प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा

  २०७७ जेठ १ गते २०:४३      दिनानाथ बन्जाडे

संसारमा कुनै कुराको दुई किसिमले चर्चा हुने गर्दछ। कुनै कुराको सकारात्मक पक्षमा चर्चा हुने गर्छ भने कुनै कुराको नकारात्मक पक्षको चर्चा। यी दुबै पक्षहरू खासगरी विषयको बिशेषताका आधारमा फरक पर्ने गर्छन। उदाहरणका लागि दुई वटा फरक फरक समाचारको प्रमुख लाइन लिएर हेरौं, मानौं पहिलो समाचारको प्रमुख लाइन यस्तो छ; ” कोरोना रोकथामका लागि नेपालले प्रभावकारी भूमिका खेल्यो। ” र दोस्रो समाचारको प्रमुख लाइन यस्तो छ ; “कोरोना महामारीले संसारका ६० प्रतिशत जनसंख्यामा संक्रमण हुन सक्ने।” यी दुबै समाचार आफैमा सत्य हुन सक्छ्न र दुबै विषय व्यापक चर्चामा आउने खालका पनि देखिन्छ्न । तर, पहिलो समाचारले मानव सभ्यतामा सकारात्मक सन्देश दिदै आशालाग्दो तरिकाले चर्चा हुन्छ भने दोस्रो समाचारले भयभित बनाउछ र मानव सभ्यतामा नकारात्मक प्रभाव पर्ने कुरामा बढी शङ्का गरिन्छ । त्यस्तै अहिलेको `नोभेल कोरोना भाइरस´ विषयले पनि पहिलो समाचार भन्दा पनि दोस्रो समाचारले जस्तै विश्वजगतमा नकारात्मक प्रभाव पार्न सक्ने कुरामा विश्वभरीनै आक्रान्त र भयभित अवस्था सृजना गरेको छ। समाजका हरेक क्षेत्रमा यसले पार्न सक्ने असर र कोरोना पछिको हाम्रो भबिस्यको समेत विभिन्न तरिकाले लेखाजोखा र कल्पना गरिएको छ। कतिपयले प्रकृतिले नया मुहार पाउने र हराउदै गएको मानवता, प्रकृति प्रेम, सद्भाव, स्वस्थ जीवनशैली, कृषि प्रतिको बढ्दो चासो जस्ता कुराहरूमा व्यापक सुधार आउनेमा आशावादी छन भने अर्को ठूलो हुलले भने कोरोना पछिको डरलाग्दो स्थितिको कल्पना गरेको छ।

चाइनाको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक २०१९ डिसेम्बर ३१ मा पहिचान गरिएको थियो। विश्वब्यापी हवाई यातायात संजाल, सीमा वारपार र पर्यटकको आवतजावतले गर्दा छोटो समयमै यो भाइरसले विश्वका अधिकांश देशहरुमा फैलिन सफल भयो। दिन दुई गुणा रात चार गुणा भनेझै दैनिक हजारौं संक्रमण देखिन थाल्यो र कोभिड-१९ ले शताब्दीकै कहालीलाग्दो महामारीको रुप लियो। मानव नियन्त्रणभन्दा बाहिर गएपछि कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले २०७६ फाल्गुन २८ गते विश्वब्यापी महामारीको घोषणा गर्यो। यो लेख तयार पार्दा सम्म २१० देशमा कोरोनाको संक्रमण फैलिएको छ भने संक्रमितको संख्या २२ लाखले नाघेको छ जसमध्ये ५ लाख भन्दा बढी उपचार पछि निको भैसकेका छ्न। एक लाख पचास हजार भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्था छ।

विश्व अहिले एक ठाउँमा अडिएको छ। कोरोना भाइरसको संक्रमण कम गर्नको निमित्त अधिकांश देशहरुले `लकडाउन´ गरेका छन। देशका नागरिकहरुलाई हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। विद्यालय, कलकारखानाहरु ठप्प छ्न। सिनेमा घर, मठ मन्दिर, खेल मैदान, बगैंचाहरु सबै शान्त छ्न। लाखौं मजदूरहरु काम बिहिन भएका छ्न। दिनानु दिन बेरोजगारको संख्या बढिरहेको छ। अमेरिका जस्तो आफूलाई शक्तिसम्पन्न मान्ने देश पनि अहिले कोभिड-१९ को महामारीले हल न चलको अवस्थासंग गुज्रिनुका साथै लाखौं संख्यामा बेरोजगारका आवेदनहरु भरिएको समाचार आएका छ्न। स्वास्थ्य सेवामा अब्बल मानिएका यूरोपेली मुलुकहरु, अमेरिका, बेलायत आदि जस्ता समृद्ध राष्ट्रहरु पनि कोरोना भाइरसको अगाडि निरिह भएर टुलुटुलु हेर्न बाध्य  भएका छन्  ।

लेखक

यस्तै नेपालमा पनि कोरोना भाइरसको उस्तै प्रभाव परेको छ। २०७७ बैशाख ६ गतेसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमध्ये १ जना उपचार पछि निको भएका छ्न। कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने नेपालमा शून्य रहेको छ। यसको नियन्त्रणका लागि सरकारले चैत्र १० गतेदेखि देशलाई `लकडाउन´ गरेको छ। विद्यार्थी, मजदूर र गरिव निमूखा जनताहरु सबैभन्दा धेरै चपेटामा परेका छ्न।

१९८० मा बादरबाट एचआईभीएड्स र २००४ मा चराबाट फैलिएको  एभियन फ्लूले मानव स्वास्थ्य माथी संकट पैदा गर्यो। यस्तै सन् २००९ मा सुगुरबाट स्वाइन फ्लू भित्रिनुका साथै चमेरोबाट सार्स र इबोला भित्रियो। यसरि समयक्रममा मानव सभ्यतामाथी प्राण घातक भाइरस र यिनिहरुले निम्त्याउने रोगका कारण कैयौं पटक स्वास्थ्य संकटहरुले बिश्वलाई आक्रान्त पार्दै आएको तथ्यहरु छ्न। यद्यपि पहिलेका भाइरसहरुले मानिसमा पारेको संक्रमण र मृत्युदर हेर्ने हो भने कोरोना भाइरसको सवालमा यो अनुपात निकै कम देखिन्छ।बेइजिङबाट सुरु भएको सार्सका कारण नोभेम्बर २००२ देखि २००३ सम्म बिश्वभरिबाट ७७४ जनाको मृत्यु भएको थियो जसको मृत्युदर संक्रमित संख्याको ९.६ प्रतिशत हो। यस्तै मर्सका कारण २०१२ मा २४९४ जना संक्रमित भएका थिए भने ८५८ जनाको मृत्यु भएको थियो जसको मृत्युदर ३४.४ प्रतिशत हुन आउँछ।

स्वासप्रस्वास सम्बन्धि यो रोग (कोभिड-१९) कोरोना भाइरसका कारणले लाग्ने गर्दछ। हाछ्यु गर्दा वा खोक्दा यो भाइरस सजिलै संक्रमित ब्यक्तिबाट स्वस्थ ब्यक्तिमा सर्ने गर्दछ। यो भाइरसले नाक, मुख , आँखाबाट छिरेर स्वासप्रस्वासमा असर गर्दछ। सुख्खा रुघाखोकी, स्वासप्रस्वासमा समस्या, उच्च ज्वरो यसका प्रमुख लक्षणहरु हुन। त्यसकारण एक अर्का बीचमा सामाजिक दूरी कायम गर्नु नै यो भाइरसको संक्रमणबाट बच्ने ब्रह्मास्त्र हो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्नका निम्न सल्लाहहरु दिएको छ ।

-एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म कम्तिमा ३ फुटको दुरी कायम गर्ने
-खोक्दा वा हाछ्यु गर्दा टिसु पेपर अथवा कुइनोले नाक, मुख छोप्ने
-मास्कको प्रयोग गर्ने
-साबुन पानीले बारम्बार हात धुने
-भिडभाडमा नजाने
-संक्रमित व्यक्तिको नजिक जानुपर्ने अवस्थामा डब्लुएचओको मापदण्ड पूरा गरेका स्वास्थ उपकरणहरु प्रयोग गरेर मात्र जाने
-अफवाहको पछि नलाग्ने
-कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा स्वास्थ परामर्श र डब्लुएचओको सल्लाह पालना गर्दै नजिकको स्वास्थ चौकी अथवा अस्पतालमा सम्पर्क गर्ने

समय समयमा देखापर्ने प्राकृतिक विपत्तिहरु नौलो कुरा हुँदै होइनन्। संसारले थुप्रै संकटहरु झेल्दै आएको र ती सबैको सावधानी पूर्वक लडेर जितेका थुप्रै उदाहरणहरु पढ्न र सुन्न पाइन्छ। हाम्रो पुस्ताले स्वाइन फ्लू , इबोला जस्ता महामारीहरु त झन नजिकैबाट सुन्न र देख्न पनि पायो। यसका अतिरिक्त भूइचालो, बाढी पहिरो जस्ता प्राकृतिक विपद् माथि त संयमित ढंगले सहजै समाधान गरेका अनुभवहरु हामीसँग थुप्रै छ्न। त्यसैले मानव जगतमा आइपरेको कोभिड-१९ संकट नयाँ हो तर नौलो र आश्चर्यको विषय भने पक्कै होइन। त्यसैले यस महामारीबाट बच्न संयमता र सावधानी भन्दा अरु कुनै विकल्प छैन।

नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ।

भाइरसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्दै यसमा विजय पाउन सक्नु नै विश्व समुदायका लागि अहिलेको प्रमुख चुनौति बनेको छ। दोस्रो विश्वयुद्ध पछि संभवत सबै भन्दा ठूलो संकट मानव जगतमा पर्न जाने कुरा विज्ञहरुले औल्याउँदै आएका छ्न। त्यो संकट आर्थिक, सामाजिक र स्वास्थ क्षेत्रमा बढी हुने छ। चाइना, अमेरिका, कोरिया, यूरोपियन यूनियन, जापान जस्ता राष्ट्रहरु सबै भन्दा बढी प्रभावित हुन सक्ने अर्थतन्त्र हुन्। यस्ता मुलुकहरुको अर्थतन्त्रमा ठूलो ह्रास आउन सक्ने अनुमान गर्न सकिन्छ। युएनसिटिएडीद्वारा गरिएको विश्लेषण अनुरुप कोरोनाको सबैभन्दा बढी प्रभाव मेसिनरी, सञ्चार उपकरण, रबर, प्लास्टिक, कपडा लगायतका उत्पादनमा परेको छ जसले गर्दा यस्ता बस्तुहरुको उत्पादन गर्ने राष्ट्रहरुको अर्थतन्त्र खस्किनुमा कुनै अचम्म हुने छैन।

नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव झनै डरलाग्दो हुनेछ। खर्चको आवश्यकता बढ्नु र राजस्वको क्षेत्र कमजोर हुनुले झन्डै दुई खर्ब रुपैयाँको नोक्सान हुनसक्ने नेपाली अर्थविदहरुले अनुमान गरेका छ्न। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले थेगेको छ। पर्यटन र कृषि क्षेत्रको पनि राम्रै योगदान रहेको छ। ५० लाख भन्दा धेरै नेपाली युवा खाडी लगायत अन्य मुलुकमा काम गर्दै आएका छ्न। बढ्दो महामारीका कारण खाडी लगायत अन्य मुलुकहरुले विदेशी कामदारहरुलाई रोजगार दिन नसक्ने स्थिति देखा पर्दै गएको विवरण सार्वजनिक भएका छ्न। जसको प्रत्यक्ष असर लाखौं नेपाली श्रमजीवी वर्गमा पर्ने छ जो अर्काको मुलुकमा रोजिरोटीको निमित्त खटिएका छ्न। यसले रेमिट्यान्समा ठूलो ह्रास ल्याउनुका साथै अर्थतन्त्रलाई केहि समय अपांग बनाउन सक्ने छ।

पर्यटन व्यावसाय लगभग शुन्य छ। करोडौं लगानीका यस्ता व्यावसाय शुन्यमा आउनुले अर्थतन्त्रमा प्रभाव पार्ने कुरामा कुनै सङ्का नै छैन। अझ नेपाल जस्तो पर्यटकीय मुलुकमा यस्को प्रभाव दीर्घकालीन नै हुन जान्छ। अर्कोतिर समयमा बिउ, रासायनिक मल, कृषि उपकरण नपाउने अवस्था सिर्जना हुने छ जसले गर्दा केही समय कृषि क्षेत्र पनि प्रभावित हुनेछ।

सरकारले उचित कदम चाल्न सकेको खण्डमा भने कोरोना पछिको सुनौलो भविष्यको नक्सा कोर्न सकिन्छ। ५० लाख भन्दा बढी युवालाई साच्चिकै कृषि क्षेत्रमा लगाउन सकियो भने मात्र पनि हरेक नेपालीले भन्ने गरेको कृषि क्रान्ति सम्भब हुनेछ। गाउँघरतिरका खाली जमिनहरु फेरि हराभरा हुनेछ्न। पर्यटन क्षेत्रले बिस्तारै गति लिनेछ। विकासले फड्को मार्नेछ। यो नै कोरोना भाइरस महामारीबाट नेपाल ले सिक्नै पर्ने पाठ हो र सन्देश पनि।

सबै कुराहरू सोचेको जस्तो सहज भने पक्कै हुने छैनन तर सबैको ऐक्यबद्धता र सरकारको उचित कदमले भने पक्कै हामी फड्को मार्न सक्नेछौ। कृषि र पर्यटन व्यवसायमा आजको भोलि पक्कै पनि परिवर्तन हुने छैन तर यिनै दुइ वटा क्षेत्रलाई मात्र महामारी पछिको विकल्प मान्नेहो र हाम्रो इच्छाशक्ति अब्बल हुने हो भने केहि वर्षमा नै मुलुक कायापलट हुनेमा द्विविधा हुने छैन। यसका लागि अन्य देशमा श्रम गरिरहेका युवाहरूलाई ग्यारेन्टीका साथ स्वदेशमै रोकिन सक्ने वातावरण दिलाउन सक्नुपर्छ। कृषि क्षेत्रमा लाग्नेहरुको लागि अनुदानको व्यवस्था गरिनुपर्छ। कृषिजन्य उत्पादनको बजारीकरणको निमित्त सहि मूल्य सहित सरकारले नै ग्यारेन्टी लिनुपर्छ। भण्डारण एवं प्रशोधनको पनि उत्तिकै महत्व दिनुका साथै कृषि बिमाको पनि व्यवस्था मिलाइनुपर्छ। मध्यस्थकर्ताहरुलाई निरुत्साहित गर्नु पर्छ। यति गर्न सकियो भने अवश्य पनि हामी कोरोना पछिको उज्यालो भविष्य देख्नेछौ।

पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथी आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न।

ठूला ठूला आणविक हतियारमा खर्बौ डलर खर्च गर्न सक्ने र विश्वलाई क्षणभरमै खरानी बनाउन सक्ने भनेर घमण्ड गर्ने मुलुकहरूका लागि भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण एउटा मामुली कुरा हुनुपर्ने हो तर यसकै अभाव देखियो। आफ्नो देशका नागरिकको जीवन रक्षाका लागि पूर्व तयारी नहुने देशले यस्ता घमण्ड गर्नु लज्जास्पद विषय हो। यस्ता मुलुकहरुलाई भने कोरोना महामारीले गतिलो नै पाठ सिकाएको छ। अत कुनै पनि राष्ट्रले आफ्नो सम्पन्नताको घमण्ड गर्न नहुने कुराको पुष्टि गरेको छ।

कोभिड-१९ लाई मानिसको चरम उपभोगवादी चरित्रले निम्त्याएको महामारी पनि भन्न सकिन्छ। आफ्नो नाफाको निमित्त मानव जातिले प्राकृतिक स्रोत र साधनको दोहन गरेको छ। प्रदूषणको कुनै लेखाजोखा नै छैन। मानव जातीलाई आफ्नो घाटा र नाफाको मात्र मतलब छ जसको प्रतिफलले अस्वस्थ उत्पादन दिन्छ। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। अप्राकृतिक र विषाक्त उत्पादन लगायत चरम उपभोगवादी चरित्रको बिस्तारै अन्त्य हुनेछ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथि आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न।

मानव सभ्यताले जतिसुकै फड्को मारेपनि प्रकृति माथिको जीत असम्भव कुरा हो। कोरोना महामारीका राम्रा र नराम्रा पक्षहरु केलाउने हो भने वातावरणमा पर्न गएको सुधार यसको सबैभन्दा राम्रो पक्ष हो। लकडाउनको स्थिति र बन्द उद्योग कलकारखानाले गर्दा प्रदुषण ठूलो मात्राले घटेको छ, पछिल्लो ३-४ दशक यताकै जलवायु परिवर्तनमा कमि आउनुका साथै कार्बन उत्सर्जनमा व्यापक कटौती आएको छ। सहरहरु स्वच्छ देखिन थालेका छ्न। बाटो, वन जगंलहरुमा जनावर र चराचुरुङ्गी स्वतन्त्र घुमेका तस्बिरहरु सार्वजनिक भएका छ्न। यी सबै कुराहरुबाट मानव सभ्यताले केही दशकयता प्रकृतिलाई पिंजडामा राख्न खोजेको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैले अबका दिनहरुमा जलवायु परिवर्तन कुन कुन कारणले भैरहेको छ भन्ने कुरामा विश्व अझ धेरै सजग हुनेछ। भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक बिपत्तिबाट बच्नको निमित्त धेरै देशहरु पूर्वतयारीमा जुट्नेछ्न। आणविक हतियार भन्दा पहिले स्वास्थ्य उपकरणको प्रयाप्त मात्रामा जोहो गरेर राख्नेछ्न। रोगहरु फैलिन नपाउदै बेलैमा सतर्कता अपनाउने छ्न भने कोरोना भाइरस फैलिदै गरेको सुरुवाती चरणमा अहिलेको जस्तो लापरबाही भने भविष्यमा पक्कै गर्ने छैनन।

मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ।

अन्त्यमा
वोर्ल्डोमिटरका अनुसार मार्च ३ सम्म कोरोना भाइरसको संक्रमित जनसंख्या र यसबाट भएको मृत्युको अनुपात ३.४ प्रतिशत रहेको छ। यो लेख तयार पार्दा सम्म संक्रमित मध्ये ९६ प्रतिशतको अवस्था मध्यम रहेको र ४ प्रतिशत मात्र गम्भीर रहेको तथ्यांक पनि वोर्ल्डोमिटरले रेकर्ड गरेको छ। त्यस्तै मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ।

अत: शोकलाई शक्तिमा परिवर्तन गर्न सक्नुनै शोक माथि विजय पाउनु हो । प्रकृतिका प्रत्येक पक्षमा सकारात्मक र नकारात्मक दुबै पक्षहरु उत्तिकै हुन्छ्न । कुनै पक्षमा सकारात्मक पक्ष डोमिनेण्ट (हावी) भइदिन्छ भने कुनै पक्षमा नकारात्मक पक्ष डोमिनेण्ट भएर देखापर्छ । फेरि कुनै कुरालाई उही पक्षमा उभाईराख्न अथवा डोमिनेण्ट पक्षलाई डोमिनेण्ट बनाइराख्न, रिसेसिभ पक्षलाई रिसेसिभ बनाइराख्न होस अथवा डोमिनेण्ट पक्षलाई रिसेसिभ र रिसेसिभ पक्षलाई डोमिनेण्ट बनाउन नै किन नहोस, वातावरणको उत्तिकै सशक्त भूमिका हुन्छ । यो प्रकृतिको शाश्वत नियम हो । प्रकृतिमाथि आइपर्ने जस्तो सुकै परिस्थितिको पनि वातावरण हामी हौ । किनभने हामी पनि प्रकृति हौ अथवा अंश हौ । जुनसुकै परिस्थितिको पनि कुन पक्षलाई हावी बनाउने भन्ने कुराको वातावरणीय भूमिका खेल्ने हामी नै हौ । त्यसैले परिस्थितिलाई परिवर्तन गर्न सक्ने पनि हामी नै हौ । कुनै बेला जेनेटिकली नकारात्मक पक्ष हावी भइदिन्छ, तर हाम्रो उचित वातावरणीय भूमिका भयो भने डोमिनेण्ट भएर जन्मिएको नकारात्मक पक्षलाई सजिलै निरुत्साहित गर्न सकिन्छ । भनौ, त्यसैको रिसेसिभ अथवा सकारात्मक पक्षलाई डोमिनेण्ट गराउन सकिन्छ जुन अहिलेको परिस्थितिमा अपरिहार्य कुरा हो।

छ्त्रदेब ,६अर्घाखाँची
[email protected]

 

One comment on "प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X