जीवात्मा

  २०७७ जेठ १० गते १२:५६     समीर ढकाल

हो मानिस मलाई त सँग बदला लिनुछ
मलाई  मारेझै, तलाई मार्ने
मेरो साथी कोरोना आको छ।

दुवै पखेटा फैलाएर आत्मा समर्पण  पनि गरे
चारै वटा खुटा जोड्दै जीवनको भिक पनि मागे

तर के गरिस?
त आफै भन, हरेक पटक किन यस्तै गरिस?

छालहरू सँगै बग्ने म,
दुई पेक रक्सी सँगै पेटभित्र बगाइस

लेखक

जंगलको राजा म
चारभिते दिवार भित्र कैद गराइस

हो मानिस, मलाई त सँग साचै बदला लिनुछ

मलाई  मारेझै , तलाई मार्ने
मेरो साथी कोरोना आको छ।

मेरो छाला, तैले कपडा बनाइस
मेरो अंग, तेर‍ो घरको सझावट
रमाउन मलाई सिकार बनाइस
छानि छानि हामीलाई तेरो निशाना बनाईस
हेर त मानिस तैले के के गरिस?

एउटाको रिसमा, लाचार बनिस
सोच त, सबै मिले के गछस् ?
यस पटक , बाच्लास त
अको पटक के गरछस्  ?

hakalsrd07@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.