सुन्दर बिहानी

  २०७७ वैशाख २७ गते १९:३४     मीरा लुइटेल

२०१९ डिसेम्बर ३१ को एउटा सामान्य दिन
बिरामी भए भन्दै एउटा मानिस गयो डाक्टरको छीन
डाक्टरलाई लागेर शंका घोषणा गर्दियो यउटा रोग
ल्याउन सक्छ प्रलय संसारमा यसले होउ है सावधान
गलत समाचार फैलाएको भन्दै हालियो उसलाई जेल
सुरु भयो अनि स्वतन्त्र भाईरसको एउटा खेल ।।

मर्न थाले मान्छे भकाभक रोगी कुखुरा मरे सरी
दबावमा आउन थाल्यो चिनिया सरकार रोकु यसलाई कसो गरी
कोरोना भनि गरियो नामाकरण,डर लाग्दो त्यो भाईरसको
बुझ्नु पर्थ्याे विश्वले त्यसै बेला ठूलो संकट आई सक्यो
कहां चुक्यो सरकार र त झुक्यो सरकार तर झुकेनन् डाक्टर
बचाउँछौ मान्छेहरुलाई जसरी नि ज्यानकै बाजी थापेर ।।


कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो
एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो
राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र
बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र


दिनरात अनि भोकप्यास नभनी छाडेर आफ्नाे घर
लड्छौं हामी तपाँईहरुका लागि सबै बस्दिनु है आफ्नै घर
गरे बिन्ती मान्छेहरु अनि सरकारलाई मान्दिनु यति भनि
समयलाई चुनौती दिन खोज्ने देशहरु क्हां मान्थेर
टन्टलापुर घामले सुकेको जंगलमा आगो सल्कींदा सरि
बिरामी भए मान्छे एक, दुई, सयाैं, हजारौं अनि लाखौं गरि ।।

लेखक

कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो
एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो
राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र
बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र
धाईए हरेक मठ मन्दिर पुकारिय सबै भगवान
सुनेनन् बिन्ती सायद भगवानले पुग्यो यो हर घरदरवान ।।

सक्रिय भए देशका शाशक अनि गरे सबलाई सावधान
मरिन्छ आजै देखि नै बस घरभित्र यसलाई ठट्टा नठान
कस्तो खाले भाईरस आज मान्छे सँग मान्छे छुट्याईदियो
नझुक्दा समयमा उससँग सारा विश्व रुवाईदियो
नभेट्नु मान्छे नगर्नु अंकमाल न त मिलाउनु हात
मनबाट मान्ने हो माया र सम्मान बरु गरौं नमस्कार ।।

हात धोई राखौं नजाऔं बाहिर बसौं घर खाई सिस्नु गुन्द्रुक
नगरौं लापरवाही नगरौं भीडभाड फेरी मरिएला है खुत्रुक
लाग्दैमा कोरोना मरिहालिंदैन झुटो भ्रम नपालौं
यही हो मौका भनि भ्रष्टचार गर्दै आफ्नो ईज्जत नफालौं
चन्द्रमा छुने सामर्थ्य राख्ने देशले हात उठाए
सक्छौ भने जोगाईदेउ मानव सभ्यता भन्दै सबलाई गुहारे ।।

खटे प्रहरी अनि डाक्टर हामी डट्छौं पहिले भनि
आएकी देबता उनीहरुको भेषमा आशाका किरण बनि
बसिदियौं घरभित्रै हामी नगरी भीडभाड अटेरी बनि
कष्ट भयो मेरा सन्तानलाई भनि कुनै दिन गर्जिएलिन प्रकृति पनि
हट्छ एकदिन यो प्रलयको बादल सुन्दर बिहानी आउनेछ
जित्यौं सबले यो भाईरसलाई भनी कोईली रम्दै गाँउनेछ ।।

meeraluitel22@gmail.com

3 comments on "सुन्दर बिहानी"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.