नजन्मदैको युद्ध

  २०७७ जेठ ३२ गते १४:५६     रूपा थापा

प्यारी चिट्टी

तिमी एउटा भविष्य हौ

बाँकी छ अङ्गाल्न जिन्दगीलाई तिमीले

आमाको त्यो गर्भाषयबाट ।

म वर्तमान हूँ

नियाल्दै छु म मेरो वर्तमानलाई सुनसान यी सडकहरुबाट

तिमी जन्मने प्रतिक्षामा ।

 

प्यारी चिट्टी

तिमी जब यो धर्तीमा आउनेछौ

योभन्दा ठूलो उपहार यो धर्तीको लागि के नै हुन सक्छ र

तर मेरी प्यारी चिट्टी

यतिखेर यो धर्ती सामान्य छैन

भन्नु पर्दा यो धर्ती यतिखेर विरामी परेको छ

कोरोना भाइरसको कारण ।

 

मानिसहरूले आफ्नो ज्यान जोगाउन

आफ्नै घरमा आफैलाई कैद गरेका छन ।

 

प्यारी चिट्टी

हामीलाई माफ गरिदेऊ

सायद हामी मानिसहरुले

यो प्रकृतिलाई जतन गर्न सकेनौं ।

 

प्यारी चिट्टी हामीले सोच्नु पथ्र्याैं नि

भविष्यमा जन्मने तिमी र तिम्रा सन्ततिहरुको लागि

शान्त अनि सुन्दर यो पृथ्वीलाई हस्तान्तरण गर्नु छ भनेर

हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी

हामीले केवल आफ्नो वारेमा मात्र सोच्यौं ।

 

यहाँ जन्मन बाँकी तिमी र तिम्रा साथी सङ्गिहरुको वारेमा

हामीले कहिल्यै साचेनौं ।

 

हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी

हामीले सोच्यौं केवल पैसा जम्मा पारिदिनु पर्छ

जमिनका टुक्रा र घर जोडिदिनु पर्छ

भविष्यमा जन्मने सन्ततीहरुको लागि ।

 

तर मेरी प्यारी चिट्टी हामीले कहिल्यै सोचेनौं

जब यो धर्ती नै बस्न लायक हुदैन

त्यतिखेर तिम्रो लागि जोडिदिएका

त्यो पैसा अनि जमिनको टुक्रा, कंक्रिटले बनेको घर

त्यो हिरा, मोती र जवाहरात

जुन तिमी जन्मन नपाउदा अधुरो हुनेछ ।

 

हामीलाई माफ गरिदेऊ मेरी प्यारी चिट्टी

हामीले तिमी र तिम्रो साथी सङ्गीहरुको निम्ति

हिमाल जोगाउनु पथ्र्याे

पानीका मुहानहरू जोगाउनु पथ्र्याे

तिमीले श्वास फेर्ने यो धर्तीको हावा शुद्ध बनाउनु पथ्र्याे

तिम्रो निम्ति एउटा सुन्दर धर्ती सुम्पिनु पथ्र्याे ।

 

तर, चिट्टी हामी मानिसहरू यति स्वार्थी भएछौं

हामीलाई त हाम्रो निम्ति श्वास फेर्ने पनि समय थिएन ।

 

प्यारी चिट्टी

जलवायु परिवर्तनले तात्तिदै गएको छ यो पृथ्वी

हाम्रा हिमालहरू पग्लिैदैछन्, समुद्रहरू डुव्दैछन्

अनेक प्रजातिका जीव जनावरहरू लोप हुदैछन्

यसैमा एउटा अर्काे विपत्ति थपियो कोरोना भाइरस बनेर ।

 

प्यारी चिट्टी चीनको वुहानवाट फैलिएको यो कोरोना भाइरसले

हाम्रो जस्तो विकासोन्मुख देशलाई मात्र हैन

विकसित र शक्तिशाली राष्ट्रलाई पनि नराम्रोसँग पिरोलेको छ

तर यस्ले विभेद गरेन धनी र गरीबमा

मानवको अस्तित्वलाई जोगाउन

आज हामी सबै जना एक भएर एउटा युद्ध लड्दैछौं ।

 

प्यारी चिट्टी

खाडीको त्यो रापमा आफूलाई जलाएर

देशको अर्थतन्त्र धानेका ती युवाहरू

आज विवश छन् यो भाइरसको अगाडि

तर प्यारी चिट्टी हामीले यो युद्ध जितेर

ती स्वाभिमानी युवाहरू आफ्नै गाउ फर्किए भने

पक्कै ती बाँझा जमिनहरुमा फेरि अन्न उब्जाउनेछन्

बिस्तारै थला परेको अर्थतन्त्रलाई पनि माथि उठाउनेछन्

त्यसैले यो एउटा अवसर पनि बनेर आएको छ

आफ्नै परिवारसँग रम्ने

आफ्नै भूमिलाई स्वर्ग बनाउने

यही देशको माटोमा सुन फलाउने ।

 

प्यारी चिट्टी अब हामीले अवश्य सोच्नै छौं

मनिसको लागि विज्ञानको प्रयोगशाला र अस्पताल

कति महत्वपूर्ण रहेछ भनेर ।

अस्पताल सुविधा सम्पन्न हुनु पर्दाे रहेछ भनेर

अनि अस्पताललाई जस्तो सुकै विपतको बेला पनि

सेवा दिन सक्ने गरी आवश्यक उपकरण सहित

तयार राख्नु पर्ने रहेछ भनेर ।

 

प्यारी चिट्टी प्रकृतिको अगाडि विज्ञान विवश छ

यो पाठ उसले सदियौंदेखि पढाएकै हो

त्यसैले यो कोरोना भाइरस विरुद्धको युद्ध जितेपछि

मानिसहरुले प्रकृतिलाई पनि प्रेम गर्न सिकुन ।

किनकि प्रकृतिले पनि मानिसलाई त्यही चिज फिर्ता गर्नेछ

जो उसले प्रकृतिलाई दिन्छ

त्यसैले मानिसहरुले अब फेरि एकचोटि

प्रकृतिसँग मित लाउन सिकुन

भविष्यमा जन्मने तिमी र तिम्रा सन्ततिहरुको लागि

यो पृथ्वीलाई जोगाउनको लागि सोचुन

यो पृथ्वी केवल मान्छेको लागि मात्र हैन

यहाँ जन्म लिएका अनेकौ प्रजातिका जीव जनावर

पंक्षी अनि वोट विरुवाहरुको लागि पनि हो

हामी मात्र जोगिएर हुँदैन उनीहरुलाई पनि जोगाउनु पर्छ

भन्ने एउटा महत्वपूर्ण पाठ सिकुन ।

 

तर, डर लाग्छ मेरी प्यारी चिट्टी

हामी घमण्डी र स्वार्थी मानिसले यी पाठहरू सिक्न सकौंला ?

जुन उसलाई कुनै पाठयक्रमको कितावले हैन

प्रकृतिको पाठशालाले सिकाएको छ

आज मुक्त आकाशमा चिल र बाजहरू त्यसरी नै उडिरहेछन्

वन पाखामा मृगहरू त्यसरी नै दौडिरहेछन्

चितुवाहरू शिकारको खोजीमा त्यसरी नै दौडिरहेछन्

तर हामी मानिस

आज विवश बनेर

थुनिएका छौं आफ्नै घरभित्र

प्यारी चिट्टी प्रकृतिले पढाएको योभन्दा महत्वपूर्ण पाठ

अरु के नै हुन सक्छ र ।

 

प्यारी चिट्टी

हाम्रा हातहरू फोहरी हुन्छन्, यसलाई धुनुपर्छ

के मानिसले आफ्ना मन भित्रका मैलाहरू फ्याल्न सक्लान् ?

धनी र गरीबबीच उभिएको त्यो पर्खाललाई

सबै मिलेर तोड्न सक्लान ?

यो पृथ्वीमा जीवित रहेका ती सबै जीव जन्तुहरुको लागि

एउटा विशाल बगैचाको निर्माण गर्न सक्लान् ?

तिमीले पहिलो चोटी सिक्ने नमस्कारको अभ्यास

तिमी विश्वको जुनसुकै ठाउमा पुगे पनि

कहिले नभुल्न ल मेरी प्यारी प्यारी चिट्टी ।

 

तर, विश्वास छ मेरी प्यारी चिट्टी ?

कोरोना भाइरसको कारण अब मानिसले

आफ्ना यात्राहरू गर्दा अवश्य सजकता अपनाउने छन्

जतिसुकै विकसित देश भएपनि

रोगले कहाँ छाड्छ र

यो महत्वपूर्ण पाठ पनि मानिसहरुले सिक्नेछन् ।

 

प्यारी चिट्टी

यो युद्धको मैदानवाट हामी सबै सकुसल फर्केर

फेरि आफ्ना दैनिक जीवनमा

सामान्य रुपमा फर्कियौ भने

तिमी पनि यो युद्ध जितेर जब बुझ्ने हुन्छौं

हामी सबै मिलेर लड्नु पर्छ

जलवायु परिवर्तन विरुद्ध एउटा युद्ध

जहाँ हामी सबै मिलेर जोगाउनु छ

भविष्यमा जन्मिने तिमी र तिम्रा सन्ततिहरुको लागि

एउटा सुन्दर पृथ्वी ।

 

विदुर, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.