस बढि सतर्क देखिन्छन् । जबदेखि विज्ञानको राम्रोसगँ विकास हुदैँ गयो तब तब विज्ञानको तथ्यहरुलाई मानिसले आत्मसात गर्दै आए । जस्तै कि सबुनले हात धुदाँ कीटाणुहरू मर्छन् भन्ने कुरा वैज्ञानिकहरुले १९ औं शताब्दीमा पत्ता लगाए। यस कुरालाई मानिसले विश्वास गरे र नियमित साबुन पानीले हात धुन थाले । यो भन्दा आगडि त डाक्टरले पनि शल्यक्रिया गर्दा हात नधोइ शल्यक्रिया गर्थे तर जब साबुन पानीले हात नधुदा हुने असरको पत्ता लाग्यो त्यसपछि बल्ल अफ्नो हात धोए पछि मात्र  शल्यक्रिया गर्न थाले । यसरी सायद मानिस अबदेखि झनै बढी सर्तक हुन सक्छन् । कहाँ यतिमात्र हुनु , लकडउन भएपछि विभिन्न देशमा अझ सम्मकै कम प्रदुषण भएको भनेर समेत मैले सुनेको छु । यसले के दर्शउछ त भन्दा हाम्रो वातावरण अहिले सफा हुदैँछ । कल कारखाना नखुल्दाँ हावा, ध्वनी, पानी प्रदुषण सोच्नै नसक्ने स्तरले कम हुँदैछ । मनौँ न मानव चाहिँ भाइरस अनि कोरोना चाहिँ एन्टिभाइरस । यस्तो पनि त हुन सक्छ । पृथ्वीको धान्ने शक्ति भन्दा जनसंख्या बढी भएपछि  वा मानवले आफ्नो स्वर्थका लागि प्रकृतिको गलत उपयोग गरेकाले पनि त प्रकृतिले सन्तुलन ल्यउनका लागि पनि त यस्तो समस्या मानव जातिले देखेको हुन सक्दछ । सायद, मानवले यो महामारी पछि “म प्रकृतिमा बस्छु । जसरी प्रत्येक कार्यको समान र विपरित प्रतिक्रिया हुन्छ त्यसरी नै  मैले प्रकृतिलाई नकरात्मक होस् वा सकरात्मक होस् असर गरे भने मलाई पनि असर पर्छ” भनेर बुज्यो होला । एक समयमा त कोरोना जीवजन्तुबाट फैलिएको समाचार पनि सुनिएको थियो। जसको प्रतिफल मानिसले जीव जन्तुहरुलाई मानिसको आहरका लागि मार्न अलि अलि  मात्रै भए पनि छाडिएको देखिन्छ । यसले पृथ्वीमा जीवजन्तुहरुको अस्तित्व बचाईदिएको देखिन्छ ।

अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ ।

अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । आजको जमानामा मानिस राष्ट्रवादमा यति तल्लिन छन् कि उनीहरुले मानवताको भविष्यको बारेमा बिर्सेका छन् । यदि यसरी नै सोच्दै गइयो भने यस्तो संकटले झन् ठूलो संकट निम्त्यउने छ । यद्यपी, हरेक संकट एउटा अवसर हो । भविष्यम कोरोना जस्ता महामारी भारू आए भने त्योसँग लड्न सक्ने अवसर, मानवताका लागि काम गार्ने अवसर, अनेकताका वा मतभेदका कारण आउन सक्ने प्रकोपको बोध गर्ने अवसर तथा विश्व समस्वार्थताको महत्त्वको बारेमा बुझ्ने अवसर । हाम्रा पूर्खाले हाम्रो लागि धेरै काम गरेका छन् । अब हामी हाम्रो सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय आएको छ । त्यसैले राष्ट्रवादी बनी अनेकता तिर जाने कि सबैसँग मेलमिलप गरी विश्व एकता तिर जाने हाम्रो निर्णय हो । र, यो निर्णयले नै कोरोना पछिको विश्व कस्तो होला भन्ने कुरा दर्शाउने छ । साथै, अब यो कसैले पनि नकार्न सक्दैन कि आगामी दिनहरुमा हामीले जस्तो पाइला सार्छम त्यसले हाम्रो विश्वको भविश्यको नक्शा कोर्ने छ ।

कक्षा १० मा  अध्ययनरत छात्रा
जि.एस.निकेतन मा. बि.

7 comments on "सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.