एकताले बन्छ सुन्दर संसार

  २०७७ जेठ १६ गते २१:३२     भानुभक्त भण्डारी

विषय प्रवेश
पुरै पृथ्वी यसभित्र रहेका ७ महादेश, लगभग २०० देश, देश भित्रका गाँऊ तथा शहर अझ प्रत्येक मानव नै आ–आफ्नाे भविष्यको लक्ष प्राप्तीको प्रतिस्पर्धात्मक दौडमा हुन्छन् । मानिसको विजयको मानसिकता झन फराकिलो बन्दै गर्दा को भन्दा को अघि, को भन्दा को राम्रो भन्दै आफ्नो विजयमा भन्दा अर्काको हारमा हर्षित हुने क्रम बढ्दै हुन्छ । अचानक सन् २०१९ डिसेम्वरमा चीनको वुहान प्रान्तबाट एक नयाँ प्रकारको निमोनिया देखापर्छ जसको नाम नोवल कोराना अर्थात कोभिड १९ जुराईन्छ । लगभग एउटा मानव कोष बराबरको राता रक्तकोषिय किटाणु (आरएनए भाइरस) अति सङक्रमक स्वसप्रश्वस सम्वन्धि समस्या भएको र यसको उपचार पत्ता लागि नसकेकोले सर्न नदिनुनै उत्तम उपचारको रुपमा रहन्छ । व्यक्ति–व्यक्ति बीचको शारीरिक सम्पर्क टुटाउनु तथा व्यक्तिगत सरसफाई विषेश ध्यान दिनु नै यो भाईरसबाट बच्ने अचुक उपाय हुन आउँछन् । सुरुको अवस्थामा कोभिड १९ लाई सामन्य रुपमा लिइएको हुदा भुसको आगो जस्तै भित्रभित्रै ठूलो क्षेत्रफलकमा फैलिन गयो र विस्वव्यापी महामारीको रुपममा नामाकरण भयो । राजनीतिक सीमाना अवोध भाइरसलाई थाहा हुने कुरै भएन । व्यक्तिबाट व्यक्ति हुदै संसार कव्जा गर्न निस्किएको छाडा साढेजस्तो भाइरसबा लुक्नु/भाग्नु नै एकमात्र सर्वस्वीकार्य उपचार ठहर हुदै गयो । विश्व स्वस्थ्य संगठनले मानिस बीचको दूरी कम्तीमा ३ फिट (१ मिटर)लाई सामजिक दूरी भन्दै कायम गर्न आह्वन पनि गर्यो तर करिव ७ खर्व जनसंख्या रहेको यो पृथ्वीमा केहि व्यवहारिक कठिनाइ केहि वेवास्ताका कारण किटाणुले विश्व भ्रमण गरिरहेको अवस्था छ । यो कोरोना महामारीको वर्तमान अवस्था तथा भविस्यको आकलनलाई लिएर विभन्न कोणबाट विभिन्न आकलन भइरहेको वेला यो लेख प्रश्तुत गरिएको छ ।

महामारीको परिदृष्य-विश्व र नेपाल

समय आफ्नाे गतिमा चलिरन्छ । तर चलिरहेका उद्याेगका ईन्जिनहरु धमाधम बन्द हुन थालछन् । कृषक, शिक्षक, कलाकार, विद्यार्थी, उद्यमी, व्यापारी, कर्मचारी, मदजूर आ-आफ्नो दैनिक काम रोकेर नयाँ दैनिकी अपनाउन बाध्य हुनु पर्छ । अर्थात आफूले दैनिक गर्दै गरेको काम छोडी घरको चौघेराभित्र भाईरसबाट लुकेर एकान्तवासमा बस्नु पर्ने निविकल्प उपायलाई अगाल्नु पर्छ । एकजना वा एउटा समूहले काम छोडे अर्काले परिपूर्ति गर्छ तर जब सबले काम रोक्छन, यो असामन्य बन्छ । यो एउटा गाऊ, शहर वा देशको कथा होइन, पुरा विश्वकै यथार्य हो । हाड, छाला, मासु, नशा, रगत आदि इत्यादी मिलेर हाम्रो शरिर बनेझै साना ठूला देश महादेश मिलेर संसार बनेको छ र सबै देशहरुको आआफ्नै छुट्टै महत्व छ । जसरी शरिर चलाउनमा हरेक साना–ठूला अंग प्रत्यङगको छुट्टै विषेश महत्व हुन्छ, त्यसरी नै यो संसारका हरेक देशका विशिष्ठ महत्व छ । अहिलेको २१औ शताव्दीमा सफलताको एकमात्र अचुक उपाय सहकार्य नै हो । अर्थात अर्कालाई परेको समस्याले नि आफू पिरोलिनु पर्ने अवस्था आउनु हो । अहिले संसार भरको अवस्था यस्तै छ, दुःख र सुख दुबै बाड्नै पर्ने हुन्छ । यस्तै एउटा दुःखद घटनामा पर्छ कोरोना महमारी ।

सर्वप्रथम चीनमा देखा परेकोले यस देशलाई यो नयाँ थियो । कोभिड १९ को कारण शहर तथा गाउँमा अचानक मानिस मर्न थालेपछि सरकारले देशलाई लकडाउन गर्यो । देशका बजार पसल, विद्यालय, सार्वजनिक यातायात, हावई यातायात बन्द भयो । लकडाउन सँगै सबै विरामी पत्ता लगाउने र विरामीलाई अरुबाट छुट्याउनै पर्यो । विस्तारै यो भाईरस चीन पछि दक्षिण कोरिया, इरान, टर्की हुदै युरोप, अमेरिका हुदै पुरै विश्वमा फैलियो । याे लेख तयार गर्दासम्म अहिले २० लाख भन्दा बढी संक्रममित र करिव १ लाख ५० हजार भन्दा बढिको मृत्यु भईसकेको छ भने संक्रमणको क्रम केही कम भएको छैन । संसार लकडाउनको अवस्थामा हुँदा आम्दानीको चक्र पूर्ण रुपमा प्रभावित छ । खर्च छैन अर्थात आम्दानी पनि छैन् । उत्पादन र व्यापार बन्द छ । स्वस्थकर्मी र प्रहरी आफ्नो ज्यान जाेखिममा राखेर सेवामा छन् । साना ठूला स्वस्थ्य चौकी अनि अस्पताल विरामीले भरिभराउ छन् । हुदाहुदै अत्यावस्यक सामग्री तथ औषधीको उत्पादन तथा बिक्रिनै रोकिने स्थिति छ । नेपालमा त झन परिस्थिति गम्भिर छ । नेपाल एक आयतमा आश्रित मुुलुक हुन्छ । उपभोग्य देखि विलासीताका सामान मात्र होइन, त्यसलाई किन्न पैसा पनि विप्रेषणको रुपमा अन्य देशबाट नै आउछ । हाम्रो वैदेशिक व्यापारको ८० प्रतिसत आयत नै हुन्छ । यस्तो अवस्तामा यो महामारीले जति अरुलाई भन्दा हामीलाई सताउने प्राय निस्चित छ ।

 विश्वमा पर्ने सामाजिक, सास्कृतिक, आर्थिक र वातावरणिय प्रभाव

लेखक

नोवल कारोना महामारीको प्रभाव विश्वका कुना–कुना जहाँ मानव बसोबास छ त्यहाँसम्म फैलिएको पाईन्छ । अहिले खाली समय आफ्नो गतिमा विना रोकावट चलिरहेको छ बाकी मानवका सामूहिक कार्य प्रय ठप्प छन् । चीनले आफेनो नया वर्षको बेला उसका ३० मध्ये २४ वटा प्रदेशलाई बन्द गर्नु परेको थियो । तिनै २४ राज्यले चीनको जम्मा कुल ग्रहास्त उग्तपादनको ८० प्रतिशत तथा जम्मा निर्यातको ९० प्रतिशत भाग ओगट्थ्यो । शिक्षातर्फ नजर लगाउदा १६५ भन्दा बढी देशले आप्फ्नो सबैं पठनपाठन तथा परिक्षा कार्यक्रम रोकेका छन् । महामारीले सामाजिक क्षैत्रमा पनि प्रहार गरेको पाईन्छ । १८ मार्च २०२०को विश्व स्वस्थ्य संगठनको प्रतिवेदन अनुसार यस महामारीले अन्य कुनै क्षेत्र भन्दा मानविय संवेगात्मक समस्या परेको देखिन्छ । मानिसमा रोग लागेको वास्तविक समस्या पर्ने आफू वा आफ्नो परिवारमा पर्ने भन्दा त्यस सम्वन्धि डर, भय, चिन्ता, उदासिनता वा मनोसामाजिक समस्याले ठूलो समस्या ल्याएको पाईन्छ । वास्तममै सचेतना अपनाउनु अत्यावस्यक छ तर अनावस्यक मानशिक चिन्ता लिँदा यो नै समस्या भईदिन्छ । अर्को महत्वपूर्ण र सबभन्दा बढी प्रभावित क्षेत्र आथिक क्षेत्र हो । मानिस, सामान, पैसा वा अन्य कुनै क्षेत्रमा प्रभाव पर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा असर पर्छ । अर्थशास्त्रको सक्रिय साधन मानिसनै निस्कृय रुपमा बस्दा अर्थतन्त्र पुरै निस्कृय हुन्छ भन्ने कुरा विश्वव्यापी कारोना महामरीले प्रमाणित गरिदियो । विश्वका धनी हुन वा गरिव, विकाशोन्मुख हुन वा विकशित, भूपरिवेष्ठित हुन वा गैर भूपरिवेष्ठित सबैलाई यो महामारीले किच्यो, थिच्यो वा भनौ नराम्रो गरि गाजेर छोड्यो । महामारी केवल ४ महिना रहदा नै अन्तराष्ट्रि मुद्रा कोषले करिव १७० मुलुकको कुल ग्रहास्त उत्पादन् चालु वर्ष नकारात्मक हुने प्रक्षेपण गरिसकोको छ । विश्वको जम्मा कुल ग्रहास्त उत्पादनमा ४ पतिशतसम्मको नकारात्मक असर पर्न सक्ने प्रक्षेपण छ । यसलाई सन् १९३० पछिको सबभन्दा ठूलो आर्थिक मन्दीको संज्ञा दिईएको छ । महामारीका कारण विश्व लकडाउनमा रहेका बेला विश्व अर्थतन्त्रका हेरेक क्षेत्रमा नकारात्मक असर परिनै रह्याे । कृषि, पर्यटन, वित्तीय बजार, उत्पादन , मनोरन्जन, व्यापार व्यावसाय, होहल, पर्यटन, यातायात, खेलकुद आदि क्षेत्रहरु बन्द हुँदा वेरोजगारी र गरिवी ह्वात्तै बढ्न गयो भने सरकारी आम्दानी घट्न गयो र निकट भविष्यसम्म यो स्थिति लगातार एस्तै रहने देखिन्छ । अमेरिकामा मात्रै ३२ प्रतिशतले वेरोजगारी बढ्ने देखिन्छ । कोभिड १९ महामारीले लामो समयमा प्रभाव पार्ने क्षेत्र वित्तीय तथा बैकिङ हो । यस क्षेत्रको लागि सन् २००८–२००९ को वित्तीय संकटभन्दा ठूलो समस्या आउने देखिन्छ । महामारीको सुरुवाती चरणमा नै विकसित राष्ट्रको वित्तीय बजार ३० प्रतिशतसम्मले गिरीसकेको छ । कोरोना महामारीको समय एक निमिस बढ्दा पनि यो संसारलाई हानिकारक छ ।

महामारीका कारण विश्व लकडाउनमा रहेका बेला विश्व अर्थतन्त्रका हेरेक क्षेत्रमा नकारात्मक असर परिनै रह्याे । कृषि, पर्यटन, वित्तीय बजार, उत्पादन , मनोरन्जन, व्यापार व्यावसाय, होहल, पर्यटन, यातायात, खेलकुद आदि क्षेत्रहरु बन्द हुँदा वेरोजगारी र गरिवी ह्वात्तै बढ्न गयो भने सरकारी आम्दानी घट्न गयो र निकट भविष्यसम्म यो स्थिति लगातार एस्तै रहने देखिन्छ ।

डिसेम्वर २०१९ बाट सुरु यो महामारीले ठूलो जनसंख्या संक्रमित छन भने वर्तमान समयसम्म करिव १ लाख ५० हजारको मृत्यु भएको छ । लासको व्यवस्थापनमा भएको समस्या बाहेक वातावरणीय क्षेत्रमा सकारात्मक नै असर पारेको छ कोभिड १९ ले भौतिकताको उपहार ठूला कारखाना, उद्याेग, यातायात आदि बन्द हुदा न्यु योर्क शहरको मात्र वायु प्रदुषण ५० प्रतिशतले घटेका पाईयो भने चीनमा २५ प्रतिशतले वातावरणीय प्रदूषण घटेको पाईयो । तसर्थ यो महामारीले वातावरण सफई वा प्रदुषणमा हुने कमिको एक कठिन अवसर मात्र रेहेको छ ।

नेपालमा पर्ने सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणिय प्रभाव

एकातर्फ नेपाल दक्षिण एसियामा पर्ने एक भूपरिवेष्ठित मुलुक हो भने अर्कोतर्फ यो विप्रेषण आय र आयातमा आधारित मुलुक हो । कुल ग्रहास्त उत्पादनमा करिव ६ प्रतिशतको प्रत्यक्ष योगदान रहेपनि पर्यटन व्यवसायको संभावन अत्याधिक रहेकोले सन् २०२० पर्यटन वर्षको रुपमा मनाईरहेका थियाैं । अचानक डिसेम्वर २०१९ बट चीनमा देखापरेको कोरोना महामारीले हाम्रो देशका अन्य प्रथामिकतालाई आफूतिर खिच्यो । त्यस महामारीबाट जोगिन चैत्र ७ गतेबाट अन्तराष्टिय उडन रोकेसँगै त्यसकारण हाम्रा पर्यटन गतिविधि (पर्यटन वर्षसहित) मा ठूलो नकारात्मक असर पर्यो । पर्यटन व्यवसाय, होटल व्यवसाय नराम्रोसँग प्रभावित हुन पुग्यो । २०७६ चैत्र ११ गतेबाट भएको देशव्यापी लकडाउनले उद्याेग, अयात निर्याल, बजार पसल तथा व्यापार व्यावसाय रोकियो । लकडाउनको समय बड्दै जादा दैनिक ज्यालादारी मजदूर तथा नीजि क्षेत्रका कर्मचारीको आम्दानी नहुँदा जीविको पार्जनमा समस्या देखापर्छ भने यसले गरिवी र वेरोजगारी समस्या झन जटिल हुने देखिन्छ । कृषि क्षेत्रमा एकातर्फ मल विऊ तथा प्रविधि उपलव्ध नहुनु अर्कोतर्फ उत्पादनको बजारीकरण नहुँदा कृषि प्रधान देशमा कृषि क्षेत्रमा समस्या पर्ने देखिन्छ । कोरोना महामारीका कारण विप्रषण आय तिव्र रुपमा घट्दा नेपलको कुल ग्रहास्त उत्पादनमा करिव एक तिहाई भाग ओगट्ने हुदा नेपालको अर्थव्यवस्थाका चरमै व्यापक परिवर्तन हुने अनुमान गर्न सकिन्छ । बैकिङ क्षेत्रमा रहेको ३५०० अर्बको निक्षेप तथा करिव ३२०० अर्बको कर्जाको संरचनामा असर पर्ने देखिन्छ । अन्तराष्ट्रिया मुद्रा कोषले नेपालको आर्थिक वृद्धि २ प्रतिशत भन्दा कम हुने प्रक्षेपण छ । अर्कोतर्फ सामाजिक, सांसकृतिक तथा मानसिक क्षेत्रमा पनि यो महामारीले नराम्ररी असर पारेको छ । नेपाली समाजमा बेचैनी, डर, चिन्ता, उदासिनता तथा मनोसामाजिक समस्या बढेको छ । बनको वाघले खाओस नखाओस मनको वाघले खान्छ भनेझै मानिसमा मानशिक चिन्ताले गर्दा समाजमा अनावस्यक भय, शंका तथा गलत समाचारले समाजलाई नराम्रो असर परेको छ । सामाजिक कार्यको लागि भेला, गाष्ठी, बैठक जस्ता कार्यहरु स्थगित छन भने नेपालमा मनाईने सांस्कृतिक चाडपर्व, मेला, जात्रा आदी औपचारिकतामा सीमित छन् ।

नेपालसामुका चुनौती तथा अवसर

कारोना भाईरस (काभिड १९) महामारीले यो पृथ्वीमा चुनौतीका भकारी थुपारिदिएको छ । विश्वको सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा यो महामारीले भत्काउन खोजेको छ तर मस्तिष्क भत्काउन दिन हुदैन । मानविय क्रियाकलाप रोकिदा परेको हरेक क्षेत्रको खाडल पुर्ने हुन्छ जसका लागि ठुलो धनरासी, नयाँ कार्यक्रम साथै ठूलो सरकारी र नीजि लगानी आवस्यक पर्छ । विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परिक्षा रोकिदा शैक्षिक तालिकामा फरक पर्न सक्छ । त्यसलाई नियमित गराउनु चुनौतिपूर्ण हुनसक्छ । रोकिएको उत्पादन प्रक्रिया सूचारु गर्नु, बजार पशल, कृषि उत्पादन, पर्यटन व्यवसायमा परेको असर न्युनिकरण सहित पुन पूर्ववत अवस्तामा ल्याउनु अर्को चुनौतिको रुपमा छ । साना तथा मझौला व्यावसायिक संस्था कारोना महामारीको बेला ठूलो घाटा लागेर बन्द हुन सक्छन् वा लामो समयसम्म घाटा व्योहोर्नु पर्ने हुन्छ । महामारीको कारण उत्पादनका कमी हुदा उच्च म्रदास्फ्रिति खेप्नुपर्छ र यो स्थिति सुधार्न नसके विश्व नै दुश्चक्रमा फस्न सक्छ । विश्वको कुल ग्रहास्त उत्पादन घट्नु, विप्रषण आय घट्नु, गरिवी तथ वेरोजगारी बढ्नु, आन्तरिक तथा वाहय लगानी घट्नु, सरकारी आम्दानी तथा खर्च घट्नु, वित्तिय बजार अस्थिर हुनु जस्ता गम्भिर समस्या यो महामारीले लिएर आउँछ । यस्ता समस्यालाई नजरअन्दाज गरेर होईन समाधान गर्नु पर्छ । अर्कोतर्फ सामाजिक चुनैतिहरु पनि देखापर्छन् । बैकिङ क्षेत्रमा कर्जाको माग घट्न सक्ने साथै खराव कर्जा बढ्न सक्ने स्थिति आउछ । कारोना महामारीले आम्दानीको बाटो हराउदा सामाजिक कू-संस्कार र कुरीति बढ्छ । गरिवीको वृद्धिसँगै चोरी, डकैति, लुटपाट, गुन्डागर्दी, लागू पदार्थ बेचविखन फैलिन्छ । अर्कोतर्फ मानसिक चुनौतिहरु हुन्छन् । अर्थात रोगले भेटेपनि नभेटेपनि मानिसहरु मानसिक रुपमा अवस्य कमजोर हुन्छन । उनीहरुमा अनावस्यक डर, चिन्ता, उदासिनता, बैवेचैनी बढ्छ । मुख्यत महामारीले कुजिएको ये धर्तीलाई पुनः आफ्ने गतिमा ल्याउनु प्रमुख चुनौति हो र यो महामारीको चुनाैतिको गहिराई समयले निर्धारण गर्छ ।

तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझै यी चुनौति सँगै यस कोरोना महामारीले केहि अवसरका ढोका समेत ढकढक्याएको छ । मावन उसको समाज तथा परिवारको अभिन्न अंग हो तर कतिपय अवस्थामा समय अभावमा परिवारलाई दिन नपाएको समय यो महामारीले उपलव्ध गराएको छ । समय उपलव्ध भएपछि परिवारसँग समय बिताउन पाईन्छ, आफ्नो लुकेको प्रतिभा उजागर गर्न पाईन्छ । नयाँ पुस्तक पढ्ने, ज्ञान लिने, सीप सिक्ने वा व्यस्तताबाट विश्राम लिने सथै नयाँ र प्रविधिको ज्ञान लिन सकिन्छ । २१औ शताव्दीको युगमा प्रविधिको प्रयोगबाट गर्न सकिने नयाँ कार्यहरु पत्ता लगाउनु पर्ने हुन्छ । ठूला उद्योग तथा मेशिन रोकिदा एकातर्फ मेशिनले आराम पाउछ भने अर्कोतफ यो समय वातावरण सुदृढ पार्ने एउटा अमूल्य अवसर हुनसक्छ । सडकमा आवगमन नहुदा राज्यलाई सीमित मजदूर तथा स्वस्थ्यको सुविधा अपनाई रोड, सडक साथै महत्वपूर्ण आयोजना निर्माण तथा मर्मत गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । देश अनुसार भिडभाड नहुने स्थानको पूर्वाधार निर्माण गर्न सकिन्छ । महामारीले ल्याएको अर्को अवसर भनेको मुद्रा विहिन अर्थतन्त्रको विकासमा टेवा पुर्याउनु हो । यो समयमा सकेसम्म एटिएम्, मोवाईल बैकिङ, ईन्टरनेट बैकिङ साथै विजुली, पानीको विल, स्कूल फि आदि तिर्न विद्युतिय साधन प्रयोग गर्नुपर्ने अवसर पनि रहेको छ । राज्यले यो महमारीलाई स्वस्थ्य क्षेत्रमा लागनी बढाउने, विकास खर्च बढाउने साथै भविष्यका निम्ति सुन्दर र सक्षम पृथ्वी निर्माण गर्ने सुनौलो अवसरको रुपमा प्रयोग गर्न सक्छ ।

महामारीको समाधान तथा यसको पाठ
एक सिक्का दुई पाटा जस्तै एकतर्फ समस्या हुन्छ भने अर्कोतर्फ समाधान हुन्छ । भौतिकताले छपक्क छोपेको मानव जीवनमा आफूलाई प्रणीमध्ये सर्वश्रेष्ठ मानिस समस्या आफै सृजना गर्छ, आफै विचरण गर्छ र समाधान नि आफै निकाल्छ । समस्या परेपछि विवेकशिल समाधान निकाल्नु पर्छ । भनिन्छ न रुदा जाने न धुदा जाने अर्थात महामारीको बेला आत्तिएर केहि हुन्न । अहिलेको तत्कालिन अवस्थामा कोरोना महामारीको सफल अवतरणनै पहिलो र प्राथमिक कार्य हुनेछ । संक्रमणबाट रोक्न विश्व स्वस्थ्य संगठन, नेपाल सरकार जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनले बेलाबेलामा प्रदान गर्ने स्वस्थ्य सम्विन्धि कार्यपत्रहरु पूर्णरुपमा पालना गनुृपर्ने हुन्छ । हरेक क्षेत्रले आ-आफ्नो तर्फबाट चाहे व्यक्ति होस वा संस्था यो विषम परिस्थितिमा सेवाको हात बढाउनु पर्ने हुन्छ । हरेक व्यक्ति चाहे कर्मचारी, उद्यमी, व्यापारी, मजदूर, किसान, स्वस्थ्यकर्मी, प्रहरी, नेता, अभिनेता अनि संस्थातर्फ सरकारी, गैर सरकारी, नीजि, सामुदायिक आदिले आफ्नो क्षमता अनुसार मौद्रिक, जिन्सी वा वैचारिक सहयोग गर्नुपर्ने हुन्छ । अर्कोतर्फ, यस्तो बेला मानिसमा मानसिक चिन्ता पर्न सक्छ । यसको समाधानको लागि मनोवैज्ञानिक शिक्षा प्रदान गर्नुपर्छ । कोरोना महामारीको मुख्य उपचार भन्या रोग प्रतिरोध्मक क्षमता वृद्धि हो । यसका निम्ति विरामी तथा सर्वसाधारणलाई सहि सूचना प्रदान गर्नुपर्ने हुन्छ ।

व्यवसायिक संस्थाहरुलाई सरकारका तर्फबाट व्याज छुट, करछुट जस्ता अर्थिक तथा व्यापार व्यवसाय दर्ता तथा संचालन सम्बन्धित प्रवधान सजिलो गर्ने जस्ता गैर आर्थिक सुविधा प्रदान गर्नुपर्ने हुन्छ । महामरीका कारण उत्पन्न भएका वेरोजगारी तथा गरिवलाई देशभित्र रोजगारी प्रदान गर्ने साथै लगानी निमित्त न्यूनतम ब्याजदर तथ विनाधितो कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ ।

कोभिड १९ महामारीले अहिलेभन्दा महामारी पश्चात ठूलाे समस्या पैदा गर्ने सम्भावना छ । यदि त्यो समयमा हामीले सहि योजना तथा कार्यक्रमहरु ल्याउन सकिएन भने मानव अस्तित्वमा नै खतरा हुन सक्छ । विश्वलाई अवश्य यस महामारीले थिलथिलो बनाउनेछ । नीजि क्षेत्रका संस्थाहररु चाहे साना हुन वा ठूला त्यस्तै सरकारी संस्थाहरु कमजोर हुनेछन । व्यवसायिक संस्थाहरुलाई सरकारका तर्फबाट व्याज छुट, करछुट जस्ता अर्थिक तथा व्यापार व्यवसाय दर्ता तथा संचालन सम्बन्धित प्रवधान सजिलो गर्ने जस्ता गैर आर्थिक सुविधा प्रदान गर्नुपर्ने हुन्छ । महामरीका कारण उत्पन्न भएका वेरोजगारी तथा गरिवलाई देशभित्र रोजगारी प्रदान गर्ने साथै लगानी निमित्त न्यूनतम ब्याजदर तथ विनाधितो कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । हरेक देशको सरकारले आफ्नो देशको वास्तविक महामारी क्षति अध्ययन गर्न समिति बनाई त्यसको आधारमा आफ्नो नीति तथा कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय दातृ संस्थाहरुले पनि अनुदान तथा कर्जाको रुपमा अवश्य लगानी गर्न हिचकिचाउनु हुदैन । अर्थात यो महामारीलाई लखेट्न हामी आ-आफ्नो ठाउबाट हातमा हात मिलाएर लखेट्न चाहेमा महामारीलाई सिधै लखेट्न सकिन्छ ।

अन्त्यमा
कोरोना महामारी अर्थात कोभिड १९ इतिहासकै भयानक र सबभन्दा बढी प्रभावकारी रोगको रुपमा सन् २०१९ डिसेम्वरमा चीनबाट देखापरि करिव २ महिनाभित्र विश्वका करिव २०० मुलुकमा फैलिएको छ । वर्तमान स्थितिमा संक्रमणलाई फैलिनवट रोक्नु र संक्रमितलाई निकाेपार्नु सबभन्दा महत्वपूर्ण कार्य हो । यसको प्रभावले विश्व लगभग सम्पूर्ण भाग लकडाउनमा छ तर समय आफ्नै गतिमा चलिरहेको छ । हावा आफ्नै गतिमा छ । सूर्य चन्द्र आफ्नै दिशा र रफ्तारमा छन् । प्रकृतिले आफ्नो अनुशासन छोडेको छैन । ज्यादै दुखद रुपमा करिव १ लाख ५० हजार मानिसको मृत्यु भएको छ तर हामी भित्रको आषा र विश्वास एक ईन्च पनि मरेको छैन । विश्वमा २० लाख भन्दा वढि मानिसमा संक्रमण पुष्टि भएको छ तर हामी भित्रको विवेक, मित्रता र मानवियतामा कुनै प्रकारको संक्रमण छैन । अवस्य हो हाम्रो मातृभूमि पृथ्वी र पृथ्वीवासी हामीमा केहि समस्या परेको छ तर हाम्रा लागि सायद यो एउटा अर्को मौका पनि हुन सक्छ हाम्रो विवेकशीलता, धैर्यता अनि मित्रताको जाँच गर्ने । यो महामारी सायद एउटा खुला चुनौति पनि हुन सक्छ हाम्रो आर्थिक, सामाजिक वा मानविय क्रियाकलापमा खलल पुर्याउने वा ठूलो अवसर एकजुट भई हाम्रो भविष्य बनाउने । हामी यो धर्तिबाट यस महामारीलाई एकजुट भई लखेट्नेछौ अनि सुन्दर शान्त संसार बनाउनेछौ । किनकी विनाशनै विकसको अवसर हो ।

 

विराटगर
[email protected]

7 comments on "एकताले बन्छ सुन्दर संसार"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X