जैविक युद्धमा गुज्रिएको विश्व

  २०७७ वैशाख २६ गते १३:१२     प्रदिप आचार्य


फेसबुकको पोष्टदेखि मानिसको ओठसम्म विश्वभरी चर्चाको शिखरमा छ कोरोना भाईरस ⁄आखिर के हो कोरोना ?

कोरोना भाईरस श्वासप्रश्वासको माध्यमवाट सर्ने रोग हो । वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाईरस हो । जुन् १८ वर्ष अघि माहामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले नयाँ कोरोना भाईरसलाई “२०१९ एन सिओभी ” नाम दिएका छन । यसको आकारवाटै नामाकारण ’ कोरोना भएको हो । ’ जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । प्रारम्भिक चरणमा हावाबाट सर्ने यस महामारी चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट एक अर्कामा सर्ने गर्छंं । यो संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्यू गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । हाल विश्वभरी फैलिरहेको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले कोभिड–१९ को नाम दिइएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ ।

चीनबाट संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरस सर्वप्रथम डिसेम्बर ३१, २०१९ का दिन चाइनाको पूर्वीय क्षेत्रमा अवस्थित ११ मिलियन जनसंख्या भएको वुहान प्रान्तमा देखापरेको थियो । त्यसैले नोवेल कोरोना भाइरसको उद्गम स्थल चाइनाको वुहान सहरलाई मानिन्छ । जहाँ प्राथमिक चरणमा ठूलो जनसंख्या माथि रुघाखोकी, सामान्य ज्वरो, निमोनिया देखापरेको थियो । जसलाई विश्व स्वास्थ्य संगठन चाइनाले अत्यन्तै फरक किसिमको भाइरस भनी नोवेल कोरोना भनेको थियो । कोरोना भाइरसको उच्च संक्रमण क्षेत्र वुहान सहरलाई चाइना सरकारले जनवरी २३, २०२० का दिन लकडाउन(सरकारी तालाबन्दी) घोषणा गरी मानव आवतजावत बन्द गरेको थियो । लामो समयको सरकारी तालाबन्दी पछि कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र मानिएको चाइनाको बुहान सहर ७७ दिनपछि मार्च ८, २०२० का दिन लकडाउन अन्त्य घोषणा भएको छ । जहाको जनजीवन सामान्य बनिसकेको चाइना सरकारको दावी छ । सिएनएनले पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको बुहान सहरको जनजीवन विस्तारै सामान्य हुँदै गएको जनाएको छ ।

कोरोना भाइरसको उत्पत्ति सँगै कोरोना भाइरस सम्बन्धी गलत धारणा टिक्का टिप्पणी पनि विश्व जनसख्यामा उत्तपत्ति भएको छ । कोरोनाको उत्पतिको विषयमा गौर गर्दा कोही चमेराको मासु खाएर भन्छन त कोही सर्पको ! अमेरीकी सरकारले चाइनालाई तल पार्न कोरोना बनाएको भन्नेको पनि सानो मत छैन । त्यस्तै विश्व कब्जा गर्ने उदेश्यले चाइनालेनै कोरोना भाइरस बनाएको भन्ने पनि कम छैनन् । आखिर कसरी भयो कोरोना भाइरसको उत्तपत्ति ? यो प्रश्न आज आफै दोधारमा छ ।

कोरोना भाइरसको रोकथामका सन्दर्भमा पनि व्यक्ति व्यक्तिमा फरक टिकाटिप्पणी हुने गरेको पाइन्छ । कोही जडिया रक्सि पिउनाले कोरोनाबाट बाच्न सकिन्छ भन्छन त कोही लसुन र तातोपानी खाँदा कोरोना भाक्छ भन्दछन । तिलको तेलले मालिस गर्दा कोरोना लाग्दैन भन्नेको पनि सानो मत छैन । कागती पानी पिउनाले कोरोना भाइरसको संक्रमणबाट बचाउछ भन्नेको पनि सानो घुइचो छैन । कोही पढेलेखेका मुर्खहरु के युभि किरण –अल्ट्रा भ्याइलेट प्रकास) ले कोरोना भाइरस मार्न सकिन्छ भनि गफ लडाउछन । कोही निमोनिया विरुद्धको खोपले कोरोना भाइरको संक्रमणबाट बचाउछ भनि हल्ला फिजाउछन । कोही चुरोटको नसा लागेका नसेडीहरु धुवा उडाउदै चुरोटले संक्रमणबाट बचाउछ भनि हल्ला गर्दछन । कोही हुँदहुदैँ माउथ वासले कुल्ला गर्दा कोरोनाको संक्रमणबाट बाँच्न सकिन्छ भनि भन्दछन । यस्तै गलत धारणा र भ्रममै रुमलिएको हाम्रो समाज कोरोनाको असर नजानी एक मजकको रुपमा लिन थालेको छ । वाहियात हल्ला र सामाजिक सन्जालमा फैलाइएको गलत समचारले पुरा विश्वनै आतंङ्कित भएको छ ।

कोरोना भाइरसको रोकथामका सन्दर्भमा पनि व्यक्ति व्यक्तिमा फरक टिकाटिप्पणी हुने गरेको पाइन्छ । कोही जडिया रक्सि पिउनाले कोरोनाबाट बाच्न सकिन्छ भन्छन त कोही लसुन र तातोपानी खाँदा कोरोना भाक्छ भन्दछन । तिलको तेलले मालिस गर्दा कोरोना लाग्दैन भन्नेको पनि सानो मत छैन । कोही चुरोटको नसा लागेका नसेडीहरु धुवा उडाउदै चुरोटले संक्रमणबाट बचाउछ भनि हल्ला गर्दछन ।

सन २०१९ सालको डिसेम्बरमा पहिलेपटक देखिएको अद्देश्य रहस्यमही कोरोना भाइरस (कोभिड–१९) को प्रकोप याे लेख तयार गर्दासम्ममा विश्वमा २०० भन्दा बढी देशमा फैलिएको छ  भने संक्रमणको कारण १ लाख ५४ हजार ७ सय २६ भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथै करिव २२ लाख ६१ हजार २८ व्यक्तिहरु संक्रमित भइसकेका छन । जुन भाइरसको संक्रमण वर्तमान विश्वव्यपी त्रास माहामारी र चिन्ताकाे  विषय बनेको छ । जहाँ चीनमा संक्रमतिको संख्या ८२ हजार ७ सय १९ छ र मृत्यु हु्नेको संख्या ४ हजार ६ सय ३२ छ । त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार १ सय ७५ र संक्रमितको संख्या ७ लाख १० हजार २ सय ७२ छ । इटालिमा संक्रमतिको संख्या १ लाख ७२ हजार ४ सय ३४ र मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ छ । साथै स्पेन, वेलायत जस्ता युरोपीयन मुलकमा पनि कोरोनको माहामारी बढ्दै गएको छ । छिमेकी मुलक भारतमा पनि कोरोना भाइरसले विरुवा हुर्काइ सकेको छ । आज विश्वका सबल मानिएका राष्ट्रको सूचिमा आउने राष्ट्रहरु आज बर्वादिको तगारोमा झुण्डिएका छन् । कोरोना भाइरसको उदय भएको चीनमा चिनिया सरकारले आफ्ना देशका ५ मिलियन मानिसहरुलाई यो भाइरसको संक्रमणबाट बचाउन सेल्फ क्वारेन्टाइन, आइसोलेसन, लक डाउन सहित सम्पूर्ण सहरहरुमा सार्वनिक तथा लामो दूरिको यातायत, व्यापार व्यवसाय, अतिआवश्यक बाहेकका सरकारी सेवा, स्कूल रेष्टुरेन्ट आदि बन्द गर्ने, पशु्पन्छी तथा बन्यजन्तुको बिक्री वितरणमा प्रतिवन्द लगउने कार्य गरेपछि हाल कोरोना भाइरस केही हदसम्म नियन्त्रण भएको छ । विश्वव्यापि महामारी कोरोना भाइरसका कारण आज पुरै विश्व त्रासमा बाचिरहेको छ । संसारका सबै वरिष्ट डाक्टर र वैज्ञानिकरहरु कोरोना भाइरसको औषधी अथवा एन्टिडोटको खोजिमा दिनरात खटिरहेका छन । कोरोना भाइरसको उत्पत्तिनै कसरी र के कारणले भयो भन्ने प्रश्न नै आजसम्म अन्योलमा छ । विश्वको कुनै पनि वैज्ञानिकहरुले यकिनका साथ कोरोना भाइरसको कारण र उत्पत्तिको विषयमा ठोस प्रमाण दिन सकेको छैनन् तर विश्वमा आशंकाका क्षेत्रहरुको पनि कमि छैनन् । विश्वमा त्रासको स्थिति सिर्जना भएको छ । त्यसैले विश्वका अधिकंस मुलुकहरु लकडाउन गरिएको छ । विश्वमा यस भाइसको संक्रमणको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जैविक युद्ध नै सुरु भएको मानिएको छ । कतिपयले यसलाई हातहतियार विनाको तृतीय विश्व युद्धको रुपमा लिने गरेको पनि पाइन्छ । आज पुरै विश्वनै जैविक युद्धमा गुज्रिएको छ । विश्वका शक्तिशाली राष्ट्रहरु पनि वर्वादिको नजिक उभिएका छन । यस्तो महा विनासकारी माहामारिबाट बाँच्न विश्वका सबै राष्ट्रहरु संघर्ष गरिरहेका छन । साथै आजको विश्वमा संघर्षकै बीचमा बलि चढ्नेको संख्या पनि कम छैन ।

विश्वमा यस भाइसको संक्रमणको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जैविक युद्ध नै सुरु भएको मानिएको छ । कतिपयले यसलाई हातहतियार विनाको तृतीय विश्व युद्धको रुपमा लिने गरेको पनि पाइन्छ । आज पुरै विश्वनै जैविक युद्धमा गुज्रिएको छ ।

यस भाइसरको संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढ्दो अवश्थामा छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि पहिलो चरणमा २०७६ चैत्र ९ गते लकडाउन गरियो र सरकारले विभिन्न चरणमा लडडाउन बढाउदै गएकाे छ । यो तालावन्दी अझै थप्दै जाने सम्भावना प्रवल रहेको छ । सरकारका राजपत्रमा प्रकासित अनुसु्चि ९ बमोजिका २७ वटा कार्यहरु बाहे अन्य सम्पूर्ण गतिविधिमा पूर्ण रुपमा बन्देज गरेको छ । यस भाइरसको प्रमुख औषधी नै सामिाजिक दूरी कायम रोख्ने भएकाले  नेपाल सरकारले यसलाई पूर्ण रुपमा पालना गरेको पाइन्छ ।

नेपाल सरकारले पनि कोराना भाइरसको जोखिम बढेको उल्लेख गर्दै एक साताको लागि लगडाउन गरेपछि आशकिंत सक्रमितको नमूना परिक्षणमा असफल भएको छ । नेपालीमा कोरोना संक्रमणको जोखिम बढ्नुको प्रमुख कारण बह्य देशबाट आएको व्यक्तिहरु हुन भन्ने प्रमाण फेला परेको छ । सरकारले बह्य देशबाट आउने, आशकिंत व्यक्तिहरुलाई क्वारेन्टाइनामा बस्न आग्रह गरेपनि यो आदेश पूर्ण रुपमा पालना हुन सकेको छैन । भारतबाट पनि लुकिछिपि नेपाल आउनेको संख्या धेरै छ । आज नेपालमा संक्रमणको जोखिम उच्च हुनुकाे कारणमा स्वयं नेपालीनै दाेषी छन । विश्व स्वास्थ्य संगठनको अनुसार अमेरिकामा ५०० भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्रमित छन र विश्वमा यस भाइरसको कारणबाट मृत्युदर पनि बढ्दो क्रममा छ । बाह्य मुलुकमा रहेका नेपालीहरुलाई कसरी बचाउने भन्ने सवाल आज ठूलो चुनौतिको रुपमा देखा परेको छ । नेपाल भूपरिवेष्टित राष्ट्र र खुल्ला सीमाना भएका कारणले पनि संक्रमणको जोखिम उच्च रहेको छ ।

विश्वव्यापी चुनाैति र उच्च जोखिमको रुपमा मानिएको कोभिड १९ ले विश्वका अधिकांश मुलुकको विकासमा बढ्दो प्रभाव पारेको छ । विश्वका २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित छन् । २०० भन्दा बडी मुलुकमा लक डाउन गरिएको छ । यसरी नराम्ररी थलिएको विश्व फेरि कसरी उठ्छ, पहिलेको अवस्थामा फर्किन्छ, फर्किदैन, यसले अरु कति मानवीय क्षति गर्दछ, अर्थतन्त्रको के हालत हुन्छ यी सवाहरु अनुमान भन्दा बाहिर छन । किनकी यसबारे गरिने आकलन अहिले कुनै पनि बरिष्ठ समाजशास्त्री अर्थशास्त्री, राजनीतिशास्त्रीकाे बशको गणित हुन सक्दैन । किनकी समुन्नत भनिएका राष्ट्रहरु नै आज ठप्प छन् र अत्यन्त उत्तम भनि मानिएका व्यवस्थाले पनि काम गरिरहेका छैनन भने यस प्रकारको सत्रुको सामाना गर्ने हिसाबले प्रचलित प्रणालीहरु नबनेका हुदाँ व्यवस्थाहरु जरैदेखि हलिएका छन् । यो शत्रु भयानक छ र भविश्यकाे गर्भमा रहेका यस्ता अरु शत्रुहरु पनि पक्कै पर्खिरहेका होलान र आज पृथ्वी जती पनि जीवित मानिस छन, यतिखेर उनीहरु कहिल्यै नभोगिएको अवस्था भोग्दै छन । भनिन्छ, यो भाइरस जीवबाट आर्काे प्रजातीमा सर्ने त्रममा मानवसम्म आइपुगेको हो । तर वैज्ञानिकहरुले अझैपनि यो रहस्य महि भाइरसको संक्रमण कसरी र कति चाडो फौलिन्छ भन्ने कुरा यकिनका साथ पुष्टि गर्न नसके पनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ भनेका छन । साथै जोखिम प्रभावित क्षेत्रहरुमा यात्रा गरिरेका व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरु चिकित्सक तथा स्वस्थयकर्मी यस भाइरसको उच्च जोखिमा हुन्छन भने दम रोग, मधुमेह, मुटु रोग, एचआइभि, क्यान्सर जस्ता दीर्घरोग भएका र रोघ प्रतिरक्षत्मक प्रणाली कमजोर भएका बाल बच्चा तथा बृद्धहरु पनि बढी जोखिममा पर्ने गरेको विश्व स्वास्थ्य संकगठनको अनुसन्धानले देखाएको छ । तर यो रोग लाग्दैमा विरामीको मृत्यु भइहाल्छ भनेर यकीनका साथ भन्न सकिन्न । याे राेग लागेका धेरै मानिसलाइ निकाे पनि भएकाे छ ।

चीनको बुहान प्रान्तबाट सुरु भएको विश्वव्यापी माहामारी विश्वमा त्रास र चिन्ताको विषय बनेको छ । नेपालमा पनि यसको स्थिति भयावह छ । कोरोनाको कारण हिजो मान्छे र गाडी कराउने सहरमा कुकुरहरु कराउन थालेका छन । मानिसहरुको ठूलो जमात देखिने सहरहरु आज ठप्प छन । आर्थिक चहलपहल कमीकाे कारण विश्वमा भोकमरी शुरु हुन सक्ने विज्ञहरको भनाइ छ । कोरोना भाइरस नेपालमा प्रवेश गर्न साथ नेपालका मानिसहरु हातेमालो अंकमाल गर्न डराइरहेका छन । नेपालमा कतिपय चिकित्सकहरुले नेपालमा परिक्षणकौ कमी भएका कारण संक्रमितको सख्या कमि देखिएको बताएका छन । उनीहरुको भनाइमा जती परिक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोना भाइरस धेरै फैलिएको छैन भन्न नसक्के अवस्था छ ।  नेपल लक डाउन भएको कारण सम्पूर्ण व्यवस्थाहरु ठप्प छन । आर्थिक चहलपहल हुन सकेका छैनन् । अर्थतन्त्र खस्किदो आवश्थामा छ । मानिस मानिसदेखि डराउन थालेको छ । कोही विदेशी व्यक्ति देखिएको कि मनामा संखा उत्पन्न हुन थालेको छ । उपयुक्त प्रविधि नहु्नको कारण आज नेपाली नाक थुनेर हिड्न बाध्य छन् । आर्थिक चहलपहलको कमीका कारण नेपालमा आर्थिक मन्दि हुन सक्ने सम्भावना प्रवल देखिएको छ । आज आम नेपाली जनता त्रासमा बाचिराखेका छन । कहिले आधिवेरी बनि कोरोनाले आफ्नो कब्जामा लिन्छ कोही सुरक्षित छैन । कोही ढुक्क रहन सकेको छैन ।

विस्वव्यापी माहामारी कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा समेत ठूलो धक्का परेको छ । कोरोना भाइरस विश्वका सवल अर्थव्यवस्था मानिएका अमेरिका, चाइना, बेलायत जस्ता मुलकका निम्ति आजात शत्रु बनेको छ । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मानवीय क्षति लगायत आर्थिक क्षति पनि तिव्र छ । अमेरिकाको आर्थिक बृद्धिद्धर ४.५ प्रतिशतले घट्ने प्रक्षपण गरिएको छ । चाइनाको आर्थिक वृद्धिमा ३ प्रतिशतले घट्ने प्रक्षपण गरिएको छ र हाल विश्वको कुल ग्राहास्थ उत्पादनको ५ प्रतिशत हिस्सा ओगटेको छ । विश्व अर्थबजारमा आर्थिक मन्दि छाउन थालेको छ र सेयर बजारले मुन्टो नै टेकिसकेको छ । विश्वका उच्च अर्थव्यवस्था भएका मुलुकहरुको कुल ग्राहास्थ उत्पादनको आर्थिक वृद्धिद्धर खस्किदो आवस्थामा पुगेको छ । आर्थिक वृद्धिदर कहिलेसम्म र कहाँसम्म पुग्छ कोही पनि प्रस्ट सँग भन्न सक्दैन । ओइसिडिका अनुसार कुल ग्राहस्थ उत्पादन २०१९ को बृद्धि र २०२० को बृद्धि हुने सम्भावना तलको चित्रमा प्रष्ट पारिएको छ ।

कोरोना भाइरको कारण चिनको अर्थतन्त्रमा ३० बर्ष यताकै मन्दी छाउन थालेको छ । साथै अरु मुलुकहरुमा पनि अर्थ बजारको स्थिति डामाडोल छ । विश्व अर्थबजारमा विश्वका सवल अर्थव्यवस्थाले काम नगरेको अवस्था छ र काही कुनै पनि व्यवसायहरु सन्चालन हुन सकेका छैनन । भालि आर्थिक वृद्धिदर कति हदसम्म तल खस्किन्छ यो कुनै पनि अर्थशास्त्रिको अनुमान भन्दा पर छ । विश्वमा आयात तथा निर्यात कम हुन थालेका छन र कुनै पनि कलकारखाना सन्चालन हुने स्थितिमा छैनन् । विश्वमा मोवायल फोन बढी उत्पादन ह्ुने चाइनामा गत दुइतिन महिना देखि उत्पादन दर अन्यन्त न्य्ुन छ । जसमा चिनले ठुलो आर्थिक क्षति विहोर्नु परेको छ । भारतको सेयर बाजारलाई नियाल्दा ५२ लाख करोड मध्यको ३५ प्रतिशत घाटामा छ ।

नेपालको अर्थतन्त्रमा पनि प्रतक्ष्य प्रभाव पारको पाइन्छ । यस भाइरसको संक्रमण नेपालमा न्युन रुपमा देखिएपनि यसको असर नेपालको पर्यटन र व्यवसाय क्षेत्रमा देखिएको छ । जसले आर्थिक वृद्धिदरमा ह्रसा आउने आकलन गरिको छ । छिमेकी मुलुक भारत र चीनसँग सीमा जोडिएका नाका ठप्प हुदाँ राजश्व संकलनमा ठूलो प्रभाव परेको छ । हवाउ उड्यान बन्द हुनाले पर्यटन क्षेत्रमा मार परेको छ र नेपाल भ्रमण वर्ष २०२० लाई २०२२ मा सारिएको छ । नेपालको अनुमानित एवं प्रक्षेपित ८ प्रतिशत आर्थिक वृद्धि दर मा असर पर्ने देखिन्छ । केरुङ नाकामा माग १६ देखि ठप्प छ । तातोपानी नाका एक, डेढ महिनादेखि बन्द हुनाले आयात निर्यातमा कमी आएको छ । जसले देशमा खाद्य संकट देखा पर्न सक्ने सम्भावना प्रष्टाइएको छ । यो नाकावन्दी होइन आवश्यक सामान आयत भइरहेको छ भनि नेपाल सरकारले भने पनि बजारमा मूल्य बृद्धि, कालोबाजारी जस्ता अवैध कृयाकलापहरु बढिरहेका छन । खाने दाल, चनामटर, जस्ता खाद्य पदार्थको मूल्य झन्डै १५ प्रतिशतले बढेको छ भने चामल र ग्यासको मूल्य निर्धारणमा मनोमानी छ । कोरोना भाइरस संक्रमणबाट मानवीय क्षतिबचे पनि आर्थिक क्षति चौतर्फी रुपमा देखापरेको छ । ठूलो संख्यामा नेपाली कामदार रहेको मलेसिया लगाएतका खाडी मुलुकमा कोरोना संक्रमण जोखिमको चर्काे मार देखिदैन । यदि यी देशहरुमा कोरोनाको प्रकोप फैलिएर कामदारहरुको माग घटेर नेपाली अर्थतन्त्रमा टेको बनेको रेमिटान्समा ठूलो असर पुगी नेपाली अर्थतन्त्र नुहुन पुग्छ । यस भाइरसले नेपाली र विश्व अर्थतन्त्रमा कस्तो नयाँ मोड थप्छ ? यो भाइरसको त्रास कहिले सकिन्छ ? के फेरि विश्वको अर्थतन्त्र माथि उठ्दछ ? यस्ता सवालहरुको अखडाले विश्वलाई चुनौति दिएको छ ।

यस भाइरस मानव र मानवीय कृयाकलापको सत्रु बनेको छ । मानव विकासका निम्ति गर्नुपर्ने क्रियाकलापहरु कोरोनाको कारण अवरुद्ध छन । शिक्षा क्षेत्रको अवस्था अत्यन्त नाजुक छ भने सांस्कृतिक क्षेत्र त त्रासमा बाचिरहको छ । नेपाल लगायत विश्यका विभिन्न स्थानमा हुने शैक्षिक लगाएत सांस्कृतिक क्षेत्रमा कोरोना भाइरस पर्खाल वनि उभिएको छ । कोरोनको कारण सनिवार ठूलो भिड हुने पशुपतिनाथमा कुकुर विराला र बादर मात्र देखिन्छन । बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थलन मानिने वौद्धनाथ स्वयंभुनाथ मा मानिसहरुको चहलपहल छैन । कृस्चियन, मुस्लिम धर्म मान्नेहरु आफ्नो धार्मिक स्थल नगइ घरमै बस्न बाध्य छन ।
झण्डै १ महिनादेखि मुलकमा सन्चालन हुने सम्पुर्ण परिक्षाहरु र पठनपाठन कार्य ठप्प रहेका छन, जसले व्यतित्व विकासमा ठुलो झड्का पारेको छ । विद्यार्थी हरुका लागि फलामे ढोका मानिने एस.ई.ई. परिक्षा गत चैत्र ६ गत्तेबाट हुनेमा अनिश्चितकालिन बन्द भएको छ । देशमा थलिएको शिक्षा प्रणालि समयमै माथि उठ्छ कि उठ्दैन ? उठ्दा कुन अवश्थामा माथि उड्छ ? यस्ता सवाल अफौमा अन्योल छन ।

यस भाइरसका कारण बातावरण र जीव जगतमा ठूलो असर परेको छ । दिनैभरी मानिसहरु अनवश्यक मोवायल तथा सामाजिक सन्जालमा झुम्मिने भएकाले साइवर अपराध बढ्न थालेका छन । यस भाइरसका कारण डुलेर जीविका चलाउने छाडा जीवजन्तुहरु भोकभोकै मर्ने स्थितिमा छन । विश्व श्रम सङ्गठनले विश्वमा करिव २ करोड मानिसको रोजगारी गुम्नसक्ने आकलन गरेको छ । नेपालमा यस भाइरसले अर्थतन्त्रमा परेको असरबाट बच्ने गत साल विनियोजित बजेको मुख्य शिर्षकमा खर्च गर्न रोक लगाएको छ । यस भाइरसले मानव जाती बीच एकता ल्याएको छ । विभिन्न हल्लाका पछाडी नपरे यथार्थ का पछाडि लाग्न सरकारले आग्रह गरेको छ । नेपाल टेलिकमले पनि आफ्नो रिङटोनमा यस भाइरसको महामारिबाट बच्ने उपायबतायर जनचेतनामुलक कार्य गरेको छ । यसरी सरकाले दिएको आदेश पालना गह्रौ सामाजिक दुरी कायम राखौँ, अनावश्यक रुपमा खाद्यन्न, ग्यास भण्डार नगरौँ, कालोबजारी, मूल्य बृद्धि नगरौ, समयसमयमा हात धोऔँ, घरमै सुरक्षित बसेर सम्पूर्ण विश्व मानवजाती एकताको सुत्रमा आवद्ध भइ आफ्नो रोघ प्रतिरोधात्मक क्षमता बढाएर यस भाइरसलाई पराजित गरौँ ।

ट्रिनिटि इन्टरनेशनल कलेज, काठमान्डौ
acharyapradip48@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.